Surah Al-Anbya in Nepali: translation and audio
Surah 21 · الأنبياء · The Prophets · 112 verses
Surah Al-Anbya verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Al-Anbya word by word in English.
Verse 1
ٱقْتَرَبَ لِلنَّاسِ حِسَابُهُمْ وَهُمْ فِى غَفْلَةٍ مُّعْرِضُونَ
Transliteration iq'taraba lilnnāsi ḥisābuhum wahum fī ghaflatin muʿ'riḍūna
Nepali १) मानिसहरूको (कर्मको) लेखाजोखाको समय नजिक आइपुगको छ तैपनि उनीहरू असावधान भई पन्छिइराखेका छन् ।
Verse 2
مَا يَأْتِيهِم مِّن ذِكْرٍ مِّن رَّبِّهِم مُّحْدَثٍ إِلَّا ٱسْتَمَعُوهُ وَهُمْ يَلْعَبُونَ
Transliteration mā yatīhim min dhik'rin min rabbihim muḥ'dathin illā is'tamaʿūhu wahum yalʿabūna
Nepali २) उनीहरूको पासमा उनीहरूको पालनकर्ताको तर्फबाट जुन नयाँ–नयाँ उपदेश आउँछ त्यसलाई तिनीहरूले ख्याल ठट्टाका साथ नै सुन्दछन् ।
Verse 3
لَاهِيَةً قُلُوبُهُمْ ۗ وَأَسَرُّوا۟ ٱلنَّجْوَى ٱلَّذِينَ ظَلَمُوا۟ هَلْ هَـٰذَآ إِلَّا بَشَرٌ مِّثْلُكُمْ ۖ أَفَتَأْتُونَ ٱلسِّحْرَ وَأَنتُمْ تُبْصِرُونَ
Transliteration lāhiyatan qulūbuhum wa-asarrū l-najwā alladhīna ẓalamū hal hādhā illā basharun mith'lukum afatatūna l-siḥ'ra wa-antum tub'ṣirūna
Nepali ३) तिनीहरूका हृदय अत्यन्त लापरवाहीमा छन् र यी अत्याचारीहरूले गोप्यरूपले कानेखुसी गरे कि ऊ मात्र तिमी जस्तै मानिस हो, अनि के कारण छ कि तिमी आँखा देख्ने भएर पनि जादूको चक्करमा आउँछौ ।
Verse 4
قَالَ رَبِّى يَعْلَمُ ٱلْقَوْلَ فِى ٱلسَّمَآءِ وَٱلْأَرْضِ ۖ وَهُوَ ٱلسَّمِيعُ ٱلْعَلِيمُ
Transliteration qāla rabbī yaʿlamu l-qawla fī l-samāi wal-arḍi wahuwa l-samīʿu l-ʿalīmu
Nepali ४) पैगम्बरले भने कि जुन कुरा आकाश र जमिनमा छन् मेरो पालनकर्ताले त्यसलाई जान्दछ र त्यो सुन्नेवाला र जान्नेवाला छ ।
Verse 5
بَلْ قَالُوٓا۟ أَضْغَـٰثُ أَحْلَـٰمٍۭ بَلِ ٱفْتَرَىٰهُ بَلْ هُوَ شَاعِرٌ فَلْيَأْتِنَا بِـَٔايَةٍ كَمَآ أُرْسِلَ ٱلْأَوَّلُونَ
Transliteration bal qālū aḍghāthu aḥlāmin bali if'tarāhu bal huwa shāʿirun falyatinā biāyatin kamā ur'sila l-awalūna
Nepali ५) यति मात्र होइन, बरु तिनीहरूले त भन्छन्, कि यो ‘‘कुरआन’’ त संभ्रामित सपनाहरूको पोको हो, बरु उसले यसलाई आफै रचिहालेको छ, बरु यो एउटा कवि हो, अन्यथा उनले त हाम्रो सामु कुनै यस्तो निशानी लिएर आउने थिए, जस्तो कि पहिलाका रसूलहरूका लागि पठाइएका थिए ।’’
Verse 6
مَآ ءَامَنَتْ قَبْلَهُم مِّن قَرْيَةٍ أَهْلَكْنَـٰهَآ ۖ أَفَهُمْ يُؤْمِنُونَ
Transliteration mā āmanat qablahum min qaryatin ahlaknāhā afahum yu'minūna
Nepali ६) तिनीहरूभन्दा अघि जति बस्तीलाइै हामीले नष्ट पार्यौं ती सबै ईमान ल्याएका थिएनन् त के यिनीहरूले अब ईमान ल्याउनेछन् ?
Verse 7
وَمَآ أَرْسَلْنَا قَبْلَكَ إِلَّا رِجَالًا نُّوحِىٓ إِلَيْهِمْ ۖ فَسْـَٔلُوٓا۟ أَهْلَ ٱلذِّكْرِ إِن كُنتُمْ لَا تَعْلَمُونَ
Transliteration wamā arsalnā qablaka illā rijālan nūḥī ilayhim fasalū ahla l-dhik'ri in kuntum lā taʿlamūna
Nepali ७) तिमीभन्दा पहिला पनि जति पैगम्बर हामीले पठायौं सबै पुरुष थिए जसलाई हामीले ‘‘वह्य’’ पठाउने गर्दथ्यौं । तसर्थ तिमीलाई स्वयं ज्ञान छैन भने किताबवालासित सोधिहाल ?
Verse 8
وَمَا جَعَلْنَـٰهُمْ جَسَدًا لَّا يَأْكُلُونَ ٱلطَّعَامَ وَمَا كَانُوا۟ خَـٰلِدِينَ
Transliteration wamā jaʿalnāhum jasadan lā yakulūna l-ṭaʿāma wamā kānū khālidīna
Nepali ८) र हामीले तिनीहरूका यस्ता शरीर बनाएनौं कि खाना नखाउन्, र नत तिनीहरू सधैं रहनेवाला थिए ।
Verse 9
ثُمَّ صَدَقْنَـٰهُمُ ٱلْوَعْدَ فَأَنجَيْنَـٰهُمْ وَمَن نَّشَآءُ وَأَهْلَكْنَا ٱلْمُسْرِفِينَ
Transliteration thumma ṣadaqnāhumu l-waʿda fa-anjaynāhum waman nashāu wa-ahlaknā l-mus'rifīna
Nepali ९) अनि हामीले उनीहरूसित गरेका सबै वाचाहरू वास्तविकतामा परिणत गर्यौं र हामीले उनलाई र जसलाई हामीले चाहें त्यसलाई छुटकारा दियौं । र उल्लंघनकारीहरूलाई हामीले नष्ट गरिदियौं ।
Verse 10
لَقَدْ أَنزَلْنَآ إِلَيْكُمْ كِتَـٰبًا فِيهِ ذِكْرُكُمْ ۖ أَفَلَا تَعْقِلُونَ
Transliteration laqad anzalnā ilaykum kitāban fīhi dhik'rukum afalā taʿqilūna
Nepali १०) निःसन्देह हामीले तिमीतिर यस्तो किताब अवतरित गरेका छौं जसमा तिम्रो लागि सदुपदेश छ, के तिमीले तैपनि बुझ्दैनौ ?
Verse 11
وَكَمْ قَصَمْنَا مِن قَرْيَةٍ كَانَتْ ظَالِمَةً وَأَنشَأْنَا بَعْدَهَا قَوْمًا ءَاخَرِينَ
Transliteration wakam qaṣamnā min qaryatin kānat ẓālimatan wa-anshanā baʿdahā qawman ākharīna
Nepali ११) र धेरै बस्तीहरू हामीले नष्ट गरिदियौं जो अत्याचारी थिए र उनीहरूपछि हामीले अर्को समुदायको सृष्टि गरिदियौं ।
Verse 12
فَلَمَّآ أَحَسُّوا۟ بَأْسَنَآ إِذَا هُم مِّنْهَا يَرْكُضُونَ
Transliteration falammā aḥassū basanā idhā hum min'hā yarkuḍūna
Nepali १२) जब उनीहरूलाई हाम्रो यातनाको आभास भयो त त्यसबाट भाग्न थाले ।
Verse 13
لَا تَرْكُضُوا۟ وَٱرْجِعُوٓا۟ إِلَىٰ مَآ أُتْرِفْتُمْ فِيهِ وَمَسَـٰكِنِكُمْ لَعَلَّكُمْ تُسْـَٔلُونَ
Transliteration lā tarkuḍū wa-ir'jiʿū ilā mā ut'rif'tum fīhi wamasākinikum laʿallakum tus'alūna
Nepali १३) भाग–दौड नगर फर्किहाल, त्यही भोग विलासतिर जुन तिमीलाई उपलब्ध थियो र आफ्नो घरतिर गइहाल जसबाट तिमीहरूसंग सोधपूछ त गरियोस् ।
Verse 14
قَالُوا۟ يَـٰوَيْلَنَآ إِنَّا كُنَّا ظَـٰلِمِينَ
Transliteration qālū yāwaylanā innā kunnā ẓālimīna
Nepali १४) भन्नथालेः ‘‘हाय अफशोच हाम्रो दुर्भाग्य ! निःसन्देह हामी अत्याचारी थियौं ।
Verse 15
فَمَا زَالَت تِّلْكَ دَعْوَىٰهُمْ حَتَّىٰ جَعَلْنَـٰهُمْ حَصِيدًا خَـٰمِدِينَ
Transliteration famā zālat til'ka daʿwāhum ḥattā jaʿalnāhum ḥaṣīdan khāmidīna
Nepali १५) अनि तिनीहरू सधैं यस्तै पुकार्दैगरे, यहाँसम्म कि हामीले तिनीहरूलाई जरैदेखि काटिएको खेती र निभेको आगो (जस्तै) गरिदियौं ।
Verse 16
وَمَا خَلَقْنَا ٱلسَّمَآءَ وَٱلْأَرْضَ وَمَا بَيْنَهُمَا لَـٰعِبِينَ
Transliteration wamā khalaqnā l-samāa wal-arḍa wamā baynahumā lāʿibīna
Nepali १६) हामीले आकाश र जमिन र जे जति यिनीहरूको मध्यमा छन्, त्यसलाई खेल तमाशाको निम्ति सृष्टि गरेका होइन ।
Verse 17
لَوْ أَرَدْنَآ أَن نَّتَّخِذَ لَهْوًا لَّٱتَّخَذْنَـٰهُ مِن لَّدُنَّآ إِن كُنَّا فَـٰعِلِينَ
Transliteration law aradnā an nattakhidha lahwan la-ittakhadhnāhu min ladunnā in kunnā fāʿilīna
Nepali १७) यदि हामीले कुनै खेल तमाशा गर्न चाहेको भए आफ्नै तर्फबाट गरिहाल्थ्यौं, यदि हामी यस्तो गर्नेवाला नै भएको भए ।
Verse 18
بَلْ نَقْذِفُ بِٱلْحَقِّ عَلَى ٱلْبَـٰطِلِ فَيَدْمَغُهُۥ فَإِذَا هُوَ زَاهِقٌ ۚ وَلَكُمُ ٱلْوَيْلُ مِمَّا تَصِفُونَ
Transliteration bal naqdhifu bil-ḥaqi ʿalā l-bāṭili fayadmaghuhu fa-idhā huwa zāhiqun walakumu l-waylu mimmā taṣifūna
Nepali १८) बरु हामीले सत्यबाट असत्यमाथि प्रहार गर्दछौं अनि सत्यले असत्यको टाउको कुल्चिदिन्छ र असत्य त्यसैबेला नष्ट भइहाल्छ र जुन कुरा तिमीले मनगढन्त रूपमा बनाउँछौ, त्यसबाट तिम्रै बर्बादी हुन्छ ।
Verse 19
وَلَهُۥ مَن فِى ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ ۚ وَمَنْ عِندَهُۥ لَا يَسْتَكْبِرُونَ عَنْ عِبَادَتِهِۦ وَلَا يَسْتَحْسِرُونَ
Transliteration walahu man fī l-samāwāti wal-arḍi waman ʿindahu lā yastakbirūna ʿan ʿibādatihi walā yastaḥsirūna
Nepali १९) आकाशहरू र जमिनमा जे छन्, सबै उसैको (अल्लाहको) हो । र जो उसको समीपमा छन् तिनीहरू उसको सेवा–भक्तिबाट न अट्टेरिपना गर्छन् र नत थाकछन् ।
Verse 20
يُسَبِّحُونَ ٱلَّيْلَ وَٱلنَّهَارَ لَا يَفْتُرُونَ
Transliteration yusabbiḥūna al-layla wal-nahāra lā yafturūna
Nepali २०) तिनीहरू दिनरात उसैको गुणगान गर्छन् र अलिकति पनि ढिलासुस्ती गर्दैनन् ।
Verse 21
أَمِ ٱتَّخَذُوٓا۟ ءَالِهَةً مِّنَ ٱلْأَرْضِ هُمْ يُنشِرُونَ
Transliteration ami ittakhadhū ālihatan mina l-arḍi hum yunshirūna
Nepali २१) के तिनीहरूले धरती (का प्राणीहरूमध्ये) बाट जसलाई पूज्य बनाइराखेका छन्, तिनीहरूले (कसैलाई) जीवित गर्छन् ?
Verse 22
لَوْ كَانَ فِيهِمَآ ءَالِهَةٌ إِلَّا ٱللَّهُ لَفَسَدَتَا ۚ فَسُبْحَـٰنَ ٱللَّهِ رَبِّ ٱلْعَرْشِ عَمَّا يَصِفُونَ
Transliteration law kāna fīhimā ālihatun illā l-lahu lafasadatā fasub'ḥāna l-lahi rabbi l-ʿarshi ʿammā yaṣifūna
Nepali २२) यदि आकाश र धरतीमा अल्लाह बाहेक अरु कोही पूज्य भएको भए यी दुवैको व्यवस्था अस्तब्यस्त हुने थियो, अतः महान् र उच्च छ अल्लाह, सत्तासनको स्वामी, ती कुराहरूबाट पवित्र छ जुन यी मुश्रिकहरूले वर्णन गर्दछन्
Verse 23
لَا يُسْـَٔلُ عَمَّا يَفْعَلُ وَهُمْ يُسْـَٔلُونَ
Transliteration lā yus'alu ʿammā yafʿalu wahum yus'alūna
Nepali २३) ऊ आफ्ना कामहरूको निम्ति (कसैको अगाडि) जवाफदेही छैन र सबै (उसको अगाडि) जवाफदेही छन् ।
Verse 24
أَمِ ٱتَّخَذُوا۟ مِن دُونِهِۦٓ ءَالِهَةً ۖ قُلْ هَاتُوا۟ بُرْهَـٰنَكُمْ ۖ هَـٰذَا ذِكْرُ مَن مَّعِىَ وَذِكْرُ مَن قَبْلِى ۗ بَلْ أَكْثَرُهُمْ لَا يَعْلَمُونَ ٱلْحَقَّ ۖ فَهُم مُّعْرِضُونَ
Transliteration ami ittakhadhū min dūnihi ālihatan qul hātū bur'hānakum hādhā dhik'ru man maʿiya wadhik'ru man qablī bal aktharuhum lā yaʿlamūna l-ḥaqa fahum muʿ'riḍūna
Nepali २४) के उनीहरूले अल्लाह बाहेक अरुलाई आफ्नो पूज्य बनाइराखेका छन् । उनीहरूसित भन कि आफ्नो प्रमाण प्रस्तुत गर, यो मेरो साथवालाको किताब हो र मभन्दा अगाडिकाहरूको प्रमाण । कुरो यो छ कि तिनीहरूमध्ये अधिकांश मानिसहरू सत्य कुरा जान्दैनन् र यसैले (उसबाट) विमुख भइहाल्छन् ।
Verse 25
وَمَآ أَرْسَلْنَا مِن قَبْلِكَ مِن رَّسُولٍ إِلَّا نُوحِىٓ إِلَيْهِ أَنَّهُۥ لَآ إِلَـٰهَ إِلَّآ أَنَا۠ فَٱعْبُدُونِ
Transliteration wamā arsalnā min qablika min rasūlin illā nūḥī ilayhi annahu lā ilāha illā anā fa-uʿ'budūni
Nepali २५) र जुन पैगम्बरलाई पनि हामीले तिमीभन्दा अगाडि पठायौं, तिनीहरूतिर यही (वह्य) सन्देश पठायौं कि म बाहेक कोही सत्य पूज्य छैन, तसर्थ तिमी सबै मेरो उपासना गर ।
Verse 26
وَقَالُوا۟ ٱتَّخَذَ ٱلرَّحْمَـٰنُ وَلَدًا ۗ سُبْحَـٰنَهُۥ ۚ بَلْ عِبَادٌ مُّكْرَمُونَ
Transliteration waqālū ittakhadha l-raḥmānu waladan sub'ḥānahu bal ʿibādun muk'ramūna
Nepali २६) (मुश्रिकहरू) भन्छन् कि अल्लाहको सन्तान छ ऊ पवित्रछ । बरु तिनीहरू उसको प्रतिष्ठित भक्तहरू हुन् ।
Verse 27
لَا يَسْبِقُونَهُۥ بِٱلْقَوْلِ وَهُم بِأَمْرِهِۦ يَعْمَلُونَ
Transliteration lā yasbiqūnahu bil-qawli wahum bi-amrihi yaʿmalūna
Nepali २७) उसभन्दा अगाडि बढेर कुनै कुरा गर्दैनन् र उसको आदेशको पालना गर्दछन् ।
Verse 28
يَعْلَمُ مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْ وَلَا يَشْفَعُونَ إِلَّا لِمَنِ ٱرْتَضَىٰ وَهُم مِّنْ خَشْيَتِهِۦ مُشْفِقُونَ
Transliteration yaʿlamu mā bayna aydīhim wamā khalfahum walā yashfaʿūna illā limani ir'taḍā wahum min khashyatihi mush'fiqūna
Nepali २८) उनीहरूको अगाडि–पछाडि जे कुराहरू भइसकेका छन् र जे पछि हुनेछन्, उसलाई सबै थाहा छ । र उनीहरूले उसको समीपमा कसैको सिफारिश गर्न सक्दैनन्, तर उस व्यक्ति बाहेक, जोसित अल्लाह प्रसन्न छ र उनीहरू स्वयम् उसको भयले भयभीत छन् ।
Verse 29
۞ وَمَن يَقُلْ مِنْهُمْ إِنِّىٓ إِلَـٰهٌ مِّن دُونِهِۦ فَذَٰلِكَ نَجْزِيهِ جَهَنَّمَ ۚ كَذَٰلِكَ نَجْزِى ٱلظَّـٰلِمِينَ
Transliteration waman yaqul min'hum innī ilāhun min dūnihi fadhālika najzīhi jahannama kadhālika najzī l-ẓālimīna
Nepali २९) उनीहरूमध्ये यदि कुनै व्यक्तिले यो भन्दछ कि अल्लाह बाहेक म पूजाको योग्य छु भने त्यसलाई हामीले नर्कको दण्ड दिनेछौं र अत्याचारीहरूलाई हामीले यस्तै किसिमका सजाय दिने गर्दछौं ।
Verse 30
أَوَلَمْ يَرَ ٱلَّذِينَ كَفَرُوٓا۟ أَنَّ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضَ كَانَتَا رَتْقًا فَفَتَقْنَـٰهُمَا ۖ وَجَعَلْنَا مِنَ ٱلْمَآءِ كُلَّ شَىْءٍ حَىٍّ ۖ أَفَلَا يُؤْمِنُونَ
Transliteration awalam yara alladhīna kafarū anna l-samāwāti wal-arḍa kānatā ratqan fafataqnāhumā wajaʿalnā mina l-māi kulla shayin ḥayyin afalā yu'minūna
Nepali ३०) के ती मानिसहरूले जसले इन्कार गरे, यो देखेनन् कि यी आकाश र धरती एक आपसमा जोडिएका थिए । अनि हामीले तिनलाई अलग–अलग गर्यौं । र सम्पूर्ण जानदारहरूलाई हामीले पानीबाट सृष्टि गर्यौं । तैपनि यी मानिसहरूले ईमान किन ल्याउँदैनन् ?
Verse 31
وَجَعَلْنَا فِى ٱلْأَرْضِ رَوَٰسِىَ أَن تَمِيدَ بِهِمْ وَجَعَلْنَا فِيهَا فِجَاجًا سُبُلًا لَّعَلَّهُمْ يَهْتَدُونَ
Transliteration wajaʿalnā fī l-arḍi rawāsiya an tamīda bihim wajaʿalnā fīhā fijājan subulan laʿallahum yahtadūna
Nepali ३१) र हामीले धरतीमा पहाडहरू उभ्याइदिऔं ताकि त्यसले प्राणीहरूलाई हल्लाउन नसकोस् र हामीले त्यसमा फराकिला बाटोहरू बनायौं ताकि तिनीहरूले मार्ग प्राप्त गर्न सकुन् ।
Verse 32
وَجَعَلْنَا ٱلسَّمَآءَ سَقْفًا مَّحْفُوظًا ۖ وَهُمْ عَنْ ءَايَـٰتِهَا مُعْرِضُونَ
Transliteration wajaʿalnā l-samāa saqfan maḥfūẓan wahum ʿan āyātihā muʿ'riḍūna
Nepali ३२) र हामीले आकाशलाई एउटा सुरक्षित छत बनायौं, तैपनि तिनीहरूले हाम्रा निशानीहरूबाट विमुख भइराखेका छन् ।
Verse 33
وَهُوَ ٱلَّذِى خَلَقَ ٱلَّيْلَ وَٱلنَّهَارَ وَٱلشَّمْسَ وَٱلْقَمَرَ ۖ كُلٌّ فِى فَلَكٍ يَسْبَحُونَ
Transliteration wahuwa alladhī khalaqa al-layla wal-nahāra wal-shamsa wal-qamara kullun fī falakin yasbaḥūna
Nepali ३३) उही अल्लाह नै हो जसले दिन र राती बनायो र सूर्य र चन्द्र पनि, प्रत्येक आ–आफ्ना कक्षमा परिक्रमा गरिराखेका छन् ।
Verse 34
وَمَا جَعَلْنَا لِبَشَرٍ مِّن قَبْلِكَ ٱلْخُلْدَ ۖ أَفَإِي۟ن مِّتَّ فَهُمُ ٱلْخَـٰلِدُونَ
Transliteration wamā jaʿalnā libasharin min qablika l-khul'da afa-in mitta fahumu l-khālidūna
Nepali ३४) हामीले तपाईभन्दा पहिला पनि कसैलाई अमरता प्रदान गरेका छैनौं । अनि के तपाईको मृत्यु भयोे भने तिनीहरू सधैं बाँची रहनेछन् ?
Verse 35
كُلُّ نَفْسٍ ذَآئِقَةُ ٱلْمَوْتِ ۗ وَنَبْلُوكُم بِٱلشَّرِّ وَٱلْخَيْرِ فِتْنَةً ۖ وَإِلَيْنَا تُرْجَعُونَ
Transliteration kullu nafsin dhāiqatu l-mawti wanablūkum bil-shari wal-khayri fit'natan wa-ilaynā tur'jaʿūna
Nepali ३५) प्रत्येक जीवले मृत्युको स्वाद चाख्नुपर्नेछ र हामीले राम्रो नराम्रो परिस्थितिहरूमा पारेर तिमी सबैको परीक्षा लिन्छौ । अन्ततः तिमी सबैले हामीतिरै फर्केर आउनु छ ।
Verse 36
وَإِذَا رَءَاكَ ٱلَّذِينَ كَفَرُوٓا۟ إِن يَتَّخِذُونَكَ إِلَّا هُزُوًا أَهَـٰذَا ٱلَّذِى يَذْكُرُ ءَالِهَتَكُمْ وَهُم بِذِكْرِ ٱلرَّحْمَـٰنِ هُمْ كَـٰفِرُونَ
Transliteration wa-idhā raāka alladhīna kafarū in yattakhidhūnaka illā huzuwan ahādhā alladhī yadhkuru ālihatakum wahum bidhik'ri l-raḥmāni hum kāfirūna
Nepali ३६) यी अवज्ञाकारीहरूले जब तपाईलाई देख्दछन् तब तिम्रो उपहास नै गर्दछन् कि ‘‘के यही नै त्यो व्यक्ति हो जसले तिम्रा पूज्यहरूको नराम्रो शब्दमा चर्चा गर्दछ ।’’ र तिनीहरू स्वयम् रहमान (संसारको स्वामी) को स्मरण गर्नुबाट इन्कार गर्दछन् ।
Verse 37
خُلِقَ ٱلْإِنسَـٰنُ مِنْ عَجَلٍ ۚ سَأُو۟رِيكُمْ ءَايَـٰتِى فَلَا تَسْتَعْجِلُونِ
Transliteration khuliqa l-insānu min ʿajalin sa-urīkum āyātī falā tastaʿjilūni
Nepali ३७) मनुष्य हतारिने प्राणी हो । मैले तिमीलाई शीघ्र नै आफ्ना निशानीहरू देखाउनेछु । अतः तिमी मसित हतार नगर ।
Verse 38
وَيَقُولُونَ مَتَىٰ هَـٰذَا ٱلْوَعْدُ إِن كُنتُمْ صَـٰدِقِينَ
Transliteration wayaqūlūna matā hādhā l-waʿdu in kuntum ṣādiqīna
Nepali ३८) (तिनीहरूले भन्छन्) कि यदि तिमी साँचो हौ भने बताऊ यो वाचा कहिले पूरा हुनेछ ?
Verse 39
لَوْ يَعْلَمُ ٱلَّذِينَ كَفَرُوا۟ حِينَ لَا يَكُفُّونَ عَن وُجُوهِهِمُ ٱلنَّارَ وَلَا عَن ظُهُورِهِمْ وَلَا هُمْ يُنصَرُونَ
Transliteration law yaʿlamu alladhīna kafarū ḥīna lā yakuffūna ʿan wujūhihimu l-nāra walā ʿan ẓuhūrihim walā hum yunṣarūna
Nepali ३९) काश ! यी काफिरहरूले बुझ्ने भए कि त्यस वखत नत यिनीहरूले आगोलाई आफ्नो अगाडिबाट हटाउन सक्नेछन् र नत आफ्नो पछाडिबाट र नत यिनको सहायता नै गरिनेछ ।
Verse 40
بَلْ تَأْتِيهِم بَغْتَةً فَتَبْهَتُهُمْ فَلَا يَسْتَطِيعُونَ رَدَّهَا وَلَا هُمْ يُنظَرُونَ
Transliteration bal tatīhim baghtatan fatabhatuhum falā yastaṭīʿūna raddahā walā hum yunẓarūna
Nepali ४०) (हो) ! वाचाको समय उनको पासमा एक्कासी आउनेछ र तिनीहरूलाई अचम्म पारिदिनेछ, अनि नत यी मानिसहरूले त्यसलाई टार्नसक्छन् र न अलिकति पनि उनीहरूलाई मोहलत (समय) दिइनेछ ।
Verse 41
وَلَقَدِ ٱسْتُهْزِئَ بِرُسُلٍ مِّن قَبْلِكَ فَحَاقَ بِٱلَّذِينَ سَخِرُوا۟ مِنْهُم مَّا كَانُوا۟ بِهِۦ يَسْتَهْزِءُونَ
Transliteration walaqadi us'tuh'zi-a birusulin min qablika faḥāqa bi-alladhīna sakhirū min'hum mā kānū bihi yastahziūna
Nepali ४१) र तपाईभन्दा अघिका रसूलहरूसँग पनि हाँसो ठट्टा गरियो, अनि हाँसो गर्नेवालाहरूलाई नै त्यो कुराले घेरिहाल्यो जसको कि तिनीहरू हाँसो ठट्टा गर्दथे ।
Verse 42
قُلْ مَن يَكْلَؤُكُم بِٱلَّيْلِ وَٱلنَّهَارِ مِنَ ٱلرَّحْمَـٰنِ ۗ بَلْ هُمْ عَن ذِكْرِ رَبِّهِم مُّعْرِضُونَ
Transliteration qul man yakla-ukum bi-al-layli wal-nahāri mina l-raḥmāni bal hum ʿan dhik'ri rabbihim muʿ'riḍūna
Nepali ४२) यिनीहरूसित सोध्नुस् कि रात र दिनमा अल्लाहबाट कसले तिम्रो रक्षा गर्न सक्दछ ? कुरो यो छ कि यिनीहरू आफ्नो पालनकर्ताको स्मरणबाट विमुख भएका छन् ।
Verse 43
أَمْ لَهُمْ ءَالِهَةٌ تَمْنَعُهُم مِّن دُونِنَا ۚ لَا يَسْتَطِيعُونَ نَصْرَ أَنفُسِهِمْ وَلَا هُم مِّنَّا يُصْحَبُونَ
Transliteration am lahum ālihatun tamnaʿuhum min dūninā lā yastaṭīʿūna naṣra anfusihim walā hum minnā yuṣ'ḥabūna
Nepali ४३) के हामी बाहेक यिनीहरूका अन्य पूज्य छन् जसले यिनीहरूलाई विपत्तिबाट बचाउन सक्छन् तिनीहरू त स्वयम् आफ्नो सहायता गर्न सक्दैनन् र नत हाम्रो तर्फबाट कसैले तिनीहरूको साथ दिनेछ ।
Verse 44
بَلْ مَتَّعْنَا هَـٰٓؤُلَآءِ وَءَابَآءَهُمْ حَتَّىٰ طَالَ عَلَيْهِمُ ٱلْعُمُرُ ۗ أَفَلَا يَرَوْنَ أَنَّا نَأْتِى ٱلْأَرْضَ نَنقُصُهَا مِنْ أَطْرَافِهَآ ۚ أَفَهُمُ ٱلْغَـٰلِبُونَ
Transliteration bal mattaʿnā hāulāi waābāahum ḥattā ṭāla ʿalayhimu l-ʿumuru afalā yarawna annā natī l-arḍa nanquṣuhā min aṭrāfihā afahumu l-ghālibūna
Nepali ४४) बरु (कुरो यो छ कि) हामीले उनीहरूलाई र उनीहरूका बाबु बाजेलाई जीवनका सुख सुविधाका सामाग्री प्रदान गर्यौं, यहाँसम्म कि उनीहरूको लामो उमेर बितिहाल्यो । त के तिनीहरूले देख्दैनन् कि हामीले धरतीलाई त्यसका किनाराहरूबाट घटाउँदै आइराखेका छौं, अनि के तिनीहरू अभिमानी रहनेछन् ?
Verse 45
قُلْ إِنَّمَآ أُنذِرُكُم بِٱلْوَحْىِ ۚ وَلَا يَسْمَعُ ٱلصُّمُّ ٱلدُّعَآءَ إِذَا مَا يُنذَرُونَ
Transliteration qul innamā undhirukum bil-waḥyi walā yasmaʿu l-ṣumu l-duʿāa idhā mā yundharūna
Nepali ४५) भनिदिनुस् ! कि म त अल्लाहको सन्देशबाट तिमीहरूलाई नसीहत (सर्तक) गर्दछु तर बहिराहरूले कुरा सुन्दैनन् जब तिनीहरूलाई उपदेश गरिन्छ ।
Verse 46
وَلَئِن مَّسَّتْهُمْ نَفْحَةٌ مِّنْ عَذَابِ رَبِّكَ لَيَقُولُنَّ يَـٰوَيْلَنَآ إِنَّا كُنَّا ظَـٰلِمِينَ
Transliteration wala-in massathum nafḥatun min ʿadhābi rabbika layaqūlunna yāwaylanā innā kunnā ẓālimīna
Nepali ४६) यदि उनीहरूलाई तिम्रो पालनकर्ताको सजायको सानो झोको पनि लाग्छ त तिनीहरूले भन्नेछन् कि हाय अफशोच कस्तो दुर्भाग्य ! हामी निःसन्देह पापी थियौं ।
Verse 47
وَنَضَعُ ٱلْمَوَٰزِينَ ٱلْقِسْطَ لِيَوْمِ ٱلْقِيَـٰمَةِ فَلَا تُظْلَمُ نَفْسٌ شَيْـًٔا ۖ وَإِن كَانَ مِثْقَالَ حَبَّةٍ مِّنْ خَرْدَلٍ أَتَيْنَا بِهَا ۗ وَكَفَىٰ بِنَا حَـٰسِبِينَ
Transliteration wanaḍaʿu l-mawāzīna l-qis'ṭa liyawmi l-qiyāmati falā tuẓ'lamu nafsun shayan wa-in kāna mith'qāla ḥabbatin min khardalin ataynā bihā wakafā binā ḥāsibīna
Nepali ४७) र हामीले कियामतको दिन निसाफको तराजू बीचमा राख्नेछौं अनि कुनै पनि व्यक्तिप्रति अन्याय हुनेछैन । र एउटा रायोको दाना बराबर पनि कर्म छ भने हामीले त्यसलाई उपस्थित गराउनेछौं, र हामी हिसाब गर्नको निमित्त पर्याप्त छौं ।
Verse 48
وَلَقَدْ ءَاتَيْنَا مُوسَىٰ وَهَـٰرُونَ ٱلْفُرْقَانَ وَضِيَآءً وَذِكْرًا لِّلْمُتَّقِينَ
Transliteration walaqad ātaynā mūsā wahārūna l-fur'qāna waḍiyāan wadhik'ran lil'muttaqīna
Nepali ४८) यो सत्य हो कि हामीले मूसा र ‘‘हारूनलाई’’ इन्साफ गर्ने प्रकाश र संयमीहरूको लागि उपदेश र नसीहतको लागि किताब प्रदान गर्यौं ।
Verse 49
ٱلَّذِينَ يَخْشَوْنَ رَبَّهُم بِٱلْغَيْبِ وَهُم مِّنَ ٱلسَّاعَةِ مُشْفِقُونَ
Transliteration alladhīna yakhshawna rabbahum bil-ghaybi wahum mina l-sāʿati mush'fiqūna
Nepali ४९) तिनीहरू जो नदेखे पनि आफ्नो पालनकर्तासित तर्सन्छन् र कियामतको कल्पनाबाटै भयले काम्पने गर्दछन् ।
Verse 50
وَهَـٰذَا ذِكْرٌ مُّبَارَكٌ أَنزَلْنَـٰهُ ۚ أَفَأَنتُمْ لَهُۥ مُنكِرُونَ
Transliteration wahādhā dhik'run mubārakun anzalnāhu afa-antum lahu munkirūna
Nepali ५०) र यो उपदेश र वरदानयुक्त कुरआन हामीले अवतरित गरेका छौं । के तिमीले तैपनि यसलाई अस्वीकार गर्दछौ ?
Verse 51
۞ وَلَقَدْ ءَاتَيْنَآ إِبْرَٰهِيمَ رُشْدَهُۥ مِن قَبْلُ وَكُنَّا بِهِۦ عَـٰلِمِينَ
Transliteration walaqad ātaynā ib'rāhīma rush'dahu min qablu wakunnā bihi ʿālimīna
Nepali ५१) निःसन्देह हामीले इब्राहीम (अलैहिस्सलाम) लाई यस अघि नै सदाचार र सोच समझ प्रदान गरेका थियौं र हामीलाई उनको अवस्थाबारे राम्ररी थाहा थियो ।
Verse 52
إِذْ قَالَ لِأَبِيهِ وَقَوْمِهِۦ مَا هَـٰذِهِ ٱلتَّمَاثِيلُ ٱلَّتِىٓ أَنتُمْ لَهَا عَـٰكِفُونَ
Transliteration idh qāla li-abīhi waqawmihi mā hādhihi l-tamāthīlu allatī antum lahā ʿākifūna
Nepali ५२) जब उनले आफ्नो पिता र आफ्नो समुदायसित भनेः ‘‘यी मूर्तिहरू को हुन्, जसको तिमीहरू एकाग्रभई पूजा गर्दछौ ?’’
Verse 53
قَالُوا۟ وَجَدْنَآ ءَابَآءَنَا لَهَا عَـٰبِدِينَ
Transliteration qālū wajadnā ābāanā lahā ʿābidīna
Nepali ५३) तिनीहरू जवाफदिन थाले कि हामीले आफ्ना बाबु–बाजेहरूलाई यिनैको पूजा गरेको देखेका छौं ।
Verse 54
قَالَ لَقَدْ كُنتُمْ أَنتُمْ وَءَابَآؤُكُمْ فِى ضَلَـٰلٍ مُّبِينٍ
Transliteration qāla laqad kuntum antum waābāukum fī ḍalālin mubīnin
Nepali ५४) इब्राहीमले भने ! कि निःसन्देह तिमी र तिम्रा बाबु–बाजे पनि अज्ञानताबाट ग्रस्त रहयौ ।
Verse 55
قَالُوٓا۟ أَجِئْتَنَا بِٱلْحَقِّ أَمْ أَنتَ مِنَ ٱللَّـٰعِبِينَ
Transliteration qālū aji'tanā bil-ḥaqi am anta mina l-lāʿibīna
Nepali ५५) तिनीहरूले भने कि के साँच्चै तपाईले हाम्रो पासमा सत्य कुरा ल्याउनुभएको छ वा त्यसै हाँसो ख्याल गरी रहनुभएको छ ।
Verse 56
قَالَ بَل رَّبُّكُمْ رَبُّ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ ٱلَّذِى فَطَرَهُنَّ وَأَنَا۠ عَلَىٰ ذَٰلِكُم مِّنَ ٱلشَّـٰهِدِينَ
Transliteration qāla bal rabbukum rabbu l-samāwāti wal-arḍi alladhī faṭarahunna wa-anā ʿalā dhālikum mina l-shāhidīna
Nepali ५६) (इब्राहीमले) भने, (होइन) बरु वास्तवमै तिमी सबैको पालनकर्ता त्यो हो जो आकाशहरू र धरतीको मालिक हो, जसले तिनीहरूलाई सृष्टि गरेका हो र म यस कुराको साक्षी छु र यसलाई स्वीकार गर्दछु ।
Verse 57
وَتَٱللَّهِ لَأَكِيدَنَّ أَصْنَـٰمَكُم بَعْدَ أَن تُوَلُّوا۟ مُدْبِرِينَ
Transliteration watal-lahi la-akīdanna aṣnāmakum baʿda an tuwallū mud'birīna
Nepali ५७) र अल्लाहको शपथ ! तिमीहरू विमुख भई फर्केर गएपछि म तिम्रा देवताहरूसित एउटा चाल चाल्नेछु ।
Verse 58
فَجَعَلَهُمْ جُذَٰذًا إِلَّا كَبِيرًا لَّهُمْ لَعَلَّهُمْ إِلَيْهِ يَرْجِعُونَ
Transliteration fajaʿalahum judhādhan illā kabīran lahum laʿallahum ilayhi yarjiʿūna
Nepali ५८) फेरि उहाँ (इब्राहीम) ले तिनीहरूलाई (फुटालेर) टुक्रा–टुक्रा पारिदिए, तर एउटा ठूलो मूर्तिलाई छाडिदिए यो पनि यसकारण कि उनीहरू त्यसतिर प्रवृत्त होउन् ।
Verse 59
قَالُوا۟ مَن فَعَلَ هَـٰذَا بِـَٔالِهَتِنَآ إِنَّهُۥ لَمِنَ ٱلظَّـٰلِمِينَ
Transliteration qālū man faʿala hādhā biālihatinā innahu lamina l-ẓālimīna
Nepali ५९) उनीहरूले भन्न थाले कि हाम्रा देवताहरूसित यस्तो व्यवहार कसले गर्यो निश्चय नै त्यो कुनै अत्याचारी हुनुपर्छ ।
Verse 60
قَالُوا۟ سَمِعْنَا فَتًى يَذْكُرُهُمْ يُقَالُ لَهُۥٓ إِبْرَٰهِيمُ
Transliteration qālū samiʿ'nā fatan yadhkuruhum yuqālu lahu ib'rāhīmu
Nepali ६०) तिनीहरूले भनेः हामीले एउटा युवकलाई उनको बारेमा चर्चा गरेको सुनेका थियौं, जसलाई इब्राहीम भनिन्छ ।
Verse 61
قَالُوا۟ فَأْتُوا۟ بِهِۦ عَلَىٰٓ أَعْيُنِ ٱلنَّاسِ لَعَلَّهُمْ يَشْهَدُونَ
Transliteration qālū fatū bihi ʿalā aʿyuni l-nāsi laʿallahum yashhadūna
Nepali ६१) तिनीहरूले भने कि ठीक छ उसलाई सभामा मानिसहरूको अगाडि ल्याऊ कि तिनलाई सबैले हेर्नसकुन् ।
Verse 62
قَالُوٓا۟ ءَأَنتَ فَعَلْتَ هَـٰذَا بِـَٔالِهَتِنَا يَـٰٓإِبْرَٰهِيمُ
Transliteration qālū a-anta faʿalta hādhā biālihatinā yāib'rāhīmu
Nepali ६२) (इब्राहीम आएपछि) उनीहरूले भनेः हे इब्राहीम ! के तिमीले नै हाम्रा देवताहरूसित यस्तो कर्म गरेको हो ?
Verse 63
قَالَ بَلْ فَعَلَهُۥ كَبِيرُهُمْ هَـٰذَا فَسْـَٔلُوهُمْ إِن كَانُوا۟ يَنطِقُونَ
Transliteration qāla bal faʿalahu kabīruhum hādhā fasalūhum in kānū yanṭiqūna
Nepali ६३) (इब्राहीमले) जवाफ दिए बरु यो उनीहरूभन्दा ठूलोले गरेको छ, यदि यिनीहरू बोल्छन् भने आफ्ना यी पूज्यहरूसित नै सोध ।
Verse 64
فَرَجَعُوٓا۟ إِلَىٰٓ أَنفُسِهِمْ فَقَالُوٓا۟ إِنَّكُمْ أَنتُمُ ٱلظَّـٰلِمُونَ
Transliteration farajaʿū ilā anfusihim faqālū innakum antumu l-ẓālimūna
Nepali ६४) अनि तिनीहरू आफ्ना टाउको टेकेर पल्टेर भन्न थालेः अत्याचारी त तिमी नै हौ ।
Verse 65
ثُمَّ نُكِسُوا۟ عَلَىٰ رُءُوسِهِمْ لَقَدْ عَلِمْتَ مَا هَـٰٓؤُلَآءِ يَنطِقُونَ
Transliteration thumma nukisū ʿalā ruūsihim laqad ʿalim'ta mā hāulāi yanṭiqūna
Nepali ६५) अनि तिनीहरू लज्जाले व्याकुल भए र (भन्न थाले) कि यो तिमीलाई पनि थाहा छ कि यिनीहरू (यी मूर्तिहरू) बोल्दैनन् ।
Verse 66
قَالَ أَفَتَعْبُدُونَ مِن دُونِ ٱللَّهِ مَا لَا يَنفَعُكُمْ شَيْـًٔا وَلَا يَضُرُّكُمْ
Transliteration qāla afataʿbudūna min dūni l-lahi mā lā yanfaʿukum shayan walā yaḍurrukum
Nepali ६६) त्यसपछि (इब्राहीमले) भनेः कि ‘‘त्यसो भए तिमीहरूले अल्लाहलाई छाडी यस्ताकुराको पूजा किन गर्दछौ जसले (पूजा गरेमा) तिमीलाई नकुनै लाभ पुर्याउन सक्तछन् र पूजा नगरेमा नकुनै हानि ?’’
Verse 67
أُفٍّ لَّكُمْ وَلِمَا تَعْبُدُونَ مِن دُونِ ٱللَّهِ ۖ أَفَلَا تَعْقِلُونَ
Transliteration uffin lakum walimā taʿbudūna min dūni l-lahi afalā taʿqilūna
Nepali ६७) धिक्कार छ तिमीहरूलाई र उनीहरूलाई पनि, जसलाई तिमीहरूले अल्लाह बाहेक पूजा गर्दछौ, के तिमीहरूसँग यति पनि बुद्धि छैन ?
Verse 68
قَالُوا۟ حَرِّقُوهُ وَٱنصُرُوٓا۟ ءَالِهَتَكُمْ إِن كُنتُمْ فَـٰعِلِينَ
Transliteration qālū ḥarriqūhu wa-unṣurū ālihatakum in kuntum fāʿilīna
Nepali ६८) (तिनीहरूले) भन्न थाले कि यदि तिमीहरूले देवताहरूको प्रतिशोधको लागि केही गर्नुछ भने यस (इब्राहीम) लाई जलाइहाल र आफ्ना देवताहरूको सहायता गर ।
Verse 69
قُلْنَا يَـٰنَارُ كُونِى بَرْدًا وَسَلَـٰمًا عَلَىٰٓ إِبْرَٰهِيمَ
Transliteration qul'nā yānāru kūnī bardan wasalāman ʿalā ib'rāhīma
Nepali ६९) हामीले आदेश गर्यौं कि हे आगो ! तिमी (इब्राहीमको निम्ति) चिसो भइजा र आराम र सुरक्षाको साधन बनिहाल ।
Verse 70
وَأَرَادُوا۟ بِهِۦ كَيْدًا فَجَعَلْنَـٰهُمُ ٱلْأَخْسَرِينَ
Transliteration wa-arādū bihi kaydan fajaʿalnāhumu l-akhsarīna
Nepali ७०) तिनीहरूले उनको कुभलो गर्न चाहे, तर हामीले तिनीहरूलाई असफल गरिदियौं ।
Verse 71
وَنَجَّيْنَـٰهُ وَلُوطًا إِلَى ٱلْأَرْضِ ٱلَّتِى بَـٰرَكْنَا فِيهَا لِلْعَـٰلَمِينَ
Transliteration wanajjaynāhu walūṭan ilā l-arḍi allatī bāraknā fīhā lil'ʿālamīna
Nepali ७१) र हामीले ‘‘इब्राहीम (अलैहिस्सलाम)’’ र ‘‘लूत (अलैस्सिलाम) लाई’’ बचाएर धरतीको त्यो भागतिर लग्यौं जसमा हामीले संसारका मानिसहरूको निम्ति वरदान राखेका थियौं ।
Verse 72
وَوَهَبْنَا لَهُۥٓ إِسْحَـٰقَ وَيَعْقُوبَ نَافِلَةً ۖ وَكُلًّا جَعَلْنَا صَـٰلِحِينَ
Transliteration wawahabnā lahu is'ḥāqa wayaʿqūba nāfilatan wakullan jaʿalnā ṣāliḥīna
Nepali ७२) र हामीले ‘‘इब्राहीमलाई इस्हाक’’ र ‘‘यअ्कुब’’ प्रदान गर्यौं र यसको अतिरिक्त उपहारस्वरूप हरेकलाई असल मानिस बनायौं ।
Verse 73
وَجَعَلْنَـٰهُمْ أَئِمَّةً يَهْدُونَ بِأَمْرِنَا وَأَوْحَيْنَآ إِلَيْهِمْ فِعْلَ ٱلْخَيْرَٰتِ وَإِقَامَ ٱلصَّلَوٰةِ وَإِيتَآءَ ٱلزَّكَوٰةِ ۖ وَكَانُوا۟ لَنَا عَـٰبِدِينَ
Transliteration wajaʿalnāhum a-immatan yahdūna bi-amrinā wa-awḥaynā ilayhim fiʿ'la l-khayrāti wa-iqāma l-ṣalati waītāa l-zakati wakānū lanā ʿābidīna
Nepali ७३) र हामीले उनीहरूलाई नायक बनायौं कि हाम्रो आदेशले मार्गनिर्देशन गरुन् र तिनीहरूलाई असल कर्म गर्न र नमाज पढ्न र दान दिनुको निम्ति आदेश पठायौं र तिनीहरू सबै हाम्रो उपासना गर्ने सेवक थिए ।
Verse 74
وَلُوطًا ءَاتَيْنَـٰهُ حُكْمًا وَعِلْمًا وَنَجَّيْنَـٰهُ مِنَ ٱلْقَرْيَةِ ٱلَّتِى كَانَت تَّعْمَلُ ٱلْخَبَـٰٓئِثَ ۗ إِنَّهُمْ كَانُوا۟ قَوْمَ سَوْءٍ فَـٰسِقِينَ
Transliteration walūṭan ātaynāhu ḥuk'man waʿil'man wanajjaynāhu mina l-qaryati allatī kānat taʿmalu l-khabāitha innahum kānū qawma sawin fāsiqīna
Nepali ७४) हामीले ‘‘लूत (अलैहिस्सलाम) लाई’’ पनि आदेश र ज्ञान प्रदान गर्यौं र उनलाई त्यस बस्तीबाट छुटकारा दिलायौं जहाँका मानिसहरू नराम्रो कर्म गर्दथिए । वास्तवमा तिनीहरू साह्रै नै नराम्रो र उल्लघंनकारी थिए ।
Verse 75
وَأَدْخَلْنَـٰهُ فِى رَحْمَتِنَآ ۖ إِنَّهُۥ مِنَ ٱلصَّـٰلِحِينَ
Transliteration wa-adkhalnāhu fī raḥmatinā innahu mina l-ṣāliḥīna
Nepali ७५) र हामीले लूतलाई आफ्नो कृपापात्र बनायौं । निःसन्देह उनी असल मानिसहरूमध्येका थिए ।
Verse 76
وَنُوحًا إِذْ نَادَىٰ مِن قَبْلُ فَٱسْتَجَبْنَا لَهُۥ فَنَجَّيْنَـٰهُ وَأَهْلَهُۥ مِنَ ٱلْكَرْبِ ٱلْعَظِيمِ
Transliteration wanūḥan idh nādā min qablu fa-is'tajabnā lahu fanajjaynāhu wa-ahlahu mina l-karbi l-ʿaẓīmi
Nepali ७६) र ‘‘नूहको’’ त्यस समयको पनि स्मरण गर्नुस्, जबकि उनले यसभन्दा अगाडि हामीलाई पुकारेका थिए, तब हामीले उनको प्रार्थना स्वीकार गर्यौं र हामीले उनलाई र उनका घरवालाहरूलाई ठूलो क्लेशबाट छुटकारा दिलायौं ।
Verse 77
وَنَصَرْنَـٰهُ مِنَ ٱلْقَوْمِ ٱلَّذِينَ كَذَّبُوا۟ بِـَٔايَـٰتِنَآ ۚ إِنَّهُمْ كَانُوا۟ قَوْمَ سَوْءٍ فَأَغْرَقْنَـٰهُمْ أَجْمَعِينَ
Transliteration wanaṣarnāhu mina l-qawmi alladhīna kadhabū biāyātinā innahum kānū qawma sawin fa-aghraqnāhum ajmaʿīna
Nepali ७७) र जुन मानिसहरूले हाम्रा आयतहरूलाई झुठ्ठा भनिराखेका थिए तिनीहरूको दाँजोमा हामीले उनको मद्दत गर्यौं, वास्तवमा तिनीहरू नराम्रा मानिसहरू थिए । अतः हामीले ती सबैलाई डुबाइदियौं ।
Verse 78
وَدَاوُۥدَ وَسُلَيْمَـٰنَ إِذْ يَحْكُمَانِ فِى ٱلْحَرْثِ إِذْ نَفَشَتْ فِيهِ غَنَمُ ٱلْقَوْمِ وَكُنَّا لِحُكْمِهِمْ شَـٰهِدِينَ
Transliteration wadāwūda wasulaymāna idh yaḥkumāni fī l-ḥarthi idh nafashat fīhi ghanamu l-qawmi wakunnā liḥuk'mihim shāhidīna
Nepali ७८) र ‘‘दाऊद’’(अलैहिस्सलाम) र ‘‘सुलैमान’’ (अलैहिस्सलाम)लाई सम्झनुस् जबकि उनीहरू खेत सम्बन्धी कुरामा निर्णय गरिराखेका थिए त्यतिखेर केही मानिसहरूका बाख्राहरू त्यसमा चरेका थिए, र तिनीहरूको निर्णयमा हामी उपस्थित थियौं ।
Verse 79
فَفَهَّمْنَـٰهَا سُلَيْمَـٰنَ ۚ وَكُلًّا ءَاتَيْنَا حُكْمًا وَعِلْمًا ۚ وَسَخَّرْنَا مَعَ دَاوُۥدَ ٱلْجِبَالَ يُسَبِّحْنَ وَٱلطَّيْرَ ۚ وَكُنَّا فَـٰعِلِينَ
Transliteration fafahhamnāhā sulaymāna wakullan ātaynā ḥuk'man waʿil'man wasakharnā maʿa dāwūda l-jibāla yusabbiḥ'na wal-ṭayra wakunnā fāʿilīna
Nepali ७९) अनि हामीले त्यस विवादको सही निर्णय सुलैमानलाई सम्झाइदियौं । र हामीले दुवैलाई निर्णयशक्ति र ज्ञान प्रदान गरेका थियौं र हामीले पहाडहरूलाई र चराहरूलाई पनि दाऊदको अधीनमा गरिदिएका थियौं जसले कि उनीसँगै अल्लाहको स्तुति गर्दथे र यस्तो गर्नेवाला हामी नै थियौं ।
Verse 80
وَعَلَّمْنَـٰهُ صَنْعَةَ لَبُوسٍ لَّكُمْ لِتُحْصِنَكُم مِّنۢ بَأْسِكُمْ ۖ فَهَلْ أَنتُمْ شَـٰكِرُونَ
Transliteration waʿallamnāhu ṣanʿata labūsin lakum lituḥ'ṣinakum min basikum fahal antum shākirūna
Nepali ८०) र हामीले उनलाई तिमीहरूको लागी परिधान (अर्थात कवचको शिल्पकला) पनि सिकाएका थियौं ताकि युद्धको क्षतिबाट तिम्रो रक्षा होस्, त के तिमी अनुग्रहित बन्ने छौ ?
Verse 81
وَلِسُلَيْمَـٰنَ ٱلرِّيحَ عَاصِفَةً تَجْرِى بِأَمْرِهِۦٓ إِلَى ٱلْأَرْضِ ٱلَّتِى بَـٰرَكْنَا فِيهَا ۚ وَكُنَّا بِكُلِّ شَىْءٍ عَـٰلِمِينَ
Transliteration walisulaymāna l-rīḥa ʿāṣifatan tajrī bi-amrihi ilā l-arḍi allatī bāraknā fīhā wakunnā bikulli shayin ʿālimīna
Nepali ८१) सुलैमानको अधीनमा हामीले तीव्र वायुलाई वशीभूत गरिदिएका थियौं, जुन उनको आदेश अनुसार यस भू–भागतिर चल्थ्यो जहाँ हामीले बरकत प्रदान गरेका थियौं । र हामी त हरेक कुराको ज्ञाता हौं ।
Verse 82
وَمِنَ ٱلشَّيَـٰطِينِ مَن يَغُوصُونَ لَهُۥ وَيَعْمَلُونَ عَمَلًا دُونَ ذَٰلِكَ ۖ وَكُنَّا لَهُمْ حَـٰفِظِينَ
Transliteration wamina l-shayāṭīni man yaghūṣūna lahu wayaʿmalūna ʿamalan dūna dhālika wakunnā lahum ḥāfiẓīna
Nepali ८२) यस्तै अनेक शैतानका समूहहरूलाई पनि उनको अधीनमा गरेका थियौं, जो उनको आदेशबाट डुबुल्की र यसका अतिरिक्त अरु काम पनि गर्दथे, र तिनीहरूलाई सम्हाल्नेवाला हामी नै थियौं ।
Verse 83
۞ وَأَيُّوبَ إِذْ نَادَىٰ رَبَّهُۥٓ أَنِّى مَسَّنِىَ ٱلضُّرُّ وَأَنتَ أَرْحَمُ ٱلرَّٰحِمِينَ
Transliteration wa-ayyūba idh nādā rabbahu annī massaniya l-ḍuru wa-anta arḥamu l-rāḥimīna
Nepali ८३) अय्यूब (अलैहिस्सलाम) को अवस्थालाई पनि सम्झ, जब उनले आफ्नो पालनकर्तासित प्रार्थना गरे कि मलाई यो रोग लागेको छ र तिमी सबैभन्दा ठूला दयावान हौ ।
Verse 84
فَٱسْتَجَبْنَا لَهُۥ فَكَشَفْنَا مَا بِهِۦ مِن ضُرٍّ ۖ وَءَاتَيْنَـٰهُ أَهْلَهُۥ وَمِثْلَهُم مَّعَهُمْ رَحْمَةً مِّنْ عِندِنَا وَذِكْرَىٰ لِلْعَـٰبِدِينَ
Transliteration fa-is'tajabnā lahu fakashafnā mā bihi min ḍurrin waātaynāhu ahlahu wamith'lahum maʿahum raḥmatan min ʿindinā wadhik'rā lil'ʿābidīna
Nepali ८४) अतः हामीले उनको प्रार्थना स्वीकार गर्यौं र उनलाई जुन कष्ट थियो त्यो हामीले समाप्त गरिहाल्यौं र उनलाई परिवार र सन्तान प्रदान गर्यौं, र तिनीहरू जस्तै अरु पनि आफ्नो विशेष कृपाले प्रदान गर्यौं, ताकि सच्चा सेवकहरूको लागि उपदेश होस् ।
Verse 85
وَإِسْمَـٰعِيلَ وَإِدْرِيسَ وَذَا ٱلْكِفْلِ ۖ كُلٌّ مِّنَ ٱلصَّـٰبِرِينَ
Transliteration wa-is'māʿīla wa-id'rīsa wadhā l-kif'li kullun mina l-ṣābirīna
Nepali ८५) र ‘‘इसमाईल’’ र ‘‘इदरीस’’ र ‘‘जुलकिफ्ल’’ (माथि पनि कृपादृष्टि गर्यौं) यी सबै धैर्यवान थिए ।
Verse 86
وَأَدْخَلْنَـٰهُمْ فِى رَحْمَتِنَآ ۖ إِنَّهُم مِّنَ ٱلصَّـٰلِحِينَ
Transliteration wa-adkhalnāhum fī raḥmatinā innahum mina l-ṣāliḥīna
Nepali ८६) उनीहरूलाई हामीले आफ्नो दयालुतामा प्रवेश गरायौं यी सबै असल मानिसहरू थिए ।
Verse 87
وَذَا ٱلنُّونِ إِذ ذَّهَبَ مُغَـٰضِبًا فَظَنَّ أَن لَّن نَّقْدِرَ عَلَيْهِ فَنَادَىٰ فِى ٱلظُّلُمَـٰتِ أَن لَّآ إِلَـٰهَ إِلَّآ أَنتَ سُبْحَـٰنَكَ إِنِّى كُنتُ مِنَ ٱلظَّـٰلِمِينَ
Transliteration wadhā l-nūni idh dhahaba mughāḍiban faẓanna an lan naqdira ʿalayhi fanādā fī l-ẓulumāti an lā ilāha illā anta sub'ḥānaka innī kuntu mina l-ẓālimīna
Nepali ८७) र ‘‘जन्नून’’ (यूनूस) लाई सम्झ ! जब उनी क्रोधको अवस्थामा हिँडिहाले र ठानेकि हामीले उनलाई समात्न सक्ने छैनौ अन्ततः उनले अँध्यारोबाट पुकारिहाले कि हे अल्लाह ! तिमी बाहेक अरु कोही सत्य पूज्य छैन, तिमी पवित्र छौ निःसन्देह म नै अपराधी थिएँ ।
Verse 88
فَٱسْتَجَبْنَا لَهُۥ وَنَجَّيْنَـٰهُ مِنَ ٱلْغَمِّ ۚ وَكَذَٰلِكَ نُـۨجِى ٱلْمُؤْمِنِينَ
Transliteration fa-is'tajabnā lahu wanajjaynāhu mina l-ghami wakadhālika nunjī l-mu'minīna
Nepali ८८) अनि हामीले उनको प्रार्थना स्वीकार गरिहालें र चिन्ताबाट उनलाई मुक्त गरें र ईमानवालाहरूलाई हामीले यस्तै प्रकारले छुटकारा दिलाउँछौं ।
Verse 89
وَزَكَرِيَّآ إِذْ نَادَىٰ رَبَّهُۥ رَبِّ لَا تَذَرْنِى فَرْدًا وَأَنتَ خَيْرُ ٱلْوَٰرِثِينَ
Transliteration wazakariyyā idh nādā rabbahu rabbi lā tadharnī fardan wa-anta khayru l-wārithīna
Nepali ८९) र ‘‘जÞकरीया’’ (अलैहिस्सलाम) लाई सम्झ जब उनले आफ्नो पालनकर्तासित प्रार्थना गरे कि हे मेरो पालनकर्ता ! मलाई एक्लो नछाड, तिमी सबैभन्दा असल वारिस छौ ।
Verse 90
فَٱسْتَجَبْنَا لَهُۥ وَوَهَبْنَا لَهُۥ يَحْيَىٰ وَأَصْلَحْنَا لَهُۥ زَوْجَهُۥٓ ۚ إِنَّهُمْ كَانُوا۟ يُسَـٰرِعُونَ فِى ٱلْخَيْرَٰتِ وَيَدْعُونَنَا رَغَبًا وَرَهَبًا ۖ وَكَانُوا۟ لَنَا خَـٰشِعِينَ
Transliteration fa-is'tajabnā lahu wawahabnā lahu yaḥyā wa-aṣlaḥnā lahu zawjahu innahum kānū yusāriʿūna fī l-khayrāti wayadʿūnanā raghaban warahaban wakānū lanā khāshiʿīna
Nepali ९०) हामीले उनको पुकार प्रार्थना स्वीकार गरेर उनलाई ‘‘यह्या’’ प्रदान गर्यौं र उनकी श्रीमतीलाई सन्तानको योग्य बनाइहाल्यौं । यी भलो मानिसहरू असल कामतिर हतार गर्दथे र हामीलाई आशा र डरले पुकार्दथे र हाम्रो अगाडि याचना गर्दथे ।
Verse 91
وَٱلَّتِىٓ أَحْصَنَتْ فَرْجَهَا فَنَفَخْنَا فِيهَا مِن رُّوحِنَا وَجَعَلْنَـٰهَا وَٱبْنَهَآ ءَايَةً لِّلْعَـٰلَمِينَ
Transliteration wa-allatī aḥṣanat farjahā fanafakhnā fīhā min rūḥinā wajaʿalnāhā wa-ib'nahā āyatan lil'ʿālamīna
Nepali ९१) र ती पवित्र आचारणवाली स्त्री (मरियम) जसले आफ्नो पवित्रताको रक्षा गरिन् (तब) हामीले उसभित्र आफ्नो रूह फूकिदियौं र उनलाई तथा उनको पुत्रलाई संसारका मानिसहरूको लागि निशानी बनाइदियौं ।
Verse 92
إِنَّ هَـٰذِهِۦٓ أُمَّتُكُمْ أُمَّةً وَٰحِدَةً وَأَنَا۠ رَبُّكُمْ فَٱعْبُدُونِ
Transliteration inna hādhihi ummatukum ummatan wāḥidatan wa-anā rabbukum fa-uʿ'budūni
Nepali ९२) यो तिम्रो समुदाय हो जो वास्तवमा एउटै समुदाय हो, र म तिमीसबैको पालनकर्ता हूँ, तसर्थ तिमीहरू मेरो नै पूजा गर्नेगर ।
Verse 93
وَتَقَطَّعُوٓا۟ أَمْرَهُم بَيْنَهُمْ ۖ كُلٌّ إِلَيْنَا رَٰجِعُونَ
Transliteration wataqaṭṭaʿū amrahum baynahum kullun ilaynā rājiʿūna
Nepali ९३) तर यी मानिसहरू आफ्ना कुराहरूमा आपसमा समूहहरूमा विभाजित भइहाले (तर) सबै हामीतिरै फर्कनेवाला हुन् ।
Verse 94
فَمَن يَعْمَلْ مِنَ ٱلصَّـٰلِحَـٰتِ وَهُوَ مُؤْمِنٌ فَلَا كُفْرَانَ لِسَعْيِهِۦ وَإِنَّا لَهُۥ كَـٰتِبُونَ
Transliteration faman yaʿmal mina l-ṣāliḥāti wahuwa mu'minun falā kuf'rāna lisaʿyihi wa-innā lahu kātibūna
Nepali ९४) फेरि जसले असल कर्म गर्छ र ऊ ईमानवाला पनि छ भने उसको प्रयास खेर जानेछैन र हामीले उसको निम्ति (कर्मको फल) लेखिराखेका छौं ।
Verse 95
وَحَرَٰمٌ عَلَىٰ قَرْيَةٍ أَهْلَكْنَـٰهَآ أَنَّهُمْ لَا يَرْجِعُونَ
Transliteration waḥarāmun ʿalā qaryatin ahlaknāhā annahum lā yarjiʿūna
Nepali ९५) र जुन बस्तीलाई हामीले नष्ट पारिदियौं उसको लागि यो निश्चित छ कि त्यहाँका मानिसहरू फर्केर आउने छैनन् ।
Verse 96
حَتَّىٰٓ إِذَا فُتِحَتْ يَأْجُوجُ وَمَأْجُوجُ وَهُم مِّن كُلِّ حَدَبٍ يَنسِلُونَ
Transliteration ḥattā idhā futiḥat yajūju wamajūju wahum min kulli ḥadabin yansilūna
Nepali ९६) यहाँसम्म कि ‘‘याजूज’’ र ‘‘माजूज’’ छाडिनेछन् र उनीहरू प्रत्येक उच्च पहाडबाट दुगुर्दै आउनेछन् ।
Verse 97
وَٱقْتَرَبَ ٱلْوَعْدُ ٱلْحَقُّ فَإِذَا هِىَ شَـٰخِصَةٌ أَبْصَـٰرُ ٱلَّذِينَ كَفَرُوا۟ يَـٰوَيْلَنَا قَدْ كُنَّا فِى غَفْلَةٍ مِّنْ هَـٰذَا بَلْ كُنَّا ظَـٰلِمِينَ
Transliteration wa-iq'taraba l-waʿdu l-ḥaqu fa-idhā hiya shākhiṣatun abṣāru alladhīna kafarū yāwaylanā qad kunnā fī ghaflatin min hādhā bal kunnā ẓālimīna
Nepali ९७) र सच्चा वादा (वाचा) नजिक आउनेछ, त्यसबेला काफिरहरूका आँखा आश्चर्यचकित हुनेछन्, कि ‘‘अफशोच, हाम्रो दुर्भाग्य हामी यसतिर असावधान रह्यौं, बरु हामी नै अपराधी थियौं ।’’
Verse 98
إِنَّكُمْ وَمَا تَعْبُدُونَ مِن دُونِ ٱللَّهِ حَصَبُ جَهَنَّمَ أَنتُمْ لَهَا وَٰرِدُونَ
Transliteration innakum wamā taʿbudūna min dūni l-lahi ḥaṣabu jahannama antum lahā wāridūna
Nepali ९८) (काफिरहरू !) तिमी र अल्लाह बाहेक जस–जसको तिमी पूजा गर्दछौ सबै नर्कका इन्धन हुनेछौ । तिमी सबै त्यसमा प्रवेश गर्नेछौ ।
Verse 99
لَوْ كَانَ هَـٰٓؤُلَآءِ ءَالِهَةً مَّا وَرَدُوهَا ۖ وَكُلٌّ فِيهَا خَـٰلِدُونَ
Transliteration law kāna hāulāi ālihatan mā waradūhā wakullun fīhā khālidūna
Nepali ९९) यदि यिनीहरू सच्चा पूज्य भएको भए नर्कमा प्रवेश गर्ने थिएनन्, सबै त्यसमा सधैं बसिराख्ने छन् ।
Verse 100
لَهُمْ فِيهَا زَفِيرٌ وَهُمْ فِيهَا لَا يَسْمَعُونَ
Transliteration lahum fīhā zafīrun wahum fīhā lā yasmaʿūna
Nepali १००) त्यहाँ तिनीहरू चिच्याइराखेका हुनेछन् र त्यहाँ केही पनि सुन्न सक्ने छैनन् ।
Verse 101
إِنَّ ٱلَّذِينَ سَبَقَتْ لَهُم مِّنَّا ٱلْحُسْنَىٰٓ أُو۟لَـٰٓئِكَ عَنْهَا مُبْعَدُونَ
Transliteration inna alladhīna sabaqat lahum minnā l-ḥus'nā ulāika ʿanhā mub'ʿadūna
Nepali १०१) तर जसलाई हाम्रो तर्फबाट अघि नै पुरस्कारको वाचा भइसकेको छ, तिनीहरू त्यसबाट टाढा राखिनेछन् ।
Verse 102
لَا يَسْمَعُونَ حَسِيسَهَا ۖ وَهُمْ فِى مَا ٱشْتَهَتْ أَنفُسُهُمْ خَـٰلِدُونَ
Transliteration lā yasmaʿūna ḥasīsahā wahum fī mā ish'tahat anfusuhum khālidūna
Nepali १०२) उनीहरूले त नर्कको आहट पनि सुन्नेछैनन् र जुन कुराको तिनीहरूलाई इच्छा हुन्छ त्यसैमा रमाइरहनेछन् ।
Verse 103
لَا يَحْزُنُهُمُ ٱلْفَزَعُ ٱلْأَكْبَرُ وَتَتَلَقَّىٰهُمُ ٱلْمَلَـٰٓئِكَةُ هَـٰذَا يَوْمُكُمُ ٱلَّذِى كُنتُمْ تُوعَدُونَ
Transliteration lā yaḥzunuhumu l-fazaʿu l-akbaru watatalaqqāhumu l-malāikatu hādhā yawmukumu alladhī kuntum tūʿadūna
Nepali १०३) उनीहरूलाई (यस दिनको) ठूलो त्रासले पनि चिन्तित गर्नेछैन र फरिश्ताहरूले तिनीहरूको स्वागत गर्नेछन् (र भन्नेछन) कि यही त्यो दिन हो जसको तिमीसित वाचा गर्ने गरिन्थ्यो ।
Verse 104
يَوْمَ نَطْوِى ٱلسَّمَآءَ كَطَىِّ ٱلسِّجِلِّ لِلْكُتُبِ ۚ كَمَا بَدَأْنَآ أَوَّلَ خَلْقٍ نُّعِيدُهُۥ ۚ وَعْدًا عَلَيْنَآ ۚ إِنَّا كُنَّا فَـٰعِلِينَ
Transliteration yawma naṭwī l-samāa kaṭayyi l-sijili lil'kutubi kamā badanā awwala khalqin nuʿīduhu waʿdan ʿalaynā innā kunnā fāʿilīna
Nepali १०४) जुन दिन हामीले आकाशलाई यसरी बेर्नेछौं, जसरी पञ्जीकामा दस्तावेजका पानाहरू बेरिन्छन् । जसरी हामीले सृष्टिको प्रारम्भ गरेका थियौं त्यस्तै हामीले त्यसको पुनरावृत्ति गर्नेछौं । यो हाम्रो जिम्मामा भएको एउटा वाचा हो, निश्चय नै हामीलाई यो (पूरा) गर्नु नै छ ।
Verse 105
وَلَقَدْ كَتَبْنَا فِى ٱلزَّبُورِ مِنۢ بَعْدِ ٱلذِّكْرِ أَنَّ ٱلْأَرْضَ يَرِثُهَا عِبَادِىَ ٱلصَّـٰلِحُونَ
Transliteration walaqad katabnā fī l-zabūri min baʿdi l-dhik'ri anna l-arḍa yarithuhā ʿibādiya l-ṣāliḥūna
Nepali १०५) हामीले ‘‘जबूरमा’’ (दाऊदमाथि उत्रेको किताब) उपदेश पछि यो लेखिसकेका छौं कि धरतीको उत्तराधिकारी मेरा असल भक्तहरू हुनेछन् ।’’
Verse 106
إِنَّ فِى هَـٰذَا لَبَلَـٰغًا لِّقَوْمٍ عَـٰبِدِينَ
Transliteration inna fī hādhā labalāghan liqawmin ʿābidīna
Nepali १०६) उपासना गर्ने सेवकहरूको लागि यसमा एउटा ठूलो सन्देश छ ।
Verse 107
وَمَآ أَرْسَلْنَـٰكَ إِلَّا رَحْمَةً لِّلْعَـٰلَمِينَ
Transliteration wamā arsalnāka illā raḥmatan lil'ʿālamīna
Nepali १०७) र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) हामीले तपाईलाई सम्पूर्ण जगतको निम्ति सर्वथा दयाको प्रतीक बनाएर पठाएका छौं ।
Verse 108
قُلْ إِنَّمَا يُوحَىٰٓ إِلَىَّ أَنَّمَآ إِلَـٰهُكُمْ إِلَـٰهٌ وَٰحِدٌ ۖ فَهَلْ أَنتُم مُّسْلِمُونَ
Transliteration qul innamā yūḥā ilayya annamā ilāhukum ilāhun wāḥidun fahal antum mus'limūna
Nepali १०८) भनिदिनुस् ‘‘मेरो पासमा ‘‘वह्य’’ (अल्लाहको संदेश) आउँछ कि तिम्रो पूज्य एउटै छ त के तिमी उसको आज्ञापालन गर्नेवाला छौ ?
Verse 109
فَإِن تَوَلَّوْا۟ فَقُلْ ءَاذَنتُكُمْ عَلَىٰ سَوَآءٍ ۖ وَإِنْ أَدْرِىٓ أَقَرِيبٌ أَم بَعِيدٌ مَّا تُوعَدُونَ
Transliteration fa-in tawallaw faqul ādhantukum ʿalā sawāin wa-in adrī aqarībun am baʿīdun mā tūʿadūna
Nepali १०९) फेरि यदि यिनीहरू विमुख हुन्छन् भने भनिदिनुस् कि ‘‘मैले तिमी सबैलाई सामान्य रूपले सावधान गरिसकेको छु । मलाई यो कुरा थाहा छैन कि जुन कुराको तिमीसित वाचा गरिदैछ त्यो निकट छ वा टाढा’’।
Verse 110
إِنَّهُۥ يَعْلَمُ ٱلْجَهْرَ مِنَ ٱلْقَوْلِ وَيَعْلَمُ مَا تَكْتُمُونَ
Transliteration innahu yaʿlamu l-jahra mina l-qawli wayaʿlamu mā taktumūna
Nepali ११०) तर अल्लाह प्रत्यक्ष र परोक्ष सबै कुरा जान्दछ र जुन तिमी लुकाएर गर्दछौ, त्यसलाई पनि जान्दछ ।
Verse 111
وَإِنْ أَدْرِى لَعَلَّهُۥ فِتْنَةٌ لَّكُمْ وَمَتَـٰعٌ إِلَىٰ حِينٍ
Transliteration wa-in adrī laʿallahu fit'natun lakum wamatāʿun ilā ḥīnin
Nepali १११) मलाई यो पनि थाहा छैन कि कदाचित यो तिम्रो निम्ति एउटा परीक्षा हो र एउटा निश्चित समयसम्मको लागि फाइदा (पुर्याउनु) हो !
Verse 112
قَـٰلَ رَبِّ ٱحْكُم بِٱلْحَقِّ ۗ وَرَبُّنَا ٱلرَّحْمَـٰنُ ٱلْمُسْتَعَانُ عَلَىٰ مَا تَصِفُونَ
Transliteration qāla rabbi uḥ'kum bil-ḥaqi warabbunā l-raḥmānu l-mus'taʿānu ʿalā mā taṣifūna
Nepali ११२) संदेष्टा (पैगम्बर) स्वयम्ले भने कि हे मेरो पालनकर्ता ! इन्साफको साथ निर्णय गरिदेऊ र हाम्रो पालनहार बडो दयावान छ, जसबाट मद्दतको लागि याचना गरिन्छ ती कुराहरूमा जुन तिमीले वर्णन गर्दछौ ।
Read Surah Al-Anbya in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.