Surah Al-Fajr in Nepali: translation and audio
Surah 89 · الفجر · The Dawn · 30 verses
Surah Al-Fajr verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Al-Fajr word by word in English.
Verse 1
وَٱلْفَجْرِ
Transliteration wal-fajri
Nepali १) फज्र (उषाकाल) को कसम ।
Verse 2
وَلَيَالٍ عَشْرٍ
Transliteration walayālin ʿashrin
Nepali २) र दश रातहरूको कसम ।
Verse 3
وَٱلشَّفْعِ وَٱلْوَتْرِ
Transliteration wal-shafʿi wal-watri
Nepali ३) र जोड र बिजोड (सम–विसम) को कसम ।
Verse 4
وَٱلَّيْلِ إِذَا يَسْرِ
Transliteration wa-al-layli idhā yasri
Nepali ४) र रातको कसम, जब यो जान थाल्छ ।
Verse 5
هَلْ فِى ذَٰلِكَ قَسَمٌ لِّذِى حِجْرٍ
Transliteration hal fī dhālika qasamun lidhī ḥij'rin
Nepali ५) के यी कुराहरूको कसम बुद्धिमानीहरूको लागि पर्याप्त छन् ?
Verse 6
أَلَمْ تَرَ كَيْفَ فَعَلَ رَبُّكَ بِعَادٍ
Transliteration alam tara kayfa faʿala rabbuka biʿādin
Nepali ६) के तपाईले देख्नु भएन कि तपाईको पालनकर्ताले आदहरूसँग के गर्यो ?
Verse 7
إِرَمَ ذَاتِ ٱلْعِمَادِ
Transliteration irama dhāti l-ʿimādi
Nepali ७) स्तम्भजस्ता ‘‘इरम’’ लामो कदवालाको साथ ।
Verse 8
ٱلَّتِى لَمْ يُخْلَقْ مِثْلُهَا فِى ٱلْبِلَـٰدِ
Transliteration allatī lam yukh'laq mith'luhā fī l-bilādi
Nepali ८) यी सम्पूर्ण सृष्टिमा यिनीहरूको सदृश कुनै समुदाय पैदा गरिएको थिएन् ।
Verse 9
وَثَمُودَ ٱلَّذِينَ جَابُوا۟ ٱلصَّخْرَ بِٱلْوَادِ
Transliteration wathamūda alladhīna jābū l-ṣakhra bil-wādi
Nepali ९) र समूदहरूसँग (के गर्यो) जो बेसीमा ठूल ठूला ढुङ्गा काट्दथे ।
Verse 10
وَفِرْعَوْنَ ذِى ٱلْأَوْتَادِ
Transliteration wafir'ʿawna dhī l-awtādi
Nepali १०) र फिरऔनसँग जसले मेखहरू राख्दथ्यो ?
Verse 11
ٱلَّذِينَ طَغَوْا۟ فِى ٱلْبِلَـٰدِ
Transliteration alladhīna ṭaghaw fī l-bilādi
Nepali ११) यिनीहरू सबैले देशहरूमा अटेरीपना गरिराखेका थिए ।
Verse 12
فَأَكْثَرُوا۟ فِيهَا ٱلْفَسَادَ
Transliteration fa-aktharū fīhā l-fasāda
Nepali १२) र यहां धेरै उत्पातहरू मचाइराखेका थिए ।
Verse 13
فَصَبَّ عَلَيْهِمْ رَبُّكَ سَوْطَ عَذَابٍ
Transliteration faṣabba ʿalayhim rabbuka sawṭa ʿadhābin
Nepali १३) अन्ततः तिम्रो पालनकर्ताले उनीहरूमाथि यातनाको कोर्रा बर्सायो ।
Verse 14
إِنَّ رَبَّكَ لَبِٱلْمِرْصَادِ
Transliteration inna rabbaka labil-mir'ṣādi
Nepali १४) निःसन्देह तिम्रो पालनकर्ता हेरी घातमाछ ।
Verse 15
فَأَمَّا ٱلْإِنسَـٰنُ إِذَا مَا ٱبْتَلَىٰهُ رَبُّهُۥ فَأَكْرَمَهُۥ وَنَعَّمَهُۥ فَيَقُولُ رَبِّىٓ أَكْرَمَنِ
Transliteration fa-ammā l-insānu idhā mā ib'talāhu rabbuhu fa-akramahu wanaʿʿamahu fayaqūlu rabbī akramani
Nepali १५) तर मानिसको अवस्था यो छ कि जब उसको रबले (पालनकर्ताले) उसको परीक्षा गर्दछ र उसलाई प्रतिष्ठा र अनुग्रह प्रदान गर्दछ तब त्यसले भन्दछ कि मेरो पालनकर्ताले मलाई प्रतिष्ठित गर्यो ।
Verse 16
وَأَمَّآ إِذَا مَا ٱبْتَلَىٰهُ فَقَدَرَ عَلَيْهِ رِزْقَهُۥ فَيَقُولُ رَبِّىٓ أَهَـٰنَنِ
Transliteration wa-ammā idhā mā ib'talāhu faqadara ʿalayhi riz'qahu fayaqūlu rabbī ahānani
Nepali १६) र जब उसले उसको परीक्षा यसप्रकार गर्दछ कि उसको जीविका संकुचित गरिदिन्छ । तब उसले भन्दछ कि मेरो रबले मलाई अपमानित गर्यो ।
Verse 17
كَلَّا ۖ بَل لَّا تُكْرِمُونَ ٱلْيَتِيمَ
Transliteration kallā bal lā tuk'rimūna l-yatīma
Nepali १७) यस्तो कदापि होइन, बरु तिमीहरूले नै अनाथको सम्मान गर्दैनौ ।
Verse 18
وَلَا تَحَـٰٓضُّونَ عَلَىٰ طَعَامِ ٱلْمِسْكِينِ
Transliteration walā taḥāḍḍūna ʿalā ṭaʿāmi l-mis'kīni
Nepali १८) र न गरिबलाई खुवाउनको लागि एक–अर्कालाई प्रोत्साहन गर्दछौ ।
Verse 19
وَتَأْكُلُونَ ٱلتُّرَاثَ أَكْلًا لَّمًّا
Transliteration watakulūna l-turātha aklan lamman
Nepali १९) र मृतकको सारा माल समेटी खाइदिन्छौ ।
Verse 20
وَتُحِبُّونَ ٱلْمَالَ حُبًّا جَمًّا
Transliteration watuḥibbūna l-māla ḥubban jamman
Nepali २०) र धनसित अत्यन्त प्रेम गर्दछौ ।
Verse 21
كَلَّآ إِذَا دُكَّتِ ٱلْأَرْضُ دَكًّا دَكًّا
Transliteration kallā idhā dukkati l-arḍu dakkan dakkan
Nepali २१) तसर्थ धरतीलाई जब फुटालेर चुर्ण चुर्ण गरी एक समान गरिनेछ ।
Verse 22
وَجَآءَ رَبُّكَ وَٱلْمَلَكُ صَفًّا صَفًّا
Transliteration wajāa rabbuka wal-malaku ṣaffan ṣaffan
Nepali २२) र तेरो पालनकर्ता स्वयं आउने छ र फरिश्ताहरू एक–एक गरी पंक्तिबद्ध भई आउनेछन् ।
Verse 23
وَجِا۟ىٓءَ يَوْمَئِذٍۭ بِجَهَنَّمَ ۚ يَوْمَئِذٍ يَتَذَكَّرُ ٱلْإِنسَـٰنُ وَأَنَّىٰ لَهُ ٱلذِّكْرَىٰ
Transliteration wajīa yawma-idhin bijahannama yawma-idhin yatadhakkaru l-insānu wa-annā lahu l-dhik'rā
Nepali २३) र नर्कलाई त्यसदिन उपस्थित गराइनेछ, त्यसदिन मानिसले चेत्नेछ, तर त्यस दिन चेतेबाट केही फाइदा हुनेछैन ।
Verse 24
يَقُولُ يَـٰلَيْتَنِى قَدَّمْتُ لِحَيَاتِى
Transliteration yaqūlu yālaytanī qaddamtu liḥayātī
Nepali २४) उसले भन्नेछ, काश मैले आफ्नो (यस) जिन्दगीको निम्ति केही अगाडि पठाएको भए ।
Verse 25
فَيَوْمَئِذٍ لَّا يُعَذِّبُ عَذَابَهُۥٓ أَحَدٌ
Transliteration fayawma-idhin lā yuʿadhibu ʿadhābahu aḥadun
Nepali २५) अनि त्यसदिन अल्लाहको सजाय जस्तो यातना कसैको हुनेछैन ।
Verse 26
وَلَا يُوثِقُ وَثَاقَهُۥٓ أَحَدٌ
Transliteration walā yūthiqu wathāqahu aḥadun
Nepali २६) र कोही छैन जसले उसको जस्तो जकडिएर बाँध्न सकोस् ।
Verse 27
يَـٰٓأَيَّتُهَا ٱلنَّفْسُ ٱلْمُطْمَئِنَّةُ
Transliteration yāayyatuhā l-nafsu l-muṭ'ma-inatu
Nepali २७) र हे सन्तुष्ट आत्मा ।
Verse 28
ٱرْجِعِىٓ إِلَىٰ رَبِّكِ رَاضِيَةً مَّرْضِيَّةً
Transliteration ir'jiʿī ilā rabbiki rāḍiyatan marḍiyyatan
Nepali २८) आफ्नो पालनकर्तातिर तिमी यस किसिमले फर्क कि तिमी ऊसित प्रसन्न र ऊ तिमीसित प्रसन्न ।
Verse 29
فَٱدْخُلِى فِى عِبَـٰدِى
Transliteration fa-ud'khulī fī ʿibādī
Nepali २९) अतः मेरा खास दासहरूमा शम्मिलित भइहाल ।
Verse 30
وَٱدْخُلِى جَنَّتِى
Transliteration wa-ud'khulī jannatī
Nepali ३०) र प्रवेश गर मेरो स्वर्गमा ।
Read Surah Al-Fajr in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.