Surah Luqman in Nepali: translation and audio
Surah 31 · لقمان · Luqman · 34 verses
Surah Luqman verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Luqman word by word in English.
Verse 1
الٓمٓ
Transliteration alif-lam-meem
Nepali १) अलिफ–लाम–मीम् ।
Verse 2
تِلْكَ ءَايَـٰتُ ٱلْكِتَـٰبِ ٱلْحَكِيمِ
Transliteration til'ka āyātu l-kitābi l-ḥakīmi
Nepali २) यो तत्वज्ञानले परिपूर्ण किताबका आयतहरू हुन् ।
Verse 3
هُدًى وَرَحْمَةً لِّلْمُحْسِنِينَ
Transliteration hudan waraḥmatan lil'muḥ'sinīna
Nepali ३) जो राम्रो काम गर्नेहरूको (उपकारीहरूको) निम्ति मार्गदर्शन र कृपा हो ।
Verse 4
ٱلَّذِينَ يُقِيمُونَ ٱلصَّلَوٰةَ وَيُؤْتُونَ ٱلزَّكَوٰةَ وَهُم بِٱلْـَٔاخِرَةِ هُمْ يُوقِنُونَ
Transliteration alladhīna yuqīmūna l-ṣalata wayu'tūna l-zakata wahum bil-ākhirati hum yūqinūna
Nepali ४) जसले नमाजको आयोजन गर्छन् र जकात दिन्छन् र आखिरत (अन्तिमदिन) माथि आस्था राख्दछन् ।
Verse 5
أُو۟لَـٰٓئِكَ عَلَىٰ هُدًى مِّن رَّبِّهِمْ ۖ وَأُو۟لَـٰٓئِكَ هُمُ ٱلْمُفْلِحُونَ
Transliteration ulāika ʿalā hudan min rabbihim wa-ulāika humu l-muf'liḥūna
Nepali ५) यिनै हुन् जो आफ्नो पालनकर्ताको तर्फबाट सत्यमार्गमा छन् र तिनै सफल हुनेछन् ।
Verse 6
وَمِنَ ٱلنَّاسِ مَن يَشْتَرِى لَهْوَ ٱلْحَدِيثِ لِيُضِلَّ عَن سَبِيلِ ٱللَّهِ بِغَيْرِ عِلْمٍ وَيَتَّخِذَهَا هُزُوًا ۚ أُو۟لَـٰٓئِكَ لَهُمْ عَذَابٌ مُّهِينٌ
Transliteration wamina l-nāsi man yashtarī lahwa l-ḥadīthi liyuḍilla ʿan sabīli l-lahi bighayri ʿil'min wayattakhidhahā huzuwan ulāika lahum ʿadhābun muhīnun
Nepali ६) र कोही यस्ता पनि छन्, जसले कपोलकल्पित कुराहरू किन्दछन्, ताकि मानिसहरूलाई अज्ञानताको साथ अल्लाहको मार्गबाट विचलित गरुन् र त्यसको उपहास गरुन । यी नै हुन् जसका निम्ति अपमानजनक यातना छ ।
Verse 7
وَإِذَا تُتْلَىٰ عَلَيْهِ ءَايَـٰتُنَا وَلَّىٰ مُسْتَكْبِرًا كَأَن لَّمْ يَسْمَعْهَا كَأَنَّ فِىٓ أُذُنَيْهِ وَقْرًا ۖ فَبَشِّرْهُ بِعَذَابٍ أَلِيمٍ
Transliteration wa-idhā tut'lā ʿalayhi āyātunā wallā mus'takbiran ka-an lam yasmaʿhā ka-anna fī udhunayhi waqran fabashir'hu biʿadhābin alīmin
Nepali ७) जब उसको सामु हाम्रा आयतहरूलाई सुनाइन्छ तब घमण्डले यसरी मुख फर्काइहाल्छ, जस्तोकि सुनेकै छैन, मानौ उनका कानहरूमा बिर्काे लागेका छन्, तसर्थ उसलाई तपाईंले दुःखद यातनाको सूचना सुनाइदिनुस् ।
Verse 8
إِنَّ ٱلَّذِينَ ءَامَنُوا۟ وَعَمِلُوا۟ ٱلصَّـٰلِحَـٰتِ لَهُمْ جَنَّـٰتُ ٱلنَّعِيمِ
Transliteration inna alladhīna āmanū waʿamilū l-ṣāliḥāti lahum jannātu l-naʿīmi
Nepali ८) निःसन्देह जसले ईमान ल्याए र असल कामहरू गरिरहे, उनीहरूको निम्ति उपहारयुक्त स्वर्गहरू छन् ।
Verse 9
خَـٰلِدِينَ فِيهَا ۖ وَعْدَ ٱللَّهِ حَقًّا ۚ وَهُوَ ٱلْعَزِيزُ ٱلْحَكِيمُ
Transliteration khālidīna fīhā waʿda l-lahi ḥaqqan wahuwa l-ʿazīzu l-ḥakīmu
Nepali ९) तिनीहरू सधैं त्यसमा बास गर्नेछन् । अल्लाहको यो सत्य वचन हो, जो अत्यन्त सम्मानित र अधिपत्यशाली र तत्वदर्शी छ ।
Verse 10
خَلَقَ ٱلسَّمَـٰوَٰتِ بِغَيْرِ عَمَدٍ تَرَوْنَهَا ۖ وَأَلْقَىٰ فِى ٱلْأَرْضِ رَوَٰسِىَ أَن تَمِيدَ بِكُمْ وَبَثَّ فِيهَا مِن كُلِّ دَآبَّةٍ ۚ وَأَنزَلْنَا مِنَ ٱلسَّمَآءِ مَآءً فَأَنۢبَتْنَا فِيهَا مِن كُلِّ زَوْجٍ كَرِيمٍ
Transliteration khalaqa l-samāwāti bighayri ʿamadin tarawnahā wa-alqā fī l-arḍi rawāsiya an tamīda bikum wabatha fīhā min kulli dābbatin wa-anzalnā mina l-samāi māan fa-anbatnā fīhā min kulli zawjin karīmin
Nepali १०) उसैले आकाशहरूलाई स्तम्भ बिना सृष्टि गर्यो जस्तो तिमीले देख्दछौ, र उसले धरतीमा पहाड स्थापित गरिदियो, ताकि यसले तिमीलाई नहल्लाइदेओस्, र त्यसमा हरेक प्रकारका जनावरहरू फैलाइदियो, र हामीले आकाशबाट पानी बर्षाएर पृथ्वीमा हरेक किसिमका सुन्दर जोडाहरू उत्पादन गर्यौं ।
Verse 11
هَـٰذَا خَلْقُ ٱللَّهِ فَأَرُونِى مَاذَا خَلَقَ ٱلَّذِينَ مِن دُونِهِۦ ۚ بَلِ ٱلظَّـٰلِمُونَ فِى ضَلَـٰلٍ مُّبِينٍ
Transliteration hādhā khalqu l-lahi fa-arūnī mādhā khalaqa alladhīna min dūnihi bali l-ẓālimūna fī ḍalālin mubīnin
Nepali ११) यो हो अल्लाहको सृष्टि । अब तिमीहरूले मलाई अल्लाह बाहेक अरु (पूज्यहरू) को कुनै सृष्टि देखाऊ । (त्यस्तो केही छैन) सत्य त यो छ कि यी अत्याचारीहरू स्पष्टरूपले मार्गविचलित छन् ।
Verse 12
وَلَقَدْ ءَاتَيْنَا لُقْمَـٰنَ ٱلْحِكْمَةَ أَنِ ٱشْكُرْ لِلَّهِ ۚ وَمَن يَشْكُرْ فَإِنَّمَا يَشْكُرُ لِنَفْسِهِۦ ۖ وَمَن كَفَرَ فَإِنَّ ٱللَّهَ غَنِىٌّ حَمِيدٌ
Transliteration walaqad ātaynā luq'māna l-ḥik'mata ani ush'kur lillahi waman yashkur fa-innamā yashkuru linafsihi waman kafara fa-inna l-laha ghaniyyun ḥamīdun
Nepali १२) र निश्चय नै हामीले लुकमान (अलैहिस्सलाम) लाई कौशल प्रदान गरेका थियौं, कि तिमीले अल्लाहप्रति कृतज्ञता दर्शाऊ, र जसले कृतज्ञता प्रकट गर्दछ, त्यो आफ्नो भलोको लागि नै गर्दछ । र जसले कृतज्ञता देखाउँदैन ऊ जानिराखोस् कि अल्लाह वास्तवमा निस्पृह र प्रशंसनीय छ ।
Verse 13
وَإِذْ قَالَ لُقْمَـٰنُ لِٱبْنِهِۦ وَهُوَ يَعِظُهُۥ يَـٰبُنَىَّ لَا تُشْرِكْ بِٱللَّهِ ۖ إِنَّ ٱلشِّرْكَ لَظُلْمٌ عَظِيمٌ
Transliteration wa-idh qāla luq'mānu li-ib'nihi wahuwa yaʿiẓuhu yābunayya lā tush'rik bil-lahi inna l-shir'ka laẓul'mun ʿaẓīmun
Nepali १३) र (स्मरण गर) जब लुकमानले आफ्नो छोरालाई उपदेश गर्दै भनेः कि मेरो प्यारो छोरा ! अल्लाहको साथमा कसैलाई साझेदार नठहराउनु, निश्चय नै शिर्क (बहुदेववाद) ठूलो अत्याचार हो ।
Verse 14
وَوَصَّيْنَا ٱلْإِنسَـٰنَ بِوَٰلِدَيْهِ حَمَلَتْهُ أُمُّهُۥ وَهْنًا عَلَىٰ وَهْنٍ وَفِصَـٰلُهُۥ فِى عَامَيْنِ أَنِ ٱشْكُرْ لِى وَلِوَٰلِدَيْكَ إِلَىَّ ٱلْمَصِيرُ
Transliteration wawaṣṣaynā l-insāna biwālidayhi ḥamalathu ummuhu wahnan ʿalā wahnin wafiṣāluhu fī ʿāmayni ani ush'kur lī waliwālidayka ilayya l-maṣīru
Nepali १४) र हामीले मानिसलाई उसको आमा–बाबुको सम्बन्धमा सचेत गरेकाछौं, कि यसको आमाले कष्टमाथि कष्ट सहेर उसलाई गर्भमा बोकी राख्छे र दुई वर्षमा उसको दूध छोडाउनु पर्नेहुन्छ ! जसबाट तिमीले मेरो र आफ्नो आमा बाबुको कृतज्ञता प्रकट गर । (किनकि) मतिरै फर्कि आउनु पर्नेछ ।
Verse 15
وَإِن جَـٰهَدَاكَ عَلَىٰٓ أَن تُشْرِكَ بِى مَا لَيْسَ لَكَ بِهِۦ عِلْمٌ فَلَا تُطِعْهُمَا ۖ وَصَاحِبْهُمَا فِى ٱلدُّنْيَا مَعْرُوفًا ۖ وَٱتَّبِعْ سَبِيلَ مَنْ أَنَابَ إِلَىَّ ۚ ثُمَّ إِلَىَّ مَرْجِعُكُمْ فَأُنَبِّئُكُم بِمَا كُنتُمْ تَعْمَلُونَ
Transliteration wa-in jāhadāka ʿalā an tush'rika bī mā laysa laka bihi ʿil'mun falā tuṭiʿ'humā waṣāḥib'humā fī l-dun'yā maʿrūfan wa-ittabiʿ sabīla man anāba ilayya thumma ilayya marjiʿukum fa-unabbi-ukum bimā kuntum taʿmalūna
Nepali १५) र यदि ती दुवैले तिमीहरूमाथि यसकुराको दबाव दिन्छन्, कि तिमीले कसैलाई मेरो साथमा साझीदार ठहराऊ जसको तिमीलाई ज्ञान छैन, त उनीहरूको कुरा नमान्नु र सांसारिक कामहरूमा उनीहरूको राम्रो साथ दिनु, र जुन व्यक्ति मतिर प्रवृत्त हुन्छ, उसको मार्गमा हिंड्नु । र तिमी सबैलाई मतिर फर्कि आउनु छ । अनि जुन काम तिमी गरिराखेका हुन्छौ, म तिमीलाई सबै बताउनेछु ।
Verse 16
يَـٰبُنَىَّ إِنَّهَآ إِن تَكُ مِثْقَالَ حَبَّةٍ مِّنْ خَرْدَلٍ فَتَكُن فِى صَخْرَةٍ أَوْ فِى ٱلسَّمَـٰوَٰتِ أَوْ فِى ٱلْأَرْضِ يَأْتِ بِهَا ٱللَّهُ ۚ إِنَّ ٱللَّهَ لَطِيفٌ خَبِيرٌ
Transliteration yābunayya innahā in taku mith'qāla ḥabbatin min khardalin fatakun fī ṣakhratin aw fī l-samāwāti aw fī l-arḍi yati bihā l-lahu inna l-laha laṭīfun khabīrun
Nepali १६) (लुकमानले भने कि) प्यारो छोरा ! यदि कुनै कुरा रायोको दाना (गेडा) बराबर होस् र त्यो कुनै चट्टानको बीचमा होस् वा आकाशहरूमा वा धरतीमा होस्, अल्लाहले त्यसलाई उपस्थित गर्नेछ । निःसन्देह अल्लाह अत्यन्त सूक्ष्मदर्शी (र) जानकार पनि छ ।
Verse 17
يَـٰبُنَىَّ أَقِمِ ٱلصَّلَوٰةَ وَأْمُرْ بِٱلْمَعْرُوفِ وَٱنْهَ عَنِ ٱلْمُنكَرِ وَٱصْبِرْ عَلَىٰ مَآ أَصَابَكَ ۖ إِنَّ ذَٰلِكَ مِنْ عَزْمِ ٱلْأُمُورِ
Transliteration yābunayya aqimi l-ṣalata wamur bil-maʿrūfi wa-in'ha ʿani l-munkari wa-iṣ'bir ʿalā mā aṣābaka inna dhālika min ʿazmi l-umūri
Nepali १७) हे मेरो प्यारो छोरो ! तिमी नमाजको आयोजन गर, भलाईको आदेश दिनेगर नराम्रो कर्मबाट रोक र जुनसुकै दुःख पनि तिमीमाथि आइपरे त्यसमा धैर्य राख, निःसन्देह यी अनिवार्य र दृढ संकल्पका काम हुन् ।
Verse 18
وَلَا تُصَعِّرْ خَدَّكَ لِلنَّاسِ وَلَا تَمْشِ فِى ٱلْأَرْضِ مَرَحًا ۖ إِنَّ ٱللَّهَ لَا يُحِبُّ كُلَّ مُخْتَالٍ فَخُورٍ
Transliteration walā tuṣaʿʿir khaddaka lilnnāsi walā tamshi fī l-arḍi maraḥan inna l-laha lā yuḥibbu kulla mukh'tālin fakhūrin
Nepali १८) मानिसहरू सम्मुख मुख नफुलाऊ र धरतीमा अहंकार गरी नहिंडनु । निश्चयनै अल्लाहले कुनै अहंकारी र घमण्डीलाई रुचाउँदैन ।
Verse 19
وَٱقْصِدْ فِى مَشْيِكَ وَٱغْضُضْ مِن صَوْتِكَ ۚ إِنَّ أَنكَرَ ٱلْأَصْوَٰتِ لَصَوْتُ ٱلْحَمِيرِ
Transliteration wa-iq'ṣid fī mashyika wa-ugh'ḍuḍ min ṣawtika inna ankara l-aṣwāti laṣawtu l-ḥamīri
Nepali १९) आफ्नो चालमा सहजता र सन्तुलन कायम राख र आफ्नो आवाज नरम राख ! निःसन्देह आवाजहरूमध्ये सबैभन्दा नराम्रो स्वर, गधहाहरूको स्वर हुन्छ ।
Verse 20
أَلَمْ تَرَوْا۟ أَنَّ ٱللَّهَ سَخَّرَ لَكُم مَّا فِى ٱلسَّمَـٰوَٰتِ وَمَا فِى ٱلْأَرْضِ وَأَسْبَغَ عَلَيْكُمْ نِعَمَهُۥ ظَـٰهِرَةً وَبَاطِنَةً ۗ وَمِنَ ٱلنَّاسِ مَن يُجَـٰدِلُ فِى ٱللَّهِ بِغَيْرِ عِلْمٍ وَلَا هُدًى وَلَا كِتَـٰبٍ مُّنِيرٍ
Transliteration alam taraw anna l-laha sakhara lakum mā fī l-samāwāti wamā fī l-arḍi wa-asbagha ʿalaykum niʿamahu ẓāhiratan wabāṭinatan wamina l-nāsi man yujādilu fī l-lahi bighayri ʿil'min walā hudan walā kitābin munīrin
Nepali २०) के तिमीले देखेनौं, कि अल्लाहले, जे जति आकाशहरू र धरतीमा छन्, सबैलाई तिम्रो काममा लगाइराखेको छ र उसले तिमीमाथि आफ्नो प्रत्यक्ष र परोक्ष अनुकम्पाहरू पूरै दिइराखेको छ ? केही मानिसहरूले अल्लाहको विषयमा बिना कुनै ज्ञान, बिना कुनै मार्गदर्शन र बिना कुनै प्रकाशमान किताबको आधारमा, झगडा गर्दछन् ।
Verse 21
وَإِذَا قِيلَ لَهُمُ ٱتَّبِعُوا۟ مَآ أَنزَلَ ٱللَّهُ قَالُوا۟ بَلْ نَتَّبِعُ مَا وَجَدْنَا عَلَيْهِ ءَابَآءَنَآ ۚ أَوَلَوْ كَانَ ٱلشَّيْطَـٰنُ يَدْعُوهُمْ إِلَىٰ عَذَابِ ٱلسَّعِيرِ
Transliteration wa-idhā qīla lahumu ittabiʿū mā anzala l-lahu qālū bal nattabiʿu mā wajadnā ʿalayhi ābāanā awalaw kāna l-shayṭānu yadʿūhum ilā ʿadhābi l-saʿīri
Nepali २१) र जब उनीहरूसित भनिन्छ, ‘‘कि त्यस कुराको अनुशरण गर जुन कि अल्लाहले वह्य मार्फत अवतरित गरेको छ’’, तब भन्छन् कि ‘‘(होइन) बरु हामीले त त्यस कुराको अनुशरण गर्नेछौं, जसमा हामीले आफ्नो बाउ–बाजेलाई पाएका छौैं ।’’ यद्यपि शैतानले उनीहरूलाई नर्कको यातनातिर बोलाउँदछ, (तैपनि?)
Verse 22
۞ وَمَن يُسْلِمْ وَجْهَهُۥٓ إِلَى ٱللَّهِ وَهُوَ مُحْسِنٌ فَقَدِ ٱسْتَمْسَكَ بِٱلْعُرْوَةِ ٱلْوُثْقَىٰ ۗ وَإِلَى ٱللَّهِ عَـٰقِبَةُ ٱلْأُمُورِ
Transliteration waman yus'lim wajhahu ilā l-lahi wahuwa muḥ'sinun faqadi is'tamsaka bil-ʿur'wati l-wuth'qā wa-ilā l-lahi ʿāqibatu l-umūri
Nepali २२) र जसले आज्ञाकारिताको साथ आफूलाई अल्लाहको अधीन गर्दछ र ऊ असल काम गर्ने पनि होओस् त उसले बलियो सहारा समातिहाल्यो । सम्पूर्ण कुराहरूको परिणति अल्लाहतिर नै छ ।
Verse 23
وَمَن كَفَرَ فَلَا يَحْزُنكَ كُفْرُهُۥٓ ۚ إِلَيْنَا مَرْجِعُهُمْ فَنُنَبِّئُهُم بِمَا عَمِلُوٓا۟ ۚ إِنَّ ٱللَّهَ عَلِيمٌۢ بِذَاتِ ٱلصُّدُورِ
Transliteration waman kafara falā yaḥzunka kuf'ruhu ilaynā marjiʿuhum fanunabbi-uhum bimā ʿamilū inna l-laha ʿalīmun bidhāti l-ṣudūri
Nepali २३) काफिरहरूको इन्कारबाट तपार्इं दुःखी नहुनुस्, अन्ततः हाम्रैतर्फ उनीहरूले फर्केर आउनु छ । अनि जे जति उनीहरूले गरिराखेका छन्, हामीहरूले उनीहरूलाई अवगत गराउनेछौं । निःसन्देह अल्लाह (हृदय) छातीभित्र (लुके)को कुरार्लाइ पनि जान्दछ ।
Verse 24
نُمَتِّعُهُمْ قَلِيلًا ثُمَّ نَضْطَرُّهُمْ إِلَىٰ عَذَابٍ غَلِيظٍ
Transliteration numattiʿuhum qalīlan thumma naḍṭarruhum ilā ʿadhābin ghalīẓin
Nepali २४) हामीले उनीहरूलाई त्यसै केही फाइदा गराइदिन्छौं । तर (अन्तमा) हामीले उनीहरूलाई विवश पारी एउटा कठोर यातनातिर तानेर लैजानेछौं ।
Verse 25
وَلَئِن سَأَلْتَهُم مَّنْ خَلَقَ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضَ لَيَقُولُنَّ ٱللَّهُ ۚ قُلِ ٱلْحَمْدُ لِلَّهِ ۚ بَلْ أَكْثَرُهُمْ لَا يَعْلَمُونَ
Transliteration wala-in sa-altahum man khalaqa l-samāwāti wal-arḍa layaqūlunna l-lahu quli l-ḥamdu lillahi bal aktharuhum lā yaʿlamūna
Nepali २५) यदि तपार्इं उनीहरूसँग सोध्नुहुन्छ कि आकाशहरू र धरतीको सृष्टिकर्ता को हो? त उनीहरूले अवश्य भनिहाल्नेछन्ः कि ‘‘अल्लाह हो’’ अनि भनिदिनुस्ः कि सबै प्रशंसा पनि अल्लाहकै निम्ति हो ! तर उनीहरूमध्ये धेरै अज्ञानी छन् ।
Verse 26
لِلَّهِ مَا فِى ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ ۚ إِنَّ ٱللَّهَ هُوَ ٱلْغَنِىُّ ٱلْحَمِيدُ
Transliteration lillahi mā fī l-samāwāti wal-arḍi inna l-laha huwa l-ghaniyu l-ḥamīdu
Nepali २६) जे जति आकाश र धरतीमा छ सबै अल्लाहकै हो निःसन्देह अल्लाह ठूलो निस्पृह, र प्रशंसित छ ।
Verse 27
وَلَوْ أَنَّمَا فِى ٱلْأَرْضِ مِن شَجَرَةٍ أَقْلَـٰمٌ وَٱلْبَحْرُ يَمُدُّهُۥ مِنۢ بَعْدِهِۦ سَبْعَةُ أَبْحُرٍ مَّا نَفِدَتْ كَلِمَـٰتُ ٱللَّهِ ۗ إِنَّ ٱللَّهَ عَزِيزٌ حَكِيمٌ
Transliteration walaw annamā fī l-arḍi min shajaratin aqlāmun wal-baḥru yamudduhu min baʿdihi sabʿatu abḥurin mā nafidat kalimātu l-lahi inna l-laha ʿazīzun ḥakīmun
Nepali २७) धरतीमा जति रुखहरू छन्, यदि ती सबै कलम भइहालुन् र समस्त समुद्र(का पानी) त्यसका मसी भइहालोस् त्यसपछि सात अन्य समुंद्र होउन् तै पनि अल्लाहका कुराहरू समाप्त हुनसक्ने छैनन् निःसन्देह अल्लाह अत्यन्त अधिपत्यशाली र तत्वदर्शी छ ।
Verse 28
مَّا خَلْقُكُمْ وَلَا بَعْثُكُمْ إِلَّا كَنَفْسٍ وَٰحِدَةٍ ۗ إِنَّ ٱللَّهَ سَمِيعٌۢ بَصِيرٌ
Transliteration mā khalqukum walā baʿthukum illā kanafsin wāḥidatin inna l-laha samīʿun baṣīrun
Nepali २८) तिमी सबैको सृष्टि गर्नु र तिमी सबैलाई मृत्युपछि पुनः जीवित गर्नु त यस्तो छ, जस्तो कि एउटा जीउलाई सृष्टि गर्नु । निःसन्देह अल्लाह सबै कुरा सुन्दछ, देख्दछ ।
Verse 29
أَلَمْ تَرَ أَنَّ ٱللَّهَ يُولِجُ ٱلَّيْلَ فِى ٱلنَّهَارِ وَيُولِجُ ٱلنَّهَارَ فِى ٱلَّيْلِ وَسَخَّرَ ٱلشَّمْسَ وَٱلْقَمَرَ كُلٌّ يَجْرِىٓ إِلَىٰٓ أَجَلٍ مُّسَمًّى وَأَنَّ ٱللَّهَ بِمَا تَعْمَلُونَ خَبِيرٌ
Transliteration alam tara anna l-laha yūliju al-layla fī l-nahāri wayūliju l-nahāra fī al-layli wasakhara l-shamsa wal-qamara kullun yajrī ilā ajalin musamman wa-anna l-laha bimā taʿmalūna khabīrun
Nepali २९) के तपाईं देख्नुहुन्न कि अल्लाहले रातलाई दिनमा प्रविष्ट गर्दछ र दिनलाई रातमा प्रविष्ट गर्दछ ! र उसले सूर्य र चन्द्रलाई आज्ञाकारी बनाइराखेको छ कि प्रत्येक एक निर्धारित समयसम्म चलिराखेको छ । र तिमीले जेजति गर्दछौ, अल्लाह त्यसको पूर्ण जानकारी राख्दछ ।
Verse 30
ذَٰلِكَ بِأَنَّ ٱللَّهَ هُوَ ٱلْحَقُّ وَأَنَّ مَا يَدْعُونَ مِن دُونِهِ ٱلْبَـٰطِلُ وَأَنَّ ٱللَّهَ هُوَ ٱلْعَلِىُّ ٱلْكَبِيرُ
Transliteration dhālika bi-anna l-laha huwa l-ḥaqu wa-anna mā yadʿūna min dūnihi l-bāṭilu wa-anna l-laha huwa l-ʿaliyu l-kabīru
Nepali ३०) यी सबै (प्रबन्धहरू) यस कारण छन्, कि अल्लाह नै सत्य हो र उसलाई छाडेर जस जसलाई यिनीहरू पुकार्दछन्, उनीहरू असत्य छन् । र निश्चय नै अल्लाह सर्वोच्च र शानवाला छ ।
Verse 31
أَلَمْ تَرَ أَنَّ ٱلْفُلْكَ تَجْرِى فِى ٱلْبَحْرِ بِنِعْمَتِ ٱللَّهِ لِيُرِيَكُم مِّنْ ءَايَـٰتِهِۦٓ ۚ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَـٰتٍ لِّكُلِّ صَبَّارٍ شَكُورٍ
Transliteration alam tara anna l-ful'ka tajrī fī l-baḥri biniʿ'mati l-lahi liyuriyakum min āyātihi inna fī dhālika laāyātin likulli ṣabbārin shakūrin
Nepali ३१) के तिमी यसमा विचार गर्दैनौ कि समुद्रमा अल्लाहकै अनुग्रहबाट डुङ्गाहरू चल्छन्, ताकि उसले तिमीहरूलाई आफ्ना केही निशानीहरू देखाओस् । निःसन्देह यसमा प्रत्येक धैर्यवान, र कृतज्ञको निम्ति धेरै निशानीहरू छन् ।
Verse 32
وَإِذَا غَشِيَهُم مَّوْجٌ كَٱلظُّلَلِ دَعَوُا۟ ٱللَّهَ مُخْلِصِينَ لَهُ ٱلدِّينَ فَلَمَّا نَجَّىٰهُمْ إِلَى ٱلْبَرِّ فَمِنْهُم مُّقْتَصِدٌ ۚ وَمَا يَجْحَدُ بِـَٔايَـٰتِنَآ إِلَّا كُلُّ خَتَّارٍ كَفُورٍ
Transliteration wa-idhā ghashiyahum mawjun kal-ẓulali daʿawū l-laha mukh'liṣīna lahu l-dīna falammā najjāhum ilā l-bari famin'hum muq'taṣidun wamā yajḥadu biāyātinā illā kullu khattārin kafūrin
Nepali ३२) र जब (समुंद्रका) तरङ्गहरूले तिनीहरूलाई छायाछत्र (पाल) जस्तै छोपिहाल्छन् तब उनले विश्वासको साथ अल्लाहलाई नै पुकार्छन्, अनि जब अल्लाहले उनीहरूलाई बचाएर स्थलसम्म पुर्याइदिन्छ, तब उनीहरूमध्ये केही मानिसहरू मात्र सन्तुलित मार्गमा हिंडछन्, र हाम्रा आयतहरूको इन्कार ती व्यक्तिहरूले मात्र गर्दछन् जो विश्वासघाती, र कृतघ्न हुन्छन् ।
Verse 33
يَـٰٓأَيُّهَا ٱلنَّاسُ ٱتَّقُوا۟ رَبَّكُمْ وَٱخْشَوْا۟ يَوْمًا لَّا يَجْزِى وَالِدٌ عَن وَلَدِهِۦ وَلَا مَوْلُودٌ هُوَ جَازٍ عَن وَالِدِهِۦ شَيْـًٔا ۚ إِنَّ وَعْدَ ٱللَّهِ حَقٌّ ۖ فَلَا تَغُرَّنَّكُمُ ٱلْحَيَوٰةُ ٱلدُّنْيَا وَلَا يَغُرَّنَّكُم بِٱللَّهِ ٱلْغَرُورُ
Transliteration yāayyuhā l-nāsu ittaqū rabbakum wa-ikh'shaw yawman lā yajzī wālidun ʿan waladihi walā mawlūdun huwa jāzin ʿan wālidihi shayan inna waʿda l-lahi ḥaqqun falā taghurrannakumu l-ḥayatu l-dun'yā walā yaghurrannakum bil-lahi l-gharūru
Nepali ३३) हे मानिसहरू ! आफ्नो पालनकर्तासित डर मान र त्यस दिनसित पनि तर्स जब कि नत बाबु आफ्नो छोराको कुनै काम आउनेछ, नत छोरा बाबुको कुनै काम आउने छ । निश्चय नै अल्लाहको वचन सत्य छ । (हेर) सांसारिक जीवनले कदापि तिमीलाई धोकामा नपारोस्, र नत अल्लाहको विषयमा धोकेबाज (शैतान)ले तिमीलाई भ्रममा पारोस् ।
Verse 34
إِنَّ ٱللَّهَ عِندَهُۥ عِلْمُ ٱلسَّاعَةِ وَيُنَزِّلُ ٱلْغَيْثَ وَيَعْلَمُ مَا فِى ٱلْأَرْحَامِ ۖ وَمَا تَدْرِى نَفْسٌ مَّاذَا تَكْسِبُ غَدًا ۖ وَمَا تَدْرِى نَفْسٌۢ بِأَىِّ أَرْضٍ تَمُوتُ ۚ إِنَّ ٱللَّهَ عَلِيمٌ خَبِيرٌۢ
Transliteration inna l-laha ʿindahu ʿil'mu l-sāʿati wayunazzilu l-ghaytha wayaʿlamu mā fī l-arḥāmi wamā tadrī nafsun mādhā taksibu ghadan wamā tadrī nafsun bi-ayyi arḍin tamūtu inna l-laha ʿalīmun khabīrun
Nepali ३४) निःसन्देह कियामत (अन्तिमदिन) को ज्ञान अल्लाहलाई नै छ । र उसैले जल बृष्टि गराउँछ र उसैले गर्भाशयहरूमा भएको कुरा जान्दछ (अर्थात नर छ कि मादा) । र कुनै व्यक्तिलाई थाहा छैन कि भोली उसले के गर्नेछ । र कुनै मानिसलाई थाहा छैन कि कुन भू–भागमा उसको मृत्यु हुने छ । (यादराख)अल्लाह नै सबै जान्नेवाला, र प्रत्येक कुरोसित अवगत छ ।
Read Surah Luqman in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.