Surah Al-Hajj in Nepali: translation and audio
Surah 22 · الحج · The Pilgrimage · 78 verses
Surah Al-Hajj verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Al-Hajj word by word in English.
Verse 1
يَـٰٓأَيُّهَا ٱلنَّاسُ ٱتَّقُوا۟ رَبَّكُمْ ۚ إِنَّ زَلْزَلَةَ ٱلسَّاعَةِ شَىْءٌ عَظِيمٌ
Transliteration yāayyuhā l-nāsu ittaqū rabbakum inna zalzalata l-sāʿati shayon ʿaẓīmun
Nepali १) हे मानिसहरू ! आफ्नो पालनकर्तासित डर । निश्चय नै कियामतको भूकम्प साह्रै भयङ्कर कुरो हो ।
Verse 2
يَوْمَ تَرَوْنَهَا تَذْهَلُ كُلُّ مُرْضِعَةٍ عَمَّآ أَرْضَعَتْ وَتَضَعُ كُلُّ ذَاتِ حَمْلٍ حَمْلَهَا وَتَرَى ٱلنَّاسَ سُكَـٰرَىٰ وَمَا هُم بِسُكَـٰرَىٰ وَلَـٰكِنَّ عَذَابَ ٱللَّهِ شَدِيدٌ
Transliteration yawma tarawnahā tadhhalu kullu mur'ḍiʿatin ʿammā arḍaʿat wataḍaʿu kullu dhāti ḥamlin ḥamlahā watarā l-nāsa sukārā wamā hum bisukārā walākinna ʿadhāba l-lahi shadīdun
Nepali २) जुन दिन त्यसलाई तिमीले देख्नेछौ, (अवस्था यो हुन्छ कि) प्रत्येक दूध ख्वाउने (आमा) आफ्ना दूध खाने बच्चाहरूलाई बिर्सिदिने छिन् र प्रत्येक गर्भवतीको गर्भपात भइजाने छ । र तिमीले मानिसहरूलाई नशा लगेको अवस्थामा देख्नेछौ, जबकि तिनीहरू नशा लागेको हुने छैनन् । तर अल्लाहको सजाय बडो कठोर कुरो हो ।
Verse 3
وَمِنَ ٱلنَّاسِ مَن يُجَـٰدِلُ فِى ٱللَّهِ بِغَيْرِ عِلْمٍ وَيَتَّبِعُ كُلَّ شَيْطَـٰنٍ مَّرِيدٍ
Transliteration wamina l-nāsi man yujādilu fī l-lahi bighayri ʿil'min wayattabiʿu kulla shayṭānin marīdin
Nepali ३) केही मानिसहरूले अल्लाहको विषयमा ज्ञान नभए पनि कुरो बनाउँछन् र अवज्ञाकारी शैतानको अनुशरण गर्दछन् ।
Verse 4
كُتِبَ عَلَيْهِ أَنَّهُۥ مَن تَوَلَّاهُ فَأَنَّهُۥ يُضِلُّهُۥ وَيَهْدِيهِ إِلَىٰ عَذَابِ ٱلسَّعِيرِ
Transliteration kutiba ʿalayhi annahu man tawallāhu fa-annahu yuḍilluhu wayahdīhi ilā ʿadhābi l-saʿīri
Nepali ४) त्यसको लागि अल्लाको फैसला लेखिसकिएको छ कि जसले ऊसँग (शैतानसँग) मित्रताको सम्बन्ध राख्नेछ त्यसलाई उसले पथभ्रष्ट गरेर नै छाड्नेछ र त्यसलाई उसले दन्किराखेको आगोको यातनातिर लैजानेछ ।
Verse 5
يَـٰٓأَيُّهَا ٱلنَّاسُ إِن كُنتُمْ فِى رَيْبٍ مِّنَ ٱلْبَعْثِ فَإِنَّا خَلَقْنَـٰكُم مِّن تُرَابٍ ثُمَّ مِن نُّطْفَةٍ ثُمَّ مِنْ عَلَقَةٍ ثُمَّ مِن مُّضْغَةٍ مُّخَلَّقَةٍ وَغَيْرِ مُخَلَّقَةٍ لِّنُبَيِّنَ لَكُمْ ۚ وَنُقِرُّ فِى ٱلْأَرْحَامِ مَا نَشَآءُ إِلَىٰٓ أَجَلٍ مُّسَمًّى ثُمَّ نُخْرِجُكُمْ طِفْلًا ثُمَّ لِتَبْلُغُوٓا۟ أَشُدَّكُمْ ۖ وَمِنكُم مَّن يُتَوَفَّىٰ وَمِنكُم مَّن يُرَدُّ إِلَىٰٓ أَرْذَلِ ٱلْعُمُرِ لِكَيْلَا يَعْلَمَ مِنۢ بَعْدِ عِلْمٍ شَيْـًٔا ۚ وَتَرَى ٱلْأَرْضَ هَامِدَةً فَإِذَآ أَنزَلْنَا عَلَيْهَا ٱلْمَآءَ ٱهْتَزَّتْ وَرَبَتْ وَأَنۢبَتَتْ مِن كُلِّ زَوْجٍۭ بَهِيجٍ
Transliteration yāayyuhā l-nāsu in kuntum fī raybin mina l-baʿthi fa-innā khalaqnākum min turābin thumma min nuṭ'fatin thumma min ʿalaqatin thumma min muḍ'ghatin mukhallaqatin waghayri mukhallaqatin linubayyina lakum wanuqirru fī l-arḥāmi mā nashāu ilā ajalin musamman thumma nukh'rijukum ṭif'lan thumma litablughū ashuddakum waminkum man yutawaffā waminkum man yuraddu ilā ardhali l-ʿumuri likaylā yaʿlama min baʿdi ʿil'min shayan watarā l-arḍa hāmidatan fa-idhā anzalnā ʿalayhā l-māa ih'tazzat warabat wa-anbatat min kulli zawjin bahījin
Nepali ५) हे मानिसहरू ! यदि तिमीलाई (मृत्यु पश्चात) पुर्नजीवित हुने विषयमा कुनै सन्देह छ भने सोच, हामीले तिमीलाई माटोबाट सृष्टि गर्यौं, अनि वीर्यबाट, अनि रगतको डल्लोबाट (भ्रुणबाट) अनि मासुको डल्लोबाट जुन आकार दिइएको थियो जसको कुनै रूप थिएन ताकि हामीले तिमीलाई स्पष्ट पारिदिऊँ, र हामीले जसलाई चाहन्छौं एक निर्धारित समयसम्म आमाको पेटमा राखिरहन्छौं । अनि त्यसपछि तिमीलाई एउटा बच्चाको रूपमा दुनियाँमा ल्याउँछौं । अनि तिमीले आफ्नो युवावस्था प्राप्त गर र तिमीमध्ये कोही त पहिले नै मरिहाल्छन् र केही बुढेसको जीर्ण अवस्थातिर लगिन्छन् । जसलेगर्दा धेरै कुराको ज्ञान भएर पनि अज्ञान हुन्छन् । तिमीले देख्छौ कि जमिन सुखिसकेको बन्जर छ । फेरि जब हामीले त्यसमाथि पानीको वर्षा गराउँछौं तब त्यसमा हरियाली हुन्छ र त्यसमा सजीवता आउँछ र यो हरेक प्रकारको रुख बिरुवाबाट शोभायमान हुन्छ ।
Verse 6
ذَٰلِكَ بِأَنَّ ٱللَّهَ هُوَ ٱلْحَقُّ وَأَنَّهُۥ يُحْىِ ٱلْمَوْتَىٰ وَأَنَّهُۥ عَلَىٰ كُلِّ شَىْءٍ قَدِيرٌ
Transliteration dhālika bi-anna l-laha huwa l-ḥaqu wa-annahu yuḥ'yī l-mawtā wa-annahu ʿalā kulli shayin qadīrun
Nepali ६) यो यसकारण हो कि अल्लाह नै सत्य छ र उसैले मृतकहरूलाई जीवित गर्दछ र उसलाई प्रत्येक कुराको लागि सामथ्र्य छ ।
Verse 7
وَأَنَّ ٱلسَّاعَةَ ءَاتِيَةٌ لَّا رَيْبَ فِيهَا وَأَنَّ ٱللَّهَ يَبْعَثُ مَن فِى ٱلْقُبُورِ
Transliteration wa-anna l-sāʿata ātiyatun lā rayba fīhā wa-anna l-laha yabʿathu man fī l-qubūri
Nepali ७) र यो कि कियामत निश्चितरूपले आउनेवाला छ, यसमा कुनै सन्देह छैन र यो कि अवश्य महान अल्लाह सबै मानिसहरूलाई, जुन कि कब्रमा(चिहानमा) छन्, पुनः जीवित पारी उठाउनेछ ।
Verse 8
وَمِنَ ٱلنَّاسِ مَن يُجَـٰدِلُ فِى ٱللَّهِ بِغَيْرِ عِلْمٍ وَلَا هُدًى وَلَا كِتَـٰبٍ مُّنِيرٍ
Transliteration wamina l-nāsi man yujādilu fī l-lahi bighayri ʿil'min walā hudan walā kitābin munīrin
Nepali ८) केही मानिसहरू जो कुनै ज्ञान, मार्गदर्शन र किताब बिना अल्लाहको बारेमा झगडा गर्दछन् ।
Verse 9
ثَانِىَ عِطْفِهِۦ لِيُضِلَّ عَن سَبِيلِ ٱللَّهِ ۖ لَهُۥ فِى ٱلدُّنْيَا خِزْىٌ ۖ وَنُذِيقُهُۥ يَوْمَ ٱلْقِيَـٰمَةِ عَذَابَ ٱلْحَرِيقِ
Transliteration thāniya ʿiṭ'fihi liyuḍilla ʿan sabīli l-lahi lahu fī l-dun'yā khiz'yun wanudhīquhu yawma l-qiyāmati ʿadhāba l-ḥarīqi
Nepali ९) केही यस्ता छन् कि घमण्डले तर्कन्छन् ताकि अल्लाहको बाटोबाट विचलित गरिदेओस्, उसको लागि संसारमा अपमान छ र कियामतको दिन पनि हामीले उसलाई नर्कमा आगोको यातनाको स्वाद चखाउनेछौं ।
Verse 10
ذَٰلِكَ بِمَا قَدَّمَتْ يَدَاكَ وَأَنَّ ٱللَّهَ لَيْسَ بِظَلَّـٰمٍ لِّلْعَبِيدِ
Transliteration dhālika bimā qaddamat yadāka wa-anna l-laha laysa biẓallāmin lil'ʿabīdi
Nepali १०) ‘‘यो त्यस कर्मको कारणले हो जुन कि तिम्रा हातहरूले अगाडि पठाएका थिए र यसकारण कि अल्लाह भक्तहरूमाथि अलिकति पनि अत्याचार गर्नेछैन ।
Verse 11
وَمِنَ ٱلنَّاسِ مَن يَعْبُدُ ٱللَّهَ عَلَىٰ حَرْفٍ ۖ فَإِنْ أَصَابَهُۥ خَيْرٌ ٱطْمَأَنَّ بِهِۦ ۖ وَإِنْ أَصَابَتْهُ فِتْنَةٌ ٱنقَلَبَ عَلَىٰ وَجْهِهِۦ خَسِرَ ٱلدُّنْيَا وَٱلْـَٔاخِرَةَ ۚ ذَٰلِكَ هُوَ ٱلْخُسْرَانُ ٱلْمُبِينُ
Transliteration wamina l-nāsi man yaʿbudu l-laha ʿalā ḥarfin fa-in aṣābahu khayrun iṭ'ma-anna bihi wa-in aṣābathu fit'natun inqalaba ʿalā wajhihi khasira l-dun'yā wal-ākhirata dhālika huwa l-khus'rānu l-mubīnu
Nepali ११) केही मानिसहरू यस्ता पनि छन् जो कि एउटा छेउमा रहेर अल्लाहको उपासना गर्दछन् । यदि उसलाई लाभ पुग्यो भने त्यसबाट सन्तुष्ट हुने गर्दछन् र यदि कुनै विपत्ति आइपर्यो भने उसैबेला विमुख भइहाल्छन् । उनीहरूले संसार पनि गुमाए र आखिरत पनि, यही हो खुल्ला घाटा ।
Verse 12
يَدْعُوا۟ مِن دُونِ ٱللَّهِ مَا لَا يَضُرُّهُۥ وَمَا لَا يَنفَعُهُۥ ۚ ذَٰلِكَ هُوَ ٱلضَّلَـٰلُ ٱلْبَعِيدُ
Transliteration yadʿū min dūni l-lahi mā lā yaḍurruhu wamā lā yanfaʿuhu dhālika huwa l-ḍalālu l-baʿīdu
Nepali १२) (उनीहरूले) अल्लाहलाई छाडी त्यसलाई पुकार्दछन् जसले उनलाई न हानि पुर्याउन सक्छ र न त्यसलाई लाभ पुर्याउन सक्छ, यो नै ठूलो मार्गविचलन हो ।
Verse 13
يَدْعُوا۟ لَمَن ضَرُّهُۥٓ أَقْرَبُ مِن نَّفْعِهِۦ ۚ لَبِئْسَ ٱلْمَوْلَىٰ وَلَبِئْسَ ٱلْعَشِيرُ
Transliteration yadʿū laman ḍarruhu aqrabu min nafʿihi labi'sa l-mawlā walabi'sa l-ʿashīru
Nepali १३) त्यसलाई पुकार्दछन् जसबाट पुग्ने हानि त्यसबाट अपेक्षित लाभको अपेक्षा अधिक निकट छ । यी साह्रै नै नराम्रो संरक्षक हुन् र साह्रै नराम्रो साथी ।
Verse 14
إِنَّ ٱللَّهَ يُدْخِلُ ٱلَّذِينَ ءَامَنُوا۟ وَعَمِلُوا۟ ٱلصَّـٰلِحَـٰتِ جَنَّـٰتٍ تَجْرِى مِن تَحْتِهَا ٱلْأَنْهَـٰرُ ۚ إِنَّ ٱللَّهَ يَفْعَلُ مَا يُرِيدُ
Transliteration inna l-laha yud'khilu alladhīna āmanū waʿamilū l-ṣāliḥāti jannātin tajrī min taḥtihā l-anhāru inna l-laha yafʿalu mā yurīdu
Nepali १४) आस्थावान र असल कर्म गर्ने मानिसहरूलाई अल्लाह यस्ता बगैंचाहरूमा प्रवेश गराउनेछ, जसमुनि नहरहरू बगिराखेका हुनेछन् निःसन्देह अल्लाहले जे चाहन्छ त्यो गर्दछ ।
Verse 15
مَن كَانَ يَظُنُّ أَن لَّن يَنصُرَهُ ٱللَّهُ فِى ٱلدُّنْيَا وَٱلْـَٔاخِرَةِ فَلْيَمْدُدْ بِسَبَبٍ إِلَى ٱلسَّمَآءِ ثُمَّ لْيَقْطَعْ فَلْيَنظُرْ هَلْ يُذْهِبَنَّ كَيْدُهُۥ مَا يَغِيظُ
Transliteration man kāna yaẓunnu an lan yanṣurahu l-lahu fī l-dun'yā wal-ākhirati falyamdud bisababin ilā l-samāi thumma l'yaqṭaʿ falyanẓur hal yudh'hibanna kayduhu mā yaghīẓu
Nepali १५) जसले यो ठान्दछ कि अल्लाहले आफ्नो रसूलको मद्दत यस संसार र आखिरत दुवै ठाउँमा गर्नेछैन, त उसले अग्लो ठाउँमा आफ्नो घाँटीमा डोरी बाँधेर (आफ्नो) घाँटी काटोस्, अनि हेरोस् कि उसको चालले त्यो कुरा अलग भइहाल्छ जुन उसलाई छट्पटाइराखेको छ ।
Verse 16
وَكَذَٰلِكَ أَنزَلْنَـٰهُ ءَايَـٰتٍۭ بَيِّنَـٰتٍ وَأَنَّ ٱللَّهَ يَهْدِى مَن يُرِيدُ
Transliteration wakadhālika anzalnāhu āyātin bayyinātin wa-anna l-laha yahdī man yurīdu
Nepali १६) यसैप्रकार हामीले यस कुरआनलाई स्पष्ट आयतहरूको रूपमा अवतरित गर्यौं र अल्लाहले जसलाई चाहन्छ मार्ग देखाउँछ ।
Verse 17
إِنَّ ٱلَّذِينَ ءَامَنُوا۟ وَٱلَّذِينَ هَادُوا۟ وَٱلصَّـٰبِـِٔينَ وَٱلنَّصَـٰرَىٰ وَٱلْمَجُوسَ وَٱلَّذِينَ أَشْرَكُوٓا۟ إِنَّ ٱللَّهَ يَفْصِلُ بَيْنَهُمْ يَوْمَ ٱلْقِيَـٰمَةِ ۚ إِنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَىْءٍ شَهِيدٌ
Transliteration inna alladhīna āmanū wa-alladhīna hādū wal-ṣābiīna wal-naṣārā wal-majūsa wa-alladhīna ashrakū inna l-laha yafṣilu baynahum yawma l-qiyāmati inna l-laha ʿalā kulli shayin shahīdun
Nepali १७) निःसन्देह जुन ईमानवाला मोमिनहरू र यहूदी र साबी र ईसाई र मजूसी र अल्लाहको साझेदार ठह्र्याउने (मुश्रिकहरू) छन्, यी सबैमा कियामतको दिन अल्लाहले निसाफ गरिदिनेछ । अल्लाह हरेक कुरोको साक्षी छ ।
Verse 18
أَلَمْ تَرَ أَنَّ ٱللَّهَ يَسْجُدُ لَهُۥ مَن فِى ٱلسَّمَـٰوَٰتِ وَمَن فِى ٱلْأَرْضِ وَٱلشَّمْسُ وَٱلْقَمَرُ وَٱلنُّجُومُ وَٱلْجِبَالُ وَٱلشَّجَرُ وَٱلدَّوَآبُّ وَكَثِيرٌ مِّنَ ٱلنَّاسِ ۖ وَكَثِيرٌ حَقَّ عَلَيْهِ ٱلْعَذَابُ ۗ وَمَن يُهِنِ ٱللَّهُ فَمَا لَهُۥ مِن مُّكْرِمٍ ۚ إِنَّ ٱللَّهَ يَفْعَلُ مَا يَشَآءُ ۩
Transliteration alam tara anna l-laha yasjudu lahu man fī l-samāwāti waman fī l-arḍi wal-shamsu wal-qamaru wal-nujūmu wal-jibālu wal-shajaru wal-dawābu wakathīrun mina l-nāsi wakathīrun ḥaqqa ʿalayhi l-ʿadhābu waman yuhini l-lahu famā lahu min muk'rimin inna l-laha yafʿalu mā yashāu
Nepali १८) के तिमीले देखेनौ कि आकाशहरूमा भएका र पृथ्वीमा भएकाहरू सूर्य र चन्द्र र ताराहरू र पहाडहरू र रुखहरू र चौपायाहरू र धेरै जसो मानिसहरू अल्लाहलाई ढोग्दैछन् र धेरै यस्ता छन् जसको सम्बन्धमा यातना प्रमाणित भइसकेको छ, र जुन मानिसलाई अल्लाहले अपमानित गर्दछ, त्यसलाई कसैले प्रतिष्ठा प्रदान गर्नसक्दैन । निःसन्देह अल्लाहले जे चाहन्छ, गर्दछ ।
Verse 19
۞ هَـٰذَانِ خَصْمَانِ ٱخْتَصَمُوا۟ فِى رَبِّهِمْ ۖ فَٱلَّذِينَ كَفَرُوا۟ قُطِّعَتْ لَهُمْ ثِيَابٌ مِّن نَّارٍ يُصَبُّ مِن فَوْقِ رُءُوسِهِمُ ٱلْحَمِيمُ
Transliteration hādhāni khaṣmāni ikh'taṣamū fī rabbihim fa-alladhīna kafarū quṭṭiʿat lahum thiyābun min nārin yuṣabbu min fawqi ruūsihimu l-ḥamīmu
Nepali १९) यी दुई (समूह) आफ्नो पालनकर्ताको बारेमा विवाद गर्दछन्, अतः जुन मानिसहरूले कुफ्र गरे तिनीहरूको निमित्त आगोको वस्त्र काटिसकिएको छ । उनीहरूका टाउकोमाथी उम्लिराखेको पानी खन्याइने छ ।
Verse 20
يُصْهَرُ بِهِۦ مَا فِى بُطُونِهِمْ وَٱلْجُلُودُ
Transliteration yuṣ'haru bihi mā fī buṭūnihim wal-julūdu
Nepali २०) यसबाट जे जति उनका पेटमा भएका कुराहरू र छालाहरू पनि पग्लिहाल्नेछ ।
Verse 21
وَلَهُم مَّقَـٰمِعُ مِنْ حَدِيدٍ
Transliteration walahum maqāmiʿu min ḥadīdin
Nepali २१) र उनीहरूको दण्डको लागि फलामका हथौडाहरू हुनेछन् ।
Verse 22
كُلَّمَآ أَرَادُوٓا۟ أَن يَخْرُجُوا۟ مِنْهَا مِنْ غَمٍّ أُعِيدُوا۟ فِيهَا وَذُوقُوا۟ عَذَابَ ٱلْحَرِيقِ
Transliteration kullamā arādū an yakhrujū min'hā min ghammin uʿīdū fīhā wadhūqū ʿadhāba l-ḥarīqi
Nepali २२) जतिखेर पनि उनीहरू आत्तिएर त्यहाँको कष्टबाट भाग्न चाहन्छन् त उतिखेर फेरि फर्काइनेछन् र भनिनेछ ‘‘आगोमा जल्ने यातनाको स्वाद चाखिराख’’।
Verse 23
إِنَّ ٱللَّهَ يُدْخِلُ ٱلَّذِينَ ءَامَنُوا۟ وَعَمِلُوا۟ ٱلصَّـٰلِحَـٰتِ جَنَّـٰتٍ تَجْرِى مِن تَحْتِهَا ٱلْأَنْهَـٰرُ يُحَلَّوْنَ فِيهَا مِنْ أَسَاوِرَ مِن ذَهَبٍ وَلُؤْلُؤًا ۖ وَلِبَاسُهُمْ فِيهَا حَرِيرٌ
Transliteration inna l-laha yud'khilu alladhīna āmanū waʿamilū l-ṣāliḥāti jannātin tajrī min taḥtihā l-anhāru yuḥallawna fīhā min asāwira min dhahabin walu'lu-an walibāsuhum fīhā ḥarīrun
Nepali २३) (निःसन्देह) अल्लाहले ईमानवालाहरूलाई र असल कर्म गर्नेवालाहरूलाई, यस्ता स्वर्गका बगैंचाहरूमा प्रवेश गराउनेछ जसको रुखमुनि नहरहरू बगिरहेका हुनेछन् । त्यहाँ उनीहरू सुन र मोतीबाट आभूषित गरिनेछन् र त्यहाँ उनीहरूको भेषभूषा असली रेशमी हुनेछ ।
Verse 24
وَهُدُوٓا۟ إِلَى ٱلطَّيِّبِ مِنَ ٱلْقَوْلِ وَهُدُوٓا۟ إِلَىٰ صِرَٰطِ ٱلْحَمِيدِ
Transliteration wahudū ilā l-ṭayibi mina l-qawli wahudū ilā ṣirāṭi l-ḥamīdi
Nepali २४) उनीहरूलाई पवित्र कुराको मार्गदर्शन गरियो र उनीहरूलाई प्रशंसित अल्लाहको मार्ग देखाइसकिएको छ ।
Verse 25
إِنَّ ٱلَّذِينَ كَفَرُوا۟ وَيَصُدُّونَ عَن سَبِيلِ ٱللَّهِ وَٱلْمَسْجِدِ ٱلْحَرَامِ ٱلَّذِى جَعَلْنَـٰهُ لِلنَّاسِ سَوَآءً ٱلْعَـٰكِفُ فِيهِ وَٱلْبَادِ ۚ وَمَن يُرِدْ فِيهِ بِإِلْحَادٍۭ بِظُلْمٍ نُّذِقْهُ مِنْ عَذَابٍ أَلِيمٍ
Transliteration inna alladhīna kafarū wayaṣuddūna ʿan sabīli l-lahi wal-masjidi l-ḥarāmi alladhī jaʿalnāhu lilnnāsi sawāan l-ʿākifu fīhi wal-bādi waman yurid fīhi bi-il'ḥādin biẓul'min nudhiq'hu min ʿadhābin alīmin
Nepali २५) जुन मानिसहरूले अविश्वास गरे र अल्लाहको मार्गबाट रोक्दछन् र त्यस प्रतिष्ठित मस्जिद कअ्बाबाट पनि, जसलाई हामीले मानिसहरूको निम्ति त्यहाँका बासिन्दा होस् वा बाहिरबाट आएका सबैका लागि समान गरिदिएका छौं, जुन व्यक्तिले त्यस (प्रतिष्ठित मस्जिद) मा अत्याचारको साथ विभेद गर्न चाहन्छ भने, त्यसलाई हामीले कष्टपूर्ण यातनाको स्वाद चखाउनेछौं ।
Verse 26
وَإِذْ بَوَّأْنَا لِإِبْرَٰهِيمَ مَكَانَ ٱلْبَيْتِ أَن لَّا تُشْرِكْ بِى شَيْـًٔا وَطَهِّرْ بَيْتِىَ لِلطَّآئِفِينَ وَٱلْقَآئِمِينَ وَٱلرُّكَّعِ ٱلسُّجُودِ
Transliteration wa-idh bawwanā li-ib'rāhīma makāna l-bayti an lā tush'rik bī shayan waṭahhir baytiya lilṭṭāifīna wal-qāimīna wal-rukaʿi l-sujūdi
Nepali २६) स्मरण गर जब हामीले इब्राहीमको निम्ति अल्लाहको घर (कअ्बा) ठेगाना बनायौं, यस आदेशको साथ कि मेरो दाँजोमा कसैलाई साझेदार नठहराउनु मेरो घरलाई तवाफ (परिक्रमा) गर्ने, उपासना गर्ने नमाज पढ्ने (रुकूअ् र सिज्दा गर्नेहरू) हरूको निम्ति पवित्र राख ।
Verse 27
وَأَذِّن فِى ٱلنَّاسِ بِٱلْحَجِّ يَأْتُوكَ رِجَالًا وَعَلَىٰ كُلِّ ضَامِرٍ يَأْتِينَ مِن كُلِّ فَجٍّ عَمِيقٍ
Transliteration wa-adhin fī l-nāsi bil-ḥaji yatūka rijālan waʿalā kulli ḍāmirin yatīna min kulli fajjin ʿamīqin
Nepali २७) र मानिसहरूमा हज्जको निम्ति उद्घोषणा गरिदिनु कि तिनीहरू तिम्रो पासमा टाढा–टाढाबाट, पैदल पनि आउनेछन् र दुबला पातला ऊँटहरूबाट सवार भई अनेक बाटो भएर आउँनेछन् ।
Verse 28
لِّيَشْهَدُوا۟ مَنَـٰفِعَ لَهُمْ وَيَذْكُرُوا۟ ٱسْمَ ٱللَّهِ فِىٓ أَيَّامٍ مَّعْلُومَـٰتٍ عَلَىٰ مَا رَزَقَهُم مِّنۢ بَهِيمَةِ ٱلْأَنْعَـٰمِ ۖ فَكُلُوا۟ مِنْهَا وَأَطْعِمُوا۟ ٱلْبَآئِسَ ٱلْفَقِيرَ
Transliteration liyashhadū manāfiʿa lahum wayadhkurū is'ma l-lahi fī ayyāmin maʿlūmātin ʿalā mā razaqahum min bahīmati l-anʿāmi fakulū min'hā wa-aṭʿimū l-bāisa l-faqīra
Nepali २८) (तिनीहरूले) आफ्नो लाभ प्राप्त गर्न आउन् र ती निश्चित दिनहरूमा ती चौपायाहरूमाथि अल्लाहको नाम लिउँन्, जुन पाल्तू छन् । अनि त्यसबाट स्वयम् पनि खाऊ र गरीब निमुखाहरूलाई पनि खुवाऊ ।
Verse 29
ثُمَّ لْيَقْضُوا۟ تَفَثَهُمْ وَلْيُوفُوا۟ نُذُورَهُمْ وَلْيَطَّوَّفُوا۟ بِٱلْبَيْتِ ٱلْعَتِيقِ
Transliteration thumma l'yaqḍū tafathahum walyūfū nudhūrahum walyaṭṭawwafū bil-bayti l-ʿatīqi
Nepali २९) फेरि उनीहरूलाई आवश्यक छ कि आफ्ना फोहोर–मैला खतम पारुन् (कपाल इत्यादि सफा गरुन्) र आफ्ना कबोल गरेका कुराहरू (मन्नतहरू) पूरा गरुन् र अल्लाहको यस पूरातन घरको तवाफ (परिक्रमा) गरुन् ।
Verse 30
ذَٰلِكَ وَمَن يُعَظِّمْ حُرُمَـٰتِ ٱللَّهِ فَهُوَ خَيْرٌ لَّهُۥ عِندَ رَبِّهِۦ ۗ وَأُحِلَّتْ لَكُمُ ٱلْأَنْعَـٰمُ إِلَّا مَا يُتْلَىٰ عَلَيْكُمْ ۖ فَٱجْتَنِبُوا۟ ٱلرِّجْسَ مِنَ ٱلْأَوْثَـٰنِ وَٱجْتَنِبُوا۟ قَوْلَ ٱلزُّورِ
Transliteration dhālika waman yuʿaẓẓim ḥurumāti l-lahi fahuwa khayrun lahu ʿinda rabbihi wa-uḥillat lakumu l-anʿāmu illā mā yut'lā ʿalaykum fa-ij'tanibū l-rij'sa mina l-awthāni wa-ij'tanibū qawla l-zūri
Nepali ३०) यी कुराहरूको ध्यानराख र जो कोही अल्लाहद्वारा निर्धारित मर्यादाहरूको आदर गर्दछ, यो उसको पालनकर्ताकहाँ उसैको निम्ति राम्रो हुनेछ, र तिम्रो निम्ति चौपाया पशुहरू हलाल गरिएका छन्, ती बाहेक जुन कि तिमीलाई भनिसकिएको छ । तसर्थ तिमीहरूले मूर्तिहरूको अपवित्रताबाट बच्नुपर्छ र झूठो कुराहरूबाट पनि बच्नुपर्छ ।
Verse 31
حُنَفَآءَ لِلَّهِ غَيْرَ مُشْرِكِينَ بِهِۦ ۚ وَمَن يُشْرِكْ بِٱللَّهِ فَكَأَنَّمَا خَرَّ مِنَ ٱلسَّمَآءِ فَتَخْطَفُهُ ٱلطَّيْرُ أَوْ تَهْوِى بِهِ ٱلرِّيحُ فِى مَكَانٍ سَحِيقٍ
Transliteration ḥunafāa lillahi ghayra mush'rikīna bihi waman yush'rik bil-lahi faka-annamā kharra mina l-samāi fatakhṭafuhu l-ṭayru aw tahwī bihi l-rīḥu fī makānin saḥīqin
Nepali ३१) अल्लाहको एकात्मकतालाई स्वीकार गर्दै उसको साथमा साझेदार नठहराउँदै र जुन अल्लाहको साथमा साझेदार ठहराउँन्छ त्यो मानिस यस्तो छ कि जस्तो आकाशबाट खसिसकेको छ, अब त्यसलाई चाहे कुनै पंक्षीले लगिदेओस् अथवा वायुले कुनै दूरस्त स्थानमा फ्याँकिदिनेछ ।
Verse 32
ذَٰلِكَ وَمَن يُعَظِّمْ شَعَـٰٓئِرَ ٱللَّهِ فَإِنَّهَا مِن تَقْوَى ٱلْقُلُوبِ
Transliteration dhālika waman yuʿaẓẓim shaʿāira l-lahi fa-innahā min taqwā l-qulūbi
Nepali ३२) यो सुन्यौ अब यी कुराहरूलाई ध्यान देऊ, जुन व्यक्तिले अल्लाहका निशानीहरूको आदर र सम्मान गर्दछ, निःसन्देह ती कुराहरू उसको हृदयको धर्मपरायणतासित सम्बन्ध राख्दछन् ।
Verse 33
لَكُمْ فِيهَا مَنَـٰفِعُ إِلَىٰٓ أَجَلٍ مُّسَمًّى ثُمَّ مَحِلُّهَآ إِلَى ٱلْبَيْتِ ٱلْعَتِيقِ
Transliteration lakum fīhā manāfiʿu ilā ajalin musamman thumma maḥilluhā ilā l-bayti l-ʿatīqi
Nepali ३३) यसमा एक निश्चित समयसम्मको लागि तिम्रो निम्ति फाइदाहरू छन् । अनि उनीहरूलाई हलाल गर्ने ठाउँ (कुर्बानीको लागि) कअ्बा नै हो ।
Verse 34
وَلِكُلِّ أُمَّةٍ جَعَلْنَا مَنسَكًا لِّيَذْكُرُوا۟ ٱسْمَ ٱللَّهِ عَلَىٰ مَا رَزَقَهُم مِّنۢ بَهِيمَةِ ٱلْأَنْعَـٰمِ ۗ فَإِلَـٰهُكُمْ إِلَـٰهٌ وَٰحِدٌ فَلَهُۥٓ أَسْلِمُوا۟ ۗ وَبَشِّرِ ٱلْمُخْبِتِينَ
Transliteration walikulli ummatin jaʿalnā mansakan liyadhkurū is'ma l-lahi ʿalā mā razaqahum min bahīmati l-anʿāmi fa-ilāhukum ilāhun wāḥidun falahu aslimū wabashiri l-mukh'bitīna
Nepali ३४) र हामीले प्रत्येक समुदायको लागि कुर्बानीको तरिका निर्धारित गरेका छौं ताकि अल्लाहले जुन पशुहरू उनीहरूलाई दिएको छ त्यसमाथि (हलाल गर्ने बेला) अल्लाहको नाम लेउन् । अतः बुझिराख तिम्रो पूज्य एउटै छ । तसर्थ उसैको आज्ञाकारी बन र विनम्रता अपनाउनेहरूलाई शुभसूचना सुनाइदिनु ।
Verse 35
ٱلَّذِينَ إِذَا ذُكِرَ ٱللَّهُ وَجِلَتْ قُلُوبُهُمْ وَٱلصَّـٰبِرِينَ عَلَىٰ مَآ أَصَابَهُمْ وَٱلْمُقِيمِى ٱلصَّلَوٰةِ وَمِمَّا رَزَقْنَـٰهُمْ يُنفِقُونَ
Transliteration alladhīna idhā dhukira l-lahu wajilat qulūbuhum wal-ṣābirīna ʿalā mā aṣābahum wal-muqīmī l-ṣalati wamimmā razaqnāhum yunfiqūna
Nepali ३५) यी त्यस्ता मानिसहरू हुन् कि जब अल्लाहको स्मरण गरिन्छ तब तिनका मुटुहरू काम्छन् र जुन दुःख उनीहरूमाथि आउँछ त्यसमा धैर्यले काम गर्छन् र नमाजलाई कायम राख्दछन्, र जे जति हामीले दिएका छौं त्यसबाट पनि खर्च गर्दछन् ।
Verse 36
وَٱلْبُدْنَ جَعَلْنَـٰهَا لَكُم مِّن شَعَـٰٓئِرِ ٱللَّهِ لَكُمْ فِيهَا خَيْرٌ ۖ فَٱذْكُرُوا۟ ٱسْمَ ٱللَّهِ عَلَيْهَا صَوَآفَّ ۖ فَإِذَا وَجَبَتْ جُنُوبُهَا فَكُلُوا۟ مِنْهَا وَأَطْعِمُوا۟ ٱلْقَانِعَ وَٱلْمُعْتَرَّ ۚ كَذَٰلِكَ سَخَّرْنَـٰهَا لَكُمْ لَعَلَّكُمْ تَشْكُرُونَ
Transliteration wal-bud'na jaʿalnāhā lakum min shaʿāiri l-lahi lakum fīhā khayrun fa-udh'kurū is'ma l-lahi ʿalayhā ṣawāffa fa-idhā wajabat junūbuhā fakulū min'hā wa-aṭʿimū l-qāniʿa wal-muʿ'tara kadhālika sakharnāhā lakum laʿallakum tashkurūna
Nepali ३६) र कुर्बानीका उँटहरूलाई पनि हामीले तिम्रो निम्ति अल्लाहका निशानीमध्ये बनाएका छौं । तिनीहरूमा तिम्रो निम्ति फाइदाहरू छन् तसर्थ (कुर्बानी गर्ने बेलामा) पंक्तिमा बाँधेर उनीहरूमाथि अल्लाहको नाम पुकार । जब एकापट्टि ढलिहाल्छन् त त्यसबाट (आफू पनि) खाऊ र सन्तोष गरी बसिराख्ने गरिब र सवालीहरूलाई खुवाऊ यस्तै (ती पशुहरूलाई) हामीले तिम्रो अधीनस्थ गरिदिएका छौं ताकि तिमीले कृतज्ञता प्रकट गर ।
Verse 37
لَن يَنَالَ ٱللَّهَ لُحُومُهَا وَلَا دِمَآؤُهَا وَلَـٰكِن يَنَالُهُ ٱلتَّقْوَىٰ مِنكُمْ ۚ كَذَٰلِكَ سَخَّرَهَا لَكُمْ لِتُكَبِّرُوا۟ ٱللَّهَ عَلَىٰ مَا هَدَىٰكُمْ ۗ وَبَشِّرِ ٱلْمُحْسِنِينَ
Transliteration lan yanāla l-laha luḥūmuhā walā dimāuhā walākin yanāluhu l-taqwā minkum kadhālika sakharahā lakum litukabbirū l-laha ʿalā mā hadākum wabashiri l-muḥ'sinīna
Nepali ३७) कुर्बानीको मासु अल्लाहछेउ पुग्दैन नत उनीहरूको रगत अपितु उसलाई त तिम्रो हृदयको धर्मपरायणता पुग्दछ । यसप्रकार उसले उनीहरूलाई तिम्रो अधीनमा गरेको छ, ताकि तिमीले उसको मार्गदर्शनको लागि अल्लाहको प्रशंसा गर । र असल कर्म गर्नेहरूलाई शुभसूचना सुनाइदिनु ।
Verse 38
۞ إِنَّ ٱللَّهَ يُدَٰفِعُ عَنِ ٱلَّذِينَ ءَامَنُوٓا۟ ۗ إِنَّ ٱللَّهَ لَا يُحِبُّ كُلَّ خَوَّانٍ كَفُورٍ
Transliteration inna l-laha yudāfiʿu ʿani alladhīna āmanū inna l-laha lā yuḥibbu kulla khawwānin kafūrin
Nepali ३८) (हे पैगम्बर !) सुनिराख सच्चा मोमिनहरूबाट शत्रुलाई स्वयम् अल्लाहले हटाइराख्दछ । अल्लाहले कदापि कुनै विश्वासघाती, कृतध्नलाई मनपराउँदैन ।
Verse 39
أُذِنَ لِلَّذِينَ يُقَـٰتَلُونَ بِأَنَّهُمْ ظُلِمُوا۟ ۚ وَإِنَّ ٱللَّهَ عَلَىٰ نَصْرِهِمْ لَقَدِيرٌ
Transliteration udhina lilladhīna yuqātalūna bi-annahum ẓulimū wa-inna l-laha ʿalā naṣrihim laqadīrun
Nepali ३९) जुन (मुसलमानहरू) सित (काफिरहरू) युद्ध गरिराखेका छन्, उनीहरूलाई पनि सामना गर्न अनुमति छ । किनभने उनीहरू अत्याचार (बाट) पीडीत भइराखेका छन् र निश्चय नै अल्लाह उनीहरूको सहायताको निम्ति पूर्णरूपले सामथ्र्यवान छ ।
Verse 40
ٱلَّذِينَ أُخْرِجُوا۟ مِن دِيَـٰرِهِم بِغَيْرِ حَقٍّ إِلَّآ أَن يَقُولُوا۟ رَبُّنَا ٱللَّهُ ۗ وَلَوْلَا دَفْعُ ٱللَّهِ ٱلنَّاسَ بَعْضَهُم بِبَعْضٍ لَّهُدِّمَتْ صَوَٰمِعُ وَبِيَعٌ وَصَلَوَٰتٌ وَمَسَـٰجِدُ يُذْكَرُ فِيهَا ٱسْمُ ٱللَّهِ كَثِيرًا ۗ وَلَيَنصُرَنَّ ٱللَّهُ مَن يَنصُرُهُۥٓ ۗ إِنَّ ٱللَّهَ لَقَوِىٌّ عَزِيزٌ
Transliteration alladhīna ukh'rijū min diyārihim bighayri ḥaqqin illā an yaqūlū rabbunā l-lahu walawlā dafʿu l-lahi l-nāsa baʿḍahum bibaʿḍin lahuddimat ṣawāmiʿu wabiyaʿun waṣalawātun wamasājidu yudh'karu fīhā us'mu l-lahi kathīran walayanṣuranna l-lahu man yanṣuruhu inna l-laha laqawiyyun ʿazīzun
Nepali ४०) यी ती मानिसहरू हुन् जसलाई आफ्ना घरहरूबाट बिनाकारण निकालियो, मात्र यस कुराको लागि कि तिनीहरू भन्छन् कि ‘‘हाम्रो पालनकर्ता अल्लाह हो ।’’ यदि अल्लाहले मानिसहरूलाई एक अर्कोबाट नहटाइराखेको भए उपासना स्थलहरू गिर्जाघर र मस्जिद, यहूदी प्रार्थना भवन र ती मस्जिदहरू पनि ढालिने थिए जसमा अल्लाहको बेस्सरी नाम लिइन्छ । अल्लाहले अवश्य नै उसको सहायता गर्नेछ, जसले उसको सहायता गर्दछ निश्चय नै अल्लाह ठूलो बलशाली सर्वशक्ति सम्पन्न छ ।
Verse 41
ٱلَّذِينَ إِن مَّكَّنَّـٰهُمْ فِى ٱلْأَرْضِ أَقَامُوا۟ ٱلصَّلَوٰةَ وَءَاتَوُا۟ ٱلزَّكَوٰةَ وَأَمَرُوا۟ بِٱلْمَعْرُوفِ وَنَهَوْا۟ عَنِ ٱلْمُنكَرِ ۗ وَلِلَّهِ عَـٰقِبَةُ ٱلْأُمُورِ
Transliteration alladhīna in makkannāhum fī l-arḍi aqāmū l-ṣalata waātawū l-zakata wa-amarū bil-maʿrūfi wanahaw ʿani l-munkari walillahi ʿāqibatu l-umūri
Nepali ४१) यी ती मानिसहरू हुन् कि यदि धरतीमा हामीले उनीहरूलाई सत्ता प्रदान गर्दछौं भने उनीहरू नमाज कायम गर्नेछन् र जकात दिनेछन् र भलाईको आदेश गर्नेछन् र नराम्रो कामबाट रोक्नेछन्, र सबै कुराहरूको अन्तिम परिणाम अल्लाहको हातमा छ ।
Verse 42
وَإِن يُكَذِّبُوكَ فَقَدْ كَذَّبَتْ قَبْلَهُمْ قَوْمُ نُوحٍ وَعَادٌ وَثَمُودُ
Transliteration wa-in yukadhibūka faqad kadhabat qablahum qawmu nūḥin waʿādun wathamūdu
Nepali ४२) र यदि यिनीहरूले तपाईलाई झूठ्ठो भन्दछन् भने (कुनै आश्चर्य छैन) उनीहरूभन्दा पहिला नूहको कौम र आद र समूद (ले पनि त्यस्तै गरे) ।
Verse 43
وَقَوْمُ إِبْرَٰهِيمَ وَقَوْمُ لُوطٍ
Transliteration waqawmu ib'rāhīma waqawmu lūṭin
Nepali ४३) र इब्राहीमको समुदाय र लूतको समुदायले पनि (झूठ ठाने)
Verse 44
وَأَصْحَـٰبُ مَدْيَنَ ۖ وَكُذِّبَ مُوسَىٰ فَأَمْلَيْتُ لِلْكَـٰفِرِينَ ثُمَّ أَخَذْتُهُمْ ۖ فَكَيْفَ كَانَ نَكِيرِ
Transliteration wa-aṣḥābu madyana wakudhiba mūsā fa-amlaytu lil'kāfirīna thumma akhadhtuhum fakayfa kāna nakīri
Nepali ४४) र मद्यनवालाहरूले पनि आ–आफ्ना पैगम्बरहरूलाई झूठ्ठा भनिसकेका छन्, मूसालाई पनि झूठ्ठा भनिसकिएको छ । किन्तु मैले इन्कार गर्नेहरूलाई अलिकति मोहलत दिएँ, अनि तिनीहरूलाई समातिहालें, त (हेरिहाल कि) फेरि मेरो सजाय कस्तो (कठोर) थियो ?
Verse 45
فَكَأَيِّن مِّن قَرْيَةٍ أَهْلَكْنَـٰهَا وَهِىَ ظَالِمَةٌ فَهِىَ خَاوِيَةٌ عَلَىٰ عُرُوشِهَا وَبِئْرٍ مُّعَطَّلَةٍ وَقَصْرٍ مَّشِيدٍ
Transliteration faka-ayyin min qaryatin ahlaknāhā wahiya ẓālimatun fahiya khāwiyatun ʿalā ʿurūshihā wabi'rin muʿaṭṭalatin waqaṣrin mashīdin
Nepali ४५) धेरै बस्तीहरू छन् जसलाई कि हामीले नष्ट गरिहालेका थियौं किनभने तिनीहरू अत्यचारी थिए, ती सबै आफ्नो छतमुनि घोप्टे परेका छन् । र (धेरै) इनारहरू बेकार छन् र (धेरै) पक्की र उच्च महलहरू सुनसान भएका छन् ।
Verse 46
أَفَلَمْ يَسِيرُوا۟ فِى ٱلْأَرْضِ فَتَكُونَ لَهُمْ قُلُوبٌ يَعْقِلُونَ بِهَآ أَوْ ءَاذَانٌ يَسْمَعُونَ بِهَا ۖ فَإِنَّهَا لَا تَعْمَى ٱلْأَبْصَـٰرُ وَلَـٰكِن تَعْمَى ٱلْقُلُوبُ ٱلَّتِى فِى ٱلصُّدُورِ
Transliteration afalam yasīrū fī l-arḍi fatakūna lahum qulūbun yaʿqilūna bihā aw ādhānun yasmaʿūna bihā fa-innahā lā taʿmā l-abṣāru walākin taʿmā l-qulūbu allatī fī l-ṣudūri
Nepali ४६) के तिनीहरूले धरतीमा हिंडडुल गरेनन्, ताकि उनका हृदयले यी कुराहरू बुझ्न सक्थे, अथवा कान (यस्ता) हुन्थे कि जसबाट सुन्नसक्थे । कुरो यो छ कि आँखा मात्र अन्धो हुँदैन बरु ती हृदयहरू पनि, जुन छातीहरूमा छन् अन्धो बन्दछन् ।
Verse 47
وَيَسْتَعْجِلُونَكَ بِٱلْعَذَابِ وَلَن يُخْلِفَ ٱللَّهُ وَعْدَهُۥ ۚ وَإِنَّ يَوْمًا عِندَ رَبِّكَ كَأَلْفِ سَنَةٍ مِّمَّا تَعُدُّونَ
Transliteration wayastaʿjilūnaka bil-ʿadhābi walan yukh'lifa l-lahu waʿdahu wa-inna yawman ʿinda rabbika ka-alfi sanatin mimmā taʿuddūna
Nepali ४७) र तिनीहरूले तपाईसित यातनाको निम्ति हतार गरिराखेका छन् ! अल्लाहले कदापि आफ्नो वचनलाई टार्नेछैन , किन्तु तपाईको पालनकर्ता नजिक एकदिन, तिम्रो गणना अनुसार, एकहजार वर्षको हुनेछ ।
Verse 48
وَكَأَيِّن مِّن قَرْيَةٍ أَمْلَيْتُ لَهَا وَهِىَ ظَالِمَةٌ ثُمَّ أَخَذْتُهَا وَإِلَىَّ ٱلْمَصِيرُ
Transliteration waka-ayyin min qaryatin amlaytu lahā wahiya ẓālimatun thumma akhadhtuhā wa-ilayya l-maṣīru
Nepali ४८) कति यस्ता बस्तीहरू थिए जसलाई मैले मोहलत दिएँ र तिनीहरू उल्लघंनकारी थिए । अनि मैले उनीहरूलाई समातिहालें र मतिर नै फर्किआउनु पर्नेछ ।
Verse 49
قُلْ يَـٰٓأَيُّهَا ٱلنَّاسُ إِنَّمَآ أَنَا۠ لَكُمْ نَذِيرٌ مُّبِينٌ
Transliteration qul yāayyuhā l-nāsu innamā anā lakum nadhīrun mubīnun
Nepali ४९) (हे पैगम्बर !) भनिदिनुस् कि मानिसहरू ! म तिमीहरूलाई खुल्लारूपले चेतावानी दिनेवाला नै हूँ ।
Verse 50
فَٱلَّذِينَ ءَامَنُوا۟ وَعَمِلُوا۟ ٱلصَّـٰلِحَـٰتِ لَهُم مَّغْفِرَةٌ وَرِزْقٌ كَرِيمٌ
Transliteration fa-alladhīna āmanū waʿamilū l-ṣāliḥāti lahum maghfiratun wariz'qun karīmun
Nepali ५०) तसर्थ जसले ईमान ल्याएका छन् र असल काम गरे, उनीहरूको निम्ति क्षमादान छ र सम्मानपूर्ण जीविका छ ।
Verse 51
وَٱلَّذِينَ سَعَوْا۟ فِىٓ ءَايَـٰتِنَا مُعَـٰجِزِينَ أُو۟لَـٰٓئِكَ أَصْحَـٰبُ ٱلْجَحِيمِ
Transliteration wa-alladhīna saʿaw fī āyātinā muʿājizīna ulāika aṣḥābu l-jaḥīmi
Nepali ५१) र जुन मानिसहरूले हाम्रा निशानीहरूलाई तल्लोस्तरमा झार्ने प्रयास गरे, तिनीहरू नर्कवाला हुन् ।
Verse 52
وَمَآ أَرْسَلْنَا مِن قَبْلِكَ مِن رَّسُولٍ وَلَا نَبِىٍّ إِلَّآ إِذَا تَمَنَّىٰٓ أَلْقَى ٱلشَّيْطَـٰنُ فِىٓ أُمْنِيَّتِهِۦ فَيَنسَخُ ٱللَّهُ مَا يُلْقِى ٱلشَّيْطَـٰنُ ثُمَّ يُحْكِمُ ٱللَّهُ ءَايَـٰتِهِۦ ۗ وَٱللَّهُ عَلِيمٌ حَكِيمٌ
Transliteration wamā arsalnā min qablika min rasūlin walā nabiyyin illā idhā tamannā alqā l-shayṭānu fī um'niyyatihi fayansakhu l-lahu mā yul'qī l-shayṭānu thumma yuḥ'kimu l-lahu āyātihi wal-lahu ʿalīmun ḥakīmun
Nepali ५२) तपाईभन्दा अगाडि जुन रसूल र नबीलाई हामीले पठायौं, त उनीहरूसित यस्तो भयो कि जतिखेर पनि उनले कुनै इच्छा गरे शैतानले उनको कामनामा केही मिसाइदियो । यसप्रकार जेजति पनि शैतानले मिसाउँछ अल्लाहले त्यसलाई हटाइदिन्छ । अनि अल्लाहले आफ्ना आयतहरूलाई सुदृढ गरिदिन्छ । अल्लाह सर्वज्ञ, बडो तत्वदर्शी छ ।
Verse 53
لِّيَجْعَلَ مَا يُلْقِى ٱلشَّيْطَـٰنُ فِتْنَةً لِّلَّذِينَ فِى قُلُوبِهِم مَّرَضٌ وَٱلْقَاسِيَةِ قُلُوبُهُمْ ۗ وَإِنَّ ٱلظَّـٰلِمِينَ لَفِى شِقَاقٍۭ بَعِيدٍ
Transliteration liyajʿala mā yul'qī l-shayṭānu fit'natan lilladhīna fī qulūbihim maraḍun wal-qāsiyati qulūbuhum wa-inna l-ẓālimīna lafī shiqāqin baʿīdin
Nepali ५३) यो यसकारण हो कि जुन (बाधा) शैतानले पुर्याउँछ, त्यसलाई उनीहरूको निम्ति, जसका हृदयहरूमा रोगहरू छन् र जसका हृदय कठोर छन्, अल्लाहले परीक्षाको माध्यम बनाउँछ । निःसन्देह अत्याचारीहरू नितान्त विरोधमा व्यस्त छन् ।
Verse 54
وَلِيَعْلَمَ ٱلَّذِينَ أُوتُوا۟ ٱلْعِلْمَ أَنَّهُ ٱلْحَقُّ مِن رَّبِّكَ فَيُؤْمِنُوا۟ بِهِۦ فَتُخْبِتَ لَهُۥ قُلُوبُهُمْ ۗ وَإِنَّ ٱللَّهَ لَهَادِ ٱلَّذِينَ ءَامَنُوٓا۟ إِلَىٰ صِرَٰطٍ مُّسْتَقِيمٍ
Transliteration waliyaʿlama alladhīna ūtū l-ʿil'ma annahu l-ḥaqu min rabbika fayu'minū bihi fatukh'bita lahu qulūbuhum wa-inna l-laha lahādi alladhīna āmanū ilā ṣirāṭin mus'taqīmin
Nepali ५४) र यसकारण पनि कि जसलाई ज्ञान प्रदान गरिएको छ, तिनीहरू विश्वास गरुन् कि यो तपाईको पालनकर्ताको तर्फबाटै नै सत्य छ, । अतः उनीहरू यसमाथि ईमान ल्याउन् र उनीहरूका हृदय अल्लाहको अगाडि नतमस्तक होउन् र जुन मानिसहरूले ईमान ल्याएका छन्, अल्लाहले उनीहरूलाई सोझो बाटोतिर मार्गनिर्देशित गर्दछ ।
Verse 55
وَلَا يَزَالُ ٱلَّذِينَ كَفَرُوا۟ فِى مِرْيَةٍ مِّنْهُ حَتَّىٰ تَأْتِيَهُمُ ٱلسَّاعَةُ بَغْتَةً أَوْ يَأْتِيَهُمْ عَذَابُ يَوْمٍ عَقِيمٍ
Transliteration walā yazālu alladhīna kafarū fī mir'yatin min'hu ḥattā tatiyahumu l-sāʿatu baghtatan aw yatiyahum ʿadhābu yawmin ʿaqīmin
Nepali ५५) काफिरहरू सदैंव यस अल्लाहको सन्देशतर्फबाट सन्देहमा परिरहनेछन्, यहाँसम्म कि कियामतको समय एक्कासी उनीमाथि आइपर्छ अथवा एउटा अशुभ दिनको यातना उनीमाथि आइपर्छ ।
Verse 56
ٱلْمُلْكُ يَوْمَئِذٍ لِّلَّهِ يَحْكُمُ بَيْنَهُمْ ۚ فَٱلَّذِينَ ءَامَنُوا۟ وَعَمِلُوا۟ ٱلصَّـٰلِحَـٰتِ فِى جَنَّـٰتِ ٱلنَّعِيمِ
Transliteration al-mul'ku yawma-idhin lillahi yaḥkumu baynahum fa-alladhīna āmanū waʿamilū l-ṣāliḥāti fī jannāti l-naʿīmi
Nepali ५६) त्यस दिन अल्लाहकै शासन हुनेछ । उसैले तिनीहरूबीच इन्साफ गर्नेछ । त जुन मानिसहरूले ईमान ल्याए र असल कर्म गरे, उनीहरू पुरस्कारले भरिएको बहिश्तहरू (स्वर्गमा) मा हुनेछन् ।
Verse 57
وَٱلَّذِينَ كَفَرُوا۟ وَكَذَّبُوا۟ بِـَٔايَـٰتِنَا فَأُو۟لَـٰٓئِكَ لَهُمْ عَذَابٌ مُّهِينٌ
Transliteration wa-alladhīna kafarū wakadhabū biāyātinā fa-ulāika lahum ʿadhābun muhīnun
Nepali ५७) र जुन मानिसहरूले ईमान ल्याउन इन्कार गरे र हाम्रा आयतहरूलाई झूठा भने तिनीहरूको निम्ति अपमानजनक यातना हुनेछ ।
Verse 58
وَٱلَّذِينَ هَاجَرُوا۟ فِى سَبِيلِ ٱللَّهِ ثُمَّ قُتِلُوٓا۟ أَوْ مَاتُوا۟ لَيَرْزُقَنَّهُمُ ٱللَّهُ رِزْقًا حَسَنًا ۚ وَإِنَّ ٱللَّهَ لَهُوَ خَيْرُ ٱلرَّٰزِقِينَ
Transliteration wa-alladhīna hājarū fī sabīli l-lahi thumma qutilū aw mātū layarzuqannahumu l-lahu riz'qan ḥasanan wa-inna l-laha lahuwa khayru l-rāziqīna
Nepali ५८) र जुन मानिसहरूले अल्लाहको मार्गमा हिजरत गरे अर्थात् घरबार छोडे, अनि मारिए वा मरिहाले, त अल्लाहले अवश्य नै उनीहरूलाई राम्रो आजीविका प्रदान गर्नेछ । र निःसन्देह अल्लाह नै उत्तम आजीविका प्रदान गर्नेवाला छ ।
Verse 59
لَيُدْخِلَنَّهُم مُّدْخَلًا يَرْضَوْنَهُۥ ۗ وَإِنَّ ٱللَّهَ لَعَلِيمٌ حَلِيمٌ
Transliteration layud'khilannahum mud'khalan yarḍawnahu wa-inna l-laha laʿalīmun ḥalīmun
Nepali ५९) उसले उनीहरूलाई यस्तो ठाउँमा पुर्याउनेछ जसबाट उनीहरू प्रसन्न भइहाल्नेछन् । निश्चय नै अल्लाह सर्वज्ञ, अत्यन्त सहनशील छ ।
Verse 60
۞ ذَٰلِكَ وَمَنْ عَاقَبَ بِمِثْلِ مَا عُوقِبَ بِهِۦ ثُمَّ بُغِىَ عَلَيْهِ لَيَنصُرَنَّهُ ٱللَّهُ ۗ إِنَّ ٱللَّهَ لَعَفُوٌّ غَفُورٌ
Transliteration dhālika waman ʿāqaba bimith'li mā ʿūqiba bihi thumma bughiya ʿalayhi layanṣurannahu l-lahu inna l-laha laʿafuwwun ghafūrun
Nepali ६०) कुरो यही हो, जसले प्रतिशोध लियो, त्यस्तै जस्तो कि उसको साथमा गरिएको थियो र पुनः त्यसमाथि ज्यादती गरियो भने अल्लाहले अवश्य नै उसको सहायता गर्नेछ , निश्चय नै अल्लाह माफ गरिदिनेवाला अत्यन्त क्षमाशील छ ।
Verse 61
ذَٰلِكَ بِأَنَّ ٱللَّهَ يُولِجُ ٱلَّيْلَ فِى ٱلنَّهَارِ وَيُولِجُ ٱلنَّهَارَ فِى ٱلَّيْلِ وَأَنَّ ٱللَّهَ سَمِيعٌۢ بَصِيرٌ
Transliteration dhālika bi-anna l-laha yūliju al-layla fī l-nahāri wayūliju l-nahāra fī al-layli wa-anna l-laha samīʿun baṣīrun
Nepali ६१) यो यसकारणले कि अल्लाह रातलाई दिनमा प्रवेश गराउँदछ र दिनलाई रातमा प्रवेश गराउँदछ । र निःसन्देह अल्लाह सुन्दछ, देख्दछ ।
Verse 62
ذَٰلِكَ بِأَنَّ ٱللَّهَ هُوَ ٱلْحَقُّ وَأَنَّ مَا يَدْعُونَ مِن دُونِهِۦ هُوَ ٱلْبَـٰطِلُ وَأَنَّ ٱللَّهَ هُوَ ٱلْعَلِىُّ ٱلْكَبِيرُ
Transliteration dhālika bi-anna l-laha huwa l-ḥaqu wa-anna mā yadʿūna min dūnihi huwa l-bāṭilu wa-anna l-laha huwa l-ʿaliyu l-kabīru
Nepali ६२) यी सबै यसकारणले कि अल्लाह नै सत्य छ र उस बाहेक जसलाई पनि यिनीहरूले पुकार्दछन् त्यो असत्य छ, र यो कि अल्लाह नै सर्वोच्च र महान छ ।
Verse 63
أَلَمْ تَرَ أَنَّ ٱللَّهَ أَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءً فَتُصْبِحُ ٱلْأَرْضُ مُخْضَرَّةً ۗ إِنَّ ٱللَّهَ لَطِيفٌ خَبِيرٌ
Transliteration alam tara anna l-laha anzala mina l-samāi māan fatuṣ'biḥu l-arḍu mukh'ḍarratan inna l-laha laṭīfun khabīrun
Nepali ६३) के तिमीले देखेनौ कि अल्लाह आकाशबाट पानी वर्षाउँछ तब धरती हराभरा भइहाल्छ निःसन्देह अल्लाह दयालु र सबै कुराको ज्ञाता छ ।
Verse 64
لَّهُۥ مَا فِى ٱلسَّمَـٰوَٰتِ وَمَا فِى ٱلْأَرْضِ ۗ وَإِنَّ ٱللَّهَ لَهُوَ ٱلْغَنِىُّ ٱلْحَمِيدُ
Transliteration lahu mā fī l-samāwāti wamā fī l-arḍi wa-inna l-laha lahuwa l-ghaniyu l-ḥamīdu
Nepali ६४) उसैको हो जे आकाशहरूमा र जेजति धरतीमा छन् । निःसन्देह अल्लाह नै निष्पृह र प्रशंसनीय छ ।
Verse 65
أَلَمْ تَرَ أَنَّ ٱللَّهَ سَخَّرَ لَكُم مَّا فِى ٱلْأَرْضِ وَٱلْفُلْكَ تَجْرِى فِى ٱلْبَحْرِ بِأَمْرِهِۦ وَيُمْسِكُ ٱلسَّمَآءَ أَن تَقَعَ عَلَى ٱلْأَرْضِ إِلَّا بِإِذْنِهِۦٓ ۗ إِنَّ ٱللَّهَ بِٱلنَّاسِ لَرَءُوفٌ رَّحِيمٌ
Transliteration alam tara anna l-laha sakhara lakum mā fī l-arḍi wal-ful'ka tajrī fī l-baḥri bi-amrihi wayum'siku l-samāa an taqaʿa ʿalā l-arḍi illā bi-idh'nihi inna l-laha bil-nāsi laraūfun raḥīmun
Nepali ६५) के तपाईले देख्नुभएन कि धरतीमा जेजति छ त्यसलाई अल्लाहले नै तिम्रो निम्ति बशीभूत गरिहालेको छ र डुङ्गा पनि उसको आदेशबाट समुद्रमा चल्छन् र उसैले आकाशलाई उसको आदेश बिना धरतीमा खस्नुबाट रोकेको छ । निःसन्देह अल्लाह मानिसहरूको लागि बडो करुणाशील र दयावान छ ।
Verse 66
وَهُوَ ٱلَّذِىٓ أَحْيَاكُمْ ثُمَّ يُمِيتُكُمْ ثُمَّ يُحْيِيكُمْ ۗ إِنَّ ٱلْإِنسَـٰنَ لَكَفُورٌ
Transliteration wahuwa alladhī aḥyākum thumma yumītukum thumma yuḥ'yīkum inna l-insāna lakafūrun
Nepali ६६) उसैले तिमीलाई जीवन प्रदान गर्यो । अनि उसैले तिमीलाई मृत्यु दिन्छ र फेरि उसैले तिमीलाई जीवित पार्नेछ । निःसन्देह मानव अकृतज्ञ छ ।
Verse 67
لِّكُلِّ أُمَّةٍ جَعَلْنَا مَنسَكًا هُمْ نَاسِكُوهُ ۖ فَلَا يُنَـٰزِعُنَّكَ فِى ٱلْأَمْرِ ۚ وَٱدْعُ إِلَىٰ رَبِّكَ ۖ إِنَّكَ لَعَلَىٰ هُدًى مُّسْتَقِيمٍ
Transliteration likulli ummatin jaʿalnā mansakan hum nāsikūhu falā yunāziʿunnaka fī l-amri wa-ud'ʿu ilā rabbika innaka laʿalā hudan mus'taqīmin
Nepali ६७) प्रत्येक समुदायको निम्ति हामीले उपासनाको एउटा रीति (पद्धति) निर्धारित गरिसकेका छौं जसको पालना उनीहरूले गर्दछन् । तसर्थ यिनीहरूले तपाईसित यस कुरामा झगडा नगरुन् र तपाईले (मानिसहरूलाई) आफ्नो पालनकर्तातिर बोलाउँदै गर्नु , निःसन्देह तिमी सोझो मार्गमा छौ ।
Verse 68
وَإِن جَـٰدَلُوكَ فَقُلِ ٱللَّهُ أَعْلَمُ بِمَا تَعْمَلُونَ
Transliteration wa-in jādalūka faquli l-lahu aʿlamu bimā taʿmalūna
Nepali ६८) फेरि पनि यदि यिनीहरूले तपाईसित झगडा गर्दछन् भने, तपाई भनिदिनुस् कि तिमीहरूको कर्म अल्लाह राम्ररी जान्दछ ।
Verse 69
ٱللَّهُ يَحْكُمُ بَيْنَكُمْ يَوْمَ ٱلْقِيَـٰمَةِ فِيمَا كُنتُمْ فِيهِ تَخْتَلِفُونَ
Transliteration al-lahu yaḥkumu baynakum yawma l-qiyāmati fīmā kuntum fīhi takhtalifūna
Nepali ६९) निःसन्देह तिमीहरूको विवादहरूको निर्णय अल्लाहले कियामतको दिन गरिदिनेछ ।
Verse 70
أَلَمْ تَعْلَمْ أَنَّ ٱللَّهَ يَعْلَمُ مَا فِى ٱلسَّمَآءِ وَٱلْأَرْضِ ۗ إِنَّ ذَٰلِكَ فِى كِتَـٰبٍ ۚ إِنَّ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرٌ
Transliteration alam taʿlam anna l-laha yaʿlamu mā fī l-samāi wal-arḍi inna dhālika fī kitābin inna dhālika ʿalā l-lahi yasīrun
Nepali ७०) के तपाईलाई थाहा भएन कि जे जति आकाश र धरतीमा छ अल्लाह सबै जान्दछ । निश्चय नै त्यो (कर्मपत्र) एउटा किताबमा अंकित छ, निःसन्देह त्यो (निर्णय) अल्लाहको निम्ति अत्यन्त सरल छ ।
Verse 71
وَيَعْبُدُونَ مِن دُونِ ٱللَّهِ مَا لَمْ يُنَزِّلْ بِهِۦ سُلْطَـٰنًا وَمَا لَيْسَ لَهُم بِهِۦ عِلْمٌ ۗ وَمَا لِلظَّـٰلِمِينَ مِن نَّصِيرٍ
Transliteration wayaʿbudūna min dūni l-lahi mā lam yunazzil bihi sul'ṭānan wamā laysa lahum bihi ʿil'mun wamā lilẓẓālimīna min naṣīrin
Nepali ७१) र तिनीहरूले अल्लाह बाहेक उनीहरूको उपासना गर्दछन्, जसको निम्ति नत कुनै अल्लाहद्वारा प्रमाण उतरेको छ नत उनीहरूलाई नै त्यसको विषयमा कुनै ज्ञान छ र यी अत्याचारीहरूको कोही मद्दत गर्नेछैन ।
Verse 72
وَإِذَا تُتْلَىٰ عَلَيْهِمْ ءَايَـٰتُنَا بَيِّنَـٰتٍ تَعْرِفُ فِى وُجُوهِ ٱلَّذِينَ كَفَرُوا۟ ٱلْمُنكَرَ ۖ يَكَادُونَ يَسْطُونَ بِٱلَّذِينَ يَتْلُونَ عَلَيْهِمْ ءَايَـٰتِنَا ۗ قُلْ أَفَأُنَبِّئُكُم بِشَرٍّ مِّن ذَٰلِكُمُ ۗ ٱلنَّارُ وَعَدَهَا ٱللَّهُ ٱلَّذِينَ كَفَرُوا۟ ۖ وَبِئْسَ ٱلْمَصِيرُ
Transliteration wa-idhā tut'lā ʿalayhim āyātunā bayyinātin taʿrifu fī wujūhi alladhīna kafarū l-munkara yakādūna yasṭūna bi-alladhīna yatlūna ʿalayhim āyātinā qul afa-unabbi-ukum bisharrin min dhālikumu l-nāru waʿadahā l-lahu alladhīna kafarū wabi'sa l-maṣīru
Nepali ७२) जब उनीहरू सामु हाम्रा स्पष्ट आयातहरू पढेर सुनाइन्छन् तब तपाईले तिनीहरूको अनुहारहरूमा स्पष्टरूपले अप्रसन्नताका चिन्हहरू देख्नुहुनेछ । यस्तो लाग्छ कि जसले उनीहरूलाई हाम्रो आयातहरू पढेर सुनाउँछन्, उनीहरूमाथि जाइलाग्नेछन् । भनिदिनुस् कि के म तिनीहरूलाई यसभन्दा पनि बढी नराम्रो समाचार देऊँ । त्यो नर्कको आगो हो जसको वचन अल्लाहले काफिरहरूसित गरिसकेको छ, र त्यो अत्यन्त नराम्रो ठाउँ हो ।
Verse 73
يَـٰٓأَيُّهَا ٱلنَّاسُ ضُرِبَ مَثَلٌ فَٱسْتَمِعُوا۟ لَهُۥٓ ۚ إِنَّ ٱلَّذِينَ تَدْعُونَ مِن دُونِ ٱللَّهِ لَن يَخْلُقُوا۟ ذُبَابًا وَلَوِ ٱجْتَمَعُوا۟ لَهُۥ ۖ وَإِن يَسْلُبْهُمُ ٱلذُّبَابُ شَيْـًٔا لَّا يَسْتَنقِذُوهُ مِنْهُ ۚ ضَعُفَ ٱلطَّالِبُ وَٱلْمَطْلُوبُ
Transliteration yāayyuhā l-nāsu ḍuriba mathalun fa-is'tamiʿū lahu inna alladhīna tadʿūna min dūni l-lahi lan yakhluqū dhubāban walawi ij'tamaʿū lahu wa-in yaslub'humu l-dhubābu shayan lā yastanqidhūhu min'hu ḍaʿufa l-ṭālibu wal-maṭlūbu
Nepali ७३) हे मानिसहरू ! एउटा दृष्टान्त वर्णन गरिन्छ, त्यसलाई ध्यानपूर्वक सुन, कि तिमीले अल्लाह बाहेक जस जसलाई पुकार्दछौ, तिनीहरूले एउटा झिंगा पनि बनाउन सक्दैनन् । यद्यपि त्यसको निम्ति सबै एकत्रित भइहालुन् र यदि झिङ्गाले उनीहरूसित कुनै कुरा खोसेर लिएर जान्छ भने त्यसबाट तिनीहरूले त्यसलाई छोडाउन पनि सक्दैनन् । जो याचक छ ऊ पनि असमर्थ छ र जसबाट (तिनीहरूले) याचना गर्दछन् ऊ पनि असहाय छ ।
Verse 74
مَا قَدَرُوا۟ ٱللَّهَ حَقَّ قَدْرِهِۦٓ ۗ إِنَّ ٱللَّهَ لَقَوِىٌّ عَزِيزٌ
Transliteration mā qadarū l-laha ḥaqqa qadrihi inna l-laha laqawiyyun ʿazīzun
Nepali ७४) उनीहरूले अल्लाहको हैसियत अनुसार उसको सम्मान गर्न जानेनन् । अल्लाह निश्चय नै ठूलो बलवान् र अधिपत्यशाली छ ।
Verse 75
ٱللَّهُ يَصْطَفِى مِنَ ٱلْمَلَـٰٓئِكَةِ رُسُلًا وَمِنَ ٱلنَّاسِ ۚ إِنَّ ٱللَّهَ سَمِيعٌۢ بَصِيرٌ
Transliteration al-lahu yaṣṭafī mina l-malāikati rusulan wamina l-nāsi inna l-laha samīʿun baṣīrun
Nepali ७५) अल्लाहले फरिश्ताहरूमध्येबाट र मानिसहरूमध्येबाट सन्देशबाहक रोज्दछ । निश्चय नै अल्लाह सबै कुरा सुन्दछ, देख्दछ ।
Verse 76
يَعْلَمُ مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْ ۗ وَإِلَى ٱللَّهِ تُرْجَعُ ٱلْأُمُورُ
Transliteration yaʿlamu mā bayna aydīhim wamā khalfahum wa-ilā l-lahi tur'jaʿu l-umūru
Nepali ७६) जुन उनको अगाडि छ र जुन उनको पछाडि छ अल्लाह सबै जान्दछ । र सबै कामहरू अल्लाहतिर नै फर्कन्छन् ।
Verse 77
يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوا۟ ٱرْكَعُوا۟ وَٱسْجُدُوا۟ وَٱعْبُدُوا۟ رَبَّكُمْ وَٱفْعَلُوا۟ ٱلْخَيْرَ لَعَلَّكُمْ تُفْلِحُونَ ۩
Transliteration yāayyuhā alladhīna āmanū ir'kaʿū wa-us'judū wa-uʿ'budū rabbakum wa-if'ʿalū l-khayra laʿallakum tuf'liḥūna
Nepali ७७) हे मोमिनहरू नतमस्तक हुने र ढोग्ने गर र आफ्नो पालनकर्ताको उपासनामा लागी रहनेगर र भलो कार्य गर्नेगर ताकि तिमीलाई सफलता प्राप्त होस् ।
Verse 78
وَجَـٰهِدُوا۟ فِى ٱللَّهِ حَقَّ جِهَادِهِۦ ۚ هُوَ ٱجْتَبَىٰكُمْ وَمَا جَعَلَ عَلَيْكُمْ فِى ٱلدِّينِ مِنْ حَرَجٍ ۚ مِّلَّةَ أَبِيكُمْ إِبْرَٰهِيمَ ۚ هُوَ سَمَّىٰكُمُ ٱلْمُسْلِمِينَ مِن قَبْلُ وَفِى هَـٰذَا لِيَكُونَ ٱلرَّسُولُ شَهِيدًا عَلَيْكُمْ وَتَكُونُوا۟ شُهَدَآءَ عَلَى ٱلنَّاسِ ۚ فَأَقِيمُوا۟ ٱلصَّلَوٰةَ وَءَاتُوا۟ ٱلزَّكَوٰةَ وَٱعْتَصِمُوا۟ بِٱللَّهِ هُوَ مَوْلَىٰكُمْ ۖ فَنِعْمَ ٱلْمَوْلَىٰ وَنِعْمَ ٱلنَّصِيرُ
Transliteration wajāhidū fī l-lahi ḥaqqa jihādihi huwa ij'tabākum wamā jaʿala ʿalaykum fī l-dīni min ḥarajin millata abīkum ib'rāhīma huwa sammākumu l-mus'limīna min qablu wafī hādhā liyakūna l-rasūlu shahīdan ʿalaykum watakūnū shuhadāa ʿalā l-nāsi fa-aqīmū l-ṣalata waātū l-zakata wa-iʿ'taṣimū bil-lahi huwa mawlākum faniʿ'ma l-mawlā waniʿ'ma l-naṣīru
Nepali ७८) र अल्लाहको मार्गमा त्यस्तै जिहाद गर, जस्तो कि जिहाद गर्नुपर्दछ । उसैले तिमीलाई रोजेको छ र धर्मको कुरामा तिमीमाथि कुनै कुरा संकुचित पारेको छैन र तिम्रो निम्ति तिम्रो बाबु इब्राहीमको धर्मलाई रुचायो । उसले यसभन्दा अगाडि नै र यस कुरआनमा पनि तिम्रो नाम मुस्लिम (आज्ञाकारी) राखेको छ । यस उद्देश्यले ताकि रसूल तिम्रो निम्ति साक्षी होउन् । र तिमी अरु मानिसहरूको साक्षी होऊ । अतः तिमीले नमाजको आयोजना गर र जकात देऊ, र अल्लाहसँग आफ्नो सम्बन्धलाई बलियो रूपले समातिराख उही नै तिम्रो सबभन्दा राम्रो संरक्षक र मालिक हो । आहा कति राम्रो मालिक र कती उत्तम मद्दत गर्नेवाला छ ।
Read Surah Al-Hajj in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.