Surah Fussilat in Nepali: translation and audio
Surah 41 · فصلت · Explained in Detail · 54 verses
Surah Fussilat verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Fussilat word by word in English.
Verse 1
حمٓ
Transliteration hha-meem
Nepali १) हामीम्
Verse 2
تَنزِيلٌ مِّنَ ٱلرَّحْمَـٰنِ ٱلرَّحِيمِ
Transliteration tanzīlun mina l-raḥmāni l-raḥīmi
Nepali २) यो अवतरण गरिएको हो बडो कृपालु, अत्यन्त दयावान्को तर्फबाट ।
Verse 3
كِتَـٰبٌ فُصِّلَتْ ءَايَـٰتُهُۥ قُرْءَانًا عَرَبِيًّا لِّقَوْمٍ يَعْلَمُونَ
Transliteration kitābun fuṣṣilat āyātuhu qur'ānan ʿarabiyyan liqawmin yaʿlamūna
Nepali ३) (यस्तो) किताब हो जसका आयातहरू स्पष्टरूपले वर्णन भएका छन् । अर्थात अरबी भाषामा कुरआन हो, ती मानिसहरूको निम्ति जो जान्दछन् ।
Verse 4
بَشِيرًا وَنَذِيرًا فَأَعْرَضَ أَكْثَرُهُمْ فَهُمْ لَا يَسْمَعُونَ
Transliteration bashīran wanadhīran fa-aʿraḍa aktharuhum fahum lā yasmaʿūna
Nepali ४) जसले खुशीको सन्देश सुनाउँदछ र सचेत पनि गर्दछ । तापनि उनीहरूमध्ये अधिकांश विमुख भए, र उनीहरू सुन्दैनन् ।
Verse 5
وَقَالُوا۟ قُلُوبُنَا فِىٓ أَكِنَّةٍ مِّمَّا تَدْعُونَآ إِلَيْهِ وَفِىٓ ءَاذَانِنَا وَقْرٌ وَمِنۢ بَيْنِنَا وَبَيْنِكَ حِجَابٌ فَٱعْمَلْ إِنَّنَا عَـٰمِلُونَ
Transliteration waqālū qulūbunā fī akinnatin mimmā tadʿūnā ilayhi wafī ādhāninā waqrun wamin bayninā wabaynika ḥijābun fa-iʿ'mal innanā ʿāmilūna
Nepali ५) र उनीहरूले भन्न थाले कि जुन कुरातिर तिमीले हामीलाई आह्वान् गर्दछौ, त्यसको निम्ति त हाम्रा हृदयमा आवरणहरू छन् र हाम्रा कानहरूमा बोझ (भारी) छन् (अर्थात् बहिरापन) र हाम्रो र तिम्रोबीचमा आवरण छ, अतः तिमीले आफ्नो काम गर, हामीले आफ्नो काम गर्दछौं ।
Verse 6
قُلْ إِنَّمَآ أَنَا۠ بَشَرٌ مِّثْلُكُمْ يُوحَىٰٓ إِلَىَّ أَنَّمَآ إِلَـٰهُكُمْ إِلَـٰهٌ وَٰحِدٌ فَٱسْتَقِيمُوٓا۟ إِلَيْهِ وَٱسْتَغْفِرُوهُ ۗ وَوَيْلٌ لِّلْمُشْرِكِينَ
Transliteration qul innamā anā basharun mith'lukum yūḥā ilayya annamā ilāhukum ilāhun wāḥidun fa-is'taqīmū ilayhi wa-is'taghfirūhu wawaylun lil'mush'rikīna
Nepali ६) भनिदिनुस् ‘‘म तिमी जस्तै एउटा मानिस हूँ । मतिर वह्य अवतरण गरिन्छ कि तिमी सबैको पूज्य एउटै अल्लाह हो, तसर्थ तिमी सोझै उसैतिर प्रवृत्त होऊ, र उसैसित पापको क्षमायाचना गर र यी मुश्रिकहरूको लागि ठूलो विनाश छ ।
Verse 7
ٱلَّذِينَ لَا يُؤْتُونَ ٱلزَّكَوٰةَ وَهُم بِٱلْـَٔاخِرَةِ هُمْ كَـٰفِرُونَ
Transliteration alladhīna lā yu'tūna l-zakata wahum bil-ākhirati hum kāfirūna
Nepali ७) जसले जकात दिदैनन् र आखिरतबाट पनि इन्कार गर्दछन् ।
Verse 8
إِنَّ ٱلَّذِينَ ءَامَنُوا۟ وَعَمِلُوا۟ ٱلصَّـٰلِحَـٰتِ لَهُمْ أَجْرٌ غَيْرُ مَمْنُونٍ
Transliteration inna alladhīna āmanū waʿamilū l-ṣāliḥāti lahum ajrun ghayru mamnūnin
Nepali ८) बिना शंका जसले ईमान ल्याए र राम्रा कर्म गरे, उनीहरूको निम्ति यस्तो पुरस्कार छ जसको क्रम टुट्दैन ।’’
Verse 9
۞ قُلْ أَئِنَّكُمْ لَتَكْفُرُونَ بِٱلَّذِى خَلَقَ ٱلْأَرْضَ فِى يَوْمَيْنِ وَتَجْعَلُونَ لَهُۥٓ أَندَادًا ۚ ذَٰلِكَ رَبُّ ٱلْعَـٰلَمِينَ
Transliteration qul a-innakum latakfurūna bi-alladhī khalaqa l-arḍa fī yawmayni watajʿalūna lahu andādan dhālika rabbu l-ʿālamīna
Nepali ९) भनिदिनुस् किः के ‘‘तिमीले उसलाई नकारिराखेका छौ र उसको साझेदार ठहराउँछौ जसले धरतीलाई दुई दिनमा सृष्टि गर्यो ऊ त सम्पूर्ण जगतको पालनकर्ता हो ।
Verse 10
وَجَعَلَ فِيهَا رَوَٰسِىَ مِن فَوْقِهَا وَبَـٰرَكَ فِيهَا وَقَدَّرَ فِيهَآ أَقْوَٰتَهَا فِىٓ أَرْبَعَةِ أَيَّامٍ سَوَآءً لِّلسَّآئِلِينَ
Transliteration wajaʿala fīhā rawāsiya min fawqihā wabāraka fīhā waqaddara fīhā aqwātahā fī arbaʿati ayyāmin sawāan lilssāilīna
Nepali १०) र उसले धरतीमा त्यसमाथि पहाड़ बनायो र धरतीमा बरकत (खानेकुरा) राख्यो र त्यसमा बस्नेहरूको लागि जीविकाको सामग्री निश्चित गर्यो । यो सबै चार दिनमा सम्पन्न भयो, प्रश्न गर्नेहरूको निम्ति समानरूपले ।
Verse 11
ثُمَّ ٱسْتَوَىٰٓ إِلَى ٱلسَّمَآءِ وَهِىَ دُخَانٌ فَقَالَ لَهَا وَلِلْأَرْضِ ٱئْتِيَا طَوْعًا أَوْ كَرْهًا قَالَتَآ أَتَيْنَا طَآئِعِينَ
Transliteration thumma is'tawā ilā l-samāi wahiya dukhānun faqāla lahā walil'arḍi i'tiyā ṭawʿan aw karhan qālatā ataynā ṭāiʿīna
Nepali ११) अनि ऊ आकाशतिर उच्च भयो, त्यो धुवाँ थियो त उसले त्यसलाई र धरतीलाई आदेश दियो, कि दुवै आऊ (चाहे) खुशीले चाहे नाखुशीले । त उनीहरूले भने, कि हामी प्रसन्नतापूर्वक उपस्थित छौं ।
Verse 12
فَقَضَىٰهُنَّ سَبْعَ سَمَـٰوَاتٍ فِى يَوْمَيْنِ وَأَوْحَىٰ فِى كُلِّ سَمَآءٍ أَمْرَهَا ۚ وَزَيَّنَّا ٱلسَّمَآءَ ٱلدُّنْيَا بِمَصَـٰبِيحَ وَحِفْظًا ۚ ذَٰلِكَ تَقْدِيرُ ٱلْعَزِيزِ ٱلْعَلِيمِ
Transliteration faqaḍāhunna sabʿa samāwātin fī yawmayni wa-awḥā fī kulli samāin amrahā wazayyannā l-samāa l-dun'yā bimaṣābīḥa waḥif'ẓan dhālika taqdīru l-ʿazīzi l-ʿalīmi
Nepali १२) त्यस पश्चात दुई दिनमा सातवटा आकाशहरू बनायो र प्रत्येक आकाशमा त्यसको (काम) को आदेश पठायो, र हामीले संसारीय आकाशलाई दीपहरूले (ताराहरू) सिँगार्यौं, तथा सुरक्षाको उद्देश्यले पनि, यो सर्वशक्ति सम्पन्न (र) सर्वज्ञले निर्धारित गरेका उपाय हुन् ।
Verse 13
فَإِنْ أَعْرَضُوا۟ فَقُلْ أَنذَرْتُكُمْ صَـٰعِقَةً مِّثْلَ صَـٰعِقَةِ عَادٍ وَثَمُودَ
Transliteration fa-in aʿraḍū faqul andhartukum ṣāʿiqatan mith'la ṣāʿiqati ʿādin wathamūda
Nepali १३) अब पनि यदि उनीहरूले ध्यान दिदैंनन् भने भनिदिनुस् ! कि म तिमीलाई त्यस्तै प्रकारको चट्याङ्गबाट (आकाशेय यातनाबाट) डराउँछु जस्तो चट्याङ्ग ‘‘आद’’ र ‘‘समूद’’ माथि आएको थियो ।’’
Verse 14
إِذْ جَآءَتْهُمُ ٱلرُّسُلُ مِنۢ بَيْنِ أَيْدِيهِمْ وَمِنْ خَلْفِهِمْ أَلَّا تَعْبُدُوٓا۟ إِلَّا ٱللَّهَ ۖ قَالُوا۟ لَوْ شَآءَ رَبُّنَا لَأَنزَلَ مَلَـٰٓئِكَةً فَإِنَّا بِمَآ أُرْسِلْتُم بِهِۦ كَـٰفِرُونَ
Transliteration idh jāathumu l-rusulu min bayni aydīhim wamin khalfihim allā taʿbudū illā l-laha qālū law shāa rabbunā la-anzala malāikatan fa-innā bimā ur'sil'tum bihi kāfirūna
Nepali १४) जब उनीतिर अघि र पछिबाट संदेष्टाहरू आए कि तिमीले अल्लाह बाहेक कसैको पूजा नगर, तब उनीहरूले भन्न थाले कि यदि हाम्रो पालनकर्ताले चाहेको भए, फरिश्ताहरूलाई (स्वर्गदूतहरूलाई) अवतरित गर्दथ्यो, तसर्थ जुन कुरा तिमीलाई दिइएर पठाइयो, हामीले त्यसलाई मान्दैनौं ।
Verse 15
فَأَمَّا عَادٌ فَٱسْتَكْبَرُوا۟ فِى ٱلْأَرْضِ بِغَيْرِ ٱلْحَقِّ وَقَالُوا۟ مَنْ أَشَدُّ مِنَّا قُوَّةً ۖ أَوَلَمْ يَرَوْا۟ أَنَّ ٱللَّهَ ٱلَّذِى خَلَقَهُمْ هُوَ أَشَدُّ مِنْهُمْ قُوَّةً ۖ وَكَانُوا۟ بِـَٔايَـٰتِنَا يَجْحَدُونَ
Transliteration fa-ammā ʿādun fa-is'takbarū fī l-arḍi bighayri l-ḥaqi waqālū man ashaddu minnā quwwatan awalam yaraw anna l-laha alladhī khalaqahum huwa ashaddu min'hum quwwatan wakānū biāyātinā yajḥadūna
Nepali १५) जो आद थिए, उनीहरू व्यर्थमा धरतीमा घमण्ड गर्न थाले र भने हामीभन्दा बढी शक्तिमा को छ ?’’ के उनीहरूले यो देखेनन् कि अल्लाह, जसले उनीहरूलाई सृष्टि गर्यो, ऊ उनीहरूभन्दा शक्तिमा बहुत धेरै छ र उनीहरूले हाम्रा आयतहरूलाई नकारिराखे ।
Verse 16
فَأَرْسَلْنَا عَلَيْهِمْ رِيحًا صَرْصَرًا فِىٓ أَيَّامٍ نَّحِسَاتٍ لِّنُذِيقَهُمْ عَذَابَ ٱلْخِزْىِ فِى ٱلْحَيَوٰةِ ٱلدُّنْيَا ۖ وَلَعَذَابُ ٱلْـَٔاخِرَةِ أَخْزَىٰ ۖ وَهُمْ لَا يُنصَرُونَ
Transliteration fa-arsalnā ʿalayhim rīḥan ṣarṣaran fī ayyāmin naḥisātin linudhīqahum ʿadhāba l-khiz'yi fī l-ḥayati l-dun'yā walaʿadhābu l-ākhirati akhzā wahum lā yunṣarūna
Nepali १६) तब हामीले अशुभ दिनहरूमा उनीहरूमाथि शक्तिशाली हावा (हुरी) चलायौं, ताकि उनीहरूलाई सांसारिक जीवनमा अपमानपूर्ण यातनाको स्वाद चखाइदियौं । आखिरतको यातना त यसभन्दा धेरै अपमान गर्नेवाला छ । (त्यसदिन) उनीहरूले सहायता पाउने छैनन् ।
Verse 17
وَأَمَّا ثَمُودُ فَهَدَيْنَـٰهُمْ فَٱسْتَحَبُّوا۟ ٱلْعَمَىٰ عَلَى ٱلْهُدَىٰ فَأَخَذَتْهُمْ صَـٰعِقَةُ ٱلْعَذَابِ ٱلْهُونِ بِمَا كَانُوا۟ يَكْسِبُونَ
Transliteration wa-ammā thamūdu fahadaynāhum fa-is'taḥabbū l-ʿamā ʿalā l-hudā fa-akhadhathum ṣāʿiqatu l-ʿadhābi l-hūni bimā kānū yaksibūna
Nepali १७) अब समूद थिए कि उनीहरूलाई पनि हामीले सोझो मार्ग देखाएका थियौं, तर उनीहरूले मार्गदर्शनको सट्टा अन्धा रह्नु नै रुचाए । परिणामस्वरूप उनीहरूले गरेका कामको बदलामा अपमानजनक यातनाको बज्रपातले उनीहरूलाई आइसमात्यो ।
Verse 18
وَنَجَّيْنَا ٱلَّذِينَ ءَامَنُوا۟ وَكَانُوا۟ يَتَّقُونَ
Transliteration wanajjaynā alladhīna āmanū wakānū yattaqūna
Nepali १८) तर जसले ईमान ल्याए र संयम गरे उनीहरूलाई हामीले बचाइहाल्यौं ।
Verse 19
وَيَوْمَ يُحْشَرُ أَعْدَآءُ ٱللَّهِ إِلَى ٱلنَّارِ فَهُمْ يُوزَعُونَ
Transliteration wayawma yuḥ'sharu aʿdāu l-lahi ilā l-nāri fahum yūzaʿūna
Nepali १९) र जुनदिन अल्लाहका शत्रुहरूलाई नर्कतिर लगिनेछ र उनीहरूलाई एकत्रित गरिहालिनेछ ।
Verse 20
حَتَّىٰٓ إِذَا مَا جَآءُوهَا شَهِدَ عَلَيْهِمْ سَمْعُهُمْ وَأَبْصَـٰرُهُمْ وَجُلُودُهُم بِمَا كَانُوا۟ يَعْمَلُونَ
Transliteration ḥattā idhā mā jāūhā shahida ʿalayhim samʿuhum wa-abṣāruhum wajulūduhum bimā kānū yaʿmalūna
Nepali २०) यहाँसम्म कि जब एकदम नर्कको नजिक पुग्नेछन्, तब उनीहरूका कान र उनीहरूका आँखा र उनीहरूका छालाहरू उनीहरू विरुद्ध ती कुराका साक्षी हुनेछन्, जुन उनीहरूले गरिराखेका थिए ।
Verse 21
وَقَالُوا۟ لِجُلُودِهِمْ لِمَ شَهِدتُّمْ عَلَيْنَا ۖ قَالُوٓا۟ أَنطَقَنَا ٱللَّهُ ٱلَّذِىٓ أَنطَقَ كُلَّ شَىْءٍ وَهُوَ خَلَقَكُمْ أَوَّلَ مَرَّةٍ وَإِلَيْهِ تُرْجَعُونَ
Transliteration waqālū lijulūdihim lima shahidttum ʿalaynā qālū anṭaqanā l-lahu alladhī anṭaqa kulla shayin wahuwa khalaqakum awwala marratin wa-ilayhi tur'jaʿūna
Nepali २१) उनीहरूले आफ्ना छालाहरू (अङ्ग) सित भन्नेछन्ः कि तिमिले हाम्रो विरोधमा गवाही किन दियौ ! त तिनीहरूले जवाफ दिनेछन् कि ‘‘जुन अल्लाहले प्रत्येक कुरालाई वाक्यशक्ति प्रदान गरेको छ उसैले हामीलाई पनि बोल्ने शक्ति प्रदान गरेको छ ।’’ र उसैले तिमीलाई पहिलोपटक सृष्टि गरेको थियो र उसैतर्फ तिमीलाई फर्किजानु पर्नेछ ।
Verse 22
وَمَا كُنتُمْ تَسْتَتِرُونَ أَن يَشْهَدَ عَلَيْكُمْ سَمْعُكُمْ وَلَآ أَبْصَـٰرُكُمْ وَلَا جُلُودُكُمْ وَلَـٰكِن ظَنَنتُمْ أَنَّ ٱللَّهَ لَا يَعْلَمُ كَثِيرًا مِّمَّا تَعْمَلُونَ
Transliteration wamā kuntum tastatirūna an yashhada ʿalaykum samʿukum walā abṣārukum walā julūdukum walākin ẓanantum anna l-laha lā yaʿlamu kathīran mimmā taʿmalūna
Nepali २२) र तिमीले यस भयले (आफ्ना नराम्रो कामहरू) लुकाउँदैन्थ्यो कि तिम्रा कान र छालाहरू तिम्रो विरुद्ध गवाही दिनेछन्, बरु तिमीले यो भन्न ठान्थ्यौ कि अल्लाहलाई तिम्रा धेरै जसो क्रियाकलापबारे थाहा छैन ।
Verse 23
وَذَٰلِكُمْ ظَنُّكُمُ ٱلَّذِى ظَنَنتُم بِرَبِّكُمْ أَرْدَىٰكُمْ فَأَصْبَحْتُم مِّنَ ٱلْخَـٰسِرِينَ
Transliteration wadhālikum ẓannukumu alladhī ẓanantum birabbikum ardākum fa-aṣbaḥtum mina l-khāsirīna
Nepali २३) र यसै अनुमानले, जुन तिमीले आफ्नो पालनकर्ताको बारेमा गर्दथ्यौ, तिमीलाई नष्ट गरिदियो, र अन्ततः तिमी घाटामा पर्नेहरूमध्येका भइहाल्यौ ।
Verse 24
فَإِن يَصْبِرُوا۟ فَٱلنَّارُ مَثْوًى لَّهُمْ ۖ وَإِن يَسْتَعْتِبُوا۟ فَمَا هُم مِّنَ ٱلْمُعْتَبِينَ
Transliteration fa-in yaṣbirū fal-nāru mathwan lahum wa-in yastaʿtibū famā hum mina l-muʿ'tabīna
Nepali २४) अब यदि यिनीहरूले संतोष गर्दछन् तैपनि उनीहरूको बास नर्क नै छ र यदि प्रायश्चित गर्नेछन् भने पनि (उनको) प्रायश्चित स्वीकार गरिने छैन ।
Verse 25
۞ وَقَيَّضْنَا لَهُمْ قُرَنَآءَ فَزَيَّنُوا۟ لَهُم مَّا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْ وَحَقَّ عَلَيْهِمُ ٱلْقَوْلُ فِىٓ أُمَمٍ قَدْ خَلَتْ مِن قَبْلِهِم مِّنَ ٱلْجِنِّ وَٱلْإِنسِ ۖ إِنَّهُمْ كَانُوا۟ خَـٰسِرِينَ
Transliteration waqayyaḍnā lahum quranāa fazayyanū lahum mā bayna aydīhim wamā khalfahum waḥaqqa ʿalayhimu l-qawlu fī umamin qad khalat min qablihim mina l-jini wal-insi innahum kānū khāsirīna
Nepali २५) र हामीले (शैतानहरूलाई) उनीहरूका सहभागी नियुक्त गरिदिएका थियौं । अनि उनीहरूले उनीहरूको अगाडि र उनीहरूको पछाडि जे–जति थियो, त्यसलाई आकर्षक बनाइदिएका थिए । अन्ततः उनीहरूमाथि पनि उनीहरूभन्दा पहिला जिन्न र मनुष्यहरूका ती समूहको साथ भए जस्तै अल्लाहको वचन सत्य प्रमाणित भयो । निश्चय नै उनीहरू घाटा बिहोर्नेवाला भए ।
Verse 26
وَقَالَ ٱلَّذِينَ كَفَرُوا۟ لَا تَسْمَعُوا۟ لِهَـٰذَا ٱلْقُرْءَانِ وَٱلْغَوْا۟ فِيهِ لَعَلَّكُمْ تَغْلِبُونَ
Transliteration waqāla alladhīna kafarū lā tasmaʿū lihādhā l-qur'āni wal-ghaw fīhi laʿallakum taghlibūna
Nepali २६) र काफिरहरूले भने कि यस कुरआनलाई सुन्दै नसुन्नु र (यो पढिने समय) होहल्ला गरिहाल, शायद (त्यसबाट तिमी) प्रभावी रहौ ।
Verse 27
فَلَنُذِيقَنَّ ٱلَّذِينَ كَفَرُوا۟ عَذَابًا شَدِيدًا وَلَنَجْزِيَنَّهُمْ أَسْوَأَ ٱلَّذِى كَانُوا۟ يَعْمَلُونَ
Transliteration falanudhīqanna alladhīna kafarū ʿadhāban shadīdan walanajziyannahum aswa-a alladhī kānū yaʿmalūna
Nepali २७) तसर्थ निश्चितरूपले हामीले पनि काफिरहरूलाई ठूलो यातनाको स्वाद चखाउनेछौं र तिनीहरूका नराम्रा कर्मको उनीहरूलाई अवश्य सजाय दिनेछौं ।
Verse 28
ذَٰلِكَ جَزَآءُ أَعْدَآءِ ٱللَّهِ ٱلنَّارُ ۖ لَهُمْ فِيهَا دَارُ ٱلْخُلْدِ ۖ جَزَآءًۢ بِمَا كَانُوا۟ بِـَٔايَـٰتِنَا يَجْحَدُونَ
Transliteration dhālika jazāu aʿdāi l-lahi l-nāru lahum fīhā dāru l-khul'di jazāan bimā kānū biāyātinā yajḥadūna
Nepali २८) अल्लाहका शत्रुहरूको लागि सजाय यही नर्कको आगो हो । जसमा उनीहरूको निम्ति सधैंको घर छ, यो हाम्रा आयतहरू इन्कार गर्नुको बदला हो ।
Verse 29
وَقَالَ ٱلَّذِينَ كَفَرُوا۟ رَبَّنَآ أَرِنَا ٱلَّذَيْنِ أَضَلَّانَا مِنَ ٱلْجِنِّ وَٱلْإِنسِ نَجْعَلْهُمَا تَحْتَ أَقْدَامِنَا لِيَكُونَا مِنَ ٱلْأَسْفَلِينَ
Transliteration waqāla alladhīna kafarū rabbanā arinā alladhayni aḍallānā mina l-jini wal-insi najʿalhumā taḥta aqdāminā liyakūnā mina l-asfalīna
Nepali २९) र काफिरहरूले भन्नेछन्ः हे हाम्रो पालनकर्ता ! हामीलाई ती जिन्न र मानिसहरूलाई देखाऊ जसले हामीलाई मार्गविचलित गरेका थिए, (ताकि) हामीले उनीहरूलाई आफ्ना खुट्टामुनि हालौं ताकि उनीहरू नर्कमा सबभन्दा तल घोर यातनामा रहुन् ।’’
Verse 30
إِنَّ ٱلَّذِينَ قَالُوا۟ رَبُّنَا ٱللَّهُ ثُمَّ ٱسْتَقَـٰمُوا۟ تَتَنَزَّلُ عَلَيْهِمُ ٱلْمَلَـٰٓئِكَةُ أَلَّا تَخَافُوا۟ وَلَا تَحْزَنُوا۟ وَأَبْشِرُوا۟ بِٱلْجَنَّةِ ٱلَّتِى كُنتُمْ تُوعَدُونَ
Transliteration inna alladhīna qālū rabbunā l-lahu thumma is'taqāmū tatanazzalu ʿalayhimu l-malāikatu allā takhāfū walā taḥzanū wa-abshirū bil-janati allatī kuntum tūʿadūna
Nepali ३०) वास्तवमा जुन मानिसहरूले भनेः कि ‘‘हाम्रो पालनकर्ता अल्लाह हो’’, अनि उनीहरू (त्यसमा) दृढ रहे, त उनीहरूको निम्ति फरिश्ताहरू (यो भन्दै) अवतरित हुन्छन् कि तिमी निराश र शोकाकुल नहोऊ, अपितु त्यस स्वर्गको शुभसूचना सुनिहाल जसको तिमीलाई वाचा दिइएकोछ ।
Verse 31
نَحْنُ أَوْلِيَآؤُكُمْ فِى ٱلْحَيَوٰةِ ٱلدُّنْيَا وَفِى ٱلْـَٔاخِرَةِ ۖ وَلَكُمْ فِيهَا مَا تَشْتَهِىٓ أَنفُسُكُمْ وَلَكُمْ فِيهَا مَا تَدَّعُونَ
Transliteration naḥnu awliyāukum fī l-ḥayati l-dun'yā wafī l-ākhirati walakum fīhā mā tashtahī anfusukum walakum fīhā mā taddaʿūna
Nepali ३१) हामी सांसारिक जीवनमा पनि तिम्रो मित्र थियौं र आखिरतमा पनि (तिम्रो साथमा) रहनेछौं । त्यहाँ जुन कुराको तिमीले इच्छा गर्नेछौ, र जुन कुरा माँग्नेछौं, तिम्रो लागि उपस्थित हुनेछ ।
Verse 32
نُزُلًا مِّنْ غَفُورٍ رَّحِيمٍ
Transliteration nuzulan min ghafūrin raḥīmin
Nepali ३२) (त्यो) क्षमाशील, र दयावान् अल्लाहको तर्फबाट तिम्रो लागि आतिथ्यको रूपमा हुनेछ ।’’
Verse 33
وَمَنْ أَحْسَنُ قَوْلًا مِّمَّن دَعَآ إِلَى ٱللَّهِ وَعَمِلَ صَـٰلِحًا وَقَالَ إِنَّنِى مِنَ ٱلْمُسْلِمِينَ
Transliteration waman aḥsanu qawlan mimman daʿā ilā l-lahi waʿamila ṣāliḥan waqāla innanī mina l-mus'limīna
Nepali ३३) र यसभन्दा राम्रो कुरावाला को हुनसक्छ जसले अल्लाहतिर डाँक्छ र असल कर्म गर्दछ र भन्दछः कि ‘‘निःसन्देह म मुस्लिम हूँ ?’’
Verse 34
وَلَا تَسْتَوِى ٱلْحَسَنَةُ وَلَا ٱلسَّيِّئَةُ ۚ ٱدْفَعْ بِٱلَّتِى هِىَ أَحْسَنُ فَإِذَا ٱلَّذِى بَيْنَكَ وَبَيْنَهُۥ عَدَٰوَةٌ كَأَنَّهُۥ وَلِىٌّ حَمِيمٌ
Transliteration walā tastawī l-ḥasanatu walā l-sayi-atu id'faʿ bi-allatī hiya aḥsanu fa-idhā alladhī baynaka wabaynahu ʿadāwatun ka-annahu waliyyun ḥamīmun
Nepali ३४) पाप र पुण्य (नेकी र बदी) समान हुन सक्दैन । खराबीलाई भलाईबाट हटाऊ । फेरि तिमीले देख्नेछौ कि जसको साथ तिम्रो शत्रुता थियो, त्यो घनिष्ट मित्र भइहाल्नेछ ।
Verse 35
وَمَا يُلَقَّىٰهَآ إِلَّا ٱلَّذِينَ صَبَرُوا۟ وَمَا يُلَقَّىٰهَآ إِلَّا ذُو حَظٍّ عَظِيمٍ
Transliteration wamā yulaqqāhā illā alladhīna ṣabarū wamā yulaqqāhā illā dhū ḥaẓẓin ʿaẓīmin
Nepali ३५) र यी कुरा उनीहरूलाई मात्र प्राप्त हुन्छ, जो धैर्य गर्नेवाला छन् र उनीहरूलाई मात्र प्राप्त हुन्छ जो बढो भाग्यमानी छन् ।
Verse 36
وَإِمَّا يَنزَغَنَّكَ مِنَ ٱلشَّيْطَـٰنِ نَزْغٌ فَٱسْتَعِذْ بِٱللَّهِ ۖ إِنَّهُۥ هُوَ ٱلسَّمِيعُ ٱلْعَلِيمُ
Transliteration wa-immā yanzaghannaka mina l-shayṭāni nazghun fa-is'taʿidh bil-lahi innahu huwa l-samīʿu l-ʿalīmu
Nepali ३६) र जब तिमीलाई शैतानको तर्फबाट कुनै नराम्रो विचार आउँछ तब अल्लाहको शरण माँग्नेगर । निःसन्देह ऊ धेरै सुन्ने र जान्नेवाला छ ।
Verse 37
وَمِنْ ءَايَـٰتِهِ ٱلَّيْلُ وَٱلنَّهَارُ وَٱلشَّمْسُ وَٱلْقَمَرُ ۚ لَا تَسْجُدُوا۟ لِلشَّمْسِ وَلَا لِلْقَمَرِ وَٱسْجُدُوا۟ لِلَّهِ ٱلَّذِى خَلَقَهُنَّ إِن كُنتُمْ إِيَّاهُ تَعْبُدُونَ
Transliteration wamin āyātihi al-laylu wal-nahāru wal-shamsu wal-qamaru lā tasjudū lilshamsi walā lil'qamari wa-us'judū lillahi alladhī khalaqahunna in kuntum iyyāhu taʿbudūna
Nepali ३७) र रात र दिन, सूर्य र चन्द्र उसको निशानीहरूमध्येका हुन् । तिमीहरूले न सूर्यको पूजा गर नत चन्द्रको, बरु अल्लाहलाई नै ढोग, जसले यी कुराहरूलाई सृष्टि गरेको छ, यदि तिमी उसैको उपासना गर्नेवाला हौ ।
Verse 38
فَإِنِ ٱسْتَكْبَرُوا۟ فَٱلَّذِينَ عِندَ رَبِّكَ يُسَبِّحُونَ لَهُۥ بِٱلَّيْلِ وَٱلنَّهَارِ وَهُمْ لَا يَسْـَٔمُونَ ۩
Transliteration fa-ini is'takbarū fa-alladhīna ʿinda rabbika yusabbiḥūna lahu bi-al-layli wal-nahāri wahum lā yasamūna
Nepali ३८) यदि तैपनि यिनीहरूले घमण्ड गर्दछन् त जो फरिश्ताहरू तिम्रो पालनकर्ताको पासमा छन् उनीहरूले त रात र दिन उसको गुणगान गरिराखेकै छन्, र उनीहरूलाई कहिले दिक्क लाग्दैन ।
Verse 39
وَمِنْ ءَايَـٰتِهِۦٓ أَنَّكَ تَرَى ٱلْأَرْضَ خَـٰشِعَةً فَإِذَآ أَنزَلْنَا عَلَيْهَا ٱلْمَآءَ ٱهْتَزَّتْ وَرَبَتْ ۚ إِنَّ ٱلَّذِىٓ أَحْيَاهَا لَمُحْىِ ٱلْمَوْتَىٰٓ ۚ إِنَّهُۥ عَلَىٰ كُلِّ شَىْءٍ قَدِيرٌ
Transliteration wamin āyātihi annaka tarā l-arḍa khāshiʿatan fa-idhā anzalnā ʿalayhā l-māa ih'tazzat warabat inna alladhī aḥyāhā lamuḥ'yī l-mawtā innahu ʿalā kulli shayin qadīrun
Nepali ३९) र यो कुरा पनि उसका निशानीहरूमध्ये हो कि तिमीले देख्छौ कि धरती थिचिएको छ, अनि जब हामी त्यसमा पानी वर्षाउँछौं तब त्यो हराभरा भएर उठ्नथाल्छ । निश्चय नै जसले उसलाई जीवित गर्यो मुर्दाहरूलाई जीवित गर्नेवाला छ । निःसन्देह उसलाई हरेक कुराहरूमाथि सामथ्र्य प्राप्त छ ।
Verse 40
إِنَّ ٱلَّذِينَ يُلْحِدُونَ فِىٓ ءَايَـٰتِنَا لَا يَخْفَوْنَ عَلَيْنَآ ۗ أَفَمَن يُلْقَىٰ فِى ٱلنَّارِ خَيْرٌ أَم مَّن يَأْتِىٓ ءَامِنًا يَوْمَ ٱلْقِيَـٰمَةِ ۚ ٱعْمَلُوا۟ مَا شِئْتُمْ ۖ إِنَّهُۥ بِمَا تَعْمَلُونَ بَصِيرٌ
Transliteration inna alladhīna yul'ḥidūna fī āyātinā lā yakhfawna ʿalaynā afaman yul'qā fī l-nāri khayrun am man yatī āminan yawma l-qiyāmati iʿ'malū mā shi'tum innahu bimā taʿmalūna baṣīrun
Nepali ४०) निःसन्देह जुन मानिसहरूले हाम्रा आयतहरूको बारेमा छलकपटको नीति अपनाउँछन् उनीहरू हामीबाट लुकेका छैनन् । तसर्थ भन त के त्यो व्यक्ति राम्रो छ जुन आगोमा हालिनेछ वा त्यो जो कयामतको दिन निश्चिन्त भएर आउनेछ ? तिमी जे चाहन्छौ गर्दै जाऊ, जे जति तिमीले गरिराखेका छौ उसले सबै देखिराखेकै छ ।
Verse 41
إِنَّ ٱلَّذِينَ كَفَرُوا۟ بِٱلذِّكْرِ لَمَّا جَآءَهُمْ ۖ وَإِنَّهُۥ لَكِتَـٰبٌ عَزِيزٌ
Transliteration inna alladhīna kafarū bil-dhik'ri lammā jāahum wa-innahu lakitābun ʿazīzun
Nepali ४१) जुन मानिसहरूले आफूकहाँ कुरआन पुगिसकेपछि पनि यसलाई नकारे, (त्यो पनि हामीबाट लुकेको छैन ।) यो एउटा अधिपत्यशाली किताब हो ।
Verse 42
لَّا يَأْتِيهِ ٱلْبَـٰطِلُ مِنۢ بَيْنِ يَدَيْهِ وَلَا مِنْ خَلْفِهِۦ ۖ تَنزِيلٌ مِّنْ حَكِيمٍ حَمِيدٍ
Transliteration lā yatīhi l-bāṭilu min bayni yadayhi walā min khalfihi tanzīlun min ḥakīmin ḥamīdin
Nepali ४२) जसको नजिकसम्म असत्य पुग्नै सक्दैन न उसको अगाडि़बाट आउनसक्छ र न उसको पछाडिबाट, (यो) अवतरण हो, उसको तर्फबाट जो अत्यन्त तत्वदर्शी र प्रशंसनीय छ,
Verse 43
مَّا يُقَالُ لَكَ إِلَّا مَا قَدْ قِيلَ لِلرُّسُلِ مِن قَبْلِكَ ۚ إِنَّ رَبَّكَ لَذُو مَغْفِرَةٍ وَذُو عِقَابٍ أَلِيمٍ
Transliteration mā yuqālu laka illā mā qad qīla lilrrusuli min qablika inna rabbaka ladhū maghfiratin wadhū ʿiqābin alīmin
Nepali ४३) तपार्इंलाई त्यही मात्र भनिदैछ जुन ती रसूलहरूलाई भनिसकिएको छ, जो तपार्इंभन्दा अगाडि गुज्रिसकेका छन् । निःसन्देह तपार्इंको पालनकर्ता बडो क्षमाशील छ र दुःखद सजाय दिनेवाला पनि छ ।
Verse 44
وَلَوْ جَعَلْنَـٰهُ قُرْءَانًا أَعْجَمِيًّا لَّقَالُوا۟ لَوْلَا فُصِّلَتْ ءَايَـٰتُهُۥٓ ۖ ءَا۬عْجَمِىٌّ وَعَرَبِىٌّ ۗ قُلْ هُوَ لِلَّذِينَ ءَامَنُوا۟ هُدًى وَشِفَآءٌ ۖ وَٱلَّذِينَ لَا يُؤْمِنُونَ فِىٓ ءَاذَانِهِمْ وَقْرٌ وَهُوَ عَلَيْهِمْ عَمًى ۚ أُو۟لَـٰٓئِكَ يُنَادَوْنَ مِن مَّكَانٍۭ بَعِيدٍ
Transliteration walaw jaʿalnāhu qur'ānan aʿjamiyyan laqālū lawlā fuṣṣilat āyātuhu āʿ'jamiyyun waʿarabiyyun qul huwa lilladhīna āmanū hudan washifāon wa-alladhīna lā yu'minūna fī ādhānihim waqrun wahuwa ʿalayhim ʿaman ulāika yunādawna min makānin baʿīdin
Nepali ४४) र यदि हामीले यस कुरआनलाई गैर अरबी भाषामा अवतरित गरेको भए त उनीहरूले भन्थे कि ‘‘उसका आयातहरू (हाम्रो भाषामा) स्पष्टरूपले किन वर्णन गरिएन ? यो अनौठो कुरा हो कि गैर अरबी किताब छ र रसूल(संदेष्टा) अरबी ?’’ तपार्इं भनिदिनुस् कि यो त ‘‘ती मानिसहरूको निम्ति जसले ईमान ल्याए, मार्गदर्शन र आरोग्य छ, तर जसले ईमान ल्याएका छैनन् उनका कानहरूमा बहिरोपन र बोझ छ (सुन्दैनन्) र त्यो (कुरआन) उनीहरूका निम्ति अन्धोपन (प्रमाणित भइराखेको) छ, उनीहरू यस्ता छन् जसलाई मानौं कुनै टाढा ठाउँबाट पुकारिदैछ ।’’
Verse 45
وَلَقَدْ ءَاتَيْنَا مُوسَى ٱلْكِتَـٰبَ فَٱخْتُلِفَ فِيهِ ۗ وَلَوْلَا كَلِمَةٌ سَبَقَتْ مِن رَّبِّكَ لَقُضِىَ بَيْنَهُمْ ۚ وَإِنَّهُمْ لَفِى شَكٍّ مِّنْهُ مُرِيبٍ
Transliteration walaqad ātaynā mūsā l-kitāba fa-ukh'tulifa fīhi walawlā kalimatun sabaqat min rabbika laquḍiya baynahum wa-innahum lafī shakkin min'hu murībin
Nepali ४५) हामीले ‘‘मूसा(अलैहिस्सलाम)लाई’’ किताब दियौं, अनि त्यसमा पनि विवाद गरियो । यदि तपार्इंको पालनकर्ताको तर्फबाट अघिदेखि नै निश्चित भइसकेको कुरा नभएको भए उनीहरूको बीचमा अघि नै फैसला गरिहालिन्थ्यो । यिनीहरू त यस (कुरआन) बारे बेचैनीवाला सन्देहमा अल्झिराखेका छन् ।
Verse 46
مَّنْ عَمِلَ صَـٰلِحًا فَلِنَفْسِهِۦ ۖ وَمَنْ أَسَآءَ فَعَلَيْهَا ۗ وَمَا رَبُّكَ بِظَلَّـٰمٍ لِّلْعَبِيدِ
Transliteration man ʿamila ṣāliḥan falinafsihi waman asāa faʿalayhā wamā rabbuka biẓallāmin lil'ʿabīdi
Nepali ४६) जसले असल कर्म गर्नेछ उसले आफ्नो फाइदाको लागि र जसले नराम्रो काम गर्नेछ त त्यसको हानि पनि उसैलाई हुनेछ । तपार्इंको पालनकर्ताले भक्तहरूमाथि अत्याचार गर्दैन ।
Verse 47
۞ إِلَيْهِ يُرَدُّ عِلْمُ ٱلسَّاعَةِ ۚ وَمَا تَخْرُجُ مِن ثَمَرَٰتٍ مِّنْ أَكْمَامِهَا وَمَا تَحْمِلُ مِنْ أُنثَىٰ وَلَا تَضَعُ إِلَّا بِعِلْمِهِۦ ۚ وَيَوْمَ يُنَادِيهِمْ أَيْنَ شُرَكَآءِى قَالُوٓا۟ ءَاذَنَّـٰكَ مَا مِنَّا مِن شَهِيدٍ
Transliteration ilayhi yuraddu ʿil'mu l-sāʿati wamā takhruju min thamarātin min akmāmihā wamā taḥmilu min unthā walā taḍaʿu illā biʿil'mihi wayawma yunādīhim ayna shurakāī qālū ādhannāka mā minnā min shahīdin
Nepali ४७) कयामतको ज्ञान उसैतिर फेरिन्छ ! र जुन फल आफ्ना कोषबाट निस्कन्छन् र जुन महिला गर्भवती हुन्छिन् र जुन बच्चा जन्माउँछिन्, उसलाई यी सबैको ज्ञान हुन्छ । र जुनदिन उसले यी मुश्रिकहरूलाई बोलाएर सोध्ने छ, ‘‘कहाँ छन् मेरा साझेदारहरू ?’’ उनीहरूले भन्नेछन् कि ‘‘हामीले त तिमीलाई स्पष्टरूपले भनिसकेका छौं कि हामीमध्ये कोही पनि यसको साक्षी छैन ।’’
Verse 48
وَضَلَّ عَنْهُم مَّا كَانُوا۟ يَدْعُونَ مِن قَبْلُ ۖ وَظَنُّوا۟ مَا لَهُم مِّن مَّحِيصٍ
Transliteration waḍalla ʿanhum mā kānū yadʿūna min qablu waẓannū mā lahum min maḥīṣin
Nepali ४८) र ज–जसलाई उनीहरूले पूज्ने गर्थे, उनीहरू तिनीहरूको दृष्टिबाट हराइसकेका हुनेछन् । र उनीहरूले बुझिहाल्नेछन् कि उनीहरूको निम्ति कुनै पनि भाग्ने ठाउँ छैन ।
Verse 49
لَّا يَسْـَٔمُ ٱلْإِنسَـٰنُ مِن دُعَآءِ ٱلْخَيْرِ وَإِن مَّسَّهُ ٱلشَّرُّ فَيَـُٔوسٌ قَنُوطٌ
Transliteration lā yasamu l-insānu min duʿāi l-khayri wa-in massahu l-sharu fayaūsun qanūṭun
Nepali ४९) मानिस भलाई माँग्नुबाट थाक्दैन, तर यदि उसलाई कुनै कष्ट पुग्दछ भने ऊ निराश र उदास भइदिन्छ ।
Verse 50
وَلَئِنْ أَذَقْنَـٰهُ رَحْمَةً مِّنَّا مِنۢ بَعْدِ ضَرَّآءَ مَسَّتْهُ لَيَقُولَنَّ هَـٰذَا لِى وَمَآ أَظُنُّ ٱلسَّاعَةَ قَآئِمَةً وَلَئِن رُّجِعْتُ إِلَىٰ رَبِّىٓ إِنَّ لِى عِندَهُۥ لَلْحُسْنَىٰ ۚ فَلَنُنَبِّئَنَّ ٱلَّذِينَ كَفَرُوا۟ بِمَا عَمِلُوا۟ وَلَنُذِيقَنَّهُم مِّنْ عَذَابٍ غَلِيظٍ
Transliteration wala-in adhaqnāhu raḥmatan minnā min baʿdi ḍarrāa massathu layaqūlanna hādhā lī wamā aẓunnu l-sāʿata qāimatan wala-in rujiʿ'tu ilā rabbī inna lī ʿindahu lalḥus'nā falanunabbi-anna alladhīna kafarū bimā ʿamilū walanudhīqannahum min ʿadhābin ghalīẓin
Nepali ५०) र जुन दुःख उसले भोगिसकेको छ, त्यस पश्चात उसलाई यदि हामीले आफ्नो दयालुताको रसास्वादन गराउँछौं भने उसले निश्चय नै भन्दछ कि ‘‘यो त मेरो हक नै हो । म त यो ठान्दिन कि त्यो, कयामत हुनेछ र यदि म आफ्नो रबतिर फर्के तै पनि अवश्य नै उसको पासमा मेरो निम्ति राम्रो पारितोषिक हुनेछ ।’’ निश्चय नै हामीले उनीहरूलाई जसले इन्कार गरे अवश्य बताएर नै छाड्छौं, जे–जति उनीहरूले गरेका छन । र हामीले उनीहरूलाई अवश्य नै कठोर यातनाको स्वाद चखाउने छौं ।
Verse 51
وَإِذَآ أَنْعَمْنَا عَلَى ٱلْإِنسَـٰنِ أَعْرَضَ وَنَـَٔا بِجَانِبِهِۦ وَإِذَا مَسَّهُ ٱلشَّرُّ فَذُو دُعَآءٍ عَرِيضٍ
Transliteration wa-idhā anʿamnā ʿalā l-insāni aʿraḍa wanaā bijānibihi wa-idhā massahu l-sharu fadhū duʿāin ʿarīḍin
Nepali ५१) जब हामीले मानिसमाथि अनुकम्पा गर्छौं, तब उसले मुख फेरिदिन्छ र टाढिँदै जान्छ । तर जब उसलाई कष्ट पुग्दछ, तब उसले लामो–लामो प्रार्थना गर्नथाल्छ ।
Verse 52
قُلْ أَرَءَيْتُمْ إِن كَانَ مِنْ عِندِ ٱللَّهِ ثُمَّ كَفَرْتُم بِهِۦ مَنْ أَضَلُّ مِمَّنْ هُوَ فِى شِقَاقٍۭ بَعِيدٍ
Transliteration qul ara-aytum in kāna min ʿindi l-lahi thumma kafartum bihi man aḍallu mimman huwa fī shiqāqin baʿīdin
Nepali ५२) भनिदिनुस् कि तिमीले यो बताऊ, कि यदि यो कुरआन अल्लाहको तर्फबाट आएको छ र तिमीले उसको इन्कार गर्यौ भने त्यसभन्दा बढि बहकिएको अरु को हुनेछ, जो विरोधमा धेरै टाढा गइसकेको होस् ?’’
Verse 53
سَنُرِيهِمْ ءَايَـٰتِنَا فِى ٱلْـَٔافَاقِ وَفِىٓ أَنفُسِهِمْ حَتَّىٰ يَتَبَيَّنَ لَهُمْ أَنَّهُ ٱلْحَقُّ ۗ أَوَلَمْ يَكْفِ بِرَبِّكَ أَنَّهُۥ عَلَىٰ كُلِّ شَىْءٍ شَهِيدٌ
Transliteration sanurīhim āyātinā fī l-āfāqi wafī anfusihim ḥattā yatabayyana lahum annahu l-ḥaqu awalam yakfi birabbika annahu ʿalā kulli shayin shahīdun
Nepali ५३) शीघ्र नै हामीले उनीहरूलाई आफ्ना निशानीहरू दुनियामा देखाउने छौं र स्वयम् उनीहरूको आफैभित्र पनि, यहाँसम्म कि उनीहरूलाई स्पष्ट भइहाल्नेछ कि त्यो (कुरआन) सत्य छ । के तपाईको पालनाकर्ता यस दृष्टिले पर्याप्त छैन कि त्यो हरेक कुराको जानकार छ ।
Verse 54
أَلَآ إِنَّهُمْ فِى مِرْيَةٍ مِّن لِّقَآءِ رَبِّهِمْ ۗ أَلَآ إِنَّهُۥ بِكُلِّ شَىْءٍ مُّحِيطٌۢ
Transliteration alā innahum fī mir'yatin min liqāi rabbihim alā innahu bikulli shayin muḥīṭun
Nepali ५४) यकीन जान कि यिनीहरू आफ्नो पालनकर्तासँगको साक्षातकारको बारेमा सन्देहमा परेका छन् । जानिराख, कि अल्लाह हरेक कुरालाई आफ्नो घेरामा लिएको छ ।
Read Surah Fussilat in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.