MyDugsiStart learning

Surah Ar-Rum in Nepali: translation and audio

Surah 30 · الروم · The Romans · 60 verses

Surah Ar-Rum verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Ar-Rum word by word in English.

Verse 1

الٓمٓ

Transliteration alif-lam-meem

Nepali १) अलिफ् : लाम्. – मीम. ।

Verse 2

غُلِبَتِ ٱلرُّومُ

Transliteration ghulibati l-rūmu

Nepali २) रूमीहरू परास्त भइसकेका छन्,

Verse 3

فِىٓ أَدْنَى ٱلْأَرْضِ وَهُم مِّنۢ بَعْدِ غَلَبِهِمْ سَيَغْلِبُونَ

Transliteration fī adnā l-arḍi wahum min baʿdi ghalabihim sayaghlibūna

Nepali ३) निकटवर्ती क्षेत्रहरूमा र उनीहरू परास्त भएपछि छिटै प्रभावी भइहाल्नेछन् ।

Verse 4

فِى بِضْعِ سِنِينَ ۗ لِلَّهِ ٱلْأَمْرُ مِن قَبْلُ وَمِنۢ بَعْدُ ۚ وَيَوْمَئِذٍ يَفْرَحُ ٱلْمُؤْمِنُونَ

Transliteration fī biḍ'ʿi sinīna lillahi l-amru min qablu wamin baʿdu wayawma-idhin yafraḥu l-mu'minūna

Nepali ४) केही वर्षमै । यसभन्दा पहिला र यसपछि पनि अख्तियार अल्लाहकै छ, र त्यस दिन मोमीनहरू खुशी हुनेछन् ।

Verse 5

بِنَصْرِ ٱللَّهِ ۚ يَنصُرُ مَن يَشَآءُ ۖ وَهُوَ ٱلْعَزِيزُ ٱلرَّحِيمُ

Transliteration binaṣri l-lahi yanṣuru man yashāu wahuwa l-ʿazīzu l-raḥīmu

Nepali ५) अल्लाहले जसलाई चाहन्छ सहायता दिन्छ । त्यो सर्वशक्ति सम्पन्न, दयावान् छ ।

Verse 6

وَعْدَ ٱللَّهِ ۖ لَا يُخْلِفُ ٱللَّهُ وَعْدَهُۥ وَلَـٰكِنَّ أَكْثَرَ ٱلنَّاسِ لَا يَعْلَمُونَ

Transliteration waʿda l-lahi lā yukh'lifu l-lahu waʿdahu walākinna akthara l-nāsi lā yaʿlamūna

Nepali ६) यो अल्लाहको वाचा हो । अल्लाहले आफ्नो वाचाको उल्लङ्घन गर्दैन ! किन्तु अधिकांश मानिसहरूले बुझ्दैनन् ।

Verse 7

يَعْلَمُونَ ظَـٰهِرًا مِّنَ ٱلْحَيَوٰةِ ٱلدُّنْيَا وَهُمْ عَنِ ٱلْـَٔاخِرَةِ هُمْ غَـٰفِلُونَ

Transliteration yaʿlamūna ẓāhiran mina l-ḥayati l-dun'yā wahum ʿani l-ākhirati hum ghāfilūna

Nepali ७) उनीहरूले त सांसारिक जीवनको केवल वाह्यरूप जान्दछन् । र आखिरत (अन्तिमदिन) बाट बिल्कुलै असावधान छन् ।

Verse 8

أَوَلَمْ يَتَفَكَّرُوا۟ فِىٓ أَنفُسِهِم ۗ مَّا خَلَقَ ٱللَّهُ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضَ وَمَا بَيْنَهُمَآ إِلَّا بِٱلْحَقِّ وَأَجَلٍ مُّسَمًّى ۗ وَإِنَّ كَثِيرًا مِّنَ ٱلنَّاسِ بِلِقَآئِ رَبِّهِمْ لَكَـٰفِرُونَ

Transliteration awalam yatafakkarū fī anfusihim mā khalaqa l-lahu l-samāwāti wal-arḍa wamā baynahumā illā bil-ḥaqi wa-ajalin musamman wa-inna kathīran mina l-nāsi biliqāi rabbihim lakāfirūna

Nepali ८) के उनीहरूले आफ्नो मनमा सोचविचार गर्दैनन् ? कि अल्लाहले आकाशहरू र धरतीलाई र जे–जति उनीहरूको बीचमा छ, सत्यका साथ एउटा निश्चित अवधिसम्मको लागि मात्र सृष्टि गरेको छ । किन्तु धेरैजसो मानिसहरू त आफ्नो पालनहारको मिलनको कुराबाट इन्कार गर्दछन् ।

Verse 9

أَوَلَمْ يَسِيرُوا۟ فِى ٱلْأَرْضِ فَيَنظُرُوا۟ كَيْفَ كَانَ عَـٰقِبَةُ ٱلَّذِينَ مِن قَبْلِهِمْ ۚ كَانُوٓا۟ أَشَدَّ مِنْهُمْ قُوَّةً وَأَثَارُوا۟ ٱلْأَرْضَ وَعَمَرُوهَآ أَكْثَرَ مِمَّا عَمَرُوهَا وَجَآءَتْهُمْ رُسُلُهُم بِٱلْبَيِّنَـٰتِ ۖ فَمَا كَانَ ٱللَّهُ لِيَظْلِمَهُمْ وَلَـٰكِن كَانُوٓا۟ أَنفُسَهُمْ يَظْلِمُونَ

Transliteration awalam yasīrū fī l-arḍi fayanẓurū kayfa kāna ʿāqibatu alladhīna min qablihim kānū ashadda min'hum quwwatan wa-athārū l-arḍa waʿamarūhā akthara mimmā ʿamarūhā wajāathum rusuluhum bil-bayināti famā kāna l-lahu liyaẓlimahum walākin kānū anfusahum yaẓlimūna

Nepali ९) के उनीहरूले धरतीमा हिड्डुल गरेर यो देखेनन् कि उनीहरूभन्दा पहिलाका मानिसहरूको कस्तो (नराम्रो) परिणाम भयो ? उनीहरू शक्तिमा यिनीहरूभन्दा बढी बलवान थिए, र उनीहरूले धरतीमा खेतीपाती गरे र यिनीभन्दा अधिक त्यसलाई आबाद गरेका थिए, र उनीहरूको पासमा उनीहरूका रसूलले प्रत्यक्ष प्रमाण लिएर आएका थिए । अल्लाहले उनीहरूमाथि अत्याचार गर्नु त असम्भव थियो । किन्तु उनीहरू स्वयं आफूमाथि अत्याचार गर्दथे ।

Verse 10

ثُمَّ كَانَ عَـٰقِبَةَ ٱلَّذِينَ أَسَـٰٓـُٔوا۟ ٱلسُّوٓأَىٰٓ أَن كَذَّبُوا۟ بِـَٔايَـٰتِ ٱللَّهِ وَكَانُوا۟ بِهَا يَسْتَهْزِءُونَ

Transliteration thumma kāna ʿāqibata alladhīna asāū l-sūā an kadhabū biāyāti l-lahi wakānū bihā yastahziūna

Nepali १०) अन्ततः नराम्रो गर्नेहरूको परिणाम नराम्रो भयो, किनभने उनीहरूले अल्लाहका आयतहरूलाई झूठो भनेर उनीहरूको उपहास गर्दथे ।

Verse 11

ٱللَّهُ يَبْدَؤُا۟ ٱلْخَلْقَ ثُمَّ يُعِيدُهُۥ ثُمَّ إِلَيْهِ تُرْجَعُونَ

Transliteration al-lahu yabda-u l-khalqa thumma yuʿīduhu thumma ilayhi tur'jaʿūna

Nepali ११) अल्लाहले नै सृष्टिको आरम्भ गर्दछ । अनि त्यसैले उसको पुनराबृत्ति गर्नेछ । अनि उसैतिर तिमी फर्कनेछौ ।

Verse 12

وَيَوْمَ تَقُومُ ٱلسَّاعَةُ يُبْلِسُ ٱلْمُجْرِمُونَ

Transliteration wayawma taqūmu l-sāʿatu yub'lisu l-muj'rimūna

Nepali १२) र जुन दिन कयामत (अन्तिम दिन) आइपुग्नेछ, त्यस दिन अपराधीहरू आश्चर्यचकित भइहाल्नेछन् ।

Verse 13

وَلَمْ يَكُن لَّهُم مِّن شُرَكَآئِهِمْ شُفَعَـٰٓؤُا۟ وَكَانُوا۟ بِشُرَكَآئِهِمْ كَـٰفِرِينَ

Transliteration walam yakun lahum min shurakāihim shufaʿāu wakānū bishurakāihim kāfirīna

Nepali १३) र उनीहरूले ठहराएका समस्त साझेदारहरूमध्ये कोही पनि सिफारिश गर्नेवाला हुनेछैन र उनीहरू आफै पनि आफ्ना साझेदारहरूलाई अस्वीकार गर्नेछन् ।

Verse 14

وَيَوْمَ تَقُومُ ٱلسَّاعَةُ يَوْمَئِذٍ يَتَفَرَّقُونَ

Transliteration wayawma taqūmu l-sāʿatu yawma-idhin yatafarraqūna

Nepali १४) र जुन दिन प्रलय (कयामत) हुनेछ, त्यसदिन उनीहरू (विभिन्न समूह) अलग–अलग भइहाल्नेछन् ।

Verse 15

فَأَمَّا ٱلَّذِينَ ءَامَنُوا۟ وَعَمِلُوا۟ ٱلصَّـٰلِحَـٰتِ فَهُمْ فِى رَوْضَةٍ يُحْبَرُونَ

Transliteration fa-ammā alladhīna āmanū waʿamilū l-ṣāliḥāti fahum fī rawḍatin yuḥ'barūna

Nepali १५) र जसले ईमान ल्याए र असल कर्म गरे, उनीहरू स्वर्गमा प्रसन्नतापूर्वक राखिनेछन् ।

Verse 16

وَأَمَّا ٱلَّذِينَ كَفَرُوا۟ وَكَذَّبُوا۟ بِـَٔايَـٰتِنَا وَلِقَآئِ ٱلْـَٔاخِرَةِ فَأُو۟لَـٰٓئِكَ فِى ٱلْعَذَابِ مُحْضَرُونَ

Transliteration wa-ammā alladhīna kafarū wakadhabū biāyātinā waliqāi l-ākhirati fa-ulāika fī l-ʿadhābi muḥ'ḍarūna

Nepali १६) तर जुन मानिसहरूले इन्कार गरेका थिए र हाम्रा आयतहरू र आखिरतको साक्षात्कारलाई झूठो भनेका थिए उनीहरू सबै यातनामा पर्नेछन् ।

Verse 17

فَسُبْحَـٰنَ ٱللَّهِ حِينَ تُمْسُونَ وَحِينَ تُصْبِحُونَ

Transliteration fasub'ḥāna l-lahi ḥīna tum'sūna waḥīna tuṣ'biḥūna

Nepali १७) यसर्थ जब साँझ पर्छ र जुन बेला बिहान हुन्छ, तिमीहरू अल्लाहको सतुति (तस्बीह) पढ्नेगर ।

Verse 18

وَلَهُ ٱلْحَمْدُ فِى ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ وَعَشِيًّا وَحِينَ تُظْهِرُونَ

Transliteration walahu l-ḥamdu fī l-samāwāti wal-arḍi waʿashiyyan waḥīna tuẓ'hirūna

Nepali १८) र आकाशहरू र धरतीमा सबै प्रशंसा योग्य उही मात्र छ । अप्रान्हमा पनि र मध्यान्हपछि पनि (उसको पवित्रताको वर्णन गर) ।

Verse 19

يُخْرِجُ ٱلْحَىَّ مِنَ ٱلْمَيِّتِ وَيُخْرِجُ ٱلْمَيِّتَ مِنَ ٱلْحَىِّ وَيُحْىِ ٱلْأَرْضَ بَعْدَ مَوْتِهَا ۚ وَكَذَٰلِكَ تُخْرَجُونَ

Transliteration yukh'riju l-ḥaya mina l-mayiti wayukh'riju l-mayita mina l-ḥayi wayuḥ'yī l-arḍa baʿda mawtihā wakadhālika tukh'rajūna

Nepali १९) उसैले जीवितलाई मृतबाट निकाल्दछ र मृतलाई जीवितबाट र धरतीलाई उसको मृत्युपश्चात उसैले जीवन प्रदान गर्दछ । यसै प्रकार तिमी पनि पुनः धरतीबाट निकालिने छौ ।

Verse 20

وَمِنْ ءَايَـٰتِهِۦٓ أَنْ خَلَقَكُم مِّن تُرَابٍ ثُمَّ إِذَآ أَنتُم بَشَرٌ تَنتَشِرُونَ

Transliteration wamin āyātihi an khalaqakum min turābin thumma idhā antum basharun tantashirūna

Nepali २०) (र यो) उसको निशानीहरूमध्ये हो कि उसले तिमीलाई माटोबाट सृष्टि गर्यो । अनि अब तिमी मानिस भई ठाउँ ठाउँमा फैलिराखेका छौ ।

Verse 21

وَمِنْ ءَايَـٰتِهِۦٓ أَنْ خَلَقَ لَكُم مِّنْ أَنفُسِكُمْ أَزْوَٰجًا لِّتَسْكُنُوٓا۟ إِلَيْهَا وَجَعَلَ بَيْنَكُم مَّوَدَّةً وَرَحْمَةً ۚ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَـٰتٍ لِّقَوْمٍ يَتَفَكَّرُونَ

Transliteration wamin āyātihi an khalaqa lakum min anfusikum azwājan litaskunū ilayhā wajaʿala baynakum mawaddatan waraḥmatan inna fī dhālika laāyātin liqawmin yatafakkarūna

Nepali २१) र (यो पनि) उसको निशानीहरूमध्ये हो कि उसले तिम्रै सहजातिबाट तिम्रो लागि जोडी (स्वास्नीहरू) सृष्टि गर्यो, ताकि तिमी उनीबाट आराम (सन्तुष्टि) प्राप्त गर र उसले तिम्रोबीचमा प्रेम र सहानुभूति सृष्टि गर्यो, निश्चयनै यसमा धेरै निशानीहरू छन्, उनको लागि जो सोचविचार गर्दछन् ।

Verse 22

وَمِنْ ءَايَـٰتِهِۦ خَلْقُ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ وَٱخْتِلَـٰفُ أَلْسِنَتِكُمْ وَأَلْوَٰنِكُمْ ۚ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَـٰتٍ لِّلْعَـٰلِمِينَ

Transliteration wamin āyātihi khalqu l-samāwāti wal-arḍi wa-ikh'tilāfu alsinatikum wa-alwānikum inna fī dhālika laāyātin lil'ʿālimīna

Nepali २२) उसको क्षमताका निशानीहरूमध्ये आकाशहरू र धरतीको सृजना र तिम्रो भाषा र तिम्रा रंगहरूको विविधता पनि हो । निःसन्देह यसमा ज्ञानी र चिन्तनशीलहरूको निम्ति धेरै निशानीहरू छन् ।

Verse 23

وَمِنْ ءَايَـٰتِهِۦ مَنَامُكُم بِٱلَّيْلِ وَٱلنَّهَارِ وَٱبْتِغَآؤُكُم مِّن فَضْلِهِۦٓ ۚ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَـٰتٍ لِّقَوْمٍ يَسْمَعُونَ

Transliteration wamin āyātihi manāmukum bi-al-layli wal-nahāri wa-ib'tighāukum min faḍlihi inna fī dhālika laāyātin liqawmin yasmaʿūna

Nepali २३) र उसको शक्तिको निशानीहरूमध्ये राती र दिनको निद्रा पनि हो र उसको अनुग्रह (जीविका) लाई तिमीले तलाश गर्नु (खोज्नु) पनि हो । निश्चय नै यसमा निशानीहरू छन्, ती मानिसहरूको निम्ति जो सुन्दछन् ।

Verse 24

وَمِنْ ءَايَـٰتِهِۦ يُرِيكُمُ ٱلْبَرْقَ خَوْفًا وَطَمَعًا وَيُنَزِّلُ مِنَ ٱلسَّمَآءِ مَآءً فَيُحْىِۦ بِهِ ٱلْأَرْضَ بَعْدَ مَوْتِهَآ ۚ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَـٰتٍ لِّقَوْمٍ يَعْقِلُونَ

Transliteration wamin āyātihi yurīkumu l-barqa khawfan waṭamaʿan wayunazzilu mina l-samāi māan fayuḥ'yī bihi l-arḍa baʿda mawtihā inna fī dhālika laāyātin liqawmin yaʿqilūna

Nepali २४) र उसकै निशानीहरूमध्ये एक यो पनि हो कि उसले तिमीलाई बिजुलीको चमक, भय र आशा उत्पन्न गर्नको निम्ति देखाउँछ र आकाशबाट पानी वर्षाउछ । त्यसबाट निर्जीव धरतीलाई जीवन प्रदान गर्दछ । यसमा पनि बुद्धिमानहरूको निम्ति धेरै निशानीहरू छन् ।

Verse 25

وَمِنْ ءَايَـٰتِهِۦٓ أَن تَقُومَ ٱلسَّمَآءُ وَٱلْأَرْضُ بِأَمْرِهِۦ ۚ ثُمَّ إِذَا دَعَاكُمْ دَعْوَةً مِّنَ ٱلْأَرْضِ إِذَآ أَنتُمْ تَخْرُجُونَ

Transliteration wamin āyātihi an taqūma l-samāu wal-arḍu bi-amrihi thumma idhā daʿākum daʿwatan mina l-arḍi idhā antum takhrujūna

Nepali २५) र अर्को निशानी यो पनि छ कि आकाश र धरती उसैको आदेशले कायम छन् । अनि जब उसले तिमीलाई आवाज दिनेछ, तब एउटै आवाजबाट तिमी तुरुन्तै धरतीबाट निस्किहाल्ने छौ ।

Verse 26

وَلَهُۥ مَن فِى ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ ۖ كُلٌّ لَّهُۥ قَـٰنِتُونَ

Transliteration walahu man fī l-samāwāti wal-arḍi kullun lahu qānitūna

Nepali २६) र आकाश र जमिनका सबै कुराहरू उसैको सम्पत्ति हुन र सबै उसैको आदेशको अधीन छन् ।

Verse 27

وَهُوَ ٱلَّذِى يَبْدَؤُا۟ ٱلْخَلْقَ ثُمَّ يُعِيدُهُۥ وَهُوَ أَهْوَنُ عَلَيْهِ ۚ وَلَهُ ٱلْمَثَلُ ٱلْأَعْلَىٰ فِى ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ ۚ وَهُوَ ٱلْعَزِيزُ ٱلْحَكِيمُ

Transliteration wahuwa alladhī yabda-u l-khalqa thumma yuʿīduhu wahuwa ahwanu ʿalayhi walahu l-mathalu l-aʿlā fī l-samāwāti wal-arḍi wahuwa l-ʿazīzu l-ḥakīmu

Nepali २७) र उही त हो जसले सर्वप्रथम सृष्टिको आरम्भ गर्दछ, अनि उसैले उसको पुनराबृत्ति गर्नेछ । यो उसको निम्ति धेरै सजिलो छ, आकाशहरू र जमिनमा उसको शान (गुण) सर्वोच्च छ र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।

Verse 28

ضَرَبَ لَكُم مَّثَلًا مِّنْ أَنفُسِكُمْ ۖ هَل لَّكُم مِّن مَّا مَلَكَتْ أَيْمَـٰنُكُم مِّن شُرَكَآءَ فِى مَا رَزَقْنَـٰكُمْ فَأَنتُمْ فِيهِ سَوَآءٌ تَخَافُونَهُمْ كَخِيفَتِكُمْ أَنفُسَكُمْ ۚ كَذَٰلِكَ نُفَصِّلُ ٱلْـَٔايَـٰتِ لِقَوْمٍ يَعْقِلُونَ

Transliteration ḍaraba lakum mathalan min anfusikum hal lakum min mā malakat aymānukum min shurakāa fī mā razaqnākum fa-antum fīhi sawāon takhāfūnahum kakhīfatikum anfusakum kadhālika nufaṣṣilu l-āyāti liqawmin yaʿqilūna

Nepali २८) अल्लाहले तिम्रो लागि स्वयम् तिम्रो एउटा उदाहरणको वर्णन गरेको छ । जे जति मैले तिमीलाई दिइराखेको छु के तिम्रो दासहरूमध्येको पनि कोही त्यसमा हकदार छ ? कि तिमी र तिनी त्यसमा बराबर भागीदार छौ ? र तिमीले उनीसित यस्तो डराउँछौ जस्तो तिमी आफ्नै (भाइ–अंशियारहरू) सित डराउँछौ हामीले बुद्धिमानहरूको लागि यस्तै स्पष्ट गरी–गरी आयतहरू वर्णन गर्दछौं ।

Verse 29

بَلِ ٱتَّبَعَ ٱلَّذِينَ ظَلَمُوٓا۟ أَهْوَآءَهُم بِغَيْرِ عِلْمٍ ۖ فَمَن يَهْدِى مَنْ أَضَلَّ ٱللَّهُ ۖ وَمَا لَهُم مِّن نَّـٰصِرِينَ

Transliteration bali ittabaʿa alladhīna ẓalamū ahwāahum bighayri ʿil'min faman yahdī man aḍalla l-lahu wamā lahum min nāṣirīna

Nepali २९) अपितु कुरो यो हो कि यी अन्यायीहरू बिना ज्ञान त्यस्तै स्वार्थपूर्तिमा लागेका छन् । त्यसलाई कसले बाटो (सही बाटो) देखाउन सक्दछ जसलाई अल्लाहले मार्गविचलित गरिदिन्छन् । यिनीहरूको एउटा पनि मद्दत गर्नेवाला हुँदैन ।

Verse 30

فَأَقِمْ وَجْهَكَ لِلدِّينِ حَنِيفًا ۚ فِطْرَتَ ٱللَّهِ ٱلَّتِى فَطَرَ ٱلنَّاسَ عَلَيْهَا ۚ لَا تَبْدِيلَ لِخَلْقِ ٱللَّهِ ۚ ذَٰلِكَ ٱلدِّينُ ٱلْقَيِّمُ وَلَـٰكِنَّ أَكْثَرَ ٱلنَّاسِ لَا يَعْلَمُونَ

Transliteration fa-aqim wajhaka lilddīni ḥanīfan fiṭ'rata l-lahi allatī faṭara l-nāsa ʿalayhā lā tabdīla likhalqi l-lahi dhālika l-dīnu l-qayimu walākinna akthara l-nāsi lā yaʿlamūna

Nepali ३०) तसर्थ तपार्इं दत्तचित्त भएर आफूलाई दीन (इस्लाम) तर्फ लगाउँदै गर्नुस्, अल्लाहको त्यो विशेषता जसमाथि उसले मानिसहरूको सृष्टि गरेको छ । अल्लाहले बनाएको (लाई) नबदल्नु, यही सोझो धर्म हो । तर धेरैले बुझ्दैनन् ।

Verse 31

۞ مُنِيبِينَ إِلَيْهِ وَٱتَّقُوهُ وَأَقِيمُوا۟ ٱلصَّلَوٰةَ وَلَا تَكُونُوا۟ مِنَ ٱلْمُشْرِكِينَ

Transliteration munībīna ilayhi wa-ittaqūhu wa-aqīmū l-ṣalata walā takūnū mina l-mush'rikīna

Nepali ३१) (मानिसहरू हो !) अल्लाहतर्फ लागेर ऊसित डर मान्ने गर र नमाज पढ्ने गर र मुश्रिकहरूमध्येबाट नबन्नु ।

Verse 32

مِنَ ٱلَّذِينَ فَرَّقُوا۟ دِينَهُمْ وَكَانُوا۟ شِيَعًا ۖ كُلُّ حِزْبٍۭ بِمَا لَدَيْهِمْ فَرِحُونَ

Transliteration mina alladhīna farraqū dīnahum wakānū shiyaʿan kullu ḥiz'bin bimā ladayhim fariḥūna

Nepali ३२) उनीहरूमध्येबाट जसले आफ्नो धर्मलाई टुक्रा–टुक्रा गरिदिए र स्वयम् पनि समूह–समूहमा विभाजित भए, प्रत्येक समूह आफूसंग भएको चीज–वस्तुमा प्रसन्न छ ।

Verse 33

وَإِذَا مَسَّ ٱلنَّاسَ ضُرٌّ دَعَوْا۟ رَبَّهُم مُّنِيبِينَ إِلَيْهِ ثُمَّ إِذَآ أَذَاقَهُم مِّنْهُ رَحْمَةً إِذَا فَرِيقٌ مِّنْهُم بِرَبِّهِمْ يُشْرِكُونَ

Transliteration wa-idhā massa l-nāsa ḍurrun daʿaw rabbahum munībīna ilayhi thumma idhā adhāqahum min'hu raḥmatan idhā farīqun min'hum birabbihim yush'rikūna

Nepali ३३) जब मानिसहरूलाई कुनै कष्ट पुगदछ, त आफ्नो पालनकर्तातर्फ प्रवृत्त भएर प्रार्थना गर्दछन् । अनि जब उसले उनीहरूलाई आफ्नो दयालुताको रसास्वादन गराइदिन्छ तब उनीहरूमध्ये केही मानिसहरूले (एउटा समूहले) आफ्नो पालनकर्ताको साझेदार ठहराउन थाल्दछन् ।

Verse 34

لِيَكْفُرُوا۟ بِمَآ ءَاتَيْنَـٰهُمْ ۚ فَتَمَتَّعُوا۟ فَسَوْفَ تَعْلَمُونَ

Transliteration liyakfurū bimā ātaynāhum fatamattaʿū fasawfa taʿlamūna

Nepali ३४) ताकि उनीहरूले त्यसप्रति अकृतज्ञता देखाऊन् जुन हामीले उनीहरूलाई प्रदान गरेका छौं, ठीकै छ तिमी फाइदा उठाइहाल । अति शीघ्र नै तिमीलाई (परिणाम) थाहा भइहाल्नेछ ।

Verse 35

أَمْ أَنزَلْنَا عَلَيْهِمْ سُلْطَـٰنًا فَهُوَ يَتَكَلَّمُ بِمَا كَانُوا۟ بِهِۦ يُشْرِكُونَ

Transliteration am anzalnā ʿalayhim sul'ṭānan fahuwa yatakallamu bimā kānū bihi yush'rikūna

Nepali ३५) के हामीले उनीहरूलाई कुनै यस्तो प्रमाण उतारेका छौं जसले उनलाई स्पष्ट गरी अल्लाहको साथ शिर्क गर्न सिकाउँछ ।

Verse 36

وَإِذَآ أَذَقْنَا ٱلنَّاسَ رَحْمَةً فَرِحُوا۟ بِهَا ۖ وَإِن تُصِبْهُمْ سَيِّئَةٌۢ بِمَا قَدَّمَتْ أَيْدِيهِمْ إِذَا هُمْ يَقْنَطُونَ

Transliteration wa-idhā adhaqnā l-nāsa raḥmatan fariḥū bihā wa-in tuṣib'hum sayyi-atun bimā qaddamat aydīhim idhā hum yaqnaṭūna

Nepali ३६) र जब हामीले मानिसहरूलाई आफ्नो दयालुताको रसास्वादन गराउँदछौं त अत्यन्त खुशी भइहाल्छन् र यदि उनकै हातले गरेको उनीहरूका कर्महरूको कारणले कुनै कष्ट पुग्दछ भने निराश भइहाल्दछन् ।

Verse 37

أَوَلَمْ يَرَوْا۟ أَنَّ ٱللَّهَ يَبْسُطُ ٱلرِّزْقَ لِمَن يَشَآءُ وَيَقْدِرُ ۚ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَـٰتٍ لِّقَوْمٍ يُؤْمِنُونَ

Transliteration awalam yaraw anna l-laha yabsuṭu l-riz'qa liman yashāu wayaqdiru inna fī dhālika laāyātin liqawmin yu'minūna

Nepali ३७) के उनीहरूले यो देखेनन् कि अल्लाहले नै जसको निम्ति चाहन्छ जीविका विस्तृत गरिदिन्छ र जसको निम्ति चाहन्छ संकुचित गरिदिन्छ । निःसन्देह यसमा पनि ईमानवालाहरूको निम्ति निशानीहरू छन् ।

Verse 38

فَـَٔاتِ ذَا ٱلْقُرْبَىٰ حَقَّهُۥ وَٱلْمِسْكِينَ وَٱبْنَ ٱلسَّبِيلِ ۚ ذَٰلِكَ خَيْرٌ لِّلَّذِينَ يُرِيدُونَ وَجْهَ ٱللَّهِ ۖ وَأُو۟لَـٰٓئِكَ هُمُ ٱلْمُفْلِحُونَ

Transliteration faāti dhā l-qur'bā ḥaqqahu wal-mis'kīna wa-ib'na l-sabīli dhālika khayrun lilladhīna yurīdūna wajha l-lahi wa-ulāika humu l-muf'liḥūna

Nepali ३८) तसर्थ नातेदारहरू र निमुखाहरू र बटुवाहरूलाई उनीहरूको हक दिनेगर, जुन मानिसहरू अल्लाहको प्रसन्नताको इच्छुक छन, यो उनीहरूको हकमा राम्रो छ, र यिनै मानिसहरू सफलता प्राप्त गर्नेवाला हुन् ।

Verse 39

وَمَآ ءَاتَيْتُم مِّن رِّبًا لِّيَرْبُوَا۟ فِىٓ أَمْوَٰلِ ٱلنَّاسِ فَلَا يَرْبُوا۟ عِندَ ٱللَّهِ ۖ وَمَآ ءَاتَيْتُم مِّن زَكَوٰةٍ تُرِيدُونَ وَجْهَ ٱللَّهِ فَأُو۟لَـٰٓئِكَ هُمُ ٱلْمُضْعِفُونَ

Transliteration wamā ātaytum min riban liyarbuwā fī amwāli l-nāsi falā yarbū ʿinda l-lahi wamā ātaytum min zakatin turīdūna wajha l-lahi fa-ulāika humu l-muḍ'ʿifūna

Nepali ३९) तिमीले जुन व्याजमा दिन्छौ, ताकि त्यो मानिसको मालमा शम्मिलित भई बढ्ने गरोस्, त त्यो अल्लाहकहाँ बढ्दैन, तर जुन जकात तिमीले अल्लाहको प्रसन्नता प्राप्त गर्नको निम्ति दियौ, त यस्ता मानिसहरूले नै (अल्लाहकहाँ) आफ्नो मालमा वृद्धि गर्छन् ।

Verse 40

ٱللَّهُ ٱلَّذِى خَلَقَكُمْ ثُمَّ رَزَقَكُمْ ثُمَّ يُمِيتُكُمْ ثُمَّ يُحْيِيكُمْ ۖ هَلْ مِن شُرَكَآئِكُم مَّن يَفْعَلُ مِن ذَٰلِكُم مِّن شَىْءٍ ۚ سُبْحَـٰنَهُۥ وَتَعَـٰلَىٰ عَمَّا يُشْرِكُونَ

Transliteration al-lahu alladhī khalaqakum thumma razaqakum thumma yumītukum thumma yuḥ'yīkum hal min shurakāikum man yafʿalu min dhālikum min shayin sub'ḥānahu wataʿālā ʿammā yush'rikūna

Nepali ४०) अल्लाह नै त हो जसले तिमीलाई सृष्टि गर्यो, अनि तिमीलाई जीविका दियो, अनि तिमीलाई उसले मृत्यु दिनेछ अनि तिमीलाई जीवित गर्नेछ । के तिमीले साझेदार ठहराकाहरूमध्ये पनि कोही यस्तो छ, जसले यी कामहरूमध्ये केही गर्न सकोस् । अल्लाहको लागि पवित्रता र श्रेष्ठता छ उनीहरूका साझेदारहरूबाट ।

Verse 41

ظَهَرَ ٱلْفَسَادُ فِى ٱلْبَرِّ وَٱلْبَحْرِ بِمَا كَسَبَتْ أَيْدِى ٱلنَّاسِ لِيُذِيقَهُم بَعْضَ ٱلَّذِى عَمِلُوا۟ لَعَلَّهُمْ يَرْجِعُونَ

Transliteration ẓahara l-fasādu fī l-bari wal-baḥri bimā kasabat aydī l-nāsi liyudhīqahum baʿḍa alladhī ʿamilū laʿallahum yarjiʿūna

Nepali ४१) थल, र जलमा मानिसहरूका गलत क्रियाकलापलेगर्दा दंगा फैलिसक्यो ताकि अल्लाहले उनीहरूलाई उनीहरूको करतूतहरूको केहि स्वाद चखाओस् । कदाचित तिनीहरू नराम्रो कामबाट रुकुन् ।

Verse 42

قُلْ سِيرُوا۟ فِى ٱلْأَرْضِ فَٱنظُرُوا۟ كَيْفَ كَانَ عَـٰقِبَةُ ٱلَّذِينَ مِن قَبْلُ ۚ كَانَ أَكْثَرُهُم مُّشْرِكِينَ

Transliteration qul sīrū fī l-arḍi fa-unẓurū kayfa kāna ʿāqibatu alladhīna min qablu kāna aktharuhum mush'rikīna

Nepali ४२) धरतीमा हिंडडुल गरेर हेर कि जुन मानिसहरू तिमीभन्दा पहिला थिए, उनीहरूको परिणाम कस्तो भयो ? उनीहरूमा धेरै जसो मुश्रिक नै थिए ।

Verse 43

فَأَقِمْ وَجْهَكَ لِلدِّينِ ٱلْقَيِّمِ مِن قَبْلِ أَن يَأْتِىَ يَوْمٌ لَّا مَرَدَّ لَهُۥ مِنَ ٱللَّهِ ۖ يَوْمَئِذٍ يَصَّدَّعُونَ

Transliteration fa-aqim wajhaka lilddīni l-qayimi min qabli an yatiya yawmun lā maradda lahu mina l-lahi yawma-idhin yaṣṣaddaʿūna

Nepali ४३) अतः तपार्इं आफ्नो अनुहार यस सत्य धर्मतिर नै राख्नु होस् यसभन्दा अगाडि कि अल्लाहको तर्फबाट त्यो दिन आइहालोस्, जुन टर्नेवाला छैन । (मानिसहरू) त्यस दिन सबै यताउता (तितर–बित्तर) भइदिन्छन् ।

Verse 44

مَن كَفَرَ فَعَلَيْهِ كُفْرُهُۥ ۖ وَمَنْ عَمِلَ صَـٰلِحًا فَلِأَنفُسِهِمْ يَمْهَدُونَ

Transliteration man kafara faʿalayhi kuf'ruhu waman ʿamila ṣāliḥan fali-anfusihim yamhadūna

Nepali ४४) जसले इन्कार गर्यो त उसको इन्कार उसैको लागि घातक सिद्ध हुनेछ र जसले राम्रो कर्म गरे, उनीहरूले आफ्नै आरामको साधन जुटाइराखेका छन् ।

Verse 45

لِيَجْزِىَ ٱلَّذِينَ ءَامَنُوا۟ وَعَمِلُوا۟ ٱلصَّـٰلِحَـٰتِ مِن فَضْلِهِۦٓ ۚ إِنَّهُۥ لَا يُحِبُّ ٱلْكَـٰفِرِينَ

Transliteration liyajziya alladhīna āmanū waʿamilū l-ṣāliḥāti min faḍlihi innahu lā yuḥibbu l-kāfirīna

Nepali ४५) ताकि जसले ईमान ल्याए र असल कर्म गरिरहे, उनीहरूलाई अल्लाहले आफ्नो दयालुताले पुरस्कार देओस् । निःसन्देह त्यसले काफिरहरूलाई प्रेम गर्दैन ।

Verse 46

وَمِنْ ءَايَـٰتِهِۦٓ أَن يُرْسِلَ ٱلرِّيَاحَ مُبَشِّرَٰتٍ وَلِيُذِيقَكُم مِّن رَّحْمَتِهِۦ وَلِتَجْرِىَ ٱلْفُلْكُ بِأَمْرِهِۦ وَلِتَبْتَغُوا۟ مِن فَضْلِهِۦ وَلَعَلَّكُمْ تَشْكُرُونَ

Transliteration wamin āyātihi an yur'sila l-riyāḥa mubashirātin waliyudhīqakum min raḥmatihi walitajriya l-ful'ku bi-amrihi walitabtaghū min faḍlihi walaʿallakum tashkurūna

Nepali ४६) र उसको निशानीहरूमध्ये शुभ समाचार दिन हावा चलाउनु पनि हो । जसबाट उसले तिमीलाई आफ्नो दयालुताको स्वाद चखाओस् र ताकि उसको आदेशबाट डुंगाहरू चलुन्, र ताकि तिमीले उसको अनुग्रह (जीविका) खोज, र त्यसहेतु तिमीले कृतज्ञता प्रकट गर ।

Verse 47

وَلَقَدْ أَرْسَلْنَا مِن قَبْلِكَ رُسُلًا إِلَىٰ قَوْمِهِمْ فَجَآءُوهُم بِٱلْبَيِّنَـٰتِ فَٱنتَقَمْنَا مِنَ ٱلَّذِينَ أَجْرَمُوا۟ ۖ وَكَانَ حَقًّا عَلَيْنَا نَصْرُ ٱلْمُؤْمِنِينَ

Transliteration walaqad arsalnā min qablika rusulan ilā qawmihim fajāūhum bil-bayināti fa-intaqamnā mina alladhīna ajramū wakāna ḥaqqan ʿalaynā naṣru l-mu'minīna

Nepali ४७) र हामीले तपाईंभन्दा पहिला पनि रसूलहरूलाई (संदेशवाहकहरूलाई) उनीहरूको जातिबन्धुतिर पठायौं, र उनीहरूले तिनीहरूको पासमा खुल्ला प्रमाणहरू लिएर आए अनि अपराधीहरूबाट हामीले प्रतिशोध लियौं। (तसर्थ) जुन मानिसहरूले ईमान ल्याए तिनीहरूको सहायता गर्नु हामीलाई जरुरी थियो ।

Verse 48

ٱللَّهُ ٱلَّذِى يُرْسِلُ ٱلرِّيَـٰحَ فَتُثِيرُ سَحَابًا فَيَبْسُطُهُۥ فِى ٱلسَّمَآءِ كَيْفَ يَشَآءُ وَيَجْعَلُهُۥ كِسَفًا فَتَرَى ٱلْوَدْقَ يَخْرُجُ مِنْ خِلَـٰلِهِۦ ۖ فَإِذَآ أَصَابَ بِهِۦ مَن يَشَآءُ مِنْ عِبَادِهِۦٓ إِذَا هُمْ يَسْتَبْشِرُونَ

Transliteration al-lahu alladhī yur'silu l-riyāḥa fatuthīru saḥāban fayabsuṭuhu fī l-samāi kayfa yashāu wayajʿaluhu kisafan fatarā l-wadqa yakhruju min khilālihi fa-idhā aṣāba bihi man yashāu min ʿibādihi idhā hum yastabshirūna

Nepali ४८) अल्लाहले नै वायुहरूलाई चलाउँछ उनीहरूले बादललाई उठाउँछन्, अनि जुन प्रकारले चाहन्छ उनीहरूलाई आकाशमा फिंजाइदिन्छ र तिनीहरूलाई विभिन्न पत्रहरू र टुक्राहरूको रूप दिन्छ । अनि तपाईंले देख्नु हुन्छ कि तिनीहरूको बीचबाट वर्षाका बूँदहरू झर्छन् । अनि जसलाई चाहन्छ त्यस सेवकमाथि पानी वर्षाउँछ, तब उनीहरू प्रसन्न भइहाल्छन् ।

Verse 49

وَإِن كَانُوا۟ مِن قَبْلِ أَن يُنَزَّلَ عَلَيْهِم مِّن قَبْلِهِۦ لَمُبْلِسِينَ

Transliteration wa-in kānū min qabli an yunazzala ʿalayhim min qablihi lamub'lisīna

Nepali ४९) निश्चित मान्नुस् कि वर्षा हुनुभन्दा अगाडि उनीहरू निराश भइराखेका थिए ।

Verse 50

فَٱنظُرْ إِلَىٰٓ ءَاثَـٰرِ رَحْمَتِ ٱللَّهِ كَيْفَ يُحْىِ ٱلْأَرْضَ بَعْدَ مَوْتِهَآ ۚ إِنَّ ذَٰلِكَ لَمُحْىِ ٱلْمَوْتَىٰ ۖ وَهُوَ عَلَىٰ كُلِّ شَىْءٍ قَدِيرٌ

Transliteration fa-unẓur ilā āthāri raḥmati l-lahi kayfa yuḥ'yī l-arḍa baʿda mawtihā inna dhālika lamuḥ'yī l-mawtā wahuwa ʿalā kulli shayin qadīrun

Nepali ५०) अतः तपाईंले अल्लाहको दयालुताका लक्षणहरू हेर्नुस् कि त्यसले कुन प्रकारले पृथ्वीलाई उसको मृत्यु पश्चात जीवित गर्दछ, निश्चय नै उसैले मृतहरूलाई जीवित पार्नेवाला हो र ऊ प्रत्येक कुरामाथि सामथ्र्यवान छ ।

Verse 51

وَلَئِنْ أَرْسَلْنَا رِيحًا فَرَأَوْهُ مُصْفَرًّا لَّظَلُّوا۟ مِنۢ بَعْدِهِۦ يَكْفُرُونَ

Transliteration wala-in arsalnā rīḥan fara-awhu muṣ'farran laẓallū min baʿdihi yakfurūna

Nepali ५१) र, यदि हामीले एउटा आँधीवेरी पठाउँछौं (जसको प्रभावबाट) त्यस खेतीलाई पहेलो भएको देख्छन्, तब यस पश्चात उनीहरूले कृतध्नता प्रकट गर्न थाल्छन् ।

Verse 52

فَإِنَّكَ لَا تُسْمِعُ ٱلْمَوْتَىٰ وَلَا تُسْمِعُ ٱلصُّمَّ ٱلدُّعَآءَ إِذَا وَلَّوْا۟ مُدْبِرِينَ

Transliteration fa-innaka lā tus'miʿu l-mawtā walā tus'miʿu l-ṣuma l-duʿāa idhā wallaw mud'birīna

Nepali ५२) निःसन्देह तपाईले मृतकहरूलाई (कुरा) सुनाउन सक्नुहुन्न र न बहिराहरूलाई आफ्नो आवाज सुनाउन सक्नुहुन्छ, जब कि उनीहरू पिठ्युँ फर्काएर मुडिसकेका छन् ।

Verse 53

وَمَآ أَنتَ بِهَـٰدِ ٱلْعُمْىِ عَن ضَلَـٰلَتِهِمْ ۖ إِن تُسْمِعُ إِلَّا مَن يُؤْمِنُ بِـَٔايَـٰتِنَا فَهُم مُّسْلِمُونَ

Transliteration wamā anta bihādi l-ʿum'yi ʿan ḍalālatihim in tus'miʿu illā man yu'minu biāyātinā fahum mus'limūna

Nepali ५३) र नत तपार्इं अन्धाहरूलाई उनीहरूको मार्ग विचलनबाट (निकालेर) सोझो बाटोमा ल्याउन सक्नुहुन्छ । तपाईंले मात्र उनीहरूलाई सुनाउन सक्नुहुन्छ, जसले हाम्रा आयतहरूमाथि ईमान राख्दछन्, तसर्थ तिनीहरू नै आज्ञाकारी हुन् ।

Verse 54

۞ ٱللَّهُ ٱلَّذِى خَلَقَكُم مِّن ضَعْفٍ ثُمَّ جَعَلَ مِنۢ بَعْدِ ضَعْفٍ قُوَّةً ثُمَّ جَعَلَ مِنۢ بَعْدِ قُوَّةٍ ضَعْفًا وَشَيْبَةً ۚ يَخْلُقُ مَا يَشَآءُ ۖ وَهُوَ ٱلْعَلِيمُ ٱلْقَدِيرُ

Transliteration al-lahu alladhī khalaqakum min ḍaʿfin thumma jaʿala min baʿdi ḍaʿfin quwwatan thumma jaʿala min baʿdi quwwatin ḍaʿfan washaybatan yakhluqu mā yashāu wahuwa l-ʿalīmu l-qadīru

Nepali ५४) अल्लाह नै हो, जसले तिमीलाई निर्वल सृष्टि गर्यो, अनि निर्वलता पश्चात् शक्ति प्रदान गर्यो, अनि शक्ति पश्चात निर्वलता र बृद्धावस्था दियो । (त्यसले) जे चाहन्छ सृष्टि गर्दछ, ऊ सबै जान्नेवाला र सबैमाथि सामथ्र्यवान छ ।

Verse 55

وَيَوْمَ تَقُومُ ٱلسَّاعَةُ يُقْسِمُ ٱلْمُجْرِمُونَ مَا لَبِثُوا۟ غَيْرَ سَاعَةٍ ۚ كَذَٰلِكَ كَانُوا۟ يُؤْفَكُونَ

Transliteration wayawma taqūmu l-sāʿatu yuq'simu l-muj'rimūna mā labithū ghayra sāʿatin kadhālika kānū yu'fakūna

Nepali ५५) र जुन दिन कियामत (प्रलयको अन्तिम दिन) आइपुग्नेछ, त्यतिखेर अपराधीहरूले शपथ खानेछन् कि उनीहरू यस दुनियाँमा एक घडीभन्दा (क्षणभन्दा) बढी रहेनन्, यसै प्रकारले उनीहरू भ्रमित नै रहे ।

Verse 56

وَقَالَ ٱلَّذِينَ أُوتُوا۟ ٱلْعِلْمَ وَٱلْإِيمَـٰنَ لَقَدْ لَبِثْتُمْ فِى كِتَـٰبِ ٱللَّهِ إِلَىٰ يَوْمِ ٱلْبَعْثِ ۖ فَهَـٰذَا يَوْمُ ٱلْبَعْثِ وَلَـٰكِنَّكُمْ كُنتُمْ لَا تَعْلَمُونَ

Transliteration waqāla alladhīna ūtū l-ʿil'ma wal-īmāna laqad labith'tum fī kitābi l-lahi ilā yawmi l-baʿthi fahādhā yawmu l-baʿthi walākinnakum kuntum lā taʿlamūna

Nepali ५६) तर जुन मानिसहरूलाई ज्ञान र ईमान प्रदान गरिएको थियो, उनीहरूले भन्नेछन् कि अल्लाहको किताब अनुसार तिमी कियामतसम्म रहेका छौ र यो कियामतको दिन नै हो, तर तिमीलाई त यसको विश्वासै थिएन ।

Verse 57

فَيَوْمَئِذٍ لَّا يَنفَعُ ٱلَّذِينَ ظَلَمُوا۟ مَعْذِرَتُهُمْ وَلَا هُمْ يُسْتَعْتَبُونَ

Transliteration fayawma-idhin lā yanfaʿu alladhīna ẓalamū maʿdhiratuhum walā hum yus'taʿtabūna

Nepali ५७) अतः त्यस दिन अत्याचारीहरूलाई उनीहरूको बहाना–सफाई कुनै काम आउने छैन, र उनीहरूबाट तौबा (प्रायश्चित) र कर्म पनि स्वीकार गरिने छैन ।

Verse 58

وَلَقَدْ ضَرَبْنَا لِلنَّاسِ فِى هَـٰذَا ٱلْقُرْءَانِ مِن كُلِّ مَثَلٍ ۚ وَلَئِن جِئْتَهُم بِـَٔايَةٍ لَّيَقُولَنَّ ٱلَّذِينَ كَفَرُوٓا۟ إِنْ أَنتُمْ إِلَّا مُبْطِلُونَ

Transliteration walaqad ḍarabnā lilnnāsi fī hādhā l-qur'āni min kulli mathalin wala-in ji'tahum biāyatin layaqūlanna alladhīna kafarū in antum illā mub'ṭilūna

Nepali ५८) निःसंदेह हामीले मानिसहरू समक्ष यस कुरआनमा हर प्रकारका उदाहरणहरू वर्णन गरिदिएका छौं, तपार्इंले उनीहरूको अगाडि कुनै पनि निशानी प्रस्तुत गर्नुस्, यी काफिरहरूले भनिहाल्नेछन् कि तिमी झूठा हौ ।

Verse 59

كَذَٰلِكَ يَطْبَعُ ٱللَّهُ عَلَىٰ قُلُوبِ ٱلَّذِينَ لَا يَعْلَمُونَ

Transliteration kadhālika yaṭbaʿu l-lahu ʿalā qulūbi alladhīna lā yaʿlamūna

Nepali ५९) यसै प्रकार अल्लाहले ती मानिसहरूको हृदयमा जो बुझ्दैनन् छाप लगाइदिन्छ ।

Verse 60

فَٱصْبِرْ إِنَّ وَعْدَ ٱللَّهِ حَقٌّ ۖ وَلَا يَسْتَخِفَّنَّكَ ٱلَّذِينَ لَا يُوقِنُونَ

Transliteration fa-iṣ'bir inna waʿda l-lahi ḥaqqun walā yastakhiffannaka alladhīna lā yūqinūna

Nepali ६०) अतः तपाईं धैर्य गर्नुस् निःसन्देह अल्लाहको वाचा सत्य छ र तपार्इंलाई उनीहरूले जसले ईमान राख्दैनन्, असंतोषी नबनाइदेउन् ।

Read Surah Ar-Rum in another language

All languages

All 114 surahs in Nepali: the Qur’an in Nepali.

Learn it in MyDugsi

Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.