Surah An-Nahl in Nepali: translation and audio
Surah 16 · النحل · The Bee · 128 verses
Surah An-Nahl verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah An-Nahl word by word in English.
Verse 1
أَتَىٰٓ أَمْرُ ٱللَّهِ فَلَا تَسْتَعْجِلُوهُ ۚ سُبْحَـٰنَهُۥ وَتَعَـٰلَىٰ عَمَّا يُشْرِكُونَ
Transliteration atā amru l-lahi falā tastaʿjilūhu sub'ḥānahu wataʿālā ʿammā yush'rikūna
Nepali १) अल्लाहको आदेश (सजाय) आइपुग्यो, (काफिरहरू) यसको निम्ति हतार नगर, ऊ पवित्र छ र जसलाई अल्लाहको साझेदार ठहराउँदछन् तिनीभन्दा अल्लाह उच्च छ ।
Verse 2
يُنَزِّلُ ٱلْمَلَـٰٓئِكَةَ بِٱلرُّوحِ مِنْ أَمْرِهِۦ عَلَىٰ مَن يَشَآءُ مِنْ عِبَادِهِۦٓ أَنْ أَنذِرُوٓا۟ أَنَّهُۥ لَآ إِلَـٰهَ إِلَّآ أَنَا۠ فَٱتَّقُونِ
Transliteration yunazzilu l-malāikata bil-rūḥi min amrihi ʿalā man yashāu min ʿibādihi an andhirū annahu lā ilāha illā anā fa-ittaqūni
Nepali २) उसैले फरिश्ताहरूलाई सन्देश दिई आफ्नो आदेशले आफ्ना भक्तहरूमध्येबाट, जसलाई चाहन्छ त्यसको नजिक पठाउँछ । मानिसहरूलाई सचेत गर्न ! कि म (अल्लाह) बाहेक कोही अर्को सत्य पूजनीय छैन, तसर्थ मसित डर ।
Verse 3
خَلَقَ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضَ بِٱلْحَقِّ ۚ تَعَـٰلَىٰ عَمَّا يُشْرِكُونَ
Transliteration khalaqa l-samāwāti wal-arḍa bil-ḥaqi taʿālā ʿammā yush'rikūna
Nepali ३) उसैले आकाशहरूलाई र पृथ्वीलाई बुद्धिमत्ताले सृष्टि गरेको छ । ऊ त्यसबाट मुक्त छ जुन मुश्रिकहरूले गर्दछन् ।
Verse 4
خَلَقَ ٱلْإِنسَـٰنَ مِن نُّطْفَةٍ فَإِذَا هُوَ خَصِيمٌ مُّبِينٌ
Transliteration khalaqa l-insāna min nuṭ'fatin fa-idhā huwa khaṣīmun mubīnun
Nepali ४) उसले मानिसलाई शुक्राणु (वीर्य) बाट सृष्टि गर्यो, तर तिनीले झगडालु बन्न थाले ।
Verse 5
وَٱلْأَنْعَـٰمَ خَلَقَهَا ۗ لَكُمْ فِيهَا دِفْءٌ وَمَنَـٰفِعُ وَمِنْهَا تَأْكُلُونَ
Transliteration wal-anʿāma khalaqahā lakum fīhā dif'on wamanāfiʿu wamin'hā takulūna
Nepali ५) चौपायाहरूलाई पनि उसैले सृष्टि गरेको छ, जसबाट तिमीहरूलाई गर्म पहिरन प्राप्त हुन्छ र अन्य धेरै फाइदाहरू छन् र यिनीहरूमध्ये केहीलाई तिमीले खान्छौ पनि ।
Verse 6
وَلَكُمْ فِيهَا جَمَالٌ حِينَ تُرِيحُونَ وَحِينَ تَسْرَحُونَ
Transliteration walakum fīhā jamālun ḥīna turīḥūna waḥīna tasraḥūna
Nepali ६) र यिनीहरूबाट घरको रौनक पनि हुन्छ, चराउन लैजाँदा र चराएर घर फर्काएर ल्याउँदा पनि ।
Verse 7
وَتَحْمِلُ أَثْقَالَكُمْ إِلَىٰ بَلَدٍ لَّمْ تَكُونُوا۟ بَـٰلِغِيهِ إِلَّا بِشِقِّ ٱلْأَنفُسِ ۚ إِنَّ رَبَّكُمْ لَرَءُوفٌ رَّحِيمٌ
Transliteration wataḥmilu athqālakum ilā baladin lam takūnū bālighīhi illā bishiqqi l-anfusi inna rabbakum laraūfun raḥīmun
Nepali ७) र तिनीहरूले तिम्रो भारी ती शहरहरूसम्म बोक्छन्, जहाँ तिमी ठूलो दुःख नगरी पुग्न सक्दैनौं । यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्ता अत्यन्त कृपालु, धेरै दयावान छ ।
Verse 8
وَٱلْخَيْلَ وَٱلْبِغَالَ وَٱلْحَمِيرَ لِتَرْكَبُوهَا وَزِينَةً ۚ وَيَخْلُقُ مَا لَا تَعْلَمُونَ
Transliteration wal-khayla wal-bighāla wal-ḥamīra litarkabūhā wazīnatan wayakhluqu mā lā taʿlamūna
Nepali ८) र उसैले घोडा र खच्चड तथा गधहाहरूको सृष्टि गर्यो ताकि तिमीहरू उनीहरूमाथि चढि सवारी गर्न सक, र तिनीहरू तिम्रा शोभा पनि हुन् र उसले अन्य कुराहरू पनि सृष्टि गर्दछ जसबारे तिमीलाई थाहा छैन ।
Verse 9
وَعَلَى ٱللَّهِ قَصْدُ ٱلسَّبِيلِ وَمِنْهَا جَآئِرٌ ۚ وَلَوْ شَآءَ لَهَدَىٰكُمْ أَجْمَعِينَ
Transliteration waʿalā l-lahi qaṣdu l-sabīli wamin'hā jāirun walaw shāa lahadākum ajmaʿīna
Nepali ९) र सोझो बाटो त अल्लाहसम्म पुग्दछ र केही मार्गहरू बाङ्गो पनि छन् । र यदि उसले चाहेको भए तिमी सबैलाई सोझो बाटोमा हिंडाउन सक्थ्यो ।
Verse 10
هُوَ ٱلَّذِىٓ أَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءً ۖ لَّكُم مِّنْهُ شَرَابٌ وَمِنْهُ شَجَرٌ فِيهِ تُسِيمُونَ
Transliteration huwa alladhī anzala mina l-samāi māan lakum min'hu sharābun wamin'hu shajarun fīhi tusīmūna
Nepali १०) उसैले आकाशहरूबाट तिम्रो फाइदाको लागि पानी बर्षायो जसलाई तिमीले पिउँछौं र त्यसबाट उब्जेका रुखहरूबाट तिमी आफ्ना चौपायाहरू चराउँछौं ।
Verse 11
يُنۢبِتُ لَكُم بِهِ ٱلزَّرْعَ وَٱلزَّيْتُونَ وَٱلنَّخِيلَ وَٱلْأَعْنَـٰبَ وَمِن كُلِّ ٱلثَّمَرَٰتِ ۗ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَةً لِّقَوْمٍ يَتَفَكَّرُونَ
Transliteration yunbitu lakum bihi l-zarʿa wal-zaytūna wal-nakhīla wal-aʿnāba wamin kulli l-thamarāti inna fī dhālika laāyatan liqawmin yatafakkarūna
Nepali ११) त्यही पानीबाट उसले तिम्रो निम्ति बाली र जैतून, खजूर र अंगूर र प्रत्येक प्रकारको फल उमार्छ निःसन्देह सोच र बिचार गर्नेहरूको निमित्त यसमा ठूलो निशानी छ ।
Verse 12
وَسَخَّرَ لَكُمُ ٱلَّيْلَ وَٱلنَّهَارَ وَٱلشَّمْسَ وَٱلْقَمَرَ ۖ وَٱلنُّجُومُ مُسَخَّرَٰتٌۢ بِأَمْرِهِۦٓ ۗ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَـٰتٍ لِّقَوْمٍ يَعْقِلُونَ
Transliteration wasakhara lakumu al-layla wal-nahāra wal-shamsa wal-qamara wal-nujūmu musakharātun bi-amrihi inna fī dhālika laāyātin liqawmin yaʿqilūna
Nepali १२) उसैले राती र दिन तथा सूर्य र चन्द्रलाई तिम्रो अधीन गर्यो र उसैको आदेशको अधीनमा ताराहरू पनि (काममा लागेका) छन् निःसन्देह बुद्धिमानहरूको लागि यसमा धेरै निशानीहरू छन् ।
Verse 13
وَمَا ذَرَأَ لَكُمْ فِى ٱلْأَرْضِ مُخْتَلِفًا أَلْوَٰنُهُۥٓ ۗ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَةً لِّقَوْمٍ يَذَّكَّرُونَ
Transliteration wamā dhara-a lakum fī l-arḍi mukh'talifan alwānuhu inna fī dhālika laāyatan liqawmin yadhakkarūna
Nepali १३) अरु पनि विभिन्न प्रकारका रङ्गीचङ्गी कुराहरू उसले धर्तीमा तिम्रो लागि सृष्टि गरेको छ । उपदेश ग्रहण गर्नेहरूको निम्ति यसमा धेरै निशानीहरू छन् ।
Verse 14
وَهُوَ ٱلَّذِى سَخَّرَ ٱلْبَحْرَ لِتَأْكُلُوا۟ مِنْهُ لَحْمًا طَرِيًّا وَتَسْتَخْرِجُوا۟ مِنْهُ حِلْيَةً تَلْبَسُونَهَا وَتَرَى ٱلْفُلْكَ مَوَاخِرَ فِيهِ وَلِتَبْتَغُوا۟ مِن فَضْلِهِۦ وَلَعَلَّكُمْ تَشْكُرُونَ
Transliteration wahuwa alladhī sakhara l-baḥra litakulū min'hu laḥman ṭariyyan watastakhrijū min'hu ḥil'yatan talbasūnahā watarā l-ful'ka mawākhira fīhi walitabtaghū min faḍlihi walaʿallakum tashkurūna
Nepali १४) र उसले समुद्रलाई पनि तिम्रो अधीनमा गर्यो जसबाट ताजा मासु खान सक र त्यसबाट गहना (इत्यादि) निकाल जसलाई तिमीले लगाउँछौं र तिमीले देख्छौ कि डुङ्गाहरूले समुद्रमा पानी पन्छ्याउँदै अगाडि बढ्छन् र यस कारण पनि ताकि तिमीले अल्लाहको कृपाले जीविका खोज्न सक र जसबाट सम्भव छ तिमी उसप्रति आभार प्रकट गर ।
Verse 15
وَأَلْقَىٰ فِى ٱلْأَرْضِ رَوَٰسِىَ أَن تَمِيدَ بِكُمْ وَأَنْهَـٰرًا وَسُبُلًا لَّعَلَّكُمْ تَهْتَدُونَ
Transliteration wa-alqā fī l-arḍi rawāsiya an tamīda bikum wa-anhāran wasubulan laʿallakum tahtadūna
Nepali १५) र उसैले धर्तीमा पहाडहरू उभ्याइदियो जसबाट तिमीलाई लिएर नहल्लीयोस् र नहरहरू र बाटोहरू बनायो ताकि एक ठाउँबाट अर्को ठाँउसम्म जान सक ।
Verse 16
وَعَلَـٰمَـٰتٍ ۚ وَبِٱلنَّجْمِ هُمْ يَهْتَدُونَ
Transliteration waʿalāmātin wabil-najmi hum yahtadūna
Nepali १६) अरु पनि (बाटोहरूमा) चिन्हहरू बनाइदियो र मानिसहरूले ताराहरूबाट पनि मार्गहरू पत्ता लगाउँछन् ।
Verse 17
أَفَمَن يَخْلُقُ كَمَن لَّا يَخْلُقُ ۗ أَفَلَا تَذَكَّرُونَ
Transliteration afaman yakhluqu kaman lā yakhluqu afalā tadhakkarūna
Nepali १७) तसर्थ जसले सृष्टि गर्यो, के त्यो यस्तो छ जसले केही पनि सृष्टि गर्न सक्दैन ? अनि तिमीले विचार किन गर्दैनौ ?
Verse 18
وَإِن تَعُدُّوا۟ نِعْمَةَ ٱللَّهِ لَا تُحْصُوهَآ ۗ إِنَّ ٱللَّهَ لَغَفُورٌ رَّحِيمٌ
Transliteration wa-in taʿuddū niʿ'mata l-lahi lā tuḥ'ṣūhā inna l-laha laghafūrun raḥīmun
Nepali १८) र यदि तिमी अल्लाहका कृपाहरू गन्न चाहन्छौ भने गन्न सक्दैनौ । निःसन्देह अल्लाह बड़ो क्षमाशील र परम दयालु छ ।
Verse 19
وَٱللَّهُ يَعْلَمُ مَا تُسِرُّونَ وَمَا تُعْلِنُونَ
Transliteration wal-lahu yaʿlamu mā tusirrūna wamā tuʿ'linūna
Nepali १९) र जे जति तिमीले लुकाउँछौ र जे–जति प्रकट गर्दछौ अल्लाहलाई सबै थाहा छ ।
Verse 20
وَٱلَّذِينَ يَدْعُونَ مِن دُونِ ٱللَّهِ لَا يَخْلُقُونَ شَيْـًٔا وَهُمْ يُخْلَقُونَ
Transliteration wa-alladhīna yadʿūna min dūni l-lahi lā yakhluqūna shayan wahum yukh'laqūna
Nepali २०) र जस, जसलाई यिनीहरू अल्लाह बाहेक पुकार्दछन्, तिनीहरूले कुनै पनि कुरा बनाउन सक्दैनन् बरु स्वयं उनीहरू अरुबाट बनाइएका छन् ।
Verse 21
أَمْوَٰتٌ غَيْرُ أَحْيَآءٍ ۖ وَمَا يَشْعُرُونَ أَيَّانَ يُبْعَثُونَ
Transliteration amwātun ghayru aḥyāin wamā yashʿurūna ayyāna yub'ʿathūna
Nepali २१) (तिनीहरू) लाश हुन्, जिउँदा होइनन् तिनीहरूलाई यो पनि थाहा छैन कि कहिले उठाइनेछन् ।
Verse 22
إِلَـٰهُكُمْ إِلَـٰهٌ وَٰحِدٌ ۚ فَٱلَّذِينَ لَا يُؤْمِنُونَ بِٱلْـَٔاخِرَةِ قُلُوبُهُم مُّنكِرَةٌ وَهُم مُّسْتَكْبِرُونَ
Transliteration ilāhukum ilāhun wāḥidun fa-alladhīna lā yu'minūna bil-ākhirati qulūbuhum munkiratun wahum mus'takbirūna
Nepali २२) तिमी सबैको पूजनीय एक मात्र अल्लाह हो, जो आखिरतमाथि ईमान राख्दैनन् तिनीहरूका हृदय अवज्ञाकारी छन् र तिनीहरू स्वयम् घमन्डी भइराखेका छन् ।
Verse 23
لَا جَرَمَ أَنَّ ٱللَّهَ يَعْلَمُ مَا يُسِرُّونَ وَمَا يُعْلِنُونَ ۚ إِنَّهُۥ لَا يُحِبُّ ٱلْمُسْتَكْبِرِينَ
Transliteration lā jarama anna l-laha yaʿlamu mā yusirrūna wamā yuʿ'linūna innahu lā yuḥibbu l-mus'takbirīna
Nepali २३) यिनीहरूले जे लुकाउँछन् र जे प्रकट गर्छन अल्लाहलाई अवश्य त्यसबारे थाहा हुन्छ । उसले घमण्डीहरूलाई कहिल्यै रुचाउँदैन ।
Verse 24
وَإِذَا قِيلَ لَهُم مَّاذَآ أَنزَلَ رَبُّكُمْ ۙ قَالُوٓا۟ أَسَـٰطِيرُ ٱلْأَوَّلِينَ
Transliteration wa-idhā qīla lahum mādhā anzala rabbukum qālū asāṭīru l-awalīna
Nepali २४) र जब यी (काफिरहरूलाई) भनिन्छः कि ‘‘तिम्रो पालनकर्ताले के उतारेको छ ? त भन्दछन्ः’’ कि त्यो त पहिलाका मानिसहरूका कथाहरू हुन् ।
Verse 25
لِيَحْمِلُوٓا۟ أَوْزَارَهُمْ كَامِلَةً يَوْمَ ٱلْقِيَـٰمَةِ ۙ وَمِنْ أَوْزَارِ ٱلَّذِينَ يُضِلُّونَهُم بِغَيْرِ عِلْمٍ ۗ أَلَا سَآءَ مَا يَزِرُونَ
Transliteration liyaḥmilū awzārahum kāmilatan yawma l-qiyāmati wamin awzāri alladhīna yuḍillūnahum bighayri ʿil'min alā sāa mā yazirūna
Nepali २५) यसैको परिणाम हुनेछ कि तिनीहरूले कियामतको दिन आफ्नो सम्पूर्ण बोझ आफै बोक्ने छन् र जसलाई यिनले ज्ञान नभइकन् मार्गविचलित गर्दछन्, तिनीहरूको पनि भारी बोक्ने छन् हेर त कस्तो नराम्रा वोझ उठाइराखेका छन् ।
Verse 26
قَدْ مَكَرَ ٱلَّذِينَ مِن قَبْلِهِمْ فَأَتَى ٱللَّهُ بُنْيَـٰنَهُم مِّنَ ٱلْقَوَاعِدِ فَخَرَّ عَلَيْهِمُ ٱلسَّقْفُ مِن فَوْقِهِمْ وَأَتَىٰهُمُ ٱلْعَذَابُ مِنْ حَيْثُ لَا يَشْعُرُونَ
Transliteration qad makara alladhīna min qablihim fa-atā l-lahu bun'yānahum mina l-qawāʿidi fakharra ʿalayhimu l-saqfu min fawqihim wa-atāhumu l-ʿadhābu min ḥaythu lā yashʿurūna
Nepali २६) यिनीभन्दा पहिलाका मानिसले पनि (यस्तै) षड्यन्त्रहरू गरेका थिए, अन्तमा अल्लाहले तिनीहरूको कल्पनाका महलहरूलाई जगबाटै उखेलिदियो र तिनीहरूमाथि घरका छतहरू खसे र यिनीहरूलाई त्यस्तो ठाउँबाट सजाय आयो जसबारे उनलाई अनुमान पनि थिएन ।
Verse 27
ثُمَّ يَوْمَ ٱلْقِيَـٰمَةِ يُخْزِيهِمْ وَيَقُولُ أَيْنَ شُرَكَآءِىَ ٱلَّذِينَ كُنتُمْ تُشَـٰٓقُّونَ فِيهِمْ ۚ قَالَ ٱلَّذِينَ أُوتُوا۟ ٱلْعِلْمَ إِنَّ ٱلْخِزْىَ ٱلْيَوْمَ وَٱلسُّوٓءَ عَلَى ٱلْكَـٰفِرِينَ
Transliteration thumma yawma l-qiyāmati yukh'zīhim wayaqūlu ayna shurakāiya alladhīna kuntum tushāqqūna fīhim qāla alladhīna ūtū l-ʿil'ma inna l-khiz'ya l-yawma wal-sūa ʿalā l-kāfirīna
Nepali २७) अनि उसले तिनीहरूलाई कियामतको दिन पनि अपमानित गर्नेछ र भन्ने छः ‘‘कि मेरा ती साझेदारहरू कहाँ छन् जसको बारेमा तिमीहरूले विवाद गर्दथ्यो ?’’ जुन मानिसहरूलाई ज्ञान प्रदान गरिएको थियो तिनीहरूले भन्नेछन् कि आज काफिरहरूलाई अपमान र लज्जाले छोपेको छ ।
Verse 28
ٱلَّذِينَ تَتَوَفَّىٰهُمُ ٱلْمَلَـٰٓئِكَةُ ظَالِمِىٓ أَنفُسِهِمْ ۖ فَأَلْقَوُا۟ ٱلسَّلَمَ مَا كُنَّا نَعْمَلُ مِن سُوٓءٍۭ ۚ بَلَىٰٓ إِنَّ ٱللَّهَ عَلِيمٌۢ بِمَا كُنتُمْ تَعْمَلُونَ
Transliteration alladhīna tatawaffāhumu l-malāikatu ẓālimī anfusihim fa-alqawū l-salama mā kunnā naʿmalu min sūin balā inna l-laha ʿalīmun bimā kuntum taʿmalūna
Nepali २८) तिनीहरू जो आफूमाथि अत्याचार गर्दछन् जब फरिशताहरूले तिनीहरूका ज्यान निकाल्न थाल्छन् त तिनीहरू नतमस्तक र आज्ञाकारी भइहाल्छन् (भन्दछन्ः) कि हामीले कुनै नराम्रो काम गर्दैनथ्यौं । तर जे–जति तिमीले गर्ने गर्दथ्यौ अल्लाहलाई राम्ररी थाहा छ ।
Verse 29
فَٱدْخُلُوٓا۟ أَبْوَٰبَ جَهَنَّمَ خَـٰلِدِينَ فِيهَا ۖ فَلَبِئْسَ مَثْوَى ٱلْمُتَكَبِّرِينَ
Transliteration fa-ud'khulū abwāba jahannama khālidīna fīhā falabi'sa mathwā l-mutakabirīna
Nepali २९) तसर्थ नर्कका ढोकाहरूमा तिमीहरू प्रवेश गरिहाल, सधैं त्यसमा रहनेछौ, घमण्ड गर्नेहरूको लागि कति नराम्रो बासस्थान हो ।
Verse 30
۞ وَقِيلَ لِلَّذِينَ ٱتَّقَوْا۟ مَاذَآ أَنزَلَ رَبُّكُمْ ۚ قَالُوا۟ خَيْرًا ۗ لِّلَّذِينَ أَحْسَنُوا۟ فِى هَـٰذِهِ ٱلدُّنْيَا حَسَنَةٌ ۚ وَلَدَارُ ٱلْـَٔاخِرَةِ خَيْرٌ ۚ وَلَنِعْمَ دَارُ ٱلْمُتَّقِينَ
Transliteration waqīla lilladhīna ittaqaw mādhā anzala rabbukum qālū khayran lilladhīna aḥsanū fī hādhihi l-dun'yā ḥasanatun waladāru l-ākhirati khayrun walaniʿ'ma dāru l-mutaqīna
Nepali ३०) र (जब) सहनशीलसित सोधिन्छः कि तिम्रो पालनकर्ताले के उत्तारेको छ त भन्दछन् कि अत्यन्त राम्रा, जुन मानिसहरूले भलाई गरे तिनीहरूको निम्ति यस संसारमा पनि भलाई छ र आखिरतको घर त अवश्य धेरै राम्रो छ, र संयमीहरूको घर अत्यन्त राम्रो छ ।
Verse 31
جَنَّـٰتُ عَدْنٍ يَدْخُلُونَهَا تَجْرِى مِن تَحْتِهَا ٱلْأَنْهَـٰرُ ۖ لَهُمْ فِيهَا مَا يَشَآءُونَ ۚ كَذَٰلِكَ يَجْزِى ٱللَّهُ ٱلْمُتَّقِينَ
Transliteration jannātu ʿadnin yadkhulūnahā tajrī min taḥtihā l-anhāru lahum fīhā mā yashāūna kadhālika yajzī l-lahu l-mutaqīna
Nepali ३१) स्थाई बगैंचाहरू छन् जसमा तिनीहरू प्रवेश गर्नेछन्, तिनीहरूतल नहरहरू बगिराखेका छन् त्यहाँ जे चाहन्छन् तिनीहरूको निम्ति उपलब्ध हुनेछन् । अल्लाहले संयमीहरूलाई यस्तै प्रतिफल दिनेछ ।
Verse 32
ٱلَّذِينَ تَتَوَفَّىٰهُمُ ٱلْمَلَـٰٓئِكَةُ طَيِّبِينَ ۙ يَقُولُونَ سَلَـٰمٌ عَلَيْكُمُ ٱدْخُلُوا۟ ٱلْجَنَّةَ بِمَا كُنتُمْ تَعْمَلُونَ
Transliteration alladhīna tatawaffāhumu l-malāikatu ṭayyibīna yaqūlūna salāmun ʿalaykumu ud'khulū l-janata bimā kuntum taʿmalūna
Nepali ३२) जब फरिश्ताहरूले तिनीहरूका आत्मा निकाल्न थाल्छन् र यिनीहरू (शीर्कबाट) पवित्र हुन्छन्, भन्दछन तिम्रो लागि कुशलता नै कुशलता छ र भन्दछन् कि जुन कार्य तिमीले गर्ने गर्दथ्यो, त्यसको फलस्वरूप स्वर्गमा प्रवेश गरिहाल ।
Verse 33
هَلْ يَنظُرُونَ إِلَّآ أَن تَأْتِيَهُمُ ٱلْمَلَـٰٓئِكَةُ أَوْ يَأْتِىَ أَمْرُ رَبِّكَ ۚ كَذَٰلِكَ فَعَلَ ٱلَّذِينَ مِن قَبْلِهِمْ ۚ وَمَا ظَلَمَهُمُ ٱللَّهُ وَلَـٰكِن كَانُوٓا۟ أَنفُسَهُمْ يَظْلِمُونَ
Transliteration hal yanẓurūna illā an tatiyahumu l-malāikatu aw yatiya amru rabbika kadhālika faʿala alladhīna min qablihim wamā ẓalamahumu l-lahu walākin kānū anfusahum yaẓlimūna
Nepali ३३) के यिनी यस कुराको प्रतीक्षमा छन् कि फरिश्ताहरू उनको समीप (प्राण निकाल्न) आउन् वा तिम्रो पालनकर्ताको आदेश आइपुगोस् । यस्तैे तिनीहरूले पनि गरेका थिए जो उनीभन्दा पहिला थिए र अल्लाहले उनीहरूमाथि कुनै अत्याचार गरेन, बरु तिनीहरू आफैले आफूहरूमाथि अत्याचार गर्दथे ।
Verse 34
فَأَصَابَهُمْ سَيِّـَٔاتُ مَا عَمِلُوا۟ وَحَاقَ بِهِم مَّا كَانُوا۟ بِهِۦ يَسْتَهْزِءُونَ
Transliteration fa-aṣābahum sayyiātu mā ʿamilū waḥāqa bihim mā kānū bihi yastahziūna
Nepali ३४) तसर्थ तिनीहरूको नराम्रो कामको परिणाम तिनीहरूलाई प्राप्त भयो र जुन कुराको तिनीहरूले हाँसो गर्ने गर्दथे, त्यसले तिनीहरूलाई घेरिहाल्यो ।
Verse 35
وَقَالَ ٱلَّذِينَ أَشْرَكُوا۟ لَوْ شَآءَ ٱللَّهُ مَا عَبَدْنَا مِن دُونِهِۦ مِن شَىْءٍ نَّحْنُ وَلَآ ءَابَآؤُنَا وَلَا حَرَّمْنَا مِن دُونِهِۦ مِن شَىْءٍ ۚ كَذَٰلِكَ فَعَلَ ٱلَّذِينَ مِن قَبْلِهِمْ ۚ فَهَلْ عَلَى ٱلرُّسُلِ إِلَّا ٱلْبَلَـٰغُ ٱلْمُبِينُ
Transliteration waqāla alladhīna ashrakū law shāa l-lahu mā ʿabadnā min dūnihi min shayin naḥnu walā ābāunā walā ḥarramnā min dūnihi min shayin kadhālika faʿala alladhīna min qablihim fahal ʿalā l-rusuli illā l-balāghu l-mubīnu
Nepali ३५) मुश्रिकहरूले भने कि अल्लाहले चाहेको भए हामीले र हाम्रा बाबुबाजेले उसबाहेक अरु कसैको पूजा गर्ने थिएनन् र नत हामीले उसको आदेश बिना कुनै कुरालाई हराम (वर्जित) ठहराउँथ्यौं । (हे पैगम्बर !) यस्तै प्रकारले यिनीहरूभन्दा अगाडिका मानिसहरूले पनि गरेका थिए, तसर्थ पैगम्बरहरूको जिम्मामा मात्र स्पष्टरूपले सन्देश पुर्याइदिनु बाहेक अरु केही छ ?
Verse 36
وَلَقَدْ بَعَثْنَا فِى كُلِّ أُمَّةٍ رَّسُولًا أَنِ ٱعْبُدُوا۟ ٱللَّهَ وَٱجْتَنِبُوا۟ ٱلطَّـٰغُوتَ ۖ فَمِنْهُم مَّنْ هَدَى ٱللَّهُ وَمِنْهُم مَّنْ حَقَّتْ عَلَيْهِ ٱلضَّلَـٰلَةُ ۚ فَسِيرُوا۟ فِى ٱلْأَرْضِ فَٱنظُرُوا۟ كَيْفَ كَانَ عَـٰقِبَةُ ٱلْمُكَذِّبِينَ
Transliteration walaqad baʿathnā fī kulli ummatin rasūlan ani uʿ'budū l-laha wa-ij'tanibū l-ṭāghūta famin'hum man hadā l-lahu wamin'hum man ḥaqqat ʿalayhi l-ḍalālatu fasīrū fī l-arḍi fa-unẓurū kayfa kāna ʿāqibatu l-mukadhibīna
Nepali ३६) हामीले हरेक समुदायमा पैगम्बर पठायौं कि मानिसहरू अल्लाहकै पूजा गरुन्, र उस बाहेक अन्य समस्त पुज्यहरूलाई त्यागिहालुन् अनि तिनीहरूमध्ये केही यस्ता छन्, जसलाई अल्लाहले मार्ग दर्शन गर्याे र केही यस्ता छन जो मार्गविचलनमा परे । तसर्थ तिमी स्वयम् पृथ्वीमा घुमफिर गरेर हेरिहाल कि (सत्यलाई) झूठो भन्नेहरूको परिणाम कस्तो भयो ?
Verse 37
إِن تَحْرِصْ عَلَىٰ هُدَىٰهُمْ فَإِنَّ ٱللَّهَ لَا يَهْدِى مَن يُضِلُّ ۖ وَمَا لَهُم مِّن نَّـٰصِرِينَ
Transliteration in taḥriṣ ʿalā hudāhum fa-inna l-laha lā yahdī man yuḍillu wamā lahum min nāṣirīna
Nepali ३७) यद्यपि तपाई यी काफिरहरूको पथप्रदर्शनको लागि इच्छुक भए पनि जसलाई अल्लाहले पथविचलित गर्छ, त्यसलाई मार्गदर्शन दिने गर्दैन, र यस्ता मानिसहरूको कोही सहायता गर्ने पनि हुँदैन ।
Verse 38
وَأَقْسَمُوا۟ بِٱللَّهِ جَهْدَ أَيْمَـٰنِهِمْ ۙ لَا يَبْعَثُ ٱللَّهُ مَن يَمُوتُ ۚ بَلَىٰ وَعْدًا عَلَيْهِ حَقًّا وَلَـٰكِنَّ أَكْثَرَ ٱلنَّاسِ لَا يَعْلَمُونَ
Transliteration wa-aqsamū bil-lahi jahda aymānihim lā yabʿathu l-lahu man yamūtu balā waʿdan ʿalayhi ḥaqqan walākinna akthara l-nāsi lā yaʿlamūna
Nepali ३८) तिनीहरूले ठूल–ठूला शपथहरू खाएर भन्छन् कि मरेकाहरूलाई अल्लाहले जीवित गर्दैन । किन होइन ! अवश्य जिन्दा गर्नेछ । यो अल्लाहको एउटा सत्य वचन हो जसलाई उसले अवश्य पूरा गर्नेछ तर अधिकतर मानिसहरू जान्दैनन् ।
Verse 39
لِيُبَيِّنَ لَهُمُ ٱلَّذِى يَخْتَلِفُونَ فِيهِ وَلِيَعْلَمَ ٱلَّذِينَ كَفَرُوٓا۟ أَنَّهُمْ كَانُوا۟ كَـٰذِبِينَ
Transliteration liyubayyina lahumu alladhī yakhtalifūna fīhi waliyaʿlama alladhīna kafarū annahum kānū kādhibīna
Nepali ३९) त्यसकारण पनि कि जुन कुरामा यिनीहरूले विवाद गर्दथे, त्यस कुरालाई स्पष्टसँग अल्लाहले वर्णन गरोस् र यस कारण पनि कि काफिरहरूले जानिहालुन् कि तिनीहरू झूठा थिए ।
Verse 40
إِنَّمَا قَوْلُنَا لِشَىْءٍ إِذَآ أَرَدْنَـٰهُ أَن نَّقُولَ لَهُۥ كُن فَيَكُونُ
Transliteration innamā qawlunā lishayin idhā aradnāhu an naqūla lahu kun fayakūnu
Nepali ४०) जब हामीले कुनै कुराको इच्छा गर्दछौं त यति मात्र भनिदिन्छौं कि ‘‘भइहाल’’ अनि त्यो भइहाल्छ ।
Verse 41
وَٱلَّذِينَ هَاجَرُوا۟ فِى ٱللَّهِ مِنۢ بَعْدِ مَا ظُلِمُوا۟ لَنُبَوِّئَنَّهُمْ فِى ٱلدُّنْيَا حَسَنَةً ۖ وَلَأَجْرُ ٱلْـَٔاخِرَةِ أَكْبَرُ ۚ لَوْ كَانُوا۟ يَعْلَمُونَ
Transliteration wa-alladhīna hājarū fī l-lahi min baʿdi mā ẓulimū lanubawwi-annahum fī l-dun'yā ḥasanatan wala-ajru l-ākhirati akbaru law kānū yaʿlamūna
Nepali ४१) र जुन मानिसहरूले अत्याचार सहेपछि अल्लाहको बाटोमा घरद्वार छाड़े, हामीले तिनीहरूलाई संसारमा राम्रोभन्दा राम्रो घर दिनेछौं, र आखिरतको पुरस्कार त निकै ठूलो छ तर काश ! तिनीहरूले बुझ्दथे ।
Verse 42
ٱلَّذِينَ صَبَرُوا۟ وَعَلَىٰ رَبِّهِمْ يَتَوَكَّلُونَ
Transliteration alladhīna ṣabarū waʿalā rabbihim yatawakkalūna
Nepali ४२) (अर्थात) ती मानिसहरू जसले धैर्य गरे र आफ्नो पालनकर्तामाथि नै भरोसा गर्दैरहे ।
Verse 43
وَمَآ أَرْسَلْنَا مِن قَبْلِكَ إِلَّا رِجَالًا نُّوحِىٓ إِلَيْهِمْ ۚ فَسْـَٔلُوٓا۟ أَهْلَ ٱلذِّكْرِ إِن كُنتُمْ لَا تَعْلَمُونَ
Transliteration wamā arsalnā min qablika illā rijālan nūḥī ilayhim fasalū ahla l-dhik'ri in kuntum lā taʿlamūna
Nepali ४३) र हामीले तपाईभन्दा पहिला पनि पुरुषहरूलाई नै पैगम्बर बनाएर पठाउने गरेका थियौं, जिनीहरूमाथि हामीले आफ्नो आदेश पठाउने गर्दथ्यौं । यदि तिमीहरूलाई थाहा छैन भने किताबका ज्ञाताहरूसित सोधिहाल ।
Verse 44
بِٱلْبَيِّنَـٰتِ وَٱلزُّبُرِ ۗ وَأَنزَلْنَآ إِلَيْكَ ٱلذِّكْرَ لِتُبَيِّنَ لِلنَّاسِ مَا نُزِّلَ إِلَيْهِمْ وَلَعَلَّهُمْ يَتَفَكَّرُونَ
Transliteration bil-bayināti wal-zuburi wa-anzalnā ilayka l-dhik'ra litubayyina lilnnāsi mā nuzzila ilayhim walaʿallahum yatafakkarūna
Nepali ४४) प्रमाणहरू र किताबहरू दिएर र अब हामीले तपाईलाई पनि यो किताब प्रदान गरेका छौं, जसबाट मानिसहरूलाई जे प्रदान गरेका छौं तपाईले स्पष्ट गरी वर्णन गर्नुस्, सम्भव छ तिनीहरूले विचार गरुन् ।
Verse 45
أَفَأَمِنَ ٱلَّذِينَ مَكَرُوا۟ ٱلسَّيِّـَٔاتِ أَن يَخْسِفَ ٱللَّهُ بِهِمُ ٱلْأَرْضَ أَوْ يَأْتِيَهُمُ ٱلْعَذَابُ مِنْ حَيْثُ لَا يَشْعُرُونَ
Transliteration afa-amina alladhīna makarū l-sayiāti an yakhsifa l-lahu bihimu l-arḍa aw yatiyahumu l-ʿadhābu min ḥaythu lā yashʿurūna
Nepali ४५) के तिनीहरू जसले कि अत्यन्त नराम्रा षडयन्त्र गर्दछन्, यसबाट आफूलाई सुरक्षित ठान्दछन् कि अल्लाहले पृथ्वीमा उनीहरूलाई धसाइहालोस् अथवा उनीतर्फ यस्तो ठाउँबाट सजाय आइपुगोस् जसबारे उनलाई अनुमान पनि नहोस् ।
Verse 46
أَوْ يَأْخُذَهُمْ فِى تَقَلُّبِهِمْ فَمَا هُم بِمُعْجِزِينَ
Transliteration aw yakhudhahum fī taqallubihim famā hum bimuʿ'jizīna
Nepali ४६) वा उनीहरूलाई हिंडडुलगर्दा समातिहालोस्, तिनीहरूले अल्लाहलाई कुनै हालतमा पनि हैरान गर्न सक्तैनन् ।
Verse 47
أَوْ يَأْخُذَهُمْ عَلَىٰ تَخَوُّفٍ فَإِنَّ رَبَّكُمْ لَرَءُوفٌ رَّحِيمٌ
Transliteration aw yakhudhahum ʿalā takhawwufin fa-inna rabbakum laraūfun raḥīmun
Nepali ४७) वा तिनीहरूमा सजायको भय उत्पन्न गराएर समातिहालोस् । निःसन्देह तिम्रो पालनकर्ता अत्यन्त कृपालु (र) परम दयालु छ ।
Verse 48
أَوَلَمْ يَرَوْا۟ إِلَىٰ مَا خَلَقَ ٱللَّهُ مِن شَىْءٍ يَتَفَيَّؤُا۟ ظِلَـٰلُهُۥ عَنِ ٱلْيَمِينِ وَٱلشَّمَآئِلِ سُجَّدًا لِّلَّهِ وَهُمْ دَٰخِرُونَ
Transliteration awalam yaraw ilā mā khalaqa l-lahu min shayin yatafayya-u ẓilāluhu ʿani l-yamīni wal-shamāili sujjadan lillahi wahum dākhirūna
Nepali ४८) के तिनीहरूले अल्लाहका प्राणीहरूमध्ये कसैलाई पनि देखेनन्, जसका छाँयाहरू दाँयाबाट र बाँयाबाट झुकेर अल्लाहको अगाडि ढोग्छन् र आफ्नो व्याकुलता प्रदर्शन गर्दछन् ।
Verse 49
وَلِلَّهِ يَسْجُدُ مَا فِى ٱلسَّمَـٰوَٰتِ وَمَا فِى ٱلْأَرْضِ مِن دَآبَّةٍ وَٱلْمَلَـٰٓئِكَةُ وَهُمْ لَا يَسْتَكْبِرُونَ
Transliteration walillahi yasjudu mā fī l-samāwāti wamā fī l-arḍi min dābbatin wal-malāikatu wahum lā yastakbirūna
Nepali ४९) निश्चितरूपले सबै प्राणीहरू जो आकाशहरू र पृथ्वीमा छन्, अल्लाहको अगाडि ढोग्छन् र फरिश्ताहरू पनि र यिनीहरू अलिकति पनि घमण्ड गर्दैनन् ।
Verse 50
يَخَافُونَ رَبَّهُم مِّن فَوْقِهِمْ وَيَفْعَلُونَ مَا يُؤْمَرُونَ ۩
Transliteration yakhāfūna rabbahum min fawqihim wayafʿalūna mā yu'marūna
Nepali ५०) र आफ्नो पालनकर्ताबाट जो तिनीहरूभन्दा माथि छ, तर्सन्छन् र जुन कुरोको तिनीहरूलाई आदेश हुन्छ त्यसको पालना गर्दछन् ।
Verse 51
۞ وَقَالَ ٱللَّهُ لَا تَتَّخِذُوٓا۟ إِلَـٰهَيْنِ ٱثْنَيْنِ ۖ إِنَّمَا هُوَ إِلَـٰهٌ وَٰحِدٌ ۖ فَإِيَّـٰىَ فَٱرْهَبُونِ
Transliteration waqāla l-lahu lā tattakhidhū ilāhayni ith'nayni innamā huwa ilāhun wāḥidun fa-iyyāya fa-ir'habūni
Nepali ५१) अल्लाहको आदेश भइसकेको छ कि दुईवटा पूज्य नबनाऊ, पूजनीय उहि एउटा मात्र छ, तसर्थ मसित मात्र तिमीहरू डर भय मान ।
Verse 52
وَلَهُۥ مَا فِى ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ وَلَهُ ٱلدِّينُ وَاصِبًا ۚ أَفَغَيْرَ ٱللَّهِ تَتَّقُونَ
Transliteration walahu mā fī l-samāwāti wal-arḍi walahu l-dīnu wāṣiban afaghayra l-lahi tattaqūna
Nepali ५२) जेजति आकाशहरूमा र जेजति पृथ्वीमा छन्, सबै उसैको हो, र उसैको इबादत (उपासना) आवश्यक छ, अनि के तिमी अल्लाह बाहेक अरुहरूसित तर्सन्छौ ?
Verse 53
وَمَا بِكُم مِّن نِّعْمَةٍ فَمِنَ ٱللَّهِ ۖ ثُمَّ إِذَا مَسَّكُمُ ٱلضُّرُّ فَإِلَيْهِ تَجْـَٔرُونَ
Transliteration wamā bikum min niʿ'matin famina l-lahi thumma idhā massakumu l-ḍuru fa-ilayhi tajarūna
Nepali ५३) असल कुराहरू जे जति तिमीले पाएका छौ सबै अल्लाहबाटै प्रदान गरिएका हुन् । अहिले पनि जब तिमीलाई कुनै कष्ट पुग्दछ तब उसैको अगाडि प्रार्थना गर्दछौ ।
Verse 54
ثُمَّ إِذَا كَشَفَ ٱلضُّرَّ عَنكُمْ إِذَا فَرِيقٌ مِّنكُم بِرَبِّهِمْ يُشْرِكُونَ
Transliteration thumma idhā kashafa l-ḍura ʿankum idhā farīqun minkum birabbihim yush'rikūna
Nepali ५४) अनि जब उसले तिमीलाई कष्टबाट मुक्त गरिदिन्छ त तिमीहरूमध्ये केहीले अल्लाहको साझेदार ठहराउन थाल्छन् ।
Verse 55
لِيَكْفُرُوا۟ بِمَآ ءَاتَيْنَـٰهُمْ ۚ فَتَمَتَّعُوا۟ ۖ فَسَوْفَ تَعْلَمُونَ
Transliteration liyakfurū bimā ātaynāhum fatamattaʿū fasawfa taʿlamūna
Nepali ५५) कि जुन राम्रा कुराहरू हामीले उनलाई प्रदान गरेका छौं त्यसप्रति कृतघ्नता प्रकट गरुन्, हो केही सांसारिक फाइदाहरू लिइहाल, तर यादराख छिट्टै तिमीलाई थाहा भइहाल्नेछ ।
Verse 56
وَيَجْعَلُونَ لِمَا لَا يَعْلَمُونَ نَصِيبًا مِّمَّا رَزَقْنَـٰهُمْ ۗ تَٱللَّهِ لَتُسْـَٔلُنَّ عَمَّا كُنتُمْ تَفْتَرُونَ
Transliteration wayajʿalūna limā lā yaʿlamūna naṣīban mimmā razaqnāhum tal-lahi latus'alunna ʿammā kuntum taftarūna
Nepali ५६) र हामीद्वारा प्रदान गरिएका कुराहरूमध्ये यस्ताको भाग निर्धारित गर्छन् जसबारे केही थाहा छैन । अल्लाहको सौगन्ध छ ! जुन असत्य कुराहरूको रचना गर्दछौंं त्यसबारे तिमीसित अवश्य नै सोधपूछ हुनेछ ।
Verse 57
وَيَجْعَلُونَ لِلَّهِ ٱلْبَنَـٰتِ سُبْحَـٰنَهُۥ ۙ وَلَهُم مَّا يَشْتَهُونَ
Transliteration wayajʿalūna lillahi l-banāti sub'ḥānahu walahum mā yashtahūna
Nepali ५७) ऊ यस कुराबाट मुक्त र महान छ जो उनीहरूले अल्लाहको लागि केटीहरू निर्धारित गर्दछन् र आफ्नो निम्ति (छोराहरू) जुनकि तिनीहरूलाई राम्रो लाग्छ, आफ्नो भाग लगाउँछन् ।
Verse 58
وَإِذَا بُشِّرَ أَحَدُهُم بِٱلْأُنثَىٰ ظَلَّ وَجْهُهُۥ مُسْوَدًّا وَهُوَ كَظِيمٌ
Transliteration wa-idhā bushira aḥaduhum bil-unthā ẓalla wajhuhu mus'waddan wahuwa kaẓīmun
Nepali ५८) जब तिनीहरूमध्ये कसैलाई छोरी (जन्मेको) समाचार प्राप्त हुन्छ, त उसको अनुहार (दुःखले) कालो भइहाल्छ र उसको हृदय दुःखी भइहाल्छ
Verse 59
يَتَوَٰرَىٰ مِنَ ٱلْقَوْمِ مِن سُوٓءِ مَا بُشِّرَ بِهِۦٓ ۚ أَيُمْسِكُهُۥ عَلَىٰ هُونٍ أَمْ يَدُسُّهُۥ فِى ٱلتُّرَابِ ۗ أَلَا سَآءَ مَا يَحْكُمُونَ
Transliteration yatawārā mina l-qawmi min sūi mā bushira bihi ayum'sikuhu ʿalā hūnin am yadussuhu fī l-turābi alā sāa mā yaḥkumūna
Nepali ५९) र यस नराम्रो समाचारबाट अन्य मानिसहरूबाट लुक्दै हिंड्छ र सोच्दछ कि अपमान सहेर यसलाई जीवित रहन देओस् वा जमिनमुनि गाडिदेओस् । हेर, यिनीहरूले कस्तो नराम्रो निर्णय गर्दछन् ।
Verse 60
لِلَّذِينَ لَا يُؤْمِنُونَ بِٱلْـَٔاخِرَةِ مَثَلُ ٱلسَّوْءِ ۖ وَلِلَّهِ ٱلْمَثَلُ ٱلْأَعْلَىٰ ۚ وَهُوَ ٱلْعَزِيزُ ٱلْحَكِيمُ
Transliteration lilladhīna lā yu'minūna bil-ākhirati mathalu l-sawi walillahi l-mathalu l-aʿlā wahuwa l-ʿazīzu l-ḥakīmu
Nepali ६०) जसले आखिरतमाथि आस्था राख्दैनन् तिनै नराम्रा उदाहरण हुन्, अल्लाहको लागि त उच्च विशेषता छ ऊ सर्वशक्तिमान, र बुद्धिमत्ता सम्पन्न छ ।
Verse 61
وَلَوْ يُؤَاخِذُ ٱللَّهُ ٱلنَّاسَ بِظُلْمِهِم مَّا تَرَكَ عَلَيْهَا مِن دَآبَّةٍ وَلَـٰكِن يُؤَخِّرُهُمْ إِلَىٰٓ أَجَلٍ مُّسَمًّى ۖ فَإِذَا جَآءَ أَجَلُهُمْ لَا يَسْتَـْٔخِرُونَ سَاعَةً ۖ وَلَا يَسْتَقْدِمُونَ
Transliteration walaw yuākhidhu l-lahu l-nāsa biẓul'mihim mā taraka ʿalayhā min dābbatin walākin yu-akhiruhum ilā ajalin musamman fa-idhā jāa ajaluhum lā yastakhirūna sāʿatan walā yastaqdimūna
Nepali ६१) यदि मान्छेहरूका पापको कारण महान अल्लाह उनीलाई समात्थ्यो भने त पृथ्वीमा एउटा पनि सजीव प्राणी रहदैन्थ्यो । तर उसले त एक निश्चित समयसम्म छूट दिने गरेको छ जब त्यो समय आइपुग्छ त तिनी एकछिन अघि पछि हुन सक्दैनन् ।
Verse 62
وَيَجْعَلُونَ لِلَّهِ مَا يَكْرَهُونَ وَتَصِفُ أَلْسِنَتُهُمُ ٱلْكَذِبَ أَنَّ لَهُمُ ٱلْحُسْنَىٰ ۖ لَا جَرَمَ أَنَّ لَهُمُ ٱلنَّارَ وَأَنَّهُم مُّفْرَطُونَ
Transliteration wayajʿalūna lillahi mā yakrahūna wataṣifu alsinatuhumu l-kadhiba anna lahumu l-ḥus'nā lā jarama anna lahumu l-nāra wa-annahum muf'raṭūna
Nepali ६२) र यिनीहरूले अल्लाहको निम्ति यस्ता कुरा साबित गर्छन, जुन तिनीहरूलाई राम्रो लाग्दैन, र उनले जिब्रोले झूठो बोल्दै जान्छन् कि उनलाई भलाई हुनेछ । सन्देह छैन कि तिनीहरूको निम्ति आगो (तैयार) छ र यिनीहरू नर्कमा सबभन्दा अगाडि पठाइनेछन् ।
Verse 63
تَٱللَّهِ لَقَدْ أَرْسَلْنَآ إِلَىٰٓ أُمَمٍ مِّن قَبْلِكَ فَزَيَّنَ لَهُمُ ٱلشَّيْطَـٰنُ أَعْمَـٰلَهُمْ فَهُوَ وَلِيُّهُمُ ٱلْيَوْمَ وَلَهُمْ عَذَابٌ أَلِيمٌ
Transliteration tal-lahi laqad arsalnā ilā umamin min qablika fazayyana lahumu l-shayṭānu aʿmālahum fahuwa waliyyuhumu l-yawma walahum ʿadhābun alīmun
Nepali ६३) अल्लाहको सौगन्ध छ ! हामीले तिमीभन्दा अगाडिका समुदायहरूतिर पनि आफ्ना पैगम्बरहरू पठायौं । तर शैतानले तिनीहरूका (नराम्रा) क्रियाकलाप सिंगारेर देखायो, तसर्थ आज पनि त्यही तिनीहरूको मित्र छ र तिनीहरूको निम्ति कष्टदायक सजाय छ ।
Verse 64
وَمَآ أَنزَلْنَا عَلَيْكَ ٱلْكِتَـٰبَ إِلَّا لِتُبَيِّنَ لَهُمُ ٱلَّذِى ٱخْتَلَفُوا۟ فِيهِ ۙ وَهُدًى وَرَحْمَةً لِّقَوْمٍ يُؤْمِنُونَ
Transliteration wamā anzalnā ʿalayka l-kitāba illā litubayyina lahumu alladhī ikh'talafū fīhi wahudan waraḥmatan liqawmin yu'minūna
Nepali ६४) र हामीले तपाईमाथि यो किताब यसकारण उतारेका छौं कि जुन कुराहरूमा यिनीहरूको विवाद छ ती सबैलाई तपाईले स्पष्ट गरिदिनुस् र यो मोमिनहरूको लागि मार्गदर्शन र वरदान हो ।
Verse 65
وَٱللَّهُ أَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءً فَأَحْيَا بِهِ ٱلْأَرْضَ بَعْدَ مَوْتِهَآ ۚ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَةً لِّقَوْمٍ يَسْمَعُونَ
Transliteration wal-lahu anzala mina l-samāi māan fa-aḥyā bihi l-arḍa baʿda mawtihā inna fī dhālika laāyatan liqawmin yasmaʿūna
Nepali ६५) र अल्लाहले आकाशहरूबाट पानी बर्षाएर धर्तीलाई त्यसको मृत्यु पश्चात जीवित गर्दछ । निःसन्देह यसमा सुन्नेहरूको लागि निशानी छ ।
Verse 66
وَإِنَّ لَكُمْ فِى ٱلْأَنْعَـٰمِ لَعِبْرَةً ۖ نُّسْقِيكُم مِّمَّا فِى بُطُونِهِۦ مِنۢ بَيْنِ فَرْثٍ وَدَمٍ لَّبَنًا خَالِصًا سَآئِغًا لِّلشَّـٰرِبِينَ
Transliteration wa-inna lakum fī l-anʿāmi laʿib'ratan nus'qīkum mimmā fī buṭūnihi min bayni farthin wadamin labanan khāliṣan sāighan lilshāribīna
Nepali ६६) तिम्रो निम्ति चौपायाहरूमा पनि ठूलो शिक्षा छ, किनकि तिनीहरूका पेटमा जुन गोबर र रगत छ, त्यसबाट हामीले तिमीलाई विशुद्ध दूध खुवाउँछौं, जुन पिउनेहरूको निम्ति सुपाच्य र रुचिकर छ ।
Verse 67
وَمِن ثَمَرَٰتِ ٱلنَّخِيلِ وَٱلْأَعْنَـٰبِ تَتَّخِذُونَ مِنْهُ سَكَرًا وَرِزْقًا حَسَنًا ۗ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَةً لِّقَوْمٍ يَعْقِلُونَ
Transliteration wamin thamarāti l-nakhīli wal-aʿnābi tattakhidhūna min'hu sakaran wariz'qan ḥasanan inna fī dhālika laāyatan liqawmin yaʿqilūna
Nepali ६७) र खजूर र अंगूरका फलहरूबाट पनि तिनीहरूबाट कडा पेयपदार्थ बनाउँदछौं र राम्रो जीविका पनि, जसले बुझ्दछन् तिनीहरूका निम्ति यी कुराहरूमा धेरै ठूलो निशानी छ ।
Verse 68
وَأَوْحَىٰ رَبُّكَ إِلَى ٱلنَّحْلِ أَنِ ٱتَّخِذِى مِنَ ٱلْجِبَالِ بُيُوتًا وَمِنَ ٱلشَّجَرِ وَمِمَّا يَعْرِشُونَ
Transliteration wa-awḥā rabbuka ilā l-naḥli ani ittakhidhī mina l-jibāli buyūtan wamina l-shajari wamimmā yaʿrishūna
Nepali ६८) तपाईको पालनकर्ताले माहुरीलाई आदेश गर्यो कि पहाड़हरूमा रुखहरूमा र मानिसले बनाएका अग्ला–अग्ला निवास स्थानहरूमा चाका बनाऊ ।
Verse 69
ثُمَّ كُلِى مِن كُلِّ ٱلثَّمَرَٰتِ فَٱسْلُكِى سُبُلَ رَبِّكِ ذُلُلًا ۚ يَخْرُجُ مِنۢ بُطُونِهَا شَرَابٌ مُّخْتَلِفٌ أَلْوَٰنُهُۥ فِيهِ شِفَآءٌ لِّلنَّاسِ ۗ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَةً لِّقَوْمٍ يَتَفَكَّرُونَ
Transliteration thumma kulī min kulli l-thamarāti fa-us'lukī subula rabbiki dhululan yakhruju min buṭūnihā sharābun mukh'talifun alwānuhu fīhi shifāon lilnnāsi inna fī dhālika laāyatan liqawmin yatafakkarūna
Nepali ६९) र हरेक किसिमको फलफूल खाऊ र आफ्नो पालनकर्ताको सरलमार्गमा हिड्ने गर । उनको पेटबाट रंग बिरंगी पिउने कुरा निस्कन्छ जसका विभिन्न रङ्गहरू हुन्छन् र त्यसमा मानिसहरूको कैयौं उपचार छ । निःसन्देह चिन्तन गर्नेहरूको निम्ति उसमा पनि ठूलो निशानी छ ।
Verse 70
وَٱللَّهُ خَلَقَكُمْ ثُمَّ يَتَوَفَّىٰكُمْ ۚ وَمِنكُم مَّن يُرَدُّ إِلَىٰٓ أَرْذَلِ ٱلْعُمُرِ لِكَىْ لَا يَعْلَمَ بَعْدَ عِلْمٍ شَيْـًٔا ۚ إِنَّ ٱللَّهَ عَلِيمٌ قَدِيرٌ
Transliteration wal-lahu khalaqakum thumma yatawaffākum waminkum man yuraddu ilā ardhali l-ʿumuri likay lā yaʿlama baʿda ʿil'min shayan inna l-laha ʿalīmun qadīrun
Nepali ७०) अल्लाहले नै तिम्रो सृष्टि गरेको छ, अनि उसैले तिमीलाई मृत्यु दिनेछ, र तिमीहरूमध्ये केही यस्ता छन् कि निकै कमजोर बृद्ध अवस्थामा पुग्छन् र (धेरै कुराहरू) को ज्ञान हासिल गरेपछि पनि अनभिज्ञ भइहाल्छन् । निःसन्देह अल्लाह ज्ञाता र शक्तिसम्पन्न छ ।
Verse 71
وَٱللَّهُ فَضَّلَ بَعْضَكُمْ عَلَىٰ بَعْضٍ فِى ٱلرِّزْقِ ۚ فَمَا ٱلَّذِينَ فُضِّلُوا۟ بِرَآدِّى رِزْقِهِمْ عَلَىٰ مَا مَلَكَتْ أَيْمَـٰنُهُمْ فَهُمْ فِيهِ سَوَآءٌ ۚ أَفَبِنِعْمَةِ ٱللَّهِ يَجْحَدُونَ
Transliteration wal-lahu faḍḍala baʿḍakum ʿalā baʿḍin fī l-riz'qi famā alladhīna fuḍḍilū birāddī riz'qihim ʿalā mā malakat aymānuhum fahum fīhi sawāon afabiniʿ'mati l-lahi yajḥadūna
Nepali ७१) अल्लाहले नै जीविकामा केहीलाई केहीमाथि प्रधानता प्रदान गरेको छ, त जुन मानिसहरूलाई प्रधानता प्राप्त छ, तिनीहरूले आफ्नो जीविका आफ्नो अधीनका मानिसहरूलाई दिँदैनन् कि सबै समान भइहालुन्, तसर्थ के यिनीहरू अल्लाहबाट प्रदान गरिएका उपहारहरूबाट इन्कार गर्नेछन् ?
Verse 72
وَٱللَّهُ جَعَلَ لَكُم مِّنْ أَنفُسِكُمْ أَزْوَٰجًا وَجَعَلَ لَكُم مِّنْ أَزْوَٰجِكُم بَنِينَ وَحَفَدَةً وَرَزَقَكُم مِّنَ ٱلطَّيِّبَـٰتِ ۚ أَفَبِٱلْبَـٰطِلِ يُؤْمِنُونَ وَبِنِعْمَتِ ٱللَّهِ هُمْ يَكْفُرُونَ
Transliteration wal-lahu jaʿala lakum min anfusikum azwājan wajaʿala lakum min azwājikum banīna waḥafadatan warazaqakum mina l-ṭayibāti afabil-bāṭili yu'minūna wabiniʿ'mati l-lahi hum yakfurūna
Nepali ७२) अल्लाहले नै तिमीमध्येबाट तिम्रो निम्ति जोड़ीहरूको सृष्टि गर्यो र स्वास्नीबाट तिम्रा छोराहरू र नातीहरूको सृष्टि गर्यो र खानाको निम्ति तिमीलाई राम्रा राम्रा खानेकुरा दियो, त के यिनीहरूले तैपनि झूठ कुराहरूमा विश्वास राख्दछन् र अल्लाहबाट दिएका उपहारहरूप्रति कृतध्नता प्रकट गर्नेछन् ?
Verse 73
وَيَعْبُدُونَ مِن دُونِ ٱللَّهِ مَا لَا يَمْلِكُ لَهُمْ رِزْقًا مِّنَ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ شَيْـًٔا وَلَا يَسْتَطِيعُونَ
Transliteration wayaʿbudūna min dūni l-lahi mā lā yamliku lahum riz'qan mina l-samāwāti wal-arḍi shayan walā yastaṭīʿūna
Nepali ७३) र तिनीहरूले अल्लाह बाहेक यस्ता कुराहरूको पूजा गर्दछन् जसले कि तिनीहरूलाई आकाशहरू र धर्तीमा जीविका प्रदान गर्न अलिकति पनि अधिकार राख्दैनन् र न क्षमता राख्दछन् ।
Verse 74
فَلَا تَضْرِبُوا۟ لِلَّهِ ٱلْأَمْثَالَ ۚ إِنَّ ٱللَّهَ يَعْلَمُ وَأَنتُمْ لَا تَعْلَمُونَ
Transliteration falā taḍribū lillahi l-amthāla inna l-laha yaʿlamu wa-antum lā taʿlamūna
Nepali ७४) तसर्थ अल्लाहको बारेमा (गलत) उदाहरणहरू नबनाऊ । अल्लाहलाई मात्र थाहा छ र तिमीहरू जान्दैनौ ।
Verse 75
۞ ضَرَبَ ٱللَّهُ مَثَلًا عَبْدًا مَّمْلُوكًا لَّا يَقْدِرُ عَلَىٰ شَىْءٍ وَمَن رَّزَقْنَـٰهُ مِنَّا رِزْقًا حَسَنًا فَهُوَ يُنفِقُ مِنْهُ سِرًّا وَجَهْرًا ۖ هَلْ يَسْتَوُۥنَ ۚ ٱلْحَمْدُ لِلَّهِ ۚ بَلْ أَكْثَرُهُمْ لَا يَعْلَمُونَ
Transliteration ḍaraba l-lahu mathalan ʿabdan mamlūkan lā yaqdiru ʿalā shayin waman razaqnāhu minnā riz'qan ḥasanan fahuwa yunfiqu min'hu sirran wajahran hal yastawūna l-ḥamdu lillahi bal aktharuhum lā yaʿlamūna
Nepali ७५) अल्लाहले एउटा अर्काे उदाहरण वर्णन गर्दछ कि एउटा दास छ, जो अर्काको अधीनमा छ र उसलाई कुनै कुरामाथि अधिकार प्राप्त छैन र एउटा यस्तो मानिस छ, जसलाई हामीले आफूकहाँबाट उचित धन–सम्पत्ति प्रदान गरेका छौं, र उसले त्यसबाट लुकिछिपि र खुल्ला रूपमा खर्च गर्दछ । त के दुवैजना एक समान छन् ? (कदापि होइन) सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि नै छन् तर यिनीहरूमध्ये अधिकतरले बुझ्दैनन् ।
Verse 76
وَضَرَبَ ٱللَّهُ مَثَلًا رَّجُلَيْنِ أَحَدُهُمَآ أَبْكَمُ لَا يَقْدِرُ عَلَىٰ شَىْءٍ وَهُوَ كَلٌّ عَلَىٰ مَوْلَىٰهُ أَيْنَمَا يُوَجِّههُّ لَا يَأْتِ بِخَيْرٍ ۖ هَلْ يَسْتَوِى هُوَ وَمَن يَأْمُرُ بِٱلْعَدْلِ ۙ وَهُوَ عَلَىٰ صِرَٰطٍ مُّسْتَقِيمٍ
Transliteration waḍaraba l-lahu mathalan rajulayni aḥaduhumā abkamu lā yaqdiru ʿalā shayin wahuwa kallun ʿalā mawlāhu aynamā yuwajjihhu lā yati bikhayrin hal yastawī huwa waman yamuru bil-ʿadli wahuwa ʿalā ṣirāṭin mus'taqīmin
Nepali ७६) अल्लाहले एउटा अर्काे उदाहरण पनि वर्णन गर्दछ, दुईजना मानिसहरूको । त्यसमध्ये एउटा लाटो छ कुनै कुरामाथि उसलाई अधिकार प्राप्त छैन अपितु ऊ आफ्नो मालिकमाथि एउटा अनावश्यक बोझ (भारी) छ । त्यसलाई जहाँ पठाए पनि उसले कुनै भलो कुरो ल्याउँदैन, के यस्तो (लाटो बहिरो) र त्यो मान्छे जो (सुन्दछ, बोल्दछ र) मानिसहरूलाई इन्साफ गर्न आदेश दिन्छ र स्वयं सोझो बाटोमो हिंडीराखेछ, दुवै समान हुन्छन् र ?
Verse 77
وَلِلَّهِ غَيْبُ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ ۚ وَمَآ أَمْرُ ٱلسَّاعَةِ إِلَّا كَلَمْحِ ٱلْبَصَرِ أَوْ هُوَ أَقْرَبُ ۚ إِنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَىْءٍ قَدِيرٌ
Transliteration walillahi ghaybu l-samāwāti wal-arḍi wamā amru l-sāʿati illā kalamḥi l-baṣari aw huwa aqrabu inna l-laha ʿalā kulli shayin qadīrun
Nepali ७७) आकाश र पृथ्वीको गोप्यता मात्र अल्लाहलाई नै थाहा छ कियामतको आगमन यस्तै छ जस्तो आँखाको झिम्काई, बरु त्योभन्दा पनि छिटो, निःसन्देह हरेक कुरोमा अल्लाह शक्ति सम्पन्न सामथ्र्यवान छ ।
Verse 78
وَٱللَّهُ أَخْرَجَكُم مِّنۢ بُطُونِ أُمَّهَـٰتِكُمْ لَا تَعْلَمُونَ شَيْـًٔا وَجَعَلَ لَكُمُ ٱلسَّمْعَ وَٱلْأَبْصَـٰرَ وَٱلْأَفْـِٔدَةَ ۙ لَعَلَّكُمْ تَشْكُرُونَ
Transliteration wal-lahu akhrajakum min buṭūni ummahātikum lā taʿlamūna shayan wajaʿala lakumu l-samʿa wal-abṣāra wal-afidata laʿallakum tashkurūna
Nepali ७८) अल्लाहले नै तिमीलाई तिम्रा आमाहरूको पेटबाट निकाल्यो जबकि तिमीलाई केही पनि थाहा थिएन । र उसैले तिमीलाई श्रवणक्षमता र हेर्ने क्षमता र हृदय (र यिनीहरू बाहेक अन्य अङ्गहरू) प्रदान गर्यो कि तिमीले उसप्रति कृतज्ञता प्रकट गर्न सक ।
Verse 79
أَلَمْ يَرَوْا۟ إِلَى ٱلطَّيْرِ مُسَخَّرَٰتٍ فِى جَوِّ ٱلسَّمَآءِ مَا يُمْسِكُهُنَّ إِلَّا ٱللَّهُ ۗ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَـٰتٍ لِّقَوْمٍ يُؤْمِنُونَ
Transliteration alam yaraw ilā l-ṭayri musakharātin fī jawwi l-samāi mā yum'sikuhunna illā l-lahu inna fī dhālika laāyātin liqawmin yu'minūna
Nepali ७९) के तिनीहरूले चराहरूलाई देखेनन् जो आज्ञाकारी भएर आकाशको हावामा घेरिएर (उडिराख्दछन्) तिनीहरूलाई मात्र अल्लाहले नै थामिराखेको छ । निःसन्देह ईमान भएकाहरूको लागि यसमा ठूला निशानीहरू छन् ।
Verse 80
وَٱللَّهُ جَعَلَ لَكُم مِّنۢ بُيُوتِكُمْ سَكَنًا وَجَعَلَ لَكُم مِّن جُلُودِ ٱلْأَنْعَـٰمِ بُيُوتًا تَسْتَخِفُّونَهَا يَوْمَ ظَعْنِكُمْ وَيَوْمَ إِقَامَتِكُمْ ۙ وَمِنْ أَصْوَافِهَا وَأَوْبَارِهَا وَأَشْعَارِهَآ أَثَـٰثًا وَمَتَـٰعًا إِلَىٰ حِينٍ
Transliteration wal-lahu jaʿala lakum min buyūtikum sakanan wajaʿala lakum min julūdi l-anʿāmi buyūtan tastakhiffūnahā yawma ẓaʿnikum wayawma iqāmatikum wamin aṣwāfihā wa-awbārihā wa-ashʿārihā athāthan wamatāʿan ilā ḥīnin
Nepali ८०) र अल्लाहले नै तिम्रो निम्ति तिम्रा घरहरूमा शान्तिस्थल बनायो र उसैले चौपायाको छालाहरूबाट तिम्रो निम्ति पाल (बासस्थान) बनायो, जसलाई तिमीले हल्का र सानो पाउँदछौं, जब तिमी यात्रा गर्दछौ र कुनै ठाउँमा बास बस्दा काममा ल्याउँछौ र उनीहरूको ऊन र नरम कपाल र रौंहरूबाट तिमीहरूले सुविधाजनक सामानहरू तयार गर्दछौ जुनकि एउटा निर्धारित समयसम्म काम लाग्छन् ।
Verse 81
وَٱللَّهُ جَعَلَ لَكُم مِّمَّا خَلَقَ ظِلَـٰلًا وَجَعَلَ لَكُم مِّنَ ٱلْجِبَالِ أَكْنَـٰنًا وَجَعَلَ لَكُمْ سَرَٰبِيلَ تَقِيكُمُ ٱلْحَرَّ وَسَرَٰبِيلَ تَقِيكُم بَأْسَكُمْ ۚ كَذَٰلِكَ يُتِمُّ نِعْمَتَهُۥ عَلَيْكُمْ لَعَلَّكُمْ تُسْلِمُونَ
Transliteration wal-lahu jaʿala lakum mimmā khalaqa ẓilālan wajaʿala lakum mina l-jibāli aknānan wajaʿala lakum sarābīla taqīkumu l-ḥara wasarābīla taqīkum basakum kadhālika yutimmu niʿ'matahu ʿalaykum laʿallakum tus'limūna
Nepali ८१) अल्लाहले नै तिम्रो लागि आफूले सृष्टि गरेका कुराहरूबाट छायाँ बनायो र उसैले पहाडहरूमा तिम्रो लागि गुफाहरू बनायो र वस्त्रहरू (पनि) जसले तिमीलाई गरमीबाट बचाउँछन् र (यस्ता) वस्त्रहरू (पनि) जसले तिमीलाई युद्धको बेला काम लाग्छन्, र रक्षा गर्दछन् । यस्तै प्रकारले अल्लाह आफ्नो कृपा तिमीमाथि पूरा गर्दछ कि तिमी आज्ञाकारी बन्न सक ।
Verse 82
فَإِن تَوَلَّوْا۟ فَإِنَّمَا عَلَيْكَ ٱلْبَلَـٰغُ ٱلْمُبِينُ
Transliteration fa-in tawallaw fa-innamā ʿalayka l-balāghu l-mubīnu
Nepali ८२) तैपनि यदि यिनीहरू विमुख भइरहन्छन् भने (हे पैगम्बर !) तपाईको काम मात्र स्पष्टरूपले सुनाइदिनु नै हो ।
Verse 83
يَعْرِفُونَ نِعْمَتَ ٱللَّهِ ثُمَّ يُنكِرُونَهَا وَأَكْثَرُهُمُ ٱلْكَـٰفِرُونَ
Transliteration yaʿrifūna niʿ'mata l-lahi thumma yunkirūnahā wa-aktharuhumu l-kāfirūna
Nepali ८३) यिनीहरू अल्लाहका अमूल्य उपहार जान्दछन्, तर (जानी जानी) तिनलाई नकार्दछन् अपितु यिनीहरूमध्ये अक्सर कृतध्न छन् ।
Verse 84
وَيَوْمَ نَبْعَثُ مِن كُلِّ أُمَّةٍ شَهِيدًا ثُمَّ لَا يُؤْذَنُ لِلَّذِينَ كَفَرُوا۟ وَلَا هُمْ يُسْتَعْتَبُونَ
Transliteration wayawma nabʿathu min kulli ummatin shahīdan thumma lā yu'dhanu lilladhīna kafarū walā hum yus'taʿtabūna
Nepali ८४) र जुन दिन हामीले प्रत्येक समुदायमध्येबाट साक्षी उभ्याउने छौं, त न काफिरहरूलाई (बोल्न) अनुमति दिइनेछ र नत उनीहरूको पश्चाताप स्वीकार गरिनेछ ।
Verse 85
وَإِذَا رَءَا ٱلَّذِينَ ظَلَمُوا۟ ٱلْعَذَابَ فَلَا يُخَفَّفُ عَنْهُمْ وَلَا هُمْ يُنظَرُونَ
Transliteration wa-idhā raā alladhīna ẓalamū l-ʿadhāba falā yukhaffafu ʿanhum walā hum yunẓarūna
Nepali ८५) र जब यी अत्याचारीहरूले सजाय देख्नेछन्, फेरि नत उनीहरूको सजायमा कुनै कमी गरिने छ, र नत उनीहरूलाई मोहलत दिइनेछ ।
Verse 86
وَإِذَا رَءَا ٱلَّذِينَ أَشْرَكُوا۟ شُرَكَآءَهُمْ قَالُوا۟ رَبَّنَا هَـٰٓؤُلَآءِ شُرَكَآؤُنَا ٱلَّذِينَ كُنَّا نَدْعُوا۟ مِن دُونِكَ ۖ فَأَلْقَوْا۟ إِلَيْهِمُ ٱلْقَوْلَ إِنَّكُمْ لَكَـٰذِبُونَ
Transliteration wa-idhā raā alladhīna ashrakū shurakāahum qālū rabbanā hāulāi shurakāunā alladhīna kunnā nadʿū min dūnika fa-alqaw ilayhimu l-qawla innakum lakādhibūna
Nepali ८६) र जब मुश्रिकहरूले आफूले साझेदार बनाएकाहरूलाई देख्नेछन्, त भन्नेछन्ः कि हे हाम्रो पालनकर्ता ! यी तिनै साझेदार हुन् जसलाई हामीले तिमी बाहेक पुकार्ने गर्दथ्यौ, त तिनीहरूले उनीहरूसित भन्नेछन्ः कि तिमी विल्कुलै झूठा हौ ।
Verse 87
وَأَلْقَوْا۟ إِلَى ٱللَّهِ يَوْمَئِذٍ ٱلسَّلَمَ ۖ وَضَلَّ عَنْهُم مَّا كَانُوا۟ يَفْتَرُونَ
Transliteration wa-alqaw ilā l-lahi yawma-idhin l-salama waḍalla ʿanhum mā kānū yaftarūna
Nepali ८७) त्यस दिन यिनीहरू सबै बेबसभई अल्लाहको सामु टाउको निहुराई दिनेछन् र जुन कुरा उनीहरूले झूठ रच्ने गर्दथे, सबै तिनीहरूबाट हराउनेछन् ।
Verse 88
ٱلَّذِينَ كَفَرُوا۟ وَصَدُّوا۟ عَن سَبِيلِ ٱللَّهِ زِدْنَـٰهُمْ عَذَابًا فَوْقَ ٱلْعَذَابِ بِمَا كَانُوا۟ يُفْسِدُونَ
Transliteration alladhīna kafarū waṣaddū ʿan sabīli l-lahi zid'nāhum ʿadhāban fawqa l-ʿadhābi bimā kānū yuf'sidūna
Nepali ८८) जुन मानिसहरूले कुफ्र गरे र अल्लाहको बाटोबाट रोके, हामीले उनीहरूलाई सजायमाथि सजाय दिँदै जानेछौं, उनीहरूको उद्दण्डताको कारणले यो बदला हुनेछे ।
Verse 89
وَيَوْمَ نَبْعَثُ فِى كُلِّ أُمَّةٍ شَهِيدًا عَلَيْهِم مِّنْ أَنفُسِهِمْ ۖ وَجِئْنَا بِكَ شَهِيدًا عَلَىٰ هَـٰٓؤُلَآءِ ۚ وَنَزَّلْنَا عَلَيْكَ ٱلْكِتَـٰبَ تِبْيَـٰنًا لِّكُلِّ شَىْءٍ وَهُدًى وَرَحْمَةً وَبُشْرَىٰ لِلْمُسْلِمِينَ
Transliteration wayawma nabʿathu fī kulli ummatin shahīdan ʿalayhim min anfusihim waji'nā bika shahīdan ʿalā hāulāi wanazzalnā ʿalayka l-kitāba tib'yānan likulli shayin wahudan waraḥmatan wabush'rā lil'mus'limīna
Nepali ८९) र जुन दिन हामीले प्रत्येक समुदायबाट स्वयं उनीमाथि साक्षी उभ्याउने छौं, र (हे पैगम्बर) तपाईलाई यिनीहरूमाथि साक्षी बनाएर ल्याउने छौं, र हामीले तपाईमाथि (यस्तो) किताब उतारेका छौं कि यसमा हरेक कुराको वर्णन बिस्तारपूर्वक छ । र मुसलमानहरूको लागि मार्गदर्शन र दया तथा शुभसन्देश
Verse 90
۞ إِنَّ ٱللَّهَ يَأْمُرُ بِٱلْعَدْلِ وَٱلْإِحْسَـٰنِ وَإِيتَآئِ ذِى ٱلْقُرْبَىٰ وَيَنْهَىٰ عَنِ ٱلْفَحْشَآءِ وَٱلْمُنكَرِ وَٱلْبَغْىِ ۚ يَعِظُكُمْ لَعَلَّكُمْ تَذَكَّرُونَ
Transliteration inna l-laha yamuru bil-ʿadli wal-iḥ'sāni waītāi dhī l-qur'bā wayanhā ʿani l-faḥshāi wal-munkari wal-baghyi yaʿiẓukum laʿallakum tadhakkarūna
Nepali ९०) अल्लाहले तिमीलाई न्याय र भलाई गर्न र नजिकका मानिसहरूलाई सहायता दिने आदेश गर्दछ र अमर्यादित र अनुचित कर्महरूबाट र अन्याय र नराम्रा काम गर्नबाट मनाही गर्दछ उसले स्वयम् तिमीलाई निर्देशित गर्दछ कि तिमीले उपदेश ग्रहण गर ।
Verse 91
وَأَوْفُوا۟ بِعَهْدِ ٱللَّهِ إِذَا عَـٰهَدتُّمْ وَلَا تَنقُضُوا۟ ٱلْأَيْمَـٰنَ بَعْدَ تَوْكِيدِهَا وَقَدْ جَعَلْتُمُ ٱللَّهَ عَلَيْكُمْ كَفِيلًا ۚ إِنَّ ٱللَّهَ يَعْلَمُ مَا تَفْعَلُونَ
Transliteration wa-awfū biʿahdi l-lahi idhā ʿāhadttum walā tanquḍū l-aymāna baʿda tawkīdihā waqad jaʿaltumu l-laha ʿalaykum kafīlan inna l-laha yaʿlamu mā tafʿalūna
Nepali ९१) र अल्लाहको वचनलाई पालना गर जब तिमी एक–आपसमा करार गर्दछौ र जब पक्का कसमहरू खान्छौ त तिनलाई नतोड किनभने तिमीले अल्लाहलाई आफ्नो जमानतदार निर्धारित गरिसकेका छौ । जे–जति तिमीले गर्दछौ अल्लाह त्यसलाई राम्ररी जान्दछ ।
Verse 92
وَلَا تَكُونُوا۟ كَٱلَّتِى نَقَضَتْ غَزْلَهَا مِنۢ بَعْدِ قُوَّةٍ أَنكَـٰثًا تَتَّخِذُونَ أَيْمَـٰنَكُمْ دَخَلًۢا بَيْنَكُمْ أَن تَكُونَ أُمَّةٌ هِىَ أَرْبَىٰ مِنْ أُمَّةٍ ۚ إِنَّمَا يَبْلُوكُمُ ٱللَّهُ بِهِۦ ۚ وَلَيُبَيِّنَنَّ لَكُمْ يَوْمَ ٱلْقِيَـٰمَةِ مَا كُنتُمْ فِيهِ تَخْتَلِفُونَ
Transliteration walā takūnū ka-allatī naqaḍat ghazlahā min baʿdi quwwatin ankāthan tattakhidhūna aymānakum dakhalan baynakum an takūna ummatun hiya arbā min ummatin innamā yablūkumu l-lahu bihi walayubayyinanna lakum yawma l-qiyāmati mā kuntum fīhi takhtalifūna
Nepali ९२) र त्यस आईमाई जस्तो नहुनु जसले परिश्रमले त धागो कात्यो, फेरि त्यसलाई चुँडालेर टुक्रा–टुक्रा गरिहाल्यो । तिमीले आफ्ना शपथहरूलाई आपसमा यस कुराको माध्यम बनाउन नथाल, कि एक समूह अर्को समूहभन्दा बढि शक्तिशाली हुन पुगोस् । कुरो मात्र यही छ कि अल्लाहले यस वाचाबाट तिम्रो परीक्षा लिइरहेको छ र जुन कुराहरूमा तिमीले विवाद गर्दछौ, कियामतको दिन अल्लाहले तिनीहरूको वास्तविकता तिमीहरूमाथि प्रकट गर्नेछ ।
Verse 93
وَلَوْ شَآءَ ٱللَّهُ لَجَعَلَكُمْ أُمَّةً وَٰحِدَةً وَلَـٰكِن يُضِلُّ مَن يَشَآءُ وَيَهْدِى مَن يَشَآءُ ۚ وَلَتُسْـَٔلُنَّ عَمَّا كُنتُمْ تَعْمَلُونَ
Transliteration walaw shāa l-lahu lajaʿalakum ummatan wāḥidatan walākin yuḍillu man yashāu wayahdī man yashāu walatus'alunna ʿammā kuntum taʿmalūna
Nepali ९३) यदि अल्लाहले चाहेको भए, तिमी (सबै) लाई एउटै समूहमा राखिहाल्दथ्यो तर त्यसले जसलाई चाहन्छ, पथविचलित गर्दछ र जसलाई चाहन्छ मार्गदर्शन गर्दछ । जुन क्रियाकलाप तिमीले गर्दछौ तिनीहरूको बारेमा तिमीसित अवश्य नै सोधिनेछ ।
Verse 94
وَلَا تَتَّخِذُوٓا۟ أَيْمَـٰنَكُمْ دَخَلًۢا بَيْنَكُمْ فَتَزِلَّ قَدَمٌۢ بَعْدَ ثُبُوتِهَا وَتَذُوقُوا۟ ٱلسُّوٓءَ بِمَا صَدَدتُّمْ عَن سَبِيلِ ٱللَّهِ ۖ وَلَكُمْ عَذَابٌ عَظِيمٌ
Transliteration walā tattakhidhū aymānakum dakhalan baynakum fatazilla qadamun baʿda thubūtihā watadhūqū l-sūa bimā ṣadadttum ʿan sabīli l-lahi walakum ʿadhābun ʿaẓīmun
Nepali ९४) र आफ्ना शपथहरूलाई तिमीहरूले परस्पर विश्वासघातको माध्यम नबनाऊ कि तिम्रा पाइलाहरू दृढ भएपछि पनि अस्थिर हुनथालुन् र तिमीमाथि अजाब आइजाओस् यस कारणले कि तिमीले मानिसहरूलाई अल्लाहको बाटोबाट रोक्यौ, तिमीलाई ठूलो गम्भिर सजाय हुनेछ ।
Verse 95
وَلَا تَشْتَرُوا۟ بِعَهْدِ ٱللَّهِ ثَمَنًا قَلِيلًا ۚ إِنَّمَا عِندَ ٱللَّهِ هُوَ خَيْرٌ لَّكُمْ إِن كُنتُمْ تَعْلَمُونَ
Transliteration walā tashtarū biʿahdi l-lahi thamanan qalīlan innamā ʿinda l-lahi huwa khayrun lakum in kuntum taʿlamūna
Nepali ९५) तिमीले अल्लाहसित गरेको वाचालाई थोरै मोलमा बेच्ने नगर । यादराख अल्लाहको नजिकको वस्तु नै तिम्रो लागि अति उत्तम छ, यदि तिमीमा ज्ञान छ भने ।
Verse 96
مَا عِندَكُمْ يَنفَدُ ۖ وَمَا عِندَ ٱللَّهِ بَاقٍ ۗ وَلَنَجْزِيَنَّ ٱلَّذِينَ صَبَرُوٓا۟ أَجْرَهُم بِأَحْسَنِ مَا كَانُوا۟ يَعْمَلُونَ
Transliteration mā ʿindakum yanfadu wamā ʿinda l-lahi bāqin walanajziyanna alladhīna ṣabarū ajrahum bi-aḥsani mā kānū yaʿmalūna
Nepali ९६) जे जति तिम्रो पासमा छ, त्यो खतम भइहाल्छ, र जे अल्लाहलको पासमा छ, त्यो बाँकी रहन्छ र धैर्यधारण गर्ने जुन मानिसहरू छन् तिनीहरूलाई हामीले उनीहरूका कर्महरूको राम्रो पुरस्कार अवश्य दिनेछौं ।
Verse 97
مَنْ عَمِلَ صَـٰلِحًا مِّن ذَكَرٍ أَوْ أُنثَىٰ وَهُوَ مُؤْمِنٌ فَلَنُحْيِيَنَّهُۥ حَيَوٰةً طَيِّبَةً ۖ وَلَنَجْزِيَنَّهُمْ أَجْرَهُم بِأَحْسَنِ مَا كَانُوا۟ يَعْمَلُونَ
Transliteration man ʿamila ṣāliḥan min dhakarin aw unthā wahuwa mu'minun falanuḥ'yiyannahu ḥayatan ṭayyibatan walanajziyannahum ajrahum bi-aḥsani mā kānū yaʿmalūna
Nepali ९७) जुन व्यक्तिले सत्कर्म गर्दछ, पुरुष होस् वा स्त्री, र त्यो मोमिन पनि छ, त हामीले उसलाई (संसारमा) पवित्र (र) आरामको जीवन प्रदान गर्नेछौं र (आखिरतमा) तिनीहरूको राम्रो कार्यको अत्यन्त राम्रो बदला पनि अवश्य नै दिनेछौं ।
Verse 98
فَإِذَا قَرَأْتَ ٱلْقُرْءَانَ فَٱسْتَعِذْ بِٱللَّهِ مِنَ ٱلشَّيْطَـٰنِ ٱلرَّجِيمِ
Transliteration fa-idhā qarata l-qur'āna fa-is'taʿidh bil-lahi mina l-shayṭāni l-rajīmi
Nepali ९८) जब तिमी कुरआन पढ्न थाल्छौं त तिरस्कृत शैतानसित अल्लाहबाट रक्षा माँग्नेगर ।
Verse 99
إِنَّهُۥ لَيْسَ لَهُۥ سُلْطَـٰنٌ عَلَى ٱلَّذِينَ ءَامَنُوا۟ وَعَلَىٰ رَبِّهِمْ يَتَوَكَّلُونَ
Transliteration innahu laysa lahu sul'ṭānun ʿalā alladhīna āmanū waʿalā rabbihim yatawakkalūna
Nepali ९९) ईमानवालाहरू र आफ्नो पालनकर्तामाथि भरोसा राख्नेहरूमाथि त्यसको (शैतानको) केही सामर्थ लाग्दैन ।
Verse 100
إِنَّمَا سُلْطَـٰنُهُۥ عَلَى ٱلَّذِينَ يَتَوَلَّوْنَهُۥ وَٱلَّذِينَ هُم بِهِۦ مُشْرِكُونَ
Transliteration innamā sul'ṭānuhu ʿalā alladhīna yatawallawnahu wa-alladhīna hum bihi mush'rikūna
Nepali १००) हो त्यसको अधिकार तिनीहरूमाथि मात्र लाग्छ, जसले उसलाई आफ्नो साथी बनाउँदछन् र उसको (प्रेरणाको) कारणले अल्लाहसँग अरुलाई साझेदार निर्धारित गर्दछन् ।
Verse 101
وَإِذَا بَدَّلْنَآ ءَايَةً مَّكَانَ ءَايَةٍ ۙ وَٱللَّهُ أَعْلَمُ بِمَا يُنَزِّلُ قَالُوٓا۟ إِنَّمَآ أَنتَ مُفْتَرٍۭ ۚ بَلْ أَكْثَرُهُمْ لَا يَعْلَمُونَ
Transliteration wa-idhā baddalnā āyatan makāna āyatin wal-lahu aʿlamu bimā yunazzilu qālū innamā anta muf'tarin bal aktharuhum lā yaʿlamūna
Nepali १०१) र जब हामीले कुनै आयतलाई कुनै अन्य आयतको ठाउँमा राख्छौं र अल्लाहले जे जति उतार्ने गर्दछ त्यसलाई उसले राम्ररी जान्दछ, अनि यिनीहरू भन्दछन्ः कि तिमीले त (त्यसै) आफ्नो तर्फबाट रचेर ल्याउँछौ । कुरो यो छ कि तिनीहरूमध्ये अधिकांश अनभिज्ञ छन् ।
Verse 102
قُلْ نَزَّلَهُۥ رُوحُ ٱلْقُدُسِ مِن رَّبِّكَ بِٱلْحَقِّ لِيُثَبِّتَ ٱلَّذِينَ ءَامَنُوا۟ وَهُدًى وَبُشْرَىٰ لِلْمُسْلِمِينَ
Transliteration qul nazzalahu rūḥu l-qudusi min rabbika bil-ḥaqi liyuthabbita alladhīna āmanū wahudan wabush'rā lil'mus'limīna
Nepali १०२) भनिदिनुस्ः कि यसलाई रूहुल कुद्दुस् फरिश्ता (जिब्राइल) तिम्रो पालनकर्ताको तर्फबाट सत्यताको साथ लिएर आएका छन्, ताकि यसबाट अल्लाहले आज्ञापालन गर्नेहरूको ईमानलाई सृदृढ गरोस्, र (यसबाट) मुसलमानहरूको मार्गदर्शन र कल्याण भइजाओस् ।
Verse 103
وَلَقَدْ نَعْلَمُ أَنَّهُمْ يَقُولُونَ إِنَّمَا يُعَلِّمُهُۥ بَشَرٌ ۗ لِّسَانُ ٱلَّذِى يُلْحِدُونَ إِلَيْهِ أَعْجَمِىٌّ وَهَـٰذَا لِسَانٌ عَرَبِىٌّ مُّبِينٌ
Transliteration walaqad naʿlamu annahum yaqūlūna innamā yuʿallimuhu basharun lisānu alladhī yul'ḥidūna ilayhi aʿjamiyyun wahādhā lisānun ʿarabiyyun mubīnun
Nepali १०३) हामीलाई राम्ररी थाहा छ कि यिनीहरूले भन्दछन्ः कि यस (पैगम्बर) लाई एउटा व्यक्तिले सिकाएर जान्छ तर जसको तर्फ यिनीहरूले दुष्टतापूर्वक संकेत गर्दछन् त्यसको भाषा त अजमी हो र यो कुरआन स्पष्ट अरबी भाषामा छ ।
Verse 104
إِنَّ ٱلَّذِينَ لَا يُؤْمِنُونَ بِـَٔايَـٰتِ ٱللَّهِ لَا يَهْدِيهِمُ ٱللَّهُ وَلَهُمْ عَذَابٌ أَلِيمٌ
Transliteration inna alladhīna lā yu'minūna biāyāti l-lahi lā yahdīhimu l-lahu walahum ʿadhābun alīmun
Nepali १०४) जुन, मानिसहरूले अल्लाहका आयतहरूमाथि आस्था राख्दैनन्, तिनीहरूलाई अल्लाहले मार्गदर्शन गर्दैन, र तिनीहरूको निम्ति कष्टदायक सजाय छ ।
Verse 105
إِنَّمَا يَفْتَرِى ٱلْكَذِبَ ٱلَّذِينَ لَا يُؤْمِنُونَ بِـَٔايَـٰتِ ٱللَّهِ ۖ وَأُو۟لَـٰٓئِكَ هُمُ ٱلْكَـٰذِبُونَ
Transliteration innamā yaftarī l-kadhiba alladhīna lā yu'minūna biāyāti l-lahi wa-ulāika humu l-kādhibūna
Nepali १०५) झूठ आक्षेप त तिनै मानिसहरूले लगाउने गर्दछन जसलाई अल्लाहका आयतहरूमाथि आस्था हुँदैन र तिनै झूठा हुन् ।
Verse 106
مَن كَفَرَ بِٱللَّهِ مِنۢ بَعْدِ إِيمَـٰنِهِۦٓ إِلَّا مَنْ أُكْرِهَ وَقَلْبُهُۥ مُطْمَئِنٌّۢ بِٱلْإِيمَـٰنِ وَلَـٰكِن مَّن شَرَحَ بِٱلْكُفْرِ صَدْرًا فَعَلَيْهِمْ غَضَبٌ مِّنَ ٱللَّهِ وَلَهُمْ عَذَابٌ عَظِيمٌ
Transliteration man kafara bil-lahi min baʿdi īmānihi illā man uk'riha waqalbuhu muṭ'ma-innun bil-īmāni walākin man sharaḥa bil-kuf'ri ṣadran faʿalayhim ghaḍabun mina l-lahi walahum ʿadhābun ʿaẓīmun
Nepali १०६) जुन मानिसले ईमान ल्याएपछि अल्लाहसँग कुफ्र गर्दछ, मात्र त्यो बाहेक जसलाई बाध्य गरिन्छ, र उसको हृदय ईमानकोसाथ दृढ हुन्छ, परन्तु त्यो जसले हृदय खोलेर कुफ्र गर्दछ, त यस्तामाथि अल्लाहको क्रोध छ, र तिनीहरूलाई अत्यन्त कडा सजाय हुनेछ ।
Verse 107
ذَٰلِكَ بِأَنَّهُمُ ٱسْتَحَبُّوا۟ ٱلْحَيَوٰةَ ٱلدُّنْيَا عَلَى ٱلْـَٔاخِرَةِ وَأَنَّ ٱللَّهَ لَا يَهْدِى ٱلْقَوْمَ ٱلْكَـٰفِرِينَ
Transliteration dhālika bi-annahumu is'taḥabbū l-ḥayata l-dun'yā ʿalā l-ākhirati wa-anna l-laha lā yahdī l-qawma l-kāfirīna
Nepali १०७) यो यस कारणले कि उनीहरूले सांसारिक जीवनलाई आखिरतको दाँजोमा प्रिय ठाने निःसन्देह अल्लाहले काफिरहरूलाई मार्गदर्शन गर्दैन ।
Verse 108
أُو۟لَـٰٓئِكَ ٱلَّذِينَ طَبَعَ ٱللَّهُ عَلَىٰ قُلُوبِهِمْ وَسَمْعِهِمْ وَأَبْصَـٰرِهِمْ ۖ وَأُو۟لَـٰٓئِكَ هُمُ ٱلْغَـٰفِلُونَ
Transliteration ulāika alladhīna ṭabaʿa l-lahu ʿalā qulūbihim wasamʿihim wa-abṣārihim wa-ulāika humu l-ghāfilūna
Nepali १०८) यिनै मानिसहरू हुन्, जसका हृदयहरूमा र कानहरूमा र आखाँहरूमा अल्लाहले छाप लगाइदिएको छ, र यिनै लापरवाहीमा परिरहेका छन् ।
Verse 109
لَا جَرَمَ أَنَّهُمْ فِى ٱلْـَٔاخِرَةِ هُمُ ٱلْخَـٰسِرُونَ
Transliteration lā jarama annahum fī l-ākhirati humu l-khāsirūna
Nepali १०९) यसमा कुनै सन्देह छैन, कि यिनीहरूले परलोकमा ठूलो हानि बेहोर्ने छन् ।
Verse 110
ثُمَّ إِنَّ رَبَّكَ لِلَّذِينَ هَاجَرُوا۟ مِنۢ بَعْدِ مَا فُتِنُوا۟ ثُمَّ جَـٰهَدُوا۟ وَصَبَرُوٓا۟ إِنَّ رَبَّكَ مِنۢ بَعْدِهَا لَغَفُورٌ رَّحِيمٌ
Transliteration thumma inna rabbaka lilladhīna hājarū min baʿdi mā futinū thumma jāhadū waṣabarū inna rabbaka min baʿdihā laghafūrun raḥīmun
Nepali ११०) अनि जुन मानिसहरूले कष्टहरू भोगेर आफ्नो वतन छाडे, अनि जिहाद गरे र स्थिर रहे, तिम्रो पालनकर्ता तिनीहरूलाई निःसन्देह यी (परीक्षाहरू) पश्चात क्षमादिने र दया गर्नेवाला छ ।
Verse 111
۞ يَوْمَ تَأْتِى كُلُّ نَفْسٍ تُجَـٰدِلُ عَن نَّفْسِهَا وَتُوَفَّىٰ كُلُّ نَفْسٍ مَّا عَمِلَتْ وَهُمْ لَا يُظْلَمُونَ
Transliteration yawma tatī kullu nafsin tujādilu ʿan nafsihā watuwaffā kullu nafsin mā ʿamilat wahum lā yuẓ'lamūna
Nepali १११) जुन दिन हरेक प्राणी आफ्नो स्वार्थको लागि लडाइझगडा गर्दै आउँछ र प्रत्येक व्यक्तिलाई उसको क्रियाकलापको पूरा–पूरा प्रतिफल दिइनेछ, र कसैमाथि बिल्कुल अन्याय हुनेछैन ।
Verse 112
وَضَرَبَ ٱللَّهُ مَثَلًا قَرْيَةً كَانَتْ ءَامِنَةً مُّطْمَئِنَّةً يَأْتِيهَا رِزْقُهَا رَغَدًا مِّن كُلِّ مَكَانٍ فَكَفَرَتْ بِأَنْعُمِ ٱللَّهِ فَأَذَٰقَهَا ٱللَّهُ لِبَاسَ ٱلْجُوعِ وَٱلْخَوْفِ بِمَا كَانُوا۟ يَصْنَعُونَ
Transliteration waḍaraba l-lahu mathalan qaryatan kānat āminatan muṭ'ma-innatan yatīhā riz'quhā raghadan min kulli makānin fakafarat bi-anʿumi l-lahi fa-adhāqahā l-lahu libāsa l-jūʿi wal-khawfi bimā kānū yaṣnaʿūna
Nepali ११२) अल्लाहले एउटा बस्तीको उदाहरण वर्णन गर्दछ जुन पूर्णशान्ति र सुरक्षामा थियो, प्रत्येक दिशाबाट उसको जीविकाको परिपूर्ति हुन्थ्यो फेरि अल्लाहको वरदानहरूप्रति उसले कृतध्नता प्रकट गर्यो, अनि अल्लाहले तिनीहरूको क्रियाकलापको कारणले बदलामा तिनीहरूलाई भूख र डरको स्वाद चखाइहाल्यो ।
Verse 113
وَلَقَدْ جَآءَهُمْ رَسُولٌ مِّنْهُمْ فَكَذَّبُوهُ فَأَخَذَهُمُ ٱلْعَذَابُ وَهُمْ ظَـٰلِمُونَ
Transliteration walaqad jāahum rasūlun min'hum fakadhabūhu fa-akhadhahumu l-ʿadhābu wahum ẓālimūna
Nepali ११३) उनीहरूको पासमा उनीहरूमध्ये एउटा पैगम्बर आयो तैपनि तिनीहरूले उसलाई झूठा भने, तसर्थ उनीहरूलाई सजाय आइसमात्यो र तिनीहरू अत्याचारी नै थिए ।
Verse 114
فَكُلُوا۟ مِمَّا رَزَقَكُمُ ٱللَّهُ حَلَـٰلًا طَيِّبًا وَٱشْكُرُوا۟ نِعْمَتَ ٱللَّهِ إِن كُنتُمْ إِيَّاهُ تَعْبُدُونَ
Transliteration fakulū mimmā razaqakumu l-lahu ḥalālan ṭayyiban wa-ush'kurū niʿ'mata l-lahi in kuntum iyyāhu taʿbudūna
Nepali ११४) अल्लाहले तिमीहरूलाई जुन पवित्र जीविका प्रदान गरेको छ, त्यसलाई खाऊ र अल्लाहबाट प्रदान गरिएका पुरस्कारहरूप्रति आभार प्रकट गर, यदि तिमी उसैको उपासना गर्दछौ भने ।
Verse 115
إِنَّمَا حَرَّمَ عَلَيْكُمُ ٱلْمَيْتَةَ وَٱلدَّمَ وَلَحْمَ ٱلْخِنزِيرِ وَمَآ أُهِلَّ لِغَيْرِ ٱللَّهِ بِهِۦ ۖ فَمَنِ ٱضْطُرَّ غَيْرَ بَاغٍ وَلَا عَادٍ فَإِنَّ ٱللَّهَ غَفُورٌ رَّحِيمٌ
Transliteration innamā ḥarrama ʿalaykumu l-maytata wal-dama walaḥma l-khinzīri wamā uhilla lighayri l-lahi bihi famani uḍ'ṭurra ghayra bāghin walā ʿādin fa-inna l-laha ghafūrun raḥīmun
Nepali ११५) उसले तिम्रो लागि मुर्दा जनावर र रगत र सुंगुरको मासु हराम (वर्जित) गरेको छ र जुन कुरामा अल्लाह बाहेक कुनै अन्यको नाम पुकारिन्छ तर हो (त्यस अवस्था बाहेक) यदि कोही बाध्य हुन्छ तर यस शर्तमा मात्र कि ऊ स्वयम् त्यसको इच्छुक नहोस् र सीमाभन्दा अगाडि जान नखोजोस्, त निःसन्देह अल्लाह क्षमादाता र दयावान छ ।
Verse 116
وَلَا تَقُولُوا۟ لِمَا تَصِفُ أَلْسِنَتُكُمُ ٱلْكَذِبَ هَـٰذَا حَلَـٰلٌ وَهَـٰذَا حَرَامٌ لِّتَفْتَرُوا۟ عَلَى ٱللَّهِ ٱلْكَذِبَ ۚ إِنَّ ٱلَّذِينَ يَفْتَرُونَ عَلَى ٱللَّهِ ٱلْكَذِبَ لَا يُفْلِحُونَ
Transliteration walā taqūlū limā taṣifu alsinatukumu l-kadhiba hādhā ḥalālun wahādhā ḥarāmun litaftarū ʿalā l-lahi l-kadhiba inna alladhīna yaftarūna ʿalā l-lahi l-kadhiba lā yuf'liḥūna
Nepali ११६) आफ्नो मुखबाट कुनै झूठ कुरा नगर कि यो (हलाल) पवित्र छ र यो त्याज्य छ ताकि अल्लाहमाथि झूठो कुराको सम्बन्ध जोड्नथाल, सम्झी राख जुन मानिसहरू अल्लाहमाथि झूठो कुराको सम्बन्ध गाँस्दछन्, उनीहरू सफल हुनेछैनन् ।
Verse 117
مَتَـٰعٌ قَلِيلٌ وَلَهُمْ عَذَابٌ أَلِيمٌ
Transliteration matāʿun qalīlun walahum ʿadhābun alīmun
Nepali ११७) तिमीलाई फाईदा त अलिकति मात्र प्राप्त हुन्छ, तर तिनीहरूलाई नै कष्ट दायक सजाय (धेरै) हुनेछ ।
Verse 118
وَعَلَى ٱلَّذِينَ هَادُوا۟ حَرَّمْنَا مَا قَصَصْنَا عَلَيْكَ مِن قَبْلُ ۖ وَمَا ظَلَمْنَـٰهُمْ وَلَـٰكِن كَانُوٓا۟ أَنفُسَهُمْ يَظْلِمُونَ
Transliteration waʿalā alladhīna hādū ḥarramnā mā qaṣaṣnā ʿalayka min qablu wamā ẓalamnāhum walākin kānū anfusahum yaẓlimūna
Nepali ११८) र जुन कुराहरू हामीले यहूदिहरूमाथि हराम गरिदिएका थियौं त्यसलाई पहिले नै तपाईलाई सुनाइसकेका छौं । र हामीले उनीहरूमाथि कुनै अत्याचार गरेनौं, बरु तिनीहरूले नै आफूमाथि अन्याय गर्ने गर्दथे ।
Verse 119
ثُمَّ إِنَّ رَبَّكَ لِلَّذِينَ عَمِلُوا۟ ٱلسُّوٓءَ بِجَهَـٰلَةٍ ثُمَّ تَابُوا۟ مِنۢ بَعْدِ ذَٰلِكَ وَأَصْلَحُوٓا۟ إِنَّ رَبَّكَ مِنۢ بَعْدِهَا لَغَفُورٌ رَّحِيمٌ
Transliteration thumma inna rabbaka lilladhīna ʿamilū l-sūa bijahālatin thumma tābū min baʿdi dhālika wa-aṣlaḥū inna rabbaka min baʿdihā laghafūrun raḥīmun
Nepali ११९) जुन मानिसहरूले अज्ञानतावश नराम्रा काम गरे, अनि प्रायश्चित गर्दछन् र सुध्रन्छन् भने तपाईको पालनकर्ताले उनीहरूलाई क्षमा र कृपा गर्नेवाला छ ।
Verse 120
إِنَّ إِبْرَٰهِيمَ كَانَ أُمَّةً قَانِتًا لِّلَّهِ حَنِيفًا وَلَمْ يَكُ مِنَ ٱلْمُشْرِكِينَ
Transliteration inna ib'rāhīma kāna ummatan qānitan lillahi ḥanīfan walam yaku mina l-mush'rikīna
Nepali १२०) निःसन्देह इब्राहीम नेतृत्वकर्ता र आदर्श पुरुष अल्लाहप्रति आज्ञाकारी र एकतर्फी निःस्वार्थी थिए, उनी अल्लाहको साथ अरुलाई साझेदार ठह्राउनेमध्येबाट थिएनन् ।
Verse 121
شَاكِرًا لِّأَنْعُمِهِ ۚ ٱجْتَبَىٰهُ وَهَدَىٰهُ إِلَىٰ صِرَٰطٍ مُّسْتَقِيمٍ
Transliteration shākiran li-anʿumihi ij'tabāhu wahadāhu ilā ṣirāṭin mus'taqīmin
Nepali १२१) अल्लाहले प्रदान गरेका नेअ्मतहरू (पुरस्कार) प्रति आभारी थिए । अल्लाहले उनलाई रोजेको थियो र सोझो बाटोमा हिँडाएको थियो ।
Verse 122
وَءَاتَيْنَـٰهُ فِى ٱلدُّنْيَا حَسَنَةً ۖ وَإِنَّهُۥ فِى ٱلْـَٔاخِرَةِ لَمِنَ ٱلصَّـٰلِحِينَ
Transliteration waātaynāhu fī l-dun'yā ḥasanatan wa-innahu fī l-ākhirati lamina l-ṣāliḥīna
Nepali १२२) हामीले उनलाई संसारमा पनि असल कुरा प्रदान गर्यौं र उनी परलोकमा पनि सत्यनिष्ठहरूमा हुनेछन् ।
Verse 123
ثُمَّ أَوْحَيْنَآ إِلَيْكَ أَنِ ٱتَّبِعْ مِلَّةَ إِبْرَٰهِيمَ حَنِيفًا ۖ وَمَا كَانَ مِنَ ٱلْمُشْرِكِينَ
Transliteration thumma awḥaynā ilayka ani ittabiʿ millata ib'rāhīma ḥanīfan wamā kāna mina l-mush'rikīna
Nepali १२३) फेरि हामीले तपाईतिर सन्देश (वह्य) पठायौं, ताकि तपाईले इब्राहीमको धर्मको अनुशरण गर्नुस्, जुन मुश्रिकहरूमध्ये थिएनन् ।
Verse 124
إِنَّمَا جُعِلَ ٱلسَّبْتُ عَلَى ٱلَّذِينَ ٱخْتَلَفُوا۟ فِيهِ ۚ وَإِنَّ رَبَّكَ لَيَحْكُمُ بَيْنَهُمْ يَوْمَ ٱلْقِيَـٰمَةِ فِيمَا كَانُوا۟ فِيهِ يَخْتَلِفُونَ
Transliteration innamā juʿila l-sabtu ʿalā alladhīna ikh'talafū fīhi wa-inna rabbaka layaḥkumu baynahum yawma l-qiyāmati fīmā kānū fīhi yakhtalifūna
Nepali १२४) हप्ताको (शनिवारको) दिनको महानता तिनीहरूको लागि मात्र अनिवार्य गरिएको थियो, जसले त्यसमा विवाद उठाएका थिए । कुरो यो छ कि तपाईको पालनकर्ताले नै कियामतको दिन ती विवादहरूको निरोपण गर्नेछ ।
Verse 125
ٱدْعُ إِلَىٰ سَبِيلِ رَبِّكَ بِٱلْحِكْمَةِ وَٱلْمَوْعِظَةِ ٱلْحَسَنَةِ ۖ وَجَـٰدِلْهُم بِٱلَّتِى هِىَ أَحْسَنُ ۚ إِنَّ رَبَّكَ هُوَ أَعْلَمُ بِمَن ضَلَّ عَن سَبِيلِهِۦ ۖ وَهُوَ أَعْلَمُ بِٱلْمُهْتَدِينَ
Transliteration ud'ʿu ilā sabīli rabbika bil-ḥik'mati wal-mawʿiẓati l-ḥasanati wajādil'hum bi-allatī hiya aḥsanu inna rabbaka huwa aʿlamu biman ḍalla ʿan sabīlihi wahuwa aʿlamu bil-muh'tadīna
Nepali १२५) (हे पैगम्बर !) मानिसहरूलाई बुद्धिमत्ता र असल उपदेशले आफ्नो पालनकर्ताको बाटोतिर बोलाउनुस् र सधै राम्रो तरिकाले तिनीहरूसित कुरा गर्नुस्, जो उसको बाटोबाट विचलित छन् तपाईको पालनकर्ताले तिनलाई पनि राम्ररी जान्दछ र जो सही मार्गमा हिड्नेहरू छन् उनीहरूलाई पनि राम्ररी जान्दछ ।
Verse 126
وَإِنْ عَاقَبْتُمْ فَعَاقِبُوا۟ بِمِثْلِ مَا عُوقِبْتُم بِهِۦ ۖ وَلَئِن صَبَرْتُمْ لَهُوَ خَيْرٌ لِّلصَّـٰبِرِينَ
Transliteration wa-in ʿāqabtum faʿāqibū bimith'li mā ʿūqib'tum bihi wala-in ṣabartum lahuwa khayrun lilṣṣābirīna
Nepali १२६) र यदि बदला लिन्छौ भने, त्यति मात्र, जति कष्ट तिमीलाई उनीहरूबाट पुगेको छ, र यदि धैर्य गर्छौ भने, त त्यो धैर्य गर्नेहरूको लागि धेरै राम्रो हो ।
Verse 127
وَٱصْبِرْ وَمَا صَبْرُكَ إِلَّا بِٱللَّهِ ۚ وَلَا تَحْزَنْ عَلَيْهِمْ وَلَا تَكُ فِى ضَيْقٍ مِّمَّا يَمْكُرُونَ
Transliteration wa-iṣ'bir wamā ṣabruka illā bil-lahi walā taḥzan ʿalayhim walā taku fī ḍayqin mimmā yamkurūna
Nepali १२७) तपाईले धैर्य नै गर्ने भए पनि अल्लाहको मद्दत बिना धैर्य गर्न सक्दैनौ, र उनीहरूको बारेमा दुःखी नहुनु र जुन नराम्रो चाल यिनीहरू चालिराखेछन् त्यसबाट हृदय सानो नगर्नु ।
Verse 128
إِنَّ ٱللَّهَ مَعَ ٱلَّذِينَ ٱتَّقَوا۟ وَّٱلَّذِينَ هُم مُّحْسِنُونَ
Transliteration inna l-laha maʿa alladhīna ittaqaw wa-alladhīna hum muḥ'sinūna
Nepali १२८) निश्चित मान कि जो आत्मसंयमी र असल छन्, अल्लाह मात्र उनीसँग छ ।
Read Surah An-Nahl in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.