MyDugsiStart learning

Surah Ash-Shu'ara in Nepali: translation and audio

Surah 26 · الشعراء · The Poets · 227 verses

Surah Ash-Shu'ara verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Ash-Shu'ara word by word in English.

Verse 1

طسٓمٓ

Transliteration tta-seen-meem

Nepali १) ता–सीन्–मीम् ।

Verse 2

تِلْكَ ءَايَـٰتُ ٱلْكِتَـٰبِ ٱلْمُبِينِ

Transliteration til'ka āyātu l-kitābi l-mubīni

Nepali २) यी स्पष्ट किताबका आयतहरू (श्लोकहरू) हुन् ।

Verse 3

لَعَلَّكَ بَـٰخِعٌ نَّفْسَكَ أَلَّا يَكُونُوا۟ مُؤْمِنِينَ

Transliteration laʿallaka bākhiʿun nafsaka allā yakūnū mu'minīna

Nepali ३) (हे पैगम्बर !) शायद तपाईले (यस दुःखबाट कि) यी मानिसहरूले ईमान ल्याउँदैनन् आफ्नो प्राण नै त्यागिदिनु हुनेछ ।

Verse 4

إِن نَّشَأْ نُنَزِّلْ عَلَيْهِم مِّنَ ٱلسَّمَآءِ ءَايَةً فَظَلَّتْ أَعْنَـٰقُهُمْ لَهَا خَـٰضِعِينَ

Transliteration in nasha nunazzil ʿalayhim mina l-samāi āyatan faẓallat aʿnāquhum lahā khāḍiʿīna

Nepali ४) यदि हामीले चाहेको भए उनीहरूमाथि अकाशबाट एउटा यस्तो निशानी उतार्न सक्थ्यौं । कि जसको अगाडि उनीहरूका टाउको दीनताले झुकिरहुन् ।

Verse 5

وَمَا يَأْتِيهِم مِّن ذِكْرٍ مِّنَ ٱلرَّحْمَـٰنِ مُحْدَثٍ إِلَّا كَانُوا۟ عَنْهُ مُعْرِضِينَ

Transliteration wamā yatīhim min dhik'rin mina l-raḥmāni muḥ'dathin illā kānū ʿanhu muʿ'riḍīna

Nepali ५) र उनीहरूको पासमा रहमानको तर्फबाट जुन नवीन नसिहत पनि आउँछ, उनीहरू त्यसबाट विमुख हुने भइहाले ।

Verse 6

فَقَدْ كَذَّبُوا۟ فَسَيَأْتِيهِمْ أَنۢبَـٰٓؤُا۟ مَا كَانُوا۟ بِهِۦ يَسْتَهْزِءُونَ

Transliteration faqad kadhabū fasayatīhim anbāu mā kānū bihi yastahziūna

Nepali ६) अब जबकि उनीहरूले झूठो भनिसकेका छन् त शीघ्र नै उनीहरूले गरेको उपहासको वास्तविकता जानी हाल्नेछन् ।

Verse 7

أَوَلَمْ يَرَوْا۟ إِلَى ٱلْأَرْضِ كَمْ أَنۢبَتْنَا فِيهَا مِن كُلِّ زَوْجٍ كَرِيمٍ

Transliteration awalam yaraw ilā l-arḍi kam anbatnā fīhā min kulli zawjin karīmin

Nepali ७) के उनीहरूले धरतीलाई देखेनन् कि त्यसमा कसरी हामीले सबै प्रकारका उत्तम जोडाहरू उमारेका छौं ।

Verse 8

إِنَّ فِى ذَٰلِكَ لَـَٔايَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ

Transliteration inna fī dhālika laāyatan wamā kāna aktharuhum mu'minīna

Nepali ८) निश्चय नै यसमा ठूलो निशानी छ, (यसपछि पनि) उनीहरूमध्ये अधिकांश मान्नेवाला छैनन् ।

Verse 9

وَإِنَّ رَبَّكَ لَهُوَ ٱلْعَزِيزُ ٱلرَّحِيمُ

Transliteration wa-inna rabbaka lahuwa l-ʿazīzu l-raḥīmu

Nepali ९) र निश्चय नै तिम्रो पालनकर्ता नै हो, जो अधिपत्यशाली, अत्यन्त दयावान छ ।

Verse 10

وَإِذْ نَادَىٰ رَبُّكَ مُوسَىٰٓ أَنِ ٱئْتِ ٱلْقَوْمَ ٱلظَّـٰلِمِينَ

Transliteration wa-idh nādā rabbuka mūsā ani i'ti l-qawma l-ẓālimīna

Nepali १०) र जब तपाईको पालनकर्ताले ‘‘मूसालाई’’ भन्यो कि अत्याचारी मानिसहरूको पासमा जाऊ ।

Verse 11

قَوْمَ فِرْعَوْنَ ۚ أَلَا يَتَّقُونَ

Transliteration qawma fir'ʿawna alā yattaqūna

Nepali ११) ‘‘फिरऔनको’’ जातिबन्धुको पासमा, के यिनीहरू आत्मसंयम् अपनाउँदैनन् ?

Verse 12

قَالَ رَبِّ إِنِّىٓ أَخَافُ أَن يُكَذِّبُونِ

Transliteration qāla rabbi innī akhāfu an yukadhibūni

Nepali १२) मूसाले भनेः कि मेरो पालनकर्ता मलाई त भय छ कि कतै यिनीहरूले मलाई झूठा नठानुन् ।

Verse 13

وَيَضِيقُ صَدْرِى وَلَا يَنطَلِقُ لِسَانِى فَأَرْسِلْ إِلَىٰ هَـٰرُونَ

Transliteration wayaḍīqu ṣadrī walā yanṭaliqu lisānī fa-arsil ilā hārūna

Nepali १३) र मेरो छाति उकुसमुकुस हुन्छ र मेरो बोली रोकिन्छ, तसर्थ तिमी हारूनतिर पनि सन्देश (वह्य) पठाइदेऊ ।

Verse 14

وَلَهُمْ عَلَىَّ ذَنۢبٌ فَأَخَافُ أَن يَقْتُلُونِ

Transliteration walahum ʿalayya dhanbun fa-akhāfu an yaqtulūni

Nepali १४) र उनीहरूको ममाथि मेरो एउटा कसूरको दावी पनि छ, तसर्थ मलाई यो पनि भय छ कि मलाई मारिहाल्नेछन् ।

Verse 15

قَالَ كَلَّا ۖ فَٱذْهَبَا بِـَٔايَـٰتِنَآ ۖ إِنَّا مَعَكُم مُّسْتَمِعُونَ

Transliteration qāla kallā fa-idh'habā biāyātinā innā maʿakum mus'tamiʿūna

Nepali १५) अल्लाहबाट आदेश भयो कदापि यस्तो हुनेछैन तिमी दुवैजना हाम्रा निशानीहरू लिएर जाऊ, हामी तिम्रो साथमा सुन्नेवाला छौं ।

Verse 16

فَأْتِيَا فِرْعَوْنَ فَقُولَآ إِنَّا رَسُولُ رَبِّ ٱلْعَـٰلَمِينَ

Transliteration fatiyā fir'ʿawna faqūlā innā rasūlu rabbi l-ʿālamīna

Nepali १६) (अतः) तिमी दुवै फिरऔनको पासमा जाऊ र भनः कि निश्चितरूपले हामी संसारको पालनकर्ताको तर्फबाट पठाइएका हौं ।

Verse 17

أَنْ أَرْسِلْ مَعَنَا بَنِىٓ إِسْرَٰٓءِيلَ

Transliteration an arsil maʿanā banī is'rāīla

Nepali १७) र (यसकारण आएका हौं) कि तिमीहरू बनी इस्राईललाई हाम्रो साथमा जाने अनुमति देऊ ।

Verse 18

قَالَ أَلَمْ نُرَبِّكَ فِينَا وَلِيدًا وَلَبِثْتَ فِينَا مِنْ عُمُرِكَ سِنِينَ

Transliteration qāla alam nurabbika fīnā walīdan walabith'ta fīnā min ʿumurika sinīna

Nepali १८) फिरऔनले (मूसासित) भन्यो कि के हामीले तिमीलाई तिम्रो बाल्यकालमा आफूकहाँ पालेका थिएनौं ? र तिमीले तिम्रो जीवनका धेरै वर्ष हामीकहाँ बिताएका थिएनौ ?

Verse 19

وَفَعَلْتَ فَعْلَتَكَ ٱلَّتِى فَعَلْتَ وَأَنتَ مِنَ ٱلْكَـٰفِرِينَ

Transliteration wafaʿalta faʿlataka allatī faʿalta wa-anta mina l-kāfirīna

Nepali १९) फेरि तिमीले आफ्नो त्यो काम गर्यौ जुन तिमीलाई थाहा छ । तिमी साह्रै नै कृतघ्न छौ ।

Verse 20

قَالَ فَعَلْتُهَآ إِذًا وَأَنَا۠ مِنَ ٱلضَّآلِّينَ

Transliteration qāla faʿaltuhā idhan wa-anā mina l-ḍālīna

Nepali २०) (मूसाले) भनेः कि (हो) त्यो काम मैले त्यस बेला गरेको थिएँ जब म बाटो बिर्सिएकाहरूमध्येका थिएँ ।

Verse 21

فَفَرَرْتُ مِنكُمْ لَمَّا خِفْتُكُمْ فَوَهَبَ لِى رَبِّى حُكْمًا وَجَعَلَنِى مِنَ ٱلْمُرْسَلِينَ

Transliteration fafarartu minkum lammā khif'tukum fawahaba lī rabbī ḥuk'man wajaʿalanī mina l-mur'salīna

Nepali २१) अनि जब मलाई तिम्रो भय लाग्यो त म तिमीकहाँबाट भागिहालें, अनि मेरो पालनकर्ताले मलाई आदेश र ज्ञान प्रदान गर्यो र मलाई आफ्ना सन्देशवाहकमध्येको बनायो ।

Verse 22

وَتِلْكَ نِعْمَةٌ تَمُنُّهَا عَلَىَّ أَنْ عَبَّدتَّ بَنِىٓ إِسْرَٰٓءِيلَ

Transliteration watil'ka niʿ'matun tamunnuhā ʿalayya an ʿabbadtta banī is'rāīla

Nepali २२) के ममाथि तिम्रो यही भलाई हो जुन तिमीले देखाइरहेका छौ कि तिमीले बनि इस्राईललाई दास बनाएर राखेका छौ ।

Verse 23

قَالَ فِرْعَوْنُ وَمَا رَبُّ ٱلْعَـٰلَمِينَ

Transliteration qāla fir'ʿawnu wamā rabbu l-ʿālamīna

Nepali २३) फिरऔनले भन्योः कि सारा संसारको मालिक भनेको के हो ?

Verse 24

قَالَ رَبُّ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ وَمَا بَيْنَهُمَآ ۖ إِن كُنتُم مُّوقِنِينَ

Transliteration qāla rabbu l-samāwāti wal-arḍi wamā baynahumā in kuntum mūqinīna

Nepali २४) उनले भनेः कि ऊ आकाशहरू र पृथ्वी र जे जति त्यसको बीचमा छन् सबैको पालनकर्ता हो । यदि तिमी ईमानवाला छौ भने ?

Verse 25

قَالَ لِمَنْ حَوْلَهُۥٓ أَلَا تَسْتَمِعُونَ

Transliteration qāla liman ḥawlahu alā tastamiʿūna

Nepali २५) फिरऔैनले आफ्नो वरिपरिका मानिसहरूलाई भन्यो कि तिमीहरू सुनिरहेका छैनौ ।

Verse 26

قَالَ رَبُّكُمْ وَرَبُّ ءَابَآئِكُمُ ٱلْأَوَّلِينَ

Transliteration qāla rabbukum warabbu ābāikumu l-awalīna

Nepali २६) मूसाले भने कि ऊ तिम्रो र तिम्रा बाबुबाजेको पालनकर्ता हो ।

Verse 27

قَالَ إِنَّ رَسُولَكُمُ ٱلَّذِىٓ أُرْسِلَ إِلَيْكُمْ لَمَجْنُونٌ

Transliteration qāla inna rasūlakumu alladhī ur'sila ilaykum lamajnūnun

Nepali २७) फिरऔनले भन्योः कि मानिसहरू हो यो संदेष्टा (पैगम्बर) जुन तिमीहरूतिर पठाइएको छ, बिलकुल्लै पागल छ ।

Verse 28

قَالَ رَبُّ ٱلْمَشْرِقِ وَٱلْمَغْرِبِ وَمَا بَيْنَهُمَآ ۖ إِن كُنتُمْ تَعْقِلُونَ

Transliteration qāla rabbu l-mashriqi wal-maghribi wamā baynahumā in kuntum taʿqilūna

Nepali २८) मूसाले भनेः कि पूर्व र पश्चिम र जे–जति यी दुवैको बीचमा छन् सबैको रब (पालनकर्ता) पनि उही हो, यदि तिमीमा बुझ्ने बुद्धि छ भने ।

Verse 29

قَالَ لَئِنِ ٱتَّخَذْتَ إِلَـٰهًا غَيْرِى لَأَجْعَلَنَّكَ مِنَ ٱلْمَسْجُونِينَ

Transliteration qāla la-ini ittakhadhta ilāhan ghayrī la-ajʿalannaka mina l-masjūnīna

Nepali २९) फिरऔनले भन्योः कि सुन यदि तिमीले म बाहेक अरु कसैलाई पूज्य बनायौ भने म तिमीलाई बन्दी बनाएर राख्छु ।

Verse 30

قَالَ أَوَلَوْ جِئْتُكَ بِشَىْءٍ مُّبِينٍ

Transliteration qāla awalaw ji'tuka bishayin mubīnin

Nepali ३०) मूसाले भने कि यदि म तिम्रो पासमा कुनै स्पष्ट कुरा ल्याऊँ तैपनि ?

Verse 31

قَالَ فَأْتِ بِهِۦٓ إِن كُنتَ مِنَ ٱلصَّـٰدِقِينَ

Transliteration qāla fati bihi in kunta mina l-ṣādiqīna

Nepali ३१) फिरऔनले भन्यो, यदि तिमी साँचो हौ भने त्यसलाई (ल्याएर) पेश गर ।

Verse 32

فَأَلْقَىٰ عَصَاهُ فَإِذَا هِىَ ثُعْبَانٌ مُّبِينٌ

Transliteration fa-alqā ʿaṣāhu fa-idhā hiya thuʿ'bānun mubīnun

Nepali ३२) अनि उनले (मूसाले) आफ्नो लठ्ठी त्यतिबेला (जमिनमा) फ्याँके जुन त्यतिखेरै एउटा प्रत्यक्ष अजिङ्गर बनिहाल्यो ।

Verse 33

وَنَزَعَ يَدَهُۥ فَإِذَا هِىَ بَيْضَآءُ لِلنَّـٰظِرِينَ

Transliteration wanazaʿa yadahu fa-idhā hiya bayḍāu lilnnāẓirīna

Nepali ३३) र आफ्नो हात जब बाहिर निकाले तब त्यतिखेरै त्यो हेर्नेहरूको अगाडि सेतो टल्कने देखिनथाल्यो ।

Verse 34

قَالَ لِلْمَلَإِ حَوْلَهُۥٓ إِنَّ هَـٰذَا لَسَـٰحِرٌ عَلِيمٌ

Transliteration qāla lil'mala-i ḥawlahu inna hādhā lasāḥirun ʿalīmun

Nepali ३४) फिरऔनले आफ्नो वरिपरिका नायकहरूसित भन्योः कि निश्चय नै यो त ठूलो जादूगर हो ।

Verse 35

يُرِيدُ أَن يُخْرِجَكُم مِّنْ أَرْضِكُم بِسِحْرِهِۦ فَمَاذَا تَأْمُرُونَ

Transliteration yurīdu an yukh'rijakum min arḍikum bisiḥ'rihi famādhā tamurūna

Nepali ३५) यसले चाहन्छ, कि आफ्नो जादूको शक्तिले तिमीलाई तिम्रो भूमिबाट निकालिदेओस् तसर्थ तिम्रो के विचार छ ?

Verse 36

قَالُوٓا۟ أَرْجِهْ وَأَخَاهُ وَٱبْعَثْ فِى ٱلْمَدَآئِنِ حَـٰشِرِينَ

Transliteration qālū arjih wa-akhāhu wa-ib'ʿath fī l-madāini ḥāshirīna

Nepali ३६) उनीहरूले भनेः कि तपाईले यसलाई र यसको भाइलाई समय दिनुस् र सबै शहरहरूमा अग्रदूतहरूलाई पठाइदिनुहोस् ।

Verse 37

يَأْتُوكَ بِكُلِّ سَحَّارٍ عَلِيمٍ

Transliteration yatūka bikulli saḥḥārin ʿalīmin

Nepali ३७) ताकि सबै प्रविण जादूगरलाई तपाईको पासमा ल्याउन् ।

Verse 38

فَجُمِعَ ٱلسَّحَرَةُ لِمِيقَـٰتِ يَوْمٍ مَّعْلُومٍ

Transliteration fajumiʿa l-saḥaratu limīqāti yawmin maʿlūmin

Nepali ३८) अनि एक निश्चित दिनको समयमा सबै जादूगरहरू एकत्रित गरिए ।

Verse 39

وَقِيلَ لِلنَّاسِ هَلْ أَنتُم مُّجْتَمِعُونَ

Transliteration waqīla lilnnāsi hal antum muj'tamiʿūna

Nepali ३९) र सर्वसाधारण मानिसहरूसित भनियोः कि तिमी (सबै) भेला हुनुपर्दछ ।

Verse 40

لَعَلَّنَا نَتَّبِعُ ٱلسَّحَرَةَ إِن كَانُوا۟ هُمُ ٱلْغَـٰلِبِينَ

Transliteration laʿallanā nattabiʿu l-saḥarata in kānū humu l-ghālibīna

Nepali ४०) ताकि यदि जादूगरहरू विजयी हुन्छन् भने हामी उनकै अनुयायी भइहाल्छौं ।

Verse 41

فَلَمَّا جَآءَ ٱلسَّحَرَةُ قَالُوا۟ لِفِرْعَوْنَ أَئِنَّ لَنَا لَأَجْرًا إِن كُنَّا نَحْنُ ٱلْغَـٰلِبِينَ

Transliteration falammā jāa l-saḥaratu qālū lifir'ʿawna a-inna lanā la-ajran in kunnā naḥnu l-ghālibīna

Nepali ४१) जादुगरहरू आएर फिरऔनसित भन्न थालेः कि यदि हामी विजयी भयौं भने के हामीलाई पुरस्कार पनि प्राप्त हुनेछ ?

Verse 42

قَالَ نَعَمْ وَإِنَّكُمْ إِذًا لَّمِنَ ٱلْمُقَرَّبِينَ

Transliteration qāla naʿam wa-innakum idhan lamina l-muqarabīna

Nepali ४२) पिरऔनले भन्योः, हो र निश्चय नै तिमी त्यसबेला मेरो दरबारिया मानिसहरूमध्येबाट भइहाल्नेछौ ।

Verse 43

قَالَ لَهُم مُّوسَىٰٓ أَلْقُوا۟ مَآ أَنتُم مُّلْقُونَ

Transliteration qāla lahum mūsā alqū mā antum mul'qūna

Nepali ४३) मूसाले उनीहरूसित (जादूगरहरूसित) भनेः कि जे कुरा फ्याँक्नु छ फ्याँक ।

Verse 44

فَأَلْقَوْا۟ حِبَالَهُمْ وَعِصِيَّهُمْ وَقَالُوا۟ بِعِزَّةِ فِرْعَوْنَ إِنَّا لَنَحْنُ ٱلْغَـٰلِبُونَ

Transliteration fa-alqaw ḥibālahum waʿiṣiyyahum waqālū biʿizzati fir'ʿawna innā lanaḥnu l-ghālibūna

Nepali ४४) तब उनीहरूले आफ्नो डोरी र लठ्ठीहरू फ्याँके र भन्न थालेः कि फिरऔनको प्रतापले हामी विजयी हुनेछौं ।

Verse 45

فَأَلْقَىٰ مُوسَىٰ عَصَاهُ فَإِذَا هِىَ تَلْقَفُ مَا يَأْفِكُونَ

Transliteration fa-alqā mūsā ʿaṣāhu fa-idhā hiya talqafu mā yafikūna

Nepali ४५) अनि मूसाले पनि आफ्नो लठ्ठी (भूईंमा) फ्याँके जसले ती कुराहरूलाई, जुनकि जादुगरहरूले बनाएका थिए, निल्न थाल्यो ।

Verse 46

فَأُلْقِىَ ٱلسَّحَرَةُ سَـٰجِدِينَ

Transliteration fa-ul'qiya l-saḥaratu sājidīna

Nepali ४६) यो हेरेर स्वस्फूर्ति ढंगले सिज्दा (ढोग) गरे ।

Verse 47

قَالُوٓا۟ ءَامَنَّا بِرَبِّ ٱلْعَـٰلَمِينَ

Transliteration qālū āmannā birabbi l-ʿālamīna

Nepali ४७) (र) भन्न थाले कि हामीले सारा संसारको पालनहारमाथि ईमान ल्यायौं ।

Verse 48

رَبِّ مُوسَىٰ وَهَـٰرُونَ

Transliteration rabbi mūsā wahārūna

Nepali ४८) अर्थात् मूसा र हारूनको पालनलहारमाथि ।

Verse 49

قَالَ ءَامَنتُمْ لَهُۥ قَبْلَ أَنْ ءَاذَنَ لَكُمْ ۖ إِنَّهُۥ لَكَبِيرُكُمُ ٱلَّذِى عَلَّمَكُمُ ٱلسِّحْرَ فَلَسَوْفَ تَعْلَمُونَ ۚ لَأُقَطِّعَنَّ أَيْدِيَكُمْ وَأَرْجُلَكُم مِّنْ خِلَـٰفٍ وَلَأُصَلِّبَنَّكُمْ أَجْمَعِينَ

Transliteration qāla āmantum lahu qabla an ādhana lakum innahu lakabīrukumu alladhī ʿallamakumu l-siḥ'ra falasawfa taʿlamūna la-uqaṭṭiʿanna aydiyakum wa-arjulakum min khilāfin wala-uṣallibannakum ajmaʿīna

Nepali ४९) फिरऔनले भन्योः, कि मेरो आज्ञा बेगैर तिमीहरूले उसमाथि ईमान ल्यायौ ? निश्चय नै यही तिमी सबैको प्रमुख नायक हो, जसले तिमीलाई जादू सिकाएको छ । तसर्थ शीघ्र नै तिमीहरूले थाहा पाइहाल्ने छौ । म शपथ लिन्छु कि म तिम्रा हात र खुट्टाहरू विपरित दिशाहरूबाट कटाइदिनेछु र तिमी सबैलाई फाँसीमा झुन्ड्याइदिनेछु ।

Verse 50

قَالُوا۟ لَا ضَيْرَ ۖ إِنَّآ إِلَىٰ رَبِّنَا مُنقَلِبُونَ

Transliteration qālū lā ḍayra innā ilā rabbinā munqalibūna

Nepali ५०) उनीहरूले भनेः केही डर छैन । निःसंदेह हामी त आफ्नो पालनकर्तातिर नै फर्केर जानेवाला छौं ।

Verse 51

إِنَّا نَطْمَعُ أَن يَغْفِرَ لَنَا رَبُّنَا خَطَـٰيَـٰنَآ أَن كُنَّآ أَوَّلَ ٱلْمُؤْمِنِينَ

Transliteration innā naṭmaʿu an yaghfira lanā rabbunā khaṭāyānā an kunnā awwala l-mu'minīna

Nepali ५१) हामीलाई मात्र यो नै आशा छः कि हाम्रो पालनकर्ता हाम्रो त्रुटिहरूलाई क्षमा गरिदिनेछ, किनभने हामीले सबभन्दा पहिला ईमान ल्यायौं ।

Verse 52

۞ وَأَوْحَيْنَآ إِلَىٰ مُوسَىٰٓ أَنْ أَسْرِ بِعِبَادِىٓ إِنَّكُم مُّتَّبَعُونَ

Transliteration wa-awḥaynā ilā mūsā an asri biʿibādī innakum muttabaʿūna

Nepali ५२) र हामीले ‘‘मूसातिर’’ ‘‘वह्य’’ (अल्लाहको वाणी) पठायौं कि मेरा भक्तहरूलाई लिएर रातै–रात निस्किहाल, निश्चय नै तिमीलाई पछ्याइनेछ ।

Verse 53

فَأَرْسَلَ فِرْعَوْنُ فِى ٱلْمَدَآئِنِ حَـٰشِرِينَ

Transliteration fa-arsala fir'ʿawnu fī l-madāini ḥāshirīna

Nepali ५३) यसपछि फिरऔनले शहरहरूमा दूतहरू पठायो ।

Verse 54

إِنَّ هَـٰٓؤُلَآءِ لَشِرْذِمَةٌ قَلِيلُونَ

Transliteration inna hāulāi lashir'dhimatun qalīlūna

Nepali ५४) किन ‘‘कि यिनीहरू एकदम सानो संख्यामा छन् ।’’

Verse 55

وَإِنَّهُمْ لَنَا لَغَآئِظُونَ

Transliteration wa-innahum lanā laghāiẓūna

Nepali ५५) र यिनीहरूले हामीलाई क्रोधित पारिराखेका छन् ।

Verse 56

وَإِنَّا لَجَمِيعٌ حَـٰذِرُونَ

Transliteration wa-innā lajamīʿun ḥādhirūna

Nepali ५६) र निश्चयनै हामी संख्यामा धेरै र सबै सर–सामानसहित सजग छौं ।

Verse 57

فَأَخْرَجْنَـٰهُم مِّن جَنَّـٰتٍ وَعُيُونٍ

Transliteration fa-akhrajnāhum min jannātin waʿuyūnin

Nepali ५७) अन्ततः हामीले उनीहरूलाई बगैंचा र पानीका श्रोतहरूबाट निष्कासित गरिदियौं ।

Verse 58

وَكُنُوزٍ وَمَقَامٍ كَرِيمٍ

Transliteration wakunūzin wamaqāmin karīmin

Nepali ५८) र खजाना र राम्रा ठाउँहरूबाट पनि ।

Verse 59

كَذَٰلِكَ وَأَوْرَثْنَـٰهَا بَنِىٓ إِسْرَٰٓءِيلَ

Transliteration kadhālika wa-awrathnāhā banī is'rāīla

Nepali ५९) (उनीहरूको साथमा हामीले) यस्तो गर्यौं र यी सबै कुराहरूको उत्तराधिकारी हामीले बनी इस्राईलको सन्ततिलाई बनाइदियौं ।

Verse 60

فَأَتْبَعُوهُم مُّشْرِقِينَ

Transliteration fa-atbaʿūhum mush'riqīna

Nepali ६०) तसर्थ फिरऔनीहरूले सूर्योदय हुनासाथ तिनीहरूलाई खोज्न हिंडे ।

Verse 61

فَلَمَّا تَرَٰٓءَا ٱلْجَمْعَانِ قَالَ أَصْحَـٰبُ مُوسَىٰٓ إِنَّا لَمُدْرَكُونَ

Transliteration falammā tarāā l-jamʿāni qāla aṣḥābu mūsā innā lamud'rakūna

Nepali ६१) जब दुवै समूहले एक अर्कालाई देखिहाल्यो, तब मूसाका साथीहरूले भन्नथाले कि हामी त निश्चय नै समातियौं ।

Verse 62

قَالَ كَلَّآ ۖ إِنَّ مَعِىَ رَبِّى سَيَهْدِينِ

Transliteration qāla kallā inna maʿiya rabbī sayahdīni

Nepali ६२) मूसाले भने, कदापि होइन मेरो पालनकर्ता मेरो साथमा छ, उसले पक्कै मलाई बाटो देखाउनेछ ।

Verse 63

فَأَوْحَيْنَآ إِلَىٰ مُوسَىٰٓ أَنِ ٱضْرِب بِّعَصَاكَ ٱلْبَحْرَ ۖ فَٱنفَلَقَ فَكَانَ كُلُّ فِرْقٍ كَٱلطَّوْدِ ٱلْعَظِيمِ

Transliteration fa-awḥaynā ilā mūsā ani iḍ'rib biʿaṣāka l-baḥra fa-infalaqa fakāna kullu fir'qin kal-ṭawdi l-ʿaẓīmi

Nepali ६३) त्यसबखत हामीले मूसातिर ‘‘वह्य’’ पठायौं कि आफ्नो लठ्ठीले समुद्रमाथि प्रहार गर अनि त्यसै बेला समुद्र फाटिहाल्यो र पानीको हरेक टुक्रा ठूलो पहाड जस्तो भइहाल्यो ।

Verse 64

وَأَزْلَفْنَا ثَمَّ ٱلْـَٔاخَرِينَ

Transliteration wa-azlafnā thamma l-ākharīna

Nepali ६४) र हामीले अर्को समूहलाई पनि त्यहीं निकट ल्याएर उभ्याइदियौं ।

Verse 65

وَأَنجَيْنَا مُوسَىٰ وَمَن مَّعَهُۥٓ أَجْمَعِينَ

Transliteration wa-anjaynā mūsā waman maʿahu ajmaʿīna

Nepali ६५) र हामीले ‘‘मूसा’’ र उनको साथमा भएका सबैलाई बचाइहाल्यौं ।

Verse 66

ثُمَّ أَغْرَقْنَا ٱلْـَٔاخَرِينَ

Transliteration thumma aghraqnā l-ākharīna

Nepali ६६) अनि अर्को समूहलाई डुबाइदियौं ।

Verse 67

إِنَّ فِى ذَٰلِكَ لَـَٔايَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ

Transliteration inna fī dhālika laāyatan wamā kāna aktharuhum mu'minīna

Nepali ६७) निःसन्देह यसमा ठूलो निशानी छ, तापनि उनीहरूमध्ये अधिकतर ईमानवाला छैनन् ।

Verse 68

وَإِنَّ رَبَّكَ لَهُوَ ٱلْعَزِيزُ ٱلرَّحِيمُ

Transliteration wa-inna rabbaka lahuwa l-ʿazīzu l-raḥīmu

Nepali ६८) र निश्चय नै तपाईको पालनकर्ता अधिपत्यशाली, अत्यन्त दयावान छ ।

Verse 69

وَٱتْلُ عَلَيْهِمْ نَبَأَ إِبْرَٰهِيمَ

Transliteration wa-ut'lu ʿalayhim naba-a ib'rāhīma

Nepali ६९) र उनीहरूलाई इब्राहीम (अलैहिस्सलाम) को वृतान्त पनि सुनाइदिनुस् ।

Verse 70

إِذْ قَالَ لِأَبِيهِ وَقَوْمِهِۦ مَا تَعْبُدُونَ

Transliteration idh qāla li-abīhi waqawmihi mā taʿbudūna

Nepali ७०) जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः कि तिमी कुन कुराको पूजा गर्दछौ ?

Verse 71

قَالُوا۟ نَعْبُدُ أَصْنَامًا فَنَظَلُّ لَهَا عَـٰكِفِينَ

Transliteration qālū naʿbudu aṣnāman fanaẓallu lahā ʿākifīna

Nepali ७१) उनीहरूले जवाफ दिए कि हामी मूर्तिहरूको पूजा गर्दछौं र उनीहरूको सेवामा लागिरहने छौं ।

Verse 72

قَالَ هَلْ يَسْمَعُونَكُمْ إِذْ تَدْعُونَ

Transliteration qāla hal yasmaʿūnakum idh tadʿūna

Nepali ७२) (इब्राहीमले) भनेः कि, जब तिमी उनीहरूलाई पुकार्दछौ, त के उनीहरूले तिम्रो सुन्दछन् ?

Verse 73

أَوْ يَنفَعُونَكُمْ أَوْ يَضُرُّونَ

Transliteration aw yanfaʿūnakum aw yaḍurrūna

Nepali ७३) वा तिमीलाई फाइदा दिन वा नोक्सानी पुर्याउन सक्दछन् ?

Verse 74

قَالُوا۟ بَلْ وَجَدْنَآ ءَابَآءَنَا كَذَٰلِكَ يَفْعَلُونَ

Transliteration qālū bal wajadnā ābāanā kadhālika yafʿalūna

Nepali ७४) उनीहरूले भने, (यो हामी केही जान्दैनौं) बरु हामीले आफ्ना बाबु बाजेलाई यस्तै गरेको देखेका छौं ।

Verse 75

قَالَ أَفَرَءَيْتُم مَّا كُنتُمْ تَعْبُدُونَ

Transliteration qāla afara-aytum mā kuntum taʿbudūna

Nepali ७५) (इब्राहीमले) भने, के तिमीले देख्यौ कि जसलाई तिमी पूजिराखेका छौ ।

Verse 76

أَنتُمْ وَءَابَآؤُكُمُ ٱلْأَقْدَمُونَ

Transliteration antum waābāukumu l-aqdamūna

Nepali ७६) तिमी पनि र तिम्रा अघिका बाबुबाजे पनि ।

Verse 77

فَإِنَّهُمْ عَدُوٌّ لِّىٓ إِلَّا رَبَّ ٱلْعَـٰلَمِينَ

Transliteration fa-innahum ʿaduwwun lī illā rabba l-ʿālamīna

Nepali ७७) उनीहरू मेरा शत्रु हुन्, अल्लाह बाहेक जो ब्रह्माण्डको स्वामी हो ।

Verse 78

ٱلَّذِى خَلَقَنِى فَهُوَ يَهْدِينِ

Transliteration alladhī khalaqanī fahuwa yahdīni

Nepali ७८) जसले मलाई सृष्टि गर्यो र उसैले मलाई मार्गदर्शन गर्दछ ।

Verse 79

وَٱلَّذِى هُوَ يُطْعِمُنِى وَيَسْقِينِ

Transliteration wa-alladhī huwa yuṭ'ʿimunī wayasqīni

Nepali ७९) उही नै हो जसले मलाई खुवाउँछ र पिलाउँछ ।

Verse 80

وَإِذَا مَرِضْتُ فَهُوَ يَشْفِينِ

Transliteration wa-idhā mariḍ'tu fahuwa yashfīni

Nepali ८०) र जब म विरामी पर्दछु त उसैले मलाई निको पार्छ ।

Verse 81

وَٱلَّذِى يُمِيتُنِى ثُمَّ يُحْيِينِ

Transliteration wa-alladhī yumītunī thumma yuḥ'yīni

Nepali ८१) र उसैले मलाई मार्नेछ (र) पुनः जीवित गर्नेछ ।

Verse 82

وَٱلَّذِىٓ أَطْمَعُ أَن يَغْفِرَ لِى خَطِيٓـَٔتِى يَوْمَ ٱلدِّينِ

Transliteration wa-alladhī aṭmaʿu an yaghfira lī khaṭīatī yawma l-dīni

Nepali ८२) र (उही नै हो) जोसित म आशा राख्दछु, कि कियामतको दिन मेरा पापहरूलाई क्षमा गर्नेछ ।

Verse 83

رَبِّ هَبْ لِى حُكْمًا وَأَلْحِقْنِى بِٱلصَّـٰلِحِينَ

Transliteration rabbi hab lī ḥuk'man wa-alḥiq'nī bil-ṣāliḥīna

Nepali ८३) हे ब्रह्माण्डको पालक ! मलाई निर्णय गर्ने शक्ति प्रदान गर र असल मानिसहरूमा शम्मिलित गर ।

Verse 84

وَٱجْعَل لِّى لِسَانَ صِدْقٍ فِى ٱلْـَٔاخِرِينَ

Transliteration wa-ij'ʿal lī lisāna ṣid'qin fī l-ākhirīna

Nepali ८४) र पछि आउनेहरूमा पनि मेरो राम्रो चर्चा बाँकी राख ।

Verse 85

وَٱجْعَلْنِى مِن وَرَثَةِ جَنَّةِ ٱلنَّعِيمِ

Transliteration wa-ij'ʿalnī min warathati jannati l-naʿīmi

Nepali ८५) र मलाई उपकारहरूले भरिएको जन्नत (स्वर्ग) का उत्तराधिकारीहरूमा शम्मिलित गर ।

Verse 86

وَٱغْفِرْ لِأَبِىٓ إِنَّهُۥ كَانَ مِنَ ٱلضَّآلِّينَ

Transliteration wa-igh'fir li-abī innahu kāna mina l-ḍālīna

Nepali ८६) र मेरो बाबुलाई क्षमा गरिदेऊ । निश्चय नै ऊ पथभ्रष्ट मानिसहरूमध्येको थियो ।

Verse 87

وَلَا تُخْزِنِى يَوْمَ يُبْعَثُونَ

Transliteration walā tukh'zinī yawma yub'ʿathūna

Nepali ८७) र जुन दिन मानिसहरू पुनः जीवित भई उठाइनेछन् मलाई अपमानित नगर्नु ।

Verse 88

يَوْمَ لَا يَنفَعُ مَالٌ وَلَا بَنُونَ

Transliteration yawma lā yanfaʿu mālun walā banūna

Nepali ८८) जुन दिन धन सम्पत्ति र सन्तानहरू कुनै काम लाग्ने छैनन् ।

Verse 89

إِلَّا مَنْ أَتَى ٱللَّهَ بِقَلْبٍ سَلِيمٍ

Transliteration illā man atā l-laha biqalbin salīmin

Nepali ८९) तर फाइदावाला उही हुनेछ जो मानिस अल्लाहको पासमा पवित्र हृदय लिई जानेछ ।

Verse 90

وَأُزْلِفَتِ ٱلْجَنَّةُ لِلْمُتَّقِينَ

Transliteration wa-uz'lifati l-janatu lil'muttaqīna

Nepali ९०) र जन्नत संयमीहरूको एकदम समीपमा ल्याइनेछ ।

Verse 91

وَبُرِّزَتِ ٱلْجَحِيمُ لِلْغَاوِينَ

Transliteration waburrizati l-jaḥīmu lil'ghāwīna

Nepali ९१) र मार्ग विचलितहरूको लागि नर्क अगाडि ल्याइनेछ ।

Verse 92

وَقِيلَ لَهُمْ أَيْنَ مَا كُنتُمْ تَعْبُدُونَ

Transliteration waqīla lahum ayna mā kuntum taʿbudūna

Nepali ९२) र उनीहरूसित सोधिनेछः कि जसलाई तिमी पूज्दथ्यो, उनीहरू कहाँ छन् ?

Verse 93

مِن دُونِ ٱللَّهِ هَلْ يَنصُرُونَكُمْ أَوْ يَنتَصِرُونَ

Transliteration min dūni l-lahi hal yanṣurūnakum aw yantaṣirūna

Nepali ९३) अल्लाह बाहेक जो पूज्य थिए, के उनीहरू तिम्रो केही सहायता गर्नसक्दछन् ? वा कुनै बदला लिन सक्दछन् ?

Verse 94

فَكُبْكِبُوا۟ فِيهَا هُمْ وَٱلْغَاوُۥنَ

Transliteration fakub'kibū fīhā hum wal-ghāwūna

Nepali ९४) अनि तिनीहरू र सबै मार्गविचलितहरू टाउको निहुर्याई नर्कमा हालिनेछन् ।

Verse 95

وَجُنُودُ إِبْلِيسَ أَجْمَعُونَ

Transliteration wajunūdu ib'līsa ajmaʿūna

Nepali ९५) र शैतानका सेनाहरू सबै (नर्कमा जानेछन्) ।

Verse 96

قَالُوا۟ وَهُمْ فِيهَا يَخْتَصِمُونَ

Transliteration qālū wahum fīhā yakhtaṣimūna

Nepali ९६) (त्यहाँ) उनीहरू एकआपसमा झगाडा गर्दै भन्नेछन् ।

Verse 97

تَٱللَّهِ إِن كُنَّا لَفِى ضَلَـٰلٍ مُّبِينٍ

Transliteration tal-lahi in kunnā lafī ḍalālin mubīnin

Nepali ९७) किः ‘‘अल्लाहको शपथ ! हामी त खुल्लारूपमा मार्गविचिलित थियौं ।’’

Verse 98

إِذْ نُسَوِّيكُم بِرَبِّ ٱلْعَـٰلَمِينَ

Transliteration idh nusawwīkum birabbi l-ʿālamīna

Nepali ९८) जबकि हामीले तिमीलाई ब्रह्माण्डको पालनकर्ता अल्लाह बराबर ठान्दथ्यौं ।

Verse 99

وَمَآ أَضَلَّنَآ إِلَّا ٱلْمُجْرِمُونَ

Transliteration wamā aḍallanā illā l-muj'rimūna

Nepali ९९) र हामीलाई यी अपराधीहरू बाहेक अरुले पथभ्रष्ट गरेनन् ।

Verse 100

فَمَا لَنَا مِن شَـٰفِعِينَ

Transliteration famā lanā min shāfiʿīna

Nepali १००) अब हाम्रो सिफारिश गर्नेवाला कोही छैन ।

Verse 101

وَلَا صَدِيقٍ حَمِيمٍ

Transliteration walā ṣadīqin ḥamīmin

Nepali १०१) र न कोही घनिष्ट मित्र छ ।

Verse 102

فَلَوْ أَنَّ لَنَا كَرَّةً فَنَكُونَ مِنَ ٱلْمُؤْمِنِينَ

Transliteration falaw anna lanā karratan fanakūna mina l-mu'minīna

Nepali १०२) कति राम्रो हुने थियो, यदि हामीलाई (संसारमा) पुनः एक पटक जानमिल्ने भए, त हामी पक्का र सच्चा मोमिनहरूमध्येका भैहाल्थ्यौं ।

Verse 103

إِنَّ فِى ذَٰلِكَ لَـَٔايَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ

Transliteration inna fī dhālika laāyatan wamā kāna aktharuhum mu'minīna

Nepali १०३) यस घटनामा निश्चय नै एउटा ठूलो निशानी छ तैपनि उनीहरूमध्ये धेरैजसोले ईमान ल्याउने छैनन् ।

Verse 104

وَإِنَّ رَبَّكَ لَهُوَ ٱلْعَزِيزُ ٱلرَّحِيمُ

Transliteration wa-inna rabbaka lahuwa l-ʿazīzu l-raḥīmu

Nepali १०४) र निःसन्देह तपाईको पालनकर्ता नै अधिपत्यशाली अत्यन्त दयावान छ ।

Verse 105

كَذَّبَتْ قَوْمُ نُوحٍ ٱلْمُرْسَلِينَ

Transliteration kadhabat qawmu nūḥin l-mur'salīna

Nepali १०५) नूहको जातिबन्धुले पनि रसूलहरूलाई झूठा भने ।

Verse 106

إِذْ قَالَ لَهُمْ أَخُوهُمْ نُوحٌ أَلَا تَتَّقُونَ

Transliteration idh qāla lahum akhūhum nūḥun alā tattaqūna

Nepali १०६) जब कि उनीहरूसित उनका भाइ नूहले भनेः कि के तिमीलाई अल्लाहको डर छैन ?

Verse 107

إِنِّى لَكُمْ رَسُولٌ أَمِينٌ

Transliteration innī lakum rasūlun amīnun

Nepali १०७) सुन म तिम्रो लागि अल्लाहको विश्वासनिय संदेष्टा हूँ ।

Verse 108

فَٱتَّقُوا۟ ٱللَّهَ وَأَطِيعُونِ

Transliteration fa-ittaqū l-laha wa-aṭīʿūni

Nepali १०८) तसर्थ तिमीहरूले अल्लाहसित डर मान्नु र मेरो भनाई मान्नु ।

Verse 109

وَمَآ أَسْـَٔلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِىَ إِلَّا عَلَىٰ رَبِّ ٱلْعَـٰلَمِينَ

Transliteration wamā asalukum ʿalayhi min ajrin in ajriya illā ʿalā rabbi l-ʿālamīna

Nepali १०९) म यस कामको निम्ति तिमीबाट कुनै पारिश्रमिक माग्दिन । मेरो पारिश्रमिक त सम्पूर्ण संसारको पालनकर्ताको जिम्मामा छ ।

Verse 110

فَٱتَّقُوا۟ ٱللَّهَ وَأَطِيعُونِ

Transliteration fa-ittaqū l-laha wa-aṭīʿūni

Nepali ११०) अनि अल्लाहको भयराख र मेरा आदेश पालनगर ।

Verse 111

۞ قَالُوٓا۟ أَنُؤْمِنُ لَكَ وَٱتَّبَعَكَ ٱلْأَرْذَلُونَ

Transliteration qālū anu'minu laka wa-ittabaʿaka l-ardhalūna

Nepali १११) उनीहरूले भनेः कि के हामी तिम्रो भनाई मानौं जबकि तिमीलाई मान्नेहरू अत्यन्तै नीच हुन् ।

Verse 112

قَالَ وَمَا عِلْمِى بِمَا كَانُوا۟ يَعْمَلُونَ

Transliteration qāla wamā ʿil'mī bimā kānū yaʿmalūna

Nepali ११२) (नूहले) भनेः कि मलाई के थाहा कि उनीहरू पहिला के गर्दै आएका थिए ?

Verse 113

إِنْ حِسَابُهُمْ إِلَّا عَلَىٰ رَبِّى ۖ لَوْ تَشْعُرُونَ

Transliteration in ḥisābuhum illā ʿalā rabbī law tashʿurūna

Nepali ११३) उनीहरूको हिसाब त मेरो पालनकर्ताको जिम्मामा छ यदि तिमीमा चेतना आइदिए कति राम्रो हुने थियो ।

Verse 114

وَمَآ أَنَا۠ بِطَارِدِ ٱلْمُؤْمِنِينَ

Transliteration wamā anā biṭāridi l-mu'minīna

Nepali ११४) र म मोमिनहरूलाई धपाउनेवाला होइन ।

Verse 115

إِنْ أَنَا۠ إِلَّا نَذِيرٌ مُّبِينٌ

Transliteration in anā illā nadhīrun mubīnun

Nepali ११५) म त स्पष्टरूपले सचेत गर्नेवाला मात्र हूँ ।

Verse 116

قَالُوا۟ لَئِن لَّمْ تَنتَهِ يَـٰنُوحُ لَتَكُونَنَّ مِنَ ٱلْمَرْجُومِينَ

Transliteration qālū la-in lam tantahi yānūḥu latakūnanna mina l-marjūmīna

Nepali ११६) उनीहरूले भने कि हे ‘‘नूह’’ यदि तिमीले (आफ्नो यस कुराबाट) पछि हटेनौ भने तिमी ढुंगा हानी मारिनेमध्येका हुनेछौ ।

Verse 117

قَالَ رَبِّ إِنَّ قَوْمِى كَذَّبُونِ

Transliteration qāla rabbi inna qawmī kadhabūni

Nepali ११७) (नूहले) भनेः कि हे मेरो पालनकर्ता ! मेरो जातिबन्धुले त मलाई असत्य भनिदियो ।

Verse 118

فَٱفْتَحْ بَيْنِى وَبَيْنَهُمْ فَتْحًا وَنَجِّنِى وَمَن مَّعِىَ مِنَ ٱلْمُؤْمِنِينَ

Transliteration fa-if'taḥ baynī wabaynahum fatḥan wanajjinī waman maʿiya mina l-mu'minīna

Nepali ११८) तसर्थ तिमीले मेरो र उनीहरूको बीचमा कुनै स्पष्ट निर्णय गरिदेऊ र मलाई र जुन मोमिन मेरो साथमा छन्, उनीहरूलाई बचाइहाल ।

Verse 119

فَأَنجَيْنَـٰهُ وَمَن مَّعَهُۥ فِى ٱلْفُلْكِ ٱلْمَشْحُونِ

Transliteration fa-anjaynāhu waman maʿahu fī l-ful'ki l-mashḥūni

Nepali ११९) अतः हामीले उनलाई र उनका साथीहरूलाई भरेको डुङ्गामा सवार गराएर बचाइहाल्यौं ।

Verse 120

ثُمَّ أَغْرَقْنَا بَعْدُ ٱلْبَاقِينَ

Transliteration thumma aghraqnā baʿdu l-bāqīna

Nepali १२०) तत्पश्चात शेष सबै मानिसहरूलाई हामीले डुबाइदियौं ।

Verse 121

إِنَّ فِى ذَٰلِكَ لَـَٔايَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ

Transliteration inna fī dhālika laāyatan wamā kāna aktharuhum mu'minīna

Nepali १२१) निःसन्देह यसमा ठूलो निशानी छ । तापनि यिनीहरूमध्ये अधिकतर ईमान ल्याउनेवाला थिएनन् ।

Verse 122

وَإِنَّ رَبَّكَ لَهُوَ ٱلْعَزِيزُ ٱلرَّحِيمُ

Transliteration wa-inna rabbaka lahuwa l-ʿazīzu l-raḥīmu

Nepali १२२) र निःसन्देह तिम्रो रब सर्वशक्ति सम्पन्न (र) अत्यन्त दयावान छ ।

Verse 123

كَذَّبَتْ عَادٌ ٱلْمُرْسَلِينَ

Transliteration kadhabat ʿādun l-mur'salīna

Nepali १२३) आदको समुदायले पनि संदेष्टाहरूलाई झूठा भने ।

Verse 124

إِذْ قَالَ لَهُمْ أَخُوهُمْ هُودٌ أَلَا تَتَّقُونَ

Transliteration idh qāla lahum akhūhum hūdun alā tattaqūna

Nepali १२४) जबकि उनीसित उनको भाइ ‘‘हूदले’’ भनेः, के तिमी (अल्लाहबाट) डराउँदैनौ ?

Verse 125

إِنِّى لَكُمْ رَسُولٌ أَمِينٌ

Transliteration innī lakum rasūlun amīnun

Nepali १२५) म त तिम्रो ईमानदार संदेष्टा (पैगम्बर) हूँ ।

Verse 126

فَٱتَّقُوا۟ ٱللَّهَ وَأَطِيعُونِ

Transliteration fa-ittaqū l-laha wa-aṭīʿūni

Nepali १२६) तसर्थ अल्लाहसित भयगर र मेरो भनाई मान ।

Verse 127

وَمَآ أَسْـَٔلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِىَ إِلَّا عَلَىٰ رَبِّ ٱلْعَـٰلَمِينَ

Transliteration wamā asalukum ʿalayhi min ajrin in ajriya illā ʿalā rabbi l-ʿālamīna

Nepali १२७) र म यसको तिमीबाट कुनै पारिश्रमिक माँग्दिन । मेरो बदला त विश्वको पालनकर्ताको जिम्मामा छ ।

Verse 128

أَتَبْنُونَ بِكُلِّ رِيعٍ ءَايَةً تَعْبَثُونَ

Transliteration atabnūna bikulli rīʿin āyatan taʿbathūna

Nepali १२८) के तिमीले प्रत्येक उच्च स्थानमा खेल तमाशाको लागि व्यर्थ एउटा स्मारकको निर्माण गर्दैछौ ?

Verse 129

وَتَتَّخِذُونَ مَصَانِعَ لَعَلَّكُمْ تَخْلُدُونَ

Transliteration watattakhidhūna maṣāniʿa laʿallakum takhludūna

Nepali १२९) र ठूलो कारीगरीवाला भव्य महल बनाइरहन्छौ, लाग्दछ तिमीले सधैं यहीं बसिरहनुछ ।

Verse 130

وَإِذَا بَطَشْتُم بَطَشْتُمْ جَبَّارِينَ

Transliteration wa-idhā baṭashtum baṭashtum jabbārīna

Nepali १३०) र जब कसैलाई समात्छौ त पूर्ण अत्याचारी तरिकाले समात्छौ ।

Verse 131

فَٱتَّقُوا۟ ٱللَّهَ وَأَطِيعُونِ

Transliteration fa-ittaqū l-laha wa-aṭīʿūni

Nepali १३१) त्यसर्थ अल्लाहसित डर र मेरो आज्ञापालन गर ।

Verse 132

وَٱتَّقُوا۟ ٱلَّذِىٓ أَمَدَّكُم بِمَا تَعْلَمُونَ

Transliteration wa-ittaqū alladhī amaddakum bimā taʿlamūna

Nepali १३२) र उससित, तर्स जसले तिमीलाई ती कुराहरूद्वारा सहायता गर्यो, जसलाई तिमी जान्दछौ ।

Verse 133

أَمَدَّكُم بِأَنْعَـٰمٍ وَبَنِينَ

Transliteration amaddakum bi-anʿāmin wabanīna

Nepali १३३) उसले तिमीलाई पशु र सन्तानहरूबाट मद्दत गर्यो ।

Verse 134

وَجَنَّـٰتٍ وَعُيُونٍ

Transliteration wajannātin waʿuyūnin

Nepali १३४) र बगैंचाहरूबाट र श्रोतहरूबाट ।

Verse 135

إِنِّىٓ أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ عَظِيمٍ

Transliteration innī akhāfu ʿalaykum ʿadhāba yawmin ʿaẓīmin

Nepali १३५) मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।

Verse 136

قَالُوا۟ سَوَآءٌ عَلَيْنَآ أَوَعَظْتَ أَمْ لَمْ تَكُن مِّنَ ٱلْوَٰعِظِينَ

Transliteration qālū sawāon ʿalaynā awaʿaẓta am lam takun mina l-wāʿiẓīna

Nepali १३६) उनीहरूले भन्न थालेः कि हामीलाई उपदेश गर वा नगर, बराबर छ ।

Verse 137

إِنْ هَـٰذَآ إِلَّا خُلُقُ ٱلْأَوَّلِينَ

Transliteration in hādhā illā khuluqu l-awalīna

Nepali १३७) यो त मात्र पहिलाका मानिसहरूको चल्दै आएको रीति हो ।

Verse 138

وَمَا نَحْنُ بِمُعَذَّبِينَ

Transliteration wamā naḥnu bimuʿadhabīna

Nepali १३८) र हामीलाई कहिले पनि यातना दिइनेछैन ।

Verse 139

فَكَذَّبُوهُ فَأَهْلَكْنَـٰهُمْ ۗ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ

Transliteration fakadhabūhu fa-ahlaknāhum inna fī dhālika laāyatan wamā kāna aktharuhum mu'minīna

Nepali १३९) उनीहरूले ‘‘हूदलाई’’ असत्य भने, त हामीले उनीहरूलाई नष्ट गरिहाल्यौं । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् ।

Verse 140

وَإِنَّ رَبَّكَ لَهُوَ ٱلْعَزِيزُ ٱلرَّحِيمُ

Transliteration wa-inna rabbaka lahuwa l-ʿazīzu l-raḥīmu

Nepali १४०) निःसंदेह तपाईको पालनकर्ता उही हो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान ।

Verse 141

كَذَّبَتْ ثَمُودُ ٱلْمُرْسَلِينَ

Transliteration kadhabat thamūdu l-mur'salīna

Nepali १४१) समूदको समुदायले पनि रसूलहरूलाई असत्य भने ।

Verse 142

إِذْ قَالَ لَهُمْ أَخُوهُمْ صَـٰلِحٌ أَلَا تَتَّقُونَ

Transliteration idh qāla lahum akhūhum ṣāliḥun alā tattaqūna

Nepali १४२) (जबकि) उनीसित उनको भाइ ‘‘सालेहले’’ भने कि तिमीहरू अल्लाहसँग डराउँदैनौ ?

Verse 143

إِنِّى لَكُمْ رَسُولٌ أَمِينٌ

Transliteration innī lakum rasūlun amīnun

Nepali १४३) निःसंदेह म त तिम्रोलागि अल्लाहको विश्वसनीय पैगम्बर (दूत) हूँ ।

Verse 144

فَٱتَّقُوا۟ ٱللَّهَ وَأَطِيعُونِ

Transliteration fa-ittaqū l-laha wa-aṭīʿūni

Nepali १४४) अतः तिमी अल्लाहसित डर र मेरो कुरा मान ।

Verse 145

وَمَآ أَسْـَٔلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِىَ إِلَّا عَلَىٰ رَبِّ ٱلْعَـٰلَمِينَ

Transliteration wamā asalukum ʿalayhi min ajrin in ajriya illā ʿalā rabbi l-ʿālamīna

Nepali १४५) (र) म यस कामको लागि तिमीसित कुनै प्रतिफल माँग्दैन । मेरो प्रतिफल त सम्पूर्ण जगतको स्वामीको जिम्मामा छ ।

Verse 146

أَتُتْرَكُونَ فِى مَا هَـٰهُنَآ ءَامِنِينَ

Transliteration atut'rakūna fī mā hāhunā āminīna

Nepali १४६) के जुन कुराहरू यहाँ उपलब्ध छन्, त्यसमा तिमी निश्चिंत छोडिदिइनेछौ ?

Verse 147

فِى جَنَّـٰتٍ وَعُيُونٍ

Transliteration fī jannātin waʿuyūnin

Nepali १४७) (अर्थात) बगैंचा र श्रोतहरूमा ।

Verse 148

وَزُرُوعٍ وَنَخْلٍ طَلْعُهَا هَضِيمٌ

Transliteration wazurūʿin wanakhlin ṭalʿuhā haḍīmun

Nepali १४८) र खेती र यी खजूरका बगैचाहरू जसको झुप्पाहरू ताजा र कोमल हुन्छन् ।

Verse 149

وَتَنْحِتُونَ مِنَ ٱلْجِبَالِ بُيُوتًا فَـٰرِهِينَ

Transliteration watanḥitūna mina l-jibāli buyūtan fārihīna

Nepali १४९) र तिमीले पहाडहरूलाई काटी सुन्दर घर बनाउँदैछौ ।

Verse 150

فَٱتَّقُوا۟ ٱللَّهَ وَأَطِيعُونِ

Transliteration fa-ittaqū l-laha wa-aṭīʿūni

Nepali १५०) तसर्थ अल्लाहसित डर र मैले भनेको मान ।

Verse 151

وَلَا تُطِيعُوٓا۟ أَمْرَ ٱلْمُسْرِفِينَ

Transliteration walā tuṭīʿū amra l-mus'rifīna

Nepali १५१) र सीमाउल्लघंन गर्नेहरूको कुरा नमान ।

Verse 152

ٱلَّذِينَ يُفْسِدُونَ فِى ٱلْأَرْضِ وَلَا يُصْلِحُونَ

Transliteration alladhīna yuf'sidūna fī l-arḍi walā yuṣ'liḥūna

Nepali १५२) जो देशमा दंगा फसाद मचाउँछन् र सुधार गर्दैनन् ।

Verse 153

قَالُوٓا۟ إِنَّمَآ أَنتَ مِنَ ٱلْمُسَحَّرِينَ

Transliteration qālū innamā anta mina l-musaḥarīna

Nepali १५३) उनीहरूले भने कि तिमी त जादूले मोहित पारिएकामध्येबाट हौ ।

Verse 154

مَآ أَنتَ إِلَّا بَشَرٌ مِّثْلُنَا فَأْتِ بِـَٔايَةٍ إِن كُنتَ مِنَ ٱلصَّـٰدِقِينَ

Transliteration mā anta illā basharun mith'lunā fati biāyatin in kunta mina l-ṣādiqīna

Nepali १५४) तिमी त हामी जस्तै मानिस हौ । यदि तिमी साँचो हौ भने कुनै चमत्कार प्रस्तुत गर ।

Verse 155

قَالَ هَـٰذِهِۦ نَاقَةٌ لَّهَا شِرْبٌ وَلَكُمْ شِرْبُ يَوْمٍ مَّعْلُومٍ

Transliteration qāla hādhihi nāqatun lahā shir'bun walakum shir'bu yawmin maʿlūmin

Nepali १५५) (सालेहले) भने (हेर) यो ऊँटनी हो, एक दिन यसको पानी पिउने पालो हो, र एक निश्चित दिन पानी लिने पालो तिम्रो हो ।

Verse 156

وَلَا تَمَسُّوهَا بِسُوٓءٍ فَيَأْخُذَكُمْ عَذَابُ يَوْمٍ عَظِيمٍ

Transliteration walā tamassūhā bisūin fayakhudhakum ʿadhābu yawmin ʿaẓīmin

Nepali १५६) खबरदार यसलाई कुनै कष्ट नपुर्याउनु, अन्यथा तिमीलाई एकबडो दिनको यातनाले समात्ने छ ।

Verse 157

فَعَقَرُوهَا فَأَصْبَحُوا۟ نَـٰدِمِينَ

Transliteration faʿaqarūhā fa-aṣbaḥū nādimīna

Nepali १५७) तैपनि उनीहरूले त्यसको घुँडा काटिदिए, अनि पछि लज्जित भए ।

Verse 158

فَأَخَذَهُمُ ٱلْعَذَابُ ۗ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ

Transliteration fa-akhadhahumu l-ʿadhābu inna fī dhālika laāyatan wamā kāna aktharuhum mu'minīna

Nepali १५८) तसर्थ उनलाई यातनाले समातिहाल्यो । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् ।

Verse 159

وَإِنَّ رَبَّكَ لَهُوَ ٱلْعَزِيزُ ٱلرَّحِيمُ

Transliteration wa-inna rabbaka lahuwa l-ʿazīzu l-raḥīmu

Nepali १५९) र निःसंदेह तपाईको पालनकर्ता सर्वशक्ति सम्पन्न र अत्यन्त दयावान छ ।

Verse 160

كَذَّبَتْ قَوْمُ لُوطٍ ٱلْمُرْسَلِينَ

Transliteration kadhabat qawmu lūṭin l-mur'salīna

Nepali १६०) ‘‘लूतको’’ जातिबन्धुले पनि रसूलहरूलाई असत्य भने ।

Verse 161

إِذْ قَالَ لَهُمْ أَخُوهُمْ لُوطٌ أَلَا تَتَّقُونَ

Transliteration idh qāla lahum akhūhum lūṭun alā tattaqūna

Nepali १६१) (जब) उनीहरूसित उनका भाइ ‘‘लूतले’’ भने कि तिमी अल्लाहसित किन डराउँदैनौ ?

Verse 162

إِنِّى لَكُمْ رَسُولٌ أَمِينٌ

Transliteration innī lakum rasūlun amīnun

Nepali १६२) निःसंदेह म तिम्रो लागि विश्वसनीय रसूल हूँ ।

Verse 163

فَٱتَّقُوا۟ ٱللَّهَ وَأَطِيعُونِ

Transliteration fa-ittaqū l-laha wa-aṭīʿūni

Nepali १६३) तसर्थ तिमी अल्लाहसित डर र मेरो भनाई मान ।

Verse 164

وَمَآ أَسْـَٔلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِىَ إِلَّا عَلَىٰ رَبِّ ٱلْعَـٰلَمِينَ

Transliteration wamā asalukum ʿalayhi min ajrin in ajriya illā ʿalā rabbi l-ʿālamīna

Nepali १६४) र म तिमीसित यसको प्रतिफल माँग्दिन । मेरो प्रतिफल त विश्वको पालनकर्ताको जिम्मामा छ ।

Verse 165

أَتَأْتُونَ ٱلذُّكْرَانَ مِنَ ٱلْعَـٰلَمِينَ

Transliteration atatūna l-dhuk'rāna mina l-ʿālamīna

Nepali १६५) के संसारमा तिमी यस्ता हौ जो पुरुषसंग व्यभिचार (गुदामैथुन) गर्दछौ ?

Verse 166

وَتَذَرُونَ مَا خَلَقَ لَكُمْ رَبُّكُم مِّنْ أَزْوَٰجِكُم ۚ بَلْ أَنتُمْ قَوْمٌ عَادُونَ

Transliteration watadharūna mā khalaqa lakum rabbukum min azwājikum bal antum qawmun ʿādūna

Nepali १६६) र तिम्रो पालनकर्ताले तिम्रो निम्ति जुन महिलाहरूलाई तिम्रो पत्नीहरू बनाएको छ, उनीहरूलाई परित्याग गरिदिन्छौ । सत्य कुरा त यो हो कि तिमी सीमाउल्लघंन गर्नेवालाहरू नै हौ ।

Verse 167

قَالُوا۟ لَئِن لَّمْ تَنتَهِ يَـٰلُوطُ لَتَكُونَنَّ مِنَ ٱلْمُخْرَجِينَ

Transliteration qālū la-in lam tantahi yālūṭu latakūnanna mina l-mukh'rajīna

Nepali १६७) उनीहरूले जवाफ दिए कि हे ‘‘लूत’’! यदि तिमी मान्ने छैनौ भने देश निकाला गरिनेछौ ।

Verse 168

قَالَ إِنِّى لِعَمَلِكُم مِّنَ ٱلْقَالِينَ

Transliteration qāla innī liʿamalikum mina l-qālīna

Nepali १६८) उनले भने कि म तिमीहरूको कामबाट अत्यन्त अप्रसन्न छु ।

Verse 169

رَبِّ نَجِّنِى وَأَهْلِى مِمَّا يَعْمَلُونَ

Transliteration rabbi najjinī wa-ahlī mimmā yaʿmalūna

Nepali १६९) हे मेरो पालनकर्ता ! मलाई र मेरो परिवारलाई (मान्नेवालाहरूलाई) जुन काम यिनीहरूले गर्दछन्, त्यसको परिणामबाट बचाऊ ।

Verse 170

فَنَجَّيْنَـٰهُ وَأَهْلَهُۥٓ أَجْمَعِينَ

Transliteration fanajjaynāhu wa-ahlahu ajmaʿīna

Nepali १७०) तसर्थ हामीले उनलाई र उनका साथदिने सबैलाई बचायौं ।

Verse 171

إِلَّا عَجُوزًا فِى ٱلْغَـٰبِرِينَ

Transliteration illā ʿajūzan fī l-ghābirīna

Nepali १७१) तर एउटी बृद्धा (बाहेक) जुन पछि रहनेहरूमध्येकी थिई ।

Verse 172

ثُمَّ دَمَّرْنَا ٱلْـَٔاخَرِينَ

Transliteration thumma dammarnā l-ākharīna

Nepali १७२) त्यस उपरान्त हामीले अरु सबैलाई नष्ट गरिहाल्यौं ।

Verse 173

وَأَمْطَرْنَا عَلَيْهِم مَّطَرًا ۖ فَسَآءَ مَطَرُ ٱلْمُنذَرِينَ

Transliteration wa-amṭarnā ʿalayhim maṭaran fasāa maṭaru l-mundharīna

Nepali १७३) र हामीले उनीहरूमाथि एउटा विशेष प्रकारको वर्षा गरायौं, जुन वर्षा अत्यन्त नराम्रो थियो र ती चेताइएका मानिसहरूमाथि पर्यो ।

Verse 174

إِنَّ فِى ذَٰلِكَ لَـَٔايَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ

Transliteration inna fī dhālika laāyatan wamā kāna aktharuhum mu'minīna

Nepali १७४) यो घटना पनि पूरै निशानी छ र उनीहरूमध्ये पनि अधिकांश ईमान ल्याउनेवाला थिएनन् ।

Verse 175

وَإِنَّ رَبَّكَ لَهُوَ ٱلْعَزِيزُ ٱلرَّحِيمُ

Transliteration wa-inna rabbaka lahuwa l-ʿazīzu l-raḥīmu

Nepali १७५) र निःसंन्देह तिम्रो पालनकर्ता उही हो अधिपत्यशाली र अत्यन्त दयावान

Verse 176

كَذَّبَ أَصْحَـٰبُ لْـَٔيْكَةِ ٱلْمُرْسَلِينَ

Transliteration kadhaba aṣḥābu al'aykati l-mur'salīna

Nepali १७६) ‘‘एैकाः’’ वालाले (वनमा बस्नेहरूले) पनि रसूलहरूलाई झूठा भने ।

Verse 177

إِذْ قَالَ لَهُمْ شُعَيْبٌ أَلَا تَتَّقُونَ

Transliteration idh qāla lahum shuʿaybun alā tattaqūna

Nepali १७७) जब कि उनीसित ‘‘शुऐबले’’ भनेः कि तिमी किन डराउँदैनौ ।

Verse 178

إِنِّى لَكُمْ رَسُولٌ أَمِينٌ

Transliteration innī lakum rasūlun amīnun

Nepali १७८) निःसंन्देह म त तिम्रो लागि विश्वसनीय पैगम्बर हूँ ।

Verse 179

فَٱتَّقُوا۟ ٱللَّهَ وَأَطِيعُونِ

Transliteration fa-ittaqū l-laha wa-aṭīʿūni

Nepali १७९) तसर्थ अल्लाहसित डर र मेरो भनाई मान ।

Verse 180

وَمَآ أَسْـَٔلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِىَ إِلَّا عَلَىٰ رَبِّ ٱلْعَـٰلَمِينَ

Transliteration wamā asalukum ʿalayhi min ajrin in ajriya illā ʿalā rabbi l-ʿālamīna

Nepali १८०) र म यस (काम) को तिमीसित कुनै प्रतिफल माँग्दिन । मेरो प्रतिफल त संसारको पालनकर्ताको जिम्मामा छ ।

Verse 181

۞ أَوْفُوا۟ ٱلْكَيْلَ وَلَا تَكُونُوا۟ مِنَ ٱلْمُخْسِرِينَ

Transliteration awfū l-kayla walā takūnū mina l-mukh'sirīna

Nepali १८१) (हेर) नापतौल पूरा गर्नेगर र कम दिनेहरूमा शम्मिलित नहोऊ ।

Verse 182

وَزِنُوا۟ بِٱلْقِسْطَاسِ ٱلْمُسْتَقِيمِ

Transliteration wazinū bil-qis'ṭāsi l-mus'taqīmi

Nepali १८२) र तराजु सिधा पारेर ठीक ढंगले तौल्नेगर ।

Verse 183

وَلَا تَبْخَسُوا۟ ٱلنَّاسَ أَشْيَآءَهُمْ وَلَا تَعْثَوْا۟ فِى ٱلْأَرْضِ مُفْسِدِينَ

Transliteration walā tabkhasū l-nāsa ashyāahum walā taʿthaw fī l-arḍi muf'sidīna

Nepali १८३) र मानिसहरूलाई उनका चीजहरू कम पारेर नदेऊ र धरतीमा उत्पात मच्चाउँदै नहिंड ।

Verse 184

وَٱتَّقُوا۟ ٱلَّذِى خَلَقَكُمْ وَٱلْجِبِلَّةَ ٱلْأَوَّلِينَ

Transliteration wa-ittaqū alladhī khalaqakum wal-jibilata l-awalīna

Nepali १८४) उस अल्लाहसित डराऊ जसले तिमीलाई र अघिका पुस्ताहरूलाई सृष्टि गरेको हो ।

Verse 185

قَالُوٓا۟ إِنَّمَآ أَنتَ مِنَ ٱلْمُسَحَّرِينَ

Transliteration qālū innamā anta mina l-musaḥarīna

Nepali १८५) उनीहरूले भनेः कि तिमी त जादू गरिएकाहरूमध्येका हौ ।

Verse 186

وَمَآ أَنتَ إِلَّا بَشَرٌ مِّثْلُنَا وَإِن نَّظُنُّكَ لَمِنَ ٱلْكَـٰذِبِينَ

Transliteration wamā anta illā basharun mith'lunā wa-in naẓunnuka lamina l-kādhibīna

Nepali १८६) र तिमी त हामी जस्तै एउटा मानिस हौ र हाम्रो विचारमा तिमी झूठो हौ ।

Verse 187

فَأَسْقِطْ عَلَيْنَا كِسَفًا مِّنَ ٱلسَّمَآءِ إِن كُنتَ مِنَ ٱلصَّـٰدِقِينَ

Transliteration fa-asqiṭ ʿalaynā kisafan mina l-samāi in kunta mina l-ṣādiqīna

Nepali १८७) यदि तिमी साँचो हौ भने हामीमाथि आकाशको (एउटा) टुक्रा खसाल ।

Verse 188

قَالَ رَبِّىٓ أَعْلَمُ بِمَا تَعْمَلُونَ

Transliteration qāla rabbī aʿlamu bimā taʿmalūna

Nepali १८८) (शुऐबले) भने कि, जुन काम तिमीले गर्दछौ, मेरो पालनकर्ता त्यसलाई राम्ररी जान्दछ ।

Verse 189

فَكَذَّبُوهُ فَأَخَذَهُمْ عَذَابُ يَوْمِ ٱلظُّلَّةِ ۚ إِنَّهُۥ كَانَ عَذَابَ يَوْمٍ عَظِيمٍ

Transliteration fakadhabūhu fa-akhadhahum ʿadhābu yawmi l-ẓulati innahu kāna ʿadhāba yawmin ʿaẓīmin

Nepali १८९) किन भने उनीहरू उनलाई झूठा भनिहाले । त्यसकारण छायाँवाला दिनको यातनाले उनीहरूलाई समातिहाल्यो । निश्चय नै त्यो ठूलो (दिनको) यातना थियो ।

Verse 190

إِنَّ فِى ذَٰلِكَ لَـَٔايَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ

Transliteration inna fī dhālika laāyatan wamā kāna aktharuhum mu'minīna

Nepali १९०) निःसन्देह यसमा ठूलो निशानी छ तर यिनीहरूमध्ये धेरै ईमानवाला थिएनन् ।

Verse 191

وَإِنَّ رَبَّكَ لَهُوَ ٱلْعَزِيزُ ٱلرَّحِيمُ

Transliteration wa-inna rabbaka lahuwa l-ʿazīzu l-raḥīmu

Nepali १९१) र निश्चय नै तिम्रो पालनकर्ता त उही हो अधिपत्यशाली र अत्यन्त दयावाला ।

Verse 192

وَإِنَّهُۥ لَتَنزِيلُ رَبِّ ٱلْعَـٰلَمِينَ

Transliteration wa-innahu latanzīlu rabbi l-ʿālamīna

Nepali १९२) र कुनै शंका र संदेह बिना यो (कुरआन) संसारको पालनहारद्वारा उतारिएको हो ।

Verse 193

نَزَلَ بِهِ ٱلرُّوحُ ٱلْأَمِينُ

Transliteration nazala bihi l-rūḥu l-amīnu

Nepali १९३) यसलाई विश्वसनीय फरिश्ताले लिएर आएको हो ।

Verse 194

عَلَىٰ قَلْبِكَ لِتَكُونَ مِنَ ٱلْمُنذِرِينَ

Transliteration ʿalā qalbika litakūna mina l-mundhirīna

Nepali १९४) तपाईको हृदयमा उतारियो ताकि तपाई (मानिसहरूलाई) सावधान गर्नेहरूमध्येको भइहाल्नुस् ।

Verse 195

بِلِسَانٍ عَرَبِىٍّ مُّبِينٍ

Transliteration bilisānin ʿarabiyyin mubīnin

Nepali १९५) (र) स्पष्ट अरबी भाषामा छ ।

Verse 196

وَإِنَّهُۥ لَفِى زُبُرِ ٱلْأَوَّلِينَ

Transliteration wa-innahu lafī zuburi l-awalīna

Nepali १९६) र यस किताबको चर्चा अगाडिका संदेष्टाहरूको किताबमा पनि गरिएको छ ।

Verse 197

أَوَلَمْ يَكُن لَّهُمْ ءَايَةً أَن يَعْلَمَهُۥ عُلَمَـٰٓؤُا۟ بَنِىٓ إِسْرَٰٓءِيلَ

Transliteration awalam yakun lahum āyatan an yaʿlamahu ʿulamāu banī is'rāīla

Nepali १९७) के उनीहरूको लागि यो निशानी पर्याप्त छैन, कि कुरआनको सच्चाईलाई इज्राईलका विद्वानहरू पनि जान्दछन् ।

Verse 198

وَلَوْ نَزَّلْنَـٰهُ عَلَىٰ بَعْضِ ٱلْأَعْجَمِينَ

Transliteration walaw nazzalnāhu ʿalā baʿḍi l-aʿjamīna

Nepali १९८) र यदि हामीले यसलाई अरबी भाषा बाहेक अरु कुनै भाषाभाषीमाथि अवतरण गरेको भए ।

Verse 199

فَقَرَأَهُۥ عَلَيْهِم مَّا كَانُوا۟ بِهِۦ مُؤْمِنِينَ

Transliteration faqara-ahu ʿalayhim mā kānū bihi mu'minīna

Nepali १९९) र उसले यिनीहरूलाई त्यो पढेर सुनाउँदा यिनीहरूले यसलाई मान्दैनथे ।

Verse 200

كَذَٰلِكَ سَلَكْنَـٰهُ فِى قُلُوبِ ٱلْمُجْرِمِينَ

Transliteration kadhālika salaknāhu fī qulūbi l-muj'rimīna

Nepali २००) यसै प्रकार हामीले अपराधीहरूका हृदयमा त्यस इन्कारीलाई बसालिदियौं ।

Verse 201

لَا يُؤْمِنُونَ بِهِۦ حَتَّىٰ يَرَوُا۟ ٱلْعَذَابَ ٱلْأَلِيمَ

Transliteration lā yu'minūna bihi ḥattā yarawū l-ʿadhāba l-alīma

Nepali २०१) र उनीहरूले जबसम्म कष्टदायी यातना देख्दैनन् ईमान ल्याउने छैनन् ।

Verse 202

فَيَأْتِيَهُم بَغْتَةً وَهُمْ لَا يَشْعُرُونَ

Transliteration fayatiyahum baghtatan wahum lā yashʿurūna

Nepali २०२) त्यो कष्ट उनीहरूमाथि एक्कासी आइपर्नेछ र उनीहरूलाई थाहा पनि हुनेछैन ।

Verse 203

فَيَقُولُوا۟ هَلْ نَحْنُ مُنظَرُونَ

Transliteration fayaqūlū hal naḥnu munẓarūna

Nepali २०३) त्यो बेला भन्नेछन्ः के हामीले केही मोहलत पाउनेछौं ?

Verse 204

أَفَبِعَذَابِنَا يَسْتَعْجِلُونَ

Transliteration afabiʿadhābinā yastaʿjilūna

Nepali २०४) त के उनीहरूले हाम्रो यातनालाई शीघ्र चाहिराखेका छन् ?

Verse 205

أَفَرَءَيْتَ إِن مَّتَّعْنَـٰهُمْ سِنِينَ

Transliteration afara-ayta in mattaʿnāhum sinīna

Nepali २०५) अच्छा, यो पनि बताऊ कि यदि हामीले उनीहरूलाई वर्षौसम्म फाइदा उठाउन दियौं ।

Verse 206

ثُمَّ جَآءَهُم مَّا كَانُوا۟ يُوعَدُونَ

Transliteration thumma jāahum mā kānū yūʿadūna

Nepali २०६) तै पनि उनीमाथि त्यो यातना आइपुग्यो, जसको बारेमा उनीहरूलाई वाचा गरिन्थ्यो ।

Verse 207

مَآ أَغْنَىٰ عَنْهُم مَّا كَانُوا۟ يُمَتَّعُونَ

Transliteration mā aghnā ʿanhum mā kānū yumattaʿūna

Nepali २०७) तसर्थ जुन फाइदा यिनीहरूले लिइराखेका थिए, उनीहरूलाई केही काम आउनेछैन ?

Verse 208

وَمَآ أَهْلَكْنَا مِن قَرْيَةٍ إِلَّا لَهَا مُنذِرُونَ

Transliteration wamā ahlaknā min qaryatin illā lahā mundhirūna

Nepali २०८) र हामी कुनै बस्ती नष्ट गरेनौ तर त्यसको निम्ति सावधान गर्नेवालाहरू पठाउने गरेका थियौं ।

Verse 209

ذِكْرَىٰ وَمَا كُنَّا ظَـٰلِمِينَ

Transliteration dhik'rā wamā kunnā ẓālimīna

Nepali २०९) सावधान गराइदिनुको लागि, र हामी अत्याचारी होइनौं ।

Verse 210

وَمَا تَنَزَّلَتْ بِهِ ٱلشَّيَـٰطِينُ

Transliteration wamā tanazzalat bihi l-shayāṭīnu

Nepali २१०) यस कुरआनलाई शैतानहरूले लिएर अवतरित भएका होइनन् ।

Verse 211

وَمَا يَنۢبَغِى لَهُمْ وَمَا يَسْتَطِيعُونَ

Transliteration wamā yanbaghī lahum wamā yastaṭīʿūna

Nepali २११) उनीहरू न यसकामको लागि योग्य छन् र न उनीहरू यसको क्षमता राख्दछन् ।

Verse 212

إِنَّهُمْ عَنِ ٱلسَّمْعِ لَمَعْزُولُونَ

Transliteration innahum ʿani l-samʿi lamaʿzūlūna

Nepali २१२) बरु उनीहरू त यसलाई सुन्नेबाट पनि बञ्चित गरिएका छन् ।

Verse 213

فَلَا تَدْعُ مَعَ ٱللَّهِ إِلَـٰهًا ءَاخَرَ فَتَكُونَ مِنَ ٱلْمُعَذَّبِينَ

Transliteration falā tadʿu maʿa l-lahi ilāhan ākhara fatakūna mina l-muʿadhabīna

Nepali २१३) तसर्थ तिमीले अल्लाह बाहेक कुनै अरु पूज्यलाई नपुर्कानु, अन्यथा तिमी पनि यातना पाउनेमध्येका हुनेछौ ।

Verse 214

وَأَنذِرْ عَشِيرَتَكَ ٱلْأَقْرَبِينَ

Transliteration wa-andhir ʿashīrataka l-aqrabīna

Nepali २१४) र आफ्ना नजिकका आफन्तहरूलाई सावधान गरिदिनु ।

Verse 215

وَٱخْفِضْ جَنَاحَكَ لِمَنِ ٱتَّبَعَكَ مِنَ ٱلْمُؤْمِنِينَ

Transliteration wa-ikh'fiḍ janāḥaka limani ittabaʿaka mina l-mu'minīna

Nepali २१५) ईमान ल्याएर तपाईको अनुयायी भइसकेकाहरूसित नम्रतापुर्वक व्यवहार गर्नु ।

Verse 216

فَإِنْ عَصَوْكَ فَقُلْ إِنِّى بَرِىٓءٌ مِّمَّا تَعْمَلُونَ

Transliteration fa-in ʿaṣawka faqul innī barīon mimmā taʿmalūna

Nepali २१६) यदि यी मानिसहरूले तपाईको अवज्ञा गर्दछन् भने भनिदिनुस् कि मेरो तिम्रो कर्महरूसित कुनै सरोकार छैन ।

Verse 217

وَتَوَكَّلْ عَلَى ٱلْعَزِيزِ ٱلرَّحِيمِ

Transliteration watawakkal ʿalā l-ʿazīzi l-raḥīmi

Nepali २१७) आफ्नो सम्पर्ण भरोसा सर्वशक्ति सम्पन्न (र) दयावान अल्लाहमाथि गर ।

Verse 218

ٱلَّذِى يَرَىٰكَ حِينَ تَقُومُ

Transliteration alladhī yarāka ḥīna taqūmu

Nepali २१८) जसले तिमीलाई देखिरहन्छ (तहज्जुदको बेला) जब तिमी उठ्दछौ ।

Verse 219

وَتَقَلُّبَكَ فِى ٱلسَّـٰجِدِينَ

Transliteration wataqallubaka fī l-sājidīna

Nepali २१९) र सिज्दा गर्नेहरूमा तिम्रो आवत जावतलाई पनि ।

Verse 220

إِنَّهُۥ هُوَ ٱلسَّمِيعُ ٱلْعَلِيمُ

Transliteration innahu huwa l-samīʿu l-ʿalīmu

Nepali २२०) ऊ सबै सुन्नेवाला जान्नेवाला छ ।

Verse 221

هَلْ أُنَبِّئُكُمْ عَلَىٰ مَن تَنَزَّلُ ٱلشَّيَـٰطِينُ

Transliteration hal unabbi-ukum ʿalā man tanazzalu l-shayāṭīnu

Nepali २२१) के मैले तिमीलाई भनू“ कि शैतानहरू कसमाथि ओर्लन्छन् ?

Verse 222

تَنَزَّلُ عَلَىٰ كُلِّ أَفَّاكٍ أَثِيمٍ

Transliteration tanazzalu ʿalā kulli affākin athīmin

Nepali २२२) तिनीहरू प्रत्येक झूठा अपराधीमाथि ओर्लन्छन् ।

Verse 223

يُلْقُونَ ٱلسَّمْعَ وَأَكْثَرُهُمْ كَـٰذِبُونَ

Transliteration yul'qūna l-samʿa wa-aktharuhum kādhibūna

Nepali २२३) जसले सुनेको कुरा भन्छन् र उनीहरूमध्ये अधिकांश झूठा छन् ।

Verse 224

وَٱلشُّعَرَآءُ يَتَّبِعُهُمُ ٱلْغَاوُۥنَ

Transliteration wal-shuʿarāu yattabiʿuhumu l-ghāwūna

Nepali २२४) कविहरूको अनुशरण त मार्गविचलित मानिसहरूले नै गर्ने गर्दछन् ।

Verse 225

أَلَمْ تَرَ أَنَّهُمْ فِى كُلِّ وَادٍ يَهِيمُونَ

Transliteration alam tara annahum fī kulli wādin yahīmūna

Nepali २२५) के तपाईले देख्नु भएन कि उनीहरू हरेक क्षेत्रमा बहकिरहन्छन् ।

Verse 226

وَأَنَّهُمْ يَقُولُونَ مَا لَا يَفْعَلُونَ

Transliteration wa-annahum yaqūlūna mā lā yafʿalūna

Nepali २२६) र उनीहरू भन्दछन् त्यो कुरा, जुन गर्दैनन् ।

Verse 227

إِلَّا ٱلَّذِينَ ءَامَنُوا۟ وَعَمِلُوا۟ ٱلصَّـٰلِحَـٰتِ وَذَكَرُوا۟ ٱللَّهَ كَثِيرًا وَٱنتَصَرُوا۟ مِنۢ بَعْدِ مَا ظُلِمُوا۟ ۗ وَسَيَعْلَمُ ٱلَّذِينَ ظَلَمُوٓا۟ أَىَّ مُنقَلَبٍ يَنقَلِبُونَ

Transliteration illā alladhīna āmanū waʿamilū l-ṣāliḥāti wadhakarū l-laha kathīran wa-intaṣarū min baʿdi mā ẓulimū wasayaʿlamu alladhīna ẓalamū ayya munqalabin yanqalibūna

Nepali २२७) ती मानिसहरू बाहेक जसले ईमान ल्याए र असल काम गरे र अल्लाहलाई धेरै स्मरण गरे । र आफूमाथि अत्याचार भएपछि प्रतिकार गरे, अत्याचारीहरूले शीघ्र नै थाहा पाउनेछन् कि कतातिर फर्कनु पर्नेछ ।

Read Surah Ash-Shu'ara in another language

All languages

All 114 surahs in Nepali: the Qur’an in Nepali.

Learn it in MyDugsi

Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.