MyDugsiStart learning

Surah Saba in Nepali: translation and audio

Surah 34 · سبإ · Sheba · 54 verses

Surah Saba verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Saba word by word in English.

Verse 1

ٱلْحَمْدُ لِلَّهِ ٱلَّذِى لَهُۥ مَا فِى ٱلسَّمَـٰوَٰتِ وَمَا فِى ٱلْأَرْضِ وَلَهُ ٱلْحَمْدُ فِى ٱلْـَٔاخِرَةِ ۚ وَهُوَ ٱلْحَكِيمُ ٱلْخَبِيرُ

Transliteration al-ḥamdu lillahi alladhī lahu mā fī l-samāwāti wamā fī l-arḍi walahu l-ḥamdu fī l-ākhirati wahuwa l-ḥakīmu l-khabīru

Nepali १) सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हुन् । जो कि ती सबै कुराको स्वामी हो, जुन आकाशहरूमा छन् र जे धरतीमा छ । र आखिरतमा पनि उसैको लागि प्रशंसा छ । र ऊ ठूलो तत्वदर्शी र सर्वज्ञ छ ।

Verse 2

يَعْلَمُ مَا يَلِجُ فِى ٱلْأَرْضِ وَمَا يَخْرُجُ مِنْهَا وَمَا يَنزِلُ مِنَ ٱلسَّمَآءِ وَمَا يَعْرُجُ فِيهَا ۚ وَهُوَ ٱلرَّحِيمُ ٱلْغَفُورُ

Transliteration yaʿlamu mā yaliju fī l-arḍi wamā yakhruju min'hā wamā yanzilu mina l-samāi wamā yaʿruju fīhā wahuwa l-raḥīmu l-ghafūru

Nepali २) जो धरतीमुनि जान्छ र जो त्यसबाट बाहिर निस्कन्छ र जेजति आकाशबाट तल झर्छ, र जो जति त्यसमाथि चढ्छ (उक्लन्छ) ऊ सबै जान्दछ, र ऊ अत्यन्त दयालु क्षमाशील छ ।

Verse 3

وَقَالَ ٱلَّذِينَ كَفَرُوا۟ لَا تَأْتِينَا ٱلسَّاعَةُ ۖ قُلْ بَلَىٰ وَرَبِّى لَتَأْتِيَنَّكُمْ عَـٰلِمِ ٱلْغَيْبِ ۖ لَا يَعْزُبُ عَنْهُ مِثْقَالُ ذَرَّةٍ فِى ٱلسَّمَـٰوَٰتِ وَلَا فِى ٱلْأَرْضِ وَلَآ أَصْغَرُ مِن ذَٰلِكَ وَلَآ أَكْبَرُ إِلَّا فِى كِتَـٰبٍ مُّبِينٍ

Transliteration waqāla alladhīna kafarū lā tatīnā l-sāʿatu qul balā warabbī latatiyannakum ʿālimi l-ghaybi lā yaʿzubu ʿanhu mith'qālu dharratin fī l-samāwāti walā fī l-arḍi walā aṣgharu min dhālika walā akbaru illā fī kitābin mubīnin

Nepali ३) काफिरहरूले भन्दछन्ः कि कियामतको समय ‘‘हामीमाथि आउँदैन’’ । तपाई भनिदिनुस् मलाई मेरो पालनकर्ताको कसम , त्यो तिमीहरूमाथि अवश्य आउनेछ । अल्लाहलाई जो अन्र्तयामी छ अदृश्यको ज्ञान छ, कण बराबरको सानो तिनो कुरा पनि उसबाट लुकेको छैन, आकाशहरूमा र नत धरतीमा नत त्योभंदा सानो कुनै कुरा र न ठूलो । सबै कुराहरू स्पष्ट किताबमा अंकित छन् ।

Verse 4

لِّيَجْزِىَ ٱلَّذِينَ ءَامَنُوا۟ وَعَمِلُوا۟ ٱلصَّـٰلِحَـٰتِ ۚ أُو۟لَـٰٓئِكَ لَهُم مَّغْفِرَةٌ وَرِزْقٌ كَرِيمٌ

Transliteration liyajziya alladhīna āmanū waʿamilū l-ṣāliḥāti ulāika lahum maghfiratun wariz'qun karīmun

Nepali ४) ताकि उसले उनीहरूलाई राम्रो पुरस्कार देओस्, जसले ईमान ल्याए र असल कर्म गर्दैरहे । यिनै हुन् जसको निम्ति क्षमा र सम्मानित जीविका छ ।

Verse 5

وَٱلَّذِينَ سَعَوْ فِىٓ ءَايَـٰتِنَا مُعَـٰجِزِينَ أُو۟لَـٰٓئِكَ لَهُمْ عَذَابٌ مِّن رِّجْزٍ أَلِيمٌ

Transliteration wa-alladhīna saʿaw fī āyātinā muʿājizīna ulāika lahum ʿadhābun min rij'zin alīmun

Nepali ५) र जसले हाम्रा आयातहरूलाई मात गर्न प्रयास गरे, तिनै हुन् जसको निम्ति साह्रै नै नराम्रो प्रकारको दुःखद् यातना छ ।

Verse 6

وَيَرَى ٱلَّذِينَ أُوتُوا۟ ٱلْعِلْمَ ٱلَّذِىٓ أُنزِلَ إِلَيْكَ مِن رَّبِّكَ هُوَ ٱلْحَقَّ وَيَهْدِىٓ إِلَىٰ صِرَٰطِ ٱلْعَزِيزِ ٱلْحَمِيدِ

Transliteration wayarā alladhīna ūtū l-ʿil'ma alladhī unzila ilayka min rabbika huwa l-ḥaqa wayahdī ilā ṣirāṭi l-ʿazīzi l-ḥamīdi

Nepali ६) र जसलाई ज्ञान छ, उनीहरूले स्वयम् देख्नेछन् कि जे जति तपाईंको पालनहारको तर्फबाट तपाईतिर अवतरित भएको छ, त्यही नै सत्य हो, र अल्लाह जो सर्वशक्ति सम्पन्न, र विशेषतावाला छ तिनलाई सोझो मार्ग देखाउँछ ।

Verse 7

وَقَالَ ٱلَّذِينَ كَفَرُوا۟ هَلْ نَدُلُّكُمْ عَلَىٰ رَجُلٍ يُنَبِّئُكُمْ إِذَا مُزِّقْتُمْ كُلَّ مُمَزَّقٍ إِنَّكُمْ لَفِى خَلْقٍ جَدِيدٍ

Transliteration waqāla alladhīna kafarū hal nadullukum ʿalā rajulin yunabbi-ukum idhā muzziq'tum kulla mumazzaqin innakum lafī khalqin jadīdin

Nepali ७) र काफिरहरूले भने (आऊ) ‘‘हामीले तिमीलाई एउटा यस्तो मानिसको बारेमा भनौं, जसले तिमीलाई यो खबर दिइरहेछ कि जब तिमी बिल्कुलै नष्ट भइसक्नेछौ तब फेरि तिमी पुनः जीवित हुनेछौ’’ ?

Verse 8

أَفْتَرَىٰ عَلَى ٱللَّهِ كَذِبًا أَم بِهِۦ جِنَّةٌۢ ۗ بَلِ ٱلَّذِينَ لَا يُؤْمِنُونَ بِٱلْـَٔاخِرَةِ فِى ٱلْعَذَابِ وَٱلضَّلَـٰلِ ٱلْبَعِيدِ

Transliteration aftarā ʿalā l-lahi kadhiban am bihi jinnatun bali alladhīna lā yu'minūna bil-ākhirati fī l-ʿadhābi wal-ḍalāli l-baʿīdi

Nepali ८) (हामी भन्दैनौं कि) के उसले अल्लाहमाथि झूठो दोषारोपण गरेको छ, वा त्यसलाई केही उन्माद छ ? वास्तविकता यो छ जुन मानिसहरूले आखिरतमा विश्वास गर्दैनन्, उनीहरू सजाय पाउनेवाला र मार्गविचलनमा छन् ।

Verse 9

أَفَلَمْ يَرَوْا۟ إِلَىٰ مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُم مِّنَ ٱلسَّمَآءِ وَٱلْأَرْضِ ۚ إِن نَّشَأْ نَخْسِفْ بِهِمُ ٱلْأَرْضَ أَوْ نُسْقِطْ عَلَيْهِمْ كِسَفًا مِّنَ ٱلسَّمَآءِ ۚ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَةً لِّكُلِّ عَبْدٍ مُّنِيبٍ

Transliteration afalam yaraw ilā mā bayna aydīhim wamā khalfahum mina l-samāi wal-arḍi in nasha nakhsif bihimu l-arḍa aw nus'qiṭ ʿalayhim kisafan mina l-samāi inna fī dhālika laāyatan likulli ʿabdin munībin

Nepali ९) के उनीहरूले आफ्नो अगाडि पछाडि आकाश र धरतीलाई देखेनन् ? हामीले चाहेको अवस्थामा उनीहरूलाई धरतीमा (धंसाउन) गाड्न सक्छौं वा उनीमाथि आकाशबाट केही टुक्राहरू खसाल्न सक्छौं । निश्चय नै यसमा एउटा प्रमाण छ, प्रत्येक त्यस मानिसको लागि जो हृदयबाट प्रवृत्त हुन्छ ।

Verse 10

۞ وَلَقَدْ ءَاتَيْنَا دَاوُۥدَ مِنَّا فَضْلًا ۖ يَـٰجِبَالُ أَوِّبِى مَعَهُۥ وَٱلطَّيْرَ ۖ وَأَلَنَّا لَهُ ٱلْحَدِيدَ

Transliteration walaqad ātaynā dāwūda minnā faḍlan yājibālu awwibī maʿahu wal-ṭayra wa-alannā lahu l-ḥadīda

Nepali १०) र हामीले दाऊद (अलैहिस्सलाम) माथि आफ्नो तर्फबाट कृपा गरेका छौं ‘‘हे पर्वतहरू उसको साथमा गुणगानलाई प्रतिध्वनित गर, र पंक्षीहरू तिमीहरूले पनि’’ । र हामीले उसको निम्ति फलामलाई नरम बनाइदियौं ।

Verse 11

أَنِ ٱعْمَلْ سَـٰبِغَـٰتٍ وَقَدِّرْ فِى ٱلسَّرْدِ ۖ وَٱعْمَلُوا۟ صَـٰلِحًا ۖ إِنِّى بِمَا تَعْمَلُونَ بَصِيرٌ

Transliteration ani iʿ'mal sābighātin waqaddir fī l-sardi wa-iʿ'malū ṣāliḥan innī bimā taʿmalūna baṣīrun

Nepali ११) ताकि तिमी ‘‘पूरा कवचहरू बनाइहाल र कडीहरूलाई सही अनुमानले जोड ।’’ र तिमी सबै राम्रो कर्म गर । निश्चित मान कि जे–जति तिमीले गर्दैछौ, त्यसलाई म देख्दैछु ।

Verse 12

وَلِسُلَيْمَـٰنَ ٱلرِّيحَ غُدُوُّهَا شَهْرٌ وَرَوَاحُهَا شَهْرٌ ۖ وَأَسَلْنَا لَهُۥ عَيْنَ ٱلْقِطْرِ ۖ وَمِنَ ٱلْجِنِّ مَن يَعْمَلُ بَيْنَ يَدَيْهِ بِإِذْنِ رَبِّهِۦ ۖ وَمَن يَزِغْ مِنْهُمْ عَنْ أَمْرِنَا نُذِقْهُ مِنْ عَذَابِ ٱلسَّعِيرِ

Transliteration walisulaymāna l-rīḥa ghuduwwuhā shahrun warawāḥuhā shahrun wa-asalnā lahu ʿayna l-qiṭ'ri wamina l-jini man yaʿmalu bayna yadayhi bi-idh'ni rabbihi waman yazigh min'hum ʿan amrinā nudhiq'hu min ʿadhābi l-saʿīri

Nepali १२) र ‘‘सुलैमानको’’ निम्ति हामीले वायुलाई बशीभूत गरिदिएका थियौं । यसको बिहानको अभिष्ट एक महिनाको बाटो हुन्थ्यो र साँझको अभिष्ट पनि (एक महिनाको थियो) र हामीले उसको निम्ति पग्लेको ताँबाको स्रोत बगाइदियौं र जिन्नहरूमध्येबाट पनि केहीलाई (उसको बशीभूत गरिदिएका थियौं) । जसले आफ्नो पालनकर्ताको अनुज्ञाले उसको अगाडि काम गर्दथे । (आदेश थियोः) ‘‘कि उनीहरूमध्ये जसले हाम्रो आदेशको उल्लंघन गर्दछ उसलाई हामीले प्रज्वलित आगोको स्वाद चखाउनेछौं’’ ।

Verse 13

يَعْمَلُونَ لَهُۥ مَا يَشَآءُ مِن مَّحَـٰرِيبَ وَتَمَـٰثِيلَ وَجِفَانٍ كَٱلْجَوَابِ وَقُدُورٍ رَّاسِيَـٰتٍ ۚ ٱعْمَلُوٓا۟ ءَالَ دَاوُۥدَ شُكْرًا ۚ وَقَلِيلٌ مِّنْ عِبَادِىَ ٱلشَّكُورُ

Transliteration yaʿmalūna lahu mā yashāu min maḥārība watamāthīla wajifānin kal-jawābi waqudūrin rāsiyātin iʿ'malū āla dāwūda shuk'ran waqalīlun min ʿibādiya l-shakūru

Nepali १३) सुलैमानले चाहेको कुरा जिन्नातहरूले तयार गर्दथे । उदाहरणको लागि किलाहरू र प्रतिमाहरू र ठूलो डेक्चीजस्ता तलाब र चूल्होमा अडी रहने डेक्ची । हे दाऊदका सन्तति मेरो कृतज्ञता ज्ञापन गर्न असल कर्म गर ! र मेरा सेवकहरूमा कृतज्ञता ज्ञापन गर्नेहरू थोरै हुन्छन्’’ ।

Verse 14

فَلَمَّا قَضَيْنَا عَلَيْهِ ٱلْمَوْتَ مَا دَلَّهُمْ عَلَىٰ مَوْتِهِۦٓ إِلَّا دَآبَّةُ ٱلْأَرْضِ تَأْكُلُ مِنسَأَتَهُۥ ۖ فَلَمَّا خَرَّ تَبَيَّنَتِ ٱلْجِنُّ أَن لَّوْ كَانُوا۟ يَعْلَمُونَ ٱلْغَيْبَ مَا لَبِثُوا۟ فِى ٱلْعَذَابِ ٱلْمُهِينِ

Transliteration falammā qaḍaynā ʿalayhi l-mawta mā dallahum ʿalā mawtihi illā dābbatu l-arḍi takulu minsa-atahu falammā kharra tabayyanati l-jinu an law kānū yaʿlamūna l-ghayba mā labithū fī l-ʿadhābi l-muhīni

Nepali १४) अनि जब हामीले उनको मृत्युको निम्ति आदेश दियौं त ती जिन्नहरूलाई उसको मृत्युको समाचार कसैले दिएन घुनकीरा बाहेक जसले उसको लठ्ठीलाई खाइराखेको थियो । अनि जब उनी खसिहाले, तब जिन्नहरूले थाहा पाए कि यदि उनी परोक्षका कुरा जान्नेवाला भएको भए यस अपमानजनक यातनामा परिराख्ने थिएनन् ।

Verse 15

لَقَدْ كَانَ لِسَبَإٍ فِى مَسْكَنِهِمْ ءَايَةٌ ۖ جَنَّتَانِ عَن يَمِينٍ وَشِمَالٍ ۖ كُلُوا۟ مِن رِّزْقِ رَبِّكُمْ وَٱشْكُرُوا۟ لَهُۥ ۚ بَلْدَةٌ طَيِّبَةٌ وَرَبٌّ غَفُورٌ

Transliteration laqad kāna lisaba-in fī maskanihim āyatun jannatāni ʿan yamīnin washimālin kulū min riz'qi rabbikum wa-ush'kurū lahu baldatun ṭayyibatun warabbun ghafūrun

Nepali १५) सबाका जातिबन्धुको लागि उनीहरूको निवासस्थानमा नै अल्लाहको शक्तिको एउटा निशानी थियो । उनको बायाँ र दायाँ दुईवटा बगैचा थिए हामीले उनलाई आदेश दिएका थियौं कि ‘‘आफ्नो पालनकर्ताले दिएको जीविका खाऊ, र उसप्रति आभार प्रकट गर । यो शहर पनि राम्रो र पालनकर्ता पनि क्षमाशील’’ छ ।

Verse 16

فَأَعْرَضُوا۟ فَأَرْسَلْنَا عَلَيْهِمْ سَيْلَ ٱلْعَرِمِ وَبَدَّلْنَـٰهُم بِجَنَّتَيْهِمْ جَنَّتَيْنِ ذَوَاتَىْ أُكُلٍ خَمْطٍ وَأَثْلٍ وَشَىْءٍ مِّن سِدْرٍ قَلِيلٍ

Transliteration fa-aʿraḍū fa-arsalnā ʿalayhim sayla l-ʿarimi wabaddalnāhum bijannatayhim jannatayni dhawātay ukulin khamṭin wa-athlin washayin min sid'rin qalīlin

Nepali १६) किन्तु तिनीहरूले ध्यान दिएनन् अनि हामीले उनीहरूमाथि ठूलो बाढी पठाइदियौं र उनीहरूको दुईटै बगैंचाको सट्टामा उनीहरूलाई दुइटा अर्कै बगैंचाहरू दियौं, जसका फलहरू बेस्वाद थिए र जसमा केही झ्याउ थिए र केही झरबयरहरू थिए ।

Verse 17

ذَٰلِكَ جَزَيْنَـٰهُم بِمَا كَفَرُوا۟ ۖ وَهَلْ نُجَـٰزِىٓ إِلَّا ٱلْكَفُورَ

Transliteration dhālika jazaynāhum bimā kafarū wahal nujāzī illā l-kafūra

Nepali १७) यो प्रतिफल हामीले उनीहरूलाई उनीहरूको अवज्ञाको कारणले दियौं । यस्तो प्रतिफल त हामीले ठूला ठूला कृतघ्न मानिसलाई नै दिन्छौं ।

Verse 18

وَجَعَلْنَا بَيْنَهُمْ وَبَيْنَ ٱلْقُرَى ٱلَّتِى بَـٰرَكْنَا فِيهَا قُرًى ظَـٰهِرَةً وَقَدَّرْنَا فِيهَا ٱلسَّيْرَ ۖ سِيرُوا۟ فِيهَا لَيَالِىَ وَأَيَّامًا ءَامِنِينَ

Transliteration wajaʿalnā baynahum wabayna l-qurā allatī bāraknā fīhā quran ẓāhiratan waqaddarnā fīhā l-sayra sīrū fīhā layāliya wa-ayyāman āminīna

Nepali १८) र हामीले उनीहरूको र ती बस्तीहरूको बीचमा जसलाई हामीले बरकत (पुरस्कार) दिएका थियौं केही अरु बस्तीहरू अबाद गरायौं जुन सार्वजनिक रूपले प्रकट थिए र तिनीहरूमा उनमा यात्राका अभिष्टहरू ठीक अनुमानमा राख्यौं ‘‘उनीहरूमा रातदिन निश्चिन्त भई हिंडडुल गर ।’’

Verse 19

فَقَالُوا۟ رَبَّنَا بَـٰعِدْ بَيْنَ أَسْفَارِنَا وَظَلَمُوٓا۟ أَنفُسَهُمْ فَجَعَلْنَـٰهُمْ أَحَادِيثَ وَمَزَّقْنَـٰهُمْ كُلَّ مُمَزَّقٍ ۚ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَـٰتٍ لِّكُلِّ صَبَّارٍ شَكُورٍ

Transliteration faqālū rabbanā bāʿid bayna asfārinā waẓalamū anfusahum fajaʿalnāhum aḥādītha wamazzaqnāhum kulla mumazzaqin inna fī dhālika laāyātin likulli ṣabbārin shakūrin

Nepali १९) किन्तु उनीहरूले भनेः ‘‘हे हाम्रो पालनकर्ता हाम्रा यात्राहरूलाई दूरस्थ बनाइदेऊ । उनीहरूले स्वयम् आफूमाथि नै आफ्नो कुभलो गरे । त्यसकारण हामीले (उनीहरूलाई नष्ट गरेर) उनीहरूलाई कथा बनाइदियौं, र उनीहरूलाई बिल्कुल छिन्न भिन्न गरिदियौं । निश्चय नै यसमा प्रत्येक ठूलो धैर्यवान्, कृतज्ञको निम्ति धेरै शिक्षाहरू छन् ।

Verse 20

وَلَقَدْ صَدَّقَ عَلَيْهِمْ إِبْلِيسُ ظَنَّهُۥ فَٱتَّبَعُوهُ إِلَّا فَرِيقًا مِّنَ ٱلْمُؤْمِنِينَ

Transliteration walaqad ṣaddaqa ʿalayhim ib'līsu ẓannahu fa-ittabaʿūhu illā farīqan mina l-mu'minīna

Nepali २०) र इबलीसले (शैताको नायकले) उनको विषयमा आफ्नो अनुमान सत्य साबित गरेर देखाइदियो र ईमानवालाहरूको एउटा समूह बाहेक उनीहरू सबै उसैको अनुयायी बने ।

Verse 21

وَمَا كَانَ لَهُۥ عَلَيْهِم مِّن سُلْطَـٰنٍ إِلَّا لِنَعْلَمَ مَن يُؤْمِنُ بِٱلْـَٔاخِرَةِ مِمَّنْ هُوَ مِنْهَا فِى شَكٍّ ۗ وَرَبُّكَ عَلَىٰ كُلِّ شَىْءٍ حَفِيظٌ

Transliteration wamā kāna lahu ʿalayhim min sul'ṭānin illā linaʿlama man yu'minu bil-ākhirati mimman huwa min'hā fī shakkin warabbuka ʿalā kulli shayin ḥafīẓun

Nepali २१) यद्यपि शैतानको उनीहरूमाथि कुनै जोड र दबाव थिएन, किन्तु यो यसकारण कि हामीले प्रकट गरौं उनीहरूलाई जो आखिरतमाथि ईमान राख्दछन् उनीहरूबाट जो उसको बारेमा कुनै सन्देहमा परिराखेका छन् । र तपाईंको पालनहार प्रत्येक कुराको संरक्षक छ ।

Verse 22

قُلِ ٱدْعُوا۟ ٱلَّذِينَ زَعَمْتُم مِّن دُونِ ٱللَّهِ ۖ لَا يَمْلِكُونَ مِثْقَالَ ذَرَّةٍ فِى ٱلسَّمَـٰوَٰتِ وَلَا فِى ٱلْأَرْضِ وَمَا لَهُمْ فِيهِمَا مِن شِرْكٍ وَمَا لَهُۥ مِنْهُم مِّن ظَهِيرٍ

Transliteration quli id'ʿū alladhīna zaʿamtum min dūni l-lahi lā yamlikūna mith'qāla dharratin fī l-samāwāti walā fī l-arḍi wamā lahum fīhimā min shir'kin wamā lahu min'hum min ẓahīrin

Nepali २२) भनिदिनुस् ‘‘कि अल्लाहबाहेक जस–जसलाई तिमीले (पूज्य) ठान्दछौ, तिनीहरू सबलाई पुकारेर हेर । तिनीहरूमध्ये कसैलाई आकाशहरूमा र पृथ्वीमा एउटा कणभरी पनि कुनै कुराको अधिकार छैन र न ती दुवैमा उनको कुनै साझेदारी छ र न उनीहरूमध्ये कुनै उसको सहायक छ’’ ।

Verse 23

وَلَا تَنفَعُ ٱلشَّفَـٰعَةُ عِندَهُۥٓ إِلَّا لِمَنْ أَذِنَ لَهُۥ ۚ حَتَّىٰٓ إِذَا فُزِّعَ عَن قُلُوبِهِمْ قَالُوا۟ مَاذَا قَالَ رَبُّكُمْ ۖ قَالُوا۟ ٱلْحَقَّ ۖ وَهُوَ ٱلْعَلِىُّ ٱلْكَبِيرُ

Transliteration walā tanfaʿu l-shafāʿatu ʿindahu illā liman adhina lahu ḥattā idhā fuzziʿa ʿan qulūbihim qālū mādhā qāla rabbukum qālū l-ḥaqa wahuwa l-ʿaliyu l-kabīru

Nepali २३) उसकहाँ कसैको सिफारिश लाग्दैन, किन्तु उसको मात्र जसलाई उसले अनुमति दिएको छ । यहाँसम्म कि जब उनका हृदयहरूबाट घबराहट समाप्त गरिन्छ, त तिनीहरूले सोध्छन्ः कि ‘‘तिम्रो पालनकर्ताले के भन्यो’’ ? (फरिश्ताहरूले) जवाफ दिन्छन् कि ‘‘सत्य भनेको छ ! र त्यो अत्यन्त उच्च र महान् छ’’ ।

Verse 24

۞ قُلْ مَن يَرْزُقُكُم مِّنَ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ ۖ قُلِ ٱللَّهُ ۖ وَإِنَّآ أَوْ إِيَّاكُمْ لَعَلَىٰ هُدًى أَوْ فِى ضَلَـٰلٍ مُّبِينٍ

Transliteration qul man yarzuqukum mina l-samāwāti wal-arḍi quli l-lahu wa-innā aw iyyākum laʿalā hudan aw fī ḍalālin mubīnin

Nepali २४) सोध्नुस् कि ‘‘तिमीलाई आकाशहरूबाट र धरतीबाट कसले जीविका प्रदान गर्दछ’’ ? स्वयम् जवाफ दिनुस् ‘‘कि अल्लाह’’ । हेर हामी वा तिमी या त सोझो बाटोमा छौं, वा खुल्लमखुल्ला मार्गविचलनमा ।

Verse 25

قُل لَّا تُسْـَٔلُونَ عَمَّآ أَجْرَمْنَا وَلَا نُسْـَٔلُ عَمَّا تَعْمَلُونَ

Transliteration qul lā tus'alūna ʿammā ajramnā walā nus'alu ʿammā taʿmalūna

Nepali २५) भन्नुस् कि ‘‘जुन अपराध हामीले गरेका छौं, त्यसबापत सोधपूछ तिमीसित हुनेछैन र न त त्यस कुराको सोधपूछ हामीसित हुनेछ जुन तिमीले गरिराखेका छौ ।’’

Verse 26

قُلْ يَجْمَعُ بَيْنَنَا رَبُّنَا ثُمَّ يَفْتَحُ بَيْنَنَا بِٱلْحَقِّ وَهُوَ ٱلْفَتَّاحُ ٱلْعَلِيمُ

Transliteration qul yajmaʿu baynanā rabbunā thumma yaftaḥu baynanā bil-ḥaqi wahuwa l-fatāḥu l-ʿalīmu

Nepali २६) तिनलाई खबर गरिदिनुस् कि ‘‘हाम्रो पालनकर्ताले हामी सबैलाई एकत्रित गर्नेछ अनि ‘‘हाम्रोबीच ठीक–ठीक फैसला गरिदिनेछ । उही नै राम्रो फैसला गर्नेवाला र अत्यन्त ज्ञानवान् छ’’ ।

Verse 27

قُلْ أَرُونِىَ ٱلَّذِينَ أَلْحَقْتُم بِهِۦ شُرَكَآءَ ۖ كَلَّا ۚ بَلْ هُوَ ٱللَّهُ ٱلْعَزِيزُ ٱلْحَكِيمُ

Transliteration qul arūniya alladhīna alḥaqtum bihi shurakāa kallā bal huwa l-lahu l-ʿazīzu l-ḥakīmu

Nepali २७) भन्नुस् ‘‘मलाई पनि उनीहरूलाई देखाऊ, जसलाई तिमीले साझेदार बनाई अल्लाहसँग संलग्न गरेका छौ ।’’ कोही होइन, बरु उही (एक्लो) अल्लाह अत्यन्त अधिपत्यशाली, तत्वदर्शी छ ।

Verse 28

وَمَآ أَرْسَلْنَـٰكَ إِلَّا كَآفَّةً لِّلنَّاسِ بَشِيرًا وَنَذِيرًا وَلَـٰكِنَّ أَكْثَرَ ٱلنَّاسِ لَا يَعْلَمُونَ

Transliteration wamā arsalnāka illā kāffatan lilnnāsi bashīran wanadhīran walākinna akthara l-nāsi lā yaʿlamūna

Nepali २८) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) हामीले तपाईंलाई सबै मानिसहरूको लागि शुभसूचना दिनेवाला र सावधान गर्नेवाला बनाएर पठाएका हौं, किन्तु यो सत्य हो कि धेरै मानिसहरूले बुझ्दैनन् ।

Verse 29

وَيَقُولُونَ مَتَىٰ هَـٰذَا ٱلْوَعْدُ إِن كُنتُمْ صَـٰدِقِينَ

Transliteration wayaqūlūna matā hādhā l-waʿdu in kuntum ṣādiqīna

Nepali २९) सोध्छन् कि यदि तिमी साँचो हौ भने यो (कयामतको) वचन कहिले पूरा हुनेछ’’ ?

Verse 30

قُل لَّكُم مِّيعَادُ يَوْمٍ لَّا تَسْتَـْٔخِرُونَ عَنْهُ سَاعَةً وَلَا تَسْتَقْدِمُونَ

Transliteration qul lakum mīʿādu yawmin lā tastakhirūna ʿanhu sāʿatan walā tastaqdimūna

Nepali ३०) जवाफ दिनुस् कि त्यसको निम्ति एक विशेष दिनको अवधि निर्धारित छ, जसबाट न एकछिन तिमी पछि हट्ने छौ न अगाडि बढ्नेछौ’’ ।

Verse 31

وَقَالَ ٱلَّذِينَ كَفَرُوا۟ لَن نُّؤْمِنَ بِهَـٰذَا ٱلْقُرْءَانِ وَلَا بِٱلَّذِى بَيْنَ يَدَيْهِ ۗ وَلَوْ تَرَىٰٓ إِذِ ٱلظَّـٰلِمُونَ مَوْقُوفُونَ عِندَ رَبِّهِمْ يَرْجِعُ بَعْضُهُمْ إِلَىٰ بَعْضٍ ٱلْقَوْلَ يَقُولُ ٱلَّذِينَ ٱسْتُضْعِفُوا۟ لِلَّذِينَ ٱسْتَكْبَرُوا۟ لَوْلَآ أَنتُمْ لَكُنَّا مُؤْمِنِينَ

Transliteration waqāla alladhīna kafarū lan nu'mina bihādhā l-qur'āni walā bi-alladhī bayna yadayhi walaw tarā idhi l-ẓālimūna mawqūfūna ʿinda rabbihim yarjiʿu baʿḍuhum ilā baʿḍin l-qawla yaqūlu alladhīna us'tuḍ'ʿifū lilladhīna is'takbarū lawlā antum lakunnā mu'minīna

Nepali ३१) जुन मानिसहरूले इन्कार गरे उनीहरूले भन्छन्ः ‘‘हामीले यस कुरआनलाई कदापि मान्ने छैनौं र ती (किताबहरू) जुन यसभन्दा अगाडिका छन् । हे आँखावालाहरू क्या राम्रो हुने थियो तिमी त्यसबेला देख्ने भए जब अत्याचारीहरू आफ्नो पालनकर्ताको अगाडि उभ्याइनेछन् र आपसमा एक अर्कामाथि दोषारोपण गरिराख्नेछन् । कमजोर मानिसहरूले ठूला मानिसहरूसँग भन्नेछन्ः ‘‘यदि तिमीहरू नभएको भए हामी अवश्य नै ईमानवाला हुने थियौं ।’’

Verse 32

قَالَ ٱلَّذِينَ ٱسْتَكْبَرُوا۟ لِلَّذِينَ ٱسْتُضْعِفُوٓا۟ أَنَحْنُ صَدَدْنَـٰكُمْ عَنِ ٱلْهُدَىٰ بَعْدَ إِذْ جَآءَكُم ۖ بَلْ كُنتُم مُّجْرِمِينَ

Transliteration qāla alladhīna is'takbarū lilladhīna us'tuḍ'ʿifū anaḥnu ṣadadnākum ʿani l-hudā baʿda idh jāakum bal kuntum muj'rimīna

Nepali ३२) ती ठूला मानिसहरूले कमजोर मानिसहरूलाई जवाफ दिने छन् कि ‘‘के हामीले तिमीहरूलाई नसीहत (उपदेश) आइसकेपछि पनि त्यस मार्गबाट रोकेका थियौं, (होइन) बरु तिमी आफै नै अपराधी थियौ ।’’

Verse 33

وَقَالَ ٱلَّذِينَ ٱسْتُضْعِفُوا۟ لِلَّذِينَ ٱسْتَكْبَرُوا۟ بَلْ مَكْرُ ٱلَّيْلِ وَٱلنَّهَارِ إِذْ تَأْمُرُونَنَآ أَن نَّكْفُرَ بِٱللَّهِ وَنَجْعَلَ لَهُۥٓ أَندَادًا ۚ وَأَسَرُّوا۟ ٱلنَّدَامَةَ لَمَّا رَأَوُا۟ ٱلْعَذَابَ وَجَعَلْنَا ٱلْأَغْلَـٰلَ فِىٓ أَعْنَاقِ ٱلَّذِينَ كَفَرُوا۟ ۚ هَلْ يُجْزَوْنَ إِلَّا مَا كَانُوا۟ يَعْمَلُونَ

Transliteration waqāla alladhīna us'tuḍ'ʿifū lilladhīna is'takbarū bal makru al-layli wal-nahāri idh tamurūnanā an nakfura bil-lahi wanajʿala lahu andādan wa-asarrū l-nadāmata lammā ra-awū l-ʿadhāba wajaʿalnā l-aghlāla fī aʿnāqi alladhīna kafarū hal yuj'zawna illā mā kānū yaʿmalūna

Nepali ३३) कमजोरहरूले यसको प्रतिउत्तरमा ठूलासित भन्नेछन्ः ‘‘(होइन) बरु (तिम्रो)’’ रातदिनको षडयन्त्रहरूले अल्लाहसित हामीले कुफ्र गर्नु र तिम्रो आदेशले उसको साझेदार बनाउनु नै हाम्रो अनास्थाको कारण बन्यो । र जब तिनीहरूले सजाय देख्नेछन् त आफ्नो मनमा लज्जित हुनेछन् । र हामीले काफिरहरूको घाँटीमा (तौक) पट्टा हालिदिनेछौं । जुन कर्म तिनीहरूले गर्दथे, मात्र त्यसैको प्रतिफल पाउनेछन् ।

Verse 34

وَمَآ أَرْسَلْنَا فِى قَرْيَةٍ مِّن نَّذِيرٍ إِلَّا قَالَ مُتْرَفُوهَآ إِنَّا بِمَآ أُرْسِلْتُم بِهِۦ كَـٰفِرُونَ

Transliteration wamā arsalnā fī qaryatin min nadhīrin illā qāla mut'rafūhā innā bimā ur'sil'tum bihi kāfirūna

Nepali ३४) र हामीले जुन बस्तीमा पनि कुनै सचेतकर्ता पठायौं त त्यहाँका सम्पन्न मानिसहरूले यही नै भने कि, जे जति तिमीलाई दिएर पठाइयो, हामीले त्यसलाई मान्नेवाला छैनौं ।

Verse 35

وَقَالُوا۟ نَحْنُ أَكْثَرُ أَمْوَٰلًا وَأَوْلَـٰدًا وَمَا نَحْنُ بِمُعَذَّبِينَ

Transliteration waqālū naḥnu aktharu amwālan wa-awlādan wamā naḥnu bimuʿadhabīna

Nepali ३५) र (यो पनि) भने कि ‘‘हामीसित धेरै मालसम्पत्ति र सन्तानहरू छन् र हामीलाई सजाय हुनेछैन’’ ।

Verse 36

قُلْ إِنَّ رَبِّى يَبْسُطُ ٱلرِّزْقَ لِمَن يَشَآءُ وَيَقْدِرُ وَلَـٰكِنَّ أَكْثَرَ ٱلنَّاسِ لَا يَعْلَمُونَ

Transliteration qul inna rabbī yabsuṭu l-riz'qa liman yashāu wayaqdiru walākinna akthara l-nāsi lā yaʿlamūna

Nepali ३६) भनिदिनुस् कि ‘‘निःसन्देह मेरो पालनकर्ताले जसको निम्ति चाहन्छ, जीविकालाई प्रचूर गरिदिन्छ र (जसको निम्ति चाहन्छ) संकुचित गरिदिन्छ । तर धेरै मानिसहरूले बुझ्दैनन्’’ ।

Verse 37

وَمَآ أَمْوَٰلُكُمْ وَلَآ أَوْلَـٰدُكُم بِٱلَّتِى تُقَرِّبُكُمْ عِندَنَا زُلْفَىٰٓ إِلَّا مَنْ ءَامَنَ وَعَمِلَ صَـٰلِحًا فَأُو۟لَـٰٓئِكَ لَهُمْ جَزَآءُ ٱلضِّعْفِ بِمَا عَمِلُوا۟ وَهُمْ فِى ٱلْغُرُفَـٰتِ ءَامِنُونَ

Transliteration wamā amwālukum walā awlādukum bi-allatī tuqarribukum ʿindanā zul'fā illā man āmana waʿamila ṣāliḥan fa-ulāika lahum jazāu l-ḍiʿ'fi bimā ʿamilū wahum fī l-ghurufāti āminūna

Nepali ३७) र न तिम्रा धनसम्पत्ति र नत तिम्रा सन्तानहरू यस्ता छन् जसले तिमीलाई हामीसित दर्जामा निकट गरिदिउन्। हो, जोसुकैले ईमान ल्याए र राम्रो कर्म गरे त यस्ता मानिसहरूको निम्ति त्यसले गरेको कर्मको दुईगुणा बदला छ, र उनीहरू माथिल्लो तहका कक्षहरूमा निश्चिन्ततापूर्वक रहनेछन् ।

Verse 38

وَٱلَّذِينَ يَسْعَوْنَ فِىٓ ءَايَـٰتِنَا مُعَـٰجِزِينَ أُو۟لَـٰٓئِكَ فِى ٱلْعَذَابِ مُحْضَرُونَ

Transliteration wa-alladhīna yasʿawna fī āyātinā muʿājizīna ulāika fī l-ʿadhābi muḥ'ḍarūna

Nepali ३८) र जुन मानिसहरू हाम्रा आयतहरूको समकक्षता निम्ति प्रयासरत रहन्छन्, उनीहरू ल्याइएर यातनाग्रस्त गरिनेछन् ।

Verse 39

قُلْ إِنَّ رَبِّى يَبْسُطُ ٱلرِّزْقَ لِمَن يَشَآءُ مِنْ عِبَادِهِۦ وَيَقْدِرُ لَهُۥ ۚ وَمَآ أَنفَقْتُم مِّن شَىْءٍ فَهُوَ يُخْلِفُهُۥ ۖ وَهُوَ خَيْرُ ٱلرَّٰزِقِينَ

Transliteration qul inna rabbī yabsuṭu l-riz'qa liman yashāu min ʿibādihi wayaqdiru lahu wamā anfaqtum min shayin fahuwa yukh'lifuhu wahuwa khayru l-rāziqīna

Nepali ३९) भनिदिनुस् कि ‘‘मेरो पालनकर्ता आफ्ना सेवकहरूमध्ये जसको निम्ति चाहन्छ, जीविका फराकिलो गर्दछ र जसको लागि चाहन्छ संकुचित गरिदिन्छ । र जेजति तिमीले अल्लाहको बाटोमा खर्च गर्यौ, त्यसको सट्टा तिमीलाई पूरा पूरा प्रतिफल दिनेछ । र ऊ सबैभन्दा राम्रो जीविका दिनेवाला हो’’ ।

Verse 40

وَيَوْمَ يَحْشُرُهُمْ جَمِيعًا ثُمَّ يَقُولُ لِلْمَلَـٰٓئِكَةِ أَهَـٰٓؤُلَآءِ إِيَّاكُمْ كَانُوا۟ يَعْبُدُونَ

Transliteration wayawma yaḥshuruhum jamīʿan thumma yaqūlu lil'malāikati ahāulāi iyyākum kānū yaʿbudūna

Nepali ४०) र जुन दिन उसले यी सबैलाई एकत्रित गर्नेछ, अनि फरिश्ताहरूसित भन्नेछः कि ‘‘के यी मानिसहरूले तिमीलाई पूजा गर्दथे’’ ?

Verse 41

قَالُوا۟ سُبْحَـٰنَكَ أَنتَ وَلِيُّنَا مِن دُونِهِم ۖ بَلْ كَانُوا۟ يَعْبُدُونَ ٱلْجِنَّ ۖ أَكْثَرُهُم بِهِم مُّؤْمِنُونَ

Transliteration qālū sub'ḥānaka anta waliyyunā min dūnihim bal kānū yaʿbudūna l-jina aktharuhum bihim mu'minūna

Nepali ४१) उनीहरूले भन्नेछन्ः ‘‘पवित्र छौ तिमी, हाम्रो निकटताको मधुर सम्बन्ध त तिमीसितै छ, उनीहरूसित होइन, बरु कुरा यो छ कि उनीहरूले जिन्नहरूको पूजा गर्नेगर्दथे, उनीहरूमध्ये धेरैले तिनीहरूमाथि नै विश्वास गर्दथे’’ ।

Verse 42

فَٱلْيَوْمَ لَا يَمْلِكُ بَعْضُكُمْ لِبَعْضٍ نَّفْعًا وَلَا ضَرًّا وَنَقُولُ لِلَّذِينَ ظَلَمُوا۟ ذُوقُوا۟ عَذَابَ ٱلنَّارِ ٱلَّتِى كُنتُم بِهَا تُكَذِّبُونَ

Transliteration fal-yawma lā yamliku baʿḍukum libaʿḍin nafʿan walā ḍarran wanaqūlu lilladhīna ẓalamū dhūqū ʿadhāba l-nāri allatī kuntum bihā tukadhibūna

Nepali ४२) ‘‘अतः आज नत तिमी परस्पर एक अर्कालाई लाभ पुर्याउने अधिकार राख्दछौ र नत हानिको’’ । र हामीले ती अत्याचारीहरूसित भन्ने छौं किः ‘‘अब त्यस आगोको यातनाको स्वाद चाख, जसलाई तिमीले असत्य भन्दै आएका छौ ।’’

Verse 43

وَإِذَا تُتْلَىٰ عَلَيْهِمْ ءَايَـٰتُنَا بَيِّنَـٰتٍ قَالُوا۟ مَا هَـٰذَآ إِلَّا رَجُلٌ يُرِيدُ أَن يَصُدَّكُمْ عَمَّا كَانَ يَعْبُدُ ءَابَآؤُكُمْ وَقَالُوا۟ مَا هَـٰذَآ إِلَّآ إِفْكٌ مُّفْتَرًى ۚ وَقَالَ ٱلَّذِينَ كَفَرُوا۟ لِلْحَقِّ لَمَّا جَآءَهُمْ إِنْ هَـٰذَآ إِلَّا سِحْرٌ مُّبِينٌ

Transliteration wa-idhā tut'lā ʿalayhim āyātunā bayyinātin qālū mā hādhā illā rajulun yurīdu an yaṣuddakum ʿammā kāna yaʿbudu ābāukum waqālū mā hādhā illā if'kun muf'taran waqāla alladhīna kafarū lil'ḥaqqi lammā jāahum in hādhā illā siḥ'run mubīnun

Nepali ४३) उनीहरूलाई जब हाम्रा स्पष्ट आयतहरू पढेर सुनाइन्छ । त उनीहरू भन्दछन्ः कि यो त मात्र यस्तो व्यक्ति हो जसले तिमीलाई तिम्रो पुर्खाका पूज्यहरूबाट रोक्न चाहन्छ । भन्दछन्ः ‘‘यो त एउटा मनगढन्त असत्य हो ।’’ र उनको पासमा सत्य आइसकेपछि पनि उनीहरू, भनिहालेः ‘‘यो त एउटा प्रत्यक्ष जादू हो ।’’

Verse 44

وَمَآ ءَاتَيْنَـٰهُم مِّن كُتُبٍ يَدْرُسُونَهَا ۖ وَمَآ أَرْسَلْنَآ إِلَيْهِمْ قَبْلَكَ مِن نَّذِيرٍ

Transliteration wamā ātaynāhum min kutubin yadrusūnahā wamā arsalnā ilayhim qablaka min nadhīrin

Nepali ४४) र यी मक्काबासीहरूलाई हामीले नत किताबहरू दियौं, जसलाई यिनीहरूले पढुन् र न तपाईंभन्दा पहिला उनीहरूतिर कुनै सचेतक पठाएका थियौं ।

Verse 45

وَكَذَّبَ ٱلَّذِينَ مِن قَبْلِهِمْ وَمَا بَلَغُوا۟ مِعْشَارَ مَآ ءَاتَيْنَـٰهُمْ فَكَذَّبُوا۟ رُسُلِى ۖ فَكَيْفَ كَانَ نَكِيرِ

Transliteration wakadhaba alladhīna min qablihim wamā balaghū miʿ'shāra mā ātaynāhum fakadhabū rusulī fakayfa kāna nakīri

Nepali ४५) र उनीहरूभन्दा पहिलाका मानिसहरूले पनि हाम्रो कुरालाई झूठा ठहराएका थिए र जेजति हामीले उनीहरूलाई दिएका थियौं यिनीहरू त्यसको दशौं भागसम्म पनि पुगेनन् । अनि उनीहरूले मेरा रसूलहरूलाई झूठा भने, त (हेर) मेरो सजाय कति कडा रह्यो ?

Verse 46

۞ قُلْ إِنَّمَآ أَعِظُكُم بِوَٰحِدَةٍ ۖ أَن تَقُومُوا۟ لِلَّهِ مَثْنَىٰ وَفُرَٰدَىٰ ثُمَّ تَتَفَكَّرُوا۟ ۚ مَا بِصَاحِبِكُم مِّن جِنَّةٍ ۚ إِنْ هُوَ إِلَّا نَذِيرٌ لَّكُم بَيْنَ يَدَىْ عَذَابٍ شَدِيدٍ

Transliteration qul innamā aʿiẓukum biwāḥidatin an taqūmū lillahi mathnā wafurādā thumma tatafakkarū mā biṣāḥibikum min jinnatin in huwa illā nadhīrun lakum bayna yaday ʿadhābin shadīdin

Nepali ४६) भनिदिनुस्ः ‘‘म तिमीलाई एउटै कुराको उपदेश गर्दछु कि अल्लाहको निम्ति दुई–दुई र एक–एक गरी उभिहाल, अनि विचार गर । तिम्रो यस साथीलाई कुनै उन्माद छैन । ऊ त एउटा कठोर यातना हुनुभन्दा अगाडि तिमीलाई सचेत गर्नेवाला नै हो’’ ।

Verse 47

قُلْ مَا سَأَلْتُكُم مِّنْ أَجْرٍ فَهُوَ لَكُمْ ۖ إِنْ أَجْرِىَ إِلَّا عَلَى ٱللَّهِ ۖ وَهُوَ عَلَىٰ كُلِّ شَىْءٍ شَهِيدٌ

Transliteration qul mā sa-altukum min ajrin fahuwa lakum in ajriya illā ʿalā l-lahi wahuwa ʿalā kulli shayin shahīdun

Nepali ४७) भन्नुस्ः मैले तिमीसँग कुनै बद्ला माँगेको छु भने त्यो तिम्रै लागि नै हो । मेरो पुरस्कार त मात्र अल्लाहको जिम्मामा छ र ऊ प्रत्येक कुराको साक्षी र जानकार छ’’ ।

Verse 48

قُلْ إِنَّ رَبِّى يَقْذِفُ بِٱلْحَقِّ عَلَّـٰمُ ٱلْغُيُوبِ

Transliteration qul inna rabbī yaqdhifu bil-ḥaqi ʿallāmu l-ghuyūbi

Nepali ४८) भनिदिनुस् कि ‘‘मेरो पालनकर्ताले माथिबाट सत्य वह्य पठाउँछ उसले परोक्ष कुरा जान्दछ’’ ।

Verse 49

قُلْ جَآءَ ٱلْحَقُّ وَمَا يُبْدِئُ ٱلْبَـٰطِلُ وَمَا يُعِيدُ

Transliteration qul jāa l-ḥaqu wamā yub'di-u l-bāṭilu wamā yuʿīdu

Nepali ४९) भनिदिनुस् ‘‘सत्य आइसकेको छ असत्यले नत अगाडि केही गर्न सक्यो र नगर्न सक्नेछ’’ ।

Verse 50

قُلْ إِن ضَلَلْتُ فَإِنَّمَآ أَضِلُّ عَلَىٰ نَفْسِى ۖ وَإِنِ ٱهْتَدَيْتُ فَبِمَا يُوحِىٓ إِلَىَّ رَبِّىٓ ۚ إِنَّهُۥ سَمِيعٌ قَرِيبٌ

Transliteration qul in ḍalaltu fa-innamā aḍillu ʿalā nafsī wa-ini ih'tadaytu fabimā yūḥī ilayya rabbī innahu samīʿun qarībun

Nepali ५०) भनिदिनुस्ः ‘‘यदि म विचलित हुन्छु भने मेरो विचलनको दोष ममाथि नै हुनेछ । र यदि म सोझो मार्गमा छु, भने यसको कारण त्यो वह्य हो जुन कि मेरो पालनहारले मतिर पठाउँछ । ऊ सबै कुरा सुन्दछ र धेरै नजिक छ ।

Verse 51

وَلَوْ تَرَىٰٓ إِذْ فَزِعُوا۟ فَلَا فَوْتَ وَأُخِذُوا۟ مِن مَّكَانٍ قَرِيبٍ

Transliteration walaw tarā idh faziʿū falā fawta wa-ukhidhū min makānin qarībin

Nepali ५१) र यदि तपाईंले त्यो समय देख्नुहुन्छ जब काफिरहरू आत्तिएका हुनेछन्, अनि बाँचेर भाग्न सक्ने कुनै तरिका हुनेछैन र नजिकबाट समातिनेछन् ।

Verse 52

وَقَالُوٓا۟ ءَامَنَّا بِهِۦ وَأَنَّىٰ لَهُمُ ٱلتَّنَاوُشُ مِن مَّكَانٍۭ بَعِيدٍ

Transliteration waqālū āmannā bihi wa-annā lahumu l-tanāwushu min makānin baʿīdin

Nepali ५२) यसबेला भन्नेछन्ः कि ‘‘हामीले यस कुरआनमाथि ईमान ल्यायौं ।’’ तर उनीहरूको निम्ति कहाँ सम्भव छ कि यति टाढा उसलाई पाउनसकुन् ।

Verse 53

وَقَدْ كَفَرُوا۟ بِهِۦ مِن قَبْلُ ۖ وَيَقْذِفُونَ بِٱلْغَيْبِ مِن مَّكَانٍۭ بَعِيدٍ

Transliteration waqad kafarū bihi min qablu wayaqdhifūna bil-ghaybi min makānin baʿīdin

Nepali ५३) यसभन्दा पहिला त उनीहरूले यसको इन्कार गरे र टाढाबाट नदेखिकन्, अड्कलबाजी गरिरहे ।

Verse 54

وَحِيلَ بَيْنَهُمْ وَبَيْنَ مَا يَشْتَهُونَ كَمَا فُعِلَ بِأَشْيَاعِهِم مِّن قَبْلُ ۚ إِنَّهُمْ كَانُوا۟ فِى شَكٍّ مُّرِيبٍۭ

Transliteration waḥīla baynahum wabayna mā yashtahūna kamā fuʿila bi-ashyāʿihim min qablu innahum kānū fī shakkin murībin

Nepali ५४) उनीहरू र उनीहरूका इच्छाहरूको बीचमा रोक लगाइनेछ, जुन प्रकारले यसभन्दा अगाडि पनि उनका सहमार्गीहरूसँग गरियो । उनी पनि निश्चय नै (उनीहरू जस्तै) सन्देह र असमंजसमा थिए ।

Read Surah Saba in another language

All languages

All 114 surahs in Nepali: the Qur’an in Nepali.

Learn it in MyDugsi

Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.