MyDugsiStart learning

Surah Yusuf in Nepali: translation and audio

Surah 12 · يوسف · Joseph · 111 verses

Surah Yusuf verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Yusuf word by word in English.

Verse 1

الٓر ۚ تِلْكَ ءَايَـٰتُ ٱلْكِتَـٰبِ ٱلْمُبِينِ

Transliteration alif-lam-ra til'ka āyātu l-kitābi l-mubīni

Nepali १) अलिफ–लाम–रा, यो स्पष्ट ग्रन्थका आयतहरू (श्लोकहरू) हुन् ।

Verse 2

إِنَّآ أَنزَلْنَـٰهُ قُرْءَٰنًا عَرَبِيًّا لَّعَلَّكُمْ تَعْقِلُونَ

Transliteration innā anzalnāhu qur'ānan ʿarabiyyan laʿallakum taʿqilūna

Nepali २) निःसन्देह हामीले यस कुरआनलाई अरबीमा उतारेका छौं ताकि तिमीले बुझ्न सक ।

Verse 3

نَحْنُ نَقُصُّ عَلَيْكَ أَحْسَنَ ٱلْقَصَصِ بِمَآ أَوْحَيْنَآ إِلَيْكَ هَـٰذَا ٱلْقُرْءَانَ وَإِن كُنتَ مِن قَبْلِهِۦ لَمِنَ ٱلْغَـٰفِلِينَ

Transliteration naḥnu naquṣṣu ʿalayka aḥsana l-qaṣaṣi bimā awḥaynā ilayka hādhā l-qur'āna wa-in kunta min qablihi lamina l-ghāfilīna

Nepali ३) हामी तपाई सामु सर्वोत्कृष्ट बृतान्त प्रस्तुत गर्दछौं, यस कारण कि हामीले तपाईतिर यो कुरआन वह्यको माध्यमबाट उतारेकाछौं र निःसन्देह यसभन्दा अगाडि तपाई अज्ञानहरूमध्येका हुनुहुन्थ्यो ।

Verse 4

إِذْ قَالَ يُوسُفُ لِأَبِيهِ يَـٰٓأَبَتِ إِنِّى رَأَيْتُ أَحَدَ عَشَرَ كَوْكَبًا وَٱلشَّمْسَ وَٱلْقَمَرَ رَأَيْتُهُمْ لِى سَـٰجِدِينَ

Transliteration idh qāla yūsufu li-abīhi yāabati innī ra-aytu aḥada ʿashara kawkaban wal-shamsa wal-qamara ra-aytuhum lī sājidīna

Nepali ४) जब यूसुफले आफ्नो पितासँग भने कि बुबा ! मैले (सपनामा) एघारा ताराहरू, र सूर्य र चन्द्र देखेको छु कि तिनीहरूले मलाई ढोगिराखेका छन् ।

Verse 5

قَالَ يَـٰبُنَىَّ لَا تَقْصُصْ رُءْيَاكَ عَلَىٰٓ إِخْوَتِكَ فَيَكِيدُوا۟ لَكَ كَيْدًا ۖ إِنَّ ٱلشَّيْطَـٰنَ لِلْإِنسَـٰنِ عَدُوٌّ مُّبِينٌ

Transliteration qāla yābunayya lā taqṣuṣ ru'yāka ʿalā ikh'watika fayakīdū laka kaydan inna l-shayṭāna lil'insāni ʿaduwwun mubīnun

Nepali ५) यअ्कूबले भने प्यारो छोरा ! आफ्नो यस सपनाको चर्चा आफ्ना दाजुभाइहरूसँग नगर्नु, नत्र तिनीहरू तिम्रो लागि षड्यन्त्रपूर्ण चाल चल्नेछन् । कुनै सन्देह छैन कि शैतान मानिसको स्पष्टरूपमा शत्रु हो ।

Verse 6

وَكَذَٰلِكَ يَجْتَبِيكَ رَبُّكَ وَيُعَلِّمُكَ مِن تَأْوِيلِ ٱلْأَحَادِيثِ وَيُتِمُّ نِعْمَتَهُۥ عَلَيْكَ وَعَلَىٰٓ ءَالِ يَعْقُوبَ كَمَآ أَتَمَّهَا عَلَىٰٓ أَبَوَيْكَ مِن قَبْلُ إِبْرَٰهِيمَ وَإِسْحَـٰقَ ۚ إِنَّ رَبَّكَ عَلِيمٌ حَكِيمٌ

Transliteration wakadhālika yajtabīka rabbuka wayuʿallimuka min tawīli l-aḥādīthi wayutimmu niʿ'matahu ʿalayka waʿalā āli yaʿqūba kamā atammahā ʿalā abawayka min qablu ib'rāhīma wa-is'ḥāqa inna rabbaka ʿalīmun ḥakīmun

Nepali ६) र यसै प्रकार अल्लाहले तिमीलाई विशेष रूपमा रोज्नेछ, र सपनाको अर्थको ज्ञान गराउनेछ, र जुन किसिमले उसले आफ्नो वरदान अघि तिम्रो बाजे–बराजु, इब्राहीम तथा ‘‘इस्हाक’’ लाई प्रदान गरेको थियो, त्यसै प्रकारले तिमीमाथि र यअ्कूबको सन्ततिलाई पनि प्रदान गर्नेछ । निःसन्देह तिम्रो पालनकर्ता (सर्व) ज्ञाता र तत्वदर्शी छ ।

Verse 7

۞ لَّقَدْ كَانَ فِى يُوسُفَ وَإِخْوَتِهِۦٓ ءَايَـٰتٌ لِّلسَّآئِلِينَ

Transliteration laqad kāna fī yūsufa wa-ikh'watihi āyātun lilssāilīna

Nepali ७) हो, यूसुफ र तिनका दाजुभाइहरूमा सोध गर्ने मानिसहरूका निम्ति धेरै निशानीहरू छन् ।

Verse 8

إِذْ قَالُوا۟ لَيُوسُفُ وَأَخُوهُ أَحَبُّ إِلَىٰٓ أَبِينَا مِنَّا وَنَحْنُ عُصْبَةٌ إِنَّ أَبَانَا لَفِى ضَلَـٰلٍ مُّبِينٍ

Transliteration idh qālū layūsufu wa-akhūhu aḥabbu ilā abīnā minnā wanaḥnu ʿuṣ'batun inna abānā lafī ḍalālin mubīnin

Nepali ८) जब तिनीहरूले (आपसमा) चर्चा गरेः कि यूसुफ र उनको भाइ पितालाई हामीभन्दा धेरै प्रिय छन् । हुन त हामीहरू शक्तिशाली जत्तथा छौं, निश्चय नै हाम्रा पिता ठूलो भ्रममा हुनुहुन्छ ।

Verse 9

ٱقْتُلُوا۟ يُوسُفَ أَوِ ٱطْرَحُوهُ أَرْضًا يَخْلُ لَكُمْ وَجْهُ أَبِيكُمْ وَتَكُونُوا۟ مِنۢ بَعْدِهِۦ قَوْمًا صَـٰلِحِينَ

Transliteration uq'tulū yūsufa awi iṭ'raḥūhu arḍan yakhlu lakum wajhu abīkum watakūnū min baʿdihi qawman ṣāliḥīna

Nepali ९) तसर्थ यूसुफलाई त मारिहाल वा कुनै अज्ञात ठाउँमा फालिहाल, जसबाट तिम्रो पिताज्यूको ध्यान मात्र तिमीतिर हुनेछ, र यस पश्चात तिमी राम्रो अवस्थामा भइहाल ।

Verse 10

قَالَ قَآئِلٌ مِّنْهُمْ لَا تَقْتُلُوا۟ يُوسُفَ وَأَلْقُوهُ فِى غَيَـٰبَتِ ٱلْجُبِّ يَلْتَقِطْهُ بَعْضُ ٱلسَّيَّارَةِ إِن كُنتُمْ فَـٰعِلِينَ

Transliteration qāla qāilun min'hum lā taqtulū yūsufa wa-alqūhu fī ghayābati l-jubi yaltaqiṭ'hu baʿḍu l-sayārati in kuntum fāʿilīna

Nepali १०) तिनीहरूमध्ये एउटाले भन्योः ‘‘कि यूसुफको ज्यान नमार, बरु गहिरो इनारमा फालिदेऊ यसरी कि कुनै बटुवाले निकालेर लैजाओस् । यदि तिमीले गर्नुछ भने यसरी नै गर ।’’

Verse 11

قَالُوا۟ يَـٰٓأَبَانَا مَا لَكَ لَا تَأْمَ۫نَّا عَلَىٰ يُوسُفَ وَإِنَّا لَهُۥ لَنَـٰصِحُونَ

Transliteration qālū yāabānā mā laka lā tamannā ʿalā yūsufa wa-innā lahu lanāṣiḥūna

Nepali ११) भन्न थालेकिः ‘‘पिताज्यू ! के कारण छ कि हजुरले यूसुफको बारेमा हामीलाई विश्वास गर्नुहुन्न, जबकि हामी उसका शुभचिन्तक हौं ।’’

Verse 12

أَرْسِلْهُ مَعَنَا غَدًا يَرْتَعْ وَيَلْعَبْ وَإِنَّا لَهُۥ لَحَـٰفِظُونَ

Transliteration arsil'hu maʿanā ghadan yartaʿ wayalʿab wa-innā lahu laḥāfiẓūna

Nepali १२) भोलि उसलाई खूबै आनन्द गर्न, खेल्न र खानपीन गर्न हाम्रो साथमा पठाइदिनुस् । हामी उसको सुरक्षाको जिम्मेवार छौं ।

Verse 13

قَالَ إِنِّى لَيَحْزُنُنِىٓ أَن تَذْهَبُوا۟ بِهِۦ وَأَخَافُ أَن يَأْكُلَهُ ٱلذِّئْبُ وَأَنتُمْ عَنْهُ غَـٰفِلُونَ

Transliteration qāla innī layaḥzununī an tadhhabū bihi wa-akhāfu an yakulahu l-dhi'bu wa-antum ʿanhu ghāfilūna

Nepali १३) यअ्कूब (अलैहिस्सलाम)ले भनेः ‘‘कि यो कुरा मलाई दुःखी तुल्याइदिन्छ कि तिमीहरूले उसलाई लग, र मलाई यो पनि डर छ, कि तिम्रो असावधानीबाट उसलाई ब्वाँसोले खाइदिनेछ ।

Verse 14

قَالُوا۟ لَئِنْ أَكَلَهُ ٱلذِّئْبُ وَنَحْنُ عُصْبَةٌ إِنَّآ إِذًا لَّخَـٰسِرُونَ

Transliteration qālū la-in akalahu l-dhi'bu wanaḥnu ʿuṣ'batun innā idhan lakhāsirūna

Nepali १४) तिनीहरूले भने कि हाम्रो शक्तिशाली उपस्थितिमा पनि यदि उसलाई ब्वाँसोले खायो भने त हामी पूर्ण बेकम्मा हुनेछौं ।

Verse 15

فَلَمَّا ذَهَبُوا۟ بِهِۦ وَأَجْمَعُوٓا۟ أَن يَجْعَلُوهُ فِى غَيَـٰبَتِ ٱلْجُبِّ ۚ وَأَوْحَيْنَآ إِلَيْهِ لَتُنَبِّئَنَّهُم بِأَمْرِهِمْ هَـٰذَا وَهُمْ لَا يَشْعُرُونَ

Transliteration falammā dhahabū bihi wa-ajmaʿū an yajʿalūhu fī ghayābati l-jubi wa-awḥaynā ilayhi latunabbi-annahum bi-amrihim hādhā wahum lā yashʿurūna

Nepali १५) फेरि जब तिनीहरूले उनलाई लगे, र सबै एकमत भए कि उनलाई एउटा एकान्तको गहिरो इनारमा हालिदियौ, त हामीले यूसुफ (अलैस्सिलाम) तिर त्यही सन्देश पठायांै कि एक समय यस्तो आउँनेछ कि तिमीले तिनीहरूसित यसको बारेमा भन्नेछौ र तिनीहरूलाई तिम्रो बारेमा कुनै ज्ञान हुनेछैन ।

Verse 16

وَجَآءُوٓ أَبَاهُمْ عِشَآءً يَبْكُونَ

Transliteration wajāū abāhum ʿishāan yabkūna

Nepali १६) तिनीहरू रातिको समयमा पिताको समीपमा रुँदै आए ।

Verse 17

قَالُوا۟ يَـٰٓأَبَانَآ إِنَّا ذَهَبْنَا نَسْتَبِقُ وَتَرَكْنَا يُوسُفَ عِندَ مَتَـٰعِنَا فَأَكَلَهُ ٱلذِّئْبُ ۖ وَمَآ أَنتَ بِمُؤْمِنٍ لَّنَا وَلَوْ كُنَّا صَـٰدِقِينَ

Transliteration qālū yāabānā innā dhahabnā nastabiqu wataraknā yūsufa ʿinda matāʿinā fa-akalahu l-dhi'bu wamā anta bimu'minin lanā walaw kunnā ṣādiqīna

Nepali १७) र भन्नथालेः ‘‘कि पिताज्यू ! हामी त परस्पर दगुर्नुमा एक अर्कासित अगाडि हुनुमा लागिहाल्यौं, र यूसुफलाई आफ्नो सामानको नजिकमा छाड्दियौं, अनि ब्वाँसोले उसलाई खाइहाल्यो हाम्रो कुरालाई तपाईले पत्याउनुहुन्न, जबकि हामीले सत्य भनिराखेका छौं ।

Verse 18

وَجَآءُو عَلَىٰ قَمِيصِهِۦ بِدَمٍ كَذِبٍ ۚ قَالَ بَلْ سَوَّلَتْ لَكُمْ أَنفُسُكُمْ أَمْرًا ۖ فَصَبْرٌ جَمِيلٌ ۖ وَٱللَّهُ ٱلْمُسْتَعَانُ عَلَىٰ مَا تَصِفُونَ

Transliteration wajāū ʿalā qamīṣihi bidamin kadhibin qāla bal sawwalat lakum anfusukum amran faṣabrun jamīlun wal-lahu l-mus'taʿānu ʿalā mā taṣifūna

Nepali १८) र यूसुफको कमिजमा झूठो रगतको दागपनि लगाएर ल्याएका थिए । पिताले भने यो होइन, बरु तिमीहरू आफैंले मनगढन्ते कुरा बनाएर ल्याएका छौ । त राम्रो धैर्य नै उचित छ र जे तिमीले भनिराखेका छौ त्यस सम्बन्धमा अल्लाहबाट नै मद्दत चाहिन्छ ।

Verse 19

وَجَآءَتْ سَيَّارَةٌ فَأَرْسَلُوا۟ وَارِدَهُمْ فَأَدْلَىٰ دَلْوَهُۥ ۖ قَالَ يَـٰبُشْرَىٰ هَـٰذَا غُلَـٰمٌ ۚ وَأَسَرُّوهُ بِضَـٰعَةً ۚ وَٱللَّهُ عَلِيمٌۢ بِمَا يَعْمَلُونَ

Transliteration wajāat sayyāratun fa-arsalū wāridahum fa-adlā dalwahu qāla yābush'rā hādhā ghulāmun wa-asarrūhu biḍāʿatan wal-lahu ʿalīmun bimā yaʿmalūna

Nepali १९) एउटा यात्रुहरूको समूह आयो, र तिनीहरू पानी लिने मान्छे पठाए । त्यसले इनारमा बाल्टी हाल्यो र भन्यो आहा ! कति राम्रो भाग्य । यो त एउटा केटो रहेछ र त्यसलाई एउटा मूल्यवान सम्पत्ति ठानेर उनीहरूले लुकाइहाले र जेजति तिनीहरूले गर्दथे अल्लाहलाई सबै थाहा थियो ।

Verse 20

وَشَرَوْهُ بِثَمَنٍۭ بَخْسٍ دَرَٰهِمَ مَعْدُودَةٍ وَكَانُوا۟ فِيهِ مِنَ ٱلزَّٰهِدِينَ

Transliteration washarawhu bithamanin bakhsin darāhima maʿdūdatin wakānū fīhi mina l-zāhidīna

Nepali २०) र उसलाई उनीहरूले सानो मूल्यमा केही दिरहमहरूमा बेचीहाले, तिनीहरूको त यूसुफको बारेमा केही चाहना थिएन ।

Verse 21

وَقَالَ ٱلَّذِى ٱشْتَرَىٰهُ مِن مِّصْرَ لِٱمْرَأَتِهِۦٓ أَكْرِمِى مَثْوَىٰهُ عَسَىٰٓ أَن يَنفَعَنَآ أَوْ نَتَّخِذَهُۥ وَلَدًا ۚ وَكَذَٰلِكَ مَكَّنَّا لِيُوسُفَ فِى ٱلْأَرْضِ وَلِنُعَلِّمَهُۥ مِن تَأْوِيلِ ٱلْأَحَادِيثِ ۚ وَٱللَّهُ غَالِبٌ عَلَىٰٓ أَمْرِهِۦ وَلَـٰكِنَّ أَكْثَرَ ٱلنَّاسِ لَا يَعْلَمُونَ

Transliteration waqāla alladhī ish'tarāhu min miṣ'ra li-im'ra-atihi akrimī mathwāhu ʿasā an yanfaʿanā aw nattakhidhahu waladan wakadhālika makkannā liyūsufa fī l-arḍi walinuʿallimahu min tawīli l-aḥādīthi wal-lahu ghālibun ʿalā amrihi walākinna akthara l-nāsi lā yaʿlamūna

Nepali २१) र मिस्रको जुन व्यक्तिले उनलाई किन्यो, त्यसले आफ्नो स्वास्नीसित, भन्यो कि यसलाई, आदर र सम्मानपूर्वक राख । धेरै संभव छ यसले हाम्रो भलो गरोस् अथवा हामीले यसलाई आफ्नो छोराको रूपमा स्वीकार गरिहालौं । यस प्रकार हामीले यूसुफलाई (मिस्रको) धर्तीमा स्थान प्रदान गर्यौं, र उद्देश्य यो थियो कि हामीले उनलाई सपनाका कुराहरूको अर्थ सिकाऔं । र अल्लाह आफ्नो काममा सर्वशक्ति सम्पन्न छ, तर धेरै मानिसहरू जान्दैनन् ।

Verse 22

وَلَمَّا بَلَغَ أَشُدَّهُۥٓ ءَاتَيْنَـٰهُ حُكْمًا وَعِلْمًا ۚ وَكَذَٰلِكَ نَجْزِى ٱلْمُحْسِنِينَ

Transliteration walammā balagha ashuddahu ātaynāhu ḥuk'man waʿil'man wakadhālika najzī l-muḥ'sinīna

Nepali २२) र जब उनले आफ्नो वयस्क अवस्था प्राप्त गरे, तब हामीले उनलाई शक्ति र ज्ञान प्रदान गर्यौं, र असल कर्म गर्नेहरूलाई हामीले यस्तै किसिमले पुरस्कार प्रदान गर्ने गर्दछौं ।

Verse 23

وَرَٰوَدَتْهُ ٱلَّتِى هُوَ فِى بَيْتِهَا عَن نَّفْسِهِۦ وَغَلَّقَتِ ٱلْأَبْوَٰبَ وَقَالَتْ هَيْتَ لَكَ ۚ قَالَ مَعَاذَ ٱللَّهِ ۖ إِنَّهُۥ رَبِّىٓ أَحْسَنَ مَثْوَاىَ ۖ إِنَّهُۥ لَا يُفْلِحُ ٱلظَّـٰلِمُونَ

Transliteration warāwadathu allatī huwa fī baytihā ʿan nafsihi waghallaqati l-abwāba waqālat hayta laka qāla maʿādha l-lahi innahu rabbī aḥsana mathwāya innahu lā yuf'liḥu l-ẓālimūna

Nepali २३) तर जुन स्त्रीको घरमा यूसुफ बस्दथे, उसले आफूतिर आकृष्ट गर्न खोजी र ढोका थुनि भन्नथाली (यूसुफ !) छिटो आऊ । उनले भने कि अल्लाहले, शरण प्रदान गरोस्, उही मेरो पालनकर्ता हो, उसले मलाई राम्ररी राखेको छ निःसन्देह अत्याचारी मानिसहरू कहिल्यै सफलता प्राप्त गर्दैनन् ।

Verse 24

وَلَقَدْ هَمَّتْ بِهِۦ ۖ وَهَمَّ بِهَا لَوْلَآ أَن رَّءَا بُرْهَـٰنَ رَبِّهِۦ ۚ كَذَٰلِكَ لِنَصْرِفَ عَنْهُ ٱلسُّوٓءَ وَٱلْفَحْشَآءَ ۚ إِنَّهُۥ مِنْ عِبَادِنَا ٱلْمُخْلَصِينَ

Transliteration walaqad hammat bihi wahamma bihā lawlā an raā bur'hāna rabbihi kadhālika linaṣrifa ʿanhu l-sūa wal-faḥshāa innahu min ʿibādinā l-mukh'laṣīna

Nepali २४) र त्यस स्त्रीले उत्सुकतापूर्वक उनको कामना गरी र उनले पनि त्यसको इच्छा गरिहाल्थे यदि उनले आफ्नो पालनकर्ताको निशानी नदेखेको भए । यस्तो यसकारणले कि हामीले उनलाई नराम्रो र लज्जाजनक कुरोबाट टाडा राख्न सकौं । निःसन्देह ऊ हाम्रो विशिष्ट सेवकहरूमध्येको थियो ।

Verse 25

وَٱسْتَبَقَا ٱلْبَابَ وَقَدَّتْ قَمِيصَهُۥ مِن دُبُرٍ وَأَلْفَيَا سَيِّدَهَا لَدَا ٱلْبَابِ ۚ قَالَتْ مَا جَزَآءُ مَنْ أَرَادَ بِأَهْلِكَ سُوٓءًا إِلَّآ أَن يُسْجَنَ أَوْ عَذَابٌ أَلِيمٌ

Transliteration wa-is'tabaqā l-bāba waqaddat qamīṣahu min duburin wa-alfayā sayyidahā ladā l-bābi qālat mā jazāu man arāda bi-ahlika sūan illā an yus'jana aw ʿadhābun alīmun

Nepali २५) दुवै ढोकातिर दगुरे र ती महिलाले उनको कमिज पछाडिबाट समाती च्यातिहाली, र दुवैको ढोकानिर ती स्त्रीको पतिसित भेट भइहाल्यो, अनि भन्नथाली कि जुन मानिसले तिम्रो स्वास्नीप्रति यस्तो नराम्रो भावना राख्दछ, उसको दण्ड यो छ कि उसलाई कैद गरियोस् अथवा अरु कुनै दुःखपूर्ण सजाय दिइयोस् ।

Verse 26

قَالَ هِىَ رَٰوَدَتْنِى عَن نَّفْسِى ۚ وَشَهِدَ شَاهِدٌ مِّنْ أَهْلِهَآ إِن كَانَ قَمِيصُهُۥ قُدَّ مِن قُبُلٍ فَصَدَقَتْ وَهُوَ مِنَ ٱلْكَـٰذِبِينَ

Transliteration qāla hiya rāwadatnī ʿan nafsī washahida shāhidun min ahlihā in kāna qamīṣuhu qudda min qubulin faṣadaqat wahuwa mina l-kādhibīna

Nepali २६) यूसुफले भनेः यस स्वास्नी मानिसले नै मलाई आफूतिर बहकाउन खोजेको थियो र सोही महिलाको आफन्तहरूमध्ये एकजना गवाहले यो भन्योः कि यदि उसको कमिज अगाडिबाट च्यातिएको छ भने यो साँचो छे र यूसुफ झूठ बोल्ने हो ।

Verse 27

وَإِن كَانَ قَمِيصُهُۥ قُدَّ مِن دُبُرٍ فَكَذَبَتْ وَهُوَ مِنَ ٱلصَّـٰدِقِينَ

Transliteration wa-in kāna qamīṣuhu qudda min duburin fakadhabat wahuwa mina l-ṣādiqīna

Nepali २७) र यदि कमिज पछाडिबाट च्यातिएको छ भने यो स्त्री झूठो (छे) र यूसुफ साँचो हो ।

Verse 28

فَلَمَّا رَءَا قَمِيصَهُۥ قُدَّ مِن دُبُرٍ قَالَ إِنَّهُۥ مِن كَيْدِكُنَّ ۖ إِنَّ كَيْدَكُنَّ عَظِيمٌ

Transliteration falammā raā qamīṣahu qudda min duburin qāla innahu min kaydikunna inna kaydakunna ʿaẓīmun

Nepali २८) तसर्थ जब उसले देख्योः कि कमिज पछाडिबाट च्यातिएको छ, तब उसले भन्योः कि यो तिम्रै षडयन्त्र हो र सन्देह छैन तिमी आईमाईहरूको चालबाजी ठूलो हुन्छ ।

Verse 29

يُوسُفُ أَعْرِضْ عَنْ هَـٰذَا ۚ وَٱسْتَغْفِرِى لِذَنۢبِكِ ۖ إِنَّكِ كُنتِ مِنَ ٱلْخَاطِـِٔينَ

Transliteration yūsufu aʿriḍ ʿan hādhā wa-is'taghfirī lidhanbiki innaki kunti mina l-khāṭiīna

Nepali २९) यूसुफ ! यस कुराको तिमी वास्ता नगर र स्त्री ! तिमी आफ्नो दुष्कर्मको निम्ति क्षमायाचना गर, निःसन्देह दोष तिम्रो नै छ ।

Verse 30

۞ وَقَالَ نِسْوَةٌ فِى ٱلْمَدِينَةِ ٱمْرَأَتُ ٱلْعَزِيزِ تُرَٰوِدُ فَتَىٰهَا عَن نَّفْسِهِۦ ۖ قَدْ شَغَفَهَا حُبًّا ۖ إِنَّا لَنَرَىٰهَا فِى ضَلَـٰلٍ مُّبِينٍ

Transliteration waqāla nis'watun fī l-madīnati im'ra-atu l-ʿazīzi turāwidu fatāhā ʿan nafsihi qad shaghafahā ḥubban innā lanarāhā fī ḍalālin mubīnin

Nepali ३०) र शहरमा आईमाईहरूले कुरा गर्न थालिन् कि ‘‘अजीजकी’’ स्वास्नी आफ्नो युवा दासलाई आफूतिर प्रवृत्त गर्न चाहन्छिन्, र यूसुफको माया उसको हृदयलाई गहिरो रूपमा प्रभावित गरिसकेको छ । हामीले देख्दछौ कि त्यो सरासर मार्गविचलित भइराखेकी छे ।

Verse 31

فَلَمَّا سَمِعَتْ بِمَكْرِهِنَّ أَرْسَلَتْ إِلَيْهِنَّ وَأَعْتَدَتْ لَهُنَّ مُتَّكَـًٔا وَءَاتَتْ كُلَّ وَٰحِدَةٍ مِّنْهُنَّ سِكِّينًا وَقَالَتِ ٱخْرُجْ عَلَيْهِنَّ ۖ فَلَمَّا رَأَيْنَهُۥٓ أَكْبَرْنَهُۥ وَقَطَّعْنَ أَيْدِيَهُنَّ وَقُلْنَ حَـٰشَ لِلَّهِ مَا هَـٰذَا بَشَرًا إِنْ هَـٰذَآ إِلَّا مَلَكٌ كَرِيمٌ

Transliteration falammā samiʿat bimakrihinna arsalat ilayhinna wa-aʿtadat lahunna muttaka-an waātat kulla wāḥidatin min'hunna sikkīnan waqālati ukh'ruj ʿalayhinna falammā ra-aynahu akbarnahu waqaṭṭaʿna aydiyahunna waqul'na ḥāsha lillahi mā hādhā basharan in hādhā illā malakun karīmun

Nepali ३१) उसले (जुलेखाले) जब यी आईमाईहरूको मक्कारीको कुरा सुन्यो, तब उनलाई बोलाउन सन्देश पठायो, र उनको लागि बैठकको आयोजना गर्याे, र हरेकलाई एउटा एउटा छुरी दियो, र भन्यो कि हे यूसुफ उनको सामुन्ने आऊ, जब आईमाईहरूले देखिन् त आश्चर्यचकित भइन् र आफ्नो हात काटिहालिन् । र उनीहरूले भनिन् कि अल्लाह धन्य छ ! यो मनुष्य होइन, अवश्य कुनै मर्यादित स्वर्गदूत हो ।

Verse 32

قَالَتْ فَذَٰلِكُنَّ ٱلَّذِى لُمْتُنَّنِى فِيهِ ۖ وَلَقَدْ رَٰوَدتُّهُۥ عَن نَّفْسِهِۦ فَٱسْتَعْصَمَ ۖ وَلَئِن لَّمْ يَفْعَلْ مَآ ءَامُرُهُۥ لَيُسْجَنَنَّ وَلَيَكُونًا مِّنَ ٱلصَّـٰغِرِينَ

Transliteration qālat fadhālikunna alladhī lum'tunnanī fīhi walaqad rāwadttuhu ʿan nafsihi fa-is'taʿṣama wala-in lam yafʿal mā āmuruhu layus'jananna walayakūnan mina l-ṣāghirīna

Nepali ३२) अनि अजीजे मिस्रकी पत्नीले भनी, यो त्यही हो जसको बारेमा तिमीहरूले मलाई दोष लगाउँदैथ्यौ र निःसन्देह मैले उसलाई आफूतिर प्रवृत्त गर्न खोजेको हो, तर यो विचलित भएन र यदि यसले त्यो काम गर्दैन जुन मैले यसलाई भनें त यो बन्दी बनाइनेछ र अपमानित हुनेछ ।

Verse 33

قَالَ رَبِّ ٱلسِّجْنُ أَحَبُّ إِلَىَّ مِمَّا يَدْعُونَنِىٓ إِلَيْهِ ۖ وَإِلَّا تَصْرِفْ عَنِّى كَيْدَهُنَّ أَصْبُ إِلَيْهِنَّ وَأَكُن مِّنَ ٱلْجَـٰهِلِينَ

Transliteration qāla rabbi l-sij'nu aḥabbu ilayya mimmā yadʿūnanī ilayhi wa-illā taṣrif ʿannī kaydahunna aṣbu ilayhinna wa-akun mina l-jāhilīna

Nepali ३३) यूसुफले प्रार्थना गरे कि हे मेरो पालनकर्ता ! जुन कामतिर यिनीहरूले मलाई बोलाइराखेछिन् त्यसको सट्टामा मलाई कैद स्वीकार छ, र एकदम यदि तिमीले मबाट उनीहरूको षड्यन्त्र हटाएनौ भने म तिनीहरूतिर प्रवृत्त भइहाल्नेछु र अज्ञानीहरूमध्येको भइहाल्नेछु ।

Verse 34

فَٱسْتَجَابَ لَهُۥ رَبُّهُۥ فَصَرَفَ عَنْهُ كَيْدَهُنَّ ۚ إِنَّهُۥ هُوَ ٱلسَّمِيعُ ٱلْعَلِيمُ

Transliteration fa-is'tajāba lahu rabbuhu faṣarafa ʿanhu kaydahunna innahu huwa l-samīʿu l-ʿalīmu

Nepali ३४) अनि अल्लाहले उनको प्रार्थना स्वीकार गरिहाल्यो, र उनीबाट आईमाईहरूको जाल समाप्त गरिहाल्यो । निःसन्देह ऊ सुन्ने (र) जान्नेवाला छ ।

Verse 35

ثُمَّ بَدَا لَهُم مِّنۢ بَعْدِ مَا رَأَوُا۟ ٱلْـَٔايَـٰتِ لَيَسْجُنُنَّهُۥ حَتَّىٰ حِينٍ

Transliteration thumma badā lahum min baʿdi mā ra-awū l-āyāti layasjununnahu ḥattā ḥīnin

Nepali ३५) तर यसको बावजूद कि तिनीहरूले धेरै निशानीहरू देखिसकेका थिए तैपनि उनीहरू यसै कुरामा सहमत भएकि केही दिनको लागि कैदमा नै राखियोस् ।

Verse 36

وَدَخَلَ مَعَهُ ٱلسِّجْنَ فَتَيَانِ ۖ قَالَ أَحَدُهُمَآ إِنِّىٓ أَرَىٰنِىٓ أَعْصِرُ خَمْرًا ۖ وَقَالَ ٱلْـَٔاخَرُ إِنِّىٓ أَرَىٰنِىٓ أَحْمِلُ فَوْقَ رَأْسِى خُبْزًا تَأْكُلُ ٱلطَّيْرُ مِنْهُ ۖ نَبِّئْنَا بِتَأْوِيلِهِۦٓ ۖ إِنَّا نَرَىٰكَ مِنَ ٱلْمُحْسِنِينَ

Transliteration wadakhala maʿahu l-sij'na fatayāni qāla aḥaduhumā innī arānī aʿṣiru khamran waqāla l-ākharu innī arānī aḥmilu fawqa rasī khub'zan takulu l-ṭayru min'hu nabbi'nā bitawīlihi innā narāka mina l-muḥ'sinīna

Nepali ३६) र उनको साथमा अरु दुई युवकहरू पनि जेलमा प्रवेश गरे । तिनीहरूमध्ये एउटाले भन्यो कि मैले सपना देखेको छुः कि म मदिराको निम्ति अंगूर निचोरिराखेको छु । अर्कोले भन्योः कि मैले पनि सपना देखेको छु मैले आफ्नो टाउकोमा रोटीहरू बोकेको छु र पंक्षीहरूले त्यसबाट खाइराखेका छन् । तसर्थ हामीलाई यसको अर्थ भनिदिनुस् किनभने हामीले तपाईलाई असल मानिसको रूपमा देखिराखेका छौं ।

Verse 37

قَالَ لَا يَأْتِيكُمَا طَعَامٌ تُرْزَقَانِهِۦٓ إِلَّا نَبَّأْتُكُمَا بِتَأْوِيلِهِۦ قَبْلَ أَن يَأْتِيَكُمَا ۚ ذَٰلِكُمَا مِمَّا عَلَّمَنِى رَبِّىٓ ۚ إِنِّى تَرَكْتُ مِلَّةَ قَوْمٍ لَّا يُؤْمِنُونَ بِٱللَّهِ وَهُم بِٱلْـَٔاخِرَةِ هُمْ كَـٰفِرُونَ

Transliteration qāla lā yatīkumā ṭaʿāmun tur'zaqānihi illā nabbatukumā bitawīlihi qabla an yatiyakumā dhālikumā mimmā ʿallamanī rabbī innī taraktu millata qawmin lā yu'minūna bil-lahi wahum bil-ākhirati hum kāfirūna

Nepali ३७) यूसुफले भनेः कि जुन खाना तिमीलाई प्राप्त हुनेवाला छ, त्यो आउनुभन्दा अगाडि नै मैले तिमीलाई त्यसको अर्थ र वास्तविकता भनिदिनेछु । यी ती कुराहरूमध्येका हुन्, जुन मेरो पालनकर्ताले मलाई सिकाउनु भएको छ । जुन मानिसहरू अल्लाहमाथि विश्वास गर्दैनन् र परलोकको दिनलाई नकार्दछन्, मैले तिनीहरूको धर्म छोडिसकेको छु ।

Verse 38

وَٱتَّبَعْتُ مِلَّةَ ءَابَآءِىٓ إِبْرَٰهِيمَ وَإِسْحَـٰقَ وَيَعْقُوبَ ۚ مَا كَانَ لَنَآ أَن نُّشْرِكَ بِٱللَّهِ مِن شَىْءٍ ۚ ذَٰلِكَ مِن فَضْلِ ٱللَّهِ عَلَيْنَا وَعَلَى ٱلنَّاسِ وَلَـٰكِنَّ أَكْثَرَ ٱلنَّاسِ لَا يَشْكُرُونَ

Transliteration wa-ittabaʿtu millata ābāī ib'rāhīma wa-is'ḥāqa wayaʿqūba mā kāna lanā an nush'rika bil-lahi min shayin dhālika min faḍli l-lahi ʿalaynā waʿalā l-nāsi walākinna akthara l-nāsi lā yashkurūna

Nepali ३८) र आफ्ना पुर्खाहरू, ‘‘ईब्राहीम’’ र ‘‘इस्हाक’’ र ‘‘यअ्कूबको’’ धर्मको अनुयायी हूँ । हामीलाई उचित छैन, कि कुनै कुरालाई अल्लाहको साथमा दाँजौं । यो अल्लाहको अनुकम्पा हो, हामीमाथि पनि र अरु मानिसहरू माथि पनि, तर धेरै मानिसहरूले आभार प्रकट गर्दैनन् ।

Verse 39

يَـٰصَـٰحِبَىِ ٱلسِّجْنِ ءَأَرْبَابٌ مُّتَفَرِّقُونَ خَيْرٌ أَمِ ٱللَّهُ ٱلْوَٰحِدُ ٱلْقَهَّارُ

Transliteration yāṣāḥibayi l-sij'ni a-arbābun mutafarriqūna khayrun ami l-lahu l-wāḥidu l-qahāru

Nepali ३९) मेरो जेलमा बस्ने साथीहरू ! के कैयौं पूज्यहरू (हुनु) राम्रो हुन्छ वा एक अल्लाह जो महान् र सर्वशक्तिमान छ ।

Verse 40

مَا تَعْبُدُونَ مِن دُونِهِۦٓ إِلَّآ أَسْمَآءً سَمَّيْتُمُوهَآ أَنتُمْ وَءَابَآؤُكُم مَّآ أَنزَلَ ٱللَّهُ بِهَا مِن سُلْطَـٰنٍ ۚ إِنِ ٱلْحُكْمُ إِلَّا لِلَّهِ ۚ أَمَرَ أَلَّا تَعْبُدُوٓا۟ إِلَّآ إِيَّاهُ ۚ ذَٰلِكَ ٱلدِّينُ ٱلْقَيِّمُ وَلَـٰكِنَّ أَكْثَرَ ٱلنَّاسِ لَا يَعْلَمُونَ

Transliteration mā taʿbudūna min dūnihi illā asmāan sammaytumūhā antum waābāukum mā anzala l-lahu bihā min sul'ṭānin ini l-ḥuk'mu illā lillahi amara allā taʿbudū illā iyyāhu dhālika l-dīnu l-qayimu walākinna akthara l-nāsi lā yaʿlamūna

Nepali ४०) जुन कुराहरूलाई तिमीले अल्लाह बाहेक पूजा गर्दछौ तिनीहरू मात्र नाम हुन्, जुन तिमीले र तिम्रा पुर्खाहरूले नामाकरण गरिहालेका छौ । किनभने अल्लाहले तिनीहरूको कुनै प्रमाण पठाएको छैन । सुनिराख कि अल्लाह बाहेक अरु कसैको सत्ता छैन । उसले आदेश गरेको छ, कि उस बाहेक कसैको पूजा नगर, यही सोझो धर्म हो तर धेरै मानिसहरू जान्दैनन् ।

Verse 41

يَـٰصَـٰحِبَىِ ٱلسِّجْنِ أَمَّآ أَحَدُكُمَا فَيَسْقِى رَبَّهُۥ خَمْرًا ۖ وَأَمَّا ٱلْـَٔاخَرُ فَيُصْلَبُ فَتَأْكُلُ ٱلطَّيْرُ مِن رَّأْسِهِۦ ۚ قُضِىَ ٱلْأَمْرُ ٱلَّذِى فِيهِ تَسْتَفْتِيَانِ

Transliteration yāṣāḥibayi l-sij'ni ammā aḥadukumā fayasqī rabbahu khamran wa-ammā l-ākharu fayuṣ'labu fatakulu l-ṭayru min rasihi quḍiya l-amru alladhī fīhi tastaftiyāni

Nepali ४१) मेरा जेलका साथीहरू हो ! तिमीमध्ये एउटा त आफ्नो मालिकलाई मदिरा खुवाउन नियुक्त हुनेछ र जुन दोस्रो छ त्यसलाई फाँसिमा झुण्ड्याइने छ र पंक्षीहरूले उसको टाउको लुछेर खानेछन् । जुन कुरा तिमीले मसित सोध्दैछौ त्यसको निर्णय भइसकेको छ ।

Verse 42

وَقَالَ لِلَّذِى ظَنَّ أَنَّهُۥ نَاجٍ مِّنْهُمَا ٱذْكُرْنِى عِندَ رَبِّكَ فَأَنسَىٰهُ ٱلشَّيْطَـٰنُ ذِكْرَ رَبِّهِۦ فَلَبِثَ فِى ٱلسِّجْنِ بِضْعَ سِنِينَ

Transliteration waqāla lilladhī ẓanna annahu nājin min'humā udh'kur'nī ʿinda rabbika fa-ansāhu l-shayṭānu dhik'ra rabbihi falabitha fī l-sij'ni biḍ'ʿa sinīna

Nepali ४२) र दुवै मानिसहरूमध्येबाट जसको बारेमा (यूसुफले) ठानेका थिए कि त्यसले मुक्ति पाइहाल्नेछ, उससित उनले भने कि आफ्नो मालिकसँग मेरो चर्चा पनि गर्नु, तर शैतानले उसलाई आफ्नो राजासँग उनको चर्चा गर्न भुलाइदियो, र यूसुफ कैयौं वर्ष जेलमा नै रहीरहे ।

Verse 43

وَقَالَ ٱلْمَلِكُ إِنِّىٓ أَرَىٰ سَبْعَ بَقَرَٰتٍ سِمَانٍ يَأْكُلُهُنَّ سَبْعٌ عِجَافٌ وَسَبْعَ سُنۢبُلَـٰتٍ خُضْرٍ وَأُخَرَ يَابِسَـٰتٍ ۖ يَـٰٓأَيُّهَا ٱلْمَلَأُ أَفْتُونِى فِى رُءْيَـٰىَ إِن كُنتُمْ لِلرُّءْيَا تَعْبُرُونَ

Transliteration waqāla l-maliku innī arā sabʿa baqarātin simānin yakuluhunna sabʿun ʿijāfun wasabʿa sunbulātin khuḍ'rin wa-ukhara yābisātin yāayyuhā l-mala-u aftūnī fī ru'yāya in kuntum lilrru'yā taʿburūna

Nepali ४३) र राजाले भने कि मैले (सपना देखेको छु), कि सातवटा मोटी गाईहरू छन् जसलाई सातवटा दुब्ली गाईहरूले खाइराखेका छन्, र अन्नका सातवटा हरिया बाली छन् र (सात) सुकेका । हे दरवारीहरू ! यदि तिमीहरू सपनाहरूको अर्थ भन्न सक्छौ भने मलाई मेरो सपनाको अर्थ बताऊ ।

Verse 44

قَالُوٓا۟ أَضْغَـٰثُ أَحْلَـٰمٍ ۖ وَمَا نَحْنُ بِتَأْوِيلِ ٱلْأَحْلَـٰمِ بِعَـٰلِمِينَ

Transliteration qālū aḍghāthu aḥlāmin wamā naḥnu bitawīli l-aḥlāmi biʿālimīna

Nepali ४४) उनले भने, यी त अन्यौलमा पार्ने सपनाहरू हुन्, र हामीलाई यस्ता सपनाहरूको अर्थ आउँदैन ।

Verse 45

وَقَالَ ٱلَّذِى نَجَا مِنْهُمَا وَٱدَّكَرَ بَعْدَ أُمَّةٍ أَنَا۠ أُنَبِّئُكُم بِتَأْوِيلِهِۦ فَأَرْسِلُونِ

Transliteration waqāla alladhī najā min'humā wa-iddakara baʿda ummatin anā unabbi-ukum bitawīlihi fa-arsilūni

Nepali ४५) अहिले त्यो मानिस जुन दुई कैदिहरूमध्येबाट छुटकारा पाइसकेको थियो र जसलाई एउटा अन्तराल पश्चात त्यस कुराको स्मरण भयो, उसले भन्यो कि म, तपाईलाई यसको अर्थ बताउँछु । मलाई (कारागारमा) जाने अनुमति दिुनस् ।

Verse 46

يُوسُفُ أَيُّهَا ٱلصِّدِّيقُ أَفْتِنَا فِى سَبْعِ بَقَرَٰتٍ سِمَانٍ يَأْكُلُهُنَّ سَبْعٌ عِجَافٌ وَسَبْعِ سُنۢبُلَـٰتٍ خُضْرٍ وَأُخَرَ يَابِسَـٰتٍ لَّعَلِّىٓ أَرْجِعُ إِلَى ٱلنَّاسِ لَعَلَّهُمْ يَعْلَمُونَ

Transliteration yūsufu ayyuhā l-ṣidīqu aftinā fī sabʿi baqarātin simānin yakuluhunna sabʿun ʿijāfun wasabʿi sunbulātin khuḍ'rin wa-ukhara yābisātin laʿallī arjiʿu ilā l-nāsi laʿallahum yaʿlamūna

Nepali ४६) (त्यो यूसुफको समीपमा आयो र भन्न थाल्यो) यूसुफ ! हे सत्यनिष्ठ हामीलाई (यस सपनाको अर्थ) भन्नुस् कि सातवटा मोटी गाइहरूलाई सातवटा दुब्ली गाईहरूले खाईराखेका छन् र सातवटा बालीहरू हरिया छन् र सातवटा सुकेका जसबाट म मानिसहरूको समीपमा गई अर्थ भनू, हुनसक्छ कि तिनीहरूले जानुन् ।

Verse 47

قَالَ تَزْرَعُونَ سَبْعَ سِنِينَ دَأَبًا فَمَا حَصَدتُّمْ فَذَرُوهُ فِى سُنۢبُلِهِۦٓ إِلَّا قَلِيلًا مِّمَّا تَأْكُلُونَ

Transliteration qāla tazraʿūna sabʿa sinīna da-aban famā ḥaṣadttum fadharūhu fī sunbulihi illā qalīlan mimmā takulūna

Nepali ४७) यूसुफले भनेः कि तिमीहरूले सात वर्षसम्म लगातार खेती गर्दै रह, अनि बाली काटेर बालीसमेत रहनदिनु केही अन्न बाहेक जुन तिमीले खान्छौ ।

Verse 48

ثُمَّ يَأْتِى مِنۢ بَعْدِ ذَٰلِكَ سَبْعٌ شِدَادٌ يَأْكُلْنَ مَا قَدَّمْتُمْ لَهُنَّ إِلَّا قَلِيلًا مِّمَّا تُحْصِنُونَ

Transliteration thumma yatī min baʿdi dhālika sabʿun shidādun yakul'na mā qaddamtum lahunna illā qalīlan mimmā tuḥ'ṣinūna

Nepali ४८) अनि यस पश्चात सात वर्षसम्म अत्यन्त गम्भीर अनिकाल आउनेछ यसमा जुन अनाज तिमीले जम्मा गरेर राखेका छौ, तिनीहरूले त्यो सबै खानेछन्, मात्र त्यही अलिकति बाँकी रहनेछ जुनकि तिमीले जतनले राखिरहने छौ ।

Verse 49

ثُمَّ يَأْتِى مِنۢ بَعْدِ ذَٰلِكَ عَامٌ فِيهِ يُغَاثُ ٱلنَّاسُ وَفِيهِ يَعْصِرُونَ

Transliteration thumma yatī min baʿdi dhālika ʿāmun fīhi yughāthu l-nāsu wafīhi yaʿṣirūna

Nepali ४९) अनि यस पश्चात एक वर्ष यस्तो आउनेछ कि जसमा निकै बृष्टि हुनेछ र मानिसहरू त्यसबाट (अंगूर समेतको) धेरै रस निचोर्नेछन् ।

Verse 50

وَقَالَ ٱلْمَلِكُ ٱئْتُونِى بِهِۦ ۖ فَلَمَّا جَآءَهُ ٱلرَّسُولُ قَالَ ٱرْجِعْ إِلَىٰ رَبِّكَ فَسْـَٔلْهُ مَا بَالُ ٱلنِّسْوَةِ ٱلَّـٰتِى قَطَّعْنَ أَيْدِيَهُنَّ ۚ إِنَّ رَبِّى بِكَيْدِهِنَّ عَلِيمٌ

Transliteration waqāla l-maliku i'tūnī bihi falammā jāahu l-rasūlu qāla ir'jiʿ ilā rabbika fasalhu mā bālu l-nis'wati allātī qaṭṭaʿna aydiyahunna inna rabbī bikaydihinna ʿalīmun

Nepali ५०) (यो अर्थ सुनेर) राजाले आदेश दियोः ‘‘कि यूसुफलाई मेरो पासमा ल्याऊ ।’’ जब सन्देशबाहक उनको पासमा गयो त उनले भनेकि आफ्नो मालिकको सामु फर्केर जाऊ र तिनीसित सोध कि ती आईमाईहरूको वास्तविक हाल के छ, जसले कि आफ्ना हात काटेका थिइन् । निःसन्देह मेरो पालनकर्ता तिनीहरूको षड्यन्त्रलाई राम्ररी जान्दछ ।

Verse 51

قَالَ مَا خَطْبُكُنَّ إِذْ رَٰوَدتُّنَّ يُوسُفَ عَن نَّفْسِهِۦ ۚ قُلْنَ حَـٰشَ لِلَّهِ مَا عَلِمْنَا عَلَيْهِ مِن سُوٓءٍ ۚ قَالَتِ ٱمْرَأَتُ ٱلْعَزِيزِ ٱلْـَٔـٰنَ حَصْحَصَ ٱلْحَقُّ أَنَا۠ رَٰوَدتُّهُۥ عَن نَّفْسِهِۦ وَإِنَّهُۥ لَمِنَ ٱلصَّـٰدِقِينَ

Transliteration qāla mā khaṭbukunna idh rāwadttunna yūsufa ʿan nafsihi qul'na ḥāsha lillahi mā ʿalim'nā ʿalayhi min sūin qālati im'ra-atu l-ʿazīzi l-āna ḥaṣḥaṣa l-ḥaqu anā rāwadttuhu ʿan nafsihi wa-innahu lamina l-ṣādiqīna

Nepali ५१) राजाले महिलाहरूसित सोध्योः कि त्यसबेलाको सत्य घटना के थियो, जब तिमीहरूले यूसुफलाई आफूतिर आकृष्ट गर्न चाह्यौ । सबैले भने कि ‘‘अल्लाहले हाम्रो संरक्षण गरुन्’’ हामीले यूसुफमा कुनै नराम्रो कुरो पाएनौं । अनि अजीजकी स्वास्नीले पनि भनिन् अब त साँचो कुरा प्रकट भइसकेको छ, मैले नै उसलाई आफूतिर प्रवृत्त गर्न चाहेको थिएँ र ऊ निःसन्देह साँचोहरूमध्येको हो ।

Verse 52

ذَٰلِكَ لِيَعْلَمَ أَنِّى لَمْ أَخُنْهُ بِٱلْغَيْبِ وَأَنَّ ٱللَّهَ لَا يَهْدِى كَيْدَ ٱلْخَآئِنِينَ

Transliteration dhālika liyaʿlama annī lam akhun'hu bil-ghaybi wa-anna l-laha lā yahdī kayda l-khāinīna

Nepali ५२) (यूसुफले भनेकि) यो यसकारण (सोधेको हो) की अजीजलाई विश्वास होस् कि मैले उसको अनुपस्थितिमा उसप्रति विश्वासघात गरेको छैन र यो पनि कि अल्लाह जाल रची दुष्टकर्म गर्नेहरूलाई सफल हुन दिंदैन ।

Verse 53

۞ وَمَآ أُبَرِّئُ نَفْسِىٓ ۚ إِنَّ ٱلنَّفْسَ لَأَمَّارَةٌۢ بِٱلسُّوٓءِ إِلَّا مَا رَحِمَ رَبِّىٓ ۚ إِنَّ رَبِّى غَفُورٌ رَّحِيمٌ

Transliteration wamā ubarri-u nafsī inna l-nafsa la-ammāratun bil-sūi illā mā raḥima rabbī inna rabbī ghafūrun raḥīmun

Nepali ५३) (यूसुफले भने) म आफ्नो पवित्रताको बखान गर्दिन, निःसंकोच यो भन्न सक्छु कि मनले त नराम्रो कुरालाई वढ़ावा दिने गर्दछ । तर मेरो पालनकर्ताले दया गरेमा कुरो बेग्लै हुन्छ । वस्तुतः मेरो पालनकर्ता धेरै दया गर्नेवाला र ज्यादै कृपा गर्नेवाला छ ।

Verse 54

وَقَالَ ٱلْمَلِكُ ٱئْتُونِى بِهِۦٓ أَسْتَخْلِصْهُ لِنَفْسِى ۖ فَلَمَّا كَلَّمَهُۥ قَالَ إِنَّكَ ٱلْيَوْمَ لَدَيْنَا مَكِينٌ أَمِينٌ

Transliteration waqāla l-maliku i'tūnī bihi astakhliṣ'hu linafsī falammā kallamahu qāla innaka l-yawma ladaynā makīnun amīnun

Nepali ५४) राजाले आदेश दियो ‘‘उसलाई मेरो नजिक ल्याऊ’’ कि म उसलाई आफ्नो खास कार्यको लागि नियुक्त गरुँला । फेरि बादशाहले (राजाले) जब उनीसंग कुराकानी गरे, त्यसपछि बादशाहले भन्यो ‘‘तपाई म कहाँ आजैदेखि प्रतिष्ठित र सम्मानित हुनुहुन्छ’’ ।

Verse 55

قَالَ ٱجْعَلْنِى عَلَىٰ خَزَآئِنِ ٱلْأَرْضِ ۖ إِنِّى حَفِيظٌ عَلِيمٌ

Transliteration qāla ij'ʿalnī ʿalā khazāini l-arḍi innī ḥafīẓun ʿalīmun

Nepali ५५) यूसुफले भने, तपाईले मलाई राष्ट्रको ढुकुटीपाल नियुक्त गर्नुहोस् म त्यसलाई रक्षा गर्नेवाला तथा त्यसबाट चनाखो रहुँला ।

Verse 56

وَكَذَٰلِكَ مَكَّنَّا لِيُوسُفَ فِى ٱلْأَرْضِ يَتَبَوَّأُ مِنْهَا حَيْثُ يَشَآءُ ۚ نُصِيبُ بِرَحْمَتِنَا مَن نَّشَآءُ ۖ وَلَا نُضِيعُ أَجْرَ ٱلْمُحْسِنِينَ

Transliteration wakadhālika makkannā liyūsufa fī l-arḍi yatabawwa-u min'hā ḥaythu yashāu nuṣību biraḥmatinā man nashāu walā nuḍīʿu ajra l-muḥ'sinīna

Nepali ५६) यसरी मैले यूसुफलाई राष्ट्रको अख्तियारी दिएँ उनी जहाँ पनि चाहे अनुसार रहन र गर्न सक्ने भए । म जसलाई चाहन्छु त्यसलाई आफ्नो दया पुर्याइदिन्छु । म राम्रो कार्य गर्नेवालाको राम्रोपनालाई त्यसै खेर जान दिन्न ।

Verse 57

وَلَأَجْرُ ٱلْـَٔاخِرَةِ خَيْرٌ لِّلَّذِينَ ءَامَنُوا۟ وَكَانُوا۟ يَتَّقُونَ

Transliteration wala-ajru l-ākhirati khayrun lilladhīna āmanū wakānū yattaqūna

Nepali ५७) निःसन्देह ईमानदार र डर मान्नेवालाहरूको अन्तिम पुण्य अत्यन्त वेश छ ।

Verse 58

وَجَآءَ إِخْوَةُ يُوسُفَ فَدَخَلُوا۟ عَلَيْهِ فَعَرَفَهُمْ وَهُمْ لَهُۥ مُنكِرُونَ

Transliteration wajāa ikh'watu yūsufa fadakhalū ʿalayhi faʿarafahum wahum lahu munkirūna

Nepali ५८) यूसुफको दाजुभाइ आए र यूसुफनिर गए अनि उनले उनीहरूलाई चिने, तर तिनीहरूले चिन्न सकेनन् ।

Verse 59

وَلَمَّا جَهَّزَهُم بِجَهَازِهِمْ قَالَ ٱئْتُونِى بِأَخٍ لَّكُم مِّنْ أَبِيكُمْ ۚ أَلَا تَرَوْنَ أَنِّىٓ أُوفِى ٱلْكَيْلَ وَأَنَا۠ خَيْرُ ٱلْمُنزِلِينَ

Transliteration walammā jahhazahum bijahāzihim qāla i'tūnī bi-akhin lakum min abīkum alā tarawna annī ūfī l-kayla wa-anā khayru l-munzilīna

Nepali ५९) जब उनले तिनीहरूलाई सामग्री प्रदान गर्नु भयो त भन्नु भयो ‘‘तिमी आफ्नो भाइलाई पनि ल्याऊ जुन तिम्रो पिताबाट छ । के तिमीले देखेनौ ? कि म पूरा नापजोख गरी दिन्छु र म राम्रो आतिथ्य सत्कार पनि गर्दछु ।

Verse 60

فَإِن لَّمْ تَأْتُونِى بِهِۦ فَلَا كَيْلَ لَكُمْ عِندِى وَلَا تَقْرَبُونِ

Transliteration fa-in lam tatūnī bihi falā kayla lakum ʿindī walā taqrabūni

Nepali ६०) फेरि यदि तिमीहरूले उसलाई मेरो नजिक ल्याएनौं भने तब तिमीहरूलाई मेरो तर्फबाट केही खाद्यान्न मिल्दैन बरु तिमीहरू मेरो नजिक कदापि नआउनु ।

Verse 61

قَالُوا۟ سَنُرَٰوِدُ عَنْهُ أَبَاهُ وَإِنَّا لَفَـٰعِلُونَ

Transliteration qālū sanurāwidu ʿanhu abāhu wa-innā lafāʿilūna

Nepali ६१) उनीहरूले भनेः कि ठीक छ हामी उसको पितालाई यसबापत राजी गर्नेछौं र पूरा प्रयत्न गरौंला’’ ।

Verse 62

وَقَالَ لِفِتْيَـٰنِهِ ٱجْعَلُوا۟ بِضَـٰعَتَهُمْ فِى رِحَالِهِمْ لَعَلَّهُمْ يَعْرِفُونَهَآ إِذَا ٱنقَلَبُوٓا۟ إِلَىٰٓ أَهْلِهِمْ لَعَلَّهُمْ يَرْجِعُونَ

Transliteration waqāla lifit'yānihi ij'ʿalū biḍāʿatahum fī riḥālihim laʿallahum yaʿrifūnahā idhā inqalabū ilā ahlihim laʿallahum yarjiʿūna

Nepali ६२) र आफ्ना सेवकहरूलाई भन्नु भयो ‘‘कि यिनीहरूको रकम र सामान बोराहरूमा राखिदिनु, कि जब उनीहरू आफ्नो घरपरिवारमा पुगुन् र त्यसलाई चिनुन् तब धेरै सम्भव छ कि तिनीहरू फर्केर आउन् ।

Verse 63

فَلَمَّا رَجَعُوٓا۟ إِلَىٰٓ أَبِيهِمْ قَالُوا۟ يَـٰٓأَبَانَا مُنِعَ مِنَّا ٱلْكَيْلُ فَأَرْسِلْ مَعَنَآ أَخَانَا نَكْتَلْ وَإِنَّا لَهُۥ لَحَـٰفِظُونَ

Transliteration falammā rajaʿū ilā abīhim qālū yāabānā muniʿa minnā l-kaylu fa-arsil maʿanā akhānā naktal wa-innā lahu laḥāfiẓūna

Nepali ६३) जब उनीहरू फर्केर आफ्नो पितानिर पुगे, अनि भन्न थालेः, कि पिताजी हाम्रो लागि खाद्यान्न सामग्री रोकिदिइएको छ । त्यसकारण हाम्रो भाइलाई हाम्रो साथ जान दिनुस्, त्यसबाट हामीलाई खाद्यान्न सामग्री मिलोस् । र हामी उसको पूरा सुरक्षा गर्नेछौं ।

Verse 64

قَالَ هَلْ ءَامَنُكُمْ عَلَيْهِ إِلَّا كَمَآ أَمِنتُكُمْ عَلَىٰٓ أَخِيهِ مِن قَبْلُ ۖ فَٱللَّهُ خَيْرٌ حَـٰفِظًا ۖ وَهُوَ أَرْحَمُ ٱلرَّٰحِمِينَ

Transliteration qāla hal āmanukum ʿalayhi illā kamā amintukum ʿalā akhīhi min qablu fal-lahu khayrun ḥāfiẓan wahuwa arḥamu l-rāḥimīna

Nepali ६४) यअ्कूबले भनेः कि मलाई यसबापत तिम्रो बस त्यस्तै विश्वास छ जस्तो यसभन्दा अगाडि उसको दाजुको बारेमा थियो । तर अल्लाह नै सबैभन्दा राम्रो संरक्षक छ, र त्यो सबै दयावानभन्दा असीम दयालु छ ।

Verse 65

وَلَمَّا فَتَحُوا۟ مَتَـٰعَهُمْ وَجَدُوا۟ بِضَـٰعَتَهُمْ رُدَّتْ إِلَيْهِمْ ۖ قَالُوا۟ يَـٰٓأَبَانَا مَا نَبْغِى ۖ هَـٰذِهِۦ بِضَـٰعَتُنَا رُدَّتْ إِلَيْنَا ۖ وَنَمِيرُ أَهْلَنَا وَنَحْفَظُ أَخَانَا وَنَزْدَادُ كَيْلَ بَعِيرٍ ۖ ذَٰلِكَ كَيْلٌ يَسِيرٌ

Transliteration walammā fataḥū matāʿahum wajadū biḍāʿatahum ruddat ilayhim qālū yāabānā mā nabghī hādhihi biḍāʿatunā ruddat ilaynā wanamīru ahlanā wanaḥfaẓu akhānā wanazdādu kayla baʿīrin dhālika kaylun yasīrun

Nepali ६५) जब उनीहरूले आफ्नो सामान खोले, तब आफ्नो रकम त्यहीँ रहेको पाए, जुन उनीहरूलाई नै फर्काइदिइएको थियो । भन्न थाले हे पिता जी ! अब हामीलाई अरु के चाहिन्छ ? हेर्नुस हाम्रो आफ्नो रकम पनि फर्काइदिइएको छ । हामी आफ्नो घर परिवारको लागि खाद्यान्य ल्याउने छौं, र आफ्नो भाइको सुरक्षा गर्नेछौं । र एक ऊँटभरी खाद्यान्न बढ़ी ल्याउनेछौं । र यो ल्याउन धेरै सजिलो छ ।

Verse 66

قَالَ لَنْ أُرْسِلَهُۥ مَعَكُمْ حَتَّىٰ تُؤْتُونِ مَوْثِقًا مِّنَ ٱللَّهِ لَتَأْتُنَّنِى بِهِۦٓ إِلَّآ أَن يُحَاطَ بِكُمْ ۖ فَلَمَّآ ءَاتَوْهُ مَوْثِقَهُمْ قَالَ ٱللَّهُ عَلَىٰ مَا نَقُولُ وَكِيلٌ

Transliteration qāla lan ur'silahu maʿakum ḥattā tu'tūni mawthiqan mina l-lahi latatunnanī bihi illā an yuḥāṭa bikum falammā ātawhu mawthiqahum qāla l-lahu ʿalā mā naqūlu wakīlun

Nepali ६६) यअ्कूबले भने ! मैले त कुनै पनि हालतमा उसलाई तिम्रो साथ पठाउँदिन, जबसम्म कि तिमी अल्लाहलाई बीचमा साक्षी राखी वाचा गर्दैनौं, कि तिमीले उसलाई मेरो पास (सुरक्षित) पुर्याईदिने छौं, यो अर्काे कुरो हो कि तिमीहरू सबै समातिने छौ । (अतः) जब उनीहरूले पक्का वाचा दिए, तब उनले भने कि म जुन कुरो भन्दछु त्यसमाथि अल्लाह नै संरक्षक छ ।

Verse 67

وَقَالَ يَـٰبَنِىَّ لَا تَدْخُلُوا۟ مِنۢ بَابٍ وَٰحِدٍ وَٱدْخُلُوا۟ مِنْ أَبْوَٰبٍ مُّتَفَرِّقَةٍ ۖ وَمَآ أُغْنِى عَنكُم مِّنَ ٱللَّهِ مِن شَىْءٍ ۖ إِنِ ٱلْحُكْمُ إِلَّا لِلَّهِ ۖ عَلَيْهِ تَوَكَّلْتُ ۖ وَعَلَيْهِ فَلْيَتَوَكَّلِ ٱلْمُتَوَكِّلُونَ

Transliteration waqāla yābaniyya lā tadkhulū min bābin wāḥidin wa-ud'khulū min abwābin mutafarriqatin wamā ugh'nī ʿankum mina l-lahi min shayin ini l-ḥuk'mu illā lillahi ʿalayhi tawakkaltu waʿalayhi falyatawakkali l-mutawakilūna

Nepali ६७) र (यअ्कूबले) भन्नु भयोः हे मेरा पुत्रहरू ! तिमी सबै एउटै ढोकाबाट नजानु बरु बेग्लाबेग्लै ढोकाबाट प्रवेश गर्नु । म अल्लाहको तर्फबाट आउने कुनै पनि चिजलाई तिमीहरूबाट हटाउन सक्तिन । हुकुम मात्र अल्लाहको चल्दछ । मेरो पूर्ण भरोसा उसै माथि छ, हरेक भरोसा गर्नेवालालाई उसैमाथि भरोसा गर्नुपर्दछ ।

Verse 68

وَلَمَّا دَخَلُوا۟ مِنْ حَيْثُ أَمَرَهُمْ أَبُوهُم مَّا كَانَ يُغْنِى عَنْهُم مِّنَ ٱللَّهِ مِن شَىْءٍ إِلَّا حَاجَةً فِى نَفْسِ يَعْقُوبَ قَضَىٰهَا ۚ وَإِنَّهُۥ لَذُو عِلْمٍ لِّمَا عَلَّمْنَـٰهُ وَلَـٰكِنَّ أَكْثَرَ ٱلنَّاسِ لَا يَعْلَمُونَ

Transliteration walammā dakhalū min ḥaythu amarahum abūhum mā kāna yugh'nī ʿanhum mina l-lahi min shayin illā ḥājatan fī nafsi yaʿqūba qaḍāhā wa-innahu ladhū ʿil'min limā ʿallamnāhu walākinna akthara l-nāsi lā yaʿlamūna

Nepali ६८) जब तिनीहरूले त्यही बाटोबाट जसको आदेश उनको पिताले उनलाई दिएका थिए गए । केही पनि यस्तो थिएन कि अल्लाहले जुन कुरो निश्चित गरिदिएको छ त्यो उसबाट उसलाई अलिकति पनि बचाउन सकोस् । परन्तु यअ्कूबको मनमा यो बिचार आयो, जसलाई उसले पूरा गर्यो । निःसन्देह ऊ मैले सिकाएको ज्ञानको ज्ञाता थियो, परन्तु साधारणतया मानिसहरू जान्दैनन् ।

Verse 69

وَلَمَّا دَخَلُوا۟ عَلَىٰ يُوسُفَ ءَاوَىٰٓ إِلَيْهِ أَخَاهُ ۖ قَالَ إِنِّىٓ أَنَا۠ أَخُوكَ فَلَا تَبْتَئِسْ بِمَا كَانُوا۟ يَعْمَلُونَ

Transliteration walammā dakhalū ʿalā yūsufa āwā ilayhi akhāhu qāla innī anā akhūka falā tabta-is bimā kānū yaʿmalūna

Nepali ६९) यिनीहरू सबै जब युसूफको नजिक पुगे तब उसले आफ्नो भाइलाई आफ्नो नजिक बसाल्यो, र भन्योः ‘‘कि म तिम्रो भाइ (यूसुफ) हूँ,’’ पुनः भने यिनीहरूले जे पनि गरेका छन् त्यसमाथि दुःख नगर ।

Verse 70

فَلَمَّا جَهَّزَهُم بِجَهَازِهِمْ جَعَلَ ٱلسِّقَايَةَ فِى رَحْلِ أَخِيهِ ثُمَّ أَذَّنَ مُؤَذِّنٌ أَيَّتُهَا ٱلْعِيرُ إِنَّكُمْ لَسَـٰرِقُونَ

Transliteration falammā jahhazahum bijahāzihim jaʿala l-siqāyata fī raḥli akhīhi thumma adhana mu-adhinun ayyatuhā l-ʿīru innakum lasāriqūna

Nepali ७०) फेरि जब उनलाई उनको सामान तथा रकमहरू ठिक ठाक गरी दिनुभयो, तब आफ्नो भाइको झोलामा पानी खाने भाडो राखिदिनुभयो, फेरि एउटा बोलाउने मान्छेले कराएर भन्योः समूह वालाहरू हो ! तिमीहरू त चोर हौ ।

Verse 71

قَالُوا۟ وَأَقْبَلُوا۟ عَلَيْهِم مَّاذَا تَفْقِدُونَ

Transliteration qālū wa-aqbalū ʿalayhim mādhā tafqidūna

Nepali ७१) उनीहरूले उनीतर्फ मुख पल्टाएर भने कि तिम्रो कुन वस्तु हराएको छ ?

Verse 72

قَالُوا۟ نَفْقِدُ صُوَاعَ ٱلْمَلِكِ وَلِمَن جَآءَ بِهِۦ حِمْلُ بَعِيرٍ وَأَنَا۠ بِهِۦ زَعِيمٌ

Transliteration qālū nafqidu ṣuwāʿa l-maliki waliman jāa bihi ḥim'lu baʿīrin wa-anā bihi zaʿīmun

Nepali ७२) उत्तर दिइयो कि ‘‘शाही पैमाना हराइसकेको छ । जसले त्यसलाई ल्याइदिन्छ त्यस व्यक्तिलाई एउटा ऊँटको भार बराबर खाद्यान्न मिल्नेछ, यस प्रतिज्ञाको म जमानती हूँ ।

Verse 73

قَالُوا۟ تَٱللَّهِ لَقَدْ عَلِمْتُم مَّا جِئْنَا لِنُفْسِدَ فِى ٱلْأَرْضِ وَمَا كُنَّا سَـٰرِقِينَ

Transliteration qālū tal-lahi laqad ʿalim'tum mā ji'nā linuf'sida fī l-arḍi wamā kunnā sāriqīna

Nepali ७३) उनीहरूले भनेः अल्लाहको कसम ! तिमीलाई पूर्ण ज्ञात छ कि हामी यस राष्ट्रमा झैं झगडा फैलाउनको लागि आएका होइनौं, र न हामी चोर हौं ।

Verse 74

قَالُوا۟ فَمَا جَزَٰٓؤُهُۥٓ إِن كُنتُمْ كَـٰذِبِينَ

Transliteration qālū famā jazāuhu in kuntum kādhibīna

Nepali ७४) उनले भने अब बताऊ, ‘‘चोरको दण्ड के हुन्छ ?’’ यदि तिमी झूठो छौ ।

Verse 75

قَالُوا۟ جَزَٰٓؤُهُۥ مَن وُجِدَ فِى رَحْلِهِۦ فَهُوَ جَزَٰٓؤُهُۥ ۚ كَذَٰلِكَ نَجْزِى ٱلظَّـٰلِمِينَ

Transliteration qālū jazāuhu man wujida fī raḥlihi fahuwa jazāuhu kadhālika najzī l-ẓālimīna

Nepali ७५) उत्तर दिए कि जसको थैलाबाट पैमाना (अङ्गखोरा) प्राप्त हुनेछ उही नै त्यसको भरपाई हुनेछ । हामी त यस्ता दुष्टहरूलाई यस्तै दण्ड दिन्छौं ।

Verse 76

فَبَدَأَ بِأَوْعِيَتِهِمْ قَبْلَ وِعَآءِ أَخِيهِ ثُمَّ ٱسْتَخْرَجَهَا مِن وِعَآءِ أَخِيهِ ۚ كَذَٰلِكَ كِدْنَا لِيُوسُفَ ۖ مَا كَانَ لِيَأْخُذَ أَخَاهُ فِى دِينِ ٱلْمَلِكِ إِلَّآ أَن يَشَآءَ ٱللَّهُ ۚ نَرْفَعُ دَرَجَـٰتٍ مَّن نَّشَآءُ ۗ وَفَوْقَ كُلِّ ذِى عِلْمٍ عَلِيمٌ

Transliteration fabada-a bi-awʿiyatihim qabla wiʿāi akhīhi thumma is'takhrajahā min wiʿāi akhīhi kadhālika kid'nā liyūsufa mā kāna liyakhudha akhāhu fī dīni l-maliki illā an yashāa l-lahu narfaʿu darajātin man nashāu wafawqa kulli dhī ʿil'min ʿalīmun

Nepali ७६) तब यूसुफले उनीहरूको सामानको खानातलाशी प्रारम्भ गरे, आफ्नो भाइको सामान खानतलाशी गर्नुभन्दा पहिला, त्यसपछि त्यस पैमानालाई आफ्नो भाइको सामानबाट बरामद गरे । हामीले (अल्लाह) यूसुफको लागि यस्तै युक्ति निकालें । त्यस राजाको राजकीय कानून अनुसार उहाँ आफ्नो भाइलाई राख्न सक्तैनथे । परन्तु यदि यो अल्लाहलाई स्वीकार भयो भने, हामीले, (अल्लाह) जसलाई चाहान्छौं त्यसको मर्यादा बढाइदिन्छौं । प्रत्येक ज्ञातामाथि अर्को ज्ञानवान हुन्छ ।

Verse 77

۞ قَالُوٓا۟ إِن يَسْرِقْ فَقَدْ سَرَقَ أَخٌ لَّهُۥ مِن قَبْلُ ۚ فَأَسَرَّهَا يُوسُفُ فِى نَفْسِهِۦ وَلَمْ يُبْدِهَا لَهُمْ ۚ قَالَ أَنتُمْ شَرٌّ مَّكَانًا ۖ وَٱللَّهُ أَعْلَمُ بِمَا تَصِفُونَ

Transliteration qālū in yasriq faqad saraqa akhun lahu min qablu fa-asarrahā yūsufu fī nafsihi walam yub'dihā lahum qāla antum sharrun makānan wal-lahu aʿlamu bimā taṣifūna

Nepali ७७) उनीहरूले भने कि यदि उसले चोरी गर्यो भने (कुनै आश्चर्यको कुरा होइन) त्यसभन्दा अगावै उसको दाजुले पनि चोरी गरिसकेको छ यूसुफले यस कुरालाई आफ्नो मुटुमै राखिलिए र त्यस कुरालाई उनको अगाडि बिल्कुलै प्रकट गरेनन्, भनेः कि तिमी खराब ठाँउमा छौ, र जुन तिमी बयान गर्दछौ उसलाई अल्लाह नै सूक्ष्मरूपले बेस्सरी जान्दछ ।

Verse 78

قَالُوا۟ يَـٰٓأَيُّهَا ٱلْعَزِيزُ إِنَّ لَهُۥٓ أَبًا شَيْخًا كَبِيرًا فَخُذْ أَحَدَنَا مَكَانَهُۥٓ ۖ إِنَّا نَرَىٰكَ مِنَ ٱلْمُحْسِنِينَ

Transliteration qālū yāayyuhā l-ʿazīzu inna lahu aban shaykhan kabīran fakhudh aḥadanā makānahu innā narāka mina l-muḥ'sinīna

Nepali ७८) उनीहरूले भनेः हे अजीजे मिश्र (यूसुफ !) उसको पिता लामो उमेरको निकै पाको वृद्ध व्यक्ति हुनुहुन्छ तपाई यसको सट्टा हामीमध्येबाट कसैलाई लिई लिनुहोस् हामी देख्दछौ कि तपाई धेरै पवित्रआत्मा हुनुहुन्छ ।

Verse 79

قَالَ مَعَاذَ ٱللَّهِ أَن نَّأْخُذَ إِلَّا مَن وَجَدْنَا مَتَـٰعَنَا عِندَهُۥٓ إِنَّآ إِذًا لَّظَـٰلِمُونَ

Transliteration qāla maʿādha l-lahi an nakhudha illā man wajadnā matāʿanā ʿindahu innā idhan laẓālimūna

Nepali ७९) यूसुफले भने कि मैले जससँग आफ्नो वस्तु पाएको छुं उस वाहेक कसैलाई गिरफ्तारी गर्नाले अल्लाहको आज्ञा उल्लघंनबाट बच्न चाहन्छु । यदि यस्तै गरेको भए म निःसन्देह अन्यायकारी हुनेछु ।

Verse 80

فَلَمَّا ٱسْتَيْـَٔسُوا۟ مِنْهُ خَلَصُوا۟ نَجِيًّا ۖ قَالَ كَبِيرُهُمْ أَلَمْ تَعْلَمُوٓا۟ أَنَّ أَبَاكُمْ قَدْ أَخَذَ عَلَيْكُم مَّوْثِقًا مِّنَ ٱللَّهِ وَمِن قَبْلُ مَا فَرَّطتُمْ فِى يُوسُفَ ۖ فَلَنْ أَبْرَحَ ٱلْأَرْضَ حَتَّىٰ يَأْذَنَ لِىٓ أَبِىٓ أَوْ يَحْكُمَ ٱللَّهُ لِى ۖ وَهُوَ خَيْرُ ٱلْحَـٰكِمِينَ

Transliteration falammā is'tayasū min'hu khalaṣū najiyyan qāla kabīruhum alam taʿlamū anna abākum qad akhadha ʿalaykum mawthiqan mina l-lahi wamin qablu mā farraṭtum fī yūsufa falan abraḥa l-arḍa ḥattā yadhana lī abī aw yaḥkuma l-lahu lī wahuwa khayru l-ḥākimīna

Nepali ८०) जब यसबाट उनी निराश भए, तब एकान्तमा बसेर सल्लाह गर्न लागे त्यसमध्ये जो सबैमा जेष्ठ थियो त्यसले भन्यो’’ तिमीलाई थाहा छैन कि पिताले तिमीबाट अल्लाहको कसम लिएर पुनः प्रतिज्ञा गराएका छन्, र त्यसभन्दा अगाडि यूसुफको बारेमा तिमी भूल गरिसकेका छौ । फेरि म त्यस राष्ट्रबाट जाँदिन जब सम्मकि पिताजी आफै मलाई इजाजत नदिउन, वा अल्लाह नै मेरो बारेमा फैसला गरोस् । त्यो नै असल फैसला गर्नेवाला हो ।

Verse 81

ٱرْجِعُوٓا۟ إِلَىٰٓ أَبِيكُمْ فَقُولُوا۟ يَـٰٓأَبَانَآ إِنَّ ٱبْنَكَ سَرَقَ وَمَا شَهِدْنَآ إِلَّا بِمَا عَلِمْنَا وَمَا كُنَّا لِلْغَيْبِ حَـٰفِظِينَ

Transliteration ir'jiʿū ilā abīkum faqūlū yāabānā inna ib'naka saraqa wamā shahid'nā illā bimā ʿalim'nā wamā kunnā lil'ghaybi ḥāfiẓīna

Nepali ८१) तिमी सबै पिताजीको सेवामा फिर्ता वापस जाऊ र भनः ‘‘कि पिताजी ! तपाईको पुत्रले चोरी गर्यो र हामीले त्यही गवाही दिएका थियौ जुन हामीलाई थाहा थियो हामीलाई आन्तरीक कुरो ज्ञात थिएन’’ ।

Verse 82

وَسْـَٔلِ ٱلْقَرْيَةَ ٱلَّتِى كُنَّا فِيهَا وَٱلْعِيرَ ٱلَّتِىٓ أَقْبَلْنَا فِيهَا ۖ وَإِنَّا لَصَـٰدِقُونَ

Transliteration wasali l-qaryata allatī kunnā fīhā wal-ʿīra allatī aqbalnā fīhā wa-innā laṣādiqūna

Nepali ८२) तपाई त्यस नगरका नगरवासीहरूसित सोधपूछ गरीलिनुहोस् जहाँ हामी थियौं र त्यस समूहसित पनि सोधिलिनुहोस् जससँग हामी आएका छौं र वस्तुतः हामी बिल्कुलै सत्यनिष्ठि छौं ।

Verse 83

قَالَ بَلْ سَوَّلَتْ لَكُمْ أَنفُسُكُمْ أَمْرًا ۖ فَصَبْرٌ جَمِيلٌ ۖ عَسَى ٱللَّهُ أَن يَأْتِيَنِى بِهِمْ جَمِيعًا ۚ إِنَّهُۥ هُوَ ٱلْعَلِيمُ ٱلْحَكِيمُ

Transliteration qāla bal sawwalat lakum anfusukum amran faṣabrun jamīlun ʿasā l-lahu an yatiyanī bihim jamīʿan innahu huwa l-ʿalīmu l-ḥakīmu

Nepali ८३) (यअ्कूबले) भने यो त होइन, कि तिमीहरूले आफ्नो तर्फबाट कुरो बनायौ । फेरि अब धैर्य नै वेश हुनेछ नजिक छ कि अल्लाह उनी सबैलाई मेरो नजिक नै पुर्याइदेओस् निःसन्देह त्यो अति ज्ञानी र कौशल सम्पन्न छ ।’’

Verse 84

وَتَوَلَّىٰ عَنْهُمْ وَقَالَ يَـٰٓأَسَفَىٰ عَلَىٰ يُوسُفَ وَٱبْيَضَّتْ عَيْنَاهُ مِنَ ٱلْحُزْنِ فَهُوَ كَظِيمٌ

Transliteration watawallā ʿanhum waqāla yāasafā ʿalā yūsufa wa-ib'yaḍḍat ʿaynāhu mina l-ḥuz'ni fahuwa kaẓīmun

Nepali ८४) फेरि उनीबाट आफ्नो मुख फर्काइलिए, र भनेः हाय यसुफ ! हार्दिक शोक र दुःखको कारण उनका आँखा एकदमै सेतो भइसकेका थिए र उनी शोकलाई थिचिराखेका थिए ।

Verse 85

قَالُوا۟ تَٱللَّهِ تَفْتَؤُا۟ تَذْكُرُ يُوسُفَ حَتَّىٰ تَكُونَ حَرَضًا أَوْ تَكُونَ مِنَ ٱلْهَـٰلِكِينَ

Transliteration qālū tal-lahi tafta-u tadhkuru yūsufa ḥattā takūna ḥaraḍan aw takūna mina l-hālikīna

Nepali ८५) छोराहरूले भनेः अल्लाहको शपथ ! तपाईं सदैंव यूसुफको सम्झनामै लागि रहनुहुनेछ । यहाँसम्म कि तपाई जीर्ण हुनुहुनेछ अथवा समाप्त भई जानु हुनेछ ।

Verse 86

قَالَ إِنَّمَآ أَشْكُوا۟ بَثِّى وَحُزْنِىٓ إِلَى ٱللَّهِ وَأَعْلَمُ مِنَ ٱللَّهِ مَا لَا تَعْلَمُونَ

Transliteration qāla innamā ashkū bathī waḥuz'nī ilā l-lahi wa-aʿlamu mina l-lahi mā lā taʿlamūna

Nepali ८६) उहाँले भन्नु भयोः कि, मैले त आफ्नो शोक र कठिनाईको अल्लाहसँग पुकार गरिरहेको छुँ, मलाई अल्लाहको तर्फबाट त्यो कुरो ज्ञात छ, जुन तिमीलाई थाहा छैन ।

Verse 87

يَـٰبَنِىَّ ٱذْهَبُوا۟ فَتَحَسَّسُوا۟ مِن يُوسُفَ وَأَخِيهِ وَلَا تَا۟يْـَٔسُوا۟ مِن رَّوْحِ ٱللَّهِ ۖ إِنَّهُۥ لَا يَا۟يْـَٔسُ مِن رَّوْحِ ٱللَّهِ إِلَّا ٱلْقَوْمُ ٱلْكَـٰفِرُونَ

Transliteration yābaniyya idh'habū fataḥassasū min yūsufa wa-akhīhi walā tāy'asū min rawḥi l-lahi innahu lā yāy'asu min rawḥi l-lahi illā l-qawmu l-kāfirūna

Nepali ८७) मेरा प्यारा पुत्रहरू ! तिमी जाऊ र यूसुफलाई र उसको भाइलाई पूर्णरूपेण खोज गर । र अल्लाहको अनुकम्पाबाट निराश नबन, निश्चितरूपले पालनकर्ताको अनुकम्पाबाट उनै निराश हुन्छन् जो काफिर हुन्छन् ।

Verse 88

فَلَمَّا دَخَلُوا۟ عَلَيْهِ قَالُوا۟ يَـٰٓأَيُّهَا ٱلْعَزِيزُ مَسَّنَا وَأَهْلَنَا ٱلضُّرُّ وَجِئْنَا بِبِضَـٰعَةٍ مُّزْجَىٰةٍ فَأَوْفِ لَنَا ٱلْكَيْلَ وَتَصَدَّقْ عَلَيْنَآ ۖ إِنَّ ٱللَّهَ يَجْزِى ٱلْمُتَصَدِّقِينَ

Transliteration falammā dakhalū ʿalayhi qālū yāayyuhā l-ʿazīzu massanā wa-ahlanā l-ḍuru waji'nā bibiḍāʿatin muz'jātin fa-awfi lanā l-kayla wataṣaddaq ʿalaynā inna l-laha yajzī l-mutaṣadiqīna

Nepali ८८) फेरि यिनीहरू जब यूसुफनिर पुगे, अनि भन्न थालेः ‘‘हे अजीज ! हामीलाई र हाम्रो परिवारलाई दुःख पुगेको छ, हामी सानो पूँजी लिएर आएका छौं, हामीलाई पूरै खाद्यान्न नापिदिनुस्, र हामीमाथि दान गर्नुहोस्, अल्लाह दान गर्नेवालाहरूलाई राम्रो फल दिन्छ ।

Verse 89

قَالَ هَلْ عَلِمْتُم مَّا فَعَلْتُم بِيُوسُفَ وَأَخِيهِ إِذْ أَنتُمْ جَـٰهِلُونَ

Transliteration qāla hal ʿalim'tum mā faʿaltum biyūsufa wa-akhīhi idh antum jāhilūna

Nepali ८९) यसुफले भने जान्दछौ ? तिमीले यसुफ र उसको भाइको साथ आफ्नो अज्ञानताको अवस्थामा के गरेका छौ ?

Verse 90

قَالُوٓا۟ أَءِنَّكَ لَأَنتَ يُوسُفُ ۖ قَالَ أَنَا۠ يُوسُفُ وَهَـٰذَآ أَخِى ۖ قَدْ مَنَّ ٱللَّهُ عَلَيْنَآ ۖ إِنَّهُۥ مَن يَتَّقِ وَيَصْبِرْ فَإِنَّ ٱللَّهَ لَا يُضِيعُ أَجْرَ ٱلْمُحْسِنِينَ

Transliteration qālū a-innaka la-anta yūsufu qāla anā yūsufu wahādhā akhī qad manna l-lahu ʿalaynā innahu man yattaqi wayaṣbir fa-inna l-laha lā yuḍīʿu ajra l-muḥ'sinīna

Nepali ९०) उनीहरूले भनेः के तिमी नै यूसुफ हौ । उत्तर दियो कि हो म नै यूसुफ हूँ र यो मेरो भाइ हो, अल्लाहले हामीमाथि दया गरेको छ, कुरो यो छ कि जो पनि धैर्य धारण गर्छ र सहनशिलता ग्रहण गर्छ, त अल्लाह कुनै पुण्यकारकलाई पुरस्कारबाट वञ्चित गर्दैन ।

Verse 91

قَالُوا۟ تَٱللَّهِ لَقَدْ ءَاثَرَكَ ٱللَّهُ عَلَيْنَا وَإِن كُنَّا لَخَـٰطِـِٔينَ

Transliteration qālū tal-lahi laqad ātharaka l-lahu ʿalaynā wa-in kunnā lakhāṭiīna

Nepali ९१) उनीहरूले भनेः अल्लाहको कसम, अल्लाहले तिमीलाई हामीभन्दा उच्चदर्जा प्रदान गरेको छ, र यो कि हामी नै अपराधी थियौं ।

Verse 92

قَالَ لَا تَثْرِيبَ عَلَيْكُمُ ٱلْيَوْمَ ۖ يَغْفِرُ ٱللَّهُ لَكُمْ ۖ وَهُوَ أَرْحَمُ ٱلرَّٰحِمِينَ

Transliteration qāla lā tathrība ʿalaykumu l-yawma yaghfiru l-lahu lakum wahuwa arḥamu l-rāḥimīna

Nepali ९२) उत्तर दिए ‘‘आज तिमीमाथि कुनै दोषारोपण छैन अल्लाह तिमीहरूलाई क्षमागरोस्, ऊ सबै दयालुभन्दा ठूलो दयावान छ ।’’

Verse 93

ٱذْهَبُوا۟ بِقَمِيصِى هَـٰذَا فَأَلْقُوهُ عَلَىٰ وَجْهِ أَبِى يَأْتِ بَصِيرًا وَأْتُونِى بِأَهْلِكُمْ أَجْمَعِينَ

Transliteration idh'habū biqamīṣī hādhā fa-alqūhu ʿalā wajhi abī yati baṣīran watūnī bi-ahlikum ajmaʿīna

Nepali ९३) मेरो यो कमिज तिमी लैजाऊ र त्यसलाई मेरो पिताको मुखमाथि राखीदेऊः कि उनी हेर्न लागुन्, र आफ्नो सबै सन्ततिलाई मेरो नजिक लिएर आऊ ।

Verse 94

وَلَمَّا فَصَلَتِ ٱلْعِيرُ قَالَ أَبُوهُمْ إِنِّى لَأَجِدُ رِيحَ يُوسُفَ ۖ لَوْلَآ أَن تُفَنِّدُونِ

Transliteration walammā faṣalati l-ʿīru qāla abūhum innī la-ajidu rīḥa yūsufa lawlā an tufannidūni

Nepali ९४) जब यो समह अलग भयो (प्रस्थान गर्यो) तब उनको पिताले भन्नु भयो मलाई त यसुफको सुगन्ध आइरहेको छ, यदि तिमीले मलाई कर्तब्य विमुढ़ नभन्ने हौ भने ।

Verse 95

قَالُوا۟ تَٱللَّهِ إِنَّكَ لَفِى ضَلَـٰلِكَ ٱلْقَدِيمِ

Transliteration qālū tal-lahi innaka lafī ḍalālika l-qadīmi

Nepali ९५) उनीहरूले भन्न थालेः अल्लाह कसम तपाई आफ्नो उही पूरानो कल्पनामै मग्न हुनुहुन्छ ।

Verse 96

فَلَمَّآ أَن جَآءَ ٱلْبَشِيرُ أَلْقَىٰهُ عَلَىٰ وَجْهِهِۦ فَٱرْتَدَّ بَصِيرًا ۖ قَالَ أَلَمْ أَقُل لَّكُمْ إِنِّىٓ أَعْلَمُ مِنَ ٱللَّهِ مَا لَا تَعْلَمُونَ

Transliteration falammā an jāa l-bashīru alqāhu ʿalā wajhihi fa-ir'tadda baṣīran qāla alam aqul lakum innī aʿlamu mina l-lahi mā lā taʿlamūna

Nepali ९६) जब शुभसन्देश दिनेहरू पुगेर उनको मुखमाथि त्यो ‘‘कमिज’’ हालिदिए त्यसै बेला उनका आखाँ ज्योतिमय भए, उनले भने ! के म तिमीसित भन्दैन्थें कि म अल्लाहको तर्फबाट त्यो कुरो जान्दछु जुन तिमीलाई थाहा छैन ।

Verse 97

قَالُوا۟ يَـٰٓأَبَانَا ٱسْتَغْفِرْ لَنَا ذُنُوبَنَآ إِنَّا كُنَّا خَـٰطِـِٔينَ

Transliteration qālū yāabānā is'taghfir lanā dhunūbanā innā kunnā khāṭiīna

Nepali ९७) उनीहरूले भनेः ‘‘पिताजी ! हाम्रो अपराध क्षमाको लागि (अल्लाहसंग) प्रार्थना गर्नुस् निःसन्देह हामी कसूरवार छौं ।

Verse 98

قَالَ سَوْفَ أَسْتَغْفِرُ لَكُمْ رَبِّىٓ ۖ إِنَّهُۥ هُوَ ٱلْغَفُورُ ٱلرَّحِيمُ

Transliteration qāla sawfa astaghfiru lakum rabbī innahu huwa l-ghafūru l-raḥīmu

Nepali ९८) भनेः ‘‘म छिटै तिम्रो लागि आफ्नो अल्लाहबाट क्षमादान माँगूला । ऊ ठूलो क्षमादान दिनेवाला र अत्यन्त दया गर्नेवाला छ ।’’

Verse 99

فَلَمَّا دَخَلُوا۟ عَلَىٰ يُوسُفَ ءَاوَىٰٓ إِلَيْهِ أَبَوَيْهِ وَقَالَ ٱدْخُلُوا۟ مِصْرَ إِن شَآءَ ٱللَّهُ ءَامِنِينَ

Transliteration falammā dakhalū ʿalā yūsufa āwā ilayhi abawayhi waqāla ud'khulū miṣ'ra in shāa l-lahu āminīna

Nepali ९९) जब यो पूरा खानदान यूसुफनिर पुग्यो, तब यूसुफले आफ्नो आमा–बुबालाई आफ्नो नजिक ठाँउ दिए र भने ‘‘कि अल्लाहलाई स्वीकार छ भने तपाईहरू शान्तिको साथ मिश्रमा आउनुहोस्’’ ।

Verse 100

وَرَفَعَ أَبَوَيْهِ عَلَى ٱلْعَرْشِ وَخَرُّوا۟ لَهُۥ سُجَّدًا ۖ وَقَالَ يَـٰٓأَبَتِ هَـٰذَا تَأْوِيلُ رُءْيَـٰىَ مِن قَبْلُ قَدْ جَعَلَهَا رَبِّى حَقًّا ۖ وَقَدْ أَحْسَنَ بِىٓ إِذْ أَخْرَجَنِى مِنَ ٱلسِّجْنِ وَجَآءَ بِكُم مِّنَ ٱلْبَدْوِ مِنۢ بَعْدِ أَن نَّزَغَ ٱلشَّيْطَـٰنُ بَيْنِى وَبَيْنَ إِخْوَتِىٓ ۚ إِنَّ رَبِّى لَطِيفٌ لِّمَا يَشَآءُ ۚ إِنَّهُۥ هُوَ ٱلْعَلِيمُ ٱلْحَكِيمُ

Transliteration warafaʿa abawayhi ʿalā l-ʿarshi wakharrū lahu sujjadan waqāla yāabati hādhā tawīlu ru'yāya min qablu qad jaʿalahā rabbī ḥaqqan waqad aḥsana bī idh akhrajanī mina l-sij'ni wajāa bikum mina l-badwi min baʿdi an nazagha l-shayṭānu baynī wabayna ikh'watī inna rabbī laṭīfun limā yashāu innahu huwa l-ʿalīmu l-ḥakīmu

Nepali १००) र आफ्ना बा, आमालाई उच्च आसनमा बसाले र सबै उनका अगाडि नत्मस्तक भइहाले, र भने पिता ज्यू ! ‘‘यो मेरो पहिलेको सपना साकार भएको हो । मेरो प्रतिपालकले उसलाई सत्य साबित गरी देखाइदियो । उसले मेरो साथमा ठूलो उपकार गर्यो, उसले कारागरबाट मलाई निकाल्यो, र तपाईहरूलाई गाँउबस्तीबाट ल्याइदियो, त्यस घटनापछि जो शैतानले ममा र मेरा भाइहरूमा फूट हालेको थियो, मेरो पालनकर्ताले जे चाहन्छ उसको लागि राम्रो उपाय गर्दछ । र ऊ ठूलो ज्ञानी र तत्वदर्शी छ ।

Verse 101

۞ رَبِّ قَدْ ءَاتَيْتَنِى مِنَ ٱلْمُلْكِ وَعَلَّمْتَنِى مِن تَأْوِيلِ ٱلْأَحَادِيثِ ۚ فَاطِرَ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ أَنتَ وَلِىِّۦ فِى ٱلدُّنْيَا وَٱلْـَٔاخِرَةِ ۖ تَوَفَّنِى مُسْلِمًا وَأَلْحِقْنِى بِٱلصَّـٰلِحِينَ

Transliteration rabbi qad ātaytanī mina l-mul'ki waʿallamtanī min tawīli l-aḥādīthi fāṭira l-samāwāti wal-arḍi anta waliyyī fī l-dun'yā wal-ākhirati tawaffanī mus'liman wa-alḥiq'nī bil-ṣāliḥīna

Nepali १०१) हे मेरो पलनकर्ता ! तिमीले मलाई राष्ट्र प्रदान गर्यौ, र तिमीले मलाई सपनालाई विश्लेषण गर्न सीप सिकाइदियौ, हे पृथ्वी र आकाशको निर्माता ! तिमी नै दुनियाँ र अन्त्यमा मेरो संरक्षक हौ । तिमी मलाई इस्लामको अवस्था मै मृत्यु देऊ, र सत्कर्मीहरूमा शम्मिलित गर ।

Verse 102

ذَٰلِكَ مِنْ أَنۢبَآءِ ٱلْغَيْبِ نُوحِيهِ إِلَيْكَ ۖ وَمَا كُنتَ لَدَيْهِمْ إِذْ أَجْمَعُوٓا۟ أَمْرَهُمْ وَهُمْ يَمْكُرُونَ

Transliteration dhālika min anbāi l-ghaybi nūḥīhi ilayka wamā kunta ladayhim idh ajmaʿū amrahum wahum yamkurūna

Nepali १०२) यो गोप्य सूचनाहरूमध्ये हो, जसलाई हामी तपाईतर्फ सन्देशित गरिरहेका छौं, र तपाई उनीहरू नजिक थिएनौ जबकि उनीहरूले आफ्नो सबै उपाय गरेपछि (यूसुफको खिलाफ) षडयंत्र गर्न लागेका थिए ।

Verse 103

وَمَآ أَكْثَرُ ٱلنَّاسِ وَلَوْ حَرَصْتَ بِمُؤْمِنِينَ

Transliteration wamā aktharu l-nāsi walaw ḥaraṣta bimu'minīna

Nepali १०३) तपाईले जति चाहे पनि सबै ईमान्दार हुन सक्दैनन् ।

Verse 104

وَمَا تَسْـَٔلُهُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۚ إِنْ هُوَ إِلَّا ذِكْرٌ لِّلْعَـٰلَمِينَ

Transliteration wamā tasaluhum ʿalayhi min ajrin in huwa illā dhik'run lil'ʿālamīna

Nepali १०४) तपाईंले यसको साटो कुनै पारितोषिक माँगीरहनु भएको छैन यो त सम्पूर्ण संसारको लागि खुल्लम खुल्ला निर्देशन हो ।

Verse 105

وَكَأَيِّن مِّنْ ءَايَةٍ فِى ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ يَمُرُّونَ عَلَيْهَا وَهُمْ عَنْهَا مُعْرِضُونَ

Transliteration waka-ayyin min āyatin fī l-samāwāti wal-arḍi yamurrūna ʿalayhā wahum ʿanhā muʿ'riḍūna

Nepali १०५) आकाश र पृथ्वीमा धेरै चिन्हहरू छन्, जसबाट यिनीहरू मुख फर्काएर अगाडि गइहाल्छन् ।

Verse 106

وَمَا يُؤْمِنُ أَكْثَرُهُم بِٱللَّهِ إِلَّا وَهُم مُّشْرِكُونَ

Transliteration wamā yu'minu aktharuhum bil-lahi illā wahum mush'rikūna

Nepali १०६) तिनीहरूमध्ये अधिकांश व्यक्ति अल्लाहमा ईमानवाला नभई मुश्रिक नै हुन् ।

Verse 107

أَفَأَمِنُوٓا۟ أَن تَأْتِيَهُمْ غَـٰشِيَةٌ مِّنْ عَذَابِ ٱللَّهِ أَوْ تَأْتِيَهُمُ ٱلسَّاعَةُ بَغْتَةً وَهُمْ لَا يَشْعُرُونَ

Transliteration afa-aminū an tatiyahum ghāshiyatun min ʿadhābi l-lahi aw tatiyahumu l-sāʿatu baghtatan wahum lā yashʿurūna

Nepali १०७) के तिनीहरू यस कुराबाट निडर भइसकेका छन, कि उनीमाथि अल्लाहको सजायहरूमध्ये कुनै सजाय आइलागोस्, अथवा उनीमाथि एक्कासी कियामतको दिन आई परोस् र उनीहरू अन्जान नै बनिरहुन् ।

Verse 108

قُلْ هَـٰذِهِۦ سَبِيلِىٓ أَدْعُوٓا۟ إِلَى ٱللَّهِ ۚ عَلَىٰ بَصِيرَةٍ أَنَا۠ وَمَنِ ٱتَّبَعَنِى ۖ وَسُبْحَـٰنَ ٱللَّهِ وَمَآ أَنَا۠ مِنَ ٱلْمُشْرِكِينَ

Transliteration qul hādhihi sabīlī adʿū ilā l-lahi ʿalā baṣīratin anā wamani ittabaʿanī wasub'ḥāna l-lahi wamā anā mina l-mush'rikīna

Nepali १०८) तपाई भनिदिनुस् ! मेरो बाटो यही हो, म र मेरो आदेशपालकहरू अल्लाहतिर बोलाइरहेका छौं, पूरै विश्वास र भरोसाको साथ, र अल्लाह पवित्र छन्, र म मुश्रिकहरूमध्येको होइन ।

Verse 109

وَمَآ أَرْسَلْنَا مِن قَبْلِكَ إِلَّا رِجَالًا نُّوحِىٓ إِلَيْهِم مِّنْ أَهْلِ ٱلْقُرَىٰٓ ۗ أَفَلَمْ يَسِيرُوا۟ فِى ٱلْأَرْضِ فَيَنظُرُوا۟ كَيْفَ كَانَ عَـٰقِبَةُ ٱلَّذِينَ مِن قَبْلِهِمْ ۗ وَلَدَارُ ٱلْـَٔاخِرَةِ خَيْرٌ لِّلَّذِينَ ٱتَّقَوْا۟ ۗ أَفَلَا تَعْقِلُونَ

Transliteration wamā arsalnā min qablika illā rijālan nūḥī ilayhim min ahli l-qurā afalam yasīrū fī l-arḍi fayanẓurū kayfa kāna ʿāqibatu alladhīna min qablihim waladāru l-ākhirati khayrun lilladhīna ittaqaw afalā taʿqilūna

Nepali १०९) तपाईंभन्दा पहिले मैले गाँउलेहरूमा जति पैगम्बर पठाएँ, सबै पुरुष नै थिए । उनीहरूतर्फ मैले सन्देश (वह्य) दिदैगएँ । के तिनीहरू पृथ्वीमा हिलडुल गरेर देखेनन् ? कि उनीभन्दा पहिलेका व्यक्तिहरूको के कस्तो परिणाम भयो । वास्तवमा अन्तिम घर सहनशीलहरूको लागि धेरै राम्रा छन् । तै पनि तिनी सम्झन सक्तैनन् ।

Verse 110

حَتَّىٰٓ إِذَا ٱسْتَيْـَٔسَ ٱلرُّسُلُ وَظَنُّوٓا۟ أَنَّهُمْ قَدْ كُذِبُوا۟ جَآءَهُمْ نَصْرُنَا فَنُجِّىَ مَن نَّشَآءُ ۖ وَلَا يُرَدُّ بَأْسُنَا عَنِ ٱلْقَوْمِ ٱلْمُجْرِمِينَ

Transliteration ḥattā idhā is'tayasa l-rusulu waẓannū annahum qad kudhibū jāahum naṣrunā fanujjiya man nashāu walā yuraddu basunā ʿani l-qawmi l-muj'rimīna

Nepali ११०) यहाँसम्म कि जब पैगम्बर निराश हुन लाग्नु भयो र त्यस कौमका मानिसहरू सोच्न लागे कि उनीलाई झूठो भनियोस्, तुरुन्त नै हाम्रो सहयोग उनीनिर आइपुग्यो । जसलाई मैले चाहें त्यसलाई मुक्ति दिएँ, कुरो यो छ कि हाम्रो सजाय अपराधीहरूवाट फिर्ता आउँदैन ।

Verse 111

لَقَدْ كَانَ فِى قَصَصِهِمْ عِبْرَةٌ لِّأُو۟لِى ٱلْأَلْبَـٰبِ ۗ مَا كَانَ حَدِيثًا يُفْتَرَىٰ وَلَـٰكِن تَصْدِيقَ ٱلَّذِى بَيْنَ يَدَيْهِ وَتَفْصِيلَ كُلِّ شَىْءٍ وَهُدًى وَرَحْمَةً لِّقَوْمٍ يُؤْمِنُونَ

Transliteration laqad kāna fī qaṣaṣihim ʿib'ratun li-ulī l-albābi mā kāna ḥadīthan yuf'tarā walākin taṣdīqa alladhī bayna yadayhi watafṣīla kulli shayin wahudan waraḥmatan liqawmin yu'minūna

Nepali १११) निश्चय नै उनको वर्णनमा बुद्धिमानहरूको लागि शिक्षा र सुझाव छन् । यो कुरआन झूठो बनाएको कुरो होइन । बरु यो प्रमाणित गर्दछ , ती पुस्तकहरूको जुन यसभन्दा अगाडिका छन् । र खुल्लारूपमा बयान गर्नेवाला छ हरेक वस्तुको, र ईमानदार मान्छेहरूको लागि निर्देशन र रहमत छ ।

Read Surah Yusuf in another language

All languages

All 114 surahs in Nepali: the Qur’an in Nepali.

Learn it in MyDugsi

Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.