Surah An-Najm in Nepali: translation and audio
Surah 53 · النجم · The Star · 62 verses
Surah An-Najm verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah An-Najm word by word in English.
Verse 1
وَٱلنَّجْمِ إِذَا هَوَىٰ
Transliteration wal-najmi idhā hawā
Nepali १) ताराको कसम, जब त्यो तल खस्छ ।
Verse 2
مَا ضَلَّ صَاحِبُكُمْ وَمَا غَوَىٰ
Transliteration mā ḍalla ṣāḥibukum wamā ghawā
Nepali २) तिम्रो साथी (मुहम्मद ) न त बाटो बिर्सेका छन् न भ्रमित छन् ।
Verse 3
وَمَا يَنطِقُ عَنِ ٱلْهَوَىٰٓ
Transliteration wamā yanṭiqu ʿani l-hawā
Nepali ३) र उनी आफ्नो इच्छाले केही भन्दैनन् ।
Verse 4
إِنْ هُوَ إِلَّا وَحْىٌ يُوحَىٰ
Transliteration in huwa illā waḥyun yūḥā
Nepali ४) त्यो त मात्र वह्य हो जुन (उनीमाथि) पठाइँदै छ ।
Verse 5
عَلَّمَهُۥ شَدِيدُ ٱلْقُوَىٰ
Transliteration ʿallamahu shadīdu l-quwā
Nepali ५) उनलाई ठूलो शक्तिवाला अल्लाहको दूत (जिब्रील) ले सिकाएको छ ।
Verse 6
ذُو مِرَّةٍ فَٱسْتَوَىٰ
Transliteration dhū mirratin fa-is'tawā
Nepali ६) त्यो शक्तिशाली छ अनि उनी सिधा ठाडो भइहाले,
Verse 7
وَهُوَ بِٱلْأُفُقِ ٱلْأَعْلَىٰ
Transliteration wahuwa bil-ufuqi l-aʿlā
Nepali ७) र उनी आकाशको उच्चतम भागमा थिए ।
Verse 8
ثُمَّ دَنَا فَتَدَلَّىٰ
Transliteration thumma danā fatadallā
Nepali ८) अनि उनी निकट भए र उतरी आए ।
Verse 9
فَكَانَ قَابَ قَوْسَيْنِ أَوْ أَدْنَىٰ
Transliteration fakāna qāba qawsayni aw adnā
Nepali ९) अब कमानको बीचको दूरी बाँकी रह्यो वा त्योभन्दा पनि कम ।
Verse 10
فَأَوْحَىٰٓ إِلَىٰ عَبْدِهِۦ مَآ أَوْحَىٰ
Transliteration fa-awḥā ilā ʿabdihi mā awḥā
Nepali १०) अनि अल्लाहले आफ्नो दासतिर जुन ‘‘वह्य’ पठाउनु थियो पठायो ।
Verse 11
مَا كَذَبَ ٱلْفُؤَادُ مَا رَأَىٰٓ
Transliteration mā kadhaba l-fuādu mā raā
Nepali ११) जे जति उनले देखे, उनको हृदयले त्यसलाई झूठ ठानेन ।
Verse 12
أَفَتُمَـٰرُونَهُۥ عَلَىٰ مَا يَرَىٰ
Transliteration afatumārūnahu ʿalā mā yarā
Nepali १२) के जेजति उनी देख्छन् तिमी त्यसमा उनीसित विवाद गर्छौ ?
Verse 13
وَلَقَدْ رَءَاهُ نَزْلَةً أُخْرَىٰ
Transliteration walaqad raāhu nazlatan ukh'rā
Nepali १३) र (उनले) उसलाई एकपटक पहिले पनि देखेका थिए ।
Verse 14
عِندَ سِدْرَةِ ٱلْمُنتَهَىٰ
Transliteration ʿinda sid'rati l-muntahā
Nepali १४) अन्तिम सीमाको बैरको रुख नजिक (अर्थात् सिदरतुल् मुन्तहा नजिक) ।
Verse 15
عِندَهَا جَنَّةُ ٱلْمَأْوَىٰٓ
Transliteration ʿindahā jannatu l-mawā
Nepali १५) त्यसैको निकटमा बासस्थानवाली जन्नत (जन्नतुल् मावा) छ ।
Verse 16
إِذْ يَغْشَى ٱلسِّدْرَةَ مَا يَغْشَىٰ
Transliteration idh yaghshā l-sid'rata mā yaghshā
Nepali १६) त्यस बैरको रुखलाई ढाकेको थियो जे उसमाथि छाइरहेको थियो ।
Verse 17
مَا زَاغَ ٱلْبَصَرُ وَمَا طَغَىٰ
Transliteration mā zāgha l-baṣaru wamā ṭaghā
Nepali १७) उनको दृष्टि नत अरुतिर गयो र न (सीमाभन्दा) अगाडि बढ्यो ।
Verse 18
لَقَدْ رَأَىٰ مِنْ ءَايَـٰتِ رَبِّهِ ٱلْكُبْرَىٰٓ
Transliteration laqad raā min āyāti rabbihi l-kub'rā
Nepali १८) उनले निश्चय नै आफ्नो पालनकर्ताका ठूला–ठूला निशानीहरूमध्ये केही देखे ।
Verse 19
أَفَرَءَيْتُمُ ٱللَّـٰتَ وَٱلْعُزَّىٰ
Transliteration afara-aytumu l-lāta wal-ʿuzā
Nepali १९) के तिमीहरू लात र उज्जालाई देख्यौ,
Verse 20
وَمَنَوٰةَ ٱلثَّالِثَةَ ٱلْأُخْرَىٰٓ
Transliteration wamanata l-thālithata l-ukh'rā
Nepali २०) र तेस्रो अन्तिम मनात (देवीको मूर्ति) लाई ?
Verse 21
أَلَكُمُ ٱلذَّكَرُ وَلَهُ ٱلْأُنثَىٰ
Transliteration alakumu l-dhakaru walahu l-unthā
Nepali २१) के तिम्रो निम्ति छोराहरू छन् र अल्लाहको निम्ति छोरीहरू ?
Verse 22
تِلْكَ إِذًا قِسْمَةٌ ضِيزَىٰٓ
Transliteration til'ka idhan qis'matun ḍīzā
Nepali २२) यो विभाजन त बेढंग र अन्यायपूर्ण छ ।
Verse 23
إِنْ هِىَ إِلَّآ أَسْمَآءٌ سَمَّيْتُمُوهَآ أَنتُمْ وَءَابَآؤُكُم مَّآ أَنزَلَ ٱللَّهُ بِهَا مِن سُلْطَـٰنٍ ۚ إِن يَتَّبِعُونَ إِلَّا ٱلظَّنَّ وَمَا تَهْوَى ٱلْأَنفُسُ ۖ وَلَقَدْ جَآءَهُم مِّن رَّبِّهِمُ ٱلْهُدَىٰٓ
Transliteration in hiya illā asmāon sammaytumūhā antum waābāukum mā anzala l-lahu bihā min sul'ṭānin in yattabiʿūna illā l-ẓana wamā tahwā l-anfusu walaqad jāahum min rabbihimu l-hudā
Nepali २३) उनीहरू त मात्र केही नामहरू हुन् जुन तिमीले र तिम्रो बाउबाजेले राखेका छन्, अल्लाहले त उनीहरूको निम्ति कुनै प्रमाण पठाएको छैन । उनीहरू त मात्र अड्कल र आफ्नो इच्छापूर्तिको पछाडि हिंडिराखेका छन् र निश्चय नै उनको पालनकर्ताको तर्फबाट मार्गदर्शन आइसकेको छ ।
Verse 24
أَمْ لِلْإِنسَـٰنِ مَا تَمَنَّىٰ
Transliteration am lil'insāni mā tamannā
Nepali २४) के प्रत्येक मानिसले जुन कुराको कामना गर्दछ, त्यो सबै उसलाई प्राप्त छ ?
Verse 25
فَلِلَّهِ ٱلْـَٔاخِرَةُ وَٱلْأُولَىٰ
Transliteration falillahi l-ākhiratu wal-ūlā
Nepali २५) आखिर यस संसारको र परलोकको स्वामी त अल्लाह नै हो ।
Verse 26
۞ وَكَم مِّن مَّلَكٍ فِى ٱلسَّمَـٰوَٰتِ لَا تُغْنِى شَفَـٰعَتُهُمْ شَيْـًٔا إِلَّا مِنۢ بَعْدِ أَن يَأْذَنَ ٱللَّهُ لِمَن يَشَآءُ وَيَرْضَىٰٓ
Transliteration wakam min malakin fī l-samāwāti lā tugh'nī shafāʿatuhum shayan illā min baʿdi an yadhana l-lahu liman yashāu wayarḍā
Nepali २६) र आकाशहरूमा यसो धेरै फरिश्ताहरू छन्, कि उनीहरूको सिफारिश कुनै काम लाग्नेछैन, यो अर्कै कुरा छ कि अल्लाह आफ्नो इच्छाले आफू खुशी जसलाई चाहन्छ अनुमति दिन्छ ।
Verse 27
إِنَّ ٱلَّذِينَ لَا يُؤْمِنُونَ بِٱلْـَٔاخِرَةِ لَيُسَمُّونَ ٱلْمَلَـٰٓئِكَةَ تَسْمِيَةَ ٱلْأُنثَىٰ
Transliteration inna alladhīna lā yu'minūna bil-ākhirati layusammūna l-malāikata tasmiyata l-unthā
Nepali २७) निःसन्देह जुन मानिसहरू आखिरतमाथि ईमान राख्दैनन्, उनीहरूले फरिश्ताहरूलाई स्त्रिीहरूको नाम दिन्छन् ।
Verse 28
وَمَا لَهُم بِهِۦ مِنْ عِلْمٍ ۖ إِن يَتَّبِعُونَ إِلَّا ٱلظَّنَّ ۖ وَإِنَّ ٱلظَّنَّ لَا يُغْنِى مِنَ ٱلْحَقِّ شَيْـًٔا
Transliteration wamā lahum bihi min ʿil'min in yattabiʿūna illā l-ẓana wa-inna l-ẓana lā yugh'nī mina l-ḥaqi shayan
Nepali २८) जब कि उनीहरूलाई यस विषयमा केही थाहा छैन । उनीहरू त मात्र आफ्नो अड्कलवाजीको पछाडि हिंड्छन् र अनुमानले वास्तविकताको दाँजोमा केही काम गर्दैन ।
Verse 29
فَأَعْرِضْ عَن مَّن تَوَلَّىٰ عَن ذِكْرِنَا وَلَمْ يُرِدْ إِلَّا ٱلْحَيَوٰةَ ٱلدُّنْيَا
Transliteration fa-aʿriḍ ʿan man tawallā ʿan dhik'rinā walam yurid illā l-ḥayata l-dun'yā
Nepali २९) तसर्थ जो हाम्रो स्मरणबाट विमुख छन् र संसारिक जीवन बाहेक अरु केही चाहदैनन् । त्यसबाट तपाई पनि विमुख भइहाल्नुस् ।
Verse 30
ذَٰلِكَ مَبْلَغُهُم مِّنَ ٱلْعِلْمِ ۚ إِنَّ رَبَّكَ هُوَ أَعْلَمُ بِمَن ضَلَّ عَن سَبِيلِهِۦ وَهُوَ أَعْلَمُ بِمَنِ ٱهْتَدَىٰ
Transliteration dhālika mablaghuhum mina l-ʿil'mi inna rabbaka huwa aʿlamu biman ḍalla ʿan sabīlihi wahuwa aʿlamu bimani ih'tadā
Nepali ३०) यस्ता मानिसहरूको ज्ञानको पहुँच यहीँसम्म छ । निश्चय नै तपाईको पालनकर्ता त्यसलाई राम्रोसंग जान्दछ, जो उसको मार्गबाट विचलित भएको छ, र उही नै उसलाई पनि राम्ररी जान्दछ जसले (सोझो) मार्ग अपनायो ।
Verse 31
وَلِلَّهِ مَا فِى ٱلسَّمَـٰوَٰتِ وَمَا فِى ٱلْأَرْضِ لِيَجْزِىَ ٱلَّذِينَ أَسَـٰٓـُٔوا۟ بِمَا عَمِلُوا۟ وَيَجْزِىَ ٱلَّذِينَ أَحْسَنُوا۟ بِٱلْحُسْنَى
Transliteration walillahi mā fī l-samāwāti wamā fī l-arḍi liyajziya alladhīna asāū bimā ʿamilū wayajziya alladhīna aḥsanū bil-ḥus'nā
Nepali ३१) र जे–जति आकाशहरूमा छ र जे–जति धरतीमा छ सबै अल्लाहकै हो, ताकि जसले नराम्रो कर्म गर्यो, उनीहरूलाई त्यसको प्रतिफल देओस् । र जुन मानिसहरूले असल कर्म गरे, उनीहरूलाई राम्रो प्रतिफल प्रदान गरोस् ।
Verse 32
ٱلَّذِينَ يَجْتَنِبُونَ كَبَـٰٓئِرَ ٱلْإِثْمِ وَٱلْفَوَٰحِشَ إِلَّا ٱللَّمَمَ ۚ إِنَّ رَبَّكَ وَٰسِعُ ٱلْمَغْفِرَةِ ۚ هُوَ أَعْلَمُ بِكُمْ إِذْ أَنشَأَكُم مِّنَ ٱلْأَرْضِ وَإِذْ أَنتُمْ أَجِنَّةٌ فِى بُطُونِ أُمَّهَـٰتِكُمْ ۖ فَلَا تُزَكُّوٓا۟ أَنفُسَكُمْ ۖ هُوَ أَعْلَمُ بِمَنِ ٱتَّقَىٰٓ
Transliteration alladhīna yajtanibūna kabāira l-ith'mi wal-fawāḥisha illā l-lamama inna rabbaka wāsiʿu l-maghfirati huwa aʿlamu bikum idh ansha-akum mina l-arḍi wa-idh antum ajinnatun fī buṭūni ummahātikum falā tuzakkū anfusakum huwa aʿlamu bimani ittaqā
Nepali ३२) जुन मानिसहरू ठूला–ठूला पाप र अश्लील कर्महरूबाट पन्छिन्छन्, केही साना–तिना पाप बाहेक । निश्चय नै तिम्रो पालनकर्ता क्षमाशीलतामा बडो व्यापक छ । उसले तिमीलाई राम्ररी जान्दछ, जब उसले तिमीलाई माटोबाट सृष्टि गर्यो र जब तिमी आफ्ना आमाहरूको पेटमा भ्रुण अवस्थामा थियौ । तसर्थ आफ्नो मनको पवित्रताको दावी आफै नगर । उसले संयमीहरूलाई राम्ररी जान्दछ ।
Verse 33
أَفَرَءَيْتَ ٱلَّذِى تَوَلَّىٰ
Transliteration afara-ayta alladhī tawallā
Nepali ३३) के तपाईले त्यस व्यक्तिलाई देखनु भयो जो विमुख भयो ।
Verse 34
وَأَعْطَىٰ قَلِيلًا وَأَكْدَىٰٓ
Transliteration wa-aʿṭā qalīlan wa-akdā
Nepali ३४) र अलिकति दियो, र कठोर भइहाल्यो (हात रोक्यो) ।
Verse 35
أَعِندَهُۥ عِلْمُ ٱلْغَيْبِ فَهُوَ يَرَىٰٓ
Transliteration aʿindahu ʿil'mu l-ghaybi fahuwa yarā
Nepali ३५) के उसलाई परोक्षको ज्ञान छ कि उसले सबथोक देखिराखेको छ ?
Verse 36
أَمْ لَمْ يُنَبَّأْ بِمَا فِى صُحُفِ مُوسَىٰ
Transliteration am lam yunabba bimā fī ṣuḥufi mūsā
Nepali ३६) वा जुन कुरो ‘‘मूसाको’’ किताबमा छन्, उनीहरूलाई त्यसको बारेमा थाहा भएन ?
Verse 37
وَإِبْرَٰهِيمَ ٱلَّذِى وَفَّىٰٓ
Transliteration wa-ib'rāhīma alladhī waffā
Nepali ३७) र जुन वफादार इब्राहीमको किताबमा थियो ?
Verse 38
أَلَّا تَزِرُ وَازِرَةٌ وِزْرَ أُخْرَىٰ
Transliteration allā taziru wāziratun wiz'ra ukh'rā
Nepali ३८) कि कुनै पनि व्यक्तिले अरु व्यक्ति (को पाप) को भारी बोक्नेछैन ।
Verse 39
وَأَن لَّيْسَ لِلْإِنسَـٰنِ إِلَّا مَا سَعَىٰ
Transliteration wa-an laysa lil'insāni illā mā saʿā
Nepali ३९) र यो कि प्रत्येक मानिसको लागी त्यही नै हो जसको निम्ति उसले प्रयास गर्यो ।
Verse 40
وَأَنَّ سَعْيَهُۥ سَوْفَ يُرَىٰ
Transliteration wa-anna saʿyahu sawfa yurā
Nepali ४०) र यो कि उसको प्रयास शीघ्र नै देखिनेछ ।
Verse 41
ثُمَّ يُجْزَىٰهُ ٱلْجَزَآءَ ٱلْأَوْفَىٰ
Transliteration thumma yuj'zāhu l-jazāa l-awfā
Nepali ४१) अनि उसलाई पूरा प्रतिफल प्रदान गरिनेछ ।
Verse 42
وَأَنَّ إِلَىٰ رَبِّكَ ٱلْمُنتَهَىٰ
Transliteration wa-anna ilā rabbika l-muntahā
Nepali ४२) र यो कि तपाईको पालनकर्ताकै पासमा पुग्नु छ ।
Verse 43
وَأَنَّهُۥ هُوَ أَضْحَكَ وَأَبْكَىٰ
Transliteration wa-annahu huwa aḍḥaka wa-abkā
Nepali ४३) र यो कि उसैले हसाउँछ र रुलाउँछ ।
Verse 44
وَأَنَّهُۥ هُوَ أَمَاتَ وَأَحْيَا
Transliteration wa-annahu huwa amāta wa-aḥyā
Nepali ४४) र यो कि उसैले मार्दछ र जीवित राख्दछ ।
Verse 45
وَأَنَّهُۥ خَلَقَ ٱلزَّوْجَيْنِ ٱلذَّكَرَ وَٱلْأُنثَىٰ
Transliteration wa-annahu khalaqa l-zawjayni l-dhakara wal-unthā
Nepali ४५) र यो कि उसैले स्त्री र पुरुष (भाले र पोथी) जोडीको सृष्टि गर्यो ।
Verse 46
مِن نُّطْفَةٍ إِذَا تُمْنَىٰ
Transliteration min nuṭ'fatin idhā tum'nā
Nepali ४६) (वीर्यको) थोपाबाट जबकि त्यो गर्भमा टपकाइन्छ ।
Verse 47
وَأَنَّ عَلَيْهِ ٱلنَّشْأَةَ ٱلْأُخْرَىٰ
Transliteration wa-anna ʿalayhi l-nashata l-ukh'rā
Nepali ४७) र यो कि (कयामतको दिन) उसैको जिम्मा पुनः उठाउनु छ ।
Verse 48
وَأَنَّهُۥ هُوَ أَغْنَىٰ وَأَقْنَىٰ
Transliteration wa-annahu huwa aghnā wa-aqnā
Nepali ४८) र यो कि उही हो जसले कि धनी र सन्तुष्ट बनाउँछ ।
Verse 49
وَأَنَّهُۥ هُوَ رَبُّ ٱلشِّعْرَىٰ
Transliteration wa-annahu huwa rabbu l-shiʿ'rā
Nepali ४९) र यो कि उही शेअरा (अरबहरूका पहिलाको पुज्य तारा)को स्वामी हो ।
Verse 50
وَأَنَّهُۥٓ أَهْلَكَ عَادًا ٱلْأُولَىٰ
Transliteration wa-annahu ahlaka ʿādan l-ūlā
Nepali ५०) र यो कि उसैले प्राचीन आदलाई नष्ट गर्यो ।
Verse 51
وَثَمُودَا۟ فَمَآ أَبْقَىٰ
Transliteration wathamūdā famā abqā
Nepali ५१) र समूदलाई पनि, अर्थात कसैलाई बाँकी छाडेन ।
Verse 52
وَقَوْمَ نُوحٍ مِّن قَبْلُ ۖ إِنَّهُمْ كَانُوا۟ هُمْ أَظْلَمَ وَأَطْغَىٰ
Transliteration waqawma nūḥin min qablu innahum kānū hum aẓlama wa-aṭghā
Nepali ५२) र यिनीभन्दा पहिला ‘‘नूहको’’ कौमलाई पनि । कुनै सन्देह छैन कि उनीहरू बडो अत्याचारी र बडो अट्टेरी थिए ।
Verse 53
وَٱلْمُؤْتَفِكَةَ أَهْوَىٰ
Transliteration wal-mu'tafikata ahwā
Nepali ५३) र पल्टिजाने बस्तीलाई उसैले नष्ट गरिदियो ।
Verse 54
فَغَشَّىٰهَا مَا غَشَّىٰ
Transliteration faghashāhā mā ghashā
Nepali ५४) अनि त्यसलाई छोपिहाल्यो, जसलाई जुन कुराले छोप्नु थियो ।
Verse 55
فَبِأَىِّ ءَالَآءِ رَبِّكَ تَتَمَارَىٰ
Transliteration fabi-ayyi ālāi rabbika tatamārā
Nepali ५५) अनि (हे मानिस) तिमीले आफ्नो पालनकर्ताका कुन–कुन अनुकम्पाको विषयमा विवाद गर्नेछौ ?
Verse 56
هَـٰذَا نَذِيرٌ مِّنَ ٱلنُّذُرِ ٱلْأُولَىٰٓ
Transliteration hādhā nadhīrun mina l-nudhuri l-ūlā
Nepali ५६) यी (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) पनि पहिलेका सावधानकर्ताहरू जस्तै एउटा सावधान गर्नेवाला हुन् ।
Verse 57
أَزِفَتِ ٱلْـَٔازِفَةُ
Transliteration azifati l-āzifatu
Nepali ५७) आउनेवाला (कयामत) नजिक आइपुग्यो ।
Verse 58
لَيْسَ لَهَا مِن دُونِ ٱللَّهِ كَاشِفَةٌ
Transliteration laysa lahā min dūni l-lahi kāshifatun
Nepali ५८) त्यस दिनको लुकेका कुरालाई अल्लाह बाहेक कसैले प्रकट गर्नसक्ने छैन ।
Verse 59
أَفَمِنْ هَـٰذَا ٱلْحَدِيثِ تَعْجَبُونَ
Transliteration afamin hādhā l-ḥadīthi taʿjabūna
Nepali ५९) अब के तिमीले यस कुरामा आश्चार्य गर्दछौ ?
Verse 60
وَتَضْحَكُونَ وَلَا تَبْكُونَ
Transliteration wataḍḥakūna walā tabkūna
Nepali ६०) र हाँस्दछौ? र रुँदैनौ ?
Verse 61
وَأَنتُمْ سَـٰمِدُونَ
Transliteration wa-antum sāmidūna
Nepali ६१) अपितु तिमी खेलीराखेका छौ ।
Verse 62
فَٱسْجُدُوا۟ لِلَّهِ وَٱعْبُدُوا۟ ۩
Transliteration fa-us'judū lillahi wa-uʿ'budū
Nepali ६२) तसर्थ अल्लाहको अगाडि़ ढोग र उसैको उपासना गर ।
Read Surah An-Najm in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.