Surah Al-Waqi'ah in Nepali: translation and audio
Surah 56 · الواقعة · The Inevitable · 96 verses
Surah Al-Waqi'ah verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Al-Waqi'ah word by word in English.
Verse 1
إِذَا وَقَعَتِ ٱلْوَاقِعَةُ
Transliteration idhā waqaʿati l-wāqiʿatu
Nepali १) जब कयामत घटित भइहाल्ने छ ।
Verse 2
لَيْسَ لِوَقْعَتِهَا كَاذِبَةٌ
Transliteration laysa liwaqʿatihā kādhibatun
Nepali २) त्यसको घटित हुने कुरामा केही असत्य छैन ।
Verse 3
خَافِضَةٌ رَّافِعَةٌ
Transliteration khāfiḍatun rāfiʿatun
Nepali ३) कसैलाई तल झार्ने, कसैलाई माथि उचाल्ने हुनेछ ।
Verse 4
إِذَا رُجَّتِ ٱلْأَرْضُ رَجًّا
Transliteration idhā rujjati l-arḍu rajjan
Nepali ४) जब धरती भूकम्पको साथ कम्पित गराइनेछ ।
Verse 5
وَبُسَّتِ ٱلْجِبَالُ بَسًّا
Transliteration wabussati l-jibālu bassan
Nepali ५) र पहाडहरू फुटालेर साना–साना कणमा परिणत गराइनेछन् ।
Verse 6
فَكَانَتْ هَبَآءً مُّنۢبَثًّا
Transliteration fakānat habāan munbathan
Nepali ६) अनि तिनीहरू धुलो जस्तो भई उड्न थाल्नेछन् ।
Verse 7
وَكُنتُمْ أَزْوَٰجًا ثَلَـٰثَةً
Transliteration wakuntum azwājan thalāthatan
Nepali ७) र तिमीहरू तीन समूहमा परिणत हुनेछौ ।
Verse 8
فَأَصْحَـٰبُ ٱلْمَيْمَنَةِ مَآ أَصْحَـٰبُ ٱلْمَيْمَنَةِ
Transliteration fa-aṣḥābu l-maymanati mā aṣḥābu l-maymanati
Nepali ८) त दाहिना हातवाला, दाहिना हातवाला कस्तो सौभाग्यशाली छन् ।
Verse 9
وَأَصْحَـٰبُ ٱلْمَشْـَٔمَةِ مَآ أَصْحَـٰبُ ٱلْمَشْـَٔمَةِ
Transliteration wa-aṣḥābu l-mashamati mā aṣḥābu l-mashamati
Nepali ९) र बाँया हातवाला अफशोच बाँया हातवालाको कस्तो हालत छ ।
Verse 10
وَٱلسَّـٰبِقُونَ ٱلسَّـٰبِقُونَ
Transliteration wal-sābiqūna l-sābiqūna
Nepali १०) र जो अगाडिवाला छन् उनीहरू त अगाडिवाला नै हुन् ।
Verse 11
أُو۟لَـٰٓئِكَ ٱلْمُقَرَّبُونَ
Transliteration ulāika l-muqarabūna
Nepali ११) तिनीहरू बिल्कुल (अल्लाहको) सामिप्यता प्राप्त हुन् ।
Verse 12
فِى جَنَّـٰتِ ٱلنَّعِيمِ
Transliteration fī jannāti l-naʿīmi
Nepali १२) अनुकम्पाले भरिएको जन्नतमा छन् ।
Verse 13
ثُلَّةٌ مِّنَ ٱلْأَوَّلِينَ
Transliteration thullatun mina l-awalīna
Nepali १३) धेरै ठूलो समूह त अघिका मानिसहरूको हुनेछ ।
Verse 14
وَقَلِيلٌ مِّنَ ٱلْـَٔاخِرِينَ
Transliteration waqalīlun mina l-ākhirīna
Nepali १४) र थोरै पछिकाहरूमध्येबाट ।
Verse 15
عَلَىٰ سُرُرٍ مَّوْضُونَةٍ
Transliteration ʿalā sururin mawḍūnatin
Nepali १५) यिनीहरू सुनका तारहरूले बनेका पलंगहरूमाथि ।
Verse 16
مُّتَّكِـِٔينَ عَلَيْهَا مُتَقَـٰبِلِينَ
Transliteration muttakiīna ʿalayhā mutaqābilīna
Nepali १६) एक अर्काको सामुन्ने तकिया लगाएर बसेका हुनेछन् ।
Verse 17
يَطُوفُ عَلَيْهِمْ وِلْدَٰنٌ مُّخَلَّدُونَ
Transliteration yaṭūfu ʿalayhim wil'dānun mukhalladūna
Nepali १७) उनको पासमा किशोरहरू जो सधैं (बालक नै रहनेछन्) आउंदैजांदै गर्नेछन् ।
Verse 18
بِأَكْوَابٍ وَأَبَارِيقَ وَكَأْسٍ مِّن مَّعِينٍ
Transliteration bi-akwābin wa-abārīqa wakasin min maʿīnin
Nepali १८) अर्थात् प्याला र जगमा स्वादिलो पेयले भरिएको पात्र लिएर हिंडिरहने छन् ।
Verse 19
لَّا يُصَدَّعُونَ عَنْهَا وَلَا يُنزِفُونَ
Transliteration lā yuṣaddaʿūna ʿanhā walā yunzifūna
Nepali १९) जसबाट न त टाउकोमा दर्द हुनेछ र न उनको बुद्धिमा विकार आउनेछ ।
Verse 20
وَفَـٰكِهَةٍ مِّمَّا يَتَخَيَّرُونَ
Transliteration wafākihatin mimmā yatakhayyarūna
Nepali २०) र त्यस्ता फलहरूको साथ जुन कि उनले रुचाउँछन् ।
Verse 21
وَلَحْمِ طَيْرٍ مِّمَّا يَشْتَهُونَ
Transliteration walaḥmi ṭayrin mimmā yashtahūna
Nepali २१) र पंक्षीका मासु जुन तिनीहरूले रुचाउँछन् ।
Verse 22
وَحُورٌ عِينٌ
Transliteration waḥūrun ʿīnun
Nepali २२) र ठूला–ठूला आँखा भएकी (अप्सरा) हरू,
Verse 23
كَأَمْثَـٰلِ ٱللُّؤْلُؤِ ٱلْمَكْنُونِ
Transliteration ka-amthāli l-lu'lu-i l-maknūni
Nepali २३) जो लुकेको मोती जस्ती हुनेछिन् ।
Verse 24
جَزَآءًۢ بِمَا كَانُوا۟ يَعْمَلُونَ
Transliteration jazāan bimā kānū yaʿmalūna
Nepali २४) यो उनीहरूको कर्मको प्रतिफल हो ।
Verse 25
لَا يَسْمَعُونَ فِيهَا لَغْوًا وَلَا تَأْثِيمًا
Transliteration lā yasmaʿūna fīhā laghwan walā tathīman
Nepali २५) त्यहाँ न व्यर्थका कुरा सुन्नेछन् र न गुनाहका ।
Verse 26
إِلَّا قِيلًا سَلَـٰمًا سَلَـٰمًا
Transliteration illā qīlan salāman salāman
Nepali २६) उनीहरूको आपसमा सलामको आदान–प्रदान मात्र हुनेछ ।
Verse 27
وَأَصْحَـٰبُ ٱلْيَمِينِ مَآ أَصْحَـٰبُ ٱلْيَمِينِ
Transliteration wa-aṣḥābu l-yamīni mā aṣḥābu l-yamīni
Nepali २७) र दाहिना हातवालाहरू निकै (भाग्यशाली) हुनेछन् ।
Verse 28
فِى سِدْرٍ مَّخْضُودٍ
Transliteration fī sid'rin makhḍūdin
Nepali २८) उनी काँडा नभएका बयरहरू,
Verse 29
وَطَلْحٍ مَّنضُودٍ
Transliteration waṭalḥin manḍūdin
Nepali २९) र गुच्छेदार केराहरू,
Verse 30
وَظِلٍّ مَّمْدُودٍ
Transliteration waẓillin mamdūdin
Nepali ३०) र परसम्म फैलिएका छाँयाहरू,
Verse 31
وَمَآءٍ مَّسْكُوبٍ
Transliteration wamāin maskūbin
Nepali ३१) र पानीका झरनाहरू,
Verse 32
وَفَـٰكِهَةٍ كَثِيرَةٍ
Transliteration wafākihatin kathīratin
Nepali ३२) र प्रशस्त फलहरूमा (हुनेछन्),
Verse 33
لَّا مَقْطُوعَةٍ وَلَا مَمْنُوعَةٍ
Transliteration lā maqṭūʿatin walā mamnūʿatin
Nepali ३३) जुन कहिल्यै समाप्त हुने छैनन् र उनीबाट कसैले रोक्नेछैन ।
Verse 34
وَفُرُشٍ مَّرْفُوعَةٍ
Transliteration wafurushin marfūʿatin
Nepali ३४) र अग्ला, अग्ला ओछ्यानमा हुनेछन् ।
Verse 35
إِنَّآ أَنشَأْنَـٰهُنَّ إِنشَآءً
Transliteration innā anshanāhunna inshāan
Nepali ३५) हामीले उनीहरूका स्वास्नीहरूलाई विशेष प्रकारले सृष्टि गरेका छौं ।
Verse 36
فَجَعَلْنَـٰهُنَّ أَبْكَارًا
Transliteration fajaʿalnāhunna abkāran
Nepali ३६) अनि उनीहरूलाई हामीले कुमारी (पवित्र) बनायौं ।
Verse 37
عُرُبًا أَتْرَابًا
Transliteration ʿuruban atrāban
Nepali ३७) समान उमेरकी र मायालु ।
Verse 38
لِّأَصْحَـٰبِ ٱلْيَمِينِ
Transliteration li-aṣḥābi l-yamīni
Nepali ३८) दाहिने हातवालाहरूको निम्ति हुन् ।
Verse 39
ثُلَّةٌ مِّنَ ٱلْأَوَّلِينَ
Transliteration thullatun mina l-awalīna
Nepali ३९) यिनीहरूमा अघिल्लामध्येका पनि धेरै हुनेछन् ।
Verse 40
وَثُلَّةٌ مِّنَ ٱلْـَٔاخِرِينَ
Transliteration wathullatun mina l-ākhirīna
Nepali ४०) र पछिल्लामध्येका पनि धेरै हुनेछन्,
Verse 41
وَأَصْحَـٰبُ ٱلشِّمَالِ مَآ أَصْحَـٰبُ ٱلشِّمَالِ
Transliteration wa-aṣḥābu l-shimāli mā aṣḥābu l-shimāli
Nepali ४१) र बाँया हातवालाहरू, (अफशोच) बाँया हातवाला कस्ता छन् ।
Verse 42
فِى سَمُومٍ وَحَمِيمٍ
Transliteration fī samūmin waḥamīmin
Nepali ४२) गर्म (तातो) हवा र उम्लिराखेको पानीमा हुनेछन् ।
Verse 43
وَظِلٍّ مِّن يَحْمُومٍ
Transliteration waẓillin min yaḥmūmin
Nepali ४३) र कालो धुवाँको छाँयामा,
Verse 44
لَّا بَارِدٍ وَلَا كَرِيمٍ
Transliteration lā bāridin walā karīmin
Nepali ४४) जुन न चिसो छ न रुचाउने योग्य ।
Verse 45
إِنَّهُمْ كَانُوا۟ قَبْلَ ذَٰلِكَ مُتْرَفِينَ
Transliteration innahum kānū qabla dhālika mut'rafīna
Nepali ४५) निःसंदेह उनीहरू यसभन्दा पहिला धेरै सुख सुविधामा थिए ।
Verse 46
وَكَانُوا۟ يُصِرُّونَ عَلَى ٱلْحِنثِ ٱلْعَظِيمِ
Transliteration wakānū yuṣirrūna ʿalā l-ḥinthi l-ʿaẓīmi
Nepali ४६) र ठूला–ठूला पापहरू गर्दै बसेका थिए,
Verse 47
وَكَانُوا۟ يَقُولُونَ أَئِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَـٰمًا أَءِنَّا لَمَبْعُوثُونَ
Transliteration wakānū yaqūlūna a-idhā mit'nā wakunnā turāban waʿiẓāman a-innā lamabʿūthūna
Nepali ४७) र भन्ने गर्दथे कि के जब हामी मृत भइहाल्ने छौं र माटो र हाड भइहाल्ने छौं, हामी फेरि उठाइने छौं ?
Verse 48
أَوَءَابَآؤُنَا ٱلْأَوَّلُونَ
Transliteration awaābāunā l-awalūna
Nepali ४८) र के हाम्रा बाबु बाजे पनि ?
Verse 49
قُلْ إِنَّ ٱلْأَوَّلِينَ وَٱلْـَٔاخِرِينَ
Transliteration qul inna l-awalīna wal-ākhirīna
Nepali ४९) तपाई भनिदिनुस् कि निःसन्देह पहिला र पछिका,
Verse 50
لَمَجْمُوعُونَ إِلَىٰ مِيقَـٰتِ يَوْمٍ مَّعْلُومٍ
Transliteration lamajmūʿūna ilā mīqāti yawmin maʿlūmin
Nepali ५०) सबै एउटा निर्धारित दिनको समयमा अवश्य एकत्रित गरिनेछन् ।
Verse 51
ثُمَّ إِنَّكُمْ أَيُّهَا ٱلضَّآلُّونَ ٱلْمُكَذِّبُونَ
Transliteration thumma innakum ayyuhā l-ḍālūna l-mukadhibūna
Nepali ५१) अनि तिमी हे असत्य ठहराउनेवाला पथ विचलितहरू,
Verse 52
لَـَٔاكِلُونَ مِن شَجَرٍ مِّن زَقُّومٍ
Transliteration laākilūna min shajarin min zaqqūmin
Nepali ५२) थूहर (क्याक्टस) को वृक्ष खानेछौ ।
Verse 53
فَمَالِـُٔونَ مِنْهَا ٱلْبُطُونَ
Transliteration famāliūna min'hā l-buṭūna
Nepali ५३) र यसैले पेट भर्ने छौ !
Verse 54
فَشَـٰرِبُونَ عَلَيْهِ مِنَ ٱلْحَمِيمِ
Transliteration fashāribūna ʿalayhi mina l-ḥamīmi
Nepali ५४) र यसमाथि उम्लिराखेको पानी पिउनेछौ !
Verse 55
فَشَـٰرِبُونَ شُرْبَ ٱلْهِيمِ
Transliteration fashāribūna shur'ba l-hīmi
Nepali ५५) र पिउँदा पनि (यसप्रकार पिउनेछौं जस्तो कि) तिर्खाएको ऊँट जस्तो !
Verse 56
هَـٰذَا نُزُلُهُمْ يَوْمَ ٱلدِّينِ
Transliteration hādhā nuzuluhum yawma l-dīni
Nepali ५६) कयामतको दिन उनीहरूको सत्कार हो यो !
Verse 57
نَحْنُ خَلَقْنَـٰكُمْ فَلَوْلَا تُصَدِّقُونَ
Transliteration naḥnu khalaqnākum falawlā tuṣaddiqūna
Nepali ५७) हामीले तिमी सबैलाई सृष्टि गरेका हौं, तसर्थ तिमीले किन (सत्य) मान्दैनौ ?
Verse 58
أَفَرَءَيْتُم مَّا تُمْنُونَ
Transliteration afara-aytum mā tum'nūna
Nepali ५८) हेर जुन तिमीले वीर्य (स्वास्नीमा) छाड्छौ !
Verse 59
ءَأَنتُمْ تَخْلُقُونَهُۥٓ أَمْ نَحْنُ ٱلْخَـٰلِقُونَ
Transliteration a-antum takhluqūnahu am naḥnu l-khāliqūna
Nepali ५९) के तिमीले त्यसबाट मानिसको सृष्टि गर्दछौ वा हामीले नै सृष्टि गर्दछौं !
Verse 60
نَحْنُ قَدَّرْنَا بَيْنَكُمُ ٱلْمَوْتَ وَمَا نَحْنُ بِمَسْبُوقِينَ
Transliteration naḥnu qaddarnā baynakumu l-mawta wamā naḥnu bimasbūqīna
Nepali ६०) हामीले नै तिमीमा मृत्यु निर्धारित गरिदिएका छौं र हामी त्यसबाट हारेका होइनौं ।
Verse 61
عَلَىٰٓ أَن نُّبَدِّلَ أَمْثَـٰلَكُمْ وَنُنشِئَكُمْ فِى مَا لَا تَعْلَمُونَ
Transliteration ʿalā an nubaddila amthālakum wanunshi-akum fī mā lā taʿlamūna
Nepali ६१) कि हामीले तिम्रो ठाउँमा अरु तिमीहरू जस्तालाई पैदा गर्न सक्छौ र तिमीलाई नयाँ रूपमा त्यस संसारमा पैदा गरिदिन्छौं जसको बारेमा तिमलिाई थाहा छैन ।
Verse 62
وَلَقَدْ عَلِمْتُمُ ٱلنَّشْأَةَ ٱلْأُولَىٰ فَلَوْلَا تَذَكَّرُونَ
Transliteration walaqad ʿalim'tumu l-nashata l-ūlā falawlā tadhakkarūna
Nepali ६२) तिमीलाई पहिलो पटकको जन्म थाहा छ, अनि तिमीले किन शिक्षा ग्रहण गर्दैनौ ?
Verse 63
أَفَرَءَيْتُم مَّا تَحْرُثُونَ
Transliteration afara-aytum mā taḥruthūna
Nepali ६३) अनि यो पनि बताऊ जुन तिमीले उब्जाउँछौ ?
Verse 64
ءَأَنتُمْ تَزْرَعُونَهُۥٓ أَمْ نَحْنُ ٱلزَّٰرِعُونَ
Transliteration a-antum tazraʿūnahu am naḥnu l-zāriʿūna
Nepali ६४) के तिमीले नै त्यसलाई उब्जाउछौं वा हामी उब्जाउनेवाला हौं ?
Verse 65
لَوْ نَشَآءُ لَجَعَلْنَـٰهُ حُطَـٰمًا فَظَلْتُمْ تَفَكَّهُونَ
Transliteration law nashāu lajaʿalnāhu ḥuṭāman faẓaltum tafakkahūna
Nepali ६५) यदि हामीले चाह्यौं भने त्यसलाई भुसा गरिदिन्छौं र तिमी कुरा गर्दै रहनेछौ ।
Verse 66
إِنَّا لَمُغْرَمُونَ
Transliteration innā lamugh'ramūna
Nepali ६६) (कि अफशोच) हामी त सित्तैमा दण्डमा परिहाल्यौं,
Verse 67
بَلْ نَحْنُ مَحْرُومُونَ
Transliteration bal naḥnu maḥrūmūna
Nepali ६७) बरु हामी बिल्कुलै वञ्चित रहयौं ।
Verse 68
أَفَرَءَيْتُمُ ٱلْمَآءَ ٱلَّذِى تَشْرَبُونَ
Transliteration afara-aytumu l-māa alladhī tashrabūna
Nepali ६८) अनि यो बताऊ तिमीले जुन पानीलाई पिउँछौ ।
Verse 69
ءَأَنتُمْ أَنزَلْتُمُوهُ مِنَ ٱلْمُزْنِ أَمْ نَحْنُ ٱلْمُنزِلُونَ
Transliteration a-antum anzaltumūhu mina l-muz'ni am naḥnu l-munzilūna
Nepali ६९) उसलाई बादलबाट पनि तिमीले नै बर्साएका हौ वा हामीले बर्साउँछौं ?
Verse 70
لَوْ نَشَآءُ جَعَلْنَـٰهُ أُجَاجًا فَلَوْلَا تَشْكُرُونَ
Transliteration law nashāu jaʿalnāhu ujājan falawlā tashkurūna
Nepali ७०) यदि हामीले चाह्यौं भने त्यस पानीलाई खारा बनाइदिन्छौं ? अनि तिमीले कृतज्ञता किन प्रकट गर्दैनौ ?
Verse 71
أَفَرَءَيْتُمُ ٱلنَّارَ ٱلَّتِى تُورُونَ
Transliteration afara-aytumu l-nāra allatī tūrūna
Nepali ७१) हेर यो पनि बताऊ कि जुन आगो तिमीले सल्काउँछौ,
Verse 72
ءَأَنتُمْ أَنشَأْتُمْ شَجَرَتَهَآ أَمْ نَحْنُ ٱلْمُنشِـُٔونَ
Transliteration a-antum anshatum shajaratahā am naḥnu l-munshiūna
Nepali ७२) (के तिमीले) त्यस रुखलाई सृष्टि गर्दछौ वा हामीले त्यसको सृष्टि गरेका छौं ?
Verse 73
نَحْنُ جَعَلْنَـٰهَا تَذْكِرَةً وَمَتَـٰعًا لِّلْمُقْوِينَ
Transliteration naḥnu jaʿalnāhā tadhkiratan wamatāʿan lil'muq'wīna
Nepali ७३) हामीले उसलाई एउटा उपदेशको माध्यम र यात्रीहरू (र आवश्यक पर्नेहरूका) लागि लाभप्रद बनाएका छौं ।
Verse 74
فَسَبِّحْ بِٱسْمِ رَبِّكَ ٱلْعَظِيمِ
Transliteration fasabbiḥ bi-is'mi rabbika l-ʿaẓīmi
Nepali ७४) अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गर ।
Verse 75
۞ فَلَآ أُقْسِمُ بِمَوَٰقِعِ ٱلنُّجُومِ
Transliteration falā uq'simu bimawāqiʿi l-nujūmi
Nepali ७५) म खस्ने ताराहरूको कसम खान्छु ।
Verse 76
وَإِنَّهُۥ لَقَسَمٌ لَّوْ تَعْلَمُونَ عَظِيمٌ
Transliteration wa-innahu laqasamun law taʿlamūna ʿaẓīmun
Nepali ७६) र यदि तिमीले बुझ्छौ भने यो ठूलो कसम हो,
Verse 77
إِنَّهُۥ لَقُرْءَانٌ كَرِيمٌ
Transliteration innahu laqur'ānun karīmun
Nepali ७७) निश्चय नै यो धेरै प्रतिष्ठित कुरआन हो,
Verse 78
فِى كِتَـٰبٍ مَّكْنُونٍ
Transliteration fī kitābin maknūnin
Nepali ७८) जो एउटा सुरक्षित किताबमा अंकित छ ।
Verse 79
لَّا يَمَسُّهُۥٓ إِلَّا ٱلْمُطَهَّرُونَ
Transliteration lā yamassuhu illā l-muṭaharūna
Nepali ७९) त्यसलाई पवित्र (फरिश्ताहरू) मात्र हात लगाउँछन् ।
Verse 80
تَنزِيلٌ مِّن رَّبِّ ٱلْعَـٰلَمِينَ
Transliteration tanzīlun min rabbi l-ʿālamīna
Nepali ८०) सम्पूर्ण संसारको स्वामीको तर्फबाट अवतरित गरिएको छ ।
Verse 81
أَفَبِهَـٰذَا ٱلْحَدِيثِ أَنتُم مُّدْهِنُونَ
Transliteration afabihādhā l-ḥadīthi antum mud'hinūna
Nepali ८१) के तिमीले त्यस वाणीलाई साधारण ठान्छौ ?
Verse 82
وَتَجْعَلُونَ رِزْقَكُمْ أَنَّكُمْ تُكَذِّبُونَ
Transliteration watajʿalūna riz'qakum annakum tukadhibūna
Nepali ८२) र आफ्नो भागमा यो लिन्छौ कि यसलाई झूठो ठहराउँदै गर ?
Verse 83
فَلَوْلَآ إِذَا بَلَغَتِ ٱلْحُلْقُومَ
Transliteration falawlā idhā balaghati l-ḥul'qūma
Nepali ८३) अनि जब प्राण कण्ठमा आइपुग्दछ,
Verse 84
وَأَنتُمْ حِينَئِذٍ تَنظُرُونَ
Transliteration wa-antum ḥīna-idhin tanẓurūna
Nepali ८४) र तिमीले त्यस समय आखाँले हेरिराखेको हुन्छौ,
Verse 85
وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنكُمْ وَلَـٰكِن لَّا تُبْصِرُونَ
Transliteration wanaḥnu aqrabu ilayhi minkum walākin lā tub'ṣirūna
Nepali ८५) र हामी त्यस बेला तिमीभन्दा धेरै नजिक हुन्छौं तर तिमीले देख्दैनौ ।
Verse 86
فَلَوْلَآ إِن كُنتُمْ غَيْرَ مَدِينِينَ
Transliteration falawlā in kuntum ghayra madīnīna
Nepali ८६) अतः यदि तिमी कसैको अधीनमा छैनौ ।
Verse 87
تَرْجِعُونَهَآ إِن كُنتُمْ صَـٰدِقِينَ
Transliteration tarjiʿūnahā in kuntum ṣādiqīna
Nepali ८७) र यस कुरामा यदि साँचो हौ, त यस प्राणलाई किन फर्काउँदैनौ ?
Verse 88
فَأَمَّآ إِن كَانَ مِنَ ٱلْمُقَرَّبِينَ
Transliteration fa-ammā in kāna mina l-muqarabīna
Nepali ८८) अनि यदि कोही (अल्लाहको) दरबारको नजीक गरिएको हुनेछ ।
Verse 89
فَرَوْحٌ وَرَيْحَانٌ وَجَنَّتُ نَعِيمٍ
Transliteration farawḥun warayḥānun wajannatu naʿīmin
Nepali ८९) भने उसको निम्ति आराम, सुखसामग्री र आरामदायक स्वर्गहरू छन् ।
Verse 90
وَأَمَّآ إِن كَانَ مِنْ أَصْحَـٰبِ ٱلْيَمِينِ
Transliteration wa-ammā in kāna min aṣḥābi l-yamīni
Nepali ९०) र जो दाहिने हातावालामध्येको छ,
Verse 91
فَسَلَـٰمٌ لَّكَ مِنْ أَصْحَـٰبِ ٱلْيَمِينِ
Transliteration fasalāmun laka min aṣḥābi l-yamīni
Nepali ९१) तिमीलाई सलाम छ कि तिमी भाग्यशालीमध्येका छौ ।
Verse 92
وَأَمَّآ إِن كَانَ مِنَ ٱلْمُكَذِّبِينَ ٱلضَّآلِّينَ
Transliteration wa-ammā in kāna mina l-mukadhibīna l-ḍālīna
Nepali ९२) तर यदि कोही त्यो झूठा ठहराउने र मार्गबिचलितहरूमध्येको छ,
Verse 93
فَنُزُلٌ مِّنْ حَمِيمٍ
Transliteration fanuzulun min ḥamīmin
Nepali ९३) त उसको लागि उम्लिराखेको पानीको आतिथ्य छ,
Verse 94
وَتَصْلِيَةُ جَحِيمٍ
Transliteration wataṣliyatu jaḥīmin
Nepali ९४) र (फेरि) नर्कमा जानु छ ।
Verse 95
إِنَّ هَـٰذَا لَهُوَ حَقُّ ٱلْيَقِينِ
Transliteration inna hādhā lahuwa ḥaqqu l-yaqīni
Nepali ९५) निःसन्देह यो (खबर) पूरै सत्य हो ।
Verse 96
فَسَبِّحْ بِٱسْمِ رَبِّكَ ٱلْعَظِيمِ
Transliteration fasabbiḥ bi-is'mi rabbika l-ʿaẓīmi
Nepali ९६) अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गरिराख ।
Read Surah Al-Waqi'ah in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.