Surah Ghafir in Nepali: translation and audio
Surah 40 · غافر · The Forgiver · 85 verses
Surah Ghafir verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Ghafir word by word in English.
Verse 1
حمٓ
Transliteration hha-meem
Nepali १) हामीम
Verse 2
تَنزِيلُ ٱلْكِتَـٰبِ مِنَ ٱللَّهِ ٱلْعَزِيزِ ٱلْعَلِيمِ
Transliteration tanzīlu l-kitābi mina l-lahi l-ʿazīzi l-ʿalīmi
Nepali २) यस किताबको अवतरण उस सर्वशक्तिशाली र सर्वज्ञ अल्लाहको तर्फबाट हो ।
Verse 3
غَافِرِ ٱلذَّنۢبِ وَقَابِلِ ٱلتَّوْبِ شَدِيدِ ٱلْعِقَابِ ذِى ٱلطَّوْلِ ۖ لَآ إِلَـٰهَ إِلَّا هُوَ ۖ إِلَيْهِ ٱلْمَصِيرُ
Transliteration ghāfiri l-dhanbi waqābili l-tawbi shadīdi l-ʿiqābi dhī l-ṭawli lā ilāha illā huwa ilayhi l-maṣīru
Nepali ३) जो गुनाह(पाप) क्षमा गर्नेवाला र तौबा (प्रायश्चित) स्वीकार गर्नेवाला, कठोर दण्ड दिनेवाला र शक्तिवाला छ । उस बाहेक कोही सत्य पूज्य छैन । उसैतिर फर्किजानु पर्नेछ ।
Verse 4
مَا يُجَـٰدِلُ فِىٓ ءَايَـٰتِ ٱللَّهِ إِلَّا ٱلَّذِينَ كَفَرُوا۟ فَلَا يَغْرُرْكَ تَقَلُّبُهُمْ فِى ٱلْبِلَـٰدِ
Transliteration mā yujādilu fī āyāti l-lahi illā alladhīna kafarū falā yaghrur'ka taqallubuhum fī l-bilādi
Nepali ४) अल्लाहका आयतहरूमा ती मानिसहरूले नै विवाद गर्दछन्, जो काफिर छन्, तसर्थ उनीहरूको शहरहरूमा हिंड्डुल (आवागमन) ले तपार्इंलाई भ्रममा नपारोस् ।
Verse 5
كَذَّبَتْ قَبْلَهُمْ قَوْمُ نُوحٍ وَٱلْأَحْزَابُ مِنۢ بَعْدِهِمْ ۖ وَهَمَّتْ كُلُّ أُمَّةٍۭ بِرَسُولِهِمْ لِيَأْخُذُوهُ ۖ وَجَـٰدَلُوا۟ بِٱلْبَـٰطِلِ لِيُدْحِضُوا۟ بِهِ ٱلْحَقَّ فَأَخَذْتُهُمْ ۖ فَكَيْفَ كَانَ عِقَابِ
Transliteration kadhabat qablahum qawmu nūḥin wal-aḥzābu min baʿdihim wahammat kullu ummatin birasūlihim liyakhudhūhu wajādalū bil-bāṭili liyud'ḥiḍū bihi l-ḥaqa fa-akhadhtuhum fakayfa kāna ʿiqābi
Nepali ५) नूहको जातिबन्धुले र उहाँ पश्चातका समूहहरूले पनि झूठा भने र हर उम्मतले (कौमले) आफ्ना पैगम्बरहरूको बारेमा इच्छा गरे कि तिनलाई समातिहालुन् र उनीहरूले असत्यको सहारा लिएर झगडा गरे, ताकि तिनबाट सत्यलाई बिगारिदेउन् । अतः उनीहरूलाई मैले समातिहालें, तसर्थ मेरो यातना कस्तो भयो ?
Verse 6
وَكَذَٰلِكَ حَقَّتْ كَلِمَتُ رَبِّكَ عَلَى ٱلَّذِينَ كَفَرُوٓا۟ أَنَّهُمْ أَصْحَـٰبُ ٱلنَّارِ
Transliteration wakadhālika ḥaqqat kalimatu rabbika ʿalā alladhīna kafarū annahum aṣḥābu l-nāri
Nepali ६) र यस्तै प्रकारले काफिरहरूको बारेमा तपार्इंको पालनकर्ताको आदेश पूरा भइसकेको छ कि उनीहरू नर्कबासी छन् ।
Verse 7
ٱلَّذِينَ يَحْمِلُونَ ٱلْعَرْشَ وَمَنْ حَوْلَهُۥ يُسَبِّحُونَ بِحَمْدِ رَبِّهِمْ وَيُؤْمِنُونَ بِهِۦ وَيَسْتَغْفِرُونَ لِلَّذِينَ ءَامَنُوا۟ رَبَّنَا وَسِعْتَ كُلَّ شَىْءٍ رَّحْمَةً وَعِلْمًا فَٱغْفِرْ لِلَّذِينَ تَابُوا۟ وَٱتَّبَعُوا۟ سَبِيلَكَ وَقِهِمْ عَذَابَ ٱلْجَحِيمِ
Transliteration alladhīna yaḥmilūna l-ʿarsha waman ḥawlahu yusabbiḥūna biḥamdi rabbihim wayu'minūna bihi wayastaghfirūna lilladhīna āmanū rabbanā wasiʿ'ta kulla shayin raḥmatan waʿil'man fa-igh'fir lilladhīna tābū wa-ittabaʿū sabīlaka waqihim ʿadhāba l-jaḥīmi
Nepali ७) जसले (स्वर्गदूत) अल्लाहको आसन उचालेका छन् र उसको वरिपरिका फरिश्ताहरू आफ्नो पालनकर्ताको गुणगान् गर्दछन् र उसमाथि ईमान राख्दछन् र ईमानवाला मानिसहरूको निम्ति क्षमाको प्रार्थना गर्दछन्, भन्दछन्, किः ‘‘हे हाम्रो पालनकर्ता ! तिमीले आफ्नो दयालुता र आफ्नो ज्ञानले प्रत्येक कुरामा व्याप्क छौ । अतः जुन मानिसहरूले प्रायश्चित गरे र तिम्रो मार्गको अनुशरण गरे, उनीहरूलाई क्षमा गरिदेऊ र प्रज्वलित नर्कको आगोको यातनाबाट उनीहरूलाई बचाइहाल ।
Verse 8
رَبَّنَا وَأَدْخِلْهُمْ جَنَّـٰتِ عَدْنٍ ٱلَّتِى وَعَدتَّهُمْ وَمَن صَلَحَ مِنْ ءَابَآئِهِمْ وَأَزْوَٰجِهِمْ وَذُرِّيَّـٰتِهِمْ ۚ إِنَّكَ أَنتَ ٱلْعَزِيزُ ٱلْحَكِيمُ
Transliteration rabbanā wa-adkhil'hum jannāti ʿadnin allatī waʿadttahum waman ṣalaḥa min ābāihim wa-azwājihim wadhurriyyātihim innaka anta l-ʿazīzu l-ḥakīmu
Nepali ८) हे हाम्रो पालनकर्ता ! तिमीले उनीहरूलाई सधैं बासको निम्ति स्वर्गहरूमा प्रवेश गराऊ, जसको तिमीले उनीहरूसित वाचा गरेका छौ, र उनीहरूका बाउबाजे र उनीहरूका पत्नीहरू र उनका सन्ततिहरूमध्ये जो असल आचरणवाला छन् उनीहरूलाई पनि । निःसन्देह तिमी अधिपत्यशाली अत्यन्त तत्वदर्शी हौ ।
Verse 9
وَقِهِمُ ٱلسَّيِّـَٔاتِ ۚ وَمَن تَقِ ٱلسَّيِّـَٔاتِ يَوْمَئِذٍ فَقَدْ رَحِمْتَهُۥ ۚ وَذَٰلِكَ هُوَ ٱلْفَوْزُ ٱلْعَظِيمُ
Transliteration waqihimu l-sayiāti waman taqi l-sayiāti yawma-idhin faqad raḥim'tahu wadhālika huwa l-fawzu l-ʿaẓīmu
Nepali ९) र उनीहरूलाई खराबीबाट पनि बचाइराख, सत्य त यो हो कि जसलाई तिमीले त्यस दिनको यातनाबाट बचायौ, त निःसन्देह उसमाथि तिम्रो दया भयो र यही नै ठूलो सफलता हो ।’’
Verse 10
إِنَّ ٱلَّذِينَ كَفَرُوا۟ يُنَادَوْنَ لَمَقْتُ ٱللَّهِ أَكْبَرُ مِن مَّقْتِكُمْ أَنفُسَكُمْ إِذْ تُدْعَوْنَ إِلَى ٱلْإِيمَـٰنِ فَتَكْفُرُونَ
Transliteration inna alladhīna kafarū yunādawna lamaqtu l-lahi akbaru min maqtikum anfusakum idh tud'ʿawna ilā l-īmāni fatakfurūna
Nepali १०) निश्चय नै जुन मानिसहरूले इन्कार गरे उनीहरूलाई पुकारेर भनिनेछः कि ‘‘तिमीहरू स्वयम् आफूसित जुन विद्वेष एवम् क्रोध गर्दथ्यौ, तिमीप्रति अल्लाहको क्रोध त्योभन्दा पनि बढी छ, किनभने जब तिमीलाई ईमानतिर बोलाइन्थ्यो तब तिमीले इन्कार गर्दथ्यौ ।
Verse 11
قَالُوا۟ رَبَّنَآ أَمَتَّنَا ٱثْنَتَيْنِ وَأَحْيَيْتَنَا ٱثْنَتَيْنِ فَٱعْتَرَفْنَا بِذُنُوبِنَا فَهَلْ إِلَىٰ خُرُوجٍ مِّن سَبِيلٍ
Transliteration qālū rabbanā amattanā ith'natayni wa-aḥyaytanā ith'natayni fa-iʿ'tarafnā bidhunūbinā fahal ilā khurūjin min sabīlin
Nepali ११) उनीहरूले भन्नेछन्ः कि ‘‘हे हाम्रो पालनकर्ता ! तिमीले हामीलाई दुईपटक मृत बनायौ र दुईपटक जीवित गर्यौ । अब हामीले आफ्ना गुनाह (अपराधहरू) स्वीकार गर्यौं, त के अब कुनै निस्कने मार्ग पनि छ ?’’
Verse 12
ذَٰلِكُم بِأَنَّهُۥٓ إِذَا دُعِىَ ٱللَّهُ وَحْدَهُۥ كَفَرْتُمْ ۖ وَإِن يُشْرَكْ بِهِۦ تُؤْمِنُوا۟ ۚ فَٱلْحُكْمُ لِلَّهِ ٱلْعَلِىِّ ٱلْكَبِيرِ
Transliteration dhālikum bi-annahu idhā duʿiya l-lahu waḥdahu kafartum wa-in yush'rak bihi tu'minū fal-ḥuk'mu lillahi l-ʿaliyi l-kabīri
Nepali १२) यो सजाय (अजाब) तिमीलाई यसकारण छ कि जब एक्लो अल्लाहलाई पुकारिन्थ्यो तब तिमीले इन्कार गर्दथ्यौ । तर यदि ऊसँग अरु साझेदार ठहराइन्थ्यो भने तिमीले मानिहाल्थ्यौ । तसर्थ अब फैसला (निर्णय) अल्लाहकै हो, जो सर्वोच्च र महान् छ ।
Verse 13
هُوَ ٱلَّذِى يُرِيكُمْ ءَايَـٰتِهِۦ وَيُنَزِّلُ لَكُم مِّنَ ٱلسَّمَآءِ رِزْقًا ۚ وَمَا يَتَذَكَّرُ إِلَّا مَن يُنِيبُ
Transliteration huwa alladhī yurīkum āyātihi wayunazzilu lakum mina l-samāi riz'qan wamā yatadhakkaru illā man yunību
Nepali १३) उही हो जसले तिमीलाई आफ्नो निशानी देखाउँदछ । र तिम्रो निम्ति आकाशबाट जीविका अवतरित गर्दछ, उपदेश त त्यसैले प्राप्त गर्दछ जो (अल्लाहतिर) प्रवृत्त हुन्छ ।
Verse 14
فَٱدْعُوا۟ ٱللَّهَ مُخْلِصِينَ لَهُ ٱلدِّينَ وَلَوْ كَرِهَ ٱلْكَـٰفِرُونَ
Transliteration fa-id'ʿū l-laha mukh'liṣīna lahu l-dīna walaw kariha l-kāfirūna
Nepali १४) तिमीले अल्लाहलाई पुकार्दै गर, धर्मलाई उसको निम्ति समर्पित गरेर यदि काफिरहरूले नराम्रो नै मान्दछन् भने पनि ।
Verse 15
رَفِيعُ ٱلدَّرَجَـٰتِ ذُو ٱلْعَرْشِ يُلْقِى ٱلرُّوحَ مِنْ أَمْرِهِۦ عَلَىٰ مَن يَشَآءُ مِنْ عِبَادِهِۦ لِيُنذِرَ يَوْمَ ٱلتَّلَاقِ
Transliteration rafīʿu l-darajāti dhū l-ʿarshi yul'qī l-rūḥa min amrihi ʿalā man yashāu min ʿibādihi liyundhira yawma l-talāqi
Nepali १५) सर्वोच्च दर्जावाला‘‘अर्श’’ को मालिक उसले आफ्ना भक्तहरूमध्ये, जसलाई चाहन्छ, आफ्नो आदेशले वह्य पठाउँदछ, ताकि साक्षात्कारको दिनबाट डराओस् ।
Verse 16
يَوْمَ هُم بَـٰرِزُونَ ۖ لَا يَخْفَىٰ عَلَى ٱللَّهِ مِنْهُمْ شَىْءٌ ۚ لِّمَنِ ٱلْمُلْكُ ٱلْيَوْمَ ۖ لِلَّهِ ٱلْوَٰحِدِ ٱلْقَهَّارِ
Transliteration yawma hum bārizūna lā yakhfā ʿalā l-lahi min'hum shayon limani l-mul'ku l-yawma lillahi l-wāḥidi l-qahāri
Nepali १६) जुनदिन उनीहरू खुल्लारूपले अगाडि उपस्थित हुनेछन् उनीहरूको कुनै कुरा अल्लाहसित लुकेको हुनेछैन, ‘‘आज कसको राज्य छ ?’’ ‘‘अल्लाहको मात्र जो एकलै सबैमाथि शक्ति सम्पन्न छ ।
Verse 17
ٱلْيَوْمَ تُجْزَىٰ كُلُّ نَفْسٍۭ بِمَا كَسَبَتْ ۚ لَا ظُلْمَ ٱلْيَوْمَ ۚ إِنَّ ٱللَّهَ سَرِيعُ ٱلْحِسَابِ
Transliteration al-yawma tuj'zā kullu nafsin bimā kasabat lā ẓul'ma l-yawma inna l-laha sarīʿu l-ḥisābi
Nepali १७) आज प्रत्येक व्यक्तिलाई उसको कमाइको प्रतिफल दिइनेछ । आज कुनै अन्याय हुनेछैन । निःसन्देह अल्लाह शीघ्र हिसाब लिनेवाला छ ।
Verse 18
وَأَنذِرْهُمْ يَوْمَ ٱلْـَٔازِفَةِ إِذِ ٱلْقُلُوبُ لَدَى ٱلْحَنَاجِرِ كَـٰظِمِينَ ۚ مَا لِلظَّـٰلِمِينَ مِنْ حَمِيمٍ وَلَا شَفِيعٍ يُطَاعُ
Transliteration wa-andhir'hum yawma l-āzifati idhi l-qulūbu ladā l-ḥanājiri kāẓimīna mā lilẓẓālimīna min ḥamīmin walā shafīʿin yuṭāʿu
Nepali १८) र उनीहरूलाई शीघ्र आउने कयामतको दिनबाट सावधान गरिदिनुस्, जबकि चिन्ताले हृदय कण्ठमा आइहाल्नेछ र सबै चुपचाप हुनेछन् । अपराधीहरूको न कोही घनिष्ट मित्र हुनेछ र न सिफारिश गर्ने मानिस, जसको कुरा मानियोस् ।
Verse 19
يَعْلَمُ خَآئِنَةَ ٱلْأَعْيُنِ وَمَا تُخْفِى ٱلصُّدُورُ
Transliteration yaʿlamu khāinata l-aʿyuni wamā tukh'fī l-ṣudūru
Nepali १९) उसले आँखामा लुकेको धोकेबाजी जान्दछ र जुन (कुराहरू) छातीभित्र लुकेका हुन्छन् (उनलाई पनि) ।
Verse 20
وَٱللَّهُ يَقْضِى بِٱلْحَقِّ ۖ وَٱلَّذِينَ يَدْعُونَ مِن دُونِهِۦ لَا يَقْضُونَ بِشَىْءٍ ۗ إِنَّ ٱللَّهَ هُوَ ٱلسَّمِيعُ ٱلْبَصِيرُ
Transliteration wal-lahu yaqḍī bil-ḥaqi wa-alladhīna yadʿūna min dūnihi lā yaqḍūna bishayin inna l-laha huwa l-samīʿu l-baṣīru
Nepali २०) र अल्लाहले ठीक–ठीक फैसला गर्नेछ । र उसबाहेक जसलाई यिनीहरूले पुकार्दछन्, उनीहरूले कुनै कुराको पनि फैसला गर्न सक्दैनन् । निःसन्देह अल्लाह सबै सुन्नेवाला (र) देख्नेवाला छ ।
Verse 21
۞ أَوَلَمْ يَسِيرُوا۟ فِى ٱلْأَرْضِ فَيَنظُرُوا۟ كَيْفَ كَانَ عَـٰقِبَةُ ٱلَّذِينَ كَانُوا۟ مِن قَبْلِهِمْ ۚ كَانُوا۟ هُمْ أَشَدَّ مِنْهُمْ قُوَّةً وَءَاثَارًا فِى ٱلْأَرْضِ فَأَخَذَهُمُ ٱللَّهُ بِذُنُوبِهِمْ وَمَا كَانَ لَهُم مِّنَ ٱللَّهِ مِن وَاقٍ
Transliteration awalam yasīrū fī l-arḍi fayanẓurū kayfa kāna ʿāqibatu alladhīna kānū min qablihim kānū hum ashadda min'hum quwwatan waāthāran fī l-arḍi fa-akhadhahumu l-lahu bidhunūbihim wamā kāna lahum mina l-lahi min wāqin
Nepali २१) के यिनीहरू धरतीमा घुमफिर गरेनन् ताकि देख्दथे कि ती मानिसहरूको परिणाम कस्तो भयो, जो उनीहरूभन्दा पहिला गुज्रिसकेका छन् ? उनीहरू शक्ति र धरतीमा आफ्ना चिन्हहरूको दृष्टिले यिनीहरूभन्दा बढी थिए, अनि उनीहरूको पापको कारण अल्लाहले उनीहरूलाई समातिहाल्यो । र अल्लाहको सजायबाट उनीहरूलाई बचाउनेवाला कोही थिएन ।
Verse 22
ذَٰلِكَ بِأَنَّهُمْ كَانَت تَّأْتِيهِمْ رُسُلُهُم بِٱلْبَيِّنَـٰتِ فَكَفَرُوا۟ فَأَخَذَهُمُ ٱللَّهُ ۚ إِنَّهُۥ قَوِىٌّ شَدِيدُ ٱلْعِقَابِ
Transliteration dhālika bi-annahum kānat tatīhim rusuluhum bil-bayināti fakafarū fa-akhadhahumu l-lahu innahu qawiyyun shadīdu l-ʿiqābi
Nepali २२) यो यसकारण कि उनीहरूको पासमा पैगम्बरहरू चमत्कार लिएर आउँदथे त तिनीहरूले कुफ्र गरे, तसर्थ अल्लाहले उनीहरूलाई समतिहाल्यो । निःसन्देह त्यो सर्वशक्तिमान् (र) भयंकर सजाय दिनेवाला छ ।
Verse 23
وَلَقَدْ أَرْسَلْنَا مُوسَىٰ بِـَٔايَـٰتِنَا وَسُلْطَـٰنٍ مُّبِينٍ
Transliteration walaqad arsalnā mūsā biāyātinā wasul'ṭānin mubīnin
Nepali २३) र हामीले ‘‘मूसालाई’’ आफ्ना निशानीहरू र स्पष्ट प्रमाण दिएर पठायौं ।
Verse 24
إِلَىٰ فِرْعَوْنَ وَهَـٰمَـٰنَ وَقَـٰرُونَ فَقَالُوا۟ سَـٰحِرٌ كَذَّابٌ
Transliteration ilā fir'ʿawna wahāmāna waqārūna faqālū sāḥirun kadhābun
Nepali २४) (अर्थात्) ‘‘फिरऔन’’ र ‘‘हामान’’ र ‘‘कारूनतिर’’, तब उनीहरूले भने कि ‘‘यो त जादूगर र झूठो हो ।’’
Verse 25
فَلَمَّا جَآءَهُم بِٱلْحَقِّ مِنْ عِندِنَا قَالُوا۟ ٱقْتُلُوٓا۟ أَبْنَآءَ ٱلَّذِينَ ءَامَنُوا۟ مَعَهُۥ وَٱسْتَحْيُوا۟ نِسَآءَهُمْ ۚ وَمَا كَيْدُ ٱلْكَـٰفِرِينَ إِلَّا فِى ضَلَـٰلٍ
Transliteration falammā jāahum bil-ḥaqi min ʿindinā qālū uq'tulū abnāa alladhīna āmanū maʿahu wa-is'taḥyū nisāahum wamā kaydu l-kāfirīna illā fī ḍalālin
Nepali २५) अनि जब (मूसा अलैहिस्सलाम) उनीहरूको सामु हाम्रो तर्फबाट सत्य धर्म लिएर आए तब उनीहरूले भनेः कि यसको साथमा ईमानवालाहरू जति छन्, उनीहरूका छोराहरूलाई मारिहाल र उनीहरूका छोरीहरूलाई जीवित छाडिदेऊ । र इन्कार गर्नेहरूको षडयन्त्र त विचलित हुनलाई मात्र हुन्छ ।
Verse 26
وَقَالَ فِرْعَوْنُ ذَرُونِىٓ أَقْتُلْ مُوسَىٰ وَلْيَدْعُ رَبَّهُۥٓ ۖ إِنِّىٓ أَخَافُ أَن يُبَدِّلَ دِينَكُمْ أَوْ أَن يُظْهِرَ فِى ٱلْأَرْضِ ٱلْفَسَادَ
Transliteration waqāla fir'ʿawnu dharūnī aqtul mūsā walyadʿu rabbahu innī akhāfu an yubaddila dīnakum aw an yuẓ'hira fī l-arḍi l-fasāda
Nepali २६) र फिरऔनले भन्यो कि मलाई छाडिदेऊ ताकि ‘‘मूसालाई’’ मारिहालूँ र उसले आफ्नो पालनहारलाई (सहायताको निम्ति) पुकारोस् । मलाई भय छ कि उसले तिमीहरूको धर्मलाई परिवर्तित नगरिहालोस् वा उसले देशमा ठूलो दंगा नभड्काइदेओस् ।
Verse 27
وَقَالَ مُوسَىٰٓ إِنِّى عُذْتُ بِرَبِّى وَرَبِّكُم مِّن كُلِّ مُتَكَبِّرٍ لَّا يُؤْمِنُ بِيَوْمِ ٱلْحِسَابِ
Transliteration waqāla mūsā innī ʿudh'tu birabbī warabbikum min kulli mutakabbirin lā yu'minu biyawmi l-ḥisābi
Nepali २७) त्यसपछि ‘‘मूसाले भनेः कि ‘‘मैले हरेक अहंकारीको खराबीबाट, जसले हिसाबको दिनमाथि ईमान राख्दैन आफ्नो र तिम्रो पालनकर्ताको शरण लिइसकेको छु ।
Verse 28
وَقَالَ رَجُلٌ مُّؤْمِنٌ مِّنْ ءَالِ فِرْعَوْنَ يَكْتُمُ إِيمَـٰنَهُۥٓ أَتَقْتُلُونَ رَجُلًا أَن يَقُولَ رَبِّىَ ٱللَّهُ وَقَدْ جَآءَكُم بِٱلْبَيِّنَـٰتِ مِن رَّبِّكُمْ ۖ وَإِن يَكُ كَـٰذِبًا فَعَلَيْهِ كَذِبُهُۥ ۖ وَإِن يَكُ صَادِقًا يُصِبْكُم بَعْضُ ٱلَّذِى يَعِدُكُمْ ۖ إِنَّ ٱللَّهَ لَا يَهْدِى مَنْ هُوَ مُسْرِفٌ كَذَّابٌ
Transliteration waqāla rajulun mu'minun min āli fir'ʿawna yaktumu īmānahu ataqtulūna rajulan an yaqūla rabbiya l-lahu waqad jāakum bil-bayināti min rabbikum wa-in yaku kādhiban faʿalayhi kadhibuhu wa-in yaku ṣādiqan yuṣib'kum baʿḍu alladhī yaʿidukum inna l-laha lā yahdī man huwa mus'rifun kadhābun
Nepali २८) र फिरऔनका नातेदारमध्ये एउटा मोमिन् व्यक्ति जसले आफ्नो ईमान लुकाएर राख्थ्यो भन्नथाल्यो ‘‘के तिमीले एउटा मानिसलाई यस कारण मार्न चाहन्छौ, कि उसले भन्छ कि मेरो पालनकर्ता अल्लाह हो, र उसले तिम्रो पासमा तिम्रो पालनकर्ताको तर्फबाट प्रमाणहरू पनि लिएर आएको छ ? र यदि त्यो झूठा छ भने उसको झूठको नोक्सान उसैलाई हुनेछ । र यदि सत्य छ भने जुन सजायको उसले तिमीलाई धम्की दिइराखेको छ, त्यसबाट केही न केही त तिमीमाथि आइपर्नेछ । निश्चय नै अल्लाहले त्यस्तालाई मार्ग देखाउँदैन जो अतिक्रमणकारी र बडो झूठा छन् ।
Verse 29
يَـٰقَوْمِ لَكُمُ ٱلْمُلْكُ ٱلْيَوْمَ ظَـٰهِرِينَ فِى ٱلْأَرْضِ فَمَن يَنصُرُنَا مِنۢ بَأْسِ ٱللَّهِ إِن جَآءَنَا ۚ قَالَ فِرْعَوْنُ مَآ أُرِيكُمْ إِلَّا مَآ أَرَىٰ وَمَآ أَهْدِيكُمْ إِلَّا سَبِيلَ ٱلرَّشَادِ
Transliteration yāqawmi lakumu l-mul'ku l-yawma ẓāhirīna fī l-arḍi faman yanṣurunā min basi l-lahi in jāanā qāla fir'ʿawnu mā urīkum illā mā arā wamā ahdīkum illā sabīla l-rashādi
Nepali २९) हे मेरा जातिबन्धुका मानिसहरू ! आज त तिम्रो सत्ता छ, तिमी यस धरतीमा प्रभावी छौ तर यदि हामीमाथि अल्लाहको यातना आयो भने हाम्रो सहायता कसले गर्नेछ ?’’ फिरऔनले भन्योः कि ‘‘मैले तिमीलाई त्यही सल्लाह दिइराखेछु जुन म स्वयम् देखिराखेको छु र मैले तिमीलाई ठीक बाटो नै देखाइराखेको छु“ ।
Verse 30
وَقَالَ ٱلَّذِىٓ ءَامَنَ يَـٰقَوْمِ إِنِّىٓ أَخَافُ عَلَيْكُم مِّثْلَ يَوْمِ ٱلْأَحْزَابِ
Transliteration waqāla alladhī āmana yāqawmi innī akhāfu ʿalaykum mith'la yawmi l-aḥzābi
Nepali ३०) तब त्यस मोमिनले भन्नथाल्यो कि हे मेरा जातिबन्धुका मानिसहरू ! मलाई तिम्रो बारेमा भय छ कि तिमीमाथि (विनाशको) त्यस्तो दिन नआइहालोस् जस्तो कि अन्य विगत समुदायहरूमाथि आइपरेको थियो ।
Verse 31
مِثْلَ دَأْبِ قَوْمِ نُوحٍ وَعَادٍ وَثَمُودَ وَٱلَّذِينَ مِنۢ بَعْدِهِمْ ۚ وَمَا ٱللَّهُ يُرِيدُ ظُلْمًا لِّلْعِبَادِ
Transliteration mith'la dabi qawmi nūḥin waʿādin wathamūda wa-alladhīna min baʿdihim wamā l-lahu yurīdu ẓul'man lil'ʿibādi
Nepali ३१) जस्तो नूहको कौम र ‘‘आद’’ र ‘‘समूद’’ र उनीहरूपछिका समुदायहरूको अवस्था भयो र अल्लाहले त आफ्ना भक्तहरूमाथि अत्याचार गर्न चाहदैन ।
Verse 32
وَيَـٰقَوْمِ إِنِّىٓ أَخَافُ عَلَيْكُمْ يَوْمَ ٱلتَّنَادِ
Transliteration wayāqawmi innī akhāfu ʿalaykum yawma l-tanādi
Nepali ३२) र हे मेरा जातिबन्धुका मानिसहरू मलाई तिम्रो बारेमा हाँक–पुकारको दिन (कियामत) को पनि भय छ ।
Verse 33
يَوْمَ تُوَلُّونَ مُدْبِرِينَ مَا لَكُم مِّنَ ٱللَّهِ مِنْ عَاصِمٍ ۗ وَمَن يُضْلِلِ ٱللَّهُ فَمَا لَهُۥ مِنْ هَادٍ
Transliteration yawma tuwallūna mud'birīna mā lakum mina l-lahi min ʿāṣimin waman yuḍ'lili l-lahu famā lahu min hādin
Nepali ३३) जुन दिन तिमी पिठ्युँ फर्काएर भाग्नेछौ, तिमीलाई कसैले पनि अल्लाहको (अजाब) बाट बचाउनेवाला हुनेछैन र जसलाई अल्लाहले मार्गविचलित गर्दछ, त्यसलाई कसैले पनि मार्गदर्शन गर्नेवाला हुनेछैन ।
Verse 34
وَلَقَدْ جَآءَكُمْ يُوسُفُ مِن قَبْلُ بِٱلْبَيِّنَـٰتِ فَمَا زِلْتُمْ فِى شَكٍّ مِّمَّا جَآءَكُم بِهِۦ ۖ حَتَّىٰٓ إِذَا هَلَكَ قُلْتُمْ لَن يَبْعَثَ ٱللَّهُ مِنۢ بَعْدِهِۦ رَسُولًا ۚ كَذَٰلِكَ يُضِلُّ ٱللَّهُ مَنْ هُوَ مُسْرِفٌ مُّرْتَابٌ
Transliteration walaqad jāakum yūsufu min qablu bil-bayināti famā zil'tum fī shakkin mimmā jāakum bihi ḥattā idhā halaka qul'tum lan yabʿatha l-lahu min baʿdihi rasūlan kadhālika yuḍillu l-lahu man huwa mus'rifun mur'tābun
Nepali ३४) र यस अघि ‘‘यूसुफअलैहिस्सलाम)’’ पनि तिम्रो पासमा प्रमाणहरू लिएर आएका थिए, त्यसमा तिमी सधैं शंका नै गर्दथ्यौ । यहाँसम्म कि जब उनको मृत्यु भइहाल्यो, त तिमीले भन्न लाग्यौ कि अल्लाह उनी पछाडि कुनै (पैगम्बर) संदेष्टा पठाउने छैन । यस्तै प्रकारले अल्लाहले प्रत्येक त्यस व्यक्तिलाई मार्गविचलित गराइदिन्छ जो सीमा उल्लंघन गर्नेवाला (र) शंका गर्नेवाला छ ।
Verse 35
ٱلَّذِينَ يُجَـٰدِلُونَ فِىٓ ءَايَـٰتِ ٱللَّهِ بِغَيْرِ سُلْطَـٰنٍ أَتَىٰهُمْ ۖ كَبُرَ مَقْتًا عِندَ ٱللَّهِ وَعِندَ ٱلَّذِينَ ءَامَنُوا۟ ۚ كَذَٰلِكَ يَطْبَعُ ٱللَّهُ عَلَىٰ كُلِّ قَلْبِ مُتَكَبِّرٍ جَبَّارٍ
Transliteration alladhīna yujādilūna fī āyāti l-lahi bighayri sul'ṭānin atāhum kabura maqtan ʿinda l-lahi waʿinda alladhīna āmanū kadhālika yaṭbaʿu l-lahu ʿalā kulli qalbi mutakabbirin jabbārin
Nepali ३५) जुन मानिसहरूले उनीहरूको पासमा कुनै प्रमाण नआइकन, अल्लाहका आयतहरूमा विवाद गर्दछन्, अल्लाहको नजिक र मोमिनहरूको नजिक त्यो निक्कै अप्रिय कुरो हो । यस्तै प्रकार अल्लाहले हर घमण्डी–अट्टेरीको हृदयमा छाप लगाइदिन्छ ।
Verse 36
وَقَالَ فِرْعَوْنُ يَـٰهَـٰمَـٰنُ ٱبْنِ لِى صَرْحًا لَّعَلِّىٓ أَبْلُغُ ٱلْأَسْبَـٰبَ
Transliteration waqāla fir'ʿawnu yāhāmānu ib'ni lī ṣarḥan laʿallī ablughu l-asbāba
Nepali ३६) फिरऔनले भन्योः कि हे ‘‘हामान मेरो निम्ति एउटा महल बनाऊ ताकि म त्यसमा चढेर ती ढोकाहरूसम्म पुग्न सकूँ ।
Verse 37
أَسْبَـٰبَ ٱلسَّمَـٰوَٰتِ فَأَطَّلِعَ إِلَىٰٓ إِلَـٰهِ مُوسَىٰ وَإِنِّى لَأَظُنُّهُۥ كَـٰذِبًا ۚ وَكَذَٰلِكَ زُيِّنَ لِفِرْعَوْنَ سُوٓءُ عَمَلِهِۦ وَصُدَّ عَنِ ٱلسَّبِيلِ ۚ وَمَا كَيْدُ فِرْعَوْنَ إِلَّا فِى تَبَابٍ
Transliteration asbāba l-samāwāti fa-aṭṭaliʿa ilā ilāhi mūsā wa-innī la-aẓunnuhu kādhiban wakadhālika zuyyina lifir'ʿawna sūu ʿamalihi waṣudda ʿani l-sabīli wamā kaydu fir'ʿawna illā fī tabābin
Nepali ३७) जुन ढोकाहरू आकाशमा छन् अनि मूसाको अल्लाहलाई देखिहालू“ र म त उसलाई झूठा नै सम्झन्छु । र यस्तै प्रकारले फिरऔनका नराम्रा कर्महरू उसलाई राम्रा लाग्दथे र उसलाई मार्गबाट रोकिइहालिएको थियो र फिरऔनको चालवाजी व्यर्थमा गयो ।
Verse 38
وَقَالَ ٱلَّذِىٓ ءَامَنَ يَـٰقَوْمِ ٱتَّبِعُونِ أَهْدِكُمْ سَبِيلَ ٱلرَّشَادِ
Transliteration waqāla alladhī āmana yāqawmi ittabiʿūni ahdikum sabīla l-rashādi
Nepali ३८) र त्यस ईमानदार व्यक्तिले भन्योः कि हे मेरा जातिबन्धुका मानिसहरू ! तिमीहरू मेरो अनुशरण गर । म तिम्रो भलाईको ठीक बाटो देखाउनेछु ।
Verse 39
يَـٰقَوْمِ إِنَّمَا هَـٰذِهِ ٱلْحَيَوٰةُ ٱلدُّنْيَا مَتَـٰعٌ وَإِنَّ ٱلْـَٔاخِرَةَ هِىَ دَارُ ٱلْقَرَارِ
Transliteration yāqawmi innamā hādhihi l-ḥayatu l-dun'yā matāʿun wa-inna l-ākhirata hiya dāru l-qarāri
Nepali ३९) हे मेरा कौमका मानिसहरू ! यो संसारिक जीवन त मात्र अस्थायी हो । संतुष्टिको साथ स्थायी रूपले बस्ने घर त आखिरत नै हो ।
Verse 40
مَنْ عَمِلَ سَيِّئَةً فَلَا يُجْزَىٰٓ إِلَّا مِثْلَهَا ۖ وَمَنْ عَمِلَ صَـٰلِحًا مِّن ذَكَرٍ أَوْ أُنثَىٰ وَهُوَ مُؤْمِنٌ فَأُو۟لَـٰٓئِكَ يَدْخُلُونَ ٱلْجَنَّةَ يُرْزَقُونَ فِيهَا بِغَيْرِ حِسَابٍ
Transliteration man ʿamila sayyi-atan falā yuj'zā illā mith'lahā waman ʿamila ṣāliḥan min dhakarin aw unthā wahuwa mu'minun fa-ulāika yadkhulūna l-janata yur'zaqūna fīhā bighayri ḥisābin
Nepali ४०) जसले नराम्रो कर्म (गुनाह) गर्नेछ, त्यसको प्रतिफल पनि उसले त्यस्तै पाउनेछ र जसले असल काम गरेको छ, ऊ चाहे पुरुष होस् वा स्त्री र त्यो ईमानवाला छ, त यस्ता मानिसहरू बहिश्त(स्वर्ग) मा प्रवेश पाउने छन्, र त्यहाँ उनीहरूलाई असीमित जीविका प्राप्त हुनेछ ।
Verse 41
۞ وَيَـٰقَوْمِ مَا لِىٓ أَدْعُوكُمْ إِلَى ٱلنَّجَوٰةِ وَتَدْعُونَنِىٓ إِلَى ٱلنَّارِ
Transliteration wayāqawmi mā lī adʿūkum ilā l-najati watadʿūnanī ilā l-nāri
Nepali ४१) हे मेरो समुदाय ! यो कस्तो कुरा छ कि मैले तिमीलाई मुक्तितिर बोलाइरहेछु, र तिमीले मलाई नर्कतिर बोलाइरहेका छौ ।
Verse 42
تَدْعُونَنِى لِأَكْفُرَ بِٱللَّهِ وَأُشْرِكَ بِهِۦ مَا لَيْسَ لِى بِهِۦ عِلْمٌ وَأَنَا۠ أَدْعُوكُمْ إِلَى ٱلْعَزِيزِ ٱلْغَفَّـٰرِ
Transliteration tadʿūnanī li-akfura bil-lahi wa-ush'rika bihi mā laysa lī bihi ʿil'mun wa-anā adʿūkum ilā l-ʿazīzi l-ghafāri
Nepali ४२) तिमीले मलाई यो आमन्त्रण गर्दैछौ कि म अल्लाहसित कुफ्र गरूँ, र उसको साझेदार ठहराऊँ, जसको बारेमा मलाई केही पनि ज्ञान छैन, र मैले तिमीलाई (अल्लाह) सर्वशक्तिशाली क्षमादातातिर बोलाइराखेको छु ।
Verse 43
لَا جَرَمَ أَنَّمَا تَدْعُونَنِىٓ إِلَيْهِ لَيْسَ لَهُۥ دَعْوَةٌ فِى ٱلدُّنْيَا وَلَا فِى ٱلْـَٔاخِرَةِ وَأَنَّ مَرَدَّنَآ إِلَى ٱللَّهِ وَأَنَّ ٱلْمُسْرِفِينَ هُمْ أَصْحَـٰبُ ٱلنَّارِ
Transliteration lā jarama annamā tadʿūnanī ilayhi laysa lahu daʿwatun fī l-dun'yā walā fī l-ākhirati wa-anna maraddanā ilā l-lahi wa-anna l-mus'rifīna hum aṣḥābu l-nāri
Nepali ४३) सत्य त यो हो कि जुन कुरातिर तिमीले मलाई बोलाउँछौ, त्यो न संसारमा आमन्त्रण (पुकार्ने) योग्य छ र न आखिरतमा, र यो कि हामीलाई फर्कनु पनि अल्लाहतिरै छ र यो कि जो अतिक्रमणकारी छन्, तीनै नर्कबासी हुन् ।
Verse 44
فَسَتَذْكُرُونَ مَآ أَقُولُ لَكُمْ ۚ وَأُفَوِّضُ أَمْرِىٓ إِلَى ٱللَّهِ ۚ إِنَّ ٱللَّهَ بَصِيرٌۢ بِٱلْعِبَادِ
Transliteration fasatadhkurūna mā aqūlu lakum wa-ufawwiḍu amrī ilā l-lahi inna l-laha baṣīrun bil-ʿibādi
Nepali ४४) अतः जे–जति मैले तिमीलाई भनिराखेको छु, शीघ्र नै तिमीले याद गर्नेछौ । म त आफ्नो कुरो अल्लाहलाई सुम्पन्छु । निःसन्देह अल्लाह आफ्ना भक्तहरूलाई देखनेवाला हो ।
Verse 45
فَوَقَىٰهُ ٱللَّهُ سَيِّـَٔاتِ مَا مَكَرُوا۟ ۖ وَحَاقَ بِـَٔالِ فِرْعَوْنَ سُوٓءُ ٱلْعَذَابِ
Transliteration fawaqāhu l-lahu sayyiāti mā makarū waḥāqa biāli fir'ʿawna sūu l-ʿadhābi
Nepali ४५) यसर्थ अल्लाहले (मूसालाई) उनीहरूका षडयन्त्रहरूको दोषबाट बचाइहाल्यो र फिरऔनीहरूलाई नराम्रो यातनाले घेरिहाल्यो ।
Verse 46
ٱلنَّارُ يُعْرَضُونَ عَلَيْهَا غُدُوًّا وَعَشِيًّا ۖ وَيَوْمَ تَقُومُ ٱلسَّاعَةُ أَدْخِلُوٓا۟ ءَالَ فِرْعَوْنَ أَشَدَّ ٱلْعَذَابِ
Transliteration al-nāru yuʿ'raḍūna ʿalayhā ghuduwwan waʿashiyyan wayawma taqūmu l-sāʿatu adkhilū āla fir'ʿawna ashadda l-ʿadhābi
Nepali ४६) अर्थात् (नर्क) आगो छ, जसको अगाडि उनीहरू साँझ बिहान, प्रस्तुत गराउदैंछन् र जुन दिन कयामतको समय आउनेछ त्यतिखेर भनिनेछः ‘‘फिरऔनका मानिसहरूलाई निकृष्टतम यातनामा प्रविष्ट गराऊ ।’’
Verse 47
وَإِذْ يَتَحَآجُّونَ فِى ٱلنَّارِ فَيَقُولُ ٱلضُّعَفَـٰٓؤُا۟ لِلَّذِينَ ٱسْتَكْبَرُوٓا۟ إِنَّا كُنَّا لَكُمْ تَبَعًا فَهَلْ أَنتُم مُّغْنُونَ عَنَّا نَصِيبًا مِّنَ ٱلنَّارِ
Transliteration wa-idh yataḥājjūna fī l-nāri fayaqūlu l-ḍuʿafāu lilladhīna is'takbarū innā kunnā lakum tabaʿan fahal antum mugh'nūna ʿannā naṣīban mina l-nāri
Nepali ४७) र जबकि उनीहरू नर्कमा एक अर्कासित झगडा गरिराखेका हुनेछन् त कमजोरहरूले उनीहरूसित जो ठूला बन्दथे, भन्नेछन् कि ‘‘हामी त तिम्रो पछि–पछि हिंड्नेवाला थियौं । अब के तिमीले हामीमाथिबाट यस आगोको केही भाग हटाउन सक्दछौ ?’’
Verse 48
قَالَ ٱلَّذِينَ ٱسْتَكْبَرُوٓا۟ إِنَّا كُلٌّ فِيهَآ إِنَّ ٱللَّهَ قَدْ حَكَمَ بَيْنَ ٱلْعِبَادِ
Transliteration qāla alladhīna is'takbarū innā kullun fīhā inna l-laha qad ḥakama bayna l-ʿibādi
Nepali ४८) उनीहरू जो ठूला बन्दथे, भन्नेछन्ः ‘‘हामी त सबै यसैमा छौं । अल्लाहले आफ्ना भक्तहरूमा फैसला गरिसकेको छ’’ ।
Verse 49
وَقَالَ ٱلَّذِينَ فِى ٱلنَّارِ لِخَزَنَةِ جَهَنَّمَ ٱدْعُوا۟ رَبَّكُمْ يُخَفِّفْ عَنَّا يَوْمًا مِّنَ ٱلْعَذَابِ
Transliteration waqāla alladhīna fī l-nāri likhazanati jahannama id'ʿū rabbakum yukhaffif ʿannā yawman mina l-ʿadhābi
Nepali ४९) र सबै नर्कीहरू मिलेर नर्कको सिपाहीसित भन्नेछन् किः तिमीले नै आफ्नो पालनकर्तासित प्रार्थना गर कि उसले हामी माथिबाट कुनै दिन त यातना केही कम गरिदेओस् ।
Verse 50
قَالُوٓا۟ أَوَلَمْ تَكُ تَأْتِيكُمْ رُسُلُكُم بِٱلْبَيِّنَـٰتِ ۖ قَالُوا۟ بَلَىٰ ۚ قَالُوا۟ فَٱدْعُوا۟ ۗ وَمَا دُعَـٰٓؤُا۟ ٱلْكَـٰفِرِينَ إِلَّا فِى ضَلَـٰلٍ
Transliteration qālū awalam taku tatīkum rusulukum bil-bayināti qālū balā qālū fa-id'ʿū wamā duʿāu l-kāfirīna illā fī ḍalālin
Nepali ५०) उनीहरूले भन्नेछन् के तिम्रो पासमा तिम्रा रसूलले खुल्ला प्रमाण लिएर आउनु भएको थिएन ? तिनीहरूले भन्नेछन्, ‘‘किन होइन !’’ उनीहरूले भन्नेछन् ‘‘अनि तिमीहरूले नै पुकार’’ तर इन्कार गर्नेवालाहरूको प्रार्थना प्रभावहीन र बेअसर हुनेछ ।
Verse 51
إِنَّا لَنَنصُرُ رُسُلَنَا وَٱلَّذِينَ ءَامَنُوا۟ فِى ٱلْحَيَوٰةِ ٱلدُّنْيَا وَيَوْمَ يَقُومُ ٱلْأَشْهَـٰدُ
Transliteration innā lananṣuru rusulanā wa-alladhīna āmanū fī l-ḥayati l-dun'yā wayawma yaqūmu l-ashhādu
Nepali ५१) निश्चय नै हामीले आफ्ना रसूलहरू र ती मानिसहरू जसले ईमान ल्याए, उनीहरूको सहायता सांसारिक जीवनमा गर्नेछौं र त्यस दिन पनि, जबकि साक्षीहरू उभिनेछन् ।
Verse 52
يَوْمَ لَا يَنفَعُ ٱلظَّـٰلِمِينَ مَعْذِرَتُهُمْ ۖ وَلَهُمُ ٱللَّعْنَةُ وَلَهُمْ سُوٓءُ ٱلدَّارِ
Transliteration yawma lā yanfaʿu l-ẓālimīna maʿdhiratuhum walahumu l-laʿnatu walahum sūu l-dāri
Nepali ५२) जुन दिन अत्याचारीहरूलाई उनीहरूको बहानाले केही पनि लाभ पुर्याउने छैन । बरु उनीहरूको लागि त तिरस्कार हुनेछ र उनीहरूको निम्ति नराम्रो घर हुनेछ ।
Verse 53
وَلَقَدْ ءَاتَيْنَا مُوسَى ٱلْهُدَىٰ وَأَوْرَثْنَا بَنِىٓ إِسْرَٰٓءِيلَ ٱلْكِتَـٰبَ
Transliteration walaqad ātaynā mūsā l-hudā wa-awrathnā banī is'rāīla l-kitāba
Nepali ५३) हामीले मूसालाई मार्गदर्शनवाला किताब (तौरात) दियौं र बनी इस्राईललाई त्यस किताबको उत्तराधिकारी बनायौं ।
Verse 54
هُدًى وَذِكْرَىٰ لِأُو۟لِى ٱلْأَلْبَـٰبِ
Transliteration hudan wadhik'rā li-ulī l-albābi
Nepali ५४) बुद्धिमानहरूको निम्ति त्यसमा मार्गदर्शन र शिक्षा थियो ।
Verse 55
فَٱصْبِرْ إِنَّ وَعْدَ ٱللَّهِ حَقٌّ وَٱسْتَغْفِرْ لِذَنۢبِكَ وَسَبِّحْ بِحَمْدِ رَبِّكَ بِٱلْعَشِىِّ وَٱلْإِبْكَـٰرِ
Transliteration fa-iṣ'bir inna waʿda l-lahi ḥaqqun wa-is'taghfir lidhanbika wasabbiḥ biḥamdi rabbika bil-ʿashiyi wal-ib'kāri
Nepali ५५) अतः हे नबी धैर्य गर, निःसन्देह अल्लाहको वाचा सत्य छ र आफ्नो गुनाहको माफि माँग र साँझ–बिहान आफ्नो पालनकर्ताको प्रशंसाका साथ गुणगान गर्नेगर ।
Verse 56
إِنَّ ٱلَّذِينَ يُجَـٰدِلُونَ فِىٓ ءَايَـٰتِ ٱللَّهِ بِغَيْرِ سُلْطَـٰنٍ أَتَىٰهُمْ ۙ إِن فِى صُدُورِهِمْ إِلَّا كِبْرٌ مَّا هُم بِبَـٰلِغِيهِ ۚ فَٱسْتَعِذْ بِٱللَّهِ ۖ إِنَّهُۥ هُوَ ٱلسَّمِيعُ ٱلْبَصِيرُ
Transliteration inna alladhīna yujādilūna fī āyāti l-lahi bighayri sul'ṭānin atāhum in fī ṣudūrihim illā kib'run mā hum bibālighīhi fa-is'taʿidh bil-lahi innahu huwa l-samīʿu l-baṣīru
Nepali ५६) जुन मानिसहरू आफूसँग आएको अल्लाहका आयतहरूको बारेमा बिना कुनै प्रमाण झगडा गर्दछन्, उनीहरूका छातीहरूमा विकार बाहेक केही छैन् । उनीहरू त्यहाँसम्म पुग्नेवाला छैनन् । अतः तिमी अल्लाहको शरणमा जाऊ । निश्चय नै ऊ सबै सुन्दछ र देख्दछ ।
Verse 57
لَخَلْقُ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ أَكْبَرُ مِنْ خَلْقِ ٱلنَّاسِ وَلَـٰكِنَّ أَكْثَرَ ٱلنَّاسِ لَا يَعْلَمُونَ
Transliteration lakhalqu l-samāwāti wal-arḍi akbaru min khalqi l-nāsi walākinna akthara l-nāsi lā yaʿlamūna
Nepali ५७) निःसन्देह आकाशहरू र धरतीहरूको सृष्टि गर्नु, मानिसहरूको सृष्टि गर्नुभन्दा धेरै ठूलो काम हो । तर धेरै मानिसले जान्दैनन् ।
Verse 58
وَمَا يَسْتَوِى ٱلْأَعْمَىٰ وَٱلْبَصِيرُ وَٱلَّذِينَ ءَامَنُوا۟ وَعَمِلُوا۟ ٱلصَّـٰلِحَـٰتِ وَلَا ٱلْمُسِىٓءُ ۚ قَلِيلًا مَّا تَتَذَكَّرُونَ
Transliteration wamā yastawī l-aʿmā wal-baṣīru wa-alladhīna āmanū waʿamilū l-ṣāliḥāti walā l-musīu qalīlan mā tatadhakkarūna
Nepali ५८) अन्धा र आँखा देख्नेहरू बराबर हुँदैनन् र उनीहरू जसले ईमान ल्याए र असल कर्म गरे र जो नराम्रा काम गरे दुवै परस्परमा बराबर हुन सक्दैनन् । तिमीले धेरै विचार गर्दैनौ ।
Verse 59
إِنَّ ٱلسَّاعَةَ لَـَٔاتِيَةٌ لَّا رَيْبَ فِيهَا وَلَـٰكِنَّ أَكْثَرَ ٱلنَّاسِ لَا يُؤْمِنُونَ
Transliteration inna l-sāʿata laātiyatun lā rayba fīhā walākinna akthara l-nāsi lā yu'minūna
Nepali ५९) कयामत त आउनेवाल नै छ, यसमा कुनै शंका छैन । तर अधिकांश मानिसहरूले ईमान ल्याएका छैनन् ।
Verse 60
وَقَالَ رَبُّكُمُ ٱدْعُونِىٓ أَسْتَجِبْ لَكُمْ ۚ إِنَّ ٱلَّذِينَ يَسْتَكْبِرُونَ عَنْ عِبَادَتِى سَيَدْخُلُونَ جَهَنَّمَ دَاخِرِينَ
Transliteration waqāla rabbukumu id'ʿūnī astajib lakum inna alladhīna yastakbirūna ʿan ʿibādatī sayadkhulūna jahannama dākhirīna
Nepali ६०) र तिम्रो पालनकर्ताको आदेश छ कि ‘‘तिमी मसित प्रार्थना गर, म तिम्रो प्रार्थना स्वीकार गर्नेछु । जुन मानिसहरू मेरो उपासनाबाट घमण्डले अहंकार गर्छन्, अति शीघ्र नर्कमा तिरस्कृत भई प्रवेश गर्नेछन् ।
Verse 61
ٱللَّهُ ٱلَّذِى جَعَلَ لَكُمُ ٱلَّيْلَ لِتَسْكُنُوا۟ فِيهِ وَٱلنَّهَارَ مُبْصِرًا ۚ إِنَّ ٱللَّهَ لَذُو فَضْلٍ عَلَى ٱلنَّاسِ وَلَـٰكِنَّ أَكْثَرَ ٱلنَّاسِ لَا يَشْكُرُونَ
Transliteration al-lahu alladhī jaʿala lakumu al-layla litaskunū fīhi wal-nahāra mub'ṣiran inna l-laha ladhū faḍlin ʿalā l-nāsi walākinna akthara l-nāsi lā yashkurūna
Nepali ६१) अल्लाहले नै तिम्रो निम्ति रात बनायो ताकि यसमा विश्राम गर र दिनलाई प्रकाशमान् बनायो । निःसन्देह अल्लाह मानिसहरूको निम्ति बडो उदार अनुग्रहवाला छ, तर धेरै मानिसहरूले कृतज्ञता प्रकट गर्दैनन् ।
Verse 62
ذَٰلِكُمُ ٱللَّهُ رَبُّكُمْ خَـٰلِقُ كُلِّ شَىْءٍ لَّآ إِلَـٰهَ إِلَّا هُوَ ۖ فَأَنَّىٰ تُؤْفَكُونَ
Transliteration dhālikumu l-lahu rabbukum khāliqu kulli shayin lā ilāha illā huwa fa-annā tu'fakūna
Nepali ६२) यही अल्लाह तिमी सबैको पालनकर्ता हो, प्रत्येक कुराको स्रष्टा हो । उस बाहेक अरु कोही सत्य पूज्य छैन । अनि तिमी कहाँ भौंतारिरहेका छौ ?
Verse 63
كَذَٰلِكَ يُؤْفَكُ ٱلَّذِينَ كَانُوا۟ بِـَٔايَـٰتِ ٱللَّهِ يَجْحَدُونَ
Transliteration kadhālika yu'faku alladhīna kānū biāyāti l-lahi yajḥadūna
Nepali ६३) यस्तै प्रकारले ती मानिसहरू भौंतारिरहेका थिए जसले अल्लाहका आयतहरूलाई नकार्दथे ।
Verse 64
ٱللَّهُ ٱلَّذِى جَعَلَ لَكُمُ ٱلْأَرْضَ قَرَارًا وَٱلسَّمَآءَ بِنَآءً وَصَوَّرَكُمْ فَأَحْسَنَ صُوَرَكُمْ وَرَزَقَكُم مِّنَ ٱلطَّيِّبَـٰتِ ۚ ذَٰلِكُمُ ٱللَّهُ رَبُّكُمْ ۖ فَتَبَارَكَ ٱللَّهُ رَبُّ ٱلْعَـٰلَمِينَ
Transliteration al-lahu alladhī jaʿala lakumu l-arḍa qarāran wal-samāa bināan waṣawwarakum fa-aḥsana ṣuwarakum warazaqakum mina l-ṭayibāti dhālikumu l-lahu rabbukum fatabāraka l-lahu rabbu l-ʿālamīna
Nepali ६४) अल्लाह नै हो, जसले धरतीहरूलाई तिम्रो निम्ति बासको ठाउँ र आकाशलाई छाना बनायो र तिमीलाई रूप दियो र रूपहरू पनि कति राम्रो बनायो र तिमीलाई पाक (पवित्र) कुराहरू खानको निम्ति दियो । यही अल्लाह तिम्रो पालनकर्ता हो । तसर्थ बडा कल्याणकारी छ अल्लाह, सम्पूर्ण जगतको पालनकर्ता ।
Verse 65
هُوَ ٱلْحَىُّ لَآ إِلَـٰهَ إِلَّا هُوَ فَٱدْعُوهُ مُخْلِصِينَ لَهُ ٱلدِّينَ ۗ ٱلْحَمْدُ لِلَّهِ رَبِّ ٱلْعَـٰلَمِينَ
Transliteration huwa l-ḥayu lā ilāha illā huwa fa-id'ʿūhu mukh'liṣīna lahu l-dīna l-ḥamdu lillahi rabbi l-ʿālamīna
Nepali ६५) त्यो जीवन्त छ, उसबाहेक अरु कोही सत्य पूज्य छैन । अतः तिमीले उसैको उपासना गर्दै उसैलाई पुकार, सम्पूर्ण विशेषता अल्लाहकै लागि छ, जो सम्पूर्ण जगतको पालनकर्ता हो ।
Verse 66
۞ قُلْ إِنِّى نُهِيتُ أَنْ أَعْبُدَ ٱلَّذِينَ تَدْعُونَ مِن دُونِ ٱللَّهِ لَمَّا جَآءَنِىَ ٱلْبَيِّنَـٰتُ مِن رَّبِّى وَأُمِرْتُ أَنْ أُسْلِمَ لِرَبِّ ٱلْعَـٰلَمِينَ
Transliteration qul innī nuhītu an aʿbuda alladhīna tadʿūna min dūni l-lahi lammā jāaniya l-bayinātu min rabbī wa-umir'tu an us'lima lirabbi l-ʿālamīna
Nepali ६६) (हे मुहम्मद !) यिनीहरूसित तपार्इं भनिदिनुस् ! कि ‘‘मलाई तिनीहरूको उपासनाबाट मनाही गरिएको छ, जसलाई तिमीले अल्लाहबाहेक पुकार्दछौ, यस कारण कि मसँग मेरो पालनकर्ताको तर्फबाट प्रमाण पुगिसकेको छ । मलाई यो आदेश दिइएको छ कि म सम्पूर्ण संसारको पालनकर्तालाई नतमस्तक भइहालूँ ।’’
Verse 67
هُوَ ٱلَّذِى خَلَقَكُم مِّن تُرَابٍ ثُمَّ مِن نُّطْفَةٍ ثُمَّ مِنْ عَلَقَةٍ ثُمَّ يُخْرِجُكُمْ طِفْلًا ثُمَّ لِتَبْلُغُوٓا۟ أَشُدَّكُمْ ثُمَّ لِتَكُونُوا۟ شُيُوخًا ۚ وَمِنكُم مَّن يُتَوَفَّىٰ مِن قَبْلُ ۖ وَلِتَبْلُغُوٓا۟ أَجَلًا مُّسَمًّى وَلَعَلَّكُمْ تَعْقِلُونَ
Transliteration huwa alladhī khalaqakum min turābin thumma min nuṭ'fatin thumma min ʿalaqatin thumma yukh'rijukum ṭif'lan thumma litablughū ashuddakum thumma litakūnū shuyūkhan waminkum man yutawaffā min qablu walitablughū ajalan musamman walaʿallakum taʿqilūna
Nepali ६७) ऊ त्यही हो जसले तिमीलाई माटोबाट फेरि वीर्य (नुत्फा) बाट फेरि रक्तपिण्डबाट सृष्टि गर्यो, अनि उसले तिमीलाई एउटा बच्चाको रूपमा निकाल्दछ, अनि (तिमीलाई बढाउँछ) ताकि तिमी आफ्नो परिपक्वतालाई प्राप्त गर, फेरि वृद्धावस्थामा पुग । यद्यपि तिमीहरूमध्ये कोही यसभन्दा पहिला पनि मरीहाल्छन्, (उसले तिमीलाई छोडी दिन्छ) ताकि तिमी निर्धारित आयुसम्म पुग र यो यसकारण गर्दछ कि तिमीले बुझिहाल ।
Verse 68
هُوَ ٱلَّذِى يُحْىِۦ وَيُمِيتُ ۖ فَإِذَا قَضَىٰٓ أَمْرًا فَإِنَّمَا يَقُولُ لَهُۥ كُن فَيَكُونُ
Transliteration huwa alladhī yuḥ'yī wayumītu fa-idhā qaḍā amran fa-innamā yaqūlu lahu kun fayakūnu
Nepali ६८) त्यही हो जसले जीवन र मृत्यु दिन्छ र जब उसले कुनै कामको निर्णय गर्दछ तब त्यसको निम्ति यति भनिदिन्छ कि, ‘‘भइहाल’’, तब त्यो भइहाल्दछ ।
Verse 69
أَلَمْ تَرَ إِلَى ٱلَّذِينَ يُجَـٰدِلُونَ فِىٓ ءَايَـٰتِ ٱللَّهِ أَنَّىٰ يُصْرَفُونَ
Transliteration alam tara ilā alladhīna yujādilūna fī āyāti l-lahi annā yuṣ'rafūna
Nepali ६९) के तिमीले उनीहरूलाई देख्यौ, जसले अल्लाहको आयतहरूमा विवाद गर्दछन् ? यिनीहरू कहाँ भौंतारिराखेका छन् ?
Verse 70
ٱلَّذِينَ كَذَّبُوا۟ بِٱلْكِتَـٰبِ وَبِمَآ أَرْسَلْنَا بِهِۦ رُسُلَنَا ۖ فَسَوْفَ يَعْلَمُونَ
Transliteration alladhīna kadhabū bil-kitābi wabimā arsalnā bihi rusulanā fasawfa yaʿlamūna
Nepali ७०) जुन मानिसहरूले किताबलाई झूठा भने र त्यसलाई पनि जुन कि हामीले रसूलहरूलाई दिएर पठाएका थियौं । त शीघ्र नै उनीहरूलाई वास्तविकता थाहा भइहाल्नेछ ।
Verse 71
إِذِ ٱلْأَغْلَـٰلُ فِىٓ أَعْنَـٰقِهِمْ وَٱلسَّلَـٰسِلُ يُسْحَبُونَ
Transliteration idhi l-aghlālu fī aʿnāqihim wal-salāsilu yus'ḥabūna
Nepali ७१) जबकि तौक (पट्टा) उनीहरूको घाँटीमा हुनेछ र जंजीरहरूमा घिसारिनेछन् ।
Verse 72
فِى ٱلْحَمِيمِ ثُمَّ فِى ٱلنَّارِ يُسْجَرُونَ
Transliteration fī l-ḥamīmi thumma fī l-nāri yus'jarūna
Nepali ७२) उम्लिराखेको पानीमा, अनि नर्कको आगोमा जलाइने छन् ।
Verse 73
ثُمَّ قِيلَ لَهُمْ أَيْنَ مَا كُنتُمْ تُشْرِكُونَ
Transliteration thumma qīla lahum ayna mā kuntum tush'rikūna
Nepali ७३) त्यसपछि उनीसित भनिनेछः कि ‘‘उनीहरू कहाँ छन्, जसलाई तिमीले साझेदार ठहराउँथ्यौ ?’’
Verse 74
مِن دُونِ ٱللَّهِ ۖ قَالُوا۟ ضَلُّوا۟ عَنَّا بَل لَّمْ نَكُن نَّدْعُوا۟ مِن قَبْلُ شَيْـًٔا ۚ كَذَٰلِكَ يُضِلُّ ٱللَّهُ ٱلْكَـٰفِرِينَ
Transliteration min dūni l-lahi qālū ḍallū ʿannā bal lam nakun nadʿū min qablu shayan kadhālika yuḍillu l-lahu l-kāfirīna
Nepali ७४) अल्लाह बाहेक उनीहरूले भन्नेछन्ः ‘‘उनीहरू त हामीबाट बहकिहाले, बरु यसभन्दा अगाडि हामीले कसैलाई पुकार्दैन्थ्यौ ।’’ यसैप्रकार अल्लाहले इन्कार गर्नेहरूलाई मार्गविचलित गर्दछ ।
Verse 75
ذَٰلِكُم بِمَا كُنتُمْ تَفْرَحُونَ فِى ٱلْأَرْضِ بِغَيْرِ ٱلْحَقِّ وَبِمَا كُنتُمْ تَمْرَحُونَ
Transliteration dhālikum bimā kuntum tafraḥūna fī l-arḍi bighayri l-ḥaqi wabimā kuntum tamraḥūna
Nepali ७५) ‘‘यो बदला हो यस कुराको जसको कारण तिमी धरतीमा नाहक खुशी थियौ र यस कारण कि तिमी घमण्ड गरिराखेका थियौ ।
Verse 76
ٱدْخُلُوٓا۟ أَبْوَٰبَ جَهَنَّمَ خَـٰلِدِينَ فِيهَا ۖ فَبِئْسَ مَثْوَى ٱلْمُتَكَبِّرِينَ
Transliteration ud'khulū abwāba jahannama khālidīna fīhā fabi'sa mathwā l-mutakabirīna
Nepali ७६) अब नर्कका (जहन्नमका) ढोकाहरूमा प्रवेश गरिहाल, सधैं उसैमा रहनेछौ ।’’ घमण्ड गर्नेहरूको लागि कस्तो नराम्रो बासस्थान हो ।
Verse 77
فَٱصْبِرْ إِنَّ وَعْدَ ٱللَّهِ حَقٌّ ۚ فَإِمَّا نُرِيَنَّكَ بَعْضَ ٱلَّذِى نَعِدُهُمْ أَوْ نَتَوَفَّيَنَّكَ فَإِلَيْنَا يُرْجَعُونَ
Transliteration fa-iṣ'bir inna waʿda l-lahi ḥaqqun fa-immā nuriyannaka baʿḍa alladhī naʿiduhum aw natawaffayannaka fa-ilaynā yur'jaʿūna
Nepali ७७) तसर्थ (हे पैगम्बर !) धैर्य गर्नुस्, अल्लाहको वचन एकदम सत्य छ । जुन कुराको हामीले उनीहरूलाई वचन दिइराखेका छौं त्यसबाट यदि केही हामीले तपार्इंलाई देखाइहाल्यौं वा तपार्इंलाई उठाइहाल्यौं, (हर अवस्थामा) उनीहरूलाई फर्कनु त हामीतिरै छ ।
Verse 78
وَلَقَدْ أَرْسَلْنَا رُسُلًا مِّن قَبْلِكَ مِنْهُم مَّن قَصَصْنَا عَلَيْكَ وَمِنْهُم مَّن لَّمْ نَقْصُصْ عَلَيْكَ ۗ وَمَا كَانَ لِرَسُولٍ أَن يَأْتِىَ بِـَٔايَةٍ إِلَّا بِإِذْنِ ٱللَّهِ ۚ فَإِذَا جَآءَ أَمْرُ ٱللَّهِ قُضِىَ بِٱلْحَقِّ وَخَسِرَ هُنَالِكَ ٱلْمُبْطِلُونَ
Transliteration walaqad arsalnā rusulan min qablika min'hum man qaṣaṣnā ʿalayka wamin'hum man lam naqṣuṣ ʿalayka wamā kāna lirasūlin an yatiya biāyatin illā bi-idh'ni l-lahi fa-idhā jāa amru l-lahi quḍiya bil-ḥaqi wakhasira hunālika l-mub'ṭilūna
Nepali ७८) हामीले तपार्इंभन्दा अगाडि पनि धेरै संदेष्टाहरू (पैगम्बरहरू) पठायौं । उनीहरूमध्ये त केहीका वृत्तान्त हामीले तपार्इंलाई वर्णन गरिदिएका छौं र केही यस्ता छन् जसका वृत्तान्त त हामीले तपार्इंलाई वर्णन गरेका छैनौं र कुनै रसूलको पनि यो सामथ्र्य थिएन कि अल्लाहको आदेश बिना कुनै निशानी ल्याओस् । अनि जब अल्लाहको आदेश आइपुग्नेछ त न्यायपूर्ण निर्णय गरिहालिने छ । यहाँ झूठाहरू घाटामा परिहाल्ने छन् ।’’
Verse 79
ٱللَّهُ ٱلَّذِى جَعَلَ لَكُمُ ٱلْأَنْعَـٰمَ لِتَرْكَبُوا۟ مِنْهَا وَمِنْهَا تَأْكُلُونَ
Transliteration al-lahu alladhī jaʿala lakumu l-anʿāma litarkabū min'hā wamin'hā takulūna
Nepali ७९) अल्लाह नै हो जसले तिम्रो निम्ति चौपायाहरू बनायो ताकि उनीहरूमध्ये केहीमाथि तिमीले सवारी गर र उनीहरूमध्ये केहीलाई तिमी खान्छौ पनि ।
Verse 80
وَلَكُمْ فِيهَا مَنَـٰفِعُ وَلِتَبْلُغُوا۟ عَلَيْهَا حَاجَةً فِى صُدُورِكُمْ وَعَلَيْهَا وَعَلَى ٱلْفُلْكِ تُحْمَلُونَ
Transliteration walakum fīhā manāfiʿu walitablughū ʿalayhā ḥājatan fī ṣudūrikum waʿalayhā waʿalā l-ful'ki tuḥ'malūna
Nepali ८०) र उनीहरूमा तिम्रो निम्ति अरु पनि फाइदाहरू छन् र यसकारण पनि कि तिम्रा हृदयहरूमा लुकेको आवश्यकताहरू, तिनीहरूमाथि सवारी गरेर हासिल गर (चढेर त्यहाँ पुगिहाल) र उनीमाथि तथा डुङ्गाहरूमा तिमी सवार हुन्छौ ।
Verse 81
وَيُرِيكُمْ ءَايَـٰتِهِۦ فَأَىَّ ءَايَـٰتِ ٱللَّهِ تُنكِرُونَ
Transliteration wayurīkum āyātihi fa-ayya āyāti l-lahi tunkirūna
Nepali ८१) अल्लाहले तिमीलाई आफ्नो निशानीहरू देखाउँदै गएछ । त तिमी अल्लाहका कुन–कुन निशानीहरूलाई मान्ने छैनौ ?
Verse 82
أَفَلَمْ يَسِيرُوا۟ فِى ٱلْأَرْضِ فَيَنظُرُوا۟ كَيْفَ كَانَ عَـٰقِبَةُ ٱلَّذِينَ مِن قَبْلِهِمْ ۚ كَانُوٓا۟ أَكْثَرَ مِنْهُمْ وَأَشَدَّ قُوَّةً وَءَاثَارًا فِى ٱلْأَرْضِ فَمَآ أَغْنَىٰ عَنْهُم مَّا كَانُوا۟ يَكْسِبُونَ
Transliteration afalam yasīrū fī l-arḍi fayanẓurū kayfa kāna ʿāqibatu alladhīna min qablihim kānū akthara min'hum wa-ashadda quwwatan waāthāran fī l-arḍi famā aghnā ʿanhum mā kānū yaksibūna
Nepali ८२) के यी मानिसहरूले धरतीमा भ्रमण गरेर आफूभन्दा पहिलाका मानिसहरूको परिणाम देखेनन् । जो यिनीहरूभन्दा संख्यामा धेरै र बढी शक्तिवान् थिए र धरतीमा छोडिएको निशानीहरूको दृष्टिले पनि बढी थिए । त जे–जति उनीहरूले गर्दथे उनको काम लागेनन् ।
Verse 83
فَلَمَّا جَآءَتْهُمْ رُسُلُهُم بِٱلْبَيِّنَـٰتِ فَرِحُوا۟ بِمَا عِندَهُم مِّنَ ٱلْعِلْمِ وَحَاقَ بِهِم مَّا كَانُوا۟ بِهِۦ يَسْتَهْزِءُونَ
Transliteration falammā jāathum rusuluhum bil-bayināti fariḥū bimā ʿindahum mina l-ʿil'mi waḥāqa bihim mā kānū bihi yastahziūna
Nepali ८३) यसर्थ जब उनीहरूको पैगम्बर उनीहरूको पासमा स्पष्ट निशानीहरू लिएर आए त उनीहरूले आफ्नो ज्ञानमाथि घमण्ड गर्न लागे । र आखिर जुन कुराको उनीहरूले उपहास गरेका थिए त्यही कुराले आइघेर्यो ।
Verse 84
فَلَمَّا رَأَوْا۟ بَأْسَنَا قَالُوٓا۟ ءَامَنَّا بِٱللَّهِ وَحْدَهُۥ وَكَفَرْنَا بِمَا كُنَّا بِهِۦ مُشْرِكِينَ
Transliteration falammā ra-aw basanā qālū āmannā bil-lahi waḥdahu wakafarnā bimā kunnā bihi mush'rikīna
Nepali ८४) अनि उनीहरूले हाम्रो यातना देख्ने बित्तिकै भन्न लागेः ‘‘हामीले एक्लै अल्लाहमाथि ईमान ल्यायौं र तिनीहरूको इन्कार गर्यौं जसलाई हामीले उसको साझेदार ठहराउँथ्यौं ।
Verse 85
فَلَمْ يَكُ يَنفَعُهُمْ إِيمَـٰنُهُمْ لَمَّا رَأَوْا۟ بَأْسَنَا ۖ سُنَّتَ ٱللَّهِ ٱلَّتِى قَدْ خَلَتْ فِى عِبَادِهِۦ ۖ وَخَسِرَ هُنَالِكَ ٱلْكَـٰفِرُونَ
Transliteration falam yaku yanfaʿuhum īmānuhum lammā ra-aw basanā sunnata l-lahi allatī qad khalat fī ʿibādihi wakhasira hunālika l-kāfirūna
Nepali ८५) तर हाम्रो सजाय देखी सकेपछि उनीहरूको ईमानले उनीहरूलाई कुनै पनि लाभ पुर्याउन सकेन । यही अल्लाहको रीति हो, जुन उसका भक्तहरूमा पहिलेदेखि नै चलिआइरहेको छ र यसबेला इन्कार गर्नेहरू घाटामा परिहाले ।
Read Surah Ghafir in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.