MyDugsiStart learning

Surah Adh-Dhariyat in Nepali: translation and audio

Surah 51 · الذاريات · The Winnowing Winds · 60 verses

Surah Adh-Dhariyat verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Adh-Dhariyat word by word in English.

Verse 1

وَٱلذَّٰرِيَـٰتِ ذَرْوًا

Transliteration wal-dhāriyāti dharwan

Nepali १) कसम छ उडाएर छरिदिने (वायु) को ।

Verse 2

فَٱلْحَـٰمِلَـٰتِ وِقْرًا

Transliteration fal-ḥāmilāti wiq'ran

Nepali २) अनि भारी उचाल्नेहरूको ।

Verse 3

فَٱلْجَـٰرِيَـٰتِ يُسْرًا

Transliteration fal-jāriyāti yus'ran

Nepali ३) फेरि विस्तारै चल्नेहरूको ।

Verse 4

فَٱلْمُقَسِّمَـٰتِ أَمْرًا

Transliteration fal-muqasimāti amran

Nepali ४) अनि कामहरूलाई वितरित गर्नेहरूको ।

Verse 5

إِنَّمَا تُوعَدُونَ لَصَادِقٌ

Transliteration innamā tūʿadūna laṣādiqun

Nepali ५) विश्वास गर जसको कि तिमीलाई वचन दिइन्छ, त्यो साँचो छ ।

Verse 6

وَإِنَّ ٱلدِّينَ لَوَٰقِعٌ

Transliteration wa-inna l-dīna lawāqiʿun

Nepali ६) र अवश्य न्याय इन्साफ हुनेछ ।

Verse 7

وَٱلسَّمَآءِ ذَاتِ ٱلْحُبُكِ

Transliteration wal-samāi dhāti l-ḥubuki

Nepali ७) त्यस आकाशको शपथ जसमा विभिन्न मार्गहरू छन् ।

Verse 8

إِنَّكُمْ لَفِى قَوْلٍ مُّخْتَلِفٍ

Transliteration innakum lafī qawlin mukh'talifin

Nepali ८) (हे मक्कावालाहरू !) तिमी निश्चितरूपले एउटा विवादको कुरामा परेका छौ ।

Verse 9

يُؤْفَكُ عَنْهُ مَنْ أُفِكَ

Transliteration yu'faku ʿanhu man ufika

Nepali ९) यसबाट त्यही विमुख हुन्छ, जो अल्लाहको तर्फबाट विमुख हुन्छ ।

Verse 10

قُتِلَ ٱلْخَرَّٰصُونَ

Transliteration qutila l-kharāṣūna

Nepali १०) अट्कलबाजी गर्नेहरू नष्ट गरिए ।

Verse 11

ٱلَّذِينَ هُمْ فِى غَمْرَةٍ سَاهُونَ

Transliteration alladhīna hum fī ghamratin sāhūna

Nepali ११) जो भ्रममा छन् र बिर्सेका छन् ।

Verse 12

يَسْـَٔلُونَ أَيَّانَ يَوْمُ ٱلدِّينِ

Transliteration yasalūna ayyāna yawmu l-dīni

Nepali १२) सोध्छन् कि प्रतिफलको दिन कहिल्ये आउनेछ ?

Verse 13

يَوْمَ هُمْ عَلَى ٱلنَّارِ يُفْتَنُونَ

Transliteration yawma hum ʿalā l-nāri yuf'tanūna

Nepali १३) हो, यो त्यो दिन हो (जब) उनलाई आगोमा तताइनेछ ।

Verse 14

ذُوقُوا۟ فِتْنَتَكُمْ هَـٰذَا ٱلَّذِى كُنتُم بِهِۦ تَسْتَعْجِلُونَ

Transliteration dhūqū fit'natakum hādhā alladhī kuntum bihi tastaʿjilūna

Nepali १४) अब आफ्नो उपद्रवको स्वाद चाख । यो त्यही हो, जसको निम्ति तिमीले हतार गर्ने गर्दथ्यौ ।

Verse 15

إِنَّ ٱلْمُتَّقِينَ فِى جَنَّـٰتٍ وَعُيُونٍ

Transliteration inna l-mutaqīna fī jannātin waʿuyūnin

Nepali १५) निश्चय नै संयमीहरू स्वर्गका बगैंचाहरूमा हुनेछन् ।

Verse 16

ءَاخِذِينَ مَآ ءَاتَىٰهُمْ رَبُّهُمْ ۚ إِنَّهُمْ كَانُوا۟ قَبْلَ ذَٰلِكَ مُحْسِنِينَ

Transliteration ākhidhīna mā ātāhum rabbuhum innahum kānū qabla dhālika muḥ'sinīna

Nepali १६) र जुन जुन कुराहरू उनको पालनकर्ताले दिइराखेको हुन्छ उनीले लिइराखेका हुनेछन् । निश्चय नै उनीहरू त यसभन्दा पहिला नै असल कार्य गर्नेहरू थिए ।

Verse 17

كَانُوا۟ قَلِيلًا مِّنَ ٱلَّيْلِ مَا يَهْجَعُونَ

Transliteration kānū qalīlan mina al-layli mā yahjaʿūna

Nepali १७) उनीहरू रातको थोरै भागमा सुत्ने गर्दथे ।

Verse 18

وَبِٱلْأَسْحَارِ هُمْ يَسْتَغْفِرُونَ

Transliteration wabil-asḥāri hum yastaghfirūna

Nepali १८) र रातको अन्तिम पहर (भोर)मा क्षमा प्रार्थना गर्नेगर्दथे ।

Verse 19

وَفِىٓ أَمْوَٰلِهِمْ حَقٌّ لِّلسَّآئِلِ وَٱلْمَحْرُومِ

Transliteration wafī amwālihim ḥaqqun lilssāili wal-maḥrūmi

Nepali १९) र उनको सम्पत्तिमा माँग्नेवाला र निर्धनहरूको हक थियो ।

Verse 20

وَفِى ٱلْأَرْضِ ءَايَـٰتٌ لِّلْمُوقِنِينَ

Transliteration wafī l-arḍi āyātun lil'mūqinīna

Nepali २०) र ईमान राख्नेवालाहरूको निम्ति धरतीमा धेरै निशानीहरू छन् ।

Verse 21

وَفِىٓ أَنفُسِكُمْ ۚ أَفَلَا تُبْصِرُونَ

Transliteration wafī anfusikum afalā tub'ṣirūna

Nepali २१) र स्वयं तिम्रो व्यक्तित्वमा पनि, त के तिमीले देख्दैनौ ?

Verse 22

وَفِى ٱلسَّمَآءِ رِزْقُكُمْ وَمَا تُوعَدُونَ

Transliteration wafī l-samāi riz'qukum wamā tūʿadūna

Nepali २२) र तिम्रो रोजी र जुन कुराको तिमीलाई वचन दिइएको छ सबै आकाशमा छ ।

Verse 23

فَوَرَبِّ ٱلسَّمَآءِ وَٱلْأَرْضِ إِنَّهُۥ لَحَقٌّ مِّثْلَ مَآ أَنَّكُمْ تَنطِقُونَ

Transliteration fawarabbi l-samāi wal-arḍi innahu laḥaqqun mith'la mā annakum tanṭiqūna

Nepali २३) तसर्थ आकाशहरू र धरतीको स्वामीको कसम त्यो विश्वास योग्य छ त्यसतै जुन प्रकारले तिमी कुरा गर्दछौ ।

Verse 24

هَلْ أَتَىٰكَ حَدِيثُ ضَيْفِ إِبْرَٰهِيمَ ٱلْمُكْرَمِينَ

Transliteration hal atāka ḥadīthu ḍayfi ib'rāhīma l-muk'ramīna

Nepali २४) के इब्राहीमका प्रतिष्ठित अतिथिहरूको वृत्तान्त पनि तिमीछेउ पुगेको छ ।

Verse 25

إِذْ دَخَلُوا۟ عَلَيْهِ فَقَالُوا۟ سَلَـٰمًا ۖ قَالَ سَلَـٰمٌ قَوْمٌ مُّنكَرُونَ

Transliteration idh dakhalū ʿalayhi faqālū salāman qāla salāmun qawmun munkarūna

Nepali २५) जब उनीहरू उनको पासमा आए तब भनेः ‘‘सलाम छ तिमीमाथि’’ उनले पनि भने ‘‘सलाम छ तपाईहरूलाई पनि’’ । (देखेपछि) मनमा भने (यी त) अपरिचित मानिसहरू हुन् ।

Verse 26

فَرَاغَ إِلَىٰٓ أَهْلِهِۦ فَجَآءَ بِعِجْلٍ سَمِينٍ

Transliteration farāgha ilā ahlihi fajāa biʿij'lin samīnin

Nepali २६) तब आफ्नो घर गई एउटा (पोलिएको) मोटो बाछो(को मासु) ल्याए ।

Verse 27

فَقَرَّبَهُۥٓ إِلَيْهِمْ قَالَ أَلَا تَأْكُلُونَ

Transliteration faqarrabahu ilayhim qāla alā takulūna

Nepali २७) र (खानाको निम्ति) उनीहरूको अगाडि राखिदिए । र भन्न थाले कि तपाईहरू किन खानुहुन्न ?

Verse 28

فَأَوْجَسَ مِنْهُمْ خِيفَةً ۖ قَالُوا۟ لَا تَخَفْ ۖ وَبَشَّرُوهُ بِغُلَـٰمٍ عَلِيمٍ

Transliteration fa-awjasa min'hum khīfatan qālū lā takhaf wabasharūhu bighulāmin ʿalīmin

Nepali २८) अनि उनले मनैमनमा उनीहरूसित डर महसूस गरे । उनीहरूले भने कि डर नमान्नुस् र उनलाई (इब्राहीमलाई) एउटा ज्ञानवान केटोको मंगलसूचना दिए ।

Verse 29

فَأَقْبَلَتِ ٱمْرَأَتُهُۥ فِى صَرَّةٍ فَصَكَّتْ وَجْهَهَا وَقَالَتْ عَجُوزٌ عَقِيمٌ

Transliteration fa-aqbalati im'ra-atuhu fī ṣarratin faṣakkat wajhahā waqālat ʿajūzun ʿaqīmun

Nepali २९) अनि उनकी स्वास्नी आश्चार्यचकित भई अगाडि बढिन् र आफ्नो निधारमा पिट्दै भनिन् कि म त एक बूढी र बाँझ हूँ ?

Verse 30

قَالُوا۟ كَذَٰلِكِ قَالَ رَبُّكِ ۖ إِنَّهُۥ هُوَ ٱلْحَكِيمُ ٱلْعَلِيمُ

Transliteration qālū kadhāliki qāla rabbuki innahu huwa l-ḥakīmu l-ʿalīmu

Nepali ३०) उनीहरूले भने हो यस्तै नै तिम्रो पालनकर्ताको आदेश छ । निःसंदेह ऊ बडो तत्वदर्शी र ज्ञानवान छ ।

Verse 31

۞ قَالَ فَمَا خَطْبُكُمْ أَيُّهَا ٱلْمُرْسَلُونَ

Transliteration qāla famā khaṭbukum ayyuhā l-mur'salūna

Nepali ३१) (इब्राहीमले) भनेः कि ‘‘हे अल्लाहका दूत तिम्रो अभिप्राय के हो ?’’

Verse 32

قَالُوٓا۟ إِنَّآ أُرْسِلْنَآ إِلَىٰ قَوْمٍ مُّجْرِمِينَ

Transliteration qālū innā ur'sil'nā ilā qawmin muj'rimīna

Nepali ३२) उनीहरूले भनेः कि ‘‘हामीहरू अपराधी समूहतर्फ पठाइएका हौं ।

Verse 33

لِنُرْسِلَ عَلَيْهِمْ حِجَارَةً مِّن طِينٍ

Transliteration linur'sila ʿalayhim ḥijāratan min ṭīnin

Nepali ३३) ताकि उनीहरूमाथि कंकडी बर्साऔं ।

Verse 34

مُّسَوَّمَةً عِندَ رَبِّكَ لِلْمُسْرِفِينَ

Transliteration musawwamatan ʿinda rabbika lil'mus'rifīna

Nepali ३४) जो तपाईको पालनकर्ताको तर्फबाट निशान लगाइएका छन् ती सीमाको अतिक्रमणकारीको लागि ।’’

Verse 35

فَأَخْرَجْنَا مَن كَانَ فِيهَا مِنَ ٱلْمُؤْمِنِينَ

Transliteration fa-akhrajnā man kāna fīhā mina l-mu'minīna

Nepali ३५) अनि त्यहाँ जति ईमानवालाहरू थिए उनीहरूलाई, हामीले निकालिहाल्यौं ।

Verse 36

فَمَا وَجَدْنَا فِيهَا غَيْرَ بَيْتٍ مِّنَ ٱلْمُسْلِمِينَ

Transliteration famā wajadnā fīhā ghayra baytin mina l-mus'limīna

Nepali ३६) र हामीले त्यहाँ मुसलमानको एउटा घर मात्र भेट्टायौं ।

Verse 37

وَتَرَكْنَا فِيهَآ ءَايَةً لِّلَّذِينَ يَخَافُونَ ٱلْعَذَابَ ٱلْأَلِيمَ

Transliteration wataraknā fīhā āyatan lilladhīna yakhāfūna l-ʿadhāba l-alīma

Nepali ३७) र जुन मानिसहरू दुःखद् यातनासित डराउँदछन्, उनीहरूको निम्ति त्यहाँ निशानी छोडिदियौं ।

Verse 38

وَفِى مُوسَىٰٓ إِذْ أَرْسَلْنَـٰهُ إِلَىٰ فِرْعَوْنَ بِسُلْطَـٰنٍ مُّبِينٍ

Transliteration wafī mūsā idh arsalnāhu ilā fir'ʿawna bisul'ṭānin mubīnin

Nepali ३८) र ‘‘मूसा(अलैहिस्सलाम)’’ (को वृतान्त) मा पनि (निशानी छ) जब कि हामीले उनलाई फिरऔनतिर स्पष्ट प्रमाणकासाथ पठायौं ।

Verse 39

فَتَوَلَّىٰ بِرُكْنِهِۦ وَقَالَ سَـٰحِرٌ أَوْ مَجْنُونٌ

Transliteration fatawallā biruk'nihi waqāla sāḥirun aw majnūnun

Nepali ३९) तब त्यसले आफ्नो शक्ति (घमण्ड) ले विमुख भइहाल्यो र भन्न थाल्यो, यो त जादूगर हो वा दिवाना,

Verse 40

فَأَخَذْنَـٰهُ وَجُنُودَهُۥ فَنَبَذْنَـٰهُمْ فِى ٱلْيَمِّ وَهُوَ مُلِيمٌ

Transliteration fa-akhadhnāhu wajunūdahu fanabadhnāhum fī l-yami wahuwa mulīmun

Nepali ४०) तब हामीले उसलाई र उसका लावालस्करलाई समातिहाल्यौं र उनीहरूलाई समुन्द्रमा फ्याकिहाल्यौं र त्यसको काम नै निन्दनीय थियो ।

Verse 41

وَفِى عَادٍ إِذْ أَرْسَلْنَا عَلَيْهِمُ ٱلرِّيحَ ٱلْعَقِيمَ

Transliteration wafī ʿādin idh arsalnā ʿalayhimu l-rīḥa l-ʿaqīma

Nepali ४१) यस्तै ‘‘आद’’ (को वृतान्त) मा पनि (निशानी छ), जब हामीले उनीहरूमाथि अशुभ वायु चलायौं ।

Verse 42

مَا تَذَرُ مِن شَىْءٍ أَتَتْ عَلَيْهِ إِلَّا جَعَلَتْهُ كَٱلرَّمِيمِ

Transliteration mā tadharu min shayin atat ʿalayhi illā jaʿalathu kal-ramīmi

Nepali ४२) त्यो जुन जुन कुरामाथि चल्यो, त्यसलाई जिर्णशिर्ण हाड जस्तो चूरा–चूरा गरेर छाडिदियो ।

Verse 43

وَفِى ثَمُودَ إِذْ قِيلَ لَهُمْ تَمَتَّعُوا۟ حَتَّىٰ حِينٍ

Transliteration wafī thamūda idh qīla lahum tamattaʿū ḥattā ḥīnin

Nepali ४३) र ‘‘समूद’’ (को वृतान्त) मा पनि (निशानी छ) जब उनीसित भनियो कि एक समयसम्म फाइदा उठाइहाल ।

Verse 44

فَعَتَوْا۟ عَنْ أَمْرِ رَبِّهِمْ فَأَخَذَتْهُمُ ٱلصَّـٰعِقَةُ وَهُمْ يَنظُرُونَ

Transliteration faʿataw ʿan amri rabbihim fa-akhadhathumu l-ṣāʿiqatu wahum yanẓurūna

Nepali ४४) तर उनीहरूले आफ्नो पालनकर्ताको आदेशको उल्लंघन गरे, अनि हेर्दाहेर्दै उनीहरूलाई कडक चट्याङ्गले समाप्त गरिदियो ।

Verse 45

فَمَا ٱسْتَطَـٰعُوا۟ مِن قِيَامٍ وَمَا كَانُوا۟ مُنتَصِرِينَ

Transliteration famā is'taṭāʿū min qiyāmin wamā kānū muntaṣirīna

Nepali ४५) अनि उनीहरू नउठ्न सके र नत बदला लिन सके ।

Verse 46

وَقَوْمَ نُوحٍ مِّن قَبْلُ ۖ إِنَّهُمْ كَانُوا۟ قَوْمًا فَـٰسِقِينَ

Transliteration waqawma nūḥin min qablu innahum kānū qawman fāsiqīna

Nepali ४६) र यसभन्दा पहिला (हामीले) ‘‘नूह(अलैहिस्सलाम)को’’ जातिबन्धुलाई पनि (समाप्त गरिसकेका थियौं) निश्चय नै उनीहरू ठूलो अवज्ञाकारी थिए ।

Verse 47

وَٱلسَّمَآءَ بَنَيْنَـٰهَا بِأَيْي۟دٍ وَإِنَّا لَمُوسِعُونَ

Transliteration wal-samāa banaynāhā bi-aydin wa-innā lamūsiʿūna

Nepali ४७) र आकाशलाई हामीले आफ्नो शक्तिद्वारा बनायौं र निश्चितरूपले हामीमा ठूलो सामथ्र्य छ ।

Verse 48

وَٱلْأَرْضَ فَرَشْنَـٰهَا فَنِعْمَ ٱلْمَـٰهِدُونَ

Transliteration wal-arḍa farashnāhā faniʿ'ma l-māhidūna

Nepali ४८) र धरतीलाई हामीले भूईं बनायौं तसर्थ (हेर) हामीले कति राम्ररी बनायौं ।

Verse 49

وَمِن كُلِّ شَىْءٍ خَلَقْنَا زَوْجَيْنِ لَعَلَّكُمْ تَذَكَّرُونَ

Transliteration wamin kulli shayin khalaqnā zawjayni laʿallakum tadhakkarūna

Nepali ४९) र हामीले प्रत्येक कुराको जोडा बनायौं ताकि तिमीले उपदेश ग्रहण गर ।

Verse 50

فَفِرُّوٓا۟ إِلَى ٱللَّهِ ۖ إِنِّى لَكُم مِّنْهُ نَذِيرٌ مُّبِينٌ

Transliteration fafirrū ilā l-lahi innī lakum min'hu nadhīrun mubīnun

Nepali ५०) अतः तिमी अल्लाहतिर छिटै लाग । निश्चयनै म उसको तर्फबाट तिम्रो निम्ति एउटा प्रत्यक्ष सावधान गर्नेवाला हूँ ।

Verse 51

وَلَا تَجْعَلُوا۟ مَعَ ٱللَّهِ إِلَـٰهًا ءَاخَرَ ۖ إِنِّى لَكُم مِّنْهُ نَذِيرٌ مُّبِينٌ

Transliteration walā tajʿalū maʿa l-lahi ilāhan ākhara innī lakum min'hu nadhīrun mubīnun

Nepali ५१) र अल्लाहको साथ अन्य कसैलाई पूज्य नबनाऊ । म उसको तर्फबाट तिम्रो निम्ति एउटा प्रत्यक्ष डर देखाउनेवाला हूँ ।

Verse 52

كَذَٰلِكَ مَآ أَتَى ٱلَّذِينَ مِن قَبْلِهِم مِّن رَّسُولٍ إِلَّا قَالُوا۟ سَاحِرٌ أَوْ مَجْنُونٌ

Transliteration kadhālika mā atā alladhīna min qablihim min rasūlin illā qālū sāḥirun aw majnūnun

Nepali ५२) यस्तै यिनीहरूभन्दा पहिलेका मानिसहरूको पासमा जुन पैगम्बर आउँथ्यो उनीहरूले उनलाई जादूगर वा दीवाना भन्दथे ।

Verse 53

أَتَوَاصَوْا۟ بِهِۦ ۚ بَلْ هُمْ قَوْمٌ طَاغُونَ

Transliteration atawāṣaw bihi bal hum qawmun ṭāghūna

Nepali ५३) के यिनीहरूले एकअर्कालाई यस कुराको निम्ति इच्छाउँदै (उपदेश दिदै) गएका छन् ? (होइन) बरु यिनीहरू सबै अवज्ञाकारी हुन् ।

Verse 54

فَتَوَلَّ عَنْهُمْ فَمَآ أَنتَ بِمَلُومٍ

Transliteration fatawalla ʿanhum famā anta bimalūmin

Nepali ५४) तपाईले यिनीहरूबाट पन्छिनुस् । तपाईलाई दोषारोपण हुनेछैन ।

Verse 55

وَذَكِّرْ فَإِنَّ ٱلذِّكْرَىٰ تَنفَعُ ٱلْمُؤْمِنِينَ

Transliteration wadhakkir fa-inna l-dhik'rā tanfaʿu l-mu'minīna

Nepali ५५) र उपदेश गर्दैगर्नुस् किनकि उपदेशले मोमिनहरूलाई लाभ पुर्याउँछ ।

Verse 56

وَمَا خَلَقْتُ ٱلْجِنَّ وَٱلْإِنسَ إِلَّا لِيَعْبُدُونِ

Transliteration wamā khalaqtu l-jina wal-insa illā liyaʿbudūni

Nepali ५६) मैले जिन्न र मानिसहरूलाई यसकारण मात्र सृष्टि गरेको छु ताकि मेरो उपासना गरुन् ।

Verse 57

مَآ أُرِيدُ مِنْهُم مِّن رِّزْقٍ وَمَآ أُرِيدُ أَن يُطْعِمُونِ

Transliteration mā urīdu min'hum min riz'qin wamā urīdu an yuṭ'ʿimūni

Nepali ५७) म उनीहरूबाट जीविका चाहन्न र न यो चाहन्छु कि मलाई खुवाउन् ।

Verse 58

إِنَّ ٱللَّهَ هُوَ ٱلرَّزَّاقُ ذُو ٱلْقُوَّةِ ٱلْمَتِينُ

Transliteration inna l-laha huwa l-razāqu dhū l-quwati l-matīnu

Nepali ५८) अल्लाह आफै जीविका प्रदान गर्नेवाला शक्तिशाली, दृढ छ ।

Verse 59

فَإِنَّ لِلَّذِينَ ظَلَمُوا۟ ذَنُوبًا مِّثْلَ ذَنُوبِ أَصْحَـٰبِهِمْ فَلَا يَسْتَعْجِلُونِ

Transliteration fa-inna lilladhīna ẓalamū dhanūban mith'la dhanūbi aṣḥābihim falā yastaʿjilūni

Nepali ५९) अतः जसले अत्याचार गरेका छन् उनीहरूको निम्ति पनि सजायको भाग निर्धारित छ, जुन प्रकार उनीहरूका साथीहरूको निम्ति निर्धारित थियो । अतः उनीहरू मसित हतार नगरुन् ।

Verse 60

فَوَيْلٌ لِّلَّذِينَ كَفَرُوا۟ مِن يَوْمِهِمُ ٱلَّذِى يُوعَدُونَ

Transliteration fawaylun lilladhīna kafarū min yawmihimu alladhī yūʿadūna

Nepali ६०) जुन दिनको यी काफिरहरूसित वाचा गरिन्छ, त्यसबाट उनको निम्ति खराबी छ ।

Read Surah Adh-Dhariyat in another language

All languages

All 114 surahs in Nepali: the Qur’an in Nepali.

Learn it in MyDugsi

Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.