Surah As-Saffat in Nepali: translation and audio
Surah 37 · الصافات · Those who set the Ranks · 182 verses
Surah As-Saffat verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah As-Saffat word by word in English.
Verse 1
وَٱلصَّـٰٓفَّـٰتِ صَفًّا
Transliteration wal-ṣāfāti ṣaffan
Nepali १) कसम छ पंक्ति बाँध्नेवालाहरूको ।
Verse 2
فَٱلزَّٰجِرَٰتِ زَجْرًا
Transliteration fal-zājirāti zajran
Nepali २) फेरि बलियोरूपले हप्काउनेवालाहरूको ।
Verse 3
فَٱلتَّـٰلِيَـٰتِ ذِكْرًا
Transliteration fal-tāliyāti dhik'ran
Nepali ३) अनि कुरआन पढ्नेवालाहरूको ।
Verse 4
إِنَّ إِلَـٰهَكُمْ لَوَٰحِدٌ
Transliteration inna ilāhakum lawāḥidun
Nepali ४) निःसन्देह तिमीहरू सबैको पूज्य एउटै छ ।
Verse 5
رَّبُّ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ وَمَا بَيْنَهُمَا وَرَبُّ ٱلْمَشَـٰرِقِ
Transliteration rabbu l-samāwāti wal-arḍi wamā baynahumā warabbu l-mashāriqi
Nepali ५) आकाशहरू र धरती र जे–जति कुराहरू यिनमा छन्, सबैको र सम्पुर्ण पूर्वी दिशाहरूको मालिक पनि उही हो ।
Verse 6
إِنَّا زَيَّنَّا ٱلسَّمَآءَ ٱلدُّنْيَا بِزِينَةٍ ٱلْكَوَاكِبِ
Transliteration innā zayyannā l-samāa l-dun'yā bizīnatin l-kawākibi
Nepali ६) हामीले संसारीय आकाशलाई ताराहरूबाट सुसज्जित गर्यौं ।
Verse 7
وَحِفْظًا مِّن كُلِّ شَيْطَـٰنٍ مَّارِدٍ
Transliteration waḥif'ẓan min kulli shayṭānin māridin
Nepali ७) अट्टेरी शैतानबाट सुरक्षित राख्नको निम्ति ।
Verse 8
لَّا يَسَّمَّعُونَ إِلَى ٱلْمَلَإِ ٱلْأَعْلَىٰ وَيُقْذَفُونَ مِن كُلِّ جَانِبٍ
Transliteration lā yassammaʿūna ilā l-mala-i l-aʿlā wayuq'dhafūna min kulli jānibin
Nepali ८) माथिका फरिश्ताहरूको कुरा सुन्नको लागि तिनीहरूले कान लगाउन सक्तैनन् । अपितु सबैतिरबाट तिनीहरू मारिन्छन् ।
Verse 9
دُحُورًا ۖ وَلَهُمْ عَذَابٌ وَاصِبٌ
Transliteration duḥūran walahum ʿadhābun wāṣibun
Nepali ९) र (त्यहाँबाट) धपाइनुलाई । उनीहरूको निम्ति स्थाई यातना छ ।
Verse 10
إِلَّا مَنْ خَطِفَ ٱلْخَطْفَةَ فَأَتْبَعَهُۥ شِهَابٌ ثَاقِبٌ
Transliteration illā man khaṭifa l-khaṭfata fa-atbaʿahu shihābun thāqibun
Nepali १०) हो, कसैले (स्वर्गदूतको कुरालाई) यदि केही सुनिहाल्छ भने तुरुन्तै प्रज्वलित आगोको डल्लोले उसलाई पछ्याउँछ ।
Verse 11
فَٱسْتَفْتِهِمْ أَهُمْ أَشَدُّ خَلْقًا أَم مَّنْ خَلَقْنَآ ۚ إِنَّا خَلَقْنَـٰهُم مِّن طِينٍ لَّازِبٍۭ
Transliteration fa-is'taftihim ahum ashaddu khalqan am man khalaqnā innā khalaqnāhum min ṭīnin lāzibin
Nepali ११) यी काफिरहरूसँग सोध कि के उनीहरूको सृष्टि गर्ने काम अधिक कठिन छ, वा ती अन्य कुराहरूको, जसलाई हामीले सृष्टि गरेका छौं । हामीले उनीहरूको सृष्टि (मानिसको) लेसिलो माटोले गर्यौं ।
Verse 12
بَلْ عَجِبْتَ وَيَسْخَرُونَ
Transliteration bal ʿajib'ta wayaskharūna
Nepali १२) बरु तिमी त आश्चर्यमा छौ र उनीहरू उपहास गरिराखेका छन् ।
Verse 13
وَإِذَا ذُكِّرُوا۟ لَا يَذْكُرُونَ
Transliteration wa-idhā dhukkirū lā yadhkurūna
Nepali १३) र जब उनीहरूलाई उपदेश गरिन्छ त उनीहरूले मान्दैनन् ।
Verse 14
وَإِذَا رَأَوْا۟ ءَايَةً يَسْتَسْخِرُونَ
Transliteration wa-idhā ra-aw āyatan yastaskhirūna
Nepali १४) र जब कुनै निशानी (चमत्कार) देख्दछन् त खिल्ली उडाउँछन् ।
Verse 15
وَقَالُوٓا۟ إِنْ هَـٰذَآ إِلَّا سِحْرٌ مُّبِينٌ
Transliteration waqālū in hādhā illā siḥ'run mubīnun
Nepali १५) र भन्दछन् : ‘‘यो त मात्र एउटा प्रत्यक्ष जादू हो ।’’
Verse 16
أَءِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَـٰمًا أَءِنَّا لَمَبْعُوثُونَ
Transliteration a-idhā mit'nā wakunnā turāban waʿiẓāman a-innā lamabʿūthūna
Nepali १६) के जब हामीहरू मरिसकेका हुनेछौं र माटो र हड्डीको रूपमा परिणत हुनेछौं त के फेरि साँच्चै हामी उठाइनेछौं ?
Verse 17
أَوَءَابَآؤُنَا ٱلْأَوَّلُونَ
Transliteration awaābāunā l-awalūna
Nepali १७) ‘‘के हामीभन्दा पहिलाका हाम्रा बाबु बाजे पनि ?’’
Verse 18
قُلْ نَعَمْ وَأَنتُمْ دَٰخِرُونَ
Transliteration qul naʿam wa-antum dākhirūna
Nepali १८) तपार्इं भनिदिनुस् कि ‘‘हो ! र तिमी अपमानित पनि हुनेछौ ।’’
Verse 19
فَإِنَّمَا هِىَ زَجْرَةٌ وَٰحِدَةٌ فَإِذَا هُمْ يَنظُرُونَ
Transliteration fa-innamā hiya zajratun wāḥidatun fa-idhā hum yanẓurūna
Nepali १९) त्यो त एउटा ठूलो आवाज हुनेछ । कि यिनीहरू त्यसबेला एक्कासी देख्न थाल्नेछन् ।
Verse 20
وَقَالُوا۟ يَـٰوَيْلَنَا هَـٰذَا يَوْمُ ٱلدِّينِ
Transliteration waqālū yāwaylanā hādhā yawmu l-dīni
Nepali २०) र भन्नेछन्ः ‘‘अफसोच छ हामीलाई । यही नै प्रतिफलको दिन हो ।’’
Verse 21
هَـٰذَا يَوْمُ ٱلْفَصْلِ ٱلَّذِى كُنتُم بِهِۦ تُكَذِّبُونَ
Transliteration hādhā yawmu l-faṣli alladhī kuntum bihi tukadhibūna
Nepali २१) यो नै निर्णयको दिन हो, जसलाई तिमीले झूठा ठान्दथ्यौ ।
Verse 22
۞ ٱحْشُرُوا۟ ٱلَّذِينَ ظَلَمُوا۟ وَأَزْوَٰجَهُمْ وَمَا كَانُوا۟ يَعْبُدُونَ
Transliteration uḥ'shurū alladhīna ẓalamū wa-azwājahum wamā kānū yaʿbudūna
Nepali २२) अत्याचार गर्नेहरूलाई र उनका साथीहरूलाई र अल्लाह बाहेक जसका उनीहरूले पूजा गर्दथे ।
Verse 23
مِن دُونِ ٱللَّهِ فَٱهْدُوهُمْ إِلَىٰ صِرَٰطِ ٱلْجَحِيمِ
Transliteration min dūni l-lahi fa-ih'dūhum ilā ṣirāṭi l-jaḥīmi
Nepali २३) उनीहरू सबैलाई जम्मा गरेर नर्कको बाटो देखाइदेऊ ।
Verse 24
وَقِفُوهُمْ ۖ إِنَّهُم مَّسْـُٔولُونَ
Transliteration waqifūhum innahum masūlūna
Nepali २४) र उनीहरूलाई रोकिराख, किनभने उनीहरूसित केही जरूरी प्रश्नहरू सोध्नुछ ।
Verse 25
مَا لَكُمْ لَا تَنَاصَرُونَ
Transliteration mā lakum lā tanāṣarūna
Nepali २५) ‘‘तिमीहरूलाई के भएको छ कि यस बेला एक अर्काको सहायता गर्दैनौ ?’’
Verse 26
بَلْ هُمُ ٱلْيَوْمَ مُسْتَسْلِمُونَ
Transliteration bal humu l-yawma mus'taslimūna
Nepali २६) बरु आज त उनीहरू सबै आज्ञाकारी बनेका छन् ।
Verse 27
وَأَقْبَلَ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ يَتَسَآءَلُونَ
Transliteration wa-aqbala baʿḍuhum ʿalā baʿḍin yatasāalūna
Nepali २७) तिनीहरू एक–अर्कातिर फर्केर सवाल र जवाफ गर्नेछन् ।
Verse 28
قَالُوٓا۟ إِنَّكُمْ كُنتُمْ تَأْتُونَنَا عَنِ ٱلْيَمِينِ
Transliteration qālū innakum kuntum tatūnanā ʿani l-yamīni
Nepali २८) भन्नेछन्ः ‘‘तिमी त हाम्रो पासमा हाम्रो दायाँ तिरबाट आउँदथ्यौ ।’’
Verse 29
قَالُوا۟ بَل لَّمْ تَكُونُوا۟ مُؤْمِنِينَ
Transliteration qālū bal lam takūnū mu'minīna
Nepali २९) उनीहरूले भन्नेछन्ः होइन ‘‘बरु, तिमी नै ईमानवाला थिएनौ ।
Verse 30
وَمَا كَانَ لَنَا عَلَيْكُم مِّن سُلْطَـٰنٍۭ ۖ بَلْ كُنتُمْ قَوْمًا طَـٰغِينَ
Transliteration wamā kāna lanā ʿalaykum min sul'ṭānin bal kuntum qawman ṭāghīna
Nepali ३०) र हाम्रो तिमीमाथि कुनै अधिकार त थिएन, बरु तिमीहरू अट्टेरी थियौ ।
Verse 31
فَحَقَّ عَلَيْنَا قَوْلُ رَبِّنَآ ۖ إِنَّا لَذَآئِقُونَ
Transliteration faḥaqqa ʿalaynā qawlu rabbinā innā ladhāiqūna
Nepali ३१) अब त हाम्रो सम्बन्धमा हाम्रो पालनकर्ताको यो कुरा पूरा भइहाल्यो कि अब हामी सजायको स्वाद चाख्नेछौं ।
Verse 32
فَأَغْوَيْنَـٰكُمْ إِنَّا كُنَّا غَـٰوِينَ
Transliteration fa-aghwaynākum innā kunnā ghāwīna
Nepali ३२) अतः हामीले तिमीलाई पनि पथभ्रष्ट गर्यौं । हामी त स्वयं पनि मार्गविचलित नै थियौं ।’’
Verse 33
فَإِنَّهُمْ يَوْمَئِذٍ فِى ٱلْعَذَابِ مُشْتَرِكُونَ
Transliteration fa-innahum yawma-idhin fī l-ʿadhābi mush'tarikūna
Nepali ३३) अतः उनी सबै त्यसदिन सजायमा एक अर्काको सहभागी हुनेछन् ।
Verse 34
إِنَّا كَذَٰلِكَ نَفْعَلُ بِٱلْمُجْرِمِينَ
Transliteration innā kadhālika nafʿalu bil-muj'rimīna
Nepali ३४) हामीले अपराधीहरूसित यस्तै गर्ने गर्दछौं ।
Verse 35
إِنَّهُمْ كَانُوٓا۟ إِذَا قِيلَ لَهُمْ لَآ إِلَـٰهَ إِلَّا ٱللَّهُ يَسْتَكْبِرُونَ
Transliteration innahum kānū idhā qīla lahum lā ilāha illā l-lahu yastakbirūna
Nepali ३५) उनीहरूको यो अवस्था थियो कि जब उनीहरूसित भनिन्थ्योः ‘‘कि अल्लाह बाहेक कोही सत्य उपास्य छैन’’ तब तिनीहरू अवज्ञा गर्दथे ।
Verse 36
وَيَقُولُونَ أَئِنَّا لَتَارِكُوٓا۟ ءَالِهَتِنَا لِشَاعِرٍ مَّجْنُونٍۭ
Transliteration wayaqūlūna a-innā latārikū ālihatinā lishāʿirin majnūnin
Nepali ३६) र भन्दथेः ‘‘के हामीले एउटा उन्मादी कविले भन्दैमा आफ्ना उपास्यहरूलाई छाडिदेऔं ?’’
Verse 37
بَلْ جَآءَ بِٱلْحَقِّ وَصَدَّقَ ٱلْمُرْسَلِينَ
Transliteration bal jāa bil-ḥaqi waṣaddaqa l-mur'salīna
Nepali ३७) ‘‘होइन, बरु नबीले सत्य (धर्म) लिएर आएका छन् र (अघिका) रसूलहरूलाई सच्चा भन्दछन् ।
Verse 38
إِنَّكُمْ لَذَآئِقُوا۟ ٱلْعَذَابِ ٱلْأَلِيمِ
Transliteration innakum ladhāiqū l-ʿadhābi l-alīmi
Nepali ३८) निश्चय नै तिमी दुःखद यातनाको स्वाद चाख्नेछौ ।
Verse 39
وَمَا تُجْزَوْنَ إِلَّا مَا كُنتُمْ تَعْمَلُونَ
Transliteration wamā tuj'zawna illā mā kuntum taʿmalūna
Nepali ३९) तिमीलाई त्यसैको प्रतिफल दिइनेछ जुन तिमीले गर्ने गर्दथ्यौ ।’’
Verse 40
إِلَّا عِبَادَ ٱللَّهِ ٱلْمُخْلَصِينَ
Transliteration illā ʿibāda l-lahi l-mukh'laṣīna
Nepali ४०) तर जो अल्लाहका विशेष बन्दाहरू (भक्तहरू) छन् ।
Verse 41
أُو۟لَـٰٓئِكَ لَهُمْ رِزْقٌ مَّعْلُومٌ
Transliteration ulāika lahum riz'qun maʿlūmun
Nepali ४१) उनीहरूको लागि अल्लाहद्वारा जीविका निर्धारित छ ।
Verse 42
فَوَٰكِهُ ۖ وَهُم مُّكْرَمُونَ
Transliteration fawākihu wahum muk'ramūna
Nepali ४२) हर प्रकारका फलफूल र गौरव र मर्यादाले उनको आदर गरिनेछ ।
Verse 43
فِى جَنَّـٰتِ ٱلنَّعِيمِ
Transliteration fī jannāti l-naʿīmi
Nepali ४३) अनुकम्पाले भरिएका जन्नतहरूमा,
Verse 44
عَلَىٰ سُرُرٍ مُّتَقَـٰبِلِينَ
Transliteration ʿalā sururin mutaqābilīna
Nepali ४४) पलंगहरूमा आमुन्ने–सामुन्ने विराजमान हुनेछन्,
Verse 45
يُطَافُ عَلَيْهِم بِكَأْسٍ مِّن مَّعِينٍۭ
Transliteration yuṭāfu ʿalayhim bikasin min maʿīnin
Nepali ४५) उनीहरूको माझमा विशुद्ध पेयको पात्र घुमाइनेछ,
Verse 46
بَيْضَآءَ لَذَّةٍ لِّلشَّـٰرِبِينَ
Transliteration bayḍāa ladhatin lilshāribīna
Nepali ४६) जुन कि सफा र पिउनेहरूको लागि सर्वथा सुस्वादक हुनेछ ।
Verse 47
لَا فِيهَا غَوْلٌ وَلَا هُمْ عَنْهَا يُنزَفُونَ
Transliteration lā fīhā ghawlun walā hum ʿanhā yunzafūna
Nepali ४७) न त्यसबाट टाउको दुख्नेछ र न त्यसबाट मानिस नशामा बहकनेछन्,
Verse 48
وَعِندَهُمْ قَـٰصِرَٰتُ ٱلطَّرْفِ عِينٌ
Transliteration waʿindahum qāṣirātu l-ṭarfi ʿīnun
Nepali ४८) र उनीहरूको पासमा अप्सराहरू हुनेछिन् जसको आँखा तल झुकेको र ठूला–ठूला हुनेछन् ।
Verse 49
كَأَنَّهُنَّ بَيْضٌ مَّكْنُونٌ
Transliteration ka-annahunna bayḍun maknūnun
Nepali ४९) मानौं उनीहरू सुरक्षित अण्डाहरू हुन् ।
Verse 50
فَأَقْبَلَ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ يَتَسَآءَلُونَ
Transliteration fa-aqbala baʿḍuhum ʿalā baʿḍin yatasāalūna
Nepali ५०) अनि उनीहरूले एक–अर्कातिर मुख फर्काएर प्रश्न गर्नेछन् ।
Verse 51
قَالَ قَآئِلٌ مِّنْهُمْ إِنِّى كَانَ لِى قَرِينٌ
Transliteration qāla qāilun min'hum innī kāna lī qarīnun
Nepali ५१) उनीहरूमध्येबाट एउटाले भन्नेछः कि ‘‘मेरो एउटा साथी थियो ।
Verse 52
يَقُولُ أَءِنَّكَ لَمِنَ ٱلْمُصَدِّقِينَ
Transliteration yaqūlu a-innaka lamina l-muṣadiqīna
Nepali ५२) जसले भन्दथ्यो, कि के तिमी पनि (कयामतलाई) मानिलिनेवालामध्येका हौ ?
Verse 53
أَءِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَعِظَـٰمًا أَءِنَّا لَمَدِينُونَ
Transliteration a-idhā mit'nā wakunnā turāban waʿiẓāman a-innā lamadīnūna
Nepali ५३) के जब हामी मरेर माटो र हड्डीमा परिणत भइसक्ने छौं तब के हामीलाई प्रतिफल प्राप्त हुनेछ ?’’
Verse 54
قَالَ هَلْ أَنتُم مُّطَّلِعُونَ
Transliteration qāla hal antum muṭṭaliʿūna
Nepali ५४) (अनि) भन्नेछः ‘‘कि के तिमी उसलाई चियाएर हेर्न चाहन्छौ ?’’
Verse 55
فَٱطَّلَعَ فَرَءَاهُ فِى سَوَآءِ ٱلْجَحِيمِ
Transliteration fa-iṭṭalaʿa faraāhu fī sawāi l-jaḥīmi
Nepali ५५) (यसैबीच) त्यसले (स्वयम्) चियाउने छ, त उसलाई नर्कको माझमा (जलीरहेको) देख्नेछ ।
Verse 56
قَالَ تَٱللَّهِ إِن كِدتَّ لَتُرْدِينِ
Transliteration qāla tal-lahi in kidtta latur'dīni
Nepali ५६) भन्नेछः कि, ‘‘अल्लाहको कसम ! तिमीले त मलाई बरबादै पार्ने थियौ ।
Verse 57
وَلَوْلَا نِعْمَةُ رَبِّى لَكُنتُ مِنَ ٱلْمُحْضَرِينَ
Transliteration walawlā niʿ'matu rabbī lakuntu mina l-muḥ'ḍarīna
Nepali ५७) यदि मेरो पालनकर्ताको कृपा नभएको भए त म पनि उनीहरूमध्येकै हुन्थें जो नर्कमा उपस्थित गराइएका छन् ।
Verse 58
أَفَمَا نَحْنُ بِمَيِّتِينَ
Transliteration afamā naḥnu bimayyitīna
Nepali ५८) के (यो साँचो हो कि) हामी अब मर्नेछैनौं ?
Verse 59
إِلَّا مَوْتَتَنَا ٱلْأُولَىٰ وَمَا نَحْنُ بِمُعَذَّبِينَ
Transliteration illā mawtatanā l-ūlā wamā naḥnu bimuʿadhabīna
Nepali ५९) पहिलो पटक मर्नु बाहेक । र हामीलाई यातना पनि हुनेवाला छैन’’
Verse 60
إِنَّ هَـٰذَا لَهُوَ ٱلْفَوْزُ ٱلْعَظِيمُ
Transliteration inna hādhā lahuwa l-fawzu l-ʿaẓīmu
Nepali ६०) अनि त स्पष्ट छ कि निःसन्देह यो ठूलो सफलता हो ।
Verse 61
لِمِثْلِ هَـٰذَا فَلْيَعْمَلِ ٱلْعَـٰمِلُونَ
Transliteration limith'li hādhā falyaʿmali l-ʿāmilūna
Nepali ६१) यस्तो (सफलताहरू) को लागि कर्म गर्नेहरूले कर्म गर्नुपर्दछ ।
Verse 62
أَذَٰلِكَ خَيْرٌ نُّزُلًا أَمْ شَجَرَةُ ٱلزَّقُّومِ
Transliteration adhālika khayrun nuzulan am shajaratu l-zaqūmi
Nepali ६२) के यो आतिथ्य राम्रो छ वा थूहर (सिउँडी) को वृक्ष ?
Verse 63
إِنَّا جَعَلْنَـٰهَا فِتْنَةً لِّلظَّـٰلِمِينَ
Transliteration innā jaʿalnāhā fit'natan lilẓẓālimīna
Nepali ६३) हामीले त्यस बृक्षलाई अत्याचारीहरूको निम्ति कष्टदायक परीक्षा बनाएका छौं ।
Verse 64
إِنَّهَا شَجَرَةٌ تَخْرُجُ فِىٓ أَصْلِ ٱلْجَحِيمِ
Transliteration innahā shajaratun takhruju fī aṣli l-jaḥīmi
Nepali ६४) निःसंदेह त्यो एउटा रुख हो जो जहन्नमको (नर्कको) तल्लो भाग (जरा) बाट उम्रने छ ।
Verse 65
طَلْعُهَا كَأَنَّهُۥ رُءُوسُ ٱلشَّيَـٰطِينِ
Transliteration ṭalʿuhā ka-annahu ruūsu l-shayāṭīni
Nepali ६५) त्यसका हाँगाहरू शैतानका टाउकोहरू जस्ता हुन्छन् ।
Verse 66
فَإِنَّهُمْ لَـَٔاكِلُونَ مِنْهَا فَمَالِـُٔونَ مِنْهَا ٱلْبُطُونَ
Transliteration fa-innahum laākilūna min'hā famāliūna min'hā l-buṭūna
Nepali ६६) नर्कवालाहरू उसैबाट खान्छन् र उसैबाट पेट भर्नेछन् ।
Verse 67
ثُمَّ إِنَّ لَهُمْ عَلَيْهَا لَشَوْبًا مِّنْ حَمِيمٍ
Transliteration thumma inna lahum ʿalayhā lashawban min ḥamīmin
Nepali ६७) अनि त्यस (खाना) को साथमा उनलाई तातो पानी मिसाएर दिइनेछ ।
Verse 68
ثُمَّ إِنَّ مَرْجِعَهُمْ لَإِلَى ٱلْجَحِيمِ
Transliteration thumma inna marjiʿahum la-ilā l-jaḥīmi
Nepali ६८) अनि उनीहरूलाई नर्क (आगोको ढिस्को) तिर फर्काइनेछ ।
Verse 69
إِنَّهُمْ أَلْفَوْا۟ ءَابَآءَهُمْ ضَآلِّينَ
Transliteration innahum alfaw ābāahum ḍāllīna
Nepali ६९) निश्चित मान्नुस् उनीहरूले आफ्ना बाबु–बाजेहरूलाई मार्गविचलित नै पाए ।
Verse 70
فَهُمْ عَلَىٰٓ ءَاثَـٰرِهِمْ يُهْرَعُونَ
Transliteration fahum ʿalā āthārihim yuh'raʿūna
Nepali ७०) रः उनीहरू तिनीहरूकै पदचिन्हमा दगुरिराखेका छन् ।
Verse 71
وَلَقَدْ ضَلَّ قَبْلَهُمْ أَكْثَرُ ٱلْأَوَّلِينَ
Transliteration walaqad ḍalla qablahum aktharu l-awalīna
Nepali ७१) उनीहरूभन्दा पहिला पनि धेरै मानिसहरू मार्गविचलित भइसकेका छन् ।
Verse 72
وَلَقَدْ أَرْسَلْنَا فِيهِم مُّنذِرِينَ
Transliteration walaqad arsalnā fīhim mundhirīna
Nepali ७२) जसमा हामीले उनीहरूको माझमा सचेत गर्नेवाला (रसूल) पठाएका थियौं ।
Verse 73
فَٱنظُرْ كَيْفَ كَانَ عَـٰقِبَةُ ٱلْمُنذَرِينَ
Transliteration fa-unẓur kayfa kāna ʿāqibatu l-mundharīna
Nepali ७३) तसर्थ हेरिहाल कि जसलाई सचेत गरिएको थियो, उनीहरूको परिणाम कस्तो भयो ?
Verse 74
إِلَّا عِبَادَ ٱللَّهِ ٱلْمُخْلَصِينَ
Transliteration illā ʿibāda l-lahi l-mukh'laṣīna
Nepali ७४) हो, अल्लाहका विशिष्ट दासहरू बाहेक (उनको परिणाम धेरै राम्रो भयो)।
Verse 75
وَلَقَدْ نَادَىٰنَا نُوحٌ فَلَنِعْمَ ٱلْمُجِيبُونَ
Transliteration walaqad nādānā nūḥun falaniʿ'ma l-mujībūna
Nepali ७५) र हामीलाई ‘‘नूहले’’ पुकारे, त हेर हामी कस्तो राम्ररी याचना स्वीकार गर्नेवाला हौं ।
Verse 76
وَنَجَّيْنَـٰهُ وَأَهْلَهُۥ مِنَ ٱلْكَرْبِ ٱلْعَظِيمِ
Transliteration wanajjaynāhu wa-ahlahu mina l-karbi l-ʿaẓīmi
Nepali ७६) हामीले उनलाई र उनका घरवालालाई ठूलो (महान् जलप्रल्य) विपत्तिबाट बचायौं ।
Verse 77
وَجَعَلْنَا ذُرِّيَّتَهُۥ هُمُ ٱلْبَاقِينَ
Transliteration wajaʿalnā dhurriyyatahu humu l-bāqīna
Nepali ७७) र हामीले उनको सन्ततिलाई बाँकी रहनेवाला बनायौं ।
Verse 78
وَتَرَكْنَا عَلَيْهِ فِى ٱلْـَٔاخِرِينَ
Transliteration wataraknā ʿalayhi fī l-ākhirīna
Nepali ७८) र हामीले उनको सुचर्चा पछि आउनेवालाहरूमा बाँकी राख्यौं ।
Verse 79
سَلَـٰمٌ عَلَىٰ نُوحٍ فِى ٱلْعَـٰلَمِينَ
Transliteration salāmun ʿalā nūḥin fī l-ʿālamīna
Nepali ७९) सम्पूर्ण संसारहरूमा नूहमाथि ‘‘सलाम’’ होस् ।
Verse 80
إِنَّا كَذَٰلِكَ نَجْزِى ٱلْمُحْسِنِينَ
Transliteration innā kadhālika najzī l-muḥ'sinīna
Nepali ८०) निःसन्देह हामीले भलाईको कार्य गर्नेहरूलाई यस्तै पुरस्कार दिन्छौं ।
Verse 81
إِنَّهُۥ مِنْ عِبَادِنَا ٱلْمُؤْمِنِينَ
Transliteration innahu min ʿibādinā l-mu'minīna
Nepali ८१) उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
Verse 82
ثُمَّ أَغْرَقْنَا ٱلْـَٔاخَرِينَ
Transliteration thumma aghraqnā l-ākharīna
Nepali ८२) अनि हामीले अरुहरूलाई डुबाइदिऔं ।
Verse 83
۞ وَإِنَّ مِن شِيعَتِهِۦ لَإِبْرَٰهِيمَ
Transliteration wa-inna min shīʿatihi la-ib'rāhīma
Nepali ८३) र ‘‘इब्राहीम’’ पनि उनैका सहधर्मीहरूमध्येका थिए ।
Verse 84
إِذْ جَآءَ رَبَّهُۥ بِقَلْبٍ سَلِيمٍ
Transliteration idh jāa rabbahu biqalbin salīmin
Nepali ८४) जब उनी आफ्नो पालनकर्ताको समक्ष विकाररहित हृदय लिएर आए ।
Verse 85
إِذْ قَالَ لِأَبِيهِ وَقَوْمِهِۦ مَاذَا تَعْبُدُونَ
Transliteration idh qāla li-abīhi waqawmihi mādhā taʿbudūna
Nepali ८५) जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः ‘‘तिमीले कुन कुराको पूजा गर्दछौ ?’’
Verse 86
أَئِفْكًا ءَالِهَةً دُونَ ٱللَّهِ تُرِيدُونَ
Transliteration a-if'kan ālihatan dūna l-lahi turīdūna
Nepali ८६) के तिमी अल्लाह बाहेक मनगढन्ते उपास्यहरू चाहिरहेका छौ ?
Verse 87
فَمَا ظَنُّكُم بِرَبِّ ٱلْعَـٰلَمِينَ
Transliteration famā ẓannukum birabbi l-ʿālamīna
Nepali ८७) यो बताऊ कि तिमीले आखिर सम्पूर्ण संसारको पालनकर्तालाई के सम्झेका छौ ?
Verse 88
فَنَظَرَ نَظْرَةً فِى ٱلنُّجُومِ
Transliteration fanaẓara naẓratan fī l-nujūmi
Nepali ८८) अब उनले ताराहरूमाथि दृष्टिपात गरे ।
Verse 89
فَقَالَ إِنِّى سَقِيمٌ
Transliteration faqāla innī saqīmun
Nepali ८९) र भनेः म त बिरामी छु ।’’
Verse 90
فَتَوَلَّوْا۟ عَنْهُ مُدْبِرِينَ
Transliteration fatawallaw ʿanhu mud'birīna
Nepali ९०) यसपछि उनीहरूले पिठ्युँ फर्काई उनलाई छाडेर फर्किहाले ।
Verse 91
فَرَاغَ إِلَىٰٓ ءَالِهَتِهِمْ فَقَالَ أَلَا تَأْكُلُونَ
Transliteration farāgha ilā ālihatihim faqāla alā takulūna
Nepali ९१) अनि (इब्राहीम) उनीहरूका उपास्यहरूतिर तत्काल गए र भन्नथाले किः तिमीले खाना किन खाँदैनौ ?
Verse 92
مَا لَكُمْ لَا تَنطِقُونَ
Transliteration mā lakum lā tanṭiqūna
Nepali ९२) तिमीलाई के भएको छ ? कि तिमी बोल्दैनौ ?’’
Verse 93
فَرَاغَ عَلَيْهِمْ ضَرْبًۢا بِٱلْيَمِينِ
Transliteration farāgha ʿalayhim ḍarban bil-yamīni
Nepali ९३) अनि पूरै शक्तिका साथ उनीहरूलाई दाहिनेहातले पिटन शुरू गरे ।
Verse 94
فَأَقْبَلُوٓا۟ إِلَيْهِ يَزِفُّونَ
Transliteration fa-aqbalū ilayhi yaziffūna
Nepali ९४) तब उनीहरू उनको पासमा दगुर्दै आए ।
Verse 95
قَالَ أَتَعْبُدُونَ مَا تَنْحِتُونَ
Transliteration qāla ataʿbudūna mā tanḥitūna
Nepali ९५) उनले भनेः ‘‘तिमीहरूले यस्तो कुराको किन पूजा गर्छौ ? जसलाई तिमीले स्वयम् कुँदेर बनाउँछौ ।
Verse 96
وَٱللَّهُ خَلَقَكُمْ وَمَا تَعْمَلُونَ
Transliteration wal-lahu khalaqakum wamā taʿmalūna
Nepali ९६) जब कि तिमीलाई र तिमीले बनाएका कुराहरूलाई अल्लाहले नै सृष्टि गरेको छ ?’’
Verse 97
قَالُوا۟ ٱبْنُوا۟ لَهُۥ بُنْيَـٰنًا فَأَلْقُوهُ فِى ٱلْجَحِيمِ
Transliteration qālū ib'nū lahu bun'yānan fa-alqūhu fī l-jaḥīmi
Nepali ९७) उनीहरूले भनेः ‘‘उसको निम्ति एउटा भवन (अग्निकुण्ड) तयार पारी त्यसलाई प्रज्वलित आगोमा हालिदेऊ’’ ।
Verse 98
فَأَرَادُوا۟ بِهِۦ كَيْدًا فَجَعَلْنَـٰهُمُ ٱلْأَسْفَلِينَ
Transliteration fa-arādū bihi kaydan fajaʿalnāhumu l-asfalīna
Nepali ९८) उनीहरूले त इब्राहीमसँग एउटा षडयन्त्र गर्न चाहे तर हामीले उनीहरूलाई नै अपमानित गर्यौं ।
Verse 99
وَقَالَ إِنِّى ذَاهِبٌ إِلَىٰ رَبِّى سَيَهْدِينِ
Transliteration waqāla innī dhāhibun ilā rabbī sayahdīni
Nepali ९९) र इब्राहीमले भनेः म त प्रवास गरेर आफ्नो पालनकर्तातिर गइराखेको छु, उसले अवश्य मेरो मार्गदर्शन गर्नेछ ।
Verse 100
رَبِّ هَبْ لِى مِنَ ٱلصَّـٰلِحِينَ
Transliteration rabbi hab lī mina l-ṣāliḥīna
Nepali १००) हे मेरो पालनकर्ता ! मलाई असल सन्तान प्रदान गर ।’’
Verse 101
فَبَشَّرْنَـٰهُ بِغُلَـٰمٍ حَلِيمٍ
Transliteration fabasharnāhu bighulāmin ḥalīmin
Nepali १०१) तब हामीले उनलाई एउटा सहनशील पुत्रको शुभसूचना दियौं ।
Verse 102
فَلَمَّا بَلَغَ مَعَهُ ٱلسَّعْىَ قَالَ يَـٰبُنَىَّ إِنِّىٓ أَرَىٰ فِى ٱلْمَنَامِ أَنِّىٓ أَذْبَحُكَ فَٱنظُرْ مَاذَا تَرَىٰ ۚ قَالَ يَـٰٓأَبَتِ ٱفْعَلْ مَا تُؤْمَرُ ۖ سَتَجِدُنِىٓ إِن شَآءَ ٱللَّهُ مِنَ ٱلصَّـٰبِرِينَ
Transliteration falammā balagha maʿahu l-saʿya qāla yābunayya innī arā fī l-manāmi annī adhbaḥuka fa-unẓur mādhā tarā qāla yāabati if'ʿal mā tu'maru satajidunī in shāa l-lahu mina l-ṣābirīna
Nepali १०२) अनि जब त्यो बच्चा उनको साथमा दौडधूप गर्ने अवस्थामा पुग्यो तब उनले भनेः ‘‘हे मेरो प्रिय छोरा ! मैले सपनामा देखेको छु कि तिमीलाई कुर्बान (बलि) गरिराखेको छु । त अब हेर, तिम्रो के विचार छ ? ‘‘छोराले भन्यो किः हे बुबा ! जुन आदेश तपाईलाईं दिइराखिएको छ त्यसको पालना गरिहाल्नुस् । अल्लाहले चाह्यो भने तपार्इंले मलाई धैर्यवान् पाउनुहुनेछ ।
Verse 103
فَلَمَّآ أَسْلَمَا وَتَلَّهُۥ لِلْجَبِينِ
Transliteration falammā aslamā watallahu lil'jabīni
Nepali १०३) अर्थात जब दुवैले आदेश मानिहाले, र बाबुले छोरालाई कन्चटतिर पारेर पल्टाए ।
Verse 104
وَنَـٰدَيْنَـٰهُ أَن يَـٰٓإِبْرَٰهِيمُ
Transliteration wanādaynāhu an yāib'rāhīmu
Nepali १०४) तब हामीले उनलाई पुकार्यौं कि, ‘‘हे इब्राहीम !
Verse 105
قَدْ صَدَّقْتَ ٱلرُّءْيَآ ۚ إِنَّا كَذَٰلِكَ نَجْزِى ٱلْمُحْسِنِينَ
Transliteration qad ṣaddaqta l-ru'yā innā kadhālika najzī l-muḥ'sinīna
Nepali १०५) निश्चय नै तिमीले सपनालाई साँचो गरेर देखायौ । निःसन्देह हामीले उत्तम कार्य गर्नेहरूलाई यस्तै प्रकारले प्रतिफल दिन्छौं ।’’
Verse 106
إِنَّ هَـٰذَا لَهُوَ ٱلْبَلَـٰٓؤُا۟ ٱلْمُبِينُ
Transliteration inna hādhā lahuwa l-balāu l-mubīnu
Nepali १०६) वास्तवमा यो त एउटा स्पष्ट परीक्षा थियो ।
Verse 107
وَفَدَيْنَـٰهُ بِذِبْحٍ عَظِيمٍ
Transliteration wafadaynāhu bidhib'ḥin ʿaẓīmin
Nepali १०७) र हामीले उसको (इस्माईलको) सट्टामा कुर्बानीको लागि एउटा ठूलो (पशु) दियौं ।
Verse 108
وَتَرَكْنَا عَلَيْهِ فِى ٱلْـَٔاخِرِينَ
Transliteration wataraknā ʿalayhi fī l-ākhirīna
Nepali १०८) र हामीले पछि आउने नस्लहरूमा (इब्राहीमको राम्रो) चर्चा बाँकी राख्यौं ?
Verse 109
سَلَـٰمٌ عَلَىٰٓ إِبْرَٰهِيمَ
Transliteration salāmun ʿalā ib'rāhīma
Nepali १०९) ‘‘इब्राहीममाथि सलाम होस् ।’’
Verse 110
كَذَٰلِكَ نَجْزِى ٱلْمُحْسِنِينَ
Transliteration kadhālika najzī l-muḥ'sinīna
Nepali ११०) असल कार्य गर्नेहरूलाई हामीले यस्तै प्रतिफल दिने गर्छौं ।
Verse 111
إِنَّهُۥ مِنْ عِبَادِنَا ٱلْمُؤْمِنِينَ
Transliteration innahu min ʿibādinā l-mu'minīna
Nepali १११) निश्चय नै उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
Verse 112
وَبَشَّرْنَـٰهُ بِإِسْحَـٰقَ نَبِيًّا مِّنَ ٱلصَّـٰلِحِينَ
Transliteration wabasharnāhu bi-is'ḥāqa nabiyyan mina l-ṣāliḥīna
Nepali ११२) र हामीले उनलाई ‘‘इस्हाकको’’ नबी हुने शुभसूचना पनि दियौं, जो असल मानिसहरूमध्ये हुनेछन् ।
Verse 113
وَبَـٰرَكْنَا عَلَيْهِ وَعَلَىٰٓ إِسْحَـٰقَ ۚ وَمِن ذُرِّيَّتِهِمَا مُحْسِنٌ وَظَالِمٌ لِّنَفْسِهِۦ مُبِينٌ
Transliteration wabāraknā ʿalayhi waʿalā is'ḥāqa wamin dhurriyyatihimā muḥ'sinun waẓālimun linafsihi mubīnun
Nepali ११३) र हामीले उनलाई र ‘‘इस्हाकलाई’’ बरकत (कल्याण) दियौं र ती दुवैका सन्तानहरूमा कतिपय त असल काम गर्नेहरू पनि छन्, र कतिपय आफूमाथि खुल्लारूपले अत्याचार गर्नेवालाहरू पनि छन् ।
Verse 114
وَلَقَدْ مَنَنَّا عَلَىٰ مُوسَىٰ وَهَـٰرُونَ
Transliteration walaqad manannā ʿalā mūsā wahārūna
Nepali ११४) निःसंदेह हामीले मूसा र हारूनमाथि पनि ठूलो उपकार गरेका छौं ।
Verse 115
وَنَجَّيْنَـٰهُمَا وَقَوْمَهُمَا مِنَ ٱلْكَرْبِ ٱلْعَظِيمِ
Transliteration wanajjaynāhumā waqawmahumā mina l-karbi l-ʿaẓīmi
Nepali ११५) र हामीले उनीहरूलाई र उनका जातिबन्धुहरूलाई ठूलो कष्टबाट मुक्त गरायौं ।
Verse 116
وَنَصَرْنَـٰهُمْ فَكَانُوا۟ هُمُ ٱلْغَـٰلِبِينَ
Transliteration wanaṣarnāhum fakānū humu l-ghālibīna
Nepali ११६) र हामीले उनीहरूलाई सहायता गर्यौं, त उनीहरू प्रभावी रहे ।
Verse 117
وَءَاتَيْنَـٰهُمَا ٱلْكِتَـٰبَ ٱلْمُسْتَبِينَ
Transliteration waātaynāhumā l-kitāba l-mus'tabīna
Nepali ११७) र हामीले उनीहरूलाई अत्यन्त स्पष्ट किताब प्रदान गर्यौं ।
Verse 118
وَهَدَيْنَـٰهُمَا ٱلصِّرَٰطَ ٱلْمُسْتَقِيمَ
Transliteration wahadaynāhumā l-ṣirāṭa l-mus'taqīma
Nepali ११८) र हामीले उनीहरूलाई सोझो मार्गमा कायम राख्यौं ।
Verse 119
وَتَرَكْنَا عَلَيْهِمَا فِى ٱلْـَٔاخِرِينَ
Transliteration wataraknā ʿalayhimā fī l-ākhirīna
Nepali ११९) र हामीले उनी दुवैको लागि पछि आउनेवाला नस्लहरूमा राम्रो चर्चा बाँकी राख्यौं ।
Verse 120
سَلَـٰمٌ عَلَىٰ مُوسَىٰ وَهَـٰرُونَ
Transliteration salāmun ʿalā mūsā wahārūna
Nepali १२०) ‘‘मूसा (अलैहिस्सलाम)’’ र हारून (अलैहिस्सलाम) माथि सलाम होस् ।
Verse 121
إِنَّا كَذَٰلِكَ نَجْزِى ٱلْمُحْسِنِينَ
Transliteration innā kadhālika najzī l-muḥ'sinīna
Nepali १२१) निःसन्देह हामीले असल काम गर्नेहरूलाई यस्तै प्रतिफल दिने गर्छौं ।
Verse 122
إِنَّهُمَا مِنْ عِبَادِنَا ٱلْمُؤْمِنِينَ
Transliteration innahumā min ʿibādinā l-mu'minīna
Nepali १२२) निश्चय नै ती दुवै हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
Verse 123
وَإِنَّ إِلْيَاسَ لَمِنَ ٱلْمُرْسَلِينَ
Transliteration wa-inna il'yāsa lamina l-mur'salīna
Nepali १२३) र ‘‘इलियास’’ पनि पैगम्बरहरूमध्येका थिए ।
Verse 124
إِذْ قَالَ لِقَوْمِهِۦٓ أَلَا تَتَّقُونَ
Transliteration idh qāla liqawmihi alā tattaqūna
Nepali १२४) जब उहाँले आफ्ना जातिबन्धुसित भनेः तिमी अल्लाहसित किन डर मान्दैनौ ?
Verse 125
أَتَدْعُونَ بَعْلًا وَتَذَرُونَ أَحْسَنَ ٱلْخَـٰلِقِينَ
Transliteration atadʿūna baʿlan watadharūna aḥsana l-khāliqīna
Nepali १२५) के तिमी बअ्ल (एउटा ठूलो मूर्ति)लाई पुकार्दछौ, र सर्वोत्तम स्रष्टालाई छाडिदिन्छौ ?
Verse 126
ٱللَّهَ رَبَّكُمْ وَرَبَّ ءَابَآئِكُمُ ٱلْأَوَّلِينَ
Transliteration al-laha rabbakum warabba ābāikumu l-awalīna
Nepali १२६) अल्लाह जो तिम्रो र तिम्रो बाबु–बाजेको पालनहार हो ।
Verse 127
فَكَذَّبُوهُ فَإِنَّهُمْ لَمُحْضَرُونَ
Transliteration fakadhabūhu fa-innahum lamuḥ'ḍarūna
Nepali १२७) तर उनीहरूले उनलाई झूठा भने अतः उनीहरू अवश्य नर्कमा उपस्थित गराइनेछन् ।
Verse 128
إِلَّا عِبَادَ ٱللَّهِ ٱلْمُخْلَصِينَ
Transliteration illā ʿibāda l-lahi l-mukh'laṣīna
Nepali १२८) हो, अल्लाहका असल सेवकहरू (सजायमा) पारिने छैनन् ।
Verse 129
وَتَرَكْنَا عَلَيْهِ فِى ٱلْـَٔاخِرِينَ
Transliteration wataraknā ʿalayhi fī l-ākhirīna
Nepali १२९) हामीले ‘‘इलियास’’ (अलैहिस्सलाम) को राम्रो चर्चा पछि आउनेहरूमा (शेष) छाडेका छौं ।
Verse 130
سَلَـٰمٌ عَلَىٰٓ إِلْ يَاسِينَ
Transliteration salāmun ʿalā il yāsīna
Nepali १३०) कि ‘‘इलियास (अलैहिस्सलाम)’’ माथि ‘‘सलाम’’ होस् ।
Verse 131
إِنَّا كَذَٰلِكَ نَجْزِى ٱلْمُحْسِنِينَ
Transliteration innā kadhālika najzī l-muḥ'sinīna
Nepali १३१) हामीले भलाई गर्नेहरूलाई यस्तै प्रतिफल दिन्छौं ।
Verse 132
إِنَّهُۥ مِنْ عِبَادِنَا ٱلْمُؤْمِنِينَ
Transliteration innahu min ʿibādinā l-mu'minīna
Nepali १३२) निःसन्देह उनी हाम्रा मोमिन सेवकहरूमध्येबाट थिए ।
Verse 133
وَإِنَّ لُوطًا لَّمِنَ ٱلْمُرْسَلِينَ
Transliteration wa-inna lūṭan lamina l-mur'salīna
Nepali १३३) र निःसंदेह ‘‘लूत (अलैहिस्सलाम)’’ पनि पैगम्बरहरूमध्येबाट थिए ।
Verse 134
إِذْ نَجَّيْنَـٰهُ وَأَهْلَهُۥٓ أَجْمَعِينَ
Transliteration idh najjaynāhu wa-ahlahu ajmaʿīna
Nepali १३४) हामीले उनलाई र उनका घरवालाहरू सबैलाई मुक्ति प्रदान गर्यौं ।
Verse 135
إِلَّا عَجُوزًا فِى ٱلْغَـٰبِرِينَ
Transliteration illā ʿajūzan fī l-ghābirīna
Nepali १३५) तर एउटा वृद्धा बाहेक जो पछि पर्नेवालामध्येकी थिई ।
Verse 136
ثُمَّ دَمَّرْنَا ٱلْـَٔاخَرِينَ
Transliteration thumma dammarnā l-ākharīna
Nepali १३६) अनि हामीले अरुहरूलाई नष्ट पारिदियौं ।
Verse 137
وَإِنَّكُمْ لَتَمُرُّونَ عَلَيْهِم مُّصْبِحِينَ
Transliteration wa-innakum latamurrūna ʿalayhim muṣ'biḥīna
Nepali १३७) र तिमी त बिहान भएपछि उनीहरूका बस्तीहरूको नजिकबाट हिड्छौ ।
Verse 138
وَبِٱلَّيْلِ ۗ أَفَلَا تَعْقِلُونَ
Transliteration wabi-al-layli afalā taʿqilūna
Nepali १३८) र रातीमा पनि, त के तिमी (मक्कावाला) तैपनि बुझ्दैनौ ?
Verse 139
وَإِنَّ يُونُسَ لَمِنَ ٱلْمُرْسَلِينَ
Transliteration wa-inna yūnusa lamina l-mur'salīna
Nepali १३९) र निःसंदेह ‘‘यूनुस (अलैहिस्सलाम))’’ पनि पैगम्बरमध्येका थिए ।
Verse 140
إِذْ أَبَقَ إِلَى ٱلْفُلْكِ ٱلْمَشْحُونِ
Transliteration idh abaqa ilā l-ful'ki l-mashḥūni
Nepali १४०) जब भागेर भरिएको डुङ्गामा आइपुगे ।
Verse 141
فَسَاهَمَ فَكَانَ مِنَ ٱلْمُدْحَضِينَ
Transliteration fasāhama fakāna mina l-mud'ḥaḍīna
Nepali १४१) अनि त्यसबेला गोला हाल्दा उनको नाम पर्यो ।
Verse 142
فَٱلْتَقَمَهُ ٱلْحُوتُ وَهُوَ مُلِيمٌ
Transliteration fal-taqamahu l-ḥūtu wahuwa mulīmun
Nepali १४२) अनि माछाले उनलाई निलिहाल्यो र उनी आफूलाई धिक्कार्न थालेका थिए ।
Verse 143
فَلَوْلَآ أَنَّهُۥ كَانَ مِنَ ٱلْمُسَبِّحِينَ
Transliteration falawlā annahu kāna mina l-musabiḥīna
Nepali १४३) अतः यदि उनले (अल्लाहको) पवित्रताको गुणगान् नगरेको भए ।
Verse 144
لَلَبِثَ فِى بَطْنِهِۦٓ إِلَىٰ يَوْمِ يُبْعَثُونَ
Transliteration lalabitha fī baṭnihi ilā yawmi yub'ʿathūna
Nepali १४४) त त्यस दिनसम्म जबकि मानिसहरू पुनः जीवित गरिनेछन्, उसैको पेटमा रहन्थे ।
Verse 145
۞ فَنَبَذْنَـٰهُ بِٱلْعَرَآءِ وَهُوَ سَقِيمٌ
Transliteration fanabadhnāhu bil-ʿarāi wahuwa saqīmun
Nepali १४५) अन्ततः हामीले उनलाई जब कि उनी बिरामी थिए, खुल्ला मैदानमा हालिदियौं ।
Verse 146
وَأَنۢبَتْنَا عَلَيْهِ شَجَرَةً مِّن يَقْطِينٍ
Transliteration wa-anbatnā ʿalayhi shajaratan min yaqṭīnin
Nepali १४६) र उनीमाथि हामीले छायाँ गर्ने एउटा बोट उमार्यौं ।
Verse 147
وَأَرْسَلْنَـٰهُ إِلَىٰ مِا۟ئَةِ أَلْفٍ أَوْ يَزِيدُونَ
Transliteration wa-arsalnāhu ilā mi-ati alfin aw yazīdūna
Nepali १४७) र हामीले उनलाई एक लाख वा त्यसभन्दा पनि धेरै मानिसहरूतिर (पैगम्बर बनाएर) पठायौं ।
Verse 148
فَـَٔامَنُوا۟ فَمَتَّعْنَـٰهُمْ إِلَىٰ حِينٍ
Transliteration faāmanū famattaʿnāhum ilā ḥīnin
Nepali १४८) अनि उनीहरूले ईमान ल्याए र हामीले उनीहरूलाई एक अवधिसम्म सुख भोग्ने अवसर प्रदान गर्यौं ।
Verse 149
فَٱسْتَفْتِهِمْ أَلِرَبِّكَ ٱلْبَنَاتُ وَلَهُمُ ٱلْبَنُونَ
Transliteration fa-is'taftihim alirabbika l-banātu walahumu l-banūna
Nepali १४९) उनीहरूसित सोधः ‘‘के तिम्रो पालनकर्ताका छोरीहरू र यिनीहरूका छोराहरू छन् ?
Verse 150
أَمْ خَلَقْنَا ٱلْمَلَـٰٓئِكَةَ إِنَـٰثًا وَهُمْ شَـٰهِدُونَ
Transliteration am khalaqnā l-malāikata ināthan wahum shāhidūna
Nepali १५०) वा हामीले फरिश्ताहरूलाई स्त्री बनाउँदा उनीहरू (त्यसबेला) उपस्थित थिए ?’’
Verse 151
أَلَآ إِنَّهُم مِّنْ إِفْكِهِمْ لَيَقُولُونَ
Transliteration alā innahum min if'kihim layaqūlūna
Nepali १५१) सावधान रह, यिनीहरू आफूले झूठा रचेको (कुरा) मात्र भन्दछन् ।
Verse 152
وَلَدَ ٱللَّهُ وَإِنَّهُمْ لَكَـٰذِبُونَ
Transliteration walada l-lahu wa-innahum lakādhibūna
Nepali १५२) कि ‘‘अल्लाहका सन्तान छन् ।’’ निःसन्देह यिनीहरू एकदम झूठा हुन् ।
Verse 153
أَصْطَفَى ٱلْبَنَاتِ عَلَى ٱلْبَنِينَ
Transliteration aṣṭafā l-banāti ʿalā l-banīna
Nepali १५३) के अल्लाहले आफ्नो लागि छोराहरूको दाँजोमा छोरीहरूलाई रुचाएको छ ?
Verse 154
مَا لَكُمْ كَيْفَ تَحْكُمُونَ
Transliteration mā lakum kayfa taḥkumūna
Nepali १५४) तिमीलाई के भएको छ । कस्तो न्याय गर्दछौ ?
Verse 155
أَفَلَا تَذَكَّرُونَ
Transliteration afalā tadhakkarūna
Nepali १५५) के तिमीले यति पनि बुझ्दैनौ ?
Verse 156
أَمْ لَكُمْ سُلْطَـٰنٌ مُّبِينٌ
Transliteration am lakum sul'ṭānun mubīnun
Nepali १५६) वा तिम्रो पासमा उसको कुनै प्रमाण छ ?
Verse 157
فَأْتُوا۟ بِكِتَـٰبِكُمْ إِن كُنتُمْ صَـٰدِقِينَ
Transliteration fatū bikitābikum in kuntum ṣādiqīna
Nepali १५७) यदि तिमी साँचो हौ भने, त आफ्नो किताब प्रस्तुत गर ।
Verse 158
وَجَعَلُوا۟ بَيْنَهُۥ وَبَيْنَ ٱلْجِنَّةِ نَسَبًا ۚ وَلَقَدْ عَلِمَتِ ٱلْجِنَّةُ إِنَّهُمْ لَمُحْضَرُونَ
Transliteration wajaʿalū baynahu wabayna l-jinati nasaban walaqad ʿalimati l-jinatu innahum lamuḥ'ḍarūna
Nepali १५८) र उनीहरूले त अल्लाह र जिन्नहरूको बीचमा पनि नाता स्थापित गरेका छन्, हुन त जिन्नहरूलाई राम्ररी थाहा छ कि यस्तो कुरामा विश्वास गर्नेहरू अवश्य समातिएर (यातनामा) उपस्थित गराइनेछन् ।
Verse 159
سُبْحَـٰنَ ٱللَّهِ عَمَّا يَصِفُونَ
Transliteration sub'ḥāna l-lahi ʿammā yaṣifūna
Nepali १५९) उनीहरूले जेजति अल्लाहको बारेमा वर्णन गर्छन, अल्लाह त्यसबाट पूर्णरूपले पवित्र र उच्च छ ।
Verse 160
إِلَّا عِبَادَ ٱللَّهِ ٱلْمُخْلَصِينَ
Transliteration illā ʿibāda l-lahi l-mukh'laṣīna
Nepali १६०) तर अल्लाहले विशिष्ट सेवकहरूलाई (यातनामा पार्नेछैन) ।
Verse 161
فَإِنَّكُمْ وَمَا تَعْبُدُونَ
Transliteration fa-innakum wamā taʿbudūna
Nepali १६१) विश्वास गर तिमी र जसलाई तिमी पूज्दछौ ।
Verse 162
مَآ أَنتُمْ عَلَيْهِ بِفَـٰتِنِينَ
Transliteration mā antum ʿalayhi bifātinīna
Nepali १६२) (अल्लाहको विरोधमा) कसैलाई विचलित गराउन सक्दैनन् ।
Verse 163
إِلَّا مَنْ هُوَ صَالِ ٱلْجَحِيمِ
Transliteration illā man huwa ṣāli l-jaḥīmi
Nepali १६३) तिनीहरू बाहेक जो नर्कमा जानेवाला (नर्कीय) छन् ।
Verse 164
وَمَا مِنَّآ إِلَّا لَهُۥ مَقَامٌ مَّعْلُومٌ
Transliteration wamā minnā illā lahu maqāmun maʿlūmun
Nepali १६४) र (फरिश्ताहरू भन्दछन् कि) हामीमध्ये प्रत्येकको एक स्थान निश्चित छ ।
Verse 165
وَإِنَّا لَنَحْنُ ٱلصَّآفُّونَ
Transliteration wa-innā lanaḥnu l-ṣāfūna
Nepali १६५) र हामी त (स्वर्गदूत) अल्लाहको भक्तिमा आफ्नो स्थानमा पंक्तिवद्ध छौं ।
Verse 166
وَإِنَّا لَنَحْنُ ٱلْمُسَبِّحُونَ
Transliteration wa-innā lanaḥnu l-musabiḥūna
Nepali १६६) र अल्लाहको महानता र श्रेष्ठता बयान (वर्णन) गर्दछौं ।
Verse 167
وَإِن كَانُوا۟ لَيَقُولُونَ
Transliteration wa-in kānū layaqūlūna
Nepali १६७) काफिरहरूले भन्ने गर्दथे,
Verse 168
لَوْ أَنَّ عِندَنَا ذِكْرًا مِّنَ ٱلْأَوَّلِينَ
Transliteration law anna ʿindanā dhik'ran mina l-awalīna
Nepali १६८) कि ‘‘यदि हाम्रो समक्ष पहिलेका मानिसहरूको वर्णन भएको भए ।
Verse 169
لَكُنَّا عِبَادَ ٱللَّهِ ٱلْمُخْلَصِينَ
Transliteration lakunnā ʿibāda l-lahi l-mukh'laṣīna
Nepali १६९) त हामी पनि अल्लाहका विशिष्ट सेवक हुनेथ्यौं ।’’
Verse 170
فَكَفَرُوا۟ بِهِۦ ۖ فَسَوْفَ يَعْلَمُونَ
Transliteration fakafarū bihi fasawfa yaʿlamūna
Nepali १७०) तर फेरि यस कुरआनसँग कुफ्र गर्न पुगे, तसर्थ अब शीघ्र नै उनीहरूलाई (परिणाम) थाहा भइहाल्नेछ ।
Verse 171
وَلَقَدْ سَبَقَتْ كَلِمَتُنَا لِعِبَادِنَا ٱلْمُرْسَلِينَ
Transliteration walaqad sabaqat kalimatunā liʿibādinā l-mur'salīna
Nepali १७१) र हाम्रो (सन्देश पुर्याउने) रसूलहरूसित हाम्रो वायदा (वचन) पहिला नै भइसकेको छ ।
Verse 172
إِنَّهُمْ لَهُمُ ٱلْمَنصُورُونَ
Transliteration innahum lahumu l-manṣūrūna
Nepali १७२) कि निश्चय नै उनीहरूको सहायता गरिनेछ ।
Verse 173
وَإِنَّ جُندَنَا لَهُمُ ٱلْغَـٰلِبُونَ
Transliteration wa-inna jundanā lahumu l-ghālibūna
Nepali १७३) र निश्चय नै हाम्रो सेना नै प्रभावि रहनेछन्,
Verse 174
فَتَوَلَّ عَنْهُمْ حَتَّىٰ حِينٍ
Transliteration fatawalla ʿanhum ḥattā ḥīnin
Nepali १७४) अतः एक अवधिसम्म तपाई उनीहरूसित विमुख रहनु,
Verse 175
وَأَبْصِرْهُمْ فَسَوْفَ يُبْصِرُونَ
Transliteration wa-abṣir'hum fasawfa yub'ṣirūna
Nepali १७५) र उनीहरूलाई हेरिराख्नुस् । र यिनीहरूले पनि शीघ्र नै (कुफ्रको परिणाम) देखिहाल्नेछन् ।
Verse 176
أَفَبِعَذَابِنَا يَسْتَعْجِلُونَ
Transliteration afabiʿadhābinā yastaʿjilūna
Nepali १७६) के उनीहरू हाम्रो यातनाको निम्ति हतार गरिराखेका छन् ।
Verse 177
فَإِذَا نَزَلَ بِسَاحَتِهِمْ فَسَآءَ صَبَاحُ ٱلْمُنذَرِينَ
Transliteration fa-idhā nazala bisāḥatihim fasāa ṣabāḥu l-mundharīna
Nepali १७७) तर जब हाम्रो यातना उनीहरूको आँगनमा उत्रन्छ तब जसलाई भय सुनाइएको थियो, उनीहरूको निम्ति नराम्रो दिन हुनेछ ।
Verse 178
وَتَوَلَّ عَنْهُمْ حَتَّىٰ حِينٍ
Transliteration watawalla ʿanhum ḥattā ḥīnin
Nepali १७८) एक अवधिसम्म तपाईले उनीहरूको विचार छोडिदिनुस् ।
Verse 179
وَأَبْصِرْ فَسَوْفَ يُبْصِرُونَ
Transliteration wa-abṣir fasawfa yub'ṣirūna
Nepali १७९) र हेर्दै गर्नुस्, यिनीहरूले पनि शीघ्र नै (परिणाम) देखिहाल्नेछन् ।
Verse 180
سُبْحَـٰنَ رَبِّكَ رَبِّ ٱلْعِزَّةِ عَمَّا يَصِفُونَ
Transliteration sub'ḥāna rabbika rabbi l-ʿizati ʿammā yaṣifūna
Nepali १८०) पवित्र छ तपाईको पालनकर्ता जो धेरै सम्मानित र मुक्त छ ती कुराहरूबाट जुन यिनीहरूले वर्णन गर्दछन् ।
Verse 181
وَسَلَـٰمٌ عَلَى ٱلْمُرْسَلِينَ
Transliteration wasalāmun ʿalā l-mur'salīna
Nepali १८१) पैगम्बरहरू माथि सलाम छ ।
Verse 182
وَٱلْحَمْدُ لِلَّهِ رَبِّ ٱلْعَـٰلَمِينَ
Transliteration wal-ḥamdu lillahi rabbi l-ʿālamīna
Nepali १८२) र सम्पूर्ण प्रशंसा अल्लाहको लागि छ जो सम्पूर्ण जगतको पालनकर्ता हो ।
Read Surah As-Saffat in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.