Surah Al-Furqan in Nepali: translation and audio
Surah 25 · الفرقان · The Criterion · 77 verses
Surah Al-Furqan verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Al-Furqan word by word in English.
Verse 1
تَبَارَكَ ٱلَّذِى نَزَّلَ ٱلْفُرْقَانَ عَلَىٰ عَبْدِهِۦ لِيَكُونَ لِلْعَـٰلَمِينَ نَذِيرًا
Transliteration tabāraka alladhī nazzala l-fur'qāna ʿalā ʿabdihi liyakūna lil'ʿālamīna nadhīran
Nepali १) बडो बरकतवाला छ त्यो अल्लाह जसले यो ‘‘फुर्कान’’ आफ्नो भक्तमाथि अवतरित गर्यो, ताकि संसारका मानिसहरूलाई डराउन सकोस् ।
Verse 2
ٱلَّذِى لَهُۥ مُلْكُ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ وَلَمْ يَتَّخِذْ وَلَدًا وَلَمْ يَكُن لَّهُۥ شَرِيكٌ فِى ٱلْمُلْكِ وَخَلَقَ كُلَّ شَىْءٍ فَقَدَّرَهُۥ تَقْدِيرًا
Transliteration alladhī lahu mul'ku l-samāwāti wal-arḍi walam yattakhidh waladan walam yakun lahu sharīkun fī l-mul'ki wakhalaqa kulla shayin faqaddarahu taqdīran
Nepali २) उही अल्लाहको सत्ता छ आकाशहरू र धर्तीमा र उसको नकुनै सन्तान छ र नत सत्तामा उसको कोही साझेदार छ । त्यसले प्रत्येक वस्तुलाई सृष्टि गर्यो, र त्यसलाई ठीक क्रममा व्यवस्थित गर्यो ।
Verse 3
وَٱتَّخَذُوا۟ مِن دُونِهِۦٓ ءَالِهَةً لَّا يَخْلُقُونَ شَيْـًٔا وَهُمْ يُخْلَقُونَ وَلَا يَمْلِكُونَ لِأَنفُسِهِمْ ضَرًّا وَلَا نَفْعًا وَلَا يَمْلِكُونَ مَوْتًا وَلَا حَيَوٰةً وَلَا نُشُورًا
Transliteration wa-ittakhadhū min dūnihi ālihatan lā yakhluqūna shayan wahum yukh'laqūna walā yamlikūna li-anfusihim ḍarran walā nafʿan walā yamlikūna mawtan walā ḥayatan walā nushūran
Nepali ३) तिनीहरूले अल्लाह बाहेक अरुलाई पूज्य बनाएका छन्, जसले कुनै कुराको सृष्टि गर्दैनन्, बरु तिनीहरू स्वयम् सृष्टि गरिएका छन् ! उनीहरूलाई नत आफ्नो हानिको अधिकार प्राप्त छ नत लाभको । र उनीहरूलाई नत मृत्युको अधिकार प्राप्त छ नत जीवनको । र नत पुनः जीवित भई उठ्ने कुराको ।
Verse 4
وَقَالَ ٱلَّذِينَ كَفَرُوٓا۟ إِنْ هَـٰذَآ إِلَّآ إِفْكٌ ٱفْتَرَىٰهُ وَأَعَانَهُۥ عَلَيْهِ قَوْمٌ ءَاخَرُونَ ۖ فَقَدْ جَآءُو ظُلْمًا وَزُورًا
Transliteration waqāla alladhīna kafarū in hādhā illā if'kun if'tarāhu wa-aʿānahu ʿalayhi qawmun ākharūna faqad jāū ẓul'man wazūran
Nepali ४) र काफिरहरूले भन्दछन्ः कि यो (कुरआन) त उनैले बनाएको मनगढन्त कुरा हो, र अन्य मानिसहरूले यस काममा उसको सहायता गरेका हुन् । यी मानिसहरू वास्तवमा ठूलो अत्याचार र झूठको धरातलमा झरी सकेका छन् ।
Verse 5
وَقَالُوٓا۟ أَسَـٰطِيرُ ٱلْأَوَّلِينَ ٱكْتَتَبَهَا فَهِىَ تُمْلَىٰ عَلَيْهِ بُكْرَةً وَأَصِيلًا
Transliteration waqālū asāṭīru l-awalīna ik'tatabahā fahiya tum'lā ʿalayhi buk'ratan wa-aṣīlan
Nepali ५) र यो पनि भन्दछन्ः कि यो त अघिका मानिसहरूका कथाहरू हुन, जसलाई उसले लेखाइराखेको छ बस उही बिहान साँझ उनीहरू अगाडि पढेर सुनाइन्छ ।
Verse 6
قُلْ أَنزَلَهُ ٱلَّذِى يَعْلَمُ ٱلسِّرَّ فِى ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ ۚ إِنَّهُۥ كَانَ غَفُورًا رَّحِيمًا
Transliteration qul anzalahu alladhī yaʿlamu l-sira fī l-samāwāti wal-arḍi innahu kāna ghafūran raḥīman
Nepali ६) भनिदिनुस् त्यसलाई त उसले अवतरित गरेको छ, जो आकाशहरू र धर्तीमा लुकेका सबै कुरा जान्दछ । निःसन्देह ऊ बडो, क्षमाशिल, अत्यन्त दयावान छ ।
Verse 7
وَقَالُوا۟ مَالِ هَـٰذَا ٱلرَّسُولِ يَأْكُلُ ٱلطَّعَامَ وَيَمْشِى فِى ٱلْأَسْوَاقِ ۙ لَوْلَآ أُنزِلَ إِلَيْهِ مَلَكٌ فَيَكُونَ مَعَهُۥ نَذِيرًا
Transliteration waqālū māli hādhā l-rasūli yakulu l-ṭaʿāma wayamshī fī l-aswāqi lawlā unzila ilayhi malakun fayakūna maʿahu nadhīran
Nepali ७) र उनीहरू भन्दछन्ः कि यो कस्तो पैगम्बर हो जसले कि खाना खान्छ र बजारहरूमा हिड्डुल गर्दछ । यसको नजिक (हिदायतको निम्ति) कुनै स्वर्गदूत किन पठाइदैन कि ऊ पनि यसको साथ लागेर डराउनेवाला बन्थ्यो ।
Verse 8
أَوْ يُلْقَىٰٓ إِلَيْهِ كَنزٌ أَوْ تَكُونُ لَهُۥ جَنَّةٌ يَأْكُلُ مِنْهَا ۚ وَقَالَ ٱلظَّـٰلِمُونَ إِن تَتَّبِعُونَ إِلَّا رَجُلًا مَّسْحُورًا
Transliteration aw yul'qā ilayhi kanzun aw takūnu lahu jannatun yakulu min'hā waqāla l-ẓālimūna in tattabiʿūna illā rajulan masḥūran
Nepali ८) वा यसतिर कुनै खजाना पठाइन्थ्यो वा यसको कुनै बगैचा हुन्थ्यो जसबाट खान्थ्यो, र ती अत्याचारिहरूले भन्दछन्ः कि तिमी त यस्तो व्यक्तिको पछाडि हिँडिराखेका छौ जो जादूबाट प्रभावित छ ।
Verse 9
ٱنظُرْ كَيْفَ ضَرَبُوا۟ لَكَ ٱلْأَمْثَـٰلَ فَضَلُّوا۟ فَلَا يَسْتَطِيعُونَ سَبِيلًا
Transliteration unẓur kayfa ḍarabū laka l-amthāla faḍallū falā yastaṭīʿūna sabīlan
Nepali ९) हेर्नुस् त ! यिनीहरूले तपाईको बारेमा कस्ता कस्ता कुरा गर्दछन् । तसर्थ त्यसबाट यिनीहरू आफै पथविचलित भइरहेका छन् र कुनै हालतमा सही मार्ग प्राप्त गर्न सक्तैनन् ।
Verse 10
تَبَارَكَ ٱلَّذِىٓ إِن شَآءَ جَعَلَ لَكَ خَيْرًا مِّن ذَٰلِكَ جَنَّـٰتٍ تَجْرِى مِن تَحْتِهَا ٱلْأَنْهَـٰرُ وَيَجْعَل لَّكَ قُصُورًۢا
Transliteration tabāraka alladhī in shāa jaʿala laka khayran min dhālika jannātin tajrī min taḥtihā l-anhāru wayajʿal laka quṣūran
Nepali १०) अल्लाह धेरै बरकतावाला छ, जसले यदि चाहेको भए तपाईलाई यिनीहरूले भनेको भन्दा राम्रा बगैचाहरू प्रदान गर्दथ्यो जसमुनि नहरहरू बगिराखेका हुन्छन् र तपाईको निम्ति महल पनि बनाइदिने थियो ।
Verse 11
بَلْ كَذَّبُوا۟ بِٱلسَّاعَةِ ۖ وَأَعْتَدْنَا لِمَن كَذَّبَ بِٱلسَّاعَةِ سَعِيرًا
Transliteration bal kadhabū bil-sāʿati wa-aʿtadnā liman kadhaba bil-sāʿati saʿīran
Nepali ११) कुरो यो छ कि यिनीहरूले त कियामतलाई नै झूठो भनिराखेका छन् । र हामीले कियामतलाई झूठो भन्नेहरूको निम्ति नर्कमा आगो तयार राखेका छौं ।
Verse 12
إِذَا رَأَتْهُم مِّن مَّكَانٍۭ بَعِيدٍ سَمِعُوا۟ لَهَا تَغَيُّظًا وَزَفِيرًا
Transliteration idhā ra-athum min makānin baʿīdin samiʿū lahā taghayyuẓan wazafīran
Nepali १२) जब त्यसले (नर्कले) उनीहरूलाई टाढाबाट देख्नेछ, तब यिनीहरूले उसको भयङ्कर रिसको चित्कार सुन्नेछन् ।
Verse 13
وَإِذَآ أُلْقُوا۟ مِنْهَا مَكَانًا ضَيِّقًا مُّقَرَّنِينَ دَعَوْا۟ هُنَالِكَ ثُبُورًا
Transliteration wa-idhā ul'qū min'hā makānan ḍayyiqan muqarranīna daʿaw hunālika thubūran
Nepali १३) र जब यिनीहरू नर्कको कुनै साङ्गुरो ठाउँमा जंजीरमा हात पछाडि बाँधिएर फालिनेछन् तब (यिनीहरूले) त्यहाँ आफ्नो लागि मृत्युलाई पुकारने छन् ।
Verse 14
لَّا تَدْعُوا۟ ٱلْيَوْمَ ثُبُورًا وَٰحِدًا وَٱدْعُوا۟ ثُبُورًا كَثِيرًا
Transliteration lā tadʿū l-yawma thubūran wāḥidan wa-id'ʿū thubūran kathīran
Nepali १४) (उनी सित भनिनेछ) आज एउटा मृत्युलाई मात्र न पुकार, धेरै मृत्युहरूलाई पुकार ।
Verse 15
قُلْ أَذَٰلِكَ خَيْرٌ أَمْ جَنَّةُ ٱلْخُلْدِ ٱلَّتِى وُعِدَ ٱلْمُتَّقُونَ ۚ كَانَتْ لَهُمْ جَزَآءً وَمَصِيرًا
Transliteration qul adhālika khayrun am jannatu l-khul'di allatī wuʿida l-mutaqūna kānat lahum jazāan wamaṣīran
Nepali १५) तपाई भनिदिनुस् ! कि के यो उत्तम हो वा त्योे सधैंको जन्नत (स्वर्ग), जसको आत्मसंयमिहरूसित वाचा गरिएको छ । जो उनीहरूको (कर्मको) प्रतिफल हो र उनीहरूले बस्ने स्थान हुनेछ ।
Verse 16
لَّهُمْ فِيهَا مَا يَشَآءُونَ خَـٰلِدِينَ ۚ كَانَ عَلَىٰ رَبِّكَ وَعْدًا مَّسْـُٔولًا
Transliteration lahum fīhā mā yashāūna khālidīna kāna ʿalā rabbika waʿdan masūlan
Nepali १६) (त्यहाँ) तिनीहरू जे चाहन्छन्, उनीहरूको निम्ति त्यो उपलब्ध हुनेछ, सधैं त्यसमा बास गर्नेछन् । यो तिम्रो पालनकर्ताको जिम्मा यस्तो वचन हो जुन प्रार्थनीय छ ।
Verse 17
وَيَوْمَ يَحْشُرُهُمْ وَمَا يَعْبُدُونَ مِن دُونِ ٱللَّهِ فَيَقُولُ ءَأَنتُمْ أَضْلَلْتُمْ عِبَادِى هَـٰٓؤُلَآءِ أَمْ هُمْ ضَلُّوا۟ ٱلسَّبِيلَ
Transliteration wayawma yaḥshuruhum wamā yaʿbudūna min dūni l-lahi fayaqūlu a-antum aḍlaltum ʿibādī hāulāi am hum ḍallū l-sabīla
Nepali १७) र जुन दिन अल्लाहले यिनीहरूलाई र अल्लाह बाहेक यिनीहरूले जसको पूजा गर्दछन्, एकत्रित गरेर सोध्नेछ, कि के तिमीले मेरा यी सृष्टिहरूलाई विचलित गरेका थियौ वा यिनीहरू स्वयम् मार्गविचलित भएका थिए ?
Verse 18
قَالُوا۟ سُبْحَـٰنَكَ مَا كَانَ يَنۢبَغِى لَنَآ أَن نَّتَّخِذَ مِن دُونِكَ مِنْ أَوْلِيَآءَ وَلَـٰكِن مَّتَّعْتَهُمْ وَءَابَآءَهُمْ حَتَّىٰ نَسُوا۟ ٱلذِّكْرَ وَكَانُوا۟ قَوْمًۢا بُورًا
Transliteration qālū sub'ḥānaka mā kāna yanbaghī lanā an nattakhidha min dūnika min awliyāa walākin mattaʿtahum waābāahum ḥattā nasū l-dhik'ra wakānū qawman būran
Nepali १८) उनीहरूले जवाफ दिनेछन्ः कि पवित्र छौ तिमी, हामीलाई यो कुरा उचित थिएन कि तिमीलाई छाडी अरु कसैलाई पक्षधर (स्रष्टा) बनाऔं, कुरो यो छ कि तिमीले नै उनीहरूलाई र उनीहरूका बाबु बाजेलाई अत्यधिक सुख सामग्री प्रदान गर्यौ यहाँसम्म कि उनीहरूले तिम्रो उपदेशलाई बिर्सिदिए र यिनीहरू नष्ट हुनेहरू नै थिए ।
Verse 19
فَقَدْ كَذَّبُوكُم بِمَا تَقُولُونَ فَمَا تَسْتَطِيعُونَ صَرْفًا وَلَا نَصْرًا ۚ وَمَن يَظْلِم مِّنكُمْ نُذِقْهُ عَذَابًا كَبِيرًا
Transliteration faqad kadhabūkum bimā taqūlūna famā tastaṭīʿūna ṣarfan walā naṣran waman yaẓlim minkum nudhiq'hu ʿadhāban kabīran
Nepali १९) (काफिरहरू !) उनीहरूले त तिमीलाई तिम्रो सबै कुरामा झुठ्लाएका थिए । अब न तिमीमा यातनामा परिवर्तन गर्ने शक्ति छ र नकुनै सहायता नै पाउन सक्तछौ । र तिमीहरूमध्ये जस–जसले पनि अत्याचार गरेका छन् तिनलाई हामीले ठूलो यातनाको स्वाद चखाउँनेछौं ।
Verse 20
وَمَآ أَرْسَلْنَا قَبْلَكَ مِنَ ٱلْمُرْسَلِينَ إِلَّآ إِنَّهُمْ لَيَأْكُلُونَ ٱلطَّعَامَ وَيَمْشُونَ فِى ٱلْأَسْوَاقِ ۗ وَجَعَلْنَا بَعْضَكُمْ لِبَعْضٍ فِتْنَةً أَتَصْبِرُونَ ۗ وَكَانَ رَبُّكَ بَصِيرًا
Transliteration wamā arsalnā qablaka mina l-mur'salīna illā innahum layakulūna l-ṭaʿāma wayamshūna fī l-aswāqi wajaʿalnā baʿḍakum libaʿḍin fit'natan ataṣbirūna wakāna rabbuka baṣīran
Nepali २०) हामीले तपाईभन्दा पहिला जति पैगम्बरहरू पठाएका छौं, सबै खाना खानथे र बजारहरूमा हिंड्डुल गर्दथे र हामीले तिमीहरूमध्ये हरेकलाई एक अर्काको निम्ति परीक्षाको माध्यम बनायौं । के तिमीले धैर्य गर्दछौ ? तिम्रो पालनकर्ताले सबै (कुरा) देख्दछ ।
Verse 21
۞ وَقَالَ ٱلَّذِينَ لَا يَرْجُونَ لِقَآءَنَا لَوْلَآ أُنزِلَ عَلَيْنَا ٱلْمَلَـٰٓئِكَةُ أَوْ نَرَىٰ رَبَّنَا ۗ لَقَدِ ٱسْتَكْبَرُوا۟ فِىٓ أَنفُسِهِمْ وَعَتَوْ عُتُوًّا كَبِيرًا
Transliteration waqāla alladhīna lā yarjūna liqāanā lawlā unzila ʿalaynā l-malāikatu aw narā rabbanā laqadi is'takbarū fī anfusihim waʿataw ʿutuwwan kabīran
Nepali २१) र जुन मानिसहरूले हामीसित भेट्ने आशा राख्दैनन्, भन्दछन् कि हाम्रो निम्ति फरिश्ताहरू (स्वर्गदूत) किन उतारिएनन्? वा हामी आफ्नो पालनकर्तालाई (किन) आफ्नो आँखाले दैख्दैनौं ? यिनीहरूले आफैलाई ठूलो अहंकारी सम्झेका छन् र ठूलो विद्रोह गरिराखेका छन् ।
Verse 22
يَوْمَ يَرَوْنَ ٱلْمَلَـٰٓئِكَةَ لَا بُشْرَىٰ يَوْمَئِذٍ لِّلْمُجْرِمِينَ وَيَقُولُونَ حِجْرًا مَّحْجُورًا
Transliteration yawma yarawna l-malāikata lā bush'rā yawma-idhin lil'muj'rimīna wayaqūlūna ḥij'ran maḥjūran
Nepali २२) जुन दिन तिनीहरू फरिश्ताहरूलाई देख्नेछन् त्यो दिन अपराधीहरूको निम्ति कुनै खुशीको कुरा हुनेछैन र उनीहरू पुकार्ने छन् हामी बंचित नै वंचित भएका छौं ।
Verse 23
وَقَدِمْنَآ إِلَىٰ مَا عَمِلُوا۟ مِنْ عَمَلٍ فَجَعَلْنَـٰهُ هَبَآءً مَّنثُورًا
Transliteration waqadim'nā ilā mā ʿamilū min ʿamalin fajaʿalnāhu habāan manthūran
Nepali २३) र उनीहरूले जे–जे कर्म गरेका थिए त्यसतर्फ ध्यानाकर्षण भएमा हामीले तिनलाई व्यर्थ बनाइदिनेछौं ।
Verse 24
أَصْحَـٰبُ ٱلْجَنَّةِ يَوْمَئِذٍ خَيْرٌ مُّسْتَقَرًّا وَأَحْسَنُ مَقِيلًا
Transliteration aṣḥābu l-janati yawma-idhin khayrun mus'taqarran wa-aḥsanu maqīlan
Nepali २४) हो त्यस दिन जन्नतमा बस्नेहरूको बासस्थान राम्रो हुनेछ र आराम गर्ने ठाउँ पनि राम्रो हुनेछ ।
Verse 25
وَيَوْمَ تَشَقَّقُ ٱلسَّمَآءُ بِٱلْغَمَـٰمِ وَنُزِّلَ ٱلْمَلَـٰٓئِكَةُ تَنزِيلًا
Transliteration wayawma tashaqqaqu l-samāu bil-ghamāmi wanuzzila l-malāikatu tanzīlan
Nepali २५) र जुन दिन आकाश बादलको साथ फाट्ने (च्यात्ने) छ र फरिश्ताहरू निरन्तर अवतरित गराइनेछन् ।
Verse 26
ٱلْمُلْكُ يَوْمَئِذٍ ٱلْحَقُّ لِلرَّحْمَـٰنِ ۚ وَكَانَ يَوْمًا عَلَى ٱلْكَـٰفِرِينَ عَسِيرًا
Transliteration al-mul'ku yawma-idhin l-ḥaqu lilrraḥmāni wakāna yawman ʿalā l-kāfirīna ʿasīran
Nepali २६) त्यस दिन वास्तविक राज्य अल्लाहको हुनेछ । र इन्कार गर्नेहरूलाई त्यो दिन धेरै कठिन हुनेछ ।
Verse 27
وَيَوْمَ يَعَضُّ ٱلظَّالِمُ عَلَىٰ يَدَيْهِ يَقُولُ يَـٰلَيْتَنِى ٱتَّخَذْتُ مَعَ ٱلرَّسُولِ سَبِيلًا
Transliteration wayawma yaʿaḍḍu l-ẓālimu ʿalā yadayhi yaqūlu yālaytanī ittakhadhtu maʿa l-rasūli sabīlan
Nepali २७) त्यस दिन अत्याचारीले आफ्नो हात टोक्नेछ र भन्नेछः कि म रसूलको मार्गमा हिंडेको भए कति राम्रो हुने थियो ।
Verse 28
يَـٰوَيْلَتَىٰ لَيْتَنِى لَمْ أَتَّخِذْ فُلَانًا خَلِيلًا
Transliteration yāwaylatā laytanī lam attakhidh fulānan khalīlan
Nepali २८) अफशोच ! मैले अमुक व्यक्तिलाई मित्र नबनाएको भए राम्रो हुने थियो ।
Verse 29
لَّقَدْ أَضَلَّنِى عَنِ ٱلذِّكْرِ بَعْدَ إِذْ جَآءَنِى ۗ وَكَانَ ٱلشَّيْطَـٰنُ لِلْإِنسَـٰنِ خَذُولًا
Transliteration laqad aḍallanī ʿani l-dhik'ri baʿda idh jāanī wakāna l-shayṭānu lil'insāni khadhūlan
Nepali २९) त्यसले त मलाई त्यसपछि विचलित पारिदियो जबकि निर्देशन मेरो पासमा आइसकेको थियो । र शैतानले त समय आएपछि मनुष्यलाई धोखा दिने नै हो ।
Verse 30
وَقَالَ ٱلرَّسُولُ يَـٰرَبِّ إِنَّ قَوْمِى ٱتَّخَذُوا۟ هَـٰذَا ٱلْقُرْءَانَ مَهْجُورًا
Transliteration waqāla l-rasūlu yārabbi inna qawmī ittakhadhū hādhā l-qur'āna mahjūran
Nepali ३०) र पैगम्बरले भन्ने छन् कि हे मेरो पालनकर्ता निःसन्देह मेरो जातिबन्धुले यस कुरआनलाई त्यागिराखेका थिए ।
Verse 31
وَكَذَٰلِكَ جَعَلْنَا لِكُلِّ نَبِىٍّ عَدُوًّا مِّنَ ٱلْمُجْرِمِينَ ۗ وَكَفَىٰ بِرَبِّكَ هَادِيًا وَنَصِيرًا
Transliteration wakadhālika jaʿalnā likulli nabiyyin ʿaduwwan mina l-muj'rimīna wakafā birabbika hādiyan wanaṣīran
Nepali ३१) र यसैप्रकार हामीले प्रत्येक नबी (संदेष्टा) को निम्ति अपराधीहरूमध्येबाट शत्रु बनायौं । र मार्गदर्शन तथा सहायताको निम्ति त तिम्रो पालनहार नै पर्याप्त छ ।
Verse 32
وَقَالَ ٱلَّذِينَ كَفَرُوا۟ لَوْلَا نُزِّلَ عَلَيْهِ ٱلْقُرْءَانُ جُمْلَةً وَٰحِدَةً ۚ كَذَٰلِكَ لِنُثَبِّتَ بِهِۦ فُؤَادَكَ ۖ وَرَتَّلْنَـٰهُ تَرْتِيلًا
Transliteration waqāla alladhīna kafarū lawlā nuzzila ʿalayhi l-qur'ānu jum'latan wāḥidatan kadhālika linuthabbita bihi fuādaka warattalnāhu tartīlan
Nepali ३२) र जुन मानिसहरूले इन्कार गरे, उनीहरूको भनाई छ, कि उसमाथि सम्पूर्ण कुरआन एकैपटक किन अवतरित गरिएन ? यसकारण हामीले (अलि–अलि उतार्यौं) ताकि यसद्वारा तिम्रो हृदयलाई दृढ राखौं र हामीले यसलाई रुकी–रुकी नै पढेर सुनाएका हौं ।
Verse 33
وَلَا يَأْتُونَكَ بِمَثَلٍ إِلَّا جِئْنَـٰكَ بِٱلْحَقِّ وَأَحْسَنَ تَفْسِيرًا
Transliteration walā yatūnaka bimathalin illā ji'nāka bil-ḥaqi wa-aḥsana tafsīran
Nepali ३३) र यिनीहरूले तपाई सामु जुन उदाहरण ल्याउँने छन्, हामीले त्यसको सही र धेरै राम्रो जवाफ तपाईलाई बताइदिनेछौं ।
Verse 34
ٱلَّذِينَ يُحْشَرُونَ عَلَىٰ وُجُوهِهِمْ إِلَىٰ جَهَنَّمَ أُو۟لَـٰٓئِكَ شَرٌّ مَّكَانًا وَأَضَلُّ سَبِيلًا
Transliteration alladhīna yuḥ'sharūna ʿalā wujūhihim ilā jahannama ulāika sharrun makānan wa-aḍallu sabīlan
Nepali ३४) जुन मानिसहरू घोप्टो पारी नर्कतिर एकत्रित गरिनेछन्, उनीहरू नराम्रो बासस्थानवाला र पूरै विचलित बाटोवाला हुनेछन् ।
Verse 35
وَلَقَدْ ءَاتَيْنَا مُوسَى ٱلْكِتَـٰبَ وَجَعَلْنَا مَعَهُۥٓ أَخَاهُ هَـٰرُونَ وَزِيرًا
Transliteration walaqad ātaynā mūsā l-kitāba wajaʿalnā maʿahu akhāhu hārūna wazīran
Nepali ३५) र निःसन्देह हामीले मूसालाई किताब प्रदान गर्यौं र उनका सहयात्री भाइ हारूनलाई (मन्त्री) सहायक बनायौं ।
Verse 36
فَقُلْنَا ٱذْهَبَآ إِلَى ٱلْقَوْمِ ٱلَّذِينَ كَذَّبُوا۟ بِـَٔايَـٰتِنَا فَدَمَّرْنَـٰهُمْ تَدْمِيرًا
Transliteration faqul'nā idh'habā ilā l-qawmi alladhīna kadhabū biāyātinā fadammarnāhum tadmīran
Nepali ३६) र भन्यौं कि तिमी दुवै ती मानिसहरूतिर जाऊ, जसले हाम्रो आयतहरूलाई असत्य भनिरहेका छन् । फेरि हामीले उनीहरूलाई पूरै नष्ट गरिहाल्यौं ।
Verse 37
وَقَوْمَ نُوحٍ لَّمَّا كَذَّبُوا۟ ٱلرُّسُلَ أَغْرَقْنَـٰهُمْ وَجَعَلْنَـٰهُمْ لِلنَّاسِ ءَايَةً ۖ وَأَعْتَدْنَا لِلظَّـٰلِمِينَ عَذَابًا أَلِيمًا
Transliteration waqawma nūḥin lammā kadhabū l-rusula aghraqnāhum wajaʿalnāhum lilnnāsi āyatan wa-aʿtadnā lilẓẓālimīna ʿadhāban alīman
Nepali ३७) र ‘‘नूहको’’ जातिबन्धुले पनि जब पैगम्बरहरूलाई झूठा भने, तब हामीले उनलाई डुबाइदियौं र उनीहरूलाइ मानिसहरूको निम्ति शिक्षा लिने निशानी बनाइदियौं र अत्याचारीहरूको निम्ति हामीले दुःखद् यातना तयार गरिसकेका छौं ।
Verse 38
وَعَادًا وَثَمُودَا۟ وَأَصْحَـٰبَ ٱلرَّسِّ وَقُرُونًۢا بَيْنَ ذَٰلِكَ كَثِيرًا
Transliteration waʿādan wathamūdā wa-aṣḥāba l-rasi waqurūnan bayna dhālika kathīran
Nepali ३८) र ‘‘आद’’ र ‘‘समूद’’ का जातिबन्धुहरू र इनारवालाहरू र उनीहरूको बीचमा भएका धेरै समूहहरूलाई पनि नष्ट गरिहाल्यौं ।
Verse 39
وَكُلًّا ضَرَبْنَا لَهُ ٱلْأَمْثَـٰلَ ۖ وَكُلًّا تَبَّرْنَا تَتْبِيرًا
Transliteration wakullan ḍarabnā lahu l-amthāla wakullan tabbarnā tatbīran
Nepali ३९) र सबैलाई (सम्झाउनको) निम्ति हामीले उदाहरण बयान गर्यौं र फेरिः प्रत्येकलाई हामीले नष्ट गरिदियौं ।
Verse 40
وَلَقَدْ أَتَوْا۟ عَلَى ٱلْقَرْيَةِ ٱلَّتِىٓ أُمْطِرَتْ مَطَرَ ٱلسَّوْءِ ۚ أَفَلَمْ يَكُونُوا۟ يَرَوْنَهَا ۚ بَلْ كَانُوا۟ لَا يَرْجُونَ نُشُورًا
Transliteration walaqad ataw ʿalā l-qaryati allatī um'ṭirat maṭara l-sawi afalam yakūnū yarawnahā bal kānū lā yarjūna nushūran
Nepali ४०) यिनीहरूले त्यस बस्तीको नजिकबाट पनि अवागमन गरिराखेका छन्, जसमाथि नराम्रो वृष्टि गराइएको थियो, तत्पश्चात पनि के उनीहरूले त्यसलाई देखिराखेका छैनन्,? (होइन) बरु वास्तविकता यो हो कि उनीहरू दोस्रो पटक जीवित भई उठ्ने आशा नै गरिराखेका छैनन् ?
Verse 41
وَإِذَا رَأَوْكَ إِن يَتَّخِذُونَكَ إِلَّا هُزُوًا أَهَـٰذَا ٱلَّذِى بَعَثَ ٱللَّهُ رَسُولًا
Transliteration wa-idhā ra-awka in yattakhidhūnaka illā huzuwan ahādhā alladhī baʿatha l-lahu rasūlan
Nepali ४१) र यिनीहरूले जब तपाईलाई देख्छन्, (त्यतिखेर) तपाईको उपहास गर्दछन्, कि के यही त्यो मानिस हो, जसलाई अल्लाहले पैगम्बर (संदेष्टा) बनाएर पठाएको छ ?
Verse 42
إِن كَادَ لَيُضِلُّنَا عَنْ ءَالِهَتِنَا لَوْلَآ أَن صَبَرْنَا عَلَيْهَا ۚ وَسَوْفَ يَعْلَمُونَ حِينَ يَرَوْنَ ٱلْعَذَابَ مَنْ أَضَلُّ سَبِيلًا
Transliteration in kāda layuḍillunā ʿan ālihatinā lawlā an ṣabarnā ʿalayhā wasawfa yaʿlamūna ḥīna yarawna l-ʿadhāba man aḍallu sabīlan
Nepali ४२) यसले त हामीलाई हाम्रा पूज्यहरूबाट विमुख नै पारिदिने थियो, यदि हामी उनीहरूमा दृढ नभएको भए र तिनीहरूले जब यातना देख्नेछन् तब शीघ्र नै उनीहरूलाई थाहा भइहाल्ने छ, कि मार्गबाट को पूरै विचलित भएको थियो ।
Verse 43
أَرَءَيْتَ مَنِ ٱتَّخَذَ إِلَـٰهَهُۥ هَوَىٰهُ أَفَأَنتَ تَكُونُ عَلَيْهِ وَكِيلًا
Transliteration ara-ayta mani ittakhadha ilāhahu hawāhu afa-anta takūnu ʿalayhi wakīlan
Nepali ४३) के तपाईले त्यस व्यक्तिलाई पनि देख्नुभयो, जसले आफ्नो इच्छापूर्तिलाई नै आफ्नो पूज्य बनाइरहेको छ, त के तपाई त्यसको जिम्मेदार बन्नु हुनेछ ?
Verse 44
أَمْ تَحْسَبُ أَنَّ أَكْثَرَهُمْ يَسْمَعُونَ أَوْ يَعْقِلُونَ ۚ إِنْ هُمْ إِلَّا كَٱلْأَنْعَـٰمِ ۖ بَلْ هُمْ أَضَلُّ سَبِيلًا
Transliteration am taḥsabu anna aktharahum yasmaʿūna aw yaʿqilūna in hum illā kal-anʿāmi bal hum aḍallu sabīlan
Nepali ४४) के तपाईले यही सोच्नु्हुन्छ कि उनीहरूमध्ये धेरैले सुन्दछन्, र बुझ्दछन् ? उनीहरू त एकदम चौपायाहरू जस्तै छन्, बरु तिनीहरूभन्दा पनि धेरै पथभ्रष्ट ।
Verse 45
أَلَمْ تَرَ إِلَىٰ رَبِّكَ كَيْفَ مَدَّ ٱلظِّلَّ وَلَوْ شَآءَ لَجَعَلَهُۥ سَاكِنًا ثُمَّ جَعَلْنَا ٱلشَّمْسَ عَلَيْهِ دَلِيلًا
Transliteration alam tara ilā rabbika kayfa madda l-ẓila walaw shāa lajaʿalahu sākinan thumma jaʿalnā l-shamsa ʿalayhi dalīlan
Nepali ४५) के तपाईले देख्नु भएन कि तपाईको पालनहारले छाँयालाई कसरी लम्ब्याएर फिजाइदिनु भएकोछ र यदि त्यसले चाहेको भए (छाँयालाई) स्थिर राख्न सक्दथ्यो । अनि सूर्यलाई त्यसमाथि प्रमाण बनाइदियौं ।
Verse 46
ثُمَّ قَبَضْنَـٰهُ إِلَيْنَا قَبْضًا يَسِيرًا
Transliteration thumma qabaḍnāhu ilaynā qabḍan yasīran
Nepali ४६) अनि हामीले त्यसलाई बिस्तारै–बिस्तारै आफ्नोतर्फ तानिहाल्यौं ।
Verse 47
وَهُوَ ٱلَّذِى جَعَلَ لَكُمُ ٱلَّيْلَ لِبَاسًا وَٱلنَّوْمَ سُبَاتًا وَجَعَلَ ٱلنَّهَارَ نُشُورًا
Transliteration wahuwa alladhī jaʿala lakumu al-layla libāsan wal-nawma subātan wajaʿala l-nahāra nushūran
Nepali ४७) र उही त हो, जसले रातलाई तिम्रो निम्ति पर्दा (वस्त्र) र निद्रालाई सर्वथा विश्राम बनायो र दिनलाई व्युंझि उठ्ने समय बनायो ।
Verse 48
وَهُوَ ٱلَّذِىٓ أَرْسَلَ ٱلرِّيَـٰحَ بُشْرًۢا بَيْنَ يَدَىْ رَحْمَتِهِۦ ۚ وَأَنزَلْنَا مِنَ ٱلسَّمَآءِ مَآءً طَهُورًا
Transliteration wahuwa alladhī arsala l-riyāḥa bush'ran bayna yaday raḥmatihi wa-anzalnā mina l-samāi māan ṭahūran
Nepali ४८) र उहि त हो, जसले आफ्नो दयालुताको वर्षा अगाडि हावाहरूलाई खुशीयालीको सूचना दिन पठाउँछ र हामीले आकाशबाट पवित्र पानीको वृष्टि गर्दछौं ।
Verse 49
لِّنُحْـِۧىَ بِهِۦ بَلْدَةً مَّيْتًا وَنُسْقِيَهُۥ مِمَّا خَلَقْنَآ أَنْعَـٰمًا وَأَنَاسِىَّ كَثِيرًا
Transliteration linuḥ'yiya bihi baldatan maytan wanus'qiyahu mimmā khalaqnā anʿāman wa-anāsiyya kathīran
Nepali ४९) ताकि यसबाट मृत शहरलाई जीवित गरौं, र त्यसलाई धेरै जसो चौपायाहरू र मानिसहरूलाई जसलाई हामीले सृष्टि गरेकाछौं पिलाऔं ।
Verse 50
وَلَقَدْ صَرَّفْنَـٰهُ بَيْنَهُمْ لِيَذَّكَّرُوا۟ فَأَبَىٰٓ أَكْثَرُ ٱلنَّاسِ إِلَّا كُفُورًا
Transliteration walaqad ṣarrafnāhu baynahum liyadhakkarū fa-abā aktharu l-nāsi illā kufūran
Nepali ५०) र निःसंदेह हामीले यस (कुरआन) लाई विभिन्न तरिकाले मानिसहरूमा वर्णन गर्यौं ताकि उनीहरू ध्यान दिउन् । तर धेरै जसो मानिसहरूले कृतध्न भएर त्यसलाई मानेनन् ।
Verse 51
وَلَوْ شِئْنَا لَبَعَثْنَا فِى كُلِّ قَرْيَةٍ نَّذِيرًا
Transliteration walaw shi'nā labaʿathnā fī kulli qaryatin nadhīran
Nepali ५१) र यदि हामीले चाहेको भए हरेक बस्तीमा एक–एक डराउनेवाला पठाइदिन्थ्यौं ।
Verse 52
فَلَا تُطِعِ ٱلْكَـٰفِرِينَ وَجَـٰهِدْهُم بِهِۦ جِهَادًا كَبِيرًا
Transliteration falā tuṭiʿi l-kāfirīna wajāhid'hum bihi jihādan kabīran
Nepali ५२) तसर्थ तपाई इन्कार गर्नेहरूको भनाई नमान्नुस् र यस (कुरआन) द्वारा उनीहरूसित पूरै शक्तिको साथ ठूलो जिहाद गर्नुस् ।
Verse 53
۞ وَهُوَ ٱلَّذِى مَرَجَ ٱلْبَحْرَيْنِ هَـٰذَا عَذْبٌ فُرَاتٌ وَهَـٰذَا مِلْحٌ أُجَاجٌ وَجَعَلَ بَيْنَهُمَا بَرْزَخًا وَحِجْرًا مَّحْجُورًا
Transliteration wahuwa alladhī maraja l-baḥrayni hādhā ʿadhbun furātun wahādhā mil'ḥun ujājun wajaʿala baynahumā barzakhan waḥij'ran maḥjūran
Nepali ५३) र उहि त हो, जसले दुई सागरलाई मिलाइराखेको छ, एउटा मीठो छ, तिर्खा मेटाउनेवाला र अर्को नुनिलो छ छाति पोल्नेवाला, र दुवैको बीचमा एउटा पर्दा र बलियो अवरोध बनाइदियो ।
Verse 54
وَهُوَ ٱلَّذِى خَلَقَ مِنَ ٱلْمَآءِ بَشَرًا فَجَعَلَهُۥ نَسَبًا وَصِهْرًا ۗ وَكَانَ رَبُّكَ قَدِيرًا
Transliteration wahuwa alladhī khalaqa mina l-māi basharan fajaʿalahu nasaban waṣih'ran wakāna rabbuka qadīran
Nepali ५४) र उही त हो, जसले पानीबाट मनुष्यको सृष्टि गर्यो । अनि उसलाई वंशानुगत सम्बन्धहरू र ससुराली नातावाला बनायो । र निःसन्देह तिम्रो पालनहार बडो सामथ्र्यवान छ ।
Verse 55
وَيَعْبُدُونَ مِن دُونِ ٱللَّهِ مَا لَا يَنفَعُهُمْ وَلَا يَضُرُّهُمْ ۗ وَكَانَ ٱلْكَافِرُ عَلَىٰ رَبِّهِۦ ظَهِيرًا
Transliteration wayaʿbudūna min dūni l-lahi mā lā yanfaʿuhum walā yaḍurruhum wakāna l-kāfiru ʿalā rabbihi ẓahīran
Nepali ५५) यिनीहरू अल्लाहलाई छाडि यस्तोको पूजा गर्दछन्, कि जसले उनलाई नत फाइदा पुर्याउन सक्छ नत नोक्सान, र काफिरहरू त छदैछन् आफ्नो पालनकर्ताको विरोधी र अरुको (शैतानको) मदद गर्नेवाला ।
Verse 56
وَمَآ أَرْسَلْنَـٰكَ إِلَّا مُبَشِّرًا وَنَذِيرًا
Transliteration wamā arsalnāka illā mubashiran wanadhīran
Nepali ५६) र हामीले त तपाईलाई एउटा शुभसूचना दिनेवाला र सचेतकर्ता बनाएर पठाएका छौं ।
Verse 57
قُلْ مَآ أَسْـَٔلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ إِلَّا مَن شَآءَ أَن يَتَّخِذَ إِلَىٰ رَبِّهِۦ سَبِيلًا
Transliteration qul mā asalukum ʿalayhi min ajrin illā man shāa an yattakhidha ilā rabbihi sabīlan
Nepali ५७) भनिदिनुस् कि म यस कुरआन पुर्याउने कामको निम्ति तिमीसित कुनै पारिश्रमिक माग्दिन । (यस बाहेक कि) जसले चाहन्छ आफ्नो पालनकर्तातिर जाने मार्ग अपनाइहालोस् ।
Verse 58
وَتَوَكَّلْ عَلَى ٱلْحَىِّ ٱلَّذِى لَا يَمُوتُ وَسَبِّحْ بِحَمْدِهِۦ ۚ وَكَفَىٰ بِهِۦ بِذُنُوبِ عِبَادِهِۦ خَبِيرًا
Transliteration watawakkal ʿalā l-ḥayi alladhī lā yamūtu wasabbiḥ biḥamdihi wakafā bihi bidhunūbi ʿibādihi khabīran
Nepali ५८) त्यस (अल्लाह)माथि भरोसा गर जो अमर छ र उसको पवित्रताको गुणगान गर र ऊ आफ्ना दासहरूका पापहरूको पूर्ण जानकारी राख्दछ ।
Verse 59
ٱلَّذِى خَلَقَ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضَ وَمَا بَيْنَهُمَا فِى سِتَّةِ أَيَّامٍ ثُمَّ ٱسْتَوَىٰ عَلَى ٱلْعَرْشِ ۚ ٱلرَّحْمَـٰنُ فَسْـَٔلْ بِهِۦ خَبِيرًا
Transliteration alladhī khalaqa l-samāwāti wal-arḍa wamā baynahumā fī sittati ayyāmin thumma is'tawā ʿalā l-ʿarshi l-raḥmānu fasal bihi khabīran
Nepali ५९) उसैले आकाशहरू र धरतीलाई र जे जति उनीहरूको बीचमा छ ६ दिनमा सृष्टि गर्यो, अनि सिंहासन (अर्श) माथि उच्च भयो, ऊ बडो दयावान छ, तसर्थ उसको बारेमा कुनै जानकारसँग सोध ।
Verse 60
وَإِذَا قِيلَ لَهُمُ ٱسْجُدُوا۟ لِلرَّحْمَـٰنِ قَالُوا۟ وَمَا ٱلرَّحْمَـٰنُ أَنَسْجُدُ لِمَا تَأْمُرُنَا وَزَادَهُمْ نُفُورًا ۩
Transliteration wa-idhā qīla lahumu us'judū lilrraḥmāni qālū wamā l-raḥmānu anasjudu limā tamurunā wazādahum nufūran
Nepali ६०) जब यिनीसित भनिन्छः कि अल्लाह–रहमानलाई ढोग तब उनीहरू भन्छन्ः कि रहमान भनेको के हो ? के जसको बारेमा तपाई भन्नुहुन्छ, उसैलाई हामीले ढोगौं ? र यस आमन्त्रणले उनको घृणालाई अझ बृद्धि गरिदिन्छ ।
Verse 61
تَبَارَكَ ٱلَّذِى جَعَلَ فِى ٱلسَّمَآءِ بُرُوجًا وَجَعَلَ فِيهَا سِرَٰجًا وَقَمَرًا مُّنِيرًا
Transliteration tabāraka alladhī jaʿala fī l-samāi burūjan wajaʿala fīhā sirājan waqamaran munīran
Nepali ६१) त्यो बडो कल्याणकारी छ, जसले आकाशमा बुर्ज (नक्षत्र) बनायो र त्यसमा एउटा सूर्य र एउटा टल्किराखेको चन्द्र बनायो ।
Verse 62
وَهُوَ ٱلَّذِى جَعَلَ ٱلَّيْلَ وَٱلنَّهَارَ خِلْفَةً لِّمَنْ أَرَادَ أَن يَذَّكَّرَ أَوْ أَرَادَ شُكُورًا
Transliteration wahuwa alladhī jaʿala al-layla wal-nahāra khil'fatan liman arāda an yadhakkara aw arāda shukūran
Nepali ६२) र उसैले रात र दिनलाई एक अर्काको पछि लागिरहनेवाला बनायो, त्यस व्यक्तिको उपदेशको लागि जो चेतना चाहन्छ वा कृतज्ञ हुन चाहन्छ ।
Verse 63
وَعِبَادُ ٱلرَّحْمَـٰنِ ٱلَّذِينَ يَمْشُونَ عَلَى ٱلْأَرْضِ هَوْنًا وَإِذَا خَاطَبَهُمُ ٱلْجَـٰهِلُونَ قَالُوا۟ سَلَـٰمًا
Transliteration waʿibādu l-raḥmāni alladhīna yamshūna ʿalā l-arḍi hawnan wa-idhā khāṭabahumu l-jāhilūna qālū salāman
Nepali ६३) अल्लाहका प्रिय दासहरू ती हुन् जो धरतीमा नम्रतापूर्वक हिंड्छन् र जब अज्ञानीहरू उनीहरूको सम्मुख अज्ञानतापूर्ण कुरा गर्दछन् त उनीहरूले सलाम होस् भन्दछन् ।
Verse 64
وَٱلَّذِينَ يَبِيتُونَ لِرَبِّهِمْ سُجَّدًا وَقِيَـٰمًا
Transliteration wa-alladhīna yabītūna lirabbihim sujjadan waqiyāman
Nepali ६४) र जो आफ्नो पालनकर्ताको अगाडि ढोग्दै र उभिनेगरी रातहरू व्यतीत गर्दछन् ।
Verse 65
وَٱلَّذِينَ يَقُولُونَ رَبَّنَا ٱصْرِفْ عَنَّا عَذَابَ جَهَنَّمَ ۖ إِنَّ عَذَابَهَا كَانَ غَرَامًا
Transliteration wa-alladhīna yaqūlūna rabbanā iṣ'rif ʿannā ʿadhāba jahannama inna ʿadhābahā kāna gharāman
Nepali ६५) र जसले यो प्रार्थना गर्दछन्ः कि हे हाम्रो पालनकर्ता ! नर्कको यातनालाई हामीबाट टाढा गरिदेऊ । निश्चय नै उसको यातना धेरै दुःखदायी छ ।
Verse 66
إِنَّهَا سَآءَتْ مُسْتَقَرًّا وَمُقَامًا
Transliteration innahā sāat mus'taqarran wamuqāman
Nepali ६६) र निश्चय नै त्यो बस्ने दृष्टिकोणले नराम्रो छ र स्थानको दृष्टिकोणले पनि ।
Verse 67
وَٱلَّذِينَ إِذَآ أَنفَقُوا۟ لَمْ يُسْرِفُوا۟ وَلَمْ يَقْتُرُوا۟ وَكَانَ بَيْنَ ذَٰلِكَ قَوَامًا
Transliteration wa-alladhīna idhā anfaqū lam yus'rifū walam yaqturū wakāna bayna dhālika qawāman
Nepali ६७) र जसले खर्चगर्दा न अपव्यय गर्दछन् र नत कन्जूस्याई बरु उनीहरू यी दुवैको बीचमा रही संतुलित खर्च गर्दछन् ।
Verse 68
وَٱلَّذِينَ لَا يَدْعُونَ مَعَ ٱللَّهِ إِلَـٰهًا ءَاخَرَ وَلَا يَقْتُلُونَ ٱلنَّفْسَ ٱلَّتِى حَرَّمَ ٱللَّهُ إِلَّا بِٱلْحَقِّ وَلَا يَزْنُونَ ۚ وَمَن يَفْعَلْ ذَٰلِكَ يَلْقَ أَثَامًا
Transliteration wa-alladhīna lā yadʿūna maʿa l-lahi ilāhan ākhara walā yaqtulūna l-nafsa allatī ḥarrama l-lahu illā bil-ḥaqi walā yaznūna waman yafʿal dhālika yalqa athāman
Nepali ६८) र जसले अल्लाहको साथमा कुनै अर्को पूज्यलाई पुकार्दैनन् र नाहक कुनै जीवलाई जसको हत्यालाई अल्लाहले वर्जित गरेको छ, मार्दैनन् । र न उनीहरू व्यभिचार गर्दछन् । र जसले यो काम गर्नेछ, गम्भीर पापको दण्डमा पर्नेछ ।
Verse 69
يُضَـٰعَفْ لَهُ ٱلْعَذَابُ يَوْمَ ٱلْقِيَـٰمَةِ وَيَخْلُدْ فِيهِۦ مُهَانًا
Transliteration yuḍāʿaf lahu l-ʿadhābu yawma l-qiyāmati wayakhlud fīhi muhānan
Nepali ६९) कियामतको दिन उसलाई दुईगुणा यातना हुनेछ र ऊ अपमानित भई सधैं त्यसमा रहनेछ ।
Verse 70
إِلَّا مَن تَابَ وَءَامَنَ وَعَمِلَ عَمَلًا صَـٰلِحًا فَأُو۟لَـٰٓئِكَ يُبَدِّلُ ٱللَّهُ سَيِّـَٔاتِهِمْ حَسَنَـٰتٍ ۗ وَكَانَ ٱللَّهُ غَفُورًا رَّحِيمًا
Transliteration illā man tāba waāmana waʿamila ʿamalan ṣāliḥan fa-ulāika yubaddilu l-lahu sayyiātihim ḥasanātin wakāna l-lahu ghafūran raḥīman
Nepali ७०) तर ती मानिसहरू बाहेक जसले तौबा (प्रायश्चित) गरे र विश्वास गरे र असल कर्म गरे, त यस्ता मानिसहरूको पापहरूलाई अल्लाह सत्कर्महरूमा परिणत गरिदिनेछ र अल्लाह त अत्यन्त क्षमाशिल दयावान छ ।
Verse 71
وَمَن تَابَ وَعَمِلَ صَـٰلِحًا فَإِنَّهُۥ يَتُوبُ إِلَى ٱللَّهِ مَتَابًا
Transliteration waman tāba waʿamila ṣāliḥan fa-innahu yatūbu ilā l-lahi matāban
Nepali ७१) र जसले तौबा गर्यो र असल कर्म गर्यो त निःसन्देह त्यो अल्लाहतिर नै प्रवृत हुन्छ ।
Verse 72
وَٱلَّذِينَ لَا يَشْهَدُونَ ٱلزُّورَ وَإِذَا مَرُّوا۟ بِٱللَّغْوِ مَرُّوا۟ كِرَامًا
Transliteration wa-alladhīna lā yashhadūna l-zūra wa-idhā marrū bil-laghwi marrū kirāman
Nepali ७२) र जो झूठो साक्षी दिदैनन् र जब कुनै व्यर्थका कुराहरूको समीप आउँछन्, त सज्जनता पूर्वक गइहाल्छन् ।
Verse 73
وَٱلَّذِينَ إِذَا ذُكِّرُوا۟ بِـَٔايَـٰتِ رَبِّهِمْ لَمْ يَخِرُّوا۟ عَلَيْهَا صُمًّا وَعُمْيَانًا
Transliteration wa-alladhīna idhā dhukkirū biāyāti rabbihim lam yakhirrū ʿalayhā ṣumman waʿum'yānan
Nepali ७३) र जब उनीहरूलाई पालनकर्ताका आयतहरू सुनाइन्छ त ती (आयतहरू) माथि उनीहरूले अन्धा र बहिरा जस्तो हुँदैनन् ।
Verse 74
وَٱلَّذِينَ يَقُولُونَ رَبَّنَا هَبْ لَنَا مِنْ أَزْوَٰجِنَا وَذُرِّيَّـٰتِنَا قُرَّةَ أَعْيُنٍ وَٱجْعَلْنَا لِلْمُتَّقِينَ إِمَامًا
Transliteration wa-alladhīna yaqūlūna rabbanā hab lanā min azwājinā wadhurriyyātinā qurrata aʿyunin wa-ij'ʿalnā lil'muttaqīna imāman
Nepali ७४) र विन्ति गर्दछन् कि हे पालनकर्ता ! हामीलाई हाम्रा आफ्ना पत्नीहरूबाट र सन्तानहरूबाट आँखाको शीतलता प्रदान गर र हामीलाई आत्मसंयमीहरूको नायक बनाइदेऊ ।
Verse 75
أُو۟لَـٰٓئِكَ يُجْزَوْنَ ٱلْغُرْفَةَ بِمَا صَبَرُوا۟ وَيُلَقَّوْنَ فِيهَا تَحِيَّةً وَسَلَـٰمًا
Transliteration ulāika yuj'zawna l-ghur'fata bimā ṣabarū wayulaqqawna fīhā taḥiyyatan wasalāman
Nepali ७५) यिनीहरू नै हुन कि जसलाई उनीहरूको धैर्यको प्रति दानस्वरूप (स्वर्गमा) अग्ला–अग्ला महल प्रदान गरिनेछ र त्यहाँ (स्वर्गदूत) उनीहरूलाई दुआ र सलामको साथ स्वागत गर्नेछन् ।
Verse 76
خَـٰلِدِينَ فِيهَا ۚ حَسُنَتْ مُسْتَقَرًّا وَمُقَامًا
Transliteration khālidīna fīhā ḥasunat mus'taqarran wamuqāman
Nepali ७६) त्यसमा तिनीहरू सधैं रहनेछन् र त्यो बासको निम्ति साह्रै राम्रो र उत्तम ठाउँ हो ।
Verse 77
قُلْ مَا يَعْبَؤُا۟ بِكُمْ رَبِّى لَوْلَا دُعَآؤُكُمْ ۖ فَقَدْ كَذَّبْتُمْ فَسَوْفَ يَكُونُ لِزَامًۢا
Transliteration qul mā yaʿba-u bikum rabbī lawlā duʿāukum faqad kadhabtum fasawfa yakūnu lizāman
Nepali ७७) भनिदिनुस् कि यदि तिम्रो प्रार्थना (पुकार) नभएको भए मेरो पालनकर्ताले तिम्रो कुनै वास्ता गर्ने थिएन । तिमीले त झूठो भनिसकेका छौ तसर्थ त्यसको यातना अवश्य नै तिमीसँग (आई) टाँसिनेछ ।
Read Surah Al-Furqan in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.