Surah Az-Zukhruf in Nepali: translation and audio
Surah 43 · الزخرف · The Ornaments of Gold · 89 verses
Surah Az-Zukhruf verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Az-Zukhruf word by word in English.
Verse 1
حمٓ
Transliteration hha-meem
Nepali १) हा. मीम,
Verse 2
وَٱلْكِتَـٰبِ ٱلْمُبِينِ
Transliteration wal-kitābi l-mubīni
Nepali २) र स्पष्ट किताबको कसम ।
Verse 3
إِنَّا جَعَلْنَـٰهُ قُرْءَٰنًا عَرَبِيًّا لَّعَلَّكُمْ تَعْقِلُونَ
Transliteration innā jaʿalnāhu qur'ānan ʿarabiyyan laʿallakum taʿqilūna
Nepali ३) हामीले यसलाई अरबी भाषाको कुरआन बनायौं ताकि तिमीहरू बुझ्नसक ।
Verse 4
وَإِنَّهُۥ فِىٓ أُمِّ ٱلْكِتَـٰبِ لَدَيْنَا لَعَلِىٌّ حَكِيمٌ
Transliteration wa-innahu fī ummi l-kitābi ladaynā laʿaliyyun ḥakīmun
Nepali ४) र निश्चय नै यो लौहे महफूजमा अङ्कित छ, र हाम्रो पासमा धेरै उच्चकोटिको, तत्वदर्शीताले परिपूर्ण छ ।
Verse 5
أَفَنَضْرِبُ عَنكُمُ ٱلذِّكْرَ صَفْحًا أَن كُنتُمْ قَوْمًا مُّسْرِفِينَ
Transliteration afanaḍribu ʿankumu l-dhik'ra ṣafḥan an kuntum qawman mus'rifīna
Nepali ५) के यस कारणले कि तिमी उल्लंघनकारी हौ, हामीले तिमीलाई उपदेश गर्न छाडिदिन्छौं ।
Verse 6
وَكَمْ أَرْسَلْنَا مِن نَّبِىٍّ فِى ٱلْأَوَّلِينَ
Transliteration wakam arsalnā min nabiyyin fī l-awalīna
Nepali ६) हामीले पहिलाका मानसिहरूमा पनि कैयन् पैगम्बरहरू पठाएका थियौं ।
Verse 7
وَمَا يَأْتِيهِم مِّن نَّبِىٍّ إِلَّا كَانُوا۟ بِهِۦ يَسْتَهْزِءُونَ
Transliteration wamā yatīhim min nabiyyin illā kānū bihi yastahziūna
Nepali ७) जो रसूल उनीहरूको पासमा आए, उनीहरूले उसको उपहास नै गर्दथे ।
Verse 8
فَأَهْلَكْنَآ أَشَدَّ مِنْهُم بَطْشًا وَمَضَىٰ مَثَلُ ٱلْأَوَّلِينَ
Transliteration fa-ahlaknā ashadda min'hum baṭshan wamaḍā mathalu l-awalīna
Nepali ८) अन्ततः हामीले तिनीहरूलाई समातेर नष्ट गरिदियौं जुन उनीहरूभन्दा धेरै शक्तिशाली थिए र पहिलाका मानिसहरूको उदाहरण गुज्रिसकेको छ ।
Verse 9
وَلَئِن سَأَلْتَهُم مَّنْ خَلَقَ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضَ لَيَقُولُنَّ خَلَقَهُنَّ ٱلْعَزِيزُ ٱلْعَلِيمُ
Transliteration wala-in sa-altahum man khalaqa l-samāwāti wal-arḍa layaqūlunna khalaqahunna l-ʿazīzu l-ʿalīmu
Nepali ९) यदि तपाईले उनीहरूसित सोध्नुहुन्छ कि ‘‘आकाशहरू र धरतीलाई कसले सृष्टि गर्यो ?’’ त उनीहरूले अवश्य नै भन्नेछन्ः कि ‘‘तिनीहरूलाई अत्यन्त अधिपत्यशाली, सर्वज्ञाता (अल्लाह)ले सृष्टि गरेको छ ।’’
Verse 10
ٱلَّذِى جَعَلَ لَكُمُ ٱلْأَرْضَ مَهْدًا وَجَعَلَ لَكُمْ فِيهَا سُبُلًا لَّعَلَّكُمْ تَهْتَدُونَ
Transliteration alladhī jaʿala lakumu l-arḍa mahdan wajaʿala lakum fīhā subulan laʿallakum tahtadūna
Nepali १०) उही हो जसले तिम्रो निम्ति धरतीलाई ओछ्यान बनायो र त्यसमा तिम्रो निम्ति मार्गहरू बनायो ताकि तिमीले बाटो पाउन सक ।
Verse 11
وَٱلَّذِى نَزَّلَ مِنَ ٱلسَّمَآءِ مَآءًۢ بِقَدَرٍ فَأَنشَرْنَا بِهِۦ بَلْدَةً مَّيْتًا ۚ كَذَٰلِكَ تُخْرَجُونَ
Transliteration wa-alladhī nazzala mina l-samāi māan biqadarin fa-ansharnā bihi baldatan maytan kadhālika tukh'rajūna
Nepali ११) उसैले आकाशबाट एउटा अनुमान अनुसार पानी झार्यो, र हामीले उसद्वारा मृत शहरलाई जीवित पार्यौं । यसै प्रकार तिमीहरू पनि निकालिने छौ ।
Verse 12
وَٱلَّذِى خَلَقَ ٱلْأَزْوَٰجَ كُلَّهَا وَجَعَلَ لَكُم مِّنَ ٱلْفُلْكِ وَٱلْأَنْعَـٰمِ مَا تَرْكَبُونَ
Transliteration wa-alladhī khalaqa l-azwāja kullahā wajaʿala lakum mina l-ful'ki wal-anʿāmi mā tarkabūna
Nepali १२) जसले विभिन्न कुराहरूका जोडाहरू बनायो र तिम्रो निम्ति ती डुङ्गाहरू र जनावर बनायो जसमाथि तिमी सवारी गर्दछौ ।
Verse 13
لِتَسْتَوُۥا۟ عَلَىٰ ظُهُورِهِۦ ثُمَّ تَذْكُرُوا۟ نِعْمَةَ رَبِّكُمْ إِذَا ٱسْتَوَيْتُمْ عَلَيْهِ وَتَقُولُوا۟ سُبْحَـٰنَ ٱلَّذِى سَخَّرَ لَنَا هَـٰذَا وَمَا كُنَّا لَهُۥ مُقْرِنِينَ
Transliteration litastawū ʿalā ẓuhūrihi thumma tadhkurū niʿ'mata rabbikum idhā is'tawaytum ʿalayhi wataqūlū sub'ḥāna alladhī sakhara lanā hādhā wamā kunnā lahu muq'rinīna
Nepali १३) ताकि तिमी उनीहरूको पिठ्युँमा दृढ भई बस्न सक, अनि यादगर आफ्नो पालनकर्ताको अनुकम्पालाई, जब तिमी उनीहरूमाथि राम्रो सँग बसिहाल्छौ र सतुति गरः ‘‘महिमावान छ त्यो जसले यसलाई हाम्रो वशमा गरिदियो, अन्यथा हामीले त यसलाई नियन्त्रणमा गर्नसक्ने थिएनौं ।’’
Verse 14
وَإِنَّآ إِلَىٰ رَبِّنَا لَمُنقَلِبُونَ
Transliteration wa-innā ilā rabbinā lamunqalibūna
Nepali १४) र निश्चित छ हामी आफ्नो पालनकर्तातिर फर्केर जानेवाला छौं ।’’
Verse 15
وَجَعَلُوا۟ لَهُۥ مِنْ عِبَادِهِۦ جُزْءًا ۚ إِنَّ ٱلْإِنسَـٰنَ لَكَفُورٌ مُّبِينٌ
Transliteration wajaʿalū lahu min ʿibādihi juz'an inna l-insāna lakafūrun mubīnun
Nepali १५) र उनीहरूले उसका दासहरूमध्येबाट केहीलाई उसको अंश (सन्तान) निर्धारित गरे । निश्चय नै मनुष्य खुलारूपमा कृतध्न छ ।
Verse 16
أَمِ ٱتَّخَذَ مِمَّا يَخْلُقُ بَنَاتٍ وَأَصْفَىٰكُم بِٱلْبَنِينَ
Transliteration ami ittakhadha mimmā yakhluqu banātin wa-aṣfākum bil-banīna
Nepali १६) के उसले आफ्नो सृष्टिमध्येबाट आफ्नो निम्ति छोरीहरू रोज्यो, र तिमीलाई छोराहरू प्रदान गर्यो ।
Verse 17
وَإِذَا بُشِّرَ أَحَدُهُم بِمَا ضَرَبَ لِلرَّحْمَـٰنِ مَثَلًا ظَلَّ وَجْهُهُۥ مُسْوَدًّا وَهُوَ كَظِيمٌ
Transliteration wa-idhā bushira aḥaduhum bimā ḍaraba lilrraḥmāni mathalan ẓalla wajhuhu mus'waddan wahuwa kaẓīmun
Nepali १७) जब उनीहरूमध्ये कसैलाई त्यस कुराको सूचना दिइन्छ, जसको उदाहरण उसले अल्लाहको निम्ति वर्णन गरेको छ, तब उसको अनुहार कालो भइहाल्छ र शोकशोकालु भइहाल्छ ।
Verse 18
أَوَمَن يُنَشَّؤُا۟ فِى ٱلْحِلْيَةِ وَهُوَ فِى ٱلْخِصَامِ غَيْرُ مُبِينٍ
Transliteration awaman yunasha-u fī l-ḥil'yati wahuwa fī l-khiṣāmi ghayru mubīnin
Nepali १८) के (अल्लाहका सन्तान छोरीहरू छन्) जो आभूषणमा पालिन्छ र जसले वादविवाद र झगडामा आफ्ना कुरा स्पष्ट गर्न सक्दैन ?
Verse 19
وَجَعَلُوا۟ ٱلْمَلَـٰٓئِكَةَ ٱلَّذِينَ هُمْ عِبَـٰدُ ٱلرَّحْمَـٰنِ إِنَـٰثًا ۚ أَشَهِدُوا۟ خَلْقَهُمْ ۚ سَتُكْتَبُ شَهَـٰدَتُهُمْ وَيُسْـَٔلُونَ
Transliteration wajaʿalū l-malāikata alladhīna hum ʿibādu l-raḥmāni ināthan ashahidū khalqahum satuk'tabu shahādatuhum wayus'alūna
Nepali १९) र उनीहरूले फरिश्ताहरूलाई, जो कि अल्लाहका भक्त हुन्, स्त्री ठानिहाले । के उनीहरूको जन्मेको समयमा यिनी उपस्थित थिए ? उनीहरूको यो गवाही लेखिनेछ र यस कुराबारे उनीहरूसित सोधपूछ गरिनेछ ।
Verse 20
وَقَالُوا۟ لَوْ شَآءَ ٱلرَّحْمَـٰنُ مَا عَبَدْنَـٰهُم ۗ مَّا لَهُم بِذَٰلِكَ مِنْ عِلْمٍ ۖ إِنْ هُمْ إِلَّا يَخْرُصُونَ
Transliteration waqālū law shāa l-raḥmānu mā ʿabadnāhum mā lahum bidhālika min ʿil'min in hum illā yakhruṣūna
Nepali २०) र भन्दछन्ः कि ‘‘यदि अल्लाहले चाहेको भए, हामीहरूले उनीहरूलाई पूज्दैनथ्यौं ।’’ उनीहरूलाई यसको केही ज्ञान छैन, उनीहरू त मात्र अटकलबाजी गरिराखेका छन् ।
Verse 21
أَمْ ءَاتَيْنَـٰهُمْ كِتَـٰبًا مِّن قَبْلِهِۦ فَهُم بِهِۦ مُسْتَمْسِكُونَ
Transliteration am ātaynāhum kitāban min qablihi fahum bihi mus'tamsikūna
Nepali २१) ‘‘के हामीले उनीहरूलाई यसभन्दा अगाडि कुनै किताब दिएका थियौं, जसलाई यिनीहरूले दृढतापूर्वक समातेका छन् ।
Verse 22
بَلْ قَالُوٓا۟ إِنَّا وَجَدْنَآ ءَابَآءَنَا عَلَىٰٓ أُمَّةٍ وَإِنَّا عَلَىٰٓ ءَاثَـٰرِهِم مُّهْتَدُونَ
Transliteration bal qālū innā wajadnā ābāanā ʿalā ummatin wa-innā ʿalā āthārihim muh'tadūna
Nepali २२) होइन बरु यिनीहरू त भन्दछन् कि ‘‘हामीले आफ्ना बबुबाजेलाई एउटा धर्मको मार्गमा पाएका छौं । र हामी उनैका पदचिन्हमा हिंडिराखेका छौं ।’’
Verse 23
وَكَذَٰلِكَ مَآ أَرْسَلْنَا مِن قَبْلِكَ فِى قَرْيَةٍ مِّن نَّذِيرٍ إِلَّا قَالَ مُتْرَفُوهَآ إِنَّا وَجَدْنَآ ءَابَآءَنَا عَلَىٰٓ أُمَّةٍ وَإِنَّا عَلَىٰٓ ءَاثَـٰرِهِم مُّقْتَدُونَ
Transliteration wakadhālika mā arsalnā min qablika fī qaryatin min nadhīrin illā qāla mut'rafūhā innā wajadnā ābāanā ʿalā ummatin wa-innā ʿalā āthārihim muq'tadūna
Nepali २३) र यसै प्रकार हामी जुनसुकै बस्तीमा यसभन्दा पहिला कुनै सावधान गर्नेवाला पठायौं त त्यहाँका सम्पन्न मानिसहरूले मात्र यहि भनेः कि ‘‘हामीले आफ्ना बाबुबाजेलाई एउटा धार्मिक मार्गमा पाएका छौं र हामीले उनैका पदचिन्हमा उनीहरूको अनुशरण गर्नेछौं ।’’
Verse 24
۞ قَـٰلَ أَوَلَوْ جِئْتُكُم بِأَهْدَىٰ مِمَّا وَجَدتُّمْ عَلَيْهِ ءَابَآءَكُمْ ۖ قَالُوٓا۟ إِنَّا بِمَآ أُرْسِلْتُم بِهِۦ كَـٰفِرُونَ
Transliteration qāla awalaw ji'tukum bi-ahdā mimmā wajadttum ʿalayhi ābāakum qālū innā bimā ur'sil'tum bihi kāfirūna
Nepali २४) (पैगम्बरले) भने पनि कि ‘‘के यदि म त्यसभन्दा उत्तम (लक्ष्यसम्म पुग्ने) मार्गदर्शन लिएर आएको छु, जसमा तिमीले आफ्नो बाबुबाजेलाई पाएका छौं तैपनि ? उनीहरूले भन्न थालेः कि ‘‘जुन तिमीलाई दिएर पठाइएको छ हामीले त्यसको इन्कारी छौं ।’’
Verse 25
فَٱنتَقَمْنَا مِنْهُمْ ۖ فَٱنظُرْ كَيْفَ كَانَ عَـٰقِبَةُ ٱلْمُكَذِّبِينَ
Transliteration fa-intaqamnā min'hum fa-unẓur kayfa kāna ʿāqibatu l-mukadhibīna
Nepali २५) अनि हामीले उनीसित बदला लियौं । त हेरिहाल कि झूठा भन्नेहरूको परिणाम कस्तो भयो ?
Verse 26
وَإِذْ قَالَ إِبْرَٰهِيمُ لِأَبِيهِ وَقَوْمِهِۦٓ إِنَّنِى بَرَآءٌ مِّمَّا تَعْبُدُونَ
Transliteration wa-idh qāla ib'rāhīmu li-abīhi waqawmihi innanī barāon mimmā taʿbudūna
Nepali २६) जब इब्राहीम(अलैहिस्सलाम)ले आफ्नो पिता र आफ्नो जातिबन्धुसित भनेः कि ‘‘तिमीले जसलाई पूज्दछौ, उनीहरूसित मेरो कुनै सरोकार छैन ?
Verse 27
إِلَّا ٱلَّذِى فَطَرَنِى فَإِنَّهُۥ سَيَهْدِينِ
Transliteration illā alladhī faṭaranī fa-innahu sayahdīni
Nepali २७) हो, जसले मलाई सृष्टि गरेको छ, त्यसले मलाई सोझो बाटो पनि देखाउनेछ ।’’
Verse 28
وَجَعَلَهَا كَلِمَةًۢ بَاقِيَةً فِى عَقِبِهِۦ لَعَلَّهُمْ يَرْجِعُونَ
Transliteration wajaʿalahā kalimatan bāqiyatan fī ʿaqibihi laʿallahum yarjiʿūna
Nepali २८) र (इब्राहीम) यही कुरा आफ्ना सन्ततिमा छोडेर गए, ताकि उनीहरू शिर्क नगरुन् ।
Verse 29
بَلْ مَتَّعْتُ هَـٰٓؤُلَآءِ وَءَابَآءَهُمْ حَتَّىٰ جَآءَهُمُ ٱلْحَقُّ وَرَسُولٌ مُّبِينٌ
Transliteration bal mattaʿtu hāulāi waābāahum ḥattā jāahumu l-ḥaqu warasūlun mubīnun
Nepali २९) बरु मैले यिनीहरू र यिनीहरूको पूर्वजलाई साँसारिक जीवनको सुख प्रदान गरिराखें, यहाँसम्म कि उनीहरूको पासमा सत्य र स्पष्टरूपले व्याख्या गर्ने रसूल (सन्देष्टा) आइपुग्यो ।
Verse 30
وَلَمَّا جَآءَهُمُ ٱلْحَقُّ قَالُوا۟ هَـٰذَا سِحْرٌ وَإِنَّا بِهِۦ كَـٰفِرُونَ
Transliteration walammā jāahumu l-ḥaqu qālū hādhā siḥ'run wa-innā bihi kāfirūna
Nepali ३०) र जब उनीहरूको पासमा सत्य आयो त भन्नथालेः कि ‘‘यो त जादू हो । र हामीले यसलाई मान्दैनौं ।’’
Verse 31
وَقَالُوا۟ لَوْلَا نُزِّلَ هَـٰذَا ٱلْقُرْءَانُ عَلَىٰ رَجُلٍ مِّنَ ٱلْقَرْيَتَيْنِ عَظِيمٍ
Transliteration waqālū lawlā nuzzila hādhā l-qur'ānu ʿalā rajulin mina l-qaryatayni ʿaẓīmin
Nepali ३१) र भन्न थालेः कि ‘‘यो कुरआन यी दुवै बस्तीहरूमध्ये कुनै ठूलो मानिसमाथि किन अवतरित गरिएन ?’’
Verse 32
أَهُمْ يَقْسِمُونَ رَحْمَتَ رَبِّكَ ۚ نَحْنُ قَسَمْنَا بَيْنَهُم مَّعِيشَتَهُمْ فِى ٱلْحَيَوٰةِ ٱلدُّنْيَا ۚ وَرَفَعْنَا بَعْضَهُمْ فَوْقَ بَعْضٍ دَرَجَـٰتٍ لِّيَتَّخِذَ بَعْضُهُم بَعْضًا سُخْرِيًّا ۗ وَرَحْمَتُ رَبِّكَ خَيْرٌ مِّمَّا يَجْمَعُونَ
Transliteration ahum yaqsimūna raḥmata rabbika naḥnu qasamnā baynahum maʿīshatahum fī l-ḥayati l-dun'yā warafaʿnā baʿḍahum fawqa baʿḍin darajātin liyattakhidha baʿḍuhum baʿḍan sukh'riyyan waraḥmatu rabbika khayrun mimmā yajmaʿūna
Nepali ३२) के उनीहरूले तपाईको पालनकर्ताको दयालुतालाई विभाजित गर्दछन् ? सांसारिक जीवनमा उनीहरूको जीवनयापनको साधन हामीले नै उनीहरूको बीचमा बाँडेका छौं, र हामीले उनीहरूमध्ये केही मानिसहरूलाई केही अन्य मानिसहरूभन्दा श्रेणीहरूको दृष्टिले उच्च राखेका छौं, ताकि उनीहरूले एक–अर्काको मातहतमा रहुन् । र तपाईको पालनकर्ताको दयालुता त्यसभन्दा धेरै उत्तम छ जसलाई उनीहरूले समेटिराखेका छन् ।
Verse 33
وَلَوْلَآ أَن يَكُونَ ٱلنَّاسُ أُمَّةً وَٰحِدَةً لَّجَعَلْنَا لِمَن يَكْفُرُ بِٱلرَّحْمَـٰنِ لِبُيُوتِهِمْ سُقُفًا مِّن فِضَّةٍ وَمَعَارِجَ عَلَيْهَا يَظْهَرُونَ
Transliteration walawlā an yakūna l-nāsu ummatan wāḥidatan lajaʿalnā liman yakfuru bil-raḥmāni libuyūtihim suqufan min fiḍḍatin wamaʿārija ʿalayhā yaẓharūna
Nepali ३३) र यदि यस कुराको सम्भावना नभएको भए कि सबै मानिसहरू एउटै समुदाय भइहाल्नेछन्, त जुन मानिसहरूले अल्लाहको इन्कार गर्दछन् हामीले उनीहरूको घरका छतहरू चाँदीको बनाइदिन्थ्यौं र सीढ़ीहरूलाई पनि जसबाट उनीहरू चढ्छन् ।
Verse 34
وَلِبُيُوتِهِمْ أَبْوَٰبًا وَسُرُرًا عَلَيْهَا يَتَّكِـُٔونَ
Transliteration walibuyūtihim abwāban wasururan ʿalayhā yattakiūna
Nepali ३४) र उनीहरूको घरका ढोकाहरू र ती तख्ताहरू पनि जसमाथि उनीहरू ताकिया लगाएर बस्दछन् ।
Verse 35
وَزُخْرُفًا ۚ وَإِن كُلُّ ذَٰلِكَ لَمَّا مَتَـٰعُ ٱلْحَيَوٰةِ ٱلدُّنْيَا ۚ وَٱلْـَٔاخِرَةُ عِندَ رَبِّكَ لِلْمُتَّقِينَ
Transliteration wazukh'rufan wa-in kullu dhālika lammā matāʿu l-ḥayati l-dun'yā wal-ākhiratu ʿinda rabbika lil'muttaqīna
Nepali ३५) र सुनद्वारा पनि, यो सब मात्र सांसारिक जीवनको अस्थायी सुख सामग्री हुन् र परलोक त तपाईको पालनकर्ताकहाँ संयमीहरूको निम्ति हो ।
Verse 36
وَمَن يَعْشُ عَن ذِكْرِ ٱلرَّحْمَـٰنِ نُقَيِّضْ لَهُۥ شَيْطَـٰنًا فَهُوَ لَهُۥ قَرِينٌ
Transliteration waman yaʿshu ʿan dhik'ri l-raḥmāni nuqayyiḍ lahu shayṭānan fahuwa lahu qarīnun
Nepali ३६) र जुन मानिस अल्लाहको स्मरणबाट आँखा चिम्लन्छ, हामीले उसको निम्ति एउटा शैतान नियुक्त गरिदिन्छौं, अनि उही उसको साथी हुन्छ ।
Verse 37
وَإِنَّهُمْ لَيَصُدُّونَهُمْ عَنِ ٱلسَّبِيلِ وَيَحْسَبُونَ أَنَّهُم مُّهْتَدُونَ
Transliteration wa-innahum layaṣuddūnahum ʿani l-sabīli wayaḥsabūna annahum muh'tadūna
Nepali ३७) र यिनिहरूले उनलाई मार्गबाट रोक्छन् र उनीहरूले ठान्दछन् कि सही मार्गमा छन् ।
Verse 38
حَتَّىٰٓ إِذَا جَآءَنَا قَالَ يَـٰلَيْتَ بَيْنِى وَبَيْنَكَ بُعْدَ ٱلْمَشْرِقَيْنِ فَبِئْسَ ٱلْقَرِينُ
Transliteration ḥattā idhā jāanā qāla yālayta baynī wabaynaka buʿ'da l-mashriqayni fabi'sa l-qarīnu
Nepali ३८) यहाँसम्म कि जब ऊ हाम्रो पासमा आउनेछ तब भन्नेछ कि ‘‘काश ! तिम्रो र मेरोबीच पूर्व र पश्चिमको दूरी भएको भए ! तिमी धेरै नराम्रो साथी हौ ।’’
Verse 39
وَلَن يَنفَعَكُمُ ٱلْيَوْمَ إِذ ظَّلَمْتُمْ أَنَّكُمْ فِى ٱلْعَذَابِ مُشْتَرِكُونَ
Transliteration walan yanfaʿakumu l-yawma idh ẓalamtum annakum fī l-ʿadhābi mush'tarikūna
Nepali ३९) र जब तिमी अत्याचारी ठह्रियौ त आज यो कुराले तिमीलाई कुनै लाभ पुर्याउन सक्नेछैन कि यातनामा तिमी एक–अर्काको साझेदार हौ ।
Verse 40
أَفَأَنتَ تُسْمِعُ ٱلصُّمَّ أَوْ تَهْدِى ٱلْعُمْىَ وَمَن كَانَ فِى ضَلَـٰلٍ مُّبِينٍ
Transliteration afa-anta tus'miʿu l-ṣuma aw tahdī l-ʿum'ya waman kāna fī ḍalālin mubīnin
Nepali ४०) के तिमीले बहिरालाई सुनाउन सक्दछौ वा अन्धालाई र जो स्पष्ट मार्गविचलनमा छ, उनलाई बाटो देखाउन सक्दछौ ?
Verse 41
فَإِمَّا نَذْهَبَنَّ بِكَ فَإِنَّا مِنْهُم مُّنتَقِمُونَ
Transliteration fa-immā nadhhabanna bika fa-innā min'hum muntaqimūna
Nepali ४१) अनि यदि हामीले तिमीलाई यहाँबाट उठाई पनि हाल्यौं तैपनि हामीले उनीसित बदला लिएर नै छाड्नेछौं ।
Verse 42
أَوْ نُرِيَنَّكَ ٱلَّذِى وَعَدْنَـٰهُمْ فَإِنَّا عَلَيْهِم مُّقْتَدِرُونَ
Transliteration aw nuriyannaka alladhī waʿadnāhum fa-innā ʿalayhim muq'tadirūna
Nepali ४२) वा हामीले तिमीलाई त्यो चीज देखाउनेछौं । जसको हामीले उनीसित वाचा गरेका छौं । हामीलाई उनीहरूमाथि पूरा सामथ्र्य छ ।
Verse 43
فَٱسْتَمْسِكْ بِٱلَّذِىٓ أُوحِىَ إِلَيْكَ ۖ إِنَّكَ عَلَىٰ صِرَٰطٍ مُّسْتَقِيمٍ
Transliteration fa-is'tamsik bi-alladhī ūḥiya ilayka innaka ʿalā ṣirāṭin mus'taqīmin
Nepali ४३) जुन वह्य तपाईतिर पठाइएको छ त्यसलाई बलियो गरी समातिराख्नुस् । निश्चय नै तपाई सोझो मार्गमा हुनुहुन्छ ।
Verse 44
وَإِنَّهُۥ لَذِكْرٌ لَّكَ وَلِقَوْمِكَ ۖ وَسَوْفَ تُسْـَٔلُونَ
Transliteration wa-innahu ladhik'run laka waliqawmika wasawfa tus'alūna
Nepali ४४) निश्चय नै त्यो आफैमा तपाईको निम्ति र तिम्रो कौमको लागि उपदेश हो । र शीघ्र नै तिमी सबैसित सोधिनेछ ।
Verse 45
وَسْـَٔلْ مَنْ أَرْسَلْنَا مِن قَبْلِكَ مِن رُّسُلِنَآ أَجَعَلْنَا مِن دُونِ ٱلرَّحْمَـٰنِ ءَالِهَةً يُعْبَدُونَ
Transliteration wasal man arsalnā min qablika min rusulinā ajaʿalnā min dūni l-raḥmāni ālihatan yuʿ'badūna
Nepali ४५) र (हे मुहम्मद !) जुन संदेष्टाहरू हामीले तपाईभन्दा पहिला पठाएका थियौं उनको बारेमा सोध्नुस् कि के हामीले अल्लाह बाहेक पनि कोही पूजनीय निर्धारित गरेका थियौं, जसको उपासना गरियोस् ?
Verse 46
وَلَقَدْ أَرْسَلْنَا مُوسَىٰ بِـَٔايَـٰتِنَآ إِلَىٰ فِرْعَوْنَ وَمَلَإِي۟هِۦ فَقَالَ إِنِّى رَسُولُ رَبِّ ٱلْعَـٰلَمِينَ
Transliteration walaqad arsalnā mūsā biāyātinā ilā fir'ʿawna wamala-ihi faqāla innī rasūlu rabbi l-ʿālamīna
Nepali ४६) र हामीले ‘‘मूसा (अलैहिस्सलाम) लाई’’ आफ्ना निशानीहरू दिएर ‘‘फिरऔन’’ र उसका दरबारीयाहरूतिर पठायौं, ‘‘त (मूसा गएर) भने म समस्त दुनियाँको पालनकर्ताको रसूल हूँ ।’’
Verse 47
فَلَمَّا جَآءَهُم بِـَٔايَـٰتِنَآ إِذَا هُم مِّنْهَا يَضْحَكُونَ
Transliteration falammā jāahum biāyātinā idhā hum min'hā yaḍḥakūna
Nepali ४७) जब उनी तिनीहरूको पासमा हाम्रा निशानीहरू लिएर आए त उनीहरू निशानीहरूको उपहास गर्न थाले ।
Verse 48
وَمَا نُرِيهِم مِّنْ ءَايَةٍ إِلَّا هِىَ أَكْبَرُ مِنْ أُخْتِهَا ۖ وَأَخَذْنَـٰهُم بِٱلْعَذَابِ لَعَلَّهُمْ يَرْجِعُونَ
Transliteration wamā nurīhim min āyatin illā hiya akbaru min ukh'tihā wa-akhadhnāhum bil-ʿadhābi laʿallahum yarjiʿūna
Nepali ४८) र हामीले उनीहरूलाई जुन निशानी पनि देखाउन्थ्यौं, त्यो पहिलो निशानीभन्दा ठूलो हुन्थ्यो, र हामीले उनलाई यातनामा समातिहाल्यौं ताकि तिनीहरू (इन्कारबाट) फर्कुन् ।
Verse 49
وَقَالُوا۟ يَـٰٓأَيُّهَ ٱلسَّاحِرُ ٱدْعُ لَنَا رَبَّكَ بِمَا عَهِدَ عِندَكَ إِنَّنَا لَمُهْتَدُونَ
Transliteration waqālū yāayyuha l-sāḥiru ud'ʿu lanā rabbaka bimā ʿahida ʿindaka innanā lamuh'tadūna
Nepali ४९) र उनीहरूले भन्न थाले कि ‘‘हे जादूगर ! त्यो वचन जुन उसले हाम्रो निम्ति तिमीसित गरेको छ, त्यसको लागि आफ्नो पालनकर्तासित प्रार्थना गर । विश्वास गर हामी सोझो मार्गमा लाग्नेछौं ।’’
Verse 50
فَلَمَّا كَشَفْنَا عَنْهُمُ ٱلْعَذَابَ إِذَا هُمْ يَنكُثُونَ
Transliteration falammā kashafnā ʿanhumu l-ʿadhāba idhā hum yankuthūna
Nepali ५०) अनि जब हामीले उनीहरूबाट त्यो यातना हटाइदियौं त उनीहरूले त्यसै बखत आफ्नो प्रतिज्ञा तोडिदिए ।
Verse 51
وَنَادَىٰ فِرْعَوْنُ فِى قَوْمِهِۦ قَالَ يَـٰقَوْمِ أَلَيْسَ لِى مُلْكُ مِصْرَ وَهَـٰذِهِ ٱلْأَنْهَـٰرُ تَجْرِى مِن تَحْتِىٓ ۖ أَفَلَا تُبْصِرُونَ
Transliteration wanādā fir'ʿawnu fī qawmihi qāla yāqawmi alaysa lī mul'ku miṣ'ra wahādhihi l-anhāru tajrī min taḥtī afalā tub'ṣirūna
Nepali ५१) र फिरऔनले आफ्नो कौमको माझमा झ्याली पिटायो र भन्योः कि ‘‘हे मेरा कौमका मानिसहरू ! के मिश्रको राज्य मेरो होइन ? र यी नहरहरू जो मेरो महलहरूमुनि बगिराखेका छन् ? के तिमीले देख्दैनौ ?
Verse 52
أَمْ أَنَا۠ خَيْرٌ مِّنْ هَـٰذَا ٱلَّذِى هُوَ مَهِينٌ وَلَا يَكَادُ يُبِينُ
Transliteration am anā khayrun min hādhā alladhī huwa mahīnun walā yakādu yubīnu
Nepali ५२) बरु म त्यो व्यक्ति जसको कुनै इज्जत छैन र स्पष्ट बोल्न पनि सक्दैन उसभन्दा राम्रो छु ।’’
Verse 53
فَلَوْلَآ أُلْقِىَ عَلَيْهِ أَسْوِرَةٌ مِّن ذَهَبٍ أَوْ جَآءَ مَعَهُ ٱلْمَلَـٰٓئِكَةُ مُقْتَرِنِينَ
Transliteration falawlā ul'qiya ʿalayhi aswiratun min dhahabin aw jāa maʿahu l-malāikatu muq'tarinīna
Nepali ५३) अच्छा उसमाथि सुनका कङ्गन किन आएनन् वा फरिश्ताहरू नै एकत्रित भएर उसको साथमा आउँथे ?
Verse 54
فَٱسْتَخَفَّ قَوْمَهُۥ فَأَطَاعُوهُ ۚ إِنَّهُمْ كَانُوا۟ قَوْمًا فَـٰسِقِينَ
Transliteration fa-is'takhaffa qawmahu fa-aṭāʿūhu innahum kānū qawman fāsiqīna
Nepali ५४) उसले आफ्नो कौमका मानिसहरूलाई मूर्ख बनायो, र उनीहरूले उसकै कुरा मानिहाले । निश्चय नै उनीहरू अवज्ञाकारी मानिसहरू थिए ।
Verse 55
فَلَمَّآ ءَاسَفُونَا ٱنتَقَمْنَا مِنْهُمْ فَأَغْرَقْنَـٰهُمْ أَجْمَعِينَ
Transliteration falammā āsafūnā intaqamnā min'hum fa-aghraqnāhum ajmaʿīna
Nepali ५५) फेरि जब उनीहरूले हामीलाई क्रोध दिलाए त हामीले उनीहरूसित बदला लियौं र हामीले ती सबैलाई डुबाइदियौं ।
Verse 56
فَجَعَلْنَـٰهُمْ سَلَفًا وَمَثَلًا لِّلْـَٔاخِرِينَ
Transliteration fajaʿalnāhum salafan wamathalan lil'ākhirīna
Nepali ५६) अतः हामीले उनीहरूलाई बितिसकेका गरिदियौं र पछि आउनेहरूको निम्ति शिक्षाप्रद उदाहरण बनाइदियौं ।
Verse 57
۞ وَلَمَّا ضُرِبَ ٱبْنُ مَرْيَمَ مَثَلًا إِذَا قَوْمُكَ مِنْهُ يَصِدُّونَ
Transliteration walammā ḍuriba ub'nu maryama mathalan idhā qawmuka min'hu yaṣiddūna
Nepali ५७) र जब मरियमको छोराको उदाहरण दिइयो, त हेर, त्यसबाट तिम्रो कौमका मानिसहरू (खुशीबाट) चिच्याउन थाले ।
Verse 58
وَقَالُوٓا۟ ءَأَـٰلِهَتُنَا خَيْرٌ أَمْ هُوَ ۚ مَا ضَرَبُوهُ لَكَ إِلَّا جَدَلًۢا ۚ بَلْ هُمْ قَوْمٌ خَصِمُونَ
Transliteration waqālū aālihatunā khayrun am huwa mā ḍarabūhu laka illā jadalan bal hum qawmun khaṣimūna
Nepali ५८) र उनीहरूले भन्नथालेः कि हाम्रा उपास्यहरू राम्रा छन् वा उनी (मसीह) ? उनीहरूले यो कुरा तिमीसित झगडाको निम्ति भने, बरु उनीहरू त झगडा गर्ने खालकै मानिसहरू हुन् ।
Verse 59
إِنْ هُوَ إِلَّا عَبْدٌ أَنْعَمْنَا عَلَيْهِ وَجَعَلْنَـٰهُ مَثَلًا لِّبَنِىٓ إِسْرَٰٓءِيلَ
Transliteration in huwa illā ʿabdun anʿamnā ʿalayhi wajaʿalnāhu mathalan libanī is'rāīla
Nepali ५९) उनी (ईसा, मसीह) त यस्ता मानिस नै थिए, जसमाथि हामीले अनुकम्पा गर्यौं र उनलाई हामीले इस्राईलको सन्ततिको निम्ति एउटा आदर्श बनायौं ।
Verse 60
وَلَوْ نَشَآءُ لَجَعَلْنَا مِنكُم مَّلَـٰٓئِكَةً فِى ٱلْأَرْضِ يَخْلُفُونَ
Transliteration walaw nashāu lajaʿalnā minkum malāikatan fī l-arḍi yakhlufūna
Nepali ६०) यदि हामीले चाहेको भए तिमीहरूको सट्टा फरिश्ताहरू सृष्टि गरिदिन्थ्यौं, जो धरतीमा उत्तराधिकारी हुन्थे ।
Verse 61
وَإِنَّهُۥ لَعِلْمٌ لِّلسَّاعَةِ فَلَا تَمْتَرُنَّ بِهَا وَٱتَّبِعُونِ ۚ هَـٰذَا صِرَٰطٌ مُّسْتَقِيمٌ
Transliteration wa-innahu laʿil'mun lilssāʿati falā tamtarunna bihā wa-ittabiʿūni hādhā ṣirāṭun mus'taqīmun
Nepali ६१) निःसन्देह उनी (ईसा मसीह) कियामतका निशानी हुन् । तसर्थ तिमीहरू कियामतमाथि शंका नगर र मेरो कुरा मान । यही सोझो बाटो हो ।
Verse 62
وَلَا يَصُدَّنَّكُمُ ٱلشَّيْطَـٰنُ ۖ إِنَّهُۥ لَكُمْ عَدُوٌّ مُّبِينٌ
Transliteration walā yaṣuddannakumu l-shayṭānu innahu lakum ʿaduwwun mubīnun
Nepali ६२) र शैतानले तिमीलाई रोकी नदेओस् त्यो त तिम्रो खुल्लारूपमा शत्रु हो ।
Verse 63
وَلَمَّا جَآءَ عِيسَىٰ بِٱلْبَيِّنَـٰتِ قَالَ قَدْ جِئْتُكُم بِٱلْحِكْمَةِ وَلِأُبَيِّنَ لَكُم بَعْضَ ٱلَّذِى تَخْتَلِفُونَ فِيهِ ۖ فَٱتَّقُوا۟ ٱللَّهَ وَأَطِيعُونِ
Transliteration walammā jāa ʿīsā bil-bayināti qāla qad ji'tukum bil-ḥik'mati wali-ubayyina lakum baʿḍa alladhī takhtalifūna fīhi fa-ittaqū l-laha wa-aṭīʿūni
Nepali ६३) र जब ‘‘ईसा(अलैहिस्सलाम)ले’’ चमत्कारहरू लिएर आए तब उनले भनेः ‘‘म तिम्रो पासमा तत्वदर्शिता लिएर आएको छु र केही यस्ता कुराहरू तिमीहरूलाई स्पष्ट गरिदिऊँ जसमा तिमीले मतभेद गर्दछौ यसर्थ तिमी अल्लाहसंग डर र मेरो कुरा मान ।
Verse 64
إِنَّ ٱللَّهَ هُوَ رَبِّى وَرَبُّكُمْ فَٱعْبُدُوهُ ۚ هَـٰذَا صِرَٰطٌ مُّسْتَقِيمٌ
Transliteration inna l-laha huwa rabbī warabbukum fa-uʿ'budūhu hādhā ṣirāṭun mus'taqīmun
Nepali ६४) अतः अल्लाह नै मेरो र तिम्रो पालनकर्ता हो, तसर्थ तिमीसबै उसैको उपसना गर । यही सोझो बाटो हो ।’’
Verse 65
فَٱخْتَلَفَ ٱلْأَحْزَابُ مِنۢ بَيْنِهِمْ ۖ فَوَيْلٌ لِّلَّذِينَ ظَلَمُوا۟ مِنْ عَذَابِ يَوْمٍ أَلِيمٍ
Transliteration fa-ikh'talafa l-aḥzābu min baynihim fawaylun lilladhīna ẓalamū min ʿadhābi yawmin alīmin
Nepali ६५) फेरि इस्राईलका सन्ततिहरूमध्येका धेरै समूहरूले आपसमा विवाद गरे । तसर्थ बर्बादी छ, एउटा दुःखद दिनको यातनाबाट, ती मानिसहरूको निम्ति जसले अत्याचार गरे ।
Verse 66
هَلْ يَنظُرُونَ إِلَّا ٱلسَّاعَةَ أَن تَأْتِيَهُم بَغْتَةً وَهُمْ لَا يَشْعُرُونَ
Transliteration hal yanẓurūna illā l-sāʿata an tatiyahum baghtatan wahum lā yashʿurūna
Nepali ६६) यिनीहरू मात्र यस कुराको प्रतीक्षामा छन् कि कियामत उनीहरूमाथि अचानक (एक्कासी) आइपरोस् र उनीहरूलाई थाहासम्म नहोस् ।
Verse 67
ٱلْأَخِلَّآءُ يَوْمَئِذٍۭ بَعْضُهُمْ لِبَعْضٍ عَدُوٌّ إِلَّا ٱلْمُتَّقِينَ
Transliteration al-akhilāu yawma-idhin baʿḍuhum libaʿḍin ʿaduwwun illā l-mutaqīna
Nepali ६७) त्यस दिन घनिष्ट मित्रहरू पनि एक अर्काको शत्रु बन्न पुग्नेछन्, मात्र संयमीहरू बाहेक ।
Verse 68
يَـٰعِبَادِ لَا خَوْفٌ عَلَيْكُمُ ٱلْيَوْمَ وَلَآ أَنتُمْ تَحْزَنُونَ
Transliteration yāʿibādi lā khawfun ʿalaykumu l-yawma walā antum taḥzanūna
Nepali ६८) ‘‘हे मेरो भक्तहरू ! आज न तिमीलाई कुनै भय वा हैरानी छ र न तिमी शोकाकुल हुनछौ ।’’
Verse 69
ٱلَّذِينَ ءَامَنُوا۟ بِـَٔايَـٰتِنَا وَكَانُوا۟ مُسْلِمِينَ
Transliteration alladhīna āmanū biāyātinā wakānū mus'limīna
Nepali ६९) जुन मानिसहरूले हाम्रा आयतहरूमाथि ईमान ल्याए र उनी (आज्ञाकारी) मुस्लिम थिए ।
Verse 70
ٱدْخُلُوا۟ ٱلْجَنَّةَ أَنتُمْ وَأَزْوَٰجُكُمْ تُحْبَرُونَ
Transliteration ud'khulū l-janata antum wa-azwājukum tuḥ'barūna
Nepali ७०) ‘‘तिमी र तिम्रा पत्नीहरू हर्षितरूपले स्वर्गमा प्रवेश गरिहाल ।’’
Verse 71
يُطَافُ عَلَيْهِم بِصِحَافٍ مِّن ذَهَبٍ وَأَكْوَابٍ ۖ وَفِيهَا مَا تَشْتَهِيهِ ٱلْأَنفُسُ وَتَلَذُّ ٱلْأَعْيُنُ ۖ وَأَنتُمْ فِيهَا خَـٰلِدُونَ
Transliteration yuṭāfu ʿalayhim biṣiḥāfin min dhahabin wa-akwābin wafīhā mā tashtahīhi l-anfusu wataladhu l-aʿyunu wa-antum fīhā khālidūna
Nepali ७१) उनीहरूको चारैतिर सुनका तश्तरीहरू र प्यालाहरू गुज्रनेछन् र त्यहाँ ती सबै कुरा हुनेछन् जो मन र आँखालाई रुच्छन् र आनन्दित गर्दछन् । ‘‘तिमी त्यसमा सदैव रहनेछौ ।’’
Verse 72
وَتِلْكَ ٱلْجَنَّةُ ٱلَّتِىٓ أُورِثْتُمُوهَا بِمَا كُنتُمْ تَعْمَلُونَ
Transliteration watil'ka l-janatu allatī ūrith'tumūhā bimā kuntum taʿmalūna
Nepali ७२) र यो उही स्वर्ग हो, जसको तिमी उत्तराधिकारी बनाइएका छौ, तिम्रा कर्महरूको बदलामा ।
Verse 73
لَكُمْ فِيهَا فَـٰكِهَةٌ كَثِيرَةٌ مِّنْهَا تَأْكُلُونَ
Transliteration lakum fīhā fākihatun kathīratun min'hā takulūna
Nepali ७३) यहाँ तिम्रो लागि धेरै प्रकारका स्वादिष्ट फलहरू छन् जुन तिमीले खाइरहने छौ ।’’
Verse 74
إِنَّ ٱلْمُجْرِمِينَ فِى عَذَابِ جَهَنَّمَ خَـٰلِدُونَ
Transliteration inna l-muj'rimīna fī ʿadhābi jahannama khālidūna
Nepali ७४) निःसंदेह पापीहरू सधैं नर्कको यातनामा रहनेछन् ।
Verse 75
لَا يُفَتَّرُ عَنْهُمْ وَهُمْ فِيهِ مُبْلِسُونَ
Transliteration lā yufattaru ʿanhum wahum fīhi mub'lisūna
Nepali ७५) त्यो यातना उनीहरूमाथि कहिल्यै पनि हल्का हुनेछैन्, र उनीहरू त्यसैमा निराश परिरहनेछन् ।
Verse 76
وَمَا ظَلَمْنَـٰهُمْ وَلَـٰكِن كَانُوا۟ هُمُ ٱلظَّـٰلِمِينَ
Transliteration wamā ẓalamnāhum walākin kānū humu l-ẓālimīna
Nepali ७६) र हामीले उनीमाथि अत्याचार गरेनौं, उनीहरू त स्वयं अत्याचारी थिए ।
Verse 77
وَنَادَوْا۟ يَـٰمَـٰلِكُ لِيَقْضِ عَلَيْنَا رَبُّكَ ۖ قَالَ إِنَّكُم مَّـٰكِثُونَ
Transliteration wanādaw yāmāliku liyaqḍi ʿalaynā rabbuka qāla innakum mākithūna
Nepali ७७) उनीहरूले चिच्याई–चिच्याई भन्ने छन्ः कि ‘‘हे मालिक ! तिम्रो पालनकर्ता हामीलाई मृत्यु देओस् ।’’ उसले भन्नेछ ‘‘तिमी सधैं यसैमा रहनेछौ ।’’
Verse 78
لَقَدْ جِئْنَـٰكُم بِٱلْحَقِّ وَلَـٰكِنَّ أَكْثَرَكُمْ لِلْحَقِّ كَـٰرِهُونَ
Transliteration laqad ji'nākum bil-ḥaqi walākinna aktharakum lil'ḥaqqi kārihūna
Nepali ७८) हामीले त तिम्रो पासमा सत्य लिएर आयौं, किन्तु तिमीमध्ये धेरै मानिसहरूले सत्यसँग घृणा गर्दथे ?
Verse 79
أَمْ أَبْرَمُوٓا۟ أَمْرًا فَإِنَّا مُبْرِمُونَ
Transliteration am abramū amran fa-innā mub'rimūna
Nepali ७९) के उनीहरूले कुनै कुराको दृढ प्रतिज्ञा गरिसकेका छन् ? त हामीले पनि निश्चय गरिनेवाला छौं ।
Verse 80
أَمْ يَحْسَبُونَ أَنَّا لَا نَسْمَعُ سِرَّهُمْ وَنَجْوَىٰهُم ۚ بَلَىٰ وَرُسُلُنَا لَدَيْهِمْ يَكْتُبُونَ
Transliteration am yaḥsabūna annā lā nasmaʿu sirrahum wanajwāhum balā warusulunā ladayhim yaktubūna
Nepali ८०) के उनीहरूले ठान्दछन् कि हामीले उनीहरूका गोप्य कुरा र उनीहरूका कानेखुसीलाई सुन्दैनौं ? निश्चितरूपले हो, यो सबै हामी सुन्दछौं र हामीले पठाएको फरिश्ताहरू उनीहरूको पासमा सबै कुराहरू लेख्दैछन् ।’’
Verse 81
قُلْ إِن كَانَ لِلرَّحْمَـٰنِ وَلَدٌ فَأَنَا۠ أَوَّلُ ٱلْعَـٰبِدِينَ
Transliteration qul in kāna lilrraḥmāni waladun fa-anā awwalu l-ʿābidīna
Nepali ८१) तपाई भनिदिनुस् कि ‘‘यदि अल्लाहको कोही सन्तान भएको भए त सबैभन्दा पहिले म पूज्दथें ।
Verse 82
سُبْحَـٰنَ رَبِّ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ رَبِّ ٱلْعَرْشِ عَمَّا يَصِفُونَ
Transliteration sub'ḥāna rabbi l-samāwāti wal-arḍi rabbi l-ʿarshi ʿammā yaṣifūna
Nepali ८२) यिनीहरूले जे–जति वर्णन गर्दछन्, आकाशहरू र धरती र अर्शको स्वामी त्यसभन्दा धेरै उच्च र पवित्र छ ।’’
Verse 83
فَذَرْهُمْ يَخُوضُوا۟ وَيَلْعَبُوا۟ حَتَّىٰ يُلَـٰقُوا۟ يَوْمَهُمُ ٱلَّذِى يُوعَدُونَ
Transliteration fadharhum yakhūḍū wayalʿabū ḥattā yulāqū yawmahumu alladhī yūʿadūna
Nepali ८३) अब तपाईले उनीहरूलाई यिनै बहस र छलफल र खेलहरूमा छोडिदिनुस् । यहाँसम्म कि जुन दिनको उनीसित वाचा गरिन्छ, त्यसलाई देखिहालुन् ।
Verse 84
وَهُوَ ٱلَّذِى فِى ٱلسَّمَآءِ إِلَـٰهٌ وَفِى ٱلْأَرْضِ إِلَـٰهٌ ۚ وَهُوَ ٱلْحَكِيمُ ٱلْعَلِيمُ
Transliteration wahuwa alladhī fī l-samāi ilāhun wafī l-arḍi ilāhun wahuwa l-ḥakīmu l-ʿalīmu
Nepali ८४) उही आकाशहरूमा पूज्य छ र धरतीमा पनि उही पूजनीय छ र ऊ ठूलो तत्वदर्शी र सर्वज्ञ छ ।
Verse 85
وَتَبَارَكَ ٱلَّذِى لَهُۥ مُلْكُ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ وَمَا بَيْنَهُمَا وَعِندَهُۥ عِلْمُ ٱلسَّاعَةِ وَإِلَيْهِ تُرْجَعُونَ
Transliteration watabāraka alladhī lahu mul'ku l-samāwāti wal-arḍi wamā baynahumā waʿindahu ʿil'mu l-sāʿati wa-ilayhi tur'jaʿūna
Nepali ८५) ऊ ठूलो बरकतवाला (कल्याणकारी) हो, जसको अधिकारमा आकाशहरू र धरती र जे–जति ती दुवैको बीचमा छन् सबै छन् । र उसैको पासमा कयामतको समयको ज्ञान छ र उसैतिर तिमी फर्कने छौ ।
Verse 86
وَلَا يَمْلِكُ ٱلَّذِينَ يَدْعُونَ مِن دُونِهِ ٱلشَّفَـٰعَةَ إِلَّا مَن شَهِدَ بِٱلْحَقِّ وَهُمْ يَعْلَمُونَ
Transliteration walā yamliku alladhīna yadʿūna min dūnihi l-shafāʿata illā man shahida bil-ḥaqi wahum yaʿlamūna
Nepali ८६) अल्लाह बाहेक जसलाई उनीहरूले पुकार्दछन् उनीहरूलाई सिफारिशको कुनै पनि अधिकार छैन, मात्र उसैलाई यो अधिकार प्राप्त छ जो सत्यलाई स्वीकार गर्दछन्, र उनीहरूलाई ज्ञान पनि छ ।
Verse 87
وَلَئِن سَأَلْتَهُم مَّنْ خَلَقَهُمْ لَيَقُولُنَّ ٱللَّهُ ۖ فَأَنَّىٰ يُؤْفَكُونَ
Transliteration wala-in sa-altahum man khalaqahum layaqūlunna l-lahu fa-annā yu'fakūna
Nepali ८७) यदि तपाईले उनीहरूसित सोध्नु हुन्छ कि ‘‘उनीहरूलाई कसले सृष्टि गर्यो ?’’ त उनीहरूले अवश्य भन्नेछन् कि ‘‘अल्लाहले’’ । त यिनीहरू कहाँ (विमुख भई) भौतारिराखेका छन् ?
Verse 88
وَقِيلِهِۦ يَـٰرَبِّ إِنَّ هَـٰٓؤُلَآءِ قَوْمٌ لَّا يُؤْمِنُونَ
Transliteration waqīlihi yārabbi inna hāulāi qawmun lā yu'minūna
Nepali ८८) र उस (पैगम्बर)को यो भनाई कि ‘‘हे पालनकर्ता ! यिनीहरू यस्ता मानिस हुन् जसले ईमान ल्याउँदैनन् ।’’
Verse 89
فَٱصْفَحْ عَنْهُمْ وَقُلْ سَلَـٰمٌ ۚ فَسَوْفَ يَعْلَمُونَ
Transliteration fa-iṣ'faḥ ʿanhum waqul salāmun fasawfa yaʿlamūna
Nepali ८९) त उनीहरूबाट तपाई विमुख भइहाल्नुस् र भन्नुस् ‘‘सलाम छ तिमीहरूलाई !’’ अन्ततः शीघ्र नै उनीहरूले थाहा पाइहाल्नेछन् ।
Read Surah Az-Zukhruf in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.