MyDugsiStart learning

Surah Az-Zumar in Nepali: translation and audio

Surah 39 · الزمر · The Troops · 75 verses

Surah Az-Zumar verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Az-Zumar word by word in English.

Verse 1

تَنزِيلُ ٱلْكِتَـٰبِ مِنَ ٱللَّهِ ٱلْعَزِيزِ ٱلْحَكِيمِ

Transliteration tanzīlu l-kitābi mina l-lahi l-ʿazīzi l-ḥakīmi

Nepali १) यस किताबको अवतरण अल्लाह अत्यन्त अधिपत्यशाली, तत्वदर्शीको तर्फबाट हो ।

Verse 2

إِنَّآ أَنزَلْنَآ إِلَيْكَ ٱلْكِتَـٰبَ بِٱلْحَقِّ فَٱعْبُدِ ٱللَّهَ مُخْلِصًا لَّهُ ٱلدِّينَ

Transliteration innā anzalnā ilayka l-kitāba bil-ḥaqi fa-uʿ'budi l-laha mukh'liṣan lahu l-dīna

Nepali २) हामीले यो किताब तिमीतिर सत्यताको साथ अवतरित गरेका हौं, तसर्थ तिमी अल्लाहको उपासना गर, धर्मलाई खास उसैको निम्ति विशेष गरेर ।

Verse 3

أَلَا لِلَّهِ ٱلدِّينُ ٱلْخَالِصُ ۚ وَٱلَّذِينَ ٱتَّخَذُوا۟ مِن دُونِهِۦٓ أَوْلِيَآءَ مَا نَعْبُدُهُمْ إِلَّا لِيُقَرِّبُونَآ إِلَى ٱللَّهِ زُلْفَىٰٓ إِنَّ ٱللَّهَ يَحْكُمُ بَيْنَهُمْ فِى مَا هُمْ فِيهِ يَخْتَلِفُونَ ۗ إِنَّ ٱللَّهَ لَا يَهْدِى مَنْ هُوَ كَـٰذِبٌ كَفَّارٌ

Transliteration alā lillahi l-dīnu l-khāliṣu wa-alladhīna ittakhadhū min dūnihi awliyāa mā naʿbuduhum illā liyuqarribūnā ilā l-lahi zul'fā inna l-laha yaḥkumu baynahum fī mā hum fīhi yakhtalifūna inna l-laha lā yahdī man huwa kādhibun kaffārun

Nepali ३) खबरदार ! उपासना खास अल्लाहकै लागि हो । र जसले उस बाहेक अरु मित्र बनाएका छन् र भन्दछन् किः ‘‘हामीले यिनीहरूलाई यसकारण पूज्दछौं कि हामीलाई अल्लाहको सामीप्यता प्राप्त गराइदिउन् ।’’ निश्चय नै अल्लाहले उनीहरूको बीचमा त्यस कुराको फैसला गरिदिनेछ जसमा उनीहरूले विवाद गरिराखेका छन् । अल्लाहले उसलाई मार्ग देखाउँदैन जो झूठो र अकृतज्ञ छ ।

Verse 4

لَّوْ أَرَادَ ٱللَّهُ أَن يَتَّخِذَ وَلَدًا لَّٱصْطَفَىٰ مِمَّا يَخْلُقُ مَا يَشَآءُ ۚ سُبْحَـٰنَهُۥ ۖ هُوَ ٱللَّهُ ٱلْوَٰحِدُ ٱلْقَهَّارُ

Transliteration law arāda l-lahu an yattakhidha waladan la-iṣ'ṭafā mimmā yakhluqu mā yashāu sub'ḥānahu huwa l-lahu l-wāḥidu l-qahāru

Nepali ४) यदि अल्लाहले आफ्नो सन्तान चाहेको भए, उसले आफ्नो सृष्टिहरूमध्येबाट, जसलाई चाहन्थ्यो, रोजिहाल्थ्यो । तर ऊ त उच्च छ ! उही अल्लाह एक्लै र सबैमाथि शक्तिमान् छ ।

Verse 5

خَلَقَ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضَ بِٱلْحَقِّ ۖ يُكَوِّرُ ٱلَّيْلَ عَلَى ٱلنَّهَارِ وَيُكَوِّرُ ٱلنَّهَارَ عَلَى ٱلَّيْلِ ۖ وَسَخَّرَ ٱلشَّمْسَ وَٱلْقَمَرَ ۖ كُلٌّ يَجْرِى لِأَجَلٍ مُّسَمًّى ۗ أَلَا هُوَ ٱلْعَزِيزُ ٱلْغَفَّـٰرُ

Transliteration khalaqa l-samāwāti wal-arḍa bil-ḥaqi yukawwiru al-layla ʿalā l-nahāri wayukawwiru l-nahāra ʿalā al-layli wasakhara l-shamsa wal-qamara kullun yajrī li-ajalin musamman alā huwa l-ʿazīzu l-ghafāru

Nepali ५) उसैले आकाशहरू र धरतीलाई अत्यन्त राम्रो ढंगले सृष्टि गरेको छ । उसले रातीलाई दिनमाथि र दिनलाई रातीमाथि लपेटिदिन्छ र उसैले सूर्य र चन्द्रलाई (नियन्त्रणमा राखेर) काममा लगाएको छ । सबै एक निर्धारित समयसम्म संचालित छन् । निश्चित मान ऊ अधिपत्यशाली र क्षमाशील छ ।

Verse 6

خَلَقَكُم مِّن نَّفْسٍ وَٰحِدَةٍ ثُمَّ جَعَلَ مِنْهَا زَوْجَهَا وَأَنزَلَ لَكُم مِّنَ ٱلْأَنْعَـٰمِ ثَمَـٰنِيَةَ أَزْوَٰجٍ ۚ يَخْلُقُكُمْ فِى بُطُونِ أُمَّهَـٰتِكُمْ خَلْقًا مِّنۢ بَعْدِ خَلْقٍ فِى ظُلُمَـٰتٍ ثَلَـٰثٍ ۚ ذَٰلِكُمُ ٱللَّهُ رَبُّكُمْ لَهُ ٱلْمُلْكُ ۖ لَآ إِلَـٰهَ إِلَّا هُوَ ۖ فَأَنَّىٰ تُصْرَفُونَ

Transliteration khalaqakum min nafsin wāḥidatin thumma jaʿala min'hā zawjahā wa-anzala lakum mina l-anʿāmi thamāniyata azwājin yakhluqukum fī buṭūni ummahātikum khalqan min baʿdi khalqin fī ẓulumātin thalāthin dhālikumu l-lahu rabbukum lahu l-mul'ku lā ilāha illā huwa fa-annā tuṣ'rafūna

Nepali ६) उसले तिमी सबैलाई एक ज्यानबाट सृष्टि गर्यो, अनि उसैबाट जोडी बनायो र उसैले तिम्रो निम्ति चौपायामध्ये आठ जोडीहरू (भाले–पोथी) बनायो । उसैले तिम्रा आमाहरूको पेटमा एउटा आकारपछि अर्को आकारमा सृजना गर्दछ तीन–तीन अँध्याराहरूमा । उही अल्लाह तिम्रो पालनकर्ता हो । सत्ता उसैको हो, उसबाहेक कोही सत्य पूज्य छैन । अनि तिमी कहाँ बहकिरहेका छौ ?

Verse 7

إِن تَكْفُرُوا۟ فَإِنَّ ٱللَّهَ غَنِىٌّ عَنكُمْ ۖ وَلَا يَرْضَىٰ لِعِبَادِهِ ٱلْكُفْرَ ۖ وَإِن تَشْكُرُوا۟ يَرْضَهُ لَكُمْ ۗ وَلَا تَزِرُ وَازِرَةٌ وِزْرَ أُخْرَىٰ ۗ ثُمَّ إِلَىٰ رَبِّكُم مَّرْجِعُكُمْ فَيُنَبِّئُكُم بِمَا كُنتُمْ تَعْمَلُونَ ۚ إِنَّهُۥ عَلِيمٌۢ بِذَاتِ ٱلصُّدُورِ

Transliteration in takfurū fa-inna l-laha ghaniyyun ʿankum walā yarḍā liʿibādihi l-kuf'ra wa-in tashkurū yarḍahu lakum walā taziru wāziratun wiz'ra ukh'rā thumma ilā rabbikum marjiʿukum fayunabbi-ukum bimā kuntum taʿmalūna innahu ʿalīmun bidhāti l-ṣudūri

Nepali ७) यदि तिमी अकृतज्ञता प्रकट गर्दछौ भने सम्झिराख अल्लाह तिमी सबैसित निस्पृह छ । र उसले आफ्ना भक्तहरूको कृतघ्नता रुचाउँदैन, र यदि तिमी कृतज्ञता प्रकट गर्दछौ भने, उसले यसलाई तिम्रो निम्ति रुचाउनेछ । कसैले अर्काको लागि कुनै बोझ उठाउँदैन । अनि तिमीहरू सबैलाई आफ्नो पालनकर्तातिर फर्किजानु पर्नेछ । र उसले तिमीलाई बताइदिनेछ, जे तिमीले गरिराखेका हुनेछौ । निश्चय नै उसले छातीभित्रको कुरा पनि जान्दछ ।

Verse 8

۞ وَإِذَا مَسَّ ٱلْإِنسَـٰنَ ضُرٌّ دَعَا رَبَّهُۥ مُنِيبًا إِلَيْهِ ثُمَّ إِذَا خَوَّلَهُۥ نِعْمَةً مِّنْهُ نَسِىَ مَا كَانَ يَدْعُوٓا۟ إِلَيْهِ مِن قَبْلُ وَجَعَلَ لِلَّهِ أَندَادًا لِّيُضِلَّ عَن سَبِيلِهِۦ ۚ قُلْ تَمَتَّعْ بِكُفْرِكَ قَلِيلًا ۖ إِنَّكَ مِنْ أَصْحَـٰبِ ٱلنَّارِ

Transliteration wa-idhā massa l-insāna ḍurrun daʿā rabbahu munīban ilayhi thumma idhā khawwalahu niʿ'matan min'hu nasiya mā kāna yadʿū ilayhi min qablu wajaʿala lillahi andādan liyuḍilla ʿan sabīlihi qul tamattaʿ bikuf'rika qalīlan innaka min aṣḥābi l-nāri

Nepali ८) र जब मानिसलाई कुनै कष्ट पुग्दछ तब राम्रो एकाग्र भएर आफ्नो पालनकर्तालाई पुकार्दछ अनि जब अल्लाहले उसमाथि आफ्नो अनुकम्पा गर्दछ, तब त्यसले त्यस कुरालाई बिर्सिहाल्दछ जसको निम्ति पहिला पुकारिराखेको थियो, र अल्लाहको समकक्षी ठहराउन थाल्दछ, ताकि यसको परिणामस्वरूप त्यसले उसको मार्गबाट अरुलाई पनि विचलित गराइदेओस् । तपार्इं भनिदिनुस् कि आफ्नो इन्कारको फाइदा केही दिनसम्म लिइहाल । अन्ततः तिमी नरकीहरूमध्येका हुनेछौ ।

Verse 9

أَمَّنْ هُوَ قَـٰنِتٌ ءَانَآءَ ٱلَّيْلِ سَاجِدًا وَقَآئِمًا يَحْذَرُ ٱلْـَٔاخِرَةَ وَيَرْجُوا۟ رَحْمَةَ رَبِّهِۦ ۗ قُلْ هَلْ يَسْتَوِى ٱلَّذِينَ يَعْلَمُونَ وَٱلَّذِينَ لَا يَعْلَمُونَ ۗ إِنَّمَا يَتَذَكَّرُ أُو۟لُوا۟ ٱلْأَلْبَـٰبِ

Transliteration amman huwa qānitun ānāa al-layli sājidan waqāiman yaḥdharu l-ākhirata wayarjū raḥmata rabbihi qul hal yastawī alladhīna yaʿlamūna wa-alladhīna lā yaʿlamūna innamā yatadhakkaru ulū l-albābi

Nepali ९) त्यो व्यक्ति जसले रातको समयमा सजदा (उपासना) गर्दछ र उपासनामा उभिरहन्छ, आखिरतसित डर्छ र आफ्नो पालनकर्ताको दयाको आशा राख्दछ त्यो र यसको विपरीत गर्नेवाला के बराबर हुन सक्दछन् ? भन कि ‘‘के उनीहरू जो ज्ञानी छन् र उनीहरू जो अज्ञानी छन् दुवै समान हुनेछन् ? निश्चितरूपले शिक्षा त तिनैले ग्रहण गर्छन् जो बुद्धिवाला (सक्षम) छन् ।’’

Verse 10

قُلْ يَـٰعِبَادِ ٱلَّذِينَ ءَامَنُوا۟ ٱتَّقُوا۟ رَبَّكُمْ ۚ لِلَّذِينَ أَحْسَنُوا۟ فِى هَـٰذِهِ ٱلدُّنْيَا حَسَنَةٌ ۗ وَأَرْضُ ٱللَّهِ وَٰسِعَةٌ ۗ إِنَّمَا يُوَفَّى ٱلصَّـٰبِرُونَ أَجْرَهُم بِغَيْرِ حِسَابٍ

Transliteration qul yāʿibādi alladhīna āmanū ittaqū rabbakum lilladhīna aḥsanū fī hādhihi l-dun'yā ḥasanatun wa-arḍu l-lahi wāsiʿatun innamā yuwaffā l-ṣābirūna ajrahum bighayri ḥisābin

Nepali १०) भनिदिनुस् कि ‘‘हे ईमानवाला सेवकहरू आफ्नो पालनकर्तासित डर । जसले संसारमा असल कर्म गरेर देखाए, उनीहरूको निम्ति राम्रो प्रतिफल छ, र अल्लाहको धरती फराकिलो छ । धैर्यवानहरूकै निम्ति पूरा पूरा अनगिन्त पुरस्कार दिइन्छ ।

Verse 11

قُلْ إِنِّىٓ أُمِرْتُ أَنْ أَعْبُدَ ٱللَّهَ مُخْلِصًا لَّهُ ٱلدِّينَ

Transliteration qul innī umir'tu an aʿbuda l-laha mukh'liṣan lahu l-dīna

Nepali ११) तपार्इं भनिदिनुस् कि ‘‘मलाई आदेश भएको छ कि अल्लाहको उपासना यस्तो गरूँ कि उपासना उसैको निम्ति समर्पित गरिसकूं ।

Verse 12

وَأُمِرْتُ لِأَنْ أَكُونَ أَوَّلَ ٱلْمُسْلِمِينَ

Transliteration wa-umir'tu li-an akūna awwala l-mus'limīna

Nepali १२) र यो पनि मलाई आदेश भएको छ कि सबभन्दा बढी म स्वयम् आज्ञाकारी बनूँ ।’’

Verse 13

قُلْ إِنِّىٓ أَخَافُ إِنْ عَصَيْتُ رَبِّى عَذَابَ يَوْمٍ عَظِيمٍ

Transliteration qul innī akhāfu in ʿaṣaytu rabbī ʿadhāba yawmin ʿaẓīmin

Nepali १३) भनिदिनुस् कि ‘‘मलाई त आफ्नो पालनकर्ताको अवज्ञागर्दा ठूलो दिनको यातनाको भय लाग्दछ ।’’

Verse 14

قُلِ ٱللَّهَ أَعْبُدُ مُخْلِصًا لَّهُۥ دِينِى

Transliteration quli l-laha aʿbudu mukh'liṣan lahu dīnī

Nepali १४) भनिदिनुस् कि म त पूर्णरूपले मात्र आफ्नो अल्लाहको उपासना गर्दछु ।

Verse 15

فَٱعْبُدُوا۟ مَا شِئْتُم مِّن دُونِهِۦ ۗ قُلْ إِنَّ ٱلْخَـٰسِرِينَ ٱلَّذِينَ خَسِرُوٓا۟ أَنفُسَهُمْ وَأَهْلِيهِمْ يَوْمَ ٱلْقِيَـٰمَةِ ۗ أَلَا ذَٰلِكَ هُوَ ٱلْخُسْرَانُ ٱلْمُبِينُ

Transliteration fa-uʿ'budū mā shi'tum min dūnihi qul inna l-khāsirīna alladhīna khasirū anfusahum wa-ahlīhim yawma l-qiyāmati alā dhālika huwa l-khus'rānu l-mubīnu

Nepali १५) (अब) तिमी उसबाहेक जसलाई चाहन्छौ उपासना गर ।’’ (घाटामा हुनेछौ) भनिदिनुस् ‘‘वास्तवमा नोक्सानीवाला तिनै हुन् जसले स्वयम् आफूलाई र आफ्ना परिवारहरूलाई कियामतको दिन घाटामा पारिहाले’’ । जानिराख, यही स्पष्ट घाटा हो ।

Verse 16

لَهُم مِّن فَوْقِهِمْ ظُلَلٌ مِّنَ ٱلنَّارِ وَمِن تَحْتِهِمْ ظُلَلٌ ۚ ذَٰلِكَ يُخَوِّفُ ٱللَّهُ بِهِۦ عِبَادَهُۥ ۚ يَـٰعِبَادِ فَٱتَّقُونِ

Transliteration lahum min fawqihim ẓulalun mina l-nāri wamin taḥtihim ẓulalun dhālika yukhawwifu l-lahu bihi ʿibādahu yāʿibādi fa-ittaqūni

Nepali १६) उनीहरूलाई उनीहरूको माथिबाट र उनीहरूको तलबाट पनि अग्निको ज्वालाका पात्रहरूले ढाँक्नेछन् । यी नै (ती कुराहरू) हुन्, जसबाट अल्लाहले आफ्नो सेवकहरूलाई डराउँछ, अतः हे मेरा सेवकहरू ! मसित डर मान्नेगर ।’’

Verse 17

وَٱلَّذِينَ ٱجْتَنَبُوا۟ ٱلطَّـٰغُوتَ أَن يَعْبُدُوهَا وَأَنَابُوٓا۟ إِلَى ٱللَّهِ لَهُمُ ٱلْبُشْرَىٰ ۚ فَبَشِّرْ عِبَادِ

Transliteration wa-alladhīna ij'tanabū l-ṭāghūta an yaʿbudūhā wa-anābū ilā l-lahi lahumu l-bush'rā fabashir ʿibādi

Nepali १७) र जसले मूर्तिहरूको पूजालाई परित्याग गरेर अल्लाहतिर प्रवृत्त भए, उनीहरूको निम्ति शुभसन्देश छ, (तसर्थ) मेरा सेवकहरूलाई खुशीको सन्देश सुनाइदिनुस् ।

Verse 18

ٱلَّذِينَ يَسْتَمِعُونَ ٱلْقَوْلَ فَيَتَّبِعُونَ أَحْسَنَهُۥٓ ۚ أُو۟لَـٰٓئِكَ ٱلَّذِينَ هَدَىٰهُمُ ٱللَّهُ ۖ وَأُو۟لَـٰٓئِكَ هُمْ أُو۟لُوا۟ ٱلْأَلْبَـٰبِ

Transliteration alladhīna yastamiʿūna l-qawla fayattabiʿūna aḥsanahu ulāika alladhīna hadāhumu l-lahu wa-ulāika hum ulū l-albābi

Nepali १८) जसले कुरा ध्यानपूर्वक सुन्दछन् र राम्रो कुराको अनुपालन गर्दछन् यिनै ती मानिसहरू हुन् जसलाई अल्लाहले मार्गदर्शन प्रदान गर्यो र यिनै बुद्धि र विवेकवाला पनि हुन् ।

Verse 19

أَفَمَنْ حَقَّ عَلَيْهِ كَلِمَةُ ٱلْعَذَابِ أَفَأَنتَ تُنقِذُ مَن فِى ٱلنَّارِ

Transliteration afaman ḥaqqa ʿalayhi kalimatu l-ʿadhābi afa-anta tunqidhu man fī l-nāri

Nepali १९) त के त्यो व्यक्ति जसको लागि सजायको कुरो प्रमाणित भइसकेको छ तपाईंले (उसलाई) नर्कबाट मुक्त गराउन सक्नुहुन्छ ?

Verse 20

لَـٰكِنِ ٱلَّذِينَ ٱتَّقَوْا۟ رَبَّهُمْ لَهُمْ غُرَفٌ مِّن فَوْقِهَا غُرَفٌ مَّبْنِيَّةٌ تَجْرِى مِن تَحْتِهَا ٱلْأَنْهَـٰرُ ۖ وَعْدَ ٱللَّهِ ۖ لَا يُخْلِفُ ٱللَّهُ ٱلْمِيعَادَ

Transliteration lākini alladhīna ittaqaw rabbahum lahum ghurafun min fawqihā ghurafun mabniyyatun tajrī min taḥtihā l-anhāru waʿda l-lahi lā yukh'lifu l-lahu l-mīʿāda

Nepali २०) हो, जुन मानिसहरू आफ्नो पालनकर्तासित डर मान्छन्, तिनीहरूको निम्ति उच्च महलहरू छन् जसको माथि पनि उच्च कक्षहरू हुनेछन् (र)उनीहरूका मुनि नहरहरू बगिराखेका छन् । (यो) अल्लाहको वाचा हो । अल्लाहले आफ्नो वाचाको उल्लंघन गर्दैन ।

Verse 21

أَلَمْ تَرَ أَنَّ ٱللَّهَ أَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءً فَسَلَكَهُۥ يَنَـٰبِيعَ فِى ٱلْأَرْضِ ثُمَّ يُخْرِجُ بِهِۦ زَرْعًا مُّخْتَلِفًا أَلْوَٰنُهُۥ ثُمَّ يَهِيجُ فَتَرَىٰهُ مُصْفَرًّا ثُمَّ يَجْعَلُهُۥ حُطَـٰمًا ۚ إِنَّ فِى ذَٰلِكَ لَذِكْرَىٰ لِأُو۟لِى ٱلْأَلْبَـٰبِ

Transliteration alam tara anna l-laha anzala mina l-samāi māan fasalakahu yanābīʿa fī l-arḍi thumma yukh'riju bihi zarʿan mukh'talifan alwānuhu thumma yahīju fatarāhu muṣ'farran thumma yajʿaluhu ḥuṭāman inna fī dhālika ladhik'rā li-ulī l-albābi

Nepali २१) के तपाईले देख्नुभएन कि अल्लाहले आकाशबाट पानी झार्छ, अनि त्यसलाई धरतीको सतहमा पुर्याउँछ । अनि त्यसैबाट अनेक प्रकारका खेतीहरू उब्जाउँछ, फेरि तिनीहरू सुक्छन् र तपाईंले तिनलाई पहेलो रङ्गमा देख्नुहुन्छ । अनि उसले तिनलाई चूरचूर गरिदिन्छ । यसमा बुद्धिमानहरूको निम्ति धेरै शिक्षा छ ।

Verse 22

أَفَمَن شَرَحَ ٱللَّهُ صَدْرَهُۥ لِلْإِسْلَـٰمِ فَهُوَ عَلَىٰ نُورٍ مِّن رَّبِّهِۦ ۚ فَوَيْلٌ لِّلْقَـٰسِيَةِ قُلُوبُهُم مِّن ذِكْرِ ٱللَّهِ ۚ أُو۟لَـٰٓئِكَ فِى ضَلَـٰلٍ مُّبِينٍ

Transliteration afaman sharaḥa l-lahu ṣadrahu lil'is'lāmi fahuwa ʿalā nūrin min rabbihi fawaylun lil'qāsiyati qulūbuhum min dhik'ri l-lahi ulāika fī ḍalālin mubīnin

Nepali २२) के जुन मानिसको हृदय अल्लाहले इस्लामको लागि खोलिदिएको छ, र त्यसले आफ्नो पालनकर्ताबाट प्रकाश प्राप्त गरेको छ, अतः उनीहरूमाथि अफसोच छ, जसका हृदय अल्लाहको यादबाट खाली भई कठोर भइसकेका छन् यी मानिसहरू नै खुल्लमखुल्ला मार्गविचलनमा (ग्रस्त) छन् ।

Verse 23

ٱللَّهُ نَزَّلَ أَحْسَنَ ٱلْحَدِيثِ كِتَـٰبًا مُّتَشَـٰبِهًا مَّثَانِىَ تَقْشَعِرُّ مِنْهُ جُلُودُ ٱلَّذِينَ يَخْشَوْنَ رَبَّهُمْ ثُمَّ تَلِينُ جُلُودُهُمْ وَقُلُوبُهُمْ إِلَىٰ ذِكْرِ ٱللَّهِ ۚ ذَٰلِكَ هُدَى ٱللَّهِ يَهْدِى بِهِۦ مَن يَشَآءُ ۚ وَمَن يُضْلِلِ ٱللَّهُ فَمَا لَهُۥ مِنْ هَادٍ

Transliteration al-lahu nazzala aḥsana l-ḥadīthi kitāban mutashābihan mathāniya taqshaʿirru min'hu julūdu alladhīna yakhshawna rabbahum thumma talīnu julūduhum waqulūbuhum ilā dhik'ri l-lahi dhālika hudā l-lahi yahdī bihi man yashāu waman yuḍ'lili l-lahu famā lahu min hādin

Nepali २३) अल्लाहले सर्वोत्तम वाणी अवतरित गरेको छ जुन यस्तो किताब हो जसका आयतहरू आपसमा मिल्दछन्, र दोहोर्याइन्छन्, जुन मानिसहरू आफ्नो पालनकर्तासित डर मान्छन्, त्यसबाट उनीहरूको शरीरका रौंहरू डरले ठाडो हुन्छन्, अन्तमा उनको शरीर र हृदय अल्लाहको वर्णनको लागि नरम र त्यस तर्फ प्रवृत्त हुन्छन् । यो अल्लाहको मार्गदर्शन हो, त्यसबाट उसले जसलाई चाहन्छ सोझो मार्गमा हिंडाउँछ, र जसलाई अल्लाहले पथविचलित गरिदिन्छ, उसको निम्ति कोही मार्गदर्शक हुँदैन ।

Verse 24

أَفَمَن يَتَّقِى بِوَجْهِهِۦ سُوٓءَ ٱلْعَذَابِ يَوْمَ ٱلْقِيَـٰمَةِ ۚ وَقِيلَ لِلظَّـٰلِمِينَ ذُوقُوا۟ مَا كُنتُمْ تَكْسِبُونَ

Transliteration afaman yattaqī biwajhihi sūa l-ʿadhābi yawma l-qiyāmati waqīla lilẓẓālimīna dhūqū mā kuntum taksibūna

Nepali २४) अब जसले कियामतको दिन यातनाबाट बच्न आफ्नो अनुहारलाई ढाल बनाउँदछ, त्यस्तो अत्याचारीहरूसित भनिनेछः कि ‘‘आफ्नो कर्मको स्वाद चाख ।’’

Verse 25

كَذَّبَ ٱلَّذِينَ مِن قَبْلِهِمْ فَأَتَىٰهُمُ ٱلْعَذَابُ مِنْ حَيْثُ لَا يَشْعُرُونَ

Transliteration kadhaba alladhīna min qablihim fa-atāhumu l-ʿadhābu min ḥaythu lā yashʿurūna

Nepali २५) उनीभन्दा पहिलाका मानिसहरूले पनि झूठा भने । अन्ततः उनीहरूमाथि त्यस ठाउँबाट यातना आइपुग्यो, जसको बारेमा तिनीहरूलाई कल्पना पनि थिएन ।

Verse 26

فَأَذَاقَهُمُ ٱللَّهُ ٱلْخِزْىَ فِى ٱلْحَيَوٰةِ ٱلدُّنْيَا ۖ وَلَعَذَابُ ٱلْـَٔاخِرَةِ أَكْبَرُ ۚ لَوْ كَانُوا۟ يَعْلَمُونَ

Transliteration fa-adhāqahumu l-lahu l-khiz'ya fī l-ḥayati l-dun'yā walaʿadhābu l-ākhirati akbaru law kānū yaʿlamūna

Nepali २६) अनि अल्लाहले उनीहरूलाई सांसारिक जीवनमा पनि अपमानको स्वाद चखायो र अहिले आखिरतको यातना त यसभन्दा पनि ठूलो छ । काश ! उनीहरूले बुझुन् ।

Verse 27

وَلَقَدْ ضَرَبْنَا لِلنَّاسِ فِى هَـٰذَا ٱلْقُرْءَانِ مِن كُلِّ مَثَلٍ لَّعَلَّهُمْ يَتَذَكَّرُونَ

Transliteration walaqad ḍarabnā lilnnāsi fī hādhā l-qur'āni min kulli mathalin laʿallahum yatadhakkarūna

Nepali २७) र निश्चितरूपले हामीले यस कुरआनमा मानिसहरूको निम्ति हरेक प्रकारका उदाहरणहरू प्रस्तुत गरिदिएका छौं, ताकि उनीहरूले उपदेश ग्रहण गरुन् ।

Verse 28

قُرْءَانًا عَرَبِيًّا غَيْرَ ذِى عِوَجٍ لَّعَلَّهُمْ يَتَّقُونَ

Transliteration qur'ānan ʿarabiyyan ghayra dhī ʿiwajin laʿallahum yattaqūna

Nepali २८) यो कुरआन अरबीमा छ, जसमा कुनै त्रुटि (र विवाद) छैन, हुनसक्दछ उनीहरू संयमी बन्न सकुन् ।

Verse 29

ضَرَبَ ٱللَّهُ مَثَلًا رَّجُلًا فِيهِ شُرَكَآءُ مُتَشَـٰكِسُونَ وَرَجُلًا سَلَمًا لِّرَجُلٍ هَلْ يَسْتَوِيَانِ مَثَلًا ۚ ٱلْحَمْدُ لِلَّهِ ۚ بَلْ أَكْثَرُهُمْ لَا يَعْلَمُونَ

Transliteration ḍaraba l-lahu mathalan rajulan fīhi shurakāu mutashākisūna warajulan salaman lirajulin hal yastawiyāni mathalan l-ḥamdu lillahi bal aktharuhum lā yaʿlamūna

Nepali २९) अल्लाहले (एउटा) उदाहरण प्रस्तुत गर्दछ कि एउटा व्यक्ति छ, जसको अनेक जिद्दी साझेदारहरू छन् । र एउटा अर्को व्यक्ति, त्यो हो जुन सम्पूर्ण रूपले एउटै व्यक्तिको दास हो । के विशेषताको दृष्टिकोणले दुवैको अवस्था एकसमान हुनेछ ? सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो, किन्तु कुरा यो छ कि उनीहरूमध्ये अधिकांशले बुझ्दैनन् ।

Verse 30

إِنَّكَ مَيِّتٌ وَإِنَّهُم مَّيِّتُونَ

Transliteration innaka mayyitun wa-innahum mayyitūna

Nepali ३०) (हे पैगम्बर !) निश्चित छ तपाईलाई पनि मृत्यु आउनेछ र यिनीहरू पनि मर्नेछन् ।

Verse 31

ثُمَّ إِنَّكُمْ يَوْمَ ٱلْقِيَـٰمَةِ عِندَ رَبِّكُمْ تَخْتَصِمُونَ

Transliteration thumma innakum yawma l-qiyāmati ʿinda rabbikum takhtaṣimūna

Nepali ३१) अनि तिमी सबै कयामतको दिन आफ्नो पालनकर्ताको सामु झगडा गर्नेछौ ।

Verse 32

۞ فَمَنْ أَظْلَمُ مِمَّن كَذَبَ عَلَى ٱللَّهِ وَكَذَّبَ بِٱلصِّدْقِ إِذْ جَآءَهُۥٓ ۚ أَلَيْسَ فِى جَهَنَّمَ مَثْوًى لِّلْكَـٰفِرِينَ

Transliteration faman aẓlamu mimman kadhaba ʿalā l-lahi wakadhaba bil-ṣid'qi idh jāahu alaysa fī jahannama mathwan lil'kāfirīna

Nepali ३२) अनि त्यस व्यक्तिभन्दा बढी अत्याचारी को होला, जसले अल्लाहको बारेमा झूठ कुरा गर्यो, र जब सत्य कुरा उसको नजिक आयो तब त्यसलाई झूठो बतायो । के जहन्नममा (नर्कमा) इन्कार गर्नेहरूको लागि बासस्थान छैन ?

Verse 33

وَٱلَّذِى جَآءَ بِٱلصِّدْقِ وَصَدَّقَ بِهِۦٓ ۙ أُو۟لَـٰٓئِكَ هُمُ ٱلْمُتَّقُونَ

Transliteration wa-alladhī jāa bil-ṣid'qi waṣaddaqa bihi ulāika humu l-mutaqūna

Nepali ३३) र जुन व्यक्तिले सत्य कुरा लिएर आयो र जसले त्यसको पुष्टि गर्यो, ती मानिसहरू नै संयमी (असल) हुन् ।

Verse 34

لَهُم مَّا يَشَآءُونَ عِندَ رَبِّهِمْ ۚ ذَٰلِكَ جَزَآءُ ٱلْمُحْسِنِينَ

Transliteration lahum mā yashāūna ʿinda rabbihim dhālika jazāu l-muḥ'sinīna

Nepali ३४) तिनीहरूले जे चाहनेछन्, उनीहरूको निम्ति प्रत्येक चीज उनीहरूको पालनकर्तासँग छ, असल मानिसहरूको यही नै पुरस्कार हो ।

Verse 35

لِيُكَفِّرَ ٱللَّهُ عَنْهُمْ أَسْوَأَ ٱلَّذِى عَمِلُوا۟ وَيَجْزِيَهُمْ أَجْرَهُم بِأَحْسَنِ ٱلَّذِى كَانُوا۟ يَعْمَلُونَ

Transliteration liyukaffira l-lahu ʿanhum aswa-a alladhī ʿamilū wayajziyahum ajrahum bi-aḥsani alladhī kānū yaʿmalūna

Nepali ३५) ताकि अल्लाहले उनीहरूका नराम्रा कार्यहरूलाई उनीहरूबाट टाढा हटाइदेओस् । र जुन उत्तम कर्म उनीहरूले गर्दथे, त्यसको उनीहरूलाई राम्रो प्रतिफल प्रदान गरोस् ।

Verse 36

أَلَيْسَ ٱللَّهُ بِكَافٍ عَبْدَهُۥ ۖ وَيُخَوِّفُونَكَ بِٱلَّذِينَ مِن دُونِهِۦ ۚ وَمَن يُضْلِلِ ٱللَّهُ فَمَا لَهُۥ مِنْ هَادٍ

Transliteration alaysa l-lahu bikāfin ʿabdahu wayukhawwifūnaka bi-alladhīna min dūnihi waman yuḍ'lili l-lahu famā lahu min hādin

Nepali ३६) के अल्लाह आफ्नो भक्तहरूको निम्ति पर्याप्त छैन ? यिनीहरूले तपार्इंलाई अल्लाहबाहेक अरुबाट डराइरहेका छन् र जसलाई अल्लाहले मार्गविचलित गरिदेओस्, त्यसलाई कसैले मार्गदर्शन गर्न सक्दैन ।

Verse 37

وَمَن يَهْدِ ٱللَّهُ فَمَا لَهُۥ مِن مُّضِلٍّ ۗ أَلَيْسَ ٱللَّهُ بِعَزِيزٍ ذِى ٱنتِقَامٍ

Transliteration waman yahdi l-lahu famā lahu min muḍillin alaysa l-lahu biʿazīzin dhī intiqāmin

Nepali ३७) र जसलाई अल्लाहले मार्गदर्शन गरिदेओस्, त्यसलाई कसैले मार्गविचलित गर्न सक्दैन । के अल्लाह सर्वशक्ति सम्पन्न र बदला लिनेवाल छैन ?

Verse 38

وَلَئِن سَأَلْتَهُم مَّنْ خَلَقَ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضَ لَيَقُولُنَّ ٱللَّهُ ۚ قُلْ أَفَرَءَيْتُم مَّا تَدْعُونَ مِن دُونِ ٱللَّهِ إِنْ أَرَادَنِىَ ٱللَّهُ بِضُرٍّ هَلْ هُنَّ كَـٰشِفَـٰتُ ضُرِّهِۦٓ أَوْ أَرَادَنِى بِرَحْمَةٍ هَلْ هُنَّ مُمْسِكَـٰتُ رَحْمَتِهِۦ ۚ قُلْ حَسْبِىَ ٱللَّهُ ۖ عَلَيْهِ يَتَوَكَّلُ ٱلْمُتَوَكِّلُونَ

Transliteration wala-in sa-altahum man khalaqa l-samāwāti wal-arḍa layaqūlunna l-lahu qul afara-aytum mā tadʿūna min dūni l-lahi in arādaniya l-lahu biḍurrin hal hunna kāshifātu ḍurrihi aw arādanī biraḥmatin hal hunna mum'sikātu raḥmatihi qul ḥasbiya l-lahu ʿalayhi yatawakkalu l-mutawakilūna

Nepali ३८) यदि तपार्इं उनीहरूसित सोध्नुहुन्छ कि, ‘‘आकाशहरू र धरतीलाई कसले सृष्टि गर्यो ?’’ त उनीहरूले अवश्य भन्नेछन्ः कि ‘‘अल्लाहले ।’’ तपार्इं भन्नुस् यदि अल्लाहले मलाई कुनै कष्ट पुर्याउन चाहन्छ भने के अल्लाह बाहेक जसलाई तिमीहरूले पुकार्द्छौ उनीहरूले त्यस कष्टलाई हटाउन सक्दछन् ? वा यदि अल्लाहले ममाथि कुनै कृपा गर्न चाहन्छ भने के उनीहरूले उसको कृपालाई रोक्न सक्दछन् ?’’ तपार्इं भनिदिनुस्ः ! कि मलाई अल्लाह नै पर्याप्त छ, भरोसा गर्नेहरू उसैमाथि भरोसा गर्दछन् ।

Verse 39

قُلْ يَـٰقَوْمِ ٱعْمَلُوا۟ عَلَىٰ مَكَانَتِكُمْ إِنِّى عَـٰمِلٌ ۖ فَسَوْفَ تَعْلَمُونَ

Transliteration qul yāqawmi iʿ'malū ʿalā makānatikum innī ʿāmilun fasawfa taʿlamūna

Nepali ३९) भनिदिनुस् कि ‘‘हे मेरो जातिबन्धुका मानिसहरू ! तिमी आफ्नो ठाउँमा कर्म गर्दै जाऊ । म पनि कर्म गर्दै जान्छु । शीघ्र नै तिमीलाई थाहा भइहाल्नेछ ।

Verse 40

مَن يَأْتِيهِ عَذَابٌ يُخْزِيهِ وَيَحِلُّ عَلَيْهِ عَذَابٌ مُّقِيمٌ

Transliteration man yatīhi ʿadhābun yukh'zīhi wayaḥillu ʿalayhi ʿadhābun muqīmun

Nepali ४०) कि कसमाथि अपमानपूर्ण यातना र सधैँको लागि सजाय आउँछ ?

Verse 41

إِنَّآ أَنزَلْنَا عَلَيْكَ ٱلْكِتَـٰبَ لِلنَّاسِ بِٱلْحَقِّ ۖ فَمَنِ ٱهْتَدَىٰ فَلِنَفْسِهِۦ ۖ وَمَن ضَلَّ فَإِنَّمَا يَضِلُّ عَلَيْهَا ۖ وَمَآ أَنتَ عَلَيْهِم بِوَكِيلٍ

Transliteration innā anzalnā ʿalayka l-kitāba lilnnāsi bil-ḥaqi famani ih'tadā falinafsihi waman ḍalla fa-innamā yaḍillu ʿalayhā wamā anta ʿalayhim biwakīlin

Nepali ४१) हामीले त तपार्इंमाथि यो किताब मानिसहरूको लागि सत्यका साथ अवतरित गरेका छौं । अतः जसले सिधा मार्ग ग्रहण गर्यो त उसको आफ्नै लागि नाफा छ र जो विचलित भयो, त त्यो विचलित भई आफूलाई नै हानि पुर्याउँदछ । र तपार्इं उनीहरूको जिम्मेवार होइन ।

Verse 42

ٱللَّهُ يَتَوَفَّى ٱلْأَنفُسَ حِينَ مَوْتِهَا وَٱلَّتِى لَمْ تَمُتْ فِى مَنَامِهَا ۖ فَيُمْسِكُ ٱلَّتِى قَضَىٰ عَلَيْهَا ٱلْمَوْتَ وَيُرْسِلُ ٱلْأُخْرَىٰٓ إِلَىٰٓ أَجَلٍ مُّسَمًّى ۚ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَـٰتٍ لِّقَوْمٍ يَتَفَكَّرُونَ

Transliteration al-lahu yatawaffā l-anfusa ḥīna mawtihā wa-allatī lam tamut fī manāmihā fayum'siku allatī qaḍā ʿalayhā l-mawta wayur'silu l-ukh'rā ilā ajalin musamman inna fī dhālika laāyātin liqawmin yatafakkarūna

Nepali ४२) अल्लाहले नै प्राणहरूलाई उनीहरूको मृत्युको समय र जसको मृत्यु आएन त्यसलाई उसको निद्राको अवस्थामा ग्रस्त गरिहाल्दछ । अनि जसको मृत्युको निर्णय गरिसकेको छ, त्यसलाई रोकिराख्दछ । र अरु प्राणहरूलाई एक निर्धारित समयसम्मको लागि छोडिदिन्छ । निश्चय नै यसमा सोचविचार गर्नेहरूको निम्ति कैयन् निशानीहरू छन् ।

Verse 43

أَمِ ٱتَّخَذُوا۟ مِن دُونِ ٱللَّهِ شُفَعَآءَ ۚ قُلْ أَوَلَوْ كَانُوا۟ لَا يَمْلِكُونَ شَيْـًٔا وَلَا يَعْقِلُونَ

Transliteration ami ittakhadhū min dūni l-lahi shufaʿāa qul awalaw kānū lā yamlikūna shayan walā yaʿqilūna

Nepali ४३) के उनीहरूले अल्लाह बाहेक अरुलाई सिफारिश गर्नेहरू बनाएका छन् ? तपार्इं भनिदिनुस् कि ‘‘चाहे उनीहरू कुनै कुराको पनि अधिकार राख्दैनन् र न केही बुझ्छन्, तैपनि ?’’

Verse 44

قُل لِّلَّهِ ٱلشَّفَـٰعَةُ جَمِيعًا ۖ لَّهُۥ مُلْكُ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ ۖ ثُمَّ إِلَيْهِ تُرْجَعُونَ

Transliteration qul lillahi l-shafāʿatu jamīʿan lahu mul'ku l-samāwāti wal-arḍi thumma ilayhi tur'jaʿūna

Nepali ४४) भनिदिनुस् ! कि ‘‘सबै सिफारिशको मालिक त अल्लाह नै हो । सबै आकाशहरू र जमिनको सत्ता उसैको लागि छ । अनि तिमी सबै उसैतिर फर्केर जानेछौ ।’’

Verse 45

وَإِذَا ذُكِرَ ٱللَّهُ وَحْدَهُ ٱشْمَأَزَّتْ قُلُوبُ ٱلَّذِينَ لَا يُؤْمِنُونَ بِٱلْـَٔاخِرَةِ ۖ وَإِذَا ذُكِرَ ٱلَّذِينَ مِن دُونِهِۦٓ إِذَا هُمْ يَسْتَبْشِرُونَ

Transliteration wa-idhā dhukira l-lahu waḥdahu ish'ma-azzat qulūbu alladhīna lā yu'minūna bil-ākhirati wa-idhā dhukira alladhīna min dūnihi idhā hum yastabshirūna

Nepali ४५) र जब एक्लो अल्लाहको चर्चा गरिन्छ तब जुन मानिसहरू आखिरतमा विश्वास गर्दैनन् उनीहरूको हृदय घृणाले भरिन्छ, तर जब उस बाहेक अरुहरूको चर्चा आउँदछ तब उनीहरू आनन्दले प्रफुल्ल भइहाल्दछन् ।

Verse 46

قُلِ ٱللَّهُمَّ فَاطِرَ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ عَـٰلِمَ ٱلْغَيْبِ وَٱلشَّهَـٰدَةِ أَنتَ تَحْكُمُ بَيْنَ عِبَادِكَ فِى مَا كَانُوا۟ فِيهِ يَخْتَلِفُونَ

Transliteration quli l-lahuma fāṭira l-samāwāti wal-arḍi ʿālima l-ghaybi wal-shahādati anta taḥkumu bayna ʿibādika fī mā kānū fīhi yakhtalifūna

Nepali ४६) तपार्इं भन्नुस् कि ‘‘हे अल्लाह ! आकाशहरू र धरतीको स्रष्टा (र) अदृश्य र प्रकट कुराको ज्ञाता ! तिमीले नै आफ्ना भक्तहरूमा ती कुराहरूको, निर्णय गर्नेछौ जसमा उनीहरूले विवाद गरिराखेका छन् ।’’

Verse 47

وَلَوْ أَنَّ لِلَّذِينَ ظَلَمُوا۟ مَا فِى ٱلْأَرْضِ جَمِيعًا وَمِثْلَهُۥ مَعَهُۥ لَٱفْتَدَوْا۟ بِهِۦ مِن سُوٓءِ ٱلْعَذَابِ يَوْمَ ٱلْقِيَـٰمَةِ ۚ وَبَدَا لَهُم مِّنَ ٱللَّهِ مَا لَمْ يَكُونُوا۟ يَحْتَسِبُونَ

Transliteration walaw anna lilladhīna ẓalamū mā fī l-arḍi jamīʿan wamith'lahu maʿahu la-if'tadaw bihi min sūi l-ʿadhābi yawma l-qiyāmati wabadā lahum mina l-lahi mā lam yakūnū yaḥtasibūna

Nepali ४७) यदि अत्याचारीहरूसँग धरतीमा उपलब्ध सबै कुरा र त्यसको साथै त्यति नै अरु पनि हुनेछ भने, त उनीहरूले कयामतको दिन नराम्रो यातनाबाट बच्नको निम्ति ती सबै कुरा दिहाल्नेछन् । र उनको सामु अल्लाहतिरबाट त्यो प्रकट हुनेछ जसको उनीहरूले कल्पना पनि गर्दैन्थे ।

Verse 48

وَبَدَا لَهُمْ سَيِّـَٔاتُ مَا كَسَبُوا۟ وَحَاقَ بِهِم مَّا كَانُوا۟ بِهِۦ يَسْتَهْزِءُونَ

Transliteration wabadā lahum sayyiātu mā kasabū waḥāqa bihim mā kānū bihi yastahziūna

Nepali ४८) र उनीहरूले जे गरेका थिए त्यसको नराम्रो प्रभाव प्रकट भइहाल्नेछ र जसको (यातनाको) उनीहरूले हाँसो गर्दथे, त्यसले उनीहरूलाई आई घेर्नेछ ।

Verse 49

فَإِذَا مَسَّ ٱلْإِنسَـٰنَ ضُرٌّ دَعَانَا ثُمَّ إِذَا خَوَّلْنَـٰهُ نِعْمَةً مِّنَّا قَالَ إِنَّمَآ أُوتِيتُهُۥ عَلَىٰ عِلْمٍۭ ۚ بَلْ هِىَ فِتْنَةٌ وَلَـٰكِنَّ أَكْثَرَهُمْ لَا يَعْلَمُونَ

Transliteration fa-idhā massa l-insāna ḍurrun daʿānā thumma idhā khawwalnāhu niʿ'matan minnā qāla innamā ūtītuhu ʿalā ʿil'min bal hiya fit'natun walākinna aktharahum lā yaʿlamūna

Nepali ४९) जब मानिसहरूलाई कुनै कष्ट पुग्छ तब उसले हामीलाई पुर्कादछ अनि जब हाम्रो तर्फबाट उसमाथि कुनै कृपा प्रदान भइसक्छ तब भन्दछः ‘‘कि यो त मलाई मेरो ज्ञानको कारणले प्राप्त भएको छ ।’’ (होइन) बरु यो त एउटा परीक्षा हो, तर उनीहरूमध्ये धेरै अज्ञानी छन् ।

Verse 50

قَدْ قَالَهَا ٱلَّذِينَ مِن قَبْلِهِمْ فَمَآ أَغْنَىٰ عَنْهُم مَّا كَانُوا۟ يَكْسِبُونَ

Transliteration qad qālahā alladhīna min qablihim famā aghnā ʿanhum mā kānū yaksibūna

Nepali ५०) जुन मानिसहरू यिनीहरूभन्दा अगाडि थिए, उनीहरूले पनि यही भन्ने गर्दथे, तर उनीहरूको कामकुरा उनीहरूलाई केही काम लागेन ।

Verse 51

فَأَصَابَهُمْ سَيِّـَٔاتُ مَا كَسَبُوا۟ ۚ وَٱلَّذِينَ ظَلَمُوا۟ مِنْ هَـٰٓؤُلَآءِ سَيُصِيبُهُمْ سَيِّـَٔاتُ مَا كَسَبُوا۟ وَمَا هُم بِمُعْجِزِينَ

Transliteration fa-aṣābahum sayyiātu mā kasabū wa-alladhīna ẓalamū min hāulāi sayuṣībuhum sayyiātu mā kasabū wamā hum bimuʿ'jizīna

Nepali ५१) अनि जेजति उनीहरूले कमाए, त्यसका नराम्रा कुराहरूको प्रभाव उनीहरूमाथि आइपर्यो र यिनीहरूमध्ये पनि जुन मानिसहरूले अत्याचार गरे, यिनीहरूमाथि पनि जे–जति उनीहरूले कमाए त्यसको नराम्रो परिणाम छिट्टै आइहाल्नेछ । र, यिनीहरूले (हामीलाई) हराउन सक्ने छैनन् ।

Verse 52

أَوَلَمْ يَعْلَمُوٓا۟ أَنَّ ٱللَّهَ يَبْسُطُ ٱلرِّزْقَ لِمَن يَشَآءُ وَيَقْدِرُ ۚ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَـٰتٍ لِّقَوْمٍ يُؤْمِنُونَ

Transliteration awalam yaʿlamū anna l-laha yabsuṭu l-riz'qa liman yashāu wayaqdiru inna fī dhālika laāyātin liqawmin yu'minūna

Nepali ५२) के उनीहरूलाई यो थाहा छैन कि अल्लाहले नै जसको निम्ति चाहन्छ जीविका प्रशस्त गरिदिन्छ र जसको निम्ति चाहन्छ सीमित गरिदिन्छ ? यसमा ईमान ल्याउनेहरूको निम्ति ठूला निशानीहरू छन् ।

Verse 53

۞ قُلْ يَـٰعِبَادِىَ ٱلَّذِينَ أَسْرَفُوا۟ عَلَىٰٓ أَنفُسِهِمْ لَا تَقْنَطُوا۟ مِن رَّحْمَةِ ٱللَّهِ ۚ إِنَّ ٱللَّهَ يَغْفِرُ ٱلذُّنُوبَ جَمِيعًا ۚ إِنَّهُۥ هُوَ ٱلْغَفُورُ ٱلرَّحِيمُ

Transliteration qul yāʿibādiya alladhīna asrafū ʿalā anfusihim lā taqnaṭū min raḥmati l-lahi inna l-laha yaghfiru l-dhunūba jamīʿan innahu huwa l-ghafūru l-raḥīmu

Nepali ५३) मेरो तर्फबाट भन्नुस् कि ‘‘हे मेरा भक्तहरू ! जसले आफूमाथि नै अतिक्रमण गरेका छन्, तिमी अल्लाहको दयाबाट निराश नहोऊ । निःसन्देह अल्लाहले सारा पापहरूलाई क्षमा गरिदिन्छ । निश्चय नै ऊ बडो क्षमाशील र अत्यन्त दयावान् छ ।

Verse 54

وَأَنِيبُوٓا۟ إِلَىٰ رَبِّكُمْ وَأَسْلِمُوا۟ لَهُۥ مِن قَبْلِ أَن يَأْتِيَكُمُ ٱلْعَذَابُ ثُمَّ لَا تُنصَرُونَ

Transliteration wa-anībū ilā rabbikum wa-aslimū lahu min qabli an yatiyakumu l-ʿadhābu thumma lā tunṣarūna

Nepali ५४) यसभन्दा पहिला कि तिमीलाई यातना आओस्, आफ्नो पालनकर्तातिर प्रवृत्त होऊ र उसको आज्ञाकारी भइहाल । त्यो यातना आएपछि तिम्रो सहायता गरिने छैन ।

Verse 55

وَٱتَّبِعُوٓا۟ أَحْسَنَ مَآ أُنزِلَ إِلَيْكُم مِّن رَّبِّكُم مِّن قَبْلِ أَن يَأْتِيَكُمُ ٱلْعَذَابُ بَغْتَةً وَأَنتُمْ لَا تَشْعُرُونَ

Transliteration wa-ittabiʿū aḥsana mā unzila ilaykum min rabbikum min qabli an yatiyakumu l-ʿadhābu baghtatan wa-antum lā tashʿurūna

Nepali ५५) र यसभन्दा पहिला कि तिमीमाथि एक्कासी यातना आओस् र तिमीलाई थाहा पनि नहोस्, त्यस सर्वोत्तम कुराको अनुशरण गर जुन कि तिम्रो पालनकर्ताको तर्फबाट तिम्रो लागि अवतरित भएको छ ।

Verse 56

أَن تَقُولَ نَفْسٌ يَـٰحَسْرَتَىٰ عَلَىٰ مَا فَرَّطتُ فِى جَنۢبِ ٱللَّهِ وَإِن كُنتُ لَمِنَ ٱلسَّـٰخِرِينَ

Transliteration an taqūla nafsun yāḥasratā ʿalā mā farraṭtu fī janbi l-lahi wa-in kuntu lamina l-sākhirīna

Nepali ५६) कहीं यस्तो नहोस्, कि कुनै व्यक्तिले भन्न थालोस्ः ‘‘हाय अफसोच ! त्यसमाथि जुन बेवास्ता मैले अल्लाहप्रति गरें र म त उपहास गर्नेहरूमा नै शम्मिलित रहेँ ।

Verse 57

أَوْ تَقُولَ لَوْ أَنَّ ٱللَّهَ هَدَىٰنِى لَكُنتُ مِنَ ٱلْمُتَّقِينَ

Transliteration aw taqūla law anna l-laha hadānī lakuntu mina l-mutaqīna

Nepali ५७) वा यो भन्न थालोस् कि, ‘‘यदि अल्लाहले मलाई मार्गदर्शन गरेको भए म पनि डर मान्नेहरूमध्येको हुने थिएँ ।’’

Verse 58

أَوْ تَقُولَ حِينَ تَرَى ٱلْعَذَابَ لَوْ أَنَّ لِى كَرَّةً فَأَكُونَ مِنَ ٱلْمُحْسِنِينَ

Transliteration aw taqūla ḥīna tarā l-ʿadhāba law anna lī karratan fa-akūna mina l-muḥ'sinīna

Nepali ५८) वा यातना देखेर यो भन्न थालोस्ः कि ‘‘यदि फेरि एकपटक संसारमा मैले जान पाएको भने म असल मानिसहरूमध्येको हुने थिएँ’’ ।

Verse 59

بَلَىٰ قَدْ جَآءَتْكَ ءَايَـٰتِى فَكَذَّبْتَ بِهَا وَٱسْتَكْبَرْتَ وَكُنتَ مِنَ ٱلْكَـٰفِرِينَ

Transliteration balā qad jāatka āyātī fakadhabta bihā wa-is'takbarta wakunta mina l-kāfirīna

Nepali ५९) (अल्लाहको आदेश हुनेछ), निःसंदेह मेरा आयतहरू तिम्रो सामु आइपुगेका थिए, जसलाई तिमीले झूठा भन्यौ र घमण्ड गर्यौ र इन्कार गर्नेहरूमा शम्मिलित भयौ ।

Verse 60

وَيَوْمَ ٱلْقِيَـٰمَةِ تَرَى ٱلَّذِينَ كَذَبُوا۟ عَلَى ٱللَّهِ وُجُوهُهُم مُّسْوَدَّةٌ ۚ أَلَيْسَ فِى جَهَنَّمَ مَثْوًى لِّلْمُتَكَبِّرِينَ

Transliteration wayawma l-qiyāmati tarā alladhīna kadhabū ʿalā l-lahi wujūhuhum mus'waddatun alaysa fī jahannama mathwan lil'mutakabbirīna

Nepali ६०) जसले अल्लाहको बारेमा झूठा कुरा गरेका छन् तपार्इंले देख्नुहुनेछ कि कयामतको दिन उनका अनुहारहरू काला भइसकेका हुनेछन् । के अहंकारीहरूको बासस्थान नरकमा होइन ?

Verse 61

وَيُنَجِّى ٱللَّهُ ٱلَّذِينَ ٱتَّقَوْا۟ بِمَفَازَتِهِمْ لَا يَمَسُّهُمُ ٱلسُّوٓءُ وَلَا هُمْ يَحْزَنُونَ

Transliteration wayunajjī l-lahu alladhīna ittaqaw bimafāzatihim lā yamassuhumu l-sūu walā hum yaḥzanūna

Nepali ६१) र जसले संयम गरेका छन्, उनीहरूलाई अल्लाहले उनीहरूको सफलताको साथ मुक्ति प्रदान गर्नेछ । उनीहरूलाई न कुनै अनिष्टले छुन सक्नेछ र नत उनीहरू कुनै प्रकारले शोकाकुल हुनेछन् ।

Verse 62

ٱللَّهُ خَـٰلِقُ كُلِّ شَىْءٍ ۖ وَهُوَ عَلَىٰ كُلِّ شَىْءٍ وَكِيلٌ

Transliteration al-lahu khāliqu kulli shayin wahuwa ʿalā kulli shayin wakīlun

Nepali ६२) अल्लाह हरेक कुराको स्रष्टा हो र उही नै हरेक कुराको संरक्षक हो ।

Verse 63

لَّهُۥ مَقَالِيدُ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ ۗ وَٱلَّذِينَ كَفَرُوا۟ بِـَٔايَـٰتِ ٱللَّهِ أُو۟لَـٰٓئِكَ هُمُ ٱلْخَـٰسِرُونَ

Transliteration lahu maqālīdu l-samāwāti wal-arḍi wa-alladhīna kafarū biāyāti l-lahi ulāika humu l-khāsirūna

Nepali ६३) उसैको पासमा आकाशहरू र धरतीका साँचोहरू छन् । जस जसले अल्लाहका आयतहरूलाई इन्कार गरे, तिनैहरू नै घाटामा छन् ।

Verse 64

قُلْ أَفَغَيْرَ ٱللَّهِ تَأْمُرُوٓنِّىٓ أَعْبُدُ أَيُّهَا ٱلْجَـٰهِلُونَ

Transliteration qul afaghayra l-lahi tamurūnnī aʿbudu ayyuhā l-jāhilūna

Nepali ६४) तपार्इं भन्नुस् किः हे अज्ञानीहरू ‘‘के तिमीले मसँग अल्लाह बाहेक अरु कसैको उपासना गर्न भन्दछौ’’ ?

Verse 65

وَلَقَدْ أُوحِىَ إِلَيْكَ وَإِلَى ٱلَّذِينَ مِن قَبْلِكَ لَئِنْ أَشْرَكْتَ لَيَحْبَطَنَّ عَمَلُكَ وَلَتَكُونَنَّ مِنَ ٱلْخَـٰسِرِينَ

Transliteration walaqad ūḥiya ilayka wa-ilā alladhīna min qablika la-in ashrakta layaḥbaṭanna ʿamaluka walatakūnanna mina l-khāsirīna

Nepali ६५) (र हे मुहम्मद !) निश्चितरूपले तपार्इंमाथि र तपार्इंभन्दा पहिला गुज्रिसकेका (नबीहरू) माथि वह्य पठाइएको थियो कि ‘‘यदि तिमीले शिर्क गर्यौ भने तिमीले गरेका सबैकुरा अनिवार्यरूपले व्यर्थ भइहाल्नेछन् र तिमी अवश्य नै घाटामा पर्नेवालाहरूमध्येका हुनेछौ ।’’

Verse 66

بَلِ ٱللَّهَ فَٱعْبُدْ وَكُن مِّنَ ٱلشَّـٰكِرِينَ

Transliteration bali l-laha fa-uʿ'bud wakun mina l-shākirīna

Nepali ६६) (होइन) बरु तिमी अल्लाहकै उपासना गर र कृतज्ञता प्रकट गर्नेवालाहरूमध्येको भइहाल ।

Verse 67

وَمَا قَدَرُوا۟ ٱللَّهَ حَقَّ قَدْرِهِۦ وَٱلْأَرْضُ جَمِيعًا قَبْضَتُهُۥ يَوْمَ ٱلْقِيَـٰمَةِ وَٱلسَّمَـٰوَٰتُ مَطْوِيَّـٰتٌۢ بِيَمِينِهِۦ ۚ سُبْحَـٰنَهُۥ وَتَعَـٰلَىٰ عَمَّا يُشْرِكُونَ

Transliteration wamā qadarū l-laha ḥaqqa qadrihi wal-arḍu jamīʿan qabḍatuhu yawma l-qiyāmati wal-samāwātu maṭwiyyātun biyamīnihi sub'ḥānahu wataʿālā ʿammā yush'rikūna

Nepali ६७) र उनीहरूले अल्लाहलाई जस्तो सम्मान गर्नु पर्छ गर्न सकेनन्, जबकि कियामतको दिन सम्पूर्ण धरती उसको मुठ्ठीमा हुनेछ र आकाशहरू उसको दाहिने हातमा बेरिएका हुनेछन्, ऊ महान् र उच्च छ त्यस्तो प्रत्येक कुराभन्दा जसलाई उनीहरूले उसको साझेदार ठहराउँछन् ।

Verse 68

وَنُفِخَ فِى ٱلصُّورِ فَصَعِقَ مَن فِى ٱلسَّمَـٰوَٰتِ وَمَن فِى ٱلْأَرْضِ إِلَّا مَن شَآءَ ٱللَّهُ ۖ ثُمَّ نُفِخَ فِيهِ أُخْرَىٰ فَإِذَا هُمْ قِيَامٌ يَنظُرُونَ

Transliteration wanufikha fī l-ṣūri faṣaʿiqa man fī l-samāwāti waman fī l-arḍi illā man shāa l-lahu thumma nufikha fīhi ukh'rā fa-idhā hum qiyāmun yanẓurūna

Nepali ६८) र जब सूर फूँकिनेछ तब, जो आकाशमा छन् र जो धरतीमा छन्, सबै मूर्छित भई ढल्नेछन् (तर) जसलाई अल्लाहले चाहन्छ, फेरि दोस्रो पटक सूर फूँकिनेछ, तब तुरुन्तै सबै उभेर हेर्न थाल्नेछन् ।

Verse 69

وَأَشْرَقَتِ ٱلْأَرْضُ بِنُورِ رَبِّهَا وَوُضِعَ ٱلْكِتَـٰبُ وَجِا۟ىٓءَ بِٱلنَّبِيِّـۧنَ وَٱلشُّهَدَآءِ وَقُضِىَ بَيْنَهُم بِٱلْحَقِّ وَهُمْ لَا يُظْلَمُونَ

Transliteration wa-ashraqati l-arḍu binūri rabbihā wawuḍiʿa l-kitābu wajīa bil-nabiyīna wal-shuhadāi waquḍiya baynahum bil-ḥaqi wahum lā yuẓ'lamūna

Nepali ६९) र धरती आफ्नो पालनकर्ताको प्रकाशले जगमग हुनेछ र कर्मको खाता खोलेर राखिदिइनेछ, पैगम्बर र (अन्य) साक्षीहरू उपस्थित गराइनेछन् र उनीहरूमा इन्साफको साथ निर्णय गरिनेछ र कसैमाथि अन्याय गरिने छैन ।

Verse 70

وَوُفِّيَتْ كُلُّ نَفْسٍ مَّا عَمِلَتْ وَهُوَ أَعْلَمُ بِمَا يَفْعَلُونَ

Transliteration wawuffiyat kullu nafsin mā ʿamilat wahuwa aʿlamu bimā yafʿalūna

Nepali ७०) र जसले जुन कर्म गरेको हुन्छ त्यसलाई त्यसको पूरा–पूर प्रतिफल दिइने छ र जे–जति यिनीहरूले गर्दछन् उसलाई सबै राम्ररी थाहा छ ।

Verse 71

وَسِيقَ ٱلَّذِينَ كَفَرُوٓا۟ إِلَىٰ جَهَنَّمَ زُمَرًا ۖ حَتَّىٰٓ إِذَا جَآءُوهَا فُتِحَتْ أَبْوَٰبُهَا وَقَالَ لَهُمْ خَزَنَتُهَآ أَلَمْ يَأْتِكُمْ رُسُلٌ مِّنكُمْ يَتْلُونَ عَلَيْكُمْ ءَايَـٰتِ رَبِّكُمْ وَيُنذِرُونَكُمْ لِقَآءَ يَوْمِكُمْ هَـٰذَا ۚ قَالُوا۟ بَلَىٰ وَلَـٰكِنْ حَقَّتْ كَلِمَةُ ٱلْعَذَابِ عَلَى ٱلْكَـٰفِرِينَ

Transliteration wasīqa alladhīna kafarū ilā jahannama zumaran ḥattā idhā jāūhā futiḥat abwābuhā waqāla lahum khazanatuhā alam yatikum rusulun minkum yatlūna ʿalaykum āyāti rabbikum wayundhirūnakum liqāa yawmikum hādhā qālū balā walākin ḥaqqat kalimatu l-ʿadhābi ʿalā l-kāfirīna

Nepali ७१) र काफिरहरू समूह–समूहमा नर्कतिर लगिनेछन्, यहाँसम्म कि जब उनीहरू त्यहाँ पुग्नेछन् त त्यसका द्वारहरू तिनीहरूको लागि खोलिदिइनेछन् र त्यसका द्वारपाल उनीहरूसित भन्नेछन्ः ‘‘के तिम्रो पासमा तिमीहरूमध्येबाटै रसूल आएका थिएनन् ? जसले तिमीलाई तिम्रो पालनकर्ताका आयतहरू सुनाइराखेका थिए र तिमीलाई तिम्रो यस दिनको आगमनबाट सचेत गरिराखेका थिए ?’’ उनीहरूले जबाफ दिनेछन्ः ‘‘हो ठीक हो (उनीहरू त आएका थिए)’’ तर इन्कार गर्नेहरूमाथि यातनाको आदेश भएर नै रह्यो ।

Verse 72

قِيلَ ٱدْخُلُوٓا۟ أَبْوَٰبَ جَهَنَّمَ خَـٰلِدِينَ فِيهَا ۖ فَبِئْسَ مَثْوَى ٱلْمُتَكَبِّرِينَ

Transliteration qīla ud'khulū abwāba jahannama khālidīna fīhā fabi'sa mathwā l-mutakabirīna

Nepali ७२) भनिनेछः अब नर्कका द्वारहरूमा प्रवेश गर, त्यसमा सधैं रहनको निम्ति । घमण्ड (अट्टेरी) गर्नेहरूको निम्ति साह्रै नराम्रो बासस्थान हो ।

Verse 73

وَسِيقَ ٱلَّذِينَ ٱتَّقَوْا۟ رَبَّهُمْ إِلَى ٱلْجَنَّةِ زُمَرًا ۖ حَتَّىٰٓ إِذَا جَآءُوهَا وَفُتِحَتْ أَبْوَٰبُهَا وَقَالَ لَهُمْ خَزَنَتُهَا سَلَـٰمٌ عَلَيْكُمْ طِبْتُمْ فَٱدْخُلُوهَا خَـٰلِدِينَ

Transliteration wasīqa alladhīna ittaqaw rabbahum ilā l-janati zumaran ḥattā idhā jāūhā wafutiḥat abwābuhā waqāla lahum khazanatuhā salāmun ʿalaykum ṭib'tum fa-ud'khulūhā khālidīna

Nepali ७३) र जुन मानिसहरू आफ्नो पालनकर्तासित डर मान्दथे, उनीहरू समूह–समूह गरी स्वर्गतिर लगिनेछन्, यहाँसम्म कि जब उनीहरू त्यसको नजिक पुग्नेछन्, त त्यसका द्वारहरू खोलिदिइनेछन् र त्यसका द्वारपालले उनीहरूसित भन्नेछन्ः कि ‘‘तिमीमाथि सलाम । तिमी प्रफुल्लित भइहाल । अब यसमा सधैंको निम्ति प्रवेश गरिहाल ।

Verse 74

وَقَالُوا۟ ٱلْحَمْدُ لِلَّهِ ٱلَّذِى صَدَقَنَا وَعْدَهُۥ وَأَوْرَثَنَا ٱلْأَرْضَ نَتَبَوَّأُ مِنَ ٱلْجَنَّةِ حَيْثُ نَشَآءُ ۖ فَنِعْمَ أَجْرُ ٱلْعَـٰمِلِينَ

Transliteration waqālū l-ḥamdu lillahi alladhī ṣadaqanā waʿdahu wa-awrathanā l-arḍa natabawwa-u mina l-janati ḥaythu nashāu faniʿ'ma ajru l-ʿāmilīna

Nepali ७४) यिनीहरूले भन्नेछन् किः ‘‘अल्लाहको कृपा छ जसले आफ्नो वाचा हामीसित पूरा गरेर देखायो, र हामीलाई यस स्थानको उत्तराधिकारी बनाइदियो, कि हामी स्वर्गमा जुन ठाउँमा चाहन्छौं, बस्न सक्छौं । अतः (असल) कर्म गर्नेहरूको निम्ति कति राम्रो प्रतिफल छ ।

Verse 75

وَتَرَى ٱلْمَلَـٰٓئِكَةَ حَآفِّينَ مِنْ حَوْلِ ٱلْعَرْشِ يُسَبِّحُونَ بِحَمْدِ رَبِّهِمْ ۖ وَقُضِىَ بَيْنَهُم بِٱلْحَقِّ وَقِيلَ ٱلْحَمْدُ لِلَّهِ رَبِّ ٱلْعَـٰلَمِينَ

Transliteration watarā l-malāikata ḥāffīna min ḥawli l-ʿarshi yusabbiḥūna biḥamdi rabbihim waquḍiya baynahum bil-ḥaqi waqīla l-ḥamdu lillahi rabbi l-ʿālamīna

Nepali ७५) तिमीले फरिश्ताहरूलाई देख्नेछौ कि उनीहरू सिंहासनको चारैतिर पंक्तिबद्ध भई आफ्नो पालनकर्ताको गुणगान गरिराखेका हुन्छन् । र यिनीहरूबीच राम्रो फैसला (न्याय) गरिनेछ र भनिनेछः ‘‘सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो, जो सम्पूर्ण जगतको पालनकर्ता हो” ।

Read Surah Az-Zumar in another language

All languages

All 114 surahs in Nepali: the Qur’an in Nepali.

Learn it in MyDugsi

Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.