Surah Al-Hijr in Nepali: translation and audio
Surah 15 · الحجر · The Rocky Tract · 99 verses
Surah Al-Hijr verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Al-Hijr word by word in English.
Verse 1
الٓر ۚ تِلْكَ ءَايَـٰتُ ٱلْكِتَـٰبِ وَقُرْءَانٍ مُّبِينٍ
Transliteration alif-lam-ra til'ka āyātu l-kitābi waqur'ānin mubīnin
Nepali १) अलिफ. लाम. रा. यी अल्लाहको किताबका आयतहरू हुन् र खुल्ला र स्पष्ट कुरआनको ।
Verse 2
رُّبَمَا يَوَدُّ ٱلَّذِينَ كَفَرُوا۟ لَوْ كَانُوا۟ مُسْلِمِينَ
Transliteration rubamā yawaddu alladhīna kafarū law kānū mus'limīna
Nepali २) त्यो बेला पनि आउनेछ जब कि काफिर आफ्नो मुसलमान हुने इच्छा प्रकट गर्नेछन् ।
Verse 3
ذَرْهُمْ يَأْكُلُوا۟ وَيَتَمَتَّعُوا۟ وَيُلْهِهِمُ ٱلْأَمَلُ ۖ فَسَوْفَ يَعْلَمُونَ
Transliteration dharhum yakulū wayatamattaʿū wayul'hihimu l-amalu fasawfa yaʿlamūna
Nepali ३) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) तपाईले तिनीहरूलाई तिनीकै अवस्थामा रहन दिनुस् ताकि तिनीहरूले उपभोग गरुन र आनन्द लिउन र (झूठो) आशाले उनीहरूलाई (संसारमा) अल्मलाई राखोस् । शीघ्रनै तिनीहरूलाई थाहा भइहाल्नेछ ।
Verse 4
وَمَآ أَهْلَكْنَا مِن قَرْيَةٍ إِلَّا وَلَهَا كِتَابٌ مَّعْلُومٌ
Transliteration wamā ahlaknā min qaryatin illā walahā kitābun maʿlūmun
Nepali ४) कुनै बस्तीलाई हामीले नष्ट पारेनौं परन्तु त्यसको समय निर्धारित र निश्चित थिए ।
Verse 5
مَّا تَسْبِقُ مِنْ أُمَّةٍ أَجَلَهَا وَمَا يَسْتَـْٔخِرُونَ
Transliteration mā tasbiqu min ummatin ajalahā wamā yastakhirūna
Nepali ५) कुनै समूह आफ्नो निर्धारित समयभन्दा न आगडि बढ्न सक्छ न पछाडि रहन सक्छ ।
Verse 6
وَقَالُوا۟ يَـٰٓأَيُّهَا ٱلَّذِى نُزِّلَ عَلَيْهِ ٱلذِّكْرُ إِنَّكَ لَمَجْنُونٌ
Transliteration waqālū yāayyuhā alladhī nuzzila ʿalayhi l-dhik'ru innaka lamajnūnun
Nepali ६) उनीहरूले ‘‘भनेः ‘‘कि हे त्यो मानिस ! जसमाथि कुरआन उतारिएको छ निःसन्देह तिमी त दिवाना हौ ।’’
Verse 7
لَّوْ مَا تَأْتِينَا بِٱلْمَلَـٰٓئِكَةِ إِن كُنتَ مِنَ ٱلصَّـٰدِقِينَ
Transliteration law mā tatīnā bil-malāikati in kunta mina l-ṣādiqīna
Nepali ७) यदि तिमी साँचो छौ भने ‘‘हाम्रो नजिक फरिश्ताहरूलाई किन ल्याउँदैनौ ?’’
Verse 8
مَا نُنَزِّلُ ٱلْمَلَـٰٓئِكَةَ إِلَّا بِٱلْحَقِّ وَمَا كَانُوٓا۟ إِذًا مُّنظَرِينَ
Transliteration mā nunazzilu l-malāikata illā bil-ḥaqi wamā kānū idhan munẓarīna
Nepali ८) (भनिदिनुस्) हामीले फरिश्ताहरूलाई सत्यको साथमै पठाउँदछौं र त्यतिखेर तिनीहरूलाई फुर्सद दिइएको हुँदैन ।
Verse 9
إِنَّا نَحْنُ نَزَّلْنَا ٱلذِّكْرَ وَإِنَّا لَهُۥ لَحَـٰفِظُونَ
Transliteration innā naḥnu nazzalnā l-dhik'ra wa-innā lahu laḥāfiẓūna
Nepali ९) (निःसन्देह) हामीले नै कुरआनलाई उतारेका छौं र हामीनै यसको संरक्षक हौं ।
Verse 10
وَلَقَدْ أَرْسَلْنَا مِن قَبْلِكَ فِى شِيَعِ ٱلْأَوَّلِينَ
Transliteration walaqad arsalnā min qablika fī shiyaʿi l-awalīna
Nepali १०) हामीले तपाईभन्दा पहिलाका विभिन्न सम्प्रदायहरूमा रसूलहरू पठाएका थियौं ।
Verse 11
وَمَا يَأْتِيهِم مِّن رَّسُولٍ إِلَّا كَانُوا۟ بِهِۦ يَسْتَهْزِءُونَ
Transliteration wamā yatīhim min rasūlin illā kānū bihi yastahziūna
Nepali ११) र तिनीहरू समीप जुन रसूल पनि आउँथ्यो तिनीहरूले उसको उपहास गर्ने गर्दथे ।
Verse 12
كَذَٰلِكَ نَسْلُكُهُۥ فِى قُلُوبِ ٱلْمُجْرِمِينَ
Transliteration kadhālika naslukuhu fī qulūbi l-muj'rimīna
Nepali १२) यसैप्रकार हामीले त्यस (उपहास) लाई अपराधीहरूको हृदयहरूमा प्रवेश गराइदिन्छौं ।
Verse 13
لَا يُؤْمِنُونَ بِهِۦ ۖ وَقَدْ خَلَتْ سُنَّةُ ٱلْأَوَّلِينَ
Transliteration lā yu'minūna bihi waqad khalat sunnatu l-awalīna
Nepali १३) (तसर्थ) तिनीहरूले यसमाथि ईमान ल्याउँदैनन्, र तिनीहरूभन्दा अघिका मानिसहरूको तरिका बितिसकेको (तरिका) हो ।
Verse 14
وَلَوْ فَتَحْنَا عَلَيْهِم بَابًا مِّنَ ٱلسَّمَآءِ فَظَلُّوا۟ فِيهِ يَعْرُجُونَ
Transliteration walaw fataḥnā ʿalayhim bāban mina l-samāi faẓallū fīhi yaʿrujūna
Nepali १४) र यदि हामीले तिनीहरूका लागि आकशहरूको ढोका खोलिदेऔं र तिनीहरू त्यहाँ उक्लिन पनि थालुन् ।
Verse 15
لَقَالُوٓا۟ إِنَّمَا سُكِّرَتْ أَبْصَـٰرُنَا بَلْ نَحْنُ قَوْمٌ مَّسْحُورُونَ
Transliteration laqālū innamā sukkirat abṣārunā bal naḥnu qawmun masḥūrūna
Nepali १५) तैपनि यही भन्नेछन्ः ‘‘कि हाम्रा आँखाहरूलाई मात लागेको छ, बरु हामीमाथि जादू गरिदिइएको छ ।’’
Verse 16
وَلَقَدْ جَعَلْنَا فِى ٱلسَّمَآءِ بُرُوجًا وَزَيَّنَّـٰهَا لِلنَّـٰظِرِينَ
Transliteration walaqad jaʿalnā fī l-samāi burūjan wazayyannāhā lilnnāẓirīna
Nepali १६) निःसन्देह हामीले नै आकाशहरूमा सौर्यमण्डल बनाएका छौं र दर्शकहरूको निम्ति सिंगारेका छौं ।
Verse 17
وَحَفِظْنَـٰهَا مِن كُلِّ شَيْطَـٰنٍ رَّجِيمٍ
Transliteration waḥafiẓ'nāhā min kulli shayṭānin rajīmin
Nepali १७) र यसलाई प्रत्येक तिरस्कृत शैतानबाट सुरक्षित गरेका छौं ।
Verse 18
إِلَّا مَنِ ٱسْتَرَقَ ٱلسَّمْعَ فَأَتْبَعَهُۥ شِهَابٌ مُّبِينٌ
Transliteration illā mani is'taraqa l-samʿa fa-atbaʿahu shihābun mubīnun
Nepali १८) तर हो यदि कुनै (शैतानले) लुकिछिपी सुन्न चाहन्छ भने उसको पछाडी प्रज्वलित लाग्दछ ।
Verse 19
وَٱلْأَرْضَ مَدَدْنَـٰهَا وَأَلْقَيْنَا فِيهَا رَوَٰسِىَ وَأَنۢبَتْنَا فِيهَا مِن كُلِّ شَىْءٍ مَّوْزُونٍ
Transliteration wal-arḍa madadnāhā wa-alqaynā fīhā rawāsiya wa-anbatnā fīhā min kulli shayin mawzūnin
Nepali १९) र पृथ्वीलाई पनि हामीले नै विस्तारित गरेका हौं, र त्यसमाथि अटल पहाड़हरू अवस्थित गर्यौं, र त्यसमा विभिन्न प्रकारका चीजहरू सन्तुलित रूपमा उत्पन्न गर्यौं ।
Verse 20
وَجَعَلْنَا لَكُمْ فِيهَا مَعَـٰيِشَ وَمَن لَّسْتُمْ لَهُۥ بِرَٰزِقِينَ
Transliteration wajaʿalnā lakum fīhā maʿāyisha waman lastum lahu birāziqīna
Nepali २०) र यसैमा हामीले तिम्रो निम्ति र तिनीहरूको लागि, जसलाई तिमीले जीविका दिदैंनौं, त्यसमा जीविकाका साधनहरू जुटायौं ।
Verse 21
وَإِن مِّن شَىْءٍ إِلَّا عِندَنَا خَزَآئِنُهُۥ وَمَا نُنَزِّلُهُۥٓ إِلَّا بِقَدَرٍ مَّعْلُومٍ
Transliteration wa-in min shayin illā ʿindanā khazāinuhu wamā nunazziluhu illā biqadarin maʿlūmin
Nepali २१) र हामीकहाँ हरेक कुराका खजाना छन् र हामीले तिनलाई निर्धारित मात्रामा पठाउँछौं ।
Verse 22
وَأَرْسَلْنَا ٱلرِّيَـٰحَ لَوَٰقِحَ فَأَنزَلْنَا مِنَ ٱلسَّمَآءِ مَآءً فَأَسْقَيْنَـٰكُمُوهُ وَمَآ أَنتُمْ لَهُۥ بِخَـٰزِنِينَ
Transliteration wa-arsalnā l-riyāḥa lawāqiḥa fa-anzalnā mina l-samāi māan fa-asqaynākumūhu wamā antum lahu bikhāzinīna
Nepali २२) र हामीले नै भारी हावाहरूमा गति उत्पन्न गराउँछौ र हामीले नै आकाशहरूबाट पानी बर्साउँछौ र हामीले नै तिमीहरूलाई त्यसको पानी पिलाउँछौं, र तिमी त त्यसको भण्डार गर्ने पनि होइनौं ।
Verse 23
وَإِنَّا لَنَحْنُ نُحْىِۦ وَنُمِيتُ وَنَحْنُ ٱلْوَٰرِثُونَ
Transliteration wa-innā lanaḥnu nuḥ'yī wanumītu wanaḥnu l-wārithūna
Nepali २३) र हामीले नै जीवन प्रदान गर्दछौं र हामीले नै मृत्यु दिन्छौं, र हामी नै सबैका संरक्षक हौं ।
Verse 24
وَلَقَدْ عَلِمْنَا ٱلْمُسْتَقْدِمِينَ مِنكُمْ وَلَقَدْ عَلِمْنَا ٱلْمُسْتَـْٔخِرِينَ
Transliteration walaqad ʿalim'nā l-mus'taqdimīna minkum walaqad ʿalim'nā l-mus'takhirīna
Nepali २४) जुन मानिसहरू तिमीभन्दा पहिले बितिसकेका छन् हामीलाई तिनीहरूको बारेमा थाहा छ, र जो पछि आउनेवाला छन् उनीहरूको बारेमा पनि हामीलाई थाहा छ ।
Verse 25
وَإِنَّ رَبَّكَ هُوَ يَحْشُرُهُمْ ۚ إِنَّهُۥ حَكِيمٌ عَلِيمٌ
Transliteration wa-inna rabbaka huwa yaḥshuruhum innahu ḥakīmun ʿalīmun
Nepali २५) तपाईको पालनकर्ताले (कियामतको दिन) सबैलाई एकत्रित गर्नेछ । निःसन्देह ऊ त बडो बुद्धिमत्तापूर्ण र ठूलो ज्ञाता छ ।
Verse 26
وَلَقَدْ خَلَقْنَا ٱلْإِنسَـٰنَ مِن صَلْصَـٰلٍ مِّنْ حَمَإٍ مَّسْنُونٍ
Transliteration walaqad khalaqnā l-insāna min ṣalṣālin min ḥama-in masnūnin
Nepali २६) निःसन्देह हामीले मानिसहरूलाई कट्कटिएर आवाज आउने सडेको कालो र ठोस माटोबाट बनाएका छौं ।
Verse 27
وَٱلْجَآنَّ خَلَقْنَـٰهُ مِن قَبْلُ مِن نَّارِ ٱلسَّمُومِ
Transliteration wal-jāna khalaqnāhu min qablu min nāri l-samūmi
Nepali २७) र जिन्नहरूलाई त्यसभन्दा पनि अघि धुँवा नभएको प्रज्वलित आगोबाट सृष्टि गरेका थियौं ।
Verse 28
وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَـٰٓئِكَةِ إِنِّى خَـٰلِقٌۢ بَشَرًا مِّن صَلْصَـٰلٍ مِّنْ حَمَإٍ مَّسْنُونٍ
Transliteration wa-idh qāla rabbuka lil'malāikati innī khāliqun basharan min ṣalṣālin min ḥama-in masnūnin
Nepali २८) र तिम्रो पालनकर्ताले फरिश्ताहरूसित भन्योः ‘‘कि म कट्कटिएर अवाज आउने सडेको माटोेबाट एउटा मानिसको सृष्टि गर्न गइराखेको छुँ ।’’
Verse 29
فَإِذَا سَوَّيْتُهُۥ وَنَفَخْتُ فِيهِ مِن رُّوحِى فَقَعُوا۟ لَهُۥ سَـٰجِدِينَ
Transliteration fa-idhā sawwaytuhu wanafakhtu fīhi min rūḥī faqaʿū lahu sājidīna
Nepali २९) जब उसलाई पूरा बनाइसक्छु र त्यसमा आफ्नो रूह (आत्मा) फुँकिसक्छु तब उसको अगाडि सिज्दा गर्नु (ढोग्नु) ।
Verse 30
فَسَجَدَ ٱلْمَلَـٰٓئِكَةُ كُلُّهُمْ أَجْمَعُونَ
Transliteration fasajada l-malāikatu kulluhum ajmaʿūna
Nepali ३०) तसर्थ सबै फरिशताहरूले ढोग्न थाले ।
Verse 31
إِلَّآ إِبْلِيسَ أَبَىٰٓ أَن يَكُونَ مَعَ ٱلسَّـٰجِدِينَ
Transliteration illā ib'līsa abā an yakūna maʿa l-sājidīna
Nepali ३१) तर इब्लीसले ढोग गरेन । उसले ढोग्नेहरूमध्ये शामिल हुनबाट इन्कार गर्यो ।
Verse 32
قَالَ يَـٰٓإِبْلِيسُ مَا لَكَ أَلَّا تَكُونَ مَعَ ٱلسَّـٰجِدِينَ
Transliteration qāla yāib'līsu mā laka allā takūna maʿa l-sājidīna
Nepali ३२) (अल्लाहले) भन्नुभयोः कि इब्लीस तिमीलाई के भएको छ कि तिमी ढोग्नेहरूमा शम्मिलित भएनौ ।
Verse 33
قَالَ لَمْ أَكُن لِّأَسْجُدَ لِبَشَرٍ خَلَقْتَهُۥ مِن صَلْصَـٰلٍ مِّنْ حَمَإٍ مَّسْنُونٍ
Transliteration qāla lam akun li-asjuda libasharin khalaqtahu min ṣalṣālin min ḥama-in masnūnin
Nepali ३३) उसले भन्योः म यस्तो छैन, कि तपाईले कट्कटिएर आवाज आउने सडेको माटोले बनाएको मानिस अगाडि झुकेर ढोगूँ ।
Verse 34
قَالَ فَٱخْرُجْ مِنْهَا فَإِنَّكَ رَجِيمٌ
Transliteration qāla fa-ukh'ruj min'hā fa-innaka rajīmun
Nepali ३४) अल्लाहलको आदेश भयो, जन्नतबाट निस्किहाल, तँ तिरस्कृत र अभिशप्त भइस् ।
Verse 35
وَإِنَّ عَلَيْكَ ٱللَّعْنَةَ إِلَىٰ يَوْمِ ٱلدِّينِ
Transliteration wa-inna ʿalayka l-laʿnata ilā yawmi l-dīni
Nepali ३५) र तिमीमाथि कियामतको दिनसम्म धिक्कार छ ।
Verse 36
قَالَ رَبِّ فَأَنظِرْنِىٓ إِلَىٰ يَوْمِ يُبْعَثُونَ
Transliteration qāla rabbi fa-anẓir'nī ilā yawmi yub'ʿathūna
Nepali ३६) (त्यसले) भन्योः कि हे पालनकर्ता ! मलाई त्यस दिनसम्मको छूटदेऊ, जब मानिसहरू (मृत्यु पश्चात) जीवित गरिनेछन् ।
Verse 37
قَالَ فَإِنَّكَ مِنَ ٱلْمُنظَرِينَ
Transliteration qāla fa-innaka mina l-munẓarīna
Nepali ३७) आदेश भयो कि तँलाई छूट दिइन्छ ।
Verse 38
إِلَىٰ يَوْمِ ٱلْوَقْتِ ٱلْمَعْلُومِ
Transliteration ilā yawmi l-waqti l-maʿlūmi
Nepali ३८) निर्धारित समय (कियामत) को दिनसम्म ।
Verse 39
قَالَ رَبِّ بِمَآ أَغْوَيْتَنِى لَأُزَيِّنَنَّ لَهُمْ فِى ٱلْأَرْضِ وَلَأُغْوِيَنَّهُمْ أَجْمَعِينَ
Transliteration qāla rabbi bimā aghwaytanī la-uzayyinanna lahum fī l-arḍi wala-ugh'wiyannahum ajmaʿīna
Nepali ३९) (शैतानले) भन्योः कि हे मेरो पालनकर्ता ! जस्तो कि तिमीले मलाई पथभ्रष्ट गरेका छौ, म पनि धर्तीमा मानिसहरूलाई पाप गर्न लगाउँछु, र सबैलाई सही बाटोबाट दिग्भ्रमित गराउँछु ।’’
Verse 40
إِلَّا عِبَادَكَ مِنْهُمُ ٱلْمُخْلَصِينَ
Transliteration illā ʿibādaka min'humu l-mukh'laṣīna
Nepali ४०) तर, तिनीहरू बाहेक जो तिम्रो ईमानदार भक्त छन् ।
Verse 41
قَالَ هَـٰذَا صِرَٰطٌ عَلَىَّ مُسْتَقِيمٌ
Transliteration qāla hādhā ṣirāṭun ʿalayya mus'taqīmun
Nepali ४१) (अल्लाहले) आदेश गर्नुभयोः कि मसम्म पुग्न यही सोझो बाटो हो ।
Verse 42
إِنَّ عِبَادِى لَيْسَ لَكَ عَلَيْهِمْ سُلْطَـٰنٌ إِلَّا مَنِ ٱتَّبَعَكَ مِنَ ٱلْغَاوِينَ
Transliteration inna ʿibādī laysa laka ʿalayhim sul'ṭānun illā mani ittabaʿaka mina l-ghāwīna
Nepali ४२) जो मेरा (सच्चा) भक्त छन् तिनीहरूमाथि तिम्रो कुनै अधिकार हुनेछैन तर ती दिग्भ्रम व्यक्तिहरू बाहेक जो नराम्रो बाटोमा तिम्रो पछि पछि लाग्नेछन् ।
Verse 43
وَإِنَّ جَهَنَّمَ لَمَوْعِدُهُمْ أَجْمَعِينَ
Transliteration wa-inna jahannama lamawʿiduhum ajmaʿīna
Nepali ४३) निःसन्देह ती सबैलाई वचन दिएको ठाउँ नर्क हो ।
Verse 44
لَهَا سَبْعَةُ أَبْوَٰبٍ لِّكُلِّ بَابٍ مِّنْهُمْ جُزْءٌ مَّقْسُومٌ
Transliteration lahā sabʿatu abwābin likulli bābin min'hum juz'on maqsūmun
Nepali ४४) त्यसका सातवटा ढोकाहरू छन् । प्रत्येक ढोकाको लागि तिनीहरूमध्येबाट समूहहरू विभाजित गरिएका छन् ।
Verse 45
إِنَّ ٱلْمُتَّقِينَ فِى جَنَّـٰتٍ وَعُيُونٍ
Transliteration inna l-mutaqīna fī jannātin waʿuyūnin
Nepali ४५) जो आत्मसंयमी छन्, तिनीहरू बगैचाहरू र झरनाहरूको माझमा बस्नेछन् ।
Verse 46
ٱدْخُلُوهَا بِسَلَـٰمٍ ءَامِنِينَ
Transliteration ud'khulūhā bisalāmin āminīna
Nepali ४६) (भनिनेछ कि) तिमीहरू शान्ति र सुरक्षासाथ प्रवेश गर ।
Verse 47
وَنَزَعْنَا مَا فِى صُدُورِهِم مِّنْ غِلٍّ إِخْوَٰنًا عَلَىٰ سُرُرٍ مُّتَقَـٰبِلِينَ
Transliteration wanazaʿnā mā fī ṣudūrihim min ghillin ikh'wānan ʿalā sururin mutaqābilīna
Nepali ४७) र तिनीहरूको हृदयमा जे जति रिस र डाह छ, त्यसलाई हामीले सफा गरिदिनेछौं, तिनीहरू भाइ–भाइको रूपमा आसनहरूमा एक अर्काको सामु बसेका हुनेछन् ।
Verse 48
لَا يَمَسُّهُمْ فِيهَا نَصَبٌ وَمَا هُم مِّنْهَا بِمُخْرَجِينَ
Transliteration lā yamassuhum fīhā naṣabun wamā hum min'hā bimukh'rajīna
Nepali ४८) तिनीहरूलाई त्यहाँ नकुनै कष्ट हुनेछ र नत तिनीहरू त्यहाँबाट कहिले निष्कासित गरिनेछन् ।
Verse 49
۞ نَبِّئْ عِبَادِىٓ أَنِّىٓ أَنَا ٱلْغَفُورُ ٱلرَّحِيمُ
Transliteration nabbi ʿibādī annī anā l-ghafūru l-raḥīmu
Nepali ४९) (हे पैगम्बर !) मेरा भक्तजनहरूलाई भनिदिनुस्ः कि म बडो क्षमादाता र दयावान छुँ ।
Verse 50
وَأَنَّ عَذَابِى هُوَ ٱلْعَذَابُ ٱلْأَلِيمُ
Transliteration wa-anna ʿadhābī huwa l-ʿadhābu l-alīmu
Nepali ५०) र साथै योः कि मेरो सजाय पनि धेरै कष्टदायक हुनेछ ।
Verse 51
وَنَبِّئْهُمْ عَن ضَيْفِ إِبْرَٰهِيمَ
Transliteration wanabbi'hum ʿan ḍayfi ib'rāhīma
Nepali ५१) र तिनीहरूलाई इब्राहीमका अतिथिहरूको बारेमा सुनाइदिनुस् ।
Verse 52
إِذْ دَخَلُوا۟ عَلَيْهِ فَقَالُوا۟ سَلَـٰمًا قَالَ إِنَّا مِنكُمْ وَجِلُونَ
Transliteration idh dakhalū ʿalayhi faqālū salāman qāla innā minkum wajilūna
Nepali ५२) कि जब तिनीहरूले इब्राहीमको सामु आएर ‘‘सलाम’’ भने त उनले भने कि हामीलाई तिमीसित डर लाग्छ ।
Verse 53
قَالُوا۟ لَا تَوْجَلْ إِنَّا نُبَشِّرُكَ بِغُلَـٰمٍ عَلِيمٍ
Transliteration qālū lā tawjal innā nubashiruka bighulāmin ʿalīmin
Nepali ५३) (अतिथिहरूले) भनेः ‘‘कि, न तर्सनुस्, हामीले तपाईलाई एउटा ज्ञानी छोरोको शुभसन्देश दिन्छौं ।’’
Verse 54
قَالَ أَبَشَّرْتُمُونِى عَلَىٰٓ أَن مَّسَّنِىَ ٱلْكِبَرُ فَبِمَ تُبَشِّرُونَ
Transliteration qāla abashartumūnī ʿalā an massaniya l-kibaru fabima tubashirūna
Nepali ५४) (उनले) भनेः कि ‘‘मलाई बृद्ध अवस्थाले समातेपछि तिमीहरूले मलाई शुभसमाचार दिन्छौ ? कुन कुरोको आधारमा तिमीले यो शुभसमाचार दिन्छौ ?’’
Verse 55
قَالُوا۟ بَشَّرْنَـٰكَ بِٱلْحَقِّ فَلَا تَكُن مِّنَ ٱلْقَـٰنِطِينَ
Transliteration qālū basharnāka bil-ḥaqi falā takun mina l-qāniṭīna
Nepali ५५) तिनीहरूले भनेः कि हामी तपाईलाई एकदम साँचो शुभसमाचार दिएका छौं । तपाई निराश नहुनुहोस् ।
Verse 56
قَالَ وَمَن يَقْنَطُ مِن رَّحْمَةِ رَبِّهِۦٓ إِلَّا ٱلضَّآلُّونَ
Transliteration qāla waman yaqnaṭu min raḥmati rabbihi illā l-ḍālūna
Nepali ५६) (इब्राहीमले) भनेः कि अल्लाहको कृपाबाट निराश हुनु त पथविचलित हुनेहरूको काम हो ।
Verse 57
قَالَ فَمَا خَطْبُكُمْ أَيُّهَا ٱلْمُرْسَلُونَ
Transliteration qāla famā khaṭbukum ayyuhā l-mur'salūna
Nepali ५७) अनि सोधे कि अल्लाहले पठाएको फरिश्ताहरू ! तिमीहरूलाई यस्तो के महत्वपूर्ण काम छ ?
Verse 58
قَالُوٓا۟ إِنَّآ أُرْسِلْنَآ إِلَىٰ قَوْمٍ مُّجْرِمِينَ
Transliteration qālū innā ur'sil'nā ilā qawmin muj'rimīna
Nepali ५८) तिनीहरूले भने कि हामी एउटा अपराधी समुदायतिर पठाइएका हौं ।
Verse 59
إِلَّآ ءَالَ لُوطٍ إِنَّا لَمُنَجُّوهُمْ أَجْمَعِينَ
Transliteration illā āla lūṭin innā lamunajjūhum ajmaʿīna
Nepali ५९) तर ‘‘लूतको’’ परिवार बाहेक कि उनीहरूलाई हामीले बचाइहाल्नेछौं ।
Verse 60
إِلَّا ٱمْرَأَتَهُۥ قَدَّرْنَآ ۙ إِنَّهَا لَمِنَ ٱلْغَـٰبِرِينَ
Transliteration illā im'ra-atahu qaddarnā innahā lamina l-ghābirīna
Nepali ६०) तर लूतकी स्वास्नी बाहेक जसको निम्ति निश्चित गरेकाछौं कि त्यो पछि रहनेछे ।
Verse 61
فَلَمَّا جَآءَ ءَالَ لُوطٍ ٱلْمُرْسَلُونَ
Transliteration falammā jāa āla lūṭin l-mur'salūna
Nepali ६१) अनि जब पठाइएका फरिश्ताहरू ‘‘लूतको’’ घर नजिक आइपुगे ।
Verse 62
قَالَ إِنَّكُمْ قَوْمٌ مُّنكَرُونَ
Transliteration qāla innakum qawmun munkarūna
Nepali ६२) तब लूतले भनेः ‘‘तिमीहरू त अन्जान मानिस जस्तै छौ ।’’
Verse 63
قَالُوا۟ بَلْ جِئْنَـٰكَ بِمَا كَانُوا۟ فِيهِ يَمْتَرُونَ
Transliteration qālū bal ji'nāka bimā kānū fīhi yamtarūna
Nepali ६३) तिनीहरूले भनेः कि होइन, बरु हामी तपाईको सामु त्यो कुरा लिएर आएका छौं जसमा मानिसहरूले शंका गर्दथे ।
Verse 64
وَأَتَيْنَـٰكَ بِٱلْحَقِّ وَإِنَّا لَصَـٰدِقُونَ
Transliteration wa-ataynāka bil-ḥaqi wa-innā laṣādiqūna
Nepali ६४) र हामी तपाईको सामु वास्तविक कुरो लिएर अएका छौं र हामी सत्य भन्दछौं ।
Verse 65
فَأَسْرِ بِأَهْلِكَ بِقِطْعٍ مِّنَ ٱلَّيْلِ وَٱتَّبِعْ أَدْبَـٰرَهُمْ وَلَا يَلْتَفِتْ مِنكُمْ أَحَدٌ وَٱمْضُوا۟ حَيْثُ تُؤْمَرُونَ
Transliteration fa-asri bi-ahlika biqiṭ'ʿin mina al-layli wa-ittabiʿ adbārahum walā yaltafit minkum aḥadun wa-im'ḍū ḥaythu tu'marūna
Nepali ६५) तसर्थ तपाई रात्रीको केही अंश शेष रहँदा घरका मानिसहरूलाई लिएर निस्कनुस् र स्वयम् उनीहरूको पछाडि हिंड्नुस् र तपाईहरूमध्ये कुनै पनि व्यक्तिले पछि फर्केर नहेरोस् र जहाँ तपाईहरूलाई आदेश हुन्छ त्यहाँ गइहाल्नुस् ।
Verse 66
وَقَضَيْنَآ إِلَيْهِ ذَٰلِكَ ٱلْأَمْرَ أَنَّ دَابِرَ هَـٰٓؤُلَآءِ مَقْطُوعٌ مُّصْبِحِينَ
Transliteration waqaḍaynā ilayhi dhālika l-amra anna dābira hāulāi maqṭūʿun muṣ'biḥīna
Nepali ६६) र हामीले लूततिर यो आदेश पठाएका छौं, कि यी अपराधिहरूको जरा विहान हुँदाहुँदै काटिनेछ ।
Verse 67
وَجَآءَ أَهْلُ ٱلْمَدِينَةِ يَسْتَبْشِرُونَ
Transliteration wajāa ahlu l-madīnati yastabshirūna
Nepali ६७) र शहरका मानिसहरूले खुशियाली मनाउँदै आइपुगे
Verse 68
قَالَ إِنَّ هَـٰٓؤُلَآءِ ضَيْفِى فَلَا تَفْضَحُونِ
Transliteration qāla inna hāulāi ḍayfī falā tafḍaḥūni
Nepali ६८) लूतले भने कि यी मेरा अतिथिहरू हुन्, तिमीले मलाई अपमानित नगर्नु ।
Verse 69
وَٱتَّقُوا۟ ٱللَّهَ وَلَا تُخْزُونِ
Transliteration wa-ittaqū l-laha walā tukh'zūni
Nepali ६९) अल्लाहसित डरमान र मलाई लज्जित नगर्नु ।
Verse 70
قَالُوٓا۟ أَوَلَمْ نَنْهَكَ عَنِ ٱلْعَـٰلَمِينَ
Transliteration qālū awalam nanhaka ʿani l-ʿālamīna
Nepali ७०) तिनीहरूले भनेः के हामीले तिमीलाई सम्पूर्ण संसारको सत्कारबाट मनाही गरेनौं ?
Verse 71
قَالَ هَـٰٓؤُلَآءِ بَنَاتِىٓ إِن كُنتُمْ فَـٰعِلِينَ
Transliteration qāla hāulāi banātī in kuntum fāʿilīna
Nepali ७१) (उनले) भनेः कि यदि तिमीले गर्नु नै छ भने यी मेरो छोरीहरू हुन्, (विवाह गरिहाल) ।
Verse 72
لَعَمْرُكَ إِنَّهُمْ لَفِى سَكْرَتِهِمْ يَعْمَهُونَ
Transliteration laʿamruka innahum lafī sakratihim yaʿmahūna
Nepali ७२) (हे मुहम्मद !) तिम्रो प्राणको कसम ! तिनीहरू त नशामा उन्मक्त थिए ।
Verse 73
فَأَخَذَتْهُمُ ٱلصَّيْحَةُ مُشْرِقِينَ
Transliteration fa-akhadhathumu l-ṣayḥatu mush'riqīna
Nepali ७३) तसर्थ तिनीहरूलाई सूर्य उदाइराखेकै बेलामा ठूलो धामाकाले आई समात्यो ।
Verse 74
فَجَعَلْنَا عَـٰلِيَهَا سَافِلَهَا وَأَمْطَرْنَا عَلَيْهِمْ حِجَارَةً مِّن سِجِّيلٍ
Transliteration fajaʿalnā ʿāliyahā sāfilahā wa-amṭarnā ʿalayhim ḥijāratan min sijjīlin
Nepali ७४) र हामीले त्यस शहरलाई उल्टाई विनाश गरिहाल्यौं र तिनीहरूमाथि ढुंङ्गा बर्षायौं ।
Verse 75
إِنَّ فِى ذَٰلِكَ لَـَٔايَـٰتٍ لِّلْمُتَوَسِّمِينَ
Transliteration inna fī dhālika laāyātin lil'mutawassimīna
Nepali ७५) निःसन्देह यस घटनामा बुझ्नेहरूका निम्ति धेरै निशानी छन् ।
Verse 76
وَإِنَّهَا لَبِسَبِيلٍ مُّقِيمٍ
Transliteration wa-innahā labisabīlin muqīmin
Nepali ७६) यो बस्ती (अहिलेसम्म) चालु बाटोमा (सार्वजनिक मार्गमा) अवस्थित छ ।
Verse 77
إِنَّ فِى ذَٰلِكَ لَـَٔايَةً لِّلْمُؤْمِنِينَ
Transliteration inna fī dhālika laāyatan lil'mu'minīna
Nepali ७७) र त्यसमा ईमान भएका मानिसहरूका निम्ति ठूला निशानीहरू छन् ।
Verse 78
وَإِن كَانَ أَصْحَـٰبُ ٱلْأَيْكَةِ لَظَـٰلِمِينَ
Transliteration wa-in kāna aṣḥābu l-aykati laẓālimīna
Nepali ७८) एैका (जंगल) बस्तीको बासिन्दाहरू पनि ठूलो अत्याचारी थिए ।
Verse 79
فَٱنتَقَمْنَا مِنْهُمْ وَإِنَّهُمَا لَبِإِمَامٍ مُّبِينٍ
Transliteration fa-intaqamnā min'hum wa-innahumā labi-imāmin mubīnin
Nepali ७९) तसर्थ हामीले तिनीहरूसित पनि प्रतिशोध लियौं र यी दुवै शहरहरू प्रमुखमार्गमा (अवस्थित) छन् ।
Verse 80
وَلَقَدْ كَذَّبَ أَصْحَـٰبُ ٱلْحِجْرِ ٱلْمُرْسَلِينَ
Transliteration walaqad kadhaba aṣḥābu l-ḥij'ri l-mur'salīna
Nepali ८०) र ‘‘हिज्र’’ (उपत्यका) का बासिन्दाहरूले पनि पैगम्बरहरूलाई झूठा भने ।
Verse 81
وَءَاتَيْنَـٰهُمْ ءَايَـٰتِنَا فَكَانُوا۟ عَنْهَا مُعْرِضِينَ
Transliteration waātaynāhum āyātinā fakānū ʿanhā muʿ'riḍīna
Nepali ८१) हामीले तिनीहरूलाई आफ्ना निशानीहरू पनि दियौं तर तिनीहरू त्यसबाट विमुख हुँदै गए ।
Verse 82
وَكَانُوا۟ يَنْحِتُونَ مِنَ ٱلْجِبَالِ بُيُوتًا ءَامِنِينَ
Transliteration wakānū yanḥitūna mina l-jibāli buyūtan āminīna
Nepali ८२) तिनीहरूले निडर भएर पहाडहरूलाई काटेर घर बनाउँदथे ।
Verse 83
فَأَخَذَتْهُمُ ٱلصَّيْحَةُ مُصْبِحِينَ
Transliteration fa-akhadhathumu l-ṣayḥatu muṣ'biḥīna
Nepali ८३) तर शक्तिशाली बिस्फोटले तिनीहरूलाई पनि समातिहाल्यो ।
Verse 84
فَمَآ أَغْنَىٰ عَنْهُم مَّا كَانُوا۟ يَكْسِبُونَ
Transliteration famā aghnā ʿanhum mā kānū yaksibūna
Nepali ८४) तिनीहरूको कुनै कार्य र उपाय तिनीहरूको काम लागेन ।
Verse 85
وَمَا خَلَقْنَا ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضَ وَمَا بَيْنَهُمَآ إِلَّا بِٱلْحَقِّ ۗ وَإِنَّ ٱلسَّاعَةَ لَـَٔاتِيَةٌ ۖ فَٱصْفَحِ ٱلصَّفْحَ ٱلْجَمِيلَ
Transliteration wamā khalaqnā l-samāwāti wal-arḍa wamā baynahumā illā bil-ḥaqi wa-inna l-sāʿata laātiyatun fa-iṣ'faḥi l-ṣafḥa l-jamīla
Nepali ८५) र हामीले आकाशहरू र धर्तीलाई र जुन तिनीहरूमा छन्, तिनलाई एउटा उद्देश्यले सृष्टि गरेका हौं र कियामत त अवश्य नै आउनेछ, तसर्थ तिमीले तिनीहरूलाई दयापूर्ण तरिकाले क्षमा गरिदेऊ ।
Verse 86
إِنَّ رَبَّكَ هُوَ ٱلْخَلَّـٰقُ ٱلْعَلِيمُ
Transliteration inna rabbaka huwa l-khalāqu l-ʿalīmu
Nepali ८६) यसमा कुनै शंका छैन कि तिम्रो पालनकर्ता नै सृष्टि गर्नेवाला सर्वज्ञाता छ ।
Verse 87
وَلَقَدْ ءَاتَيْنَـٰكَ سَبْعًا مِّنَ ٱلْمَثَانِى وَٱلْقُرْءَانَ ٱلْعَظِيمَ
Transliteration walaqad ātaynāka sabʿan mina l-mathānī wal-qur'āna l-ʿaẓīma
Nepali ८७) र निःसन्देह हामीले तपाईलाई सात आयतहरू प्रदान गरेका छौं जुन कि (नमाजमा) दोहोर्याएर पढिन्छन् र गरिमापूर्ण कुरआन पनि प्रदान गरेका छौं ।
Verse 88
لَا تَمُدَّنَّ عَيْنَيْكَ إِلَىٰ مَا مَتَّعْنَا بِهِۦٓ أَزْوَٰجًا مِّنْهُمْ وَلَا تَحْزَنْ عَلَيْهِمْ وَٱخْفِضْ جَنَاحَكَ لِلْمُؤْمِنِينَ
Transliteration lā tamuddanna ʿaynayka ilā mā mattaʿnā bihi azwājan min'hum walā taḥzan ʿalayhim wa-ikh'fiḍ janāḥaka lil'mu'minīna
Nepali ८८) तपाईले त्यसतर्फ निश्चितरूपले आँखा न गाड्नुस् जुन हामीले काफिरहरूका कैयन् समूहलाई, (सांसरिक लाभहरू) प्रदान गरेका छौं, र नत उनीहरूको दशामाथि दुःखी हुनुस् र मोमिनहरूसित (विनम्रमा) आफ्नो हातहरू तल राखिराख्नुस् ।
Verse 89
وَقُلْ إِنِّىٓ أَنَا ٱلنَّذِيرُ ٱلْمُبِينُ
Transliteration waqul innī anā l-nadhīru l-mubīnu
Nepali ८९) र भनिदिनुस् म त खुल्लम खुल्ला चेतावनी दिनेवाला हूँ ।
Verse 90
كَمَآ أَنزَلْنَا عَلَى ٱلْمُقْتَسِمِينَ
Transliteration kamā anzalnā ʿalā l-muq'tasimīna
Nepali ९०) जस्तो हामीले किताब टुक्रा–टुक्रा गर्नेहरूको लागि (सजाय) पठायौं ।
Verse 91
ٱلَّذِينَ جَعَلُوا۟ ٱلْقُرْءَانَ عِضِينَ
Transliteration alladhīna jaʿalū l-qur'āna ʿiḍīna
Nepali ९१) अर्थात जिनीहरूले ‘‘कुरआनलाई’’ (केही मान्नु र केही नमान्नुबाट) टुक्रा–टुक्रा गरिहाले ।
Verse 92
فَوَرَبِّكَ لَنَسْـَٔلَنَّهُمْ أَجْمَعِينَ
Transliteration fawarabbika lanasalannahum ajmaʿīna
Nepali ९२) तिम्रो पालनकर्ताको शपथ छ ! हामीले तिनीहरूसित अवश्य नै सोधपूछ गर्नेछौं ।
Verse 93
عَمَّا كَانُوا۟ يَعْمَلُونَ
Transliteration ʿammā kānū yaʿmalūna
Nepali ९३) ती कामहरूको बोरमा, जुन तिनीहरू गर्दै आएका छन् ।
Verse 94
فَٱصْدَعْ بِمَا تُؤْمَرُ وَأَعْرِضْ عَنِ ٱلْمُشْرِكِينَ
Transliteration fa-iṣ'daʿ bimā tu'maru wa-aʿriḍ ʿani l-mush'rikīna
Nepali ९४) तसर्थ जुन आदेश तपाईलाई प्राप्त भएको छ त्यो स्पष्टरूपमा सुनाइदिनुस् र मुश्रिकहरूसंग मुख फर्काइलिनुस् ।
Verse 95
إِنَّا كَفَيْنَـٰكَ ٱلْمُسْتَهْزِءِينَ
Transliteration innā kafaynāka l-mus'tahziīna
Nepali ९५) जो तपाईसँग मजाक गर्छन् उनीहरूको सजायको लागि हामी पर्याप्त छौं ।
Verse 96
ٱلَّذِينَ يَجْعَلُونَ مَعَ ٱللَّهِ إِلَـٰهًا ءَاخَرَ ۚ فَسَوْفَ يَعْلَمُونَ
Transliteration alladhīna yajʿalūna maʿa l-lahi ilāhan ākhara fasawfa yaʿlamūna
Nepali ९६) जसले अल्लाहको साथमा अरुलाई पूजनीय ठान्दछन्, तिनीहरूलाई छिटै थाहा भइहाल्ने छ ।
Verse 97
وَلَقَدْ نَعْلَمُ أَنَّكَ يَضِيقُ صَدْرُكَ بِمَا يَقُولُونَ
Transliteration walaqad naʿlamu annaka yaḍīqu ṣadruka bimā yaqūlūna
Nepali ९७) हामीलाई राम्ररी थाहा छ, कि तिनीहरूको कुराबाट तपाईको मन कति दिक्क हुन्छ ?
Verse 98
فَسَبِّحْ بِحَمْدِ رَبِّكَ وَكُن مِّنَ ٱلسَّـٰجِدِينَ
Transliteration fasabbiḥ biḥamdi rabbika wakun mina l-sājidīna
Nepali ९८) तपाईले आफ्नो पालनहारको गुणगान गर्दै गर्नुस् र सज्दा (ढोग) गर्नैहरूमा शम्मिलित रहनुस् ।
Verse 99
وَٱعْبُدْ رَبَّكَ حَتَّىٰ يَأْتِيَكَ ٱلْيَقِينُ
Transliteration wa-uʿ'bud rabbaka ḥattā yatiyaka l-yaqīnu
Nepali ९९) र आफ्नो पालनकर्ताको उपासना गर्दै जानुस्, जबसम्म तपाईको मृत्यु हुँदैन ।
Read Surah Al-Hijr in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.