Surah Al-Qalam in Nepali: translation and audio
Surah 68 · القلم · The Pen · 52 verses
Surah Al-Qalam verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Al-Qalam word by word in English.
Verse 1
نٓ ۚ وَٱلْقَلَمِ وَمَا يَسْطُرُونَ
Transliteration noon wal-qalami wamā yasṭurūna
Nepali १) नून, कसम छ कलमको र त्यसको जुन कुरो तिनीहरू (फरिश्ताहरू) लेख्दछन् ।
Verse 2
مَآ أَنتَ بِنِعْمَةِ رَبِّكَ بِمَجْنُونٍ
Transliteration mā anta biniʿ'mati rabbika bimajnūnin
Nepali २) कि (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) तपाई आफ्नो पालनकर्ताको अनुकम्पाबाट बउलाहा होइन ।
Verse 3
وَإِنَّ لَكَ لَأَجْرًا غَيْرَ مَمْنُونٍ
Transliteration wa-inna laka la-ajran ghayra mamnūnin
Nepali ३) र निःसन्देह तपाईको लागि अन्त न हुनेवाला बडो अनुकम्पा छ ।
Verse 4
وَإِنَّكَ لَعَلَىٰ خُلُقٍ عَظِيمٍ
Transliteration wa-innaka laʿalā khuluqin ʿaẓīmin
Nepali ४) निःसन्देह तपाई उच्च आचरणवाला हुनुहुन्छ ।
Verse 5
فَسَتُبْصِرُ وَيُبْصِرُونَ
Transliteration fasatub'ṣiru wayub'ṣirūna
Nepali ५) अब तिमीले देख्नेछौ र यिनीहरूले पनि देखिहाल्नेछन्,
Verse 6
بِأَييِّكُمُ ٱلْمَفْتُونُ
Transliteration bi-ayyikumu l-maftūnu
Nepali ६) कि तिमीमध्येबाट को भ्रमित भएको छ ।
Verse 7
إِنَّ رَبَّكَ هُوَ أَعْلَمُ بِمَن ضَلَّ عَن سَبِيلِهِۦ وَهُوَ أَعْلَمُ بِٱلْمُهْتَدِينَ
Transliteration inna rabbaka huwa aʿlamu biman ḍalla ʿan sabīlihi wahuwa aʿlamu bil-muh'tadīna
Nepali ७) निःसंदेह तिम्रो पालनकर्ताले उसलाई राम्ररी जान्दछ, जो आफ्नो बाटोबाट विचलित भएका छन् र उनीहरूलाई पनि राम्ररी जान्दछ, जो सोझो मार्गमा हिडीराखेका छन् ।
Verse 8
فَلَا تُطِعِ ٱلْمُكَذِّبِينَ
Transliteration falā tuṭiʿi l-mukadhibīna
Nepali ८) तसर्थ तिमीले असत्य ठहराउनेहरूको भनाई नमान्नु ।
Verse 9
وَدُّوا۟ لَوْ تُدْهِنُ فَيُدْهِنُونَ
Transliteration waddū law tud'hinu fayud'hinūna
Nepali ९) तिनीहरूले चाहन्छन् कि तिमी अली नरम भइहाल । अनि यिनीहरू नरम भइहाल्नेछन् ।
Verse 10
وَلَا تُطِعْ كُلَّ حَلَّافٍ مَّهِينٍ
Transliteration walā tuṭiʿ kulla ḥallāfin mahīnin
Nepali १०) र तिमीले कुनै यस्तो व्यक्तिको भनाई नमान्नु जसले धेरै कसम खाइरहन्छ ।
Verse 11
هَمَّازٍ مَّشَّآءٍۭ بِنَمِيمٍ
Transliteration hammāzin mashāin binamīmin
Nepali ११) बदनाम अर्काको दुर्गण वर्णन गर्नेवाला र चुक्ली गर्दै हिड्दछ ।
Verse 12
مَّنَّاعٍ لِّلْخَيْرِ مُعْتَدٍ أَثِيمٍ
Transliteration mannāʿin lil'khayri muʿ'tadin athīmin
Nepali १२) (र जो)राम्रो कुराबाट रोक्नेवाला, सीमाको उल्लंघन गर्नेवाला, ठूलो अपराधी, (हो) ।
Verse 13
عُتُلٍّۭ بَعْدَ ذَٰلِكَ زَنِيمٍ
Transliteration ʿutullin baʿda dhālika zanīmin
Nepali १३) घमण्डी र त्यो पनि जारज ।
Verse 14
أَن كَانَ ذَا مَالٍ وَبَنِينَ
Transliteration an kāna dhā mālin wabanīna
Nepali १४) उसको अटेरीपना मात्र यसकारण छ कि त्यो धनवान र छोराहरूवाला छ,
Verse 15
إِذَا تُتْلَىٰ عَلَيْهِ ءَايَـٰتُنَا قَالَ أَسَـٰطِيرُ ٱلْأَوَّلِينَ
Transliteration idhā tut'lā ʿalayhi āyātunā qāla asāṭīru l-awalīna
Nepali १५) जब उसका सामु हाम्रा आयतहरू पढेर सुनाइन्छन्, तब भन्छ कि यी त पहिलाका मानिसहरूका कथा हुन् ।
Verse 16
سَنَسِمُهُۥ عَلَى ٱلْخُرْطُومِ
Transliteration sanasimuhu ʿalā l-khur'ṭūmi
Nepali १६) हामीले पनि (शीघ्र नै) उसको नाकमा दाग लगाउनेछौं ।
Verse 17
إِنَّا بَلَوْنَـٰهُمْ كَمَا بَلَوْنَآ أَصْحَـٰبَ ٱلْجَنَّةِ إِذْ أَقْسَمُوا۟ لَيَصْرِمُنَّهَا مُصْبِحِينَ
Transliteration innā balawnāhum kamā balawnā aṣḥāba l-janati idh aqsamū layaṣrimunnahā muṣ'biḥīna
Nepali १७) निःसंदेह हामीले उनीहरूको यस्तै प्रकारले परीक्षा लिएकाछौं जुन प्रकारले बागवालाहरूको परीक्षा लिएका थियौं, जबकि उनीहरूले कसम खाए कि प्रातःकाल हुनासाथ अवश्य त्यस बगैचाका फल टिप्नेछौं ।
Verse 18
وَلَا يَسْتَثْنُونَ
Transliteration walā yastathnūna
Nepali १८) र ‘‘इन्शाअल्लाह’’(यदि अल्लहले चाह्यो) भनेनन्,
Verse 19
فَطَافَ عَلَيْهَا طَآئِفٌ مِّن رَّبِّكَ وَهُمْ نَآئِمُونَ
Transliteration faṭāfa ʿalayhā ṭāifun min rabbika wahum nāimūna
Nepali १९) तसर्थ उनीहरूमाथि उनीहरू सुतिराखेकै बेलामा तिम्रो पालनकर्ताको तर्फबाट एउटा विपदाले चक्कर लगाइहाल्यो ।
Verse 20
فَأَصْبَحَتْ كَٱلصَّرِيمِ
Transliteration fa-aṣbaḥat kal-ṣarīmi
Nepali २०) तब त्यो बगैचा यस्तो भइहाल्यो जस्तो कि काटिएको खेती,
Verse 21
فَتَنَادَوْا۟ مُصْبِحِينَ
Transliteration fatanādaw muṣ'biḥīna
Nepali २१) जब बिहान भयो तब उनीहरूले एक अर्कालाई पुकार्न थाले,
Verse 22
أَنِ ٱغْدُوا۟ عَلَىٰ حَرْثِكُمْ إِن كُنتُمْ صَـٰرِمِينَ
Transliteration ani igh'dū ʿalā ḥarthikum in kuntum ṣārimīna
Nepali २२) कि यदि तिमीले फल टिप्नु छ भने आफ्नो खेतीमा बिहानै आइपुग ।
Verse 23
فَٱنطَلَقُوا۟ وَهُمْ يَتَخَـٰفَتُونَ
Transliteration fa-inṭalaqū wahum yatakhāfatūna
Nepali २३) फेरि तिनीहरू विस्तारै–विस्तारै यो कुरा गर्दै हिंडे ।
Verse 24
أَن لَّا يَدْخُلَنَّهَا ٱلْيَوْمَ عَلَيْكُم مِّسْكِينٌ
Transliteration an lā yadkhulannahā l-yawma ʿalaykum mis'kīnun
Nepali २४) कि आज यहाँ तिम्रो पासमा कोही गरिब आउन नपाओस्,
Verse 25
وَغَدَوْا۟ عَلَىٰ حَرْدٍ قَـٰدِرِينَ
Transliteration waghadaw ʿalā ḥardin qādirīna
Nepali २५) र उनीहरू लम्कदै बिहानै पुगे, कि हामी सामथ्र्यवान हुनेछौं ।
Verse 26
فَلَمَّا رَأَوْهَا قَالُوٓا۟ إِنَّا لَضَآلُّونَ
Transliteration falammā ra-awhā qālū innā laḍāllūna
Nepali २६) जब उनीहरूले बागलाई देखे त भन्नथाले कि हामी निश्चयनै बाटो बिर्सिसकेका छौं,
Verse 27
بَلْ نَحْنُ مَحْرُومُونَ
Transliteration bal naḥnu maḥrūmūna
Nepali २७) होइन, होइन बरु हाम्रो भाग्य नै फेरीसक्यो ।
Verse 28
قَالَ أَوْسَطُهُمْ أَلَمْ أَقُل لَّكُمْ لَوْلَا تُسَبِّحُونَ
Transliteration qāla awsaṭuhum alam aqul lakum lawlā tusabbiḥūna
Nepali २८) एउटा जुन उनीहरूमध्ये बुद्धिमान थियो उसले भन्यो, के मैले तिमीसित भनेको थिएन कि तिमीले अल्लाहको पवित्रताको वर्णन किन गर्दैनौ ?
Verse 29
قَالُوا۟ سُبْحَـٰنَ رَبِّنَآ إِنَّا كُنَّا ظَـٰلِمِينَ
Transliteration qālū sub'ḥāna rabbinā innā kunnā ẓālimīna
Nepali २९) तब उनीहरू सबैले भन्नथाले कि हाम्रो पालनकर्ता पवित्र छ, निश्चय नै हामी नै अत्याचारी थियौं,
Verse 30
فَأَقْبَلَ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ يَتَلَـٰوَمُونَ
Transliteration fa-aqbala baʿḍuhum ʿalā baʿḍin yatalāwamūna
Nepali ३०) अनि उनीहरू एक अर्कातिर मुख फर्काइ परस्पर धिक्कार्न थाले,
Verse 31
قَالُوا۟ يَـٰوَيْلَنَآ إِنَّا كُنَّا طَـٰغِينَ
Transliteration qālū yāwaylanā innā kunnā ṭāghīna
Nepali ३१) भन्न थाले, हाय अफशोच हामी नै हदभन्दा अगाडि गइसकेका थियौं ।
Verse 32
عَسَىٰ رَبُّنَآ أَن يُبْدِلَنَا خَيْرًا مِّنْهَآ إِنَّآ إِلَىٰ رَبِّنَا رَٰغِبُونَ
Transliteration ʿasā rabbunā an yub'dilanā khayran min'hā innā ilā rabbinā rāghibūna
Nepali ३२) आशा छ कि हाम्रो पालनकर्ताले यसको सट्टा हामीहरूलाई यसभन्दा राम्रो बदला प्रदान गरोस्, हामी त अब आफ्नो पालनकर्ताबाटै आशन्वित हुन्छौं ।
Verse 33
كَذَٰلِكَ ٱلْعَذَابُ ۖ وَلَعَذَابُ ٱلْـَٔاخِرَةِ أَكْبَرُ ۚ لَوْ كَانُوا۟ يَعْلَمُونَ
Transliteration kadhālika l-ʿadhābu walaʿadhābu l-ākhirati akbaru law kānū yaʿlamūna
Nepali ३३) (हेर) विपदा यस्तै आउँछ र परलोकको विपदा धेरै ठूलो छ, यदि यो कुरा उनीहरूले बुझ्नसक्ने भए ।
Verse 34
إِنَّ لِلْمُتَّقِينَ عِندَ رَبِّهِمْ جَنَّـٰتِ ٱلنَّعِيمِ
Transliteration inna lil'muttaqīna ʿinda rabbihim jannāti l-naʿīmi
Nepali ३४) निश्चय नै संयमीहरूको निम्ति उनीहरूको पालनकर्ताकहाँ उपहारवाला स्वर्गहरू छन् ।
Verse 35
أَفَنَجْعَلُ ٱلْمُسْلِمِينَ كَٱلْمُجْرِمِينَ
Transliteration afanajʿalu l-mus'limīna kal-muj'rimīna
Nepali ३५) के हामी आज्ञाकारीहरूलाई अपराधीहरू जस्तो गरिदिनेछौं ?
Verse 36
مَا لَكُمْ كَيْفَ تَحْكُمُونَ
Transliteration mā lakum kayfa taḥkumūna
Nepali ३६) तिमीलाई के भएको छ, कस्तो निर्णय गर्दैछौ ?
Verse 37
أَمْ لَكُمْ كِتَـٰبٌ فِيهِ تَدْرُسُونَ
Transliteration am lakum kitābun fīhi tadrusūna
Nepali ३७) के तिम्रो पासमा कुनै किताब छ जसबाट तिमी (यो) पढ्छौ ?
Verse 38
إِنَّ لَكُمْ فِيهِ لَمَا تَخَيَّرُونَ
Transliteration inna lakum fīhi lamā takhayyarūna
Nepali ३८) कि तिमीले रुचाउने कुराहरू त्यसमा होउन् ?
Verse 39
أَمْ لَكُمْ أَيْمَـٰنٌ عَلَيْنَا بَـٰلِغَةٌ إِلَىٰ يَوْمِ ٱلْقِيَـٰمَةِ ۙ إِنَّ لَكُمْ لَمَا تَحْكُمُونَ
Transliteration am lakum aymānun ʿalaynā bālighatun ilā yawmi l-qiyāmati inna lakum lamā taḥkumūna
Nepali ३९) वा तिमीहरूले हामीसित कुनै शपथ लिएकाछौ ? जुन कयामतको दिनसम्म बाँकी रहनेछ, कि तिम्रो निम्ति त्यो सबै छ जुन तिमीले आफ्नो तर्फबाट फैसला गर्दछौ ।
Verse 40
سَلْهُمْ أَيُّهُم بِذَٰلِكَ زَعِيمٌ
Transliteration salhum ayyuhum bidhālika zaʿīmun
Nepali ४०) उनीहरूसित सोध कि उनीहरूमध्ये यसको जिम्मावाला को हो ?
Verse 41
أَمْ لَهُمْ شُرَكَآءُ فَلْيَأْتُوا۟ بِشُرَكَآئِهِمْ إِن كَانُوا۟ صَـٰدِقِينَ
Transliteration am lahum shurakāu falyatū bishurakāihim in kānū ṣādiqīna
Nepali ४१) के (यस भनाईमा) उनका अरु पनि साझेदार छन् ? यदि उनी साँचो छन् भने आफ्नो साझेदारहरूलाई ल्याई अगाडि उभ्याउन् ।
Verse 42
يَوْمَ يُكْشَفُ عَن سَاقٍ وَيُدْعَوْنَ إِلَى ٱلسُّجُودِ فَلَا يَسْتَطِيعُونَ
Transliteration yawma yuk'shafu ʿan sāqin wayud'ʿawna ilā l-sujūdi falā yastaṭīʿūna
Nepali ४२) जुन दिन घुँडा खोलिदिइनेछ र उनीहरू सजदाको निम्ति बोलाइने छन्, तब तिनीहरूले सिज्दा गर्नसक्ने छैनन् ।
Verse 43
خَـٰشِعَةً أَبْصَـٰرُهُمْ تَرْهَقُهُمْ ذِلَّةٌ ۖ وَقَدْ كَانُوا۟ يُدْعَوْنَ إِلَى ٱلسُّجُودِ وَهُمْ سَـٰلِمُونَ
Transliteration khāshiʿatan abṣāruhum tarhaquhum dhillatun waqad kānū yud'ʿawna ilā l-sujūdi wahum sālimūna
Nepali ४३) आँखाहरू तल झुकेका हुनेछन्, र उनीमाथि अपमान छाइराखेको हुनेछ । उनीहरूलाई त्यस बेला पनि ढोगको निम्ति बोलाइन्थ्यो जबकि उनीहरू ठीकठाक थिए ।
Verse 44
فَذَرْنِى وَمَن يُكَذِّبُ بِهَـٰذَا ٱلْحَدِيثِ ۖ سَنَسْتَدْرِجُهُم مِّنْ حَيْثُ لَا يَعْلَمُونَ
Transliteration fadharnī waman yukadhibu bihādhā l-ḥadīthi sanastadrijuhum min ḥaythu lā yaʿlamūna
Nepali ४४) अतः तिमीले मलाई र मेरा वाणीलाई झूठा भन्नेहरूलाई छाडिदेऊ । हामीले उनीहरूलाई विस्तारै यस्तो तरीकाले समात्ने छौं कि उनलाई थाहा पनि हुनेछैन ।
Verse 45
وَأُمْلِى لَهُمْ ۚ إِنَّ كَيْدِى مَتِينٌ
Transliteration wa-um'lī lahum inna kaydī matīnun
Nepali ४५) मैले उनलाई मोहलत दिइराख्नेछु, निःसंदेह मेरो योजना धेरै बलियो छ ।
Verse 46
أَمْ تَسْـَٔلُهُمْ أَجْرًا فَهُم مِّن مَّغْرَمٍ مُّثْقَلُونَ
Transliteration am tasaluhum ajran fahum min maghramin muth'qalūna
Nepali ४६) के तिमी उनीहरूसित केही बदला माँगिराखेका छौ कि उनीहरू त्यसको बोझबाट थिचिंदै गइराखेका छन् ।
Verse 47
أَمْ عِندَهُمُ ٱلْغَيْبُ فَهُمْ يَكْتُبُونَ
Transliteration am ʿindahumu l-ghaybu fahum yaktubūna
Nepali ४७) वा के उनीहरूको पासमा परोक्षको ज्ञान छ जसलाई उनी लेख्दै गएका छन्,
Verse 48
فَٱصْبِرْ لِحُكْمِ رَبِّكَ وَلَا تَكُن كَصَاحِبِ ٱلْحُوتِ إِذْ نَادَىٰ وَهُوَ مَكْظُومٌ
Transliteration fa-iṣ'bir liḥuk'mi rabbika walā takun kaṣāḥibi l-ḥūti idh nādā wahuwa makẓūmun
Nepali ४८) अतः आफ्नो पालनकर्ताको आदेशलाई तपाईले धैर्यसित प्रतीक्षा गर्नुस् र माछावाला जस्तै नहुनु, कि उनले गहिरो दुःखको अवस्थामा प्रार्थना गरेका थिए ।
Verse 49
لَّوْلَآ أَن تَدَٰرَكَهُۥ نِعْمَةٌ مِّن رَّبِّهِۦ لَنُبِذَ بِٱلْعَرَآءِ وَهُوَ مَذْمُومٌ
Transliteration lawlā an tadārakahu niʿ'matun min rabbihi lanubidha bil-ʿarāi wahuwa madhmūmun
Nepali ४९) यदि उनको साथमा उनको पालनकर्ताको अनुकम्पा नभएको भए उनी खुल्ला मैदानमा फ्याँकिने थिए, र उनको अवस्था नराम्रो हुने थियो ।
Verse 50
فَٱجْتَبَـٰهُ رَبُّهُۥ فَجَعَلَهُۥ مِنَ ٱلصَّـٰلِحِينَ
Transliteration fa-ij'tabāhu rabbuhu fajaʿalahu mina l-ṣāliḥīna
Nepali ५०) अन्ततः उनको पालनकर्ताले फेरि उनलाई रोजिहाल्यो र उनलाई राम्रा मानिसहरूमा शम्मिलित गरिदियो ।
Verse 51
وَإِن يَكَادُ ٱلَّذِينَ كَفَرُوا۟ لَيُزْلِقُونَكَ بِأَبْصَـٰرِهِمْ لَمَّا سَمِعُوا۟ ٱلذِّكْرَ وَيَقُولُونَ إِنَّهُۥ لَمَجْنُونٌ
Transliteration wa-in yakādu alladhīna kafarū layuz'liqūnaka bi-abṣārihim lammā samiʿū l-dhik'ra wayaqūlūna innahu lamajnūnun
Nepali ५१) र नजिक छ कि काफिरहरूले आफ्नो तीव्र दृष्टिबाट तपाईलाई चिप्ल्याई दिनेछन्, जब उनी ‘‘कुरआन’’ सुन्दछन् र भनिदिन्छन् कि यिनी त अवश्य दिवाना छन् ।
Verse 52
وَمَا هُوَ إِلَّا ذِكْرٌ لِّلْعَـٰلَمِينَ
Transliteration wamā huwa illā dhik'run lil'ʿālamīna
Nepali ५२) वास्तवमा यो (कुरआन) त सबै संसारवालाहरूको निम्ति पूरै उपदेश हो ।
Read Surah Al-Qalam in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.