MyDugsiStart learning

Surah Hud in Nepali: translation and audio

Surah 11 · هود · Hud · 123 verses

Surah Hud verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Hud word by word in English.

Verse 1

الٓر ۚ كِتَـٰبٌ أُحْكِمَتْ ءَايَـٰتُهُۥ ثُمَّ فُصِّلَتْ مِن لَّدُنْ حَكِيمٍ خَبِيرٍ

Transliteration alif-lam-ra kitābun uḥ'kimat āyātuhu thumma fuṣṣilat min ladun ḥakīmin khabīrin

Nepali १) अलिफ. लाम. रा. । यो यस्तो किताब हो जसका आयतहरू ठोस छन्, र बुद्धिमत्ता सम्पन्न सबै कुराको ज्ञाताको तर्फबाट स्पष्टरूपले व्याख्या गरिएको छ ।

Verse 2

أَلَّا تَعْبُدُوٓا۟ إِلَّا ٱللَّهَ ۚ إِنَّنِى لَكُم مِّنْهُ نَذِيرٌ وَبَشِيرٌ

Transliteration allā taʿbudū illā l-laha innanī lakum min'hu nadhīrun wabashīrun

Nepali २) यो कि अल्लाह बाहेक कसैको पूजा नगर । र म उसको तर्फबाट तिमीलाई सावधान गर्ने र शुभ सन्देश दिनेवाला हूँ ।

Verse 3

وَأَنِ ٱسْتَغْفِرُوا۟ رَبَّكُمْ ثُمَّ تُوبُوٓا۟ إِلَيْهِ يُمَتِّعْكُم مَّتَـٰعًا حَسَنًا إِلَىٰٓ أَجَلٍ مُّسَمًّى وَيُؤْتِ كُلَّ ذِى فَضْلٍ فَضْلَهُۥ ۖ وَإِن تَوَلَّوْا۟ فَإِنِّىٓ أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ كَبِيرٍ

Transliteration wa-ani is'taghfirū rabbakum thumma tūbū ilayhi yumattiʿ'kum matāʿan ḥasanan ilā ajalin musamman wayu'ti kulla dhī faḍlin faḍlahu wa-in tawallaw fa-innī akhāfu ʿalaykum ʿadhāba yawmin kabīrin

Nepali ३) र यो कि आफ्नो पालनकर्तासित क्षमायाचना गर र उसैको सामु प्रायश्चित गर, उसले तिमीलाई एक निश्चित समयसम्म राम्रो जिन्दगी दिनेछ, र धेरै पुण्य गर्नेहरूलाई बढी प्रतिफल दिनेछ । र यदि तिमी विमुख हुन्छौ भने मलाई तिम्रो बारेमा किÞयामतको सजायको भय छ ।

Verse 4

إِلَى ٱللَّهِ مَرْجِعُكُمْ ۖ وَهُوَ عَلَىٰ كُلِّ شَىْءٍ قَدِيرٌ

Transliteration ilā l-lahi marjiʿukum wahuwa ʿalā kulli shayin qadīrun

Nepali ४) तिमी (सबै) लाई अल्लाहतिरै (फर्केर) जानु छ र ऊ प्रत्येक कुरोमा सामथ्र्यवान छ ।

Verse 5

أَلَآ إِنَّهُمْ يَثْنُونَ صُدُورَهُمْ لِيَسْتَخْفُوا۟ مِنْهُ ۚ أَلَا حِينَ يَسْتَغْشُونَ ثِيَابَهُمْ يَعْلَمُ مَا يُسِرُّونَ وَمَا يُعْلِنُونَ ۚ إِنَّهُۥ عَلِيمٌۢ بِذَاتِ ٱلصُّدُورِ

Transliteration alā innahum yathnūna ṣudūrahum liyastakhfū min'hu alā ḥīna yastaghshūna thiyābahum yaʿlamu mā yusirrūna wamā yuʿ'linūna innahu ʿalīmun bidhāti l-ṣudūri

Nepali ५) यादराख यिनीहरूले आफ्ना हृदयलाई आवरणले छोप्छन्, ताकि अल्लाहबाट त्यस भित्रको कुरा लुकाउन सकुन् । सुनिराख, जुन बेला यिनीहरू लुगामा बेरिएका हुन्छन् त्यतिबेला पनि तिनीहरूको लुकेको र प्रकट कुराहरू सबैको उसलाई ज्ञान हुन्छ, निःसन्देह ऊ हृदयभित्र भएका सबै कुराहरू जान्दछ ।

Verse 6

۞ وَمَا مِن دَآبَّةٍ فِى ٱلْأَرْضِ إِلَّا عَلَى ٱللَّهِ رِزْقُهَا وَيَعْلَمُ مُسْتَقَرَّهَا وَمُسْتَوْدَعَهَا ۚ كُلٌّ فِى كِتَـٰبٍ مُّبِينٍ

Transliteration wamā min dābbatin fī l-arḍi illā ʿalā l-lahi riz'quhā wayaʿlamu mus'taqarrahā wamus'tawdaʿahā kullun fī kitābin mubīnin

Nepali ६) पृथ्वीमा हिलडुल गर्ने जे जति पनि प्राणीहरू छन् अल्लाहमाथि सबैको रोजी निर्भर छ । उही उनका बसोबास गर्ने ठाउँ जान्दछ । र तिनलाई सुम्पिने ठाउँ पनि । सबै थोक किताबमा स्पष्टरूपमा छन् ।

Verse 7

وَهُوَ ٱلَّذِى خَلَقَ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضَ فِى سِتَّةِ أَيَّامٍ وَكَانَ عَرْشُهُۥ عَلَى ٱلْمَآءِ لِيَبْلُوَكُمْ أَيُّكُمْ أَحْسَنُ عَمَلًا ۗ وَلَئِن قُلْتَ إِنَّكُم مَّبْعُوثُونَ مِنۢ بَعْدِ ٱلْمَوْتِ لَيَقُولَنَّ ٱلَّذِينَ كَفَرُوٓا۟ إِنْ هَـٰذَآ إِلَّا سِحْرٌ مُّبِينٌ

Transliteration wahuwa alladhī khalaqa l-samāwāti wal-arḍa fī sittati ayyāmin wakāna ʿarshuhu ʿalā l-māi liyabluwakum ayyukum aḥsanu ʿamalan wala-in qul'ta innakum mabʿūthūna min baʿdi l-mawti layaqūlanna alladhīna kafarū in hādhā illā siḥ'run mubīnun

Nepali ७) र उहि नै (अल्लाह) हो जसले आकाशहरू र पृथ्वीलाई ‘‘छ’’ ६ दिनमा बनायो र (त्यसबेला) उसको सिंहासन पानीमाथि थियो । (सृष्टिको उद्देश्य यो छ कि) उसले तिम्रो परीक्षा गरोस्, कि कर्मको दृष्टिले तिमीमध्ये को राम्रो छ । र यदि तपाई भन्नुहुन्छ कि मृत्यु पश्चात जीवित गरेपछि उठाइने छौ, भने काफिरहरूले जवाफ दिनेछन् कि यो त स्पष्टरूपले जादू हो ।

Verse 8

وَلَئِنْ أَخَّرْنَا عَنْهُمُ ٱلْعَذَابَ إِلَىٰٓ أُمَّةٍ مَّعْدُودَةٍ لَّيَقُولُنَّ مَا يَحْبِسُهُۥٓ ۗ أَلَا يَوْمَ يَأْتِيهِمْ لَيْسَ مَصْرُوفًا عَنْهُمْ وَحَاقَ بِهِم مَّا كَانُوا۟ بِهِۦ يَسْتَهْزِءُونَ

Transliteration wala-in akharnā ʿanhumu l-ʿadhāba ilā ummatin maʿdūdatin layaqūlunna mā yaḥbisuhu alā yawma yatīhim laysa maṣrūfan ʿanhum waḥāqa bihim mā kānū bihi yastahziūna

Nepali ८) र यदि एक निश्चित अवधिसम्म हामीले तिनीहरूमाथिको सजाय रोक्थ्यौ त भन्ने छन्ः कि कुन कुराले सजायलाई रोकिराखेको छ । हेर, जुन दिन सजाय तिनीहरूमाथि आउनेछ त्यो सर्दैन र फेरि जुन कुराको उपहास गर्दै गरेका थिए त्यसले तिनलाई घेरिहाल्ने छ ।

Verse 9

وَلَئِنْ أَذَقْنَا ٱلْإِنسَـٰنَ مِنَّا رَحْمَةً ثُمَّ نَزَعْنَـٰهَا مِنْهُ إِنَّهُۥ لَيَـُٔوسٌ كَفُورٌ

Transliteration wala-in adhaqnā l-insāna minnā raḥmatan thumma nazaʿnāhā min'hu innahu layaūsun kafūrun

Nepali ९) र यदि हामीले मानिसलाई आफ्नो कुनै पुरस्कारको स्वाद चखाएर त्यसलाई वहाँबाट खोस्छौं भने त्यो (मानिस) धेरै निराश र कृतघ्न भइहाल्छ ।

Verse 10

وَلَئِنْ أَذَقْنَـٰهُ نَعْمَآءَ بَعْدَ ضَرَّآءَ مَسَّتْهُ لَيَقُولَنَّ ذَهَبَ ٱلسَّيِّـَٔاتُ عَنِّىٓ ۚ إِنَّهُۥ لَفَرِحٌ فَخُورٌ

Transliteration wala-in adhaqnāhu naʿmāa baʿda ḍarrāa massathu layaqūlanna dhahaba l-sayiātu ʿannī innahu lafariḥun fakhūrun

Nepali १०) तर यदि त्यसलाई दुःख पुगेपछि हामी आराम प्रदान गर्छौं भने प्रसन्न भई, भन्दछः कि सबै नराम्रा कुराहरू हामीबाट हटिसके । निःसन्देह त्यो खुशी हुने र धेरै आत्माप्रशंसक छ ।

Verse 11

إِلَّا ٱلَّذِينَ صَبَرُوا۟ وَعَمِلُوا۟ ٱلصَّـٰلِحَـٰتِ أُو۟لَـٰٓئِكَ لَهُم مَّغْفِرَةٌ وَأَجْرٌ كَبِيرٌ

Transliteration illā alladhīna ṣabarū waʿamilū l-ṣāliḥāti ulāika lahum maghfiratun wa-ajrun kabīrun

Nepali ११) हो, जसले धैर्य गरे र असल कर्म गरे । तिनै हुन् जसका लागि क्षमा र ठूलो प्रतिफल छ ।

Verse 12

فَلَعَلَّكَ تَارِكٌۢ بَعْضَ مَا يُوحَىٰٓ إِلَيْكَ وَضَآئِقٌۢ بِهِۦ صَدْرُكَ أَن يَقُولُوا۟ لَوْلَآ أُنزِلَ عَلَيْهِ كَنزٌ أَوْ جَآءَ مَعَهُۥ مَلَكٌ ۚ إِنَّمَآ أَنتَ نَذِيرٌ ۚ وَٱللَّهُ عَلَىٰ كُلِّ شَىْءٍ وَكِيلٌ

Transliteration falaʿallaka tārikun baʿḍa mā yūḥā ilayka waḍāiqun bihi ṣadruka an yaqūlū lawlā unzila ʿalayhi kanzun aw jāa maʿahu malakun innamā anta nadhīrun wal-lahu ʿalā kulli shayin wakīlun

Nepali १२) संभवतः तिम्रो लागि उतारिएको अल्लाहका केही आदेश तिमीले छाडिदिन्छौ र यस कारणले तपाईको हृदय संकुचित हुन्छ कि काफिरहरूले भन्छन् कि उनीमाथि कुनै खजाना किन उतारिएन अथवा त्यसको साथमा कुनै फरिश्ता (स्वर्गदूत) किन आएन । (सुन्नुस्) तपाई त मात्र सावधान गर्नेवाला हौ र हरेक कुराको जिम्मेदारी अल्लाहमाथि छ ।

Verse 13

أَمْ يَقُولُونَ ٱفْتَرَىٰهُ ۖ قُلْ فَأْتُوا۟ بِعَشْرِ سُوَرٍ مِّثْلِهِۦ مُفْتَرَيَـٰتٍ وَٱدْعُوا۟ مَنِ ٱسْتَطَعْتُم مِّن دُونِ ٱللَّهِ إِن كُنتُمْ صَـٰدِقِينَ

Transliteration am yaqūlūna if'tarāhu qul fatū biʿashri suwarin mith'lihi muf'tarayātin wa-id'ʿū mani is'taṭaʿtum min dūni l-lahi in kuntum ṣādiqīna

Nepali १३) के यिनीहरूले भन्दछन् कि उसले ‘‘कुरआन’’ आफैले रचेको हो र भनिदिनुस्ः कि तिमीले पनि यस्तै दशवटा सूरहहरू रचेर ल्याऊ र अल्लाह बाहेक जसलाई चाहन्छौ आफ्नो साथमा बोलाएर ल्याऊ यदि तिमीहरू आफ्नो कुरामा साँचो छौ भने ।

Verse 14

فَإِلَّمْ يَسْتَجِيبُوا۟ لَكُمْ فَٱعْلَمُوٓا۟ أَنَّمَآ أُنزِلَ بِعِلْمِ ٱللَّهِ وَأَن لَّآ إِلَـٰهَ إِلَّا هُوَ ۖ فَهَلْ أَنتُم مُّسْلِمُونَ

Transliteration fa-illam yastajībū lakum fa-iʿ'lamū annamā unzila biʿil'mi l-lahi wa-an lā ilāha illā huwa fahal antum mus'limūna

Nepali १४) फेरि यदि तिनीहरूले तपाईको कुरा स्वीकार गर्दैनन्, भने त जानिराख कि त्यो कुरआन अल्लाहको ज्ञानले प्रकट गरिएको हो, र यो कि त्यसबाहेक अरु कोही पूजनीय छैन, तसर्थ (हे मुश्रिकहरू) के तिमीले पनि इस्लाम स्वीकार गर्दछौ ?

Verse 15

مَن كَانَ يُرِيدُ ٱلْحَيَوٰةَ ٱلدُّنْيَا وَزِينَتَهَا نُوَفِّ إِلَيْهِمْ أَعْمَـٰلَهُمْ فِيهَا وَهُمْ فِيهَا لَا يُبْخَسُونَ

Transliteration man kāna yurīdu l-ḥayata l-dun'yā wazīnatahā nuwaffi ilayhim aʿmālahum fīhā wahum fīhā lā yub'khasūna

Nepali १५) जुन मानिसहरूले सांसारिक जीवन र यसका आकर्षक कुराहरूको लागि मरिमेटछन हामीले उनीहरूको सबै कर्महरूको प्रतिफल तिनीहरूलाई संसारमा नै दिन्छौ र यसमा हामीले कुनै कमी गर्दैनौं ।

Verse 16

أُو۟لَـٰٓئِكَ ٱلَّذِينَ لَيْسَ لَهُمْ فِى ٱلْـَٔاخِرَةِ إِلَّا ٱلنَّارُ ۖ وَحَبِطَ مَا صَنَعُوا۟ فِيهَا وَبَـٰطِلٌ مَّا كَانُوا۟ يَعْمَلُونَ

Transliteration ulāika alladhīna laysa lahum fī l-ākhirati illā l-nāru waḥabiṭa mā ṣanaʿū fīhā wabāṭilun mā kānū yaʿmalūna

Nepali १६) यीनै ती मानिसहरू हुन् जसका निम्ति परलोकमा नर्कको आगो बाहेक अरु केही छैन, र जुन कर्म तिनीहरूले संसारमा गरे सबै बर्बाद भए, र जेजति तिनीहरूले गर्दैगरे सबै निरर्थक हुनेवाला छन् ।

Verse 17

أَفَمَن كَانَ عَلَىٰ بَيِّنَةٍ مِّن رَّبِّهِۦ وَيَتْلُوهُ شَاهِدٌ مِّنْهُ وَمِن قَبْلِهِۦ كِتَـٰبُ مُوسَىٰٓ إِمَامًا وَرَحْمَةً ۚ أُو۟لَـٰٓئِكَ يُؤْمِنُونَ بِهِۦ ۚ وَمَن يَكْفُرْ بِهِۦ مِنَ ٱلْأَحْزَابِ فَٱلنَّارُ مَوْعِدُهُۥ ۚ فَلَا تَكُ فِى مِرْيَةٍ مِّنْهُ ۚ إِنَّهُ ٱلْحَقُّ مِن رَّبِّكَ وَلَـٰكِنَّ أَكْثَرَ ٱلنَّاسِ لَا يُؤْمِنُونَ

Transliteration afaman kāna ʿalā bayyinatin min rabbihi wayatlūhu shāhidun min'hu wamin qablihi kitābu mūsā imāman waraḥmatan ulāika yu'minūna bihi waman yakfur bihi mina l-aḥzābi fal-nāru mawʿiduhu falā taku fī mir'yatin min'hu innahu l-ḥaqu min rabbika walākinna akthara l-nāsi lā yu'minūna

Nepali १७) के त्यो मानिस जसलाई आफ्नो पालनकर्ताको तर्फबाट स्पष्ट प्रमाण प्राप्तछ र उसपछि अल्लाहको तर्फबाट आएको साक्षी (जिबरील) पनि छ र त्योभन्दा पहिला मूसाको किताब मार्गदर्शक र वरदान आइसकेको होस्, (के यस्तो व्यक्ति पथभरष्ट हुन सक्दछ ?) यिनीहरू नै त्यसमाथि ईमान राख्दछन । र यिनी समुदायबाट जो यसको इन्कार गर्दछ, उसको अन्तिम बासस्थान (नर्कको) आगो हो । तसर्थ तिमीले यस (कुरआन) को सम्बन्धमा कुनै शंका नगर्नु, यो तिम्रो पालनकर्ताबाट आएको पूर्ण सत्य हो, तर अधिकांश मानिसहरूले ईमान ल्याउँदैनन् ।

Verse 18

وَمَنْ أَظْلَمُ مِمَّنِ ٱفْتَرَىٰ عَلَى ٱللَّهِ كَذِبًا ۚ أُو۟لَـٰٓئِكَ يُعْرَضُونَ عَلَىٰ رَبِّهِمْ وَيَقُولُ ٱلْأَشْهَـٰدُ هَـٰٓؤُلَآءِ ٱلَّذِينَ كَذَبُوا۟ عَلَىٰ رَبِّهِمْ ۚ أَلَا لَعْنَةُ ٱللَّهِ عَلَى ٱلظَّـٰلِمِينَ

Transliteration waman aẓlamu mimmani if'tarā ʿalā l-lahi kadhiban ulāika yuʿ'raḍūna ʿalā rabbihim wayaqūlu l-ashhādu hāulāi alladhīna kadhabū ʿalā rabbihim alā laʿnatu l-lahi ʿalā l-ẓālimīna

Nepali १८) यसभन्दा बढी अत्याचारीको होला जसले अल्लाहबारे असत्यकुरा गर्दछ । यस्ता मानिसहरू अल्लाहको सामु प्रस्तुत गरिनेछन् र सबै साक्षीहरूले भन्नेछन् कि यिनै मानिस हुन् जसले आफ्नो पालनकर्ताबारे झूठा कुरा भनेका थिए, खबरदार (सावधान) अत्याचारीहरूमाथि अल्लाहको धिक्कार छ ।

Verse 19

ٱلَّذِينَ يَصُدُّونَ عَن سَبِيلِ ٱللَّهِ وَيَبْغُونَهَا عِوَجًا وَهُم بِٱلْـَٔاخِرَةِ هُمْ كَـٰفِرُونَ

Transliteration alladhīna yaṣuddūna ʿan sabīli l-lahi wayabghūnahā ʿiwajan wahum bil-ākhirati hum kāfirūna

Nepali १९) जुन मानिसहरू अल्लाहको मार्गबाट रोक्दछन् र त्यसमा वक्रता खोजिराखछन् तिनीहरू नै परलोक (आखिरत) को इन्कार गर्दछन् ।

Verse 20

أُو۟لَـٰٓئِكَ لَمْ يَكُونُوا۟ مُعْجِزِينَ فِى ٱلْأَرْضِ وَمَا كَانَ لَهُم مِّن دُونِ ٱللَّهِ مِنْ أَوْلِيَآءَ ۘ يُضَـٰعَفُ لَهُمُ ٱلْعَذَابُ ۚ مَا كَانُوا۟ يَسْتَطِيعُونَ ٱلسَّمْعَ وَمَا كَانُوا۟ يُبْصِرُونَ

Transliteration ulāika lam yakūnū muʿ'jizīna fī l-arḍi wamā kāna lahum min dūni l-lahi min awliyāa yuḍāʿafu lahumu l-ʿadhābu mā kānū yastaṭīʿūna l-samʿa wamā kānū yub'ṣirūna

Nepali २०) यिनीहरूले न धर्तीमा अल्लाहलाई हराउन सकछन् र नत अल्लाह बाहेक कोही तिनीहरूको समर्थक हुनेछ । तिनीहरूलाई दोब्बर सजाय दिइनेछ, किनकि यिनीहरूले सुन्न सक्दैनथे र नत देख्न सक्दथे ।

Verse 21

أُو۟لَـٰٓئِكَ ٱلَّذِينَ خَسِرُوٓا۟ أَنفُسَهُمْ وَضَلَّ عَنْهُم مَّا كَانُوا۟ يَفْتَرُونَ

Transliteration ulāika alladhīna khasirū anfusahum waḍalla ʿanhum mā kānū yaftarūna

Nepali २१) यिनीहरू नै हुन् जसले कि आफूलाई हानिमा पारे, र यिनीहरूले मानी आएका सबै मनगढन्ते कुराहरू यिनीहरूबाट हरायो ।

Verse 22

لَا جَرَمَ أَنَّهُمْ فِى ٱلْـَٔاخِرَةِ هُمُ ٱلْأَخْسَرُونَ

Transliteration lā jarama annahum fī l-ākhirati humu l-akhsarūna

Nepali २२) निःसन्देह यिनीहरू नै परलोकमा सबैभन्दा धेरै हानि भोग्नेछन् ।

Verse 23

إِنَّ ٱلَّذِينَ ءَامَنُوا۟ وَعَمِلُوا۟ ٱلصَّـٰلِحَـٰتِ وَأَخْبَتُوٓا۟ إِلَىٰ رَبِّهِمْ أُو۟لَـٰٓئِكَ أَصْحَـٰبُ ٱلْجَنَّةِ ۖ هُمْ فِيهَا خَـٰلِدُونَ

Transliteration inna alladhīna āmanū waʿamilū l-ṣāliḥāti wa-akhbatū ilā rabbihim ulāika aṣḥābu l-janati hum fīhā khālidūna

Nepali २३) जुन मानिसहरूले ईमान ल्याए र सत्कर्म गरे र आफ्नो पालनकर्ताको अगाडि क्षमायाचना गरे, यिनै स्वर्गमा जानेहरू हुन्, र सधैं त्यसमा रहनेछन् ।

Verse 24

۞ مَثَلُ ٱلْفَرِيقَيْنِ كَٱلْأَعْمَىٰ وَٱلْأَصَمِّ وَٱلْبَصِيرِ وَٱلسَّمِيعِ ۚ هَلْ يَسْتَوِيَانِ مَثَلًا ۚ أَفَلَا تَذَكَّرُونَ

Transliteration mathalu l-farīqayni kal-aʿmā wal-aṣami wal-baṣīri wal-samīʿi hal yastawiyāni mathalan afalā tadhakkarūna

Nepali २४) यी दुवै समुदाय (काफिर र मोमिन) को उदाहरण यस्तो छ, जस्तो एउटा अन्धा र बहिरा होस् र अर्को देख्ने सुन्ने, त के दुवैको अवस्था बराबर हुनसक्छ ? अनि तिमीले किन शिक्षा लिदैनौ ।

Verse 25

وَلَقَدْ أَرْسَلْنَا نُوحًا إِلَىٰ قَوْمِهِۦٓ إِنِّى لَكُمْ نَذِيرٌ مُّبِينٌ

Transliteration walaqad arsalnā nūḥan ilā qawmihi innī lakum nadhīrun mubīnun

Nepali २५) र हामीले ‘‘नूहलाई’’ उनको कौमतिर रसूल बनाएर पठायौं (उनले भने) कि मैले तिमीलाई खुल्लमखुल्ला सावधान गराउने आएको हूँ ।

Verse 26

أَن لَّا تَعْبُدُوٓا۟ إِلَّا ٱللَّهَ ۖ إِنِّىٓ أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ أَلِيمٍ

Transliteration an lā taʿbudū illā l-laha innī akhāfu ʿalaykum ʿadhāba yawmin alīmin

Nepali २६) कि तिमीहरू अल्लाह बाहेक कसैको पूजा नगर । मलाई तिम्रो बारेमा कष्टदायक सजाय हुने दिनको भय छ ।

Verse 27

فَقَالَ ٱلْمَلَأُ ٱلَّذِينَ كَفَرُوا۟ مِن قَوْمِهِۦ مَا نَرَىٰكَ إِلَّا بَشَرًا مِّثْلَنَا وَمَا نَرَىٰكَ ٱتَّبَعَكَ إِلَّا ٱلَّذِينَ هُمْ أَرَاذِلُنَا بَادِىَ ٱلرَّأْىِ وَمَا نَرَىٰ لَكُمْ عَلَيْنَا مِن فَضْلٍۭ بَلْ نَظُنُّكُمْ كَـٰذِبِينَ

Transliteration faqāla l-mala-u alladhīna kafarū min qawmihi mā narāka illā basharan mith'lanā wamā narāka ittabaʿaka illā alladhīna hum arādhilunā bādiya l-rayi wamā narā lakum ʿalaynā min faḍlin bal naẓunnukum kādhibīna

Nepali २७) अनि उनको समुदायका काफिरहरूको नायकहरूले भन्न थालेः कि हामीले तिमीलाई आफू जस्तै एउटा मानिसको रूपमा देख्छौं र यो पनि देख्छौं कि तिम्रा अनुयायीहरू तल्लो श्रेणीका मानिसहरू बाहेक कोही छैन जसले नजानी बुझीकन तिम्रो अनुयायी भएका छन् । हामीले त हामीहरूभन्दा तिमीमा केही बढी विशेषता देखेका छैनौं बरु तिमीलाई हामीले झूठा ठान्दछौं ।

Verse 28

قَالَ يَـٰقَوْمِ أَرَءَيْتُمْ إِن كُنتُ عَلَىٰ بَيِّنَةٍ مِّن رَّبِّى وَءَاتَىٰنِى رَحْمَةً مِّنْ عِندِهِۦ فَعُمِّيَتْ عَلَيْكُمْ أَنُلْزِمُكُمُوهَا وَأَنتُمْ لَهَا كَـٰرِهُونَ

Transliteration qāla yāqawmi ara-aytum in kuntu ʿalā bayyinatin min rabbī waātānī raḥmatan min ʿindihi faʿummiyat ʿalaykum anul'zimukumūhā wa-antum lahā kārihūna

Nepali २८) नूहले भने कि हे मेरो सम्प्रदायका मानिसहरू, बताऊ यदि म आफ्नो पालनकर्ताबाट (स्पष्ट) प्रमाण राख्दछु र उसले मलाई आफ्नो तर्फबाट दया प्रदान गरेको छ, त्यो तिम्रो दृष्टिमा पर्दैन भने त के हामीले यसको निम्ति तिमीलाई बाध्य गरौं ? जबकि तिमी त्यसबाट अप्रसन्न छौ ।

Verse 29

وَيَـٰقَوْمِ لَآ أَسْـَٔلُكُمْ عَلَيْهِ مَالًا ۖ إِنْ أَجْرِىَ إِلَّا عَلَى ٱللَّهِ ۚ وَمَآ أَنَا۠ بِطَارِدِ ٱلَّذِينَ ءَامَنُوٓا۟ ۚ إِنَّهُم مُّلَـٰقُوا۟ رَبِّهِمْ وَلَـٰكِنِّىٓ أَرَىٰكُمْ قَوْمًا تَجْهَلُونَ

Transliteration wayāqawmi lā asalukum ʿalayhi mālan in ajriya illā ʿalā l-lahi wamā anā biṭāridi alladhīna āmanū innahum mulāqū rabbihim walākinnī arākum qawman tajhalūna

Nepali २९) र हे मेरो समुदायहरू ! म यस (सन्देश) बापत तिमीसित धनसम्पत्ति माँग्दिन, मेरो पुरस्कार त केवल अल्लाहको जिम्मामा छ, र ईमानवाला मानिसहरूलाई म लखेटन सक्दिनँ, तिनीहरू आफ्नो पालनकर्तासित साक्षातकार प्राप्त गर्नेवाला छन्, तर म तिमीहरूलाई अज्ञानतापूर्ण कार्य गरिराखेका देख्दछु ।

Verse 30

وَيَـٰقَوْمِ مَن يَنصُرُنِى مِنَ ٱللَّهِ إِن طَرَدتُّهُمْ ۚ أَفَلَا تَذَكَّرُونَ

Transliteration wayāqawmi man yanṣurunī mina l-lahi in ṭaradttuhum afalā tadhakkarūna

Nepali ३०) र हे मेरो कौमका मानिसहरू यदि मैले तिनीहरूलाई निकालिदिएँ भने अल्लाहबाट कसले मेरो मद्दत गर्न सक्दछ । के तिमी केही उपदेश ग्रहण गर्दैनौ ।

Verse 31

وَلَآ أَقُولُ لَكُمْ عِندِى خَزَآئِنُ ٱللَّهِ وَلَآ أَعْلَمُ ٱلْغَيْبَ وَلَآ أَقُولُ إِنِّى مَلَكٌ وَلَآ أَقُولُ لِلَّذِينَ تَزْدَرِىٓ أَعْيُنُكُمْ لَن يُؤْتِيَهُمُ ٱللَّهُ خَيْرًا ۖ ٱللَّهُ أَعْلَمُ بِمَا فِىٓ أَنفُسِهِمْ ۖ إِنِّىٓ إِذًا لَّمِنَ ٱلظَّـٰلِمِينَ

Transliteration walā aqūlu lakum ʿindī khazāinu l-lahi walā aʿlamu l-ghayba walā aqūlu innī malakun walā aqūlu lilladhīna tazdarī aʿyunukum lan yu'tiyahumu l-lahu khayran l-lahu aʿlamu bimā fī anfusihim innī idhan lamina l-ẓālimīna

Nepali ३१) म तिमीसित यो भन्दिनँ कि मसित अल्लाहको खजाना छ र नत यो कि म अदृश्य कुरो जान्दछु र नत यो भन्छु कि म फरिश्ता हूँ र न तिनीहरूको बारेमा केही भन्दछु, जसलाई तिमीले हेलाको दृष्टिले हेर्दैछौ, कि अल्लाहले तिनीहरूलाई राम्रो प्रतिफल दिनेछैन । जुन उनका हृदयमा छन्, त्यसलाई अल्लाह जान्दछ । यदि म यस्तो भन्छु भने निःसन्देह अत्याचारीहरूमध्येको हुनेछु ।

Verse 32

قَالُوا۟ يَـٰنُوحُ قَدْ جَـٰدَلْتَنَا فَأَكْثَرْتَ جِدَٰلَنَا فَأْتِنَا بِمَا تَعِدُنَآ إِن كُنتَ مِنَ ٱلصَّـٰدِقِينَ

Transliteration qālū yānūḥu qad jādaltanā fa-aktharta jidālanā fatinā bimā taʿidunā in kunta mina l-ṣādiqīna

Nepali ३२) सम्प्रदाय वालाले भनेः कि हे नूह ! तिमीले हामीसँग धेरै विवाद गर्यौ यदि तिमी साँचो हौ भने जुन कुरोबाट हामीलाई तर्साइराखेका छौ त्यो हाम्रो अगाडि लिएर आऊ ।

Verse 33

قَالَ إِنَّمَا يَأْتِيكُم بِهِ ٱللَّهُ إِن شَآءَ وَمَآ أَنتُم بِمُعْجِزِينَ

Transliteration qāla innamā yatīkum bihi l-lahu in shāa wamā antum bimuʿ'jizīna

Nepali ३३) नूह (अलैस्सिलाम) ले भने कि यसलाई त अल्लाहले चाहे भने मात्र ल्याउन सक्छ र तिमीले उसलाई कुनै प्रकारले विवश गर्न सक्दैनौ ।

Verse 34

وَلَا يَنفَعُكُمْ نُصْحِىٓ إِنْ أَرَدتُّ أَنْ أَنصَحَ لَكُمْ إِن كَانَ ٱللَّهُ يُرِيدُ أَن يُغْوِيَكُمْ ۚ هُوَ رَبُّكُمْ وَإِلَيْهِ تُرْجَعُونَ

Transliteration walā yanfaʿukum nuṣ'ḥī in aradttu an anṣaḥa lakum in kāna l-lahu yurīdu an yugh'wiyakum huwa rabbukum wa-ilayhi tur'jaʿūna

Nepali ३४) र यदि म चाहन्छु कि तिम्रो भलो गरूँ र अल्लाह यो चाहन्छ कि तिमीलाई मार्गविचलित गरोस् त मेरो शुभेक्षा तिमीलाई कुनै फाइदा पुर्याउन सक्दैन । उही नै तिम्रो पालनकर्ता हो र तिमीलाई उसैतिर फर्किजानु पर्नेछ ।

Verse 35

أَمْ يَقُولُونَ ٱفْتَرَىٰهُ ۖ قُلْ إِنِ ٱفْتَرَيْتُهُۥ فَعَلَىَّ إِجْرَامِى وَأَنَا۠ بَرِىٓءٌ مِّمَّا تُجْرِمُونَ

Transliteration am yaqūlūna if'tarāhu qul ini if'taraytuhu faʿalayya ij'rāmī wa-anā barīon mimmā tuj'rimūna

Nepali ३५) के यिनीहरूले भन्दछन्ः कि यसलाई पैगम्बर आफैले बनाइहालेको छ त भनिदिनुस्ः कि यदि मैले आफैले यसलाई बनाएको छु भने त्यसको अपराध ममाथि छ र जुन अपराध तिमीहरूले गर्दछौ त्यसको जिम्मेवारीबाट म मुक्त छु ।

Verse 36

وَأُوحِىَ إِلَىٰ نُوحٍ أَنَّهُۥ لَن يُؤْمِنَ مِن قَوْمِكَ إِلَّا مَن قَدْ ءَامَنَ فَلَا تَبْتَئِسْ بِمَا كَانُوا۟ يَفْعَلُونَ

Transliteration waūḥiya ilā nūḥin annahu lan yu'mina min qawmika illā man qad āmana falā tabta-is bimā kānū yafʿalūna

Nepali ३६) नूहमाथी प्रकाशना (वह्य) गराइयो कि तिम्रो कौममा जसले ईमान ल्याएका छन्, तिनीहरू बाहेक अरु कोही ईमान ल्याउने छैन, तसर्थ जुन काम यिनीहरूले गरिराखेका छन त्यसको कारणले दुःखी नहुनु ।

Verse 37

وَٱصْنَعِ ٱلْفُلْكَ بِأَعْيُنِنَا وَوَحْيِنَا وَلَا تُخَـٰطِبْنِى فِى ٱلَّذِينَ ظَلَمُوٓا۟ ۚ إِنَّهُم مُّغْرَقُونَ

Transliteration wa-iṣ'naʿi l-ful'ka bi-aʿyuninā wawaḥyinā walā tukhāṭib'nī fī alladhīna ẓalamū innahum mugh'raqūna

Nepali ३७) र एउटा डुङ्गा हाम्रो आँखा अगाडी हाम्रो आदेशानुसार निर्माण गर र जुन मानिसहरू अत्याचारी छन्, तिनीहरूको बारेमा हामीसित केही नभन्नु किनभने तिनीहरू अवश्य नै डुबाइने छन् ।

Verse 38

وَيَصْنَعُ ٱلْفُلْكَ وَكُلَّمَا مَرَّ عَلَيْهِ مَلَأٌ مِّن قَوْمِهِۦ سَخِرُوا۟ مِنْهُ ۚ قَالَ إِن تَسْخَرُوا۟ مِنَّا فَإِنَّا نَسْخَرُ مِنكُمْ كَمَا تَسْخَرُونَ

Transliteration wayaṣnaʿu l-ful'ka wakullamā marra ʿalayhi mala-on min qawmihi sakhirū min'hu qāla in taskharū minnā fa-innā naskharu minkum kamā taskharūna

Nepali ३८) तसर्थ नूहले डुङ्गा निर्माण गर्न शुरू गरिहाले । र जब उनको कौमका नाइकेहरू उनको छेउबाट जान्थे त उनको उपहास गर्दथे । उनी भन्थेः ‘‘कि यदि तिमीले हाम्रो उपहास गर्छौ भने, जुन रूपमा यो उपहास गर्दछौ त्यसतै कुनै समयमा हामीले पनि तिम्रो हाँसो गर्नेछौं ।’’

Verse 39

فَسَوْفَ تَعْلَمُونَ مَن يَأْتِيهِ عَذَابٌ يُخْزِيهِ وَيَحِلُّ عَلَيْهِ عَذَابٌ مُّقِيمٌ

Transliteration fasawfa taʿlamūna man yatīhi ʿadhābun yukh'zīhi wayaḥillu ʿalayhi ʿadhābun muqīmun

Nepali ३९) तिमीलाई शीघ्र थाहा हुनेछ, कि कसमाथि सजाय आउँछ जसले कि उसलाई अपमानित गर्नेछ, र उसमाथि सधैं सजाय भइराख्नेछ ?

Verse 40

حَتَّىٰٓ إِذَا جَآءَ أَمْرُنَا وَفَارَ ٱلتَّنُّورُ قُلْنَا ٱحْمِلْ فِيهَا مِن كُلٍّ زَوْجَيْنِ ٱثْنَيْنِ وَأَهْلَكَ إِلَّا مَن سَبَقَ عَلَيْهِ ٱلْقَوْلُ وَمَنْ ءَامَنَ ۚ وَمَآ ءَامَنَ مَعَهُۥٓ إِلَّا قَلِيلٌ

Transliteration ḥattā idhā jāa amrunā wafāra l-tanūru qul'nā iḥ'mil fīhā min kullin zawjayni ith'nayni wa-ahlaka illā man sabaqa ʿalayhi l-qawlu waman āmana wamā āmana maʿahu illā qalīlun

Nepali ४०) यहाँसम्म कि जब हाम्रो आदेश आइपुग्यो र मूल फुट्नलाग्यो हामीले भन्यौं त्यस डुङ्गामा हर किसिमको जान्दारका एक जोडा (नर र नारी) बसालिहाल, र आफ्नो घरका मान्छेहरूलाई पनि तिनीहरू बाहेक जसमाथि अल्लाहको आदेश पूर्ण भइसकेको छ र सबै ईमानवालाहरूलाई पनि, र उनीसँग ईमान ल्याउनेहरू निकै कम थिए ।

Verse 41

۞ وَقَالَ ٱرْكَبُوا۟ فِيهَا بِسْمِ ٱللَّهِ مَجْر۪ىٰهَا وَمُرْسَىٰهَآ ۚ إِنَّ رَبِّى لَغَفُورٌ رَّحِيمٌ

Transliteration waqāla ir'kabū fīhā bis'mi l-lahi majrahā wamur'sāhā inna rabbī laghafūrun raḥīmun

Nepali ४१) नूहले भनेः ‘‘यस डुङ्गामा बसिहाल, अल्लाहको नामले यो हिंड्छ र रोकिन्छ । निःसन्देह मेरो पालनकर्ता ठूलो क्षमादाता, र दयालु छ ।’’

Verse 42

وَهِىَ تَجْرِى بِهِمْ فِى مَوْجٍ كَٱلْجِبَالِ وَنَادَىٰ نُوحٌ ٱبْنَهُۥ وَكَانَ فِى مَعْزِلٍ يَـٰبُنَىَّ ٱرْكَب مَّعَنَا وَلَا تَكُن مَّعَ ٱلْكَـٰفِرِينَ

Transliteration wahiya tajrī bihim fī mawjin kal-jibāli wanādā nūḥun ib'nahu wakāna fī maʿzilin yābunayya ir'kab maʿanā walā takun maʿa l-kāfirīna

Nepali ४२) त्यस डुङ्गाले तिनीहरूलाई लिएर पहाड जस्ता अग्ला छाल वा तरुङ्गहरूमा हिंड्न थाल्यो । त्यसबेला नूहले आफ्नो छोरालाई, जो अलग एउटा छेउमा थियो, भनेः कि हे मेरो प्यारो छोरो ‘‘हाम्रो साथमा सवार भइहाल, र काफिरहरूमा शम्मिलित नहोऊ ।’’

Verse 43

قَالَ سَـَٔاوِىٓ إِلَىٰ جَبَلٍ يَعْصِمُنِى مِنَ ٱلْمَآءِ ۚ قَالَ لَا عَاصِمَ ٱلْيَوْمَ مِنْ أَمْرِ ٱللَّهِ إِلَّا مَن رَّحِمَ ۚ وَحَالَ بَيْنَهُمَا ٱلْمَوْجُ فَكَانَ مِنَ ٱلْمُغْرَقِينَ

Transliteration qāla saāwī ilā jabalin yaʿṣimunī mina l-māi qāla lā ʿāṣima l-yawma min amri l-lahi illā man raḥima waḥāla baynahumā l-mawju fakāna mina l-mugh'raqīna

Nepali ४३) उसले भन्योः ‘‘कि म कुनै पहाडमाथि चढीहाल्छु जसले मलाई पानीबाट बचाइहाल्छ !’’ उहाँले भनेकिः ‘‘आज अल्लाहको अजाबबाट कोही पनि बचाउनेवाला छैन, उसबाहेक जसमाथि अल्लाहको कृपा हुन्छ ।’’ यसैबीच दुवैको बीचमा त्यतिखेरै छाल आएर अवरोध बनिहाल्यो र त्यो पनि डुबिनेमध्येको भइहाल्यो ।

Verse 44

وَقِيلَ يَـٰٓأَرْضُ ٱبْلَعِى مَآءَكِ وَيَـٰسَمَآءُ أَقْلِعِى وَغِيضَ ٱلْمَآءُ وَقُضِىَ ٱلْأَمْرُ وَٱسْتَوَتْ عَلَى ٱلْجُودِىِّ ۖ وَقِيلَ بُعْدًا لِّلْقَوْمِ ٱلظَّـٰلِمِينَ

Transliteration waqīla yāarḍu ib'laʿī māaki wayāsamāu aqliʿī waghīḍa l-māu waquḍiya l-amru wa-is'tawat ʿalā l-jūdiyi waqīla buʿ'dan lil'qawmi l-ẓālimīna

Nepali ४४) आदेश दिइयोः ‘‘हे पृथ्वी आफ्नो पानी सोसिहाल र हे आकाश रोकिहाल,’’ अनि त्यतिखेरै पानी रोकियो र सबै काम समाप्त गरियो र डुङ्गा जूदि पहाडमा गई अडिहाल्यो र भनियोः ‘‘कि अन्यायीहरूमाथि तिरस्कार (लानत) होस् ।’’

Verse 45

وَنَادَىٰ نُوحٌ رَّبَّهُۥ فَقَالَ رَبِّ إِنَّ ٱبْنِى مِنْ أَهْلِى وَإِنَّ وَعْدَكَ ٱلْحَقُّ وَأَنتَ أَحْكَمُ ٱلْحَـٰكِمِينَ

Transliteration wanādā nūḥun rabbahu faqāla rabbi inna ib'nī min ahlī wa-inna waʿdaka l-ḥaqu wa-anta aḥkamu l-ḥākimīna

Nepali ४५) नूहले आफ्नो पालनकर्तालाई पुकारे र भनेः ‘‘कि हे पालनकर्ता मेरो छोरा पनि मेरै परिवारमध्येको हो । निःसन्देह तिम्रो वचन पूर्ण सत्य छ र तिमी सबैभन्दा राम्रो हाकिम हौ ।’’

Verse 46

قَالَ يَـٰنُوحُ إِنَّهُۥ لَيْسَ مِنْ أَهْلِكَ ۖ إِنَّهُۥ عَمَلٌ غَيْرُ صَـٰلِحٍ ۖ فَلَا تَسْـَٔلْنِ مَا لَيْسَ لَكَ بِهِۦ عِلْمٌ ۖ إِنِّىٓ أَعِظُكَ أَن تَكُونَ مِنَ ٱلْجَـٰهِلِينَ

Transliteration qāla yānūḥu innahu laysa min ahlika innahu ʿamalun ghayru ṣāliḥin falā tasalni mā laysa laka bihi ʿil'mun innī aʿiẓuka an takūna mina l-jāhilīna

Nepali ४६) अल्लाहले आदेश दियोः ‘‘कि हे नूह ! निःसन्देह ऊ तिम्रो परिवारबाट होइन, उसको काम पूर्णरूपले गलत छ, तिमीले कदापि त्यो वस्तु माँग्नु हुँदैन, जसको तिमीलाई पूर्ण ज्ञान छैन । म तिमीलाई उपदेश गर्दछु कि तिमी मूर्खहरूमध्येबाट नहोऊ ।’’

Verse 47

قَالَ رَبِّ إِنِّىٓ أَعُوذُ بِكَ أَنْ أَسْـَٔلَكَ مَا لَيْسَ لِى بِهِۦ عِلْمٌ ۖ وَإِلَّا تَغْفِرْ لِى وَتَرْحَمْنِىٓ أَكُن مِّنَ ٱلْخَـٰسِرِينَ

Transliteration qāla rabbi innī aʿūdhu bika an asalaka mā laysa lī bihi ʿil'mun wa-illā taghfir lī watarḥamnī akun mina l-khāsirīna

Nepali ४७) नूहले भनेः मेरो पालनकर्ता ! म तिमीसँग शरण माँग्दछु ती कुराहरूको सम्बन्धमा प्रश्न गर्नेबारेमा जसको कि मलाई ज्ञान छैन । यदि तिमीले मलाई क्षमा गर्दैनौ र ममाथि दया गर्दैनौ भने, म ठूलो हानिमा पर्नेछु ।’’

Verse 48

قِيلَ يَـٰنُوحُ ٱهْبِطْ بِسَلَـٰمٍ مِّنَّا وَبَرَكَـٰتٍ عَلَيْكَ وَعَلَىٰٓ أُمَمٍ مِّمَّن مَّعَكَ ۚ وَأُمَمٌ سَنُمَتِّعُهُمْ ثُمَّ يَمَسُّهُم مِّنَّا عَذَابٌ أَلِيمٌ

Transliteration qīla yānūḥu ih'biṭ bisalāmin minnā wabarakātin ʿalayka waʿalā umamin mimman maʿaka wa-umamun sanumattiʿuhum thumma yamassuhum minnā ʿadhābun alīmun

Nepali ४८) आदेश भयोः ‘‘कि नूह (डुङ्गाबाट) तल झरिहाल, हाम्रो तरफबाट शान्ति र तिमी र तिम्रो साथका अन्य साथीहरूमाथि अनुग्रह हुनेछ ! र अनेक यस्ता समुदाय हुनेछन् जसलाई हामीले (संसारका) आनन्दहरू प्रदान गर्नेछौं, तर तिनीहरूलाई हाम्रो तर्फबाट कष्टदायक सजाय पुग्नेछ ।

Verse 49

تِلْكَ مِنْ أَنۢبَآءِ ٱلْغَيْبِ نُوحِيهَآ إِلَيْكَ ۖ مَا كُنتَ تَعْلَمُهَآ أَنتَ وَلَا قَوْمُكَ مِن قَبْلِ هَـٰذَا ۖ فَٱصْبِرْ ۖ إِنَّ ٱلْعَـٰقِبَةَ لِلْمُتَّقِينَ

Transliteration til'ka min anbāi l-ghaybi nūḥīhā ilayka mā kunta taʿlamuhā anta walā qawmuka min qabli hādhā fa-iṣ'bir inna l-ʿāqibata lil'muttaqīna

Nepali ४९) यी (समाचारहरू) अदृश्यका खबरहरू हुन् जुन कि हामीले तपाईतिर वह्यमार्फत पठाउँदछौ र तिनको जानकारी यसभन्दा अगाडि न तपाईलाई थियो नत तपाईको समुदायलाई । तसर्थ धैर्य गर्नु, किन भने अन्तिममा परिणाम अल्लाहसित डर्नेहरूको राम्रो हुन्छ ।

Verse 50

وَإِلَىٰ عَادٍ أَخَاهُمْ هُودًا ۚ قَالَ يَـٰقَوْمِ ٱعْبُدُوا۟ ٱللَّهَ مَا لَكُم مِّنْ إِلَـٰهٍ غَيْرُهُۥٓ ۖ إِنْ أَنتُمْ إِلَّا مُفْتَرُونَ

Transliteration wa-ilā ʿādin akhāhum hūdan qāla yāqawmi uʿ'budū l-laha mā lakum min ilāhin ghayruhu in antum illā muf'tarūna

Nepali ५०) र हामीले आद समुदायतिर तिनीहरूकै भाइ हूदलाई पठायौं । उनले भनेः कि हे मेरो समुदायका मानिसहरू ! अल्लाहकै उपासना गर, उसबाहेक तिम्रो अरु कोही सत्य पूजनीय छैन । तिमीहरू (ऊ सित अरुलाई दाँजेर) मात्र जालझेल गर्दैछौ ।’’

Verse 51

يَـٰقَوْمِ لَآ أَسْـَٔلُكُمْ عَلَيْهِ أَجْرًا ۖ إِنْ أَجْرِىَ إِلَّا عَلَى ٱلَّذِى فَطَرَنِىٓ ۚ أَفَلَا تَعْقِلُونَ

Transliteration yāqawmi lā asalukum ʿalayhi ajran in ajriya illā ʿalā alladhī faṭaranī afalā taʿqilūna

Nepali ५१) हे मेरा कौमका मानिसहरू ! म यस (सन्देश) बापत तिमीसित कुनै पारिश्रमिक माँग्दिन । मेरो पुरस्कार त उसको जिम्मामा छ, जसले मलाई सृष्टि गरेको छ । अनि के तैपनि तिमीले यो कुरा बुझ्दैनौ ।

Verse 52

وَيَـٰقَوْمِ ٱسْتَغْفِرُوا۟ رَبَّكُمْ ثُمَّ تُوبُوٓا۟ إِلَيْهِ يُرْسِلِ ٱلسَّمَآءَ عَلَيْكُم مِّدْرَارًا وَيَزِدْكُمْ قُوَّةً إِلَىٰ قُوَّتِكُمْ وَلَا تَتَوَلَّوْا۟ مُجْرِمِينَ

Transliteration wayāqawmi is'taghfirū rabbakum thumma tūbū ilayhi yur'sili l-samāa ʿalaykum mid'rāran wayazid'kum quwwatan ilā quwwatikum walā tatawallaw muj'rimīna

Nepali ५२) हे मेरो समुदायका मानिसहरू तिमी आफ्नो पालनकर्तासित आफ्नो पापको लागि क्षमायाचना गर, अनि उसको अगाडि प्रायश्चित गर । जसबाट उसले तिमीमाथि आकाशबाट मुसलधारे पानी वर्षाउँने बादल पठाई तिम्रो शक्तिमा अझै शक्तिको बृद्धि गर्नेछ । र तिमी पाप गर्दै विमुख नहोऊ ।

Verse 53

قَالُوا۟ يَـٰهُودُ مَا جِئْتَنَا بِبَيِّنَةٍ وَمَا نَحْنُ بِتَارِكِىٓ ءَالِهَتِنَا عَن قَوْلِكَ وَمَا نَحْنُ لَكَ بِمُؤْمِنِينَ

Transliteration qālū yāhūdu mā ji'tanā bibayyinatin wamā naḥnu bitārikī ālihatinā ʿan qawlika wamā naḥnu laka bimu'minīna

Nepali ५३) तिनीहरूले भनेः, ‘‘हे हूद ! तिमीले हाम्रो सामु कुनै स्पष्ट प्रमाण ल्याएनौ र हामीले (मात्र) तिम्रो भनाईको भरमा नत आफ्ना देवताहरूलाई छाड्ने छौं नत तिमीमाथि विश्वास गर्नेछौं ।’’

Verse 54

إِن نَّقُولُ إِلَّا ٱعْتَرَىٰكَ بَعْضُ ءَالِهَتِنَا بِسُوٓءٍ ۗ قَالَ إِنِّىٓ أُشْهِدُ ٱللَّهَ وَٱشْهَدُوٓا۟ أَنِّى بَرِىٓءٌ مِّمَّا تُشْرِكُونَ

Transliteration in naqūlu illā iʿ'tarāka baʿḍu ālihatinā bisūin qāla innī ush'hidu l-laha wa-ish'hadū annī barīon mimmā tush'rikūna

Nepali ५४) अपितु हामीले त यो ठान्दछौं कि हाम्रो कुनै देवताले तिमीलाई नराम्रो असर पारिदिएको छ । उनले भनेः ‘‘कि म अल्लाहलाई साक्षी राखेर भन्दछु र तिमी पनि साक्षी बन’’ कि जसलाई तिमीले अल्लाहको साझेदारी ठहर्याउँछौ, मेरो तिनीहरूसँग कुनै सम्बन्ध छैन ।

Verse 55

مِن دُونِهِۦ ۖ فَكِيدُونِى جَمِيعًا ثُمَّ لَا تُنظِرُونِ

Transliteration min dūnihi fakīdūnī jamīʿan thumma lā tunẓirūni

Nepali ५५) अर्थात (जसको अल्लाह बाहेक पूजा गर्दछौ,) तिमी सबै मिलेर मेरो विरुद्धमा जे षड्यन्त्र गर्न चाहन्छौ गरिहाल, र यसमा मलाई कुनै अवकाश नदेऊ ।

Verse 56

إِنِّى تَوَكَّلْتُ عَلَى ٱللَّهِ رَبِّى وَرَبِّكُم ۚ مَّا مِن دَآبَّةٍ إِلَّا هُوَ ءَاخِذٌۢ بِنَاصِيَتِهَآ ۚ إِنَّ رَبِّى عَلَىٰ صِرَٰطٍ مُّسْتَقِيمٍ

Transliteration innī tawakkaltu ʿalā l-lahi rabbī warabbikum mā min dābbatin illā huwa ākhidhun bināṣiyatihā inna rabbī ʿalā ṣirāṭin mus'taqīmin

Nepali ५६) म अल्लाहमाथि, जो मेरो र तिम्रो सबैको पालनकर्ता हो, भरोसा गर्दछु । पृथ्वीमा रहेका सबै प्रणीहरूको टाउको उसैले थामेको छ । निःसन्देह मेरो पालनकर्ता सत्य बाटोमा छ ।

Verse 57

فَإِن تَوَلَّوْا۟ فَقَدْ أَبْلَغْتُكُم مَّآ أُرْسِلْتُ بِهِۦٓ إِلَيْكُمْ ۚ وَيَسْتَخْلِفُ رَبِّى قَوْمًا غَيْرَكُمْ وَلَا تَضُرُّونَهُۥ شَيْـًٔا ۚ إِنَّ رَبِّى عَلَىٰ كُلِّ شَىْءٍ حَفِيظٌ

Transliteration fa-in tawallaw faqad ablaghtukum mā ur'sil'tu bihi ilaykum wayastakhlifu rabbī qawman ghayrakum walā taḍurrūnahu shayan inna rabbī ʿalā kulli shayin ḥafīẓun

Nepali ५७) यदि तिमी विमुख हुन्छौ भने जुन सन्देश मेरो हातबाट तिमीतिर पठाइएको छ, त्यो मैले तिमीलाई पुर्याइसकेको छु, र मेरो पालनकर्ताले तिम्रो ठाउँमा अरु मानिसहरूलाई ल्याई स्थापित गर्नेछ, र तिमीले अल्लाहको केही नोक्सानी गर्न सक्दैनौ । मेरो पालनकर्ता त प्रत्येक कुरामाथि संरक्षक छ ।

Verse 58

وَلَمَّا جَآءَ أَمْرُنَا نَجَّيْنَا هُودًا وَٱلَّذِينَ ءَامَنُوا۟ مَعَهُۥ بِرَحْمَةٍ مِّنَّا وَنَجَّيْنَـٰهُم مِّنْ عَذَابٍ غَلِيظٍ

Transliteration walammā jāa amrunā najjaynā hūdan wa-alladhīna āmanū maʿahu biraḥmatin minnā wanajjaynāhum min ʿadhābin ghalīẓin

Nepali ५८) र जब हाम्रो आदेश आइपुग्यो, त हामीले ‘‘हूदलाई’’ र उनको मोमिन साथीहरूलाई आफ्नो कृपाले बचाइहाल्यौं, र तिनीहरूलाई गम्भीर सजायबाट मुक्त गर्यौं ।

Verse 59

وَتِلْكَ عَادٌ ۖ جَحَدُوا۟ بِـَٔايَـٰتِ رَبِّهِمْ وَعَصَوْا۟ رُسُلَهُۥ وَٱتَّبَعُوٓا۟ أَمْرَ كُلِّ جَبَّارٍ عَنِيدٍ

Transliteration watil'ka ʿādun jaḥadū biāyāti rabbihim waʿaṣaw rusulahu wa-ittabaʿū amra kulli jabbārin ʿanīdin

Nepali ५९) यो आदको समुदाय थियो, जसले अल्लाहका निशानीहरूलाई इन्कार गरे, र उसका रसूलहरूको आज्ञा उल्लंघन गरे, र प्रत्येक अहंकारी र अटेरीको भनाई माने ।

Verse 60

وَأُتْبِعُوا۟ فِى هَـٰذِهِ ٱلدُّنْيَا لَعْنَةً وَيَوْمَ ٱلْقِيَـٰمَةِ ۗ أَلَآ إِنَّ عَادًا كَفَرُوا۟ رَبَّهُمْ ۗ أَلَا بُعْدًا لِّعَادٍ قَوْمِ هُودٍ

Transliteration wa-ut'biʿū fī hādhihi l-dun'yā laʿnatan wayawma l-qiyāmati alā inna ʿādan kafarū rabbahum alā buʿ'dan liʿādin qawmi hūdin

Nepali ६०) र यस संसारमा पनि उनीहरू तिरस्कृत रहे र कियामतको दिनमा पनि तिनीहरूको साथमा तिरस्कार हुनेछ । हेरः ‘‘आद समुदायले’’ आफ्नो पालनकर्तासित कुफ्र गरे । सुनिराख हूदको जाति आदमाथि धिक्कार छ ।

Verse 61

۞ وَإِلَىٰ ثَمُودَ أَخَاهُمْ صَـٰلِحًا ۚ قَالَ يَـٰقَوْمِ ٱعْبُدُوا۟ ٱللَّهَ مَا لَكُم مِّنْ إِلَـٰهٍ غَيْرُهُۥ ۖ هُوَ أَنشَأَكُم مِّنَ ٱلْأَرْضِ وَٱسْتَعْمَرَكُمْ فِيهَا فَٱسْتَغْفِرُوهُ ثُمَّ تُوبُوٓا۟ إِلَيْهِ ۚ إِنَّ رَبِّى قَرِيبٌ مُّجِيبٌ

Transliteration wa-ilā thamūda akhāhum ṣāliḥan qāla yāqawmi uʿ'budū l-laha mā lakum min ilāhin ghayruhu huwa ansha-akum mina l-arḍi wa-is'taʿmarakum fīhā fa-is'taghfirūhu thumma tūbū ilayhi inna rabbī qarībun mujībun

Nepali ६१) र ‘‘समूद’’ को समुदायतिर तिनीहरूको भाइ ‘‘सालेहलाई’’ (पठायौं) त उनले भनेः ‘‘हे मेरो कौमका मानिसहरू ! तिमी अल्लाहकै पूजा गर उस बाहेक तिम्रो अरु कोही सत्य पूजनीय छैन, उसैले धर्तीबाट तिम्रो उत्पात गर्यो र त्यसैमा स्थापित गर्यो, तसर्थ ऊसित क्षमायाचना गर र उसको अगाडि प्रायश्चित गर । निःसन्देह मेरो पालनकर्ता नजिक पनि छ र (प्रार्थनालाई) स्वीकार गर्नेवाला (पनि) छ ।’’

Verse 62

قَالُوا۟ يَـٰصَـٰلِحُ قَدْ كُنتَ فِينَا مَرْجُوًّا قَبْلَ هَـٰذَآ ۖ أَتَنْهَىٰنَآ أَن نَّعْبُدَ مَا يَعْبُدُ ءَابَآؤُنَا وَإِنَّنَا لَفِى شَكٍّ مِّمَّا تَدْعُونَآ إِلَيْهِ مُرِيبٍ

Transliteration qālū yāṣāliḥu qad kunta fīnā marjuwwan qabla hādhā atanhānā an naʿbuda mā yaʿbudu ābāunā wa-innanā lafī shakkin mimmā tadʿūnā ilayhi murībin

Nepali ६२) तिनीहरूले भनेः हे ‘‘सालेह’’ ! यसभन्दा अगाडि हामीले तिमीबाट धेरै आशा गर्दथ्यौं । के तिमीले हामीलाई ती कुराहरूको पूजाबाट मनाही गर्दछौ, जुन हाम्रा पूर्वजहरूले गर्दै आएका हुन् ? र जुन कुरातिर तिमीले हामीलाई आह्वान गर्दछौ, यसमा हामीलाई गम्भीर शंका छ ।’’

Verse 63

قَالَ يَـٰقَوْمِ أَرَءَيْتُمْ إِن كُنتُ عَلَىٰ بَيِّنَةٍ مِّن رَّبِّى وَءَاتَىٰنِى مِنْهُ رَحْمَةً فَمَن يَنصُرُنِى مِنَ ٱللَّهِ إِنْ عَصَيْتُهُۥ ۖ فَمَا تَزِيدُونَنِى غَيْرَ تَخْسِيرٍ

Transliteration qāla yāqawmi ara-aytum in kuntu ʿalā bayyinatin min rabbī waātānī min'hu raḥmatan faman yanṣurunī mina l-lahi in ʿaṣaytuhu famā tazīdūnanī ghayra takhsīrin

Nepali ६३) सालेहले भनेः ‘‘हे मेरो कौम ! यस कुरातिर विचार गर कि यदि मसँग आफ्नो पालनकर्ताको स्पष्ट प्रमाण छ र उसले मलाई आफ्नो तर्फबाट रहमत प्रदान गरेको छ, र फेरि मैले अल्लाहको आदेश उल्लंघन गरें भने उसको अगाडि कसले मेरो सहायता गर्नेछ ? तिमीले त मेरो हानिमा वृद्धि गरिरहेका छौ ।’’

Verse 64

وَيَـٰقَوْمِ هَـٰذِهِۦ نَاقَةُ ٱللَّهِ لَكُمْ ءَايَةً فَذَرُوهَا تَأْكُلْ فِىٓ أَرْضِ ٱللَّهِ وَلَا تَمَسُّوهَا بِسُوٓءٍ فَيَأْخُذَكُمْ عَذَابٌ قَرِيبٌ

Transliteration wayāqawmi hādhihi nāqatu l-lahi lakum āyatan fadharūhā takul fī arḍi l-lahi walā tamassūhā bisūin fayakhudhakum ʿadhābun qarībun

Nepali ६४) र हे मेरो समुदायका मानिसहरू ! यो अल्लाहको ऊँटनी तिम्रो निम्ति पठाइएको एउटा चमत्कार हो तसर्थ यसलाई छाडिदेऊ, ताकि अल्लाहको पृथ्वीमा चरोस् र त्यसलाई कुनै प्रकारको दुःख नदिनु, अन्यथा तिमीलाई शीघ्र नै सजाय आइसमात्ने छ ।

Verse 65

فَعَقَرُوهَا فَقَالَ تَمَتَّعُوا۟ فِى دَارِكُمْ ثَلَـٰثَةَ أَيَّامٍ ۖ ذَٰلِكَ وَعْدٌ غَيْرُ مَكْذُوبٍ

Transliteration faʿaqarūhā faqāla tamattaʿū fī dārikum thalāthata ayyāmin dhālika waʿdun ghayru makdhūbin

Nepali ६५) तैपनि तिनीहरूले त्यसको घँुडाको नसा काटेर मारिहाले, अनि सालेहले भनेः ‘‘कि आफ्ना घरहरूमा तीन दिनसम्म आनन्द लिइहाल । (त्यसपछि तिम्रो अन्त हुनेछ) यो वचन असत्य होइन ।’’

Verse 66

فَلَمَّا جَآءَ أَمْرُنَا نَجَّيْنَا صَـٰلِحًا وَٱلَّذِينَ ءَامَنُوا۟ مَعَهُۥ بِرَحْمَةٍ مِّنَّا وَمِنْ خِزْىِ يَوْمِئِذٍ ۗ إِنَّ رَبَّكَ هُوَ ٱلْقَوِىُّ ٱلْعَزِيزُ

Transliteration falammā jāa amrunā najjaynā ṣāliḥan wa-alladhīna āmanū maʿahu biraḥmatin minnā wamin khiz'yi yawmi-idhin inna rabbaka huwa l-qawiyu l-ʿazīzu

Nepali ६६) फेरि जब हाम्रो आदेश आइहाल्यो तब हामीले सालेह र उनको साथमा ईमान ल्याएकाहरूलाई आफ्नो कृपाले बचाइहाल्यौं, र त्यस दिनको तिरस्कारबाट पनि । निःसन्देह तिम्रो पालनकर्ता एकदम बलियो र सर्वशक्तिमान छ ।

Verse 67

وَأَخَذَ ٱلَّذِينَ ظَلَمُوا۟ ٱلصَّيْحَةُ فَأَصْبَحُوا۟ فِى دِيَـٰرِهِمْ جَـٰثِمِينَ

Transliteration wa-akhadha alladhīna ẓalamū l-ṣayḥatu fa-aṣbaḥū fī diyārihim jāthimīna

Nepali ६७) र अत्याचारीहरूलाई शक्तिशाली विस्फोटले समातिहाल्यो अनि तिनी आफ्नै घरहरूमा घोप्टो परिरहे ।

Verse 68

كَأَن لَّمْ يَغْنَوْا۟ فِيهَآ ۗ أَلَآ إِنَّ ثَمُودَا۟ كَفَرُوا۟ رَبَّهُمْ ۗ أَلَا بُعْدًا لِّثَمُودَ

Transliteration ka-an lam yaghnaw fīhā alā inna thamūdā kafarū rabbahum alā buʿ'dan lithamūda

Nepali ६८) यसरी जस्तो कि तिनीहरू कहिल्यै त्यसमा बसेकै थिएनन् । सुनिराखः ‘‘कि समूद समुदायले आफ्नो पालनकर्तालाई इन्कार गरे ।’’ सुनिराखः कि समूदजाति तिरस्कृत भए ।’’

Verse 69

وَلَقَدْ جَآءَتْ رُسُلُنَآ إِبْرَٰهِيمَ بِٱلْبُشْرَىٰ قَالُوا۟ سَلَـٰمًا ۖ قَالَ سَلَـٰمٌ ۖ فَمَا لَبِثَ أَن جَآءَ بِعِجْلٍ حَنِيذٍ

Transliteration walaqad jāat rusulunā ib'rāhīma bil-bush'rā qālū salāman qāla salāmun famā labitha an jāa biʿij'lin ḥanīdhin

Nepali ६९) र हाम्रा फरिश्ताहरू इब्राहीमको सामु शुभसन्देश लिएर पुगे र ‘‘सलाम’’ भने उनले पनि जवाफमा ‘‘सलाम’’ भने । र एकछिन पनि बित्न नपाउँदै इब्राहीमले एउटा पोलिएको बाछो ल्याए ।

Verse 70

فَلَمَّا رَءَآ أَيْدِيَهُمْ لَا تَصِلُ إِلَيْهِ نَكِرَهُمْ وَأَوْجَسَ مِنْهُمْ خِيفَةً ۚ قَالُوا۟ لَا تَخَفْ إِنَّآ أُرْسِلْنَآ إِلَىٰ قَوْمِ لُوطٍ

Transliteration falammā raā aydiyahum lā taṣilu ilayhi nakirahum wa-awjasa min'hum khīfatan qālū lā takhaf innā ur'sil'nā ilā qawmi lūṭin

Nepali ७०) तर जब उनले देखे कि तिनीहरूका हात अगाडि बढिराखेका छैनन् त उनले तिनीहरूलाई अपरिचित ठानेर मनमा डरको अनुभव गर्न लागे । (स्वर्गदूतले) भने कि नडर्नुस्, हामी त ‘‘लूतको’’ कौमतिर पठाइएका हौं ।

Verse 71

وَٱمْرَأَتُهُۥ قَآئِمَةٌ فَضَحِكَتْ فَبَشَّرْنَـٰهَا بِإِسْحَـٰقَ وَمِن وَرَآءِ إِسْحَـٰقَ يَعْقُوبَ

Transliteration wa-im'ra-atuhu qāimatun faḍaḥikat fabasharnāhā bi-is'ḥāqa wamin warāi is'ḥāqa yaʿqūba

Nepali ७१) र उनको (इब्राहीमकी) श्रीमती (नजिकै) उभेकी थिइन् हाँस्न थालिन्, त हामीले तिनलाई इस्हाकको र इस्हाकपछि यअ्कूबको (जन्महुने) शुभसमाचार दियौं ।

Verse 72

قَالَتْ يَـٰوَيْلَتَىٰٓ ءَأَلِدُ وَأَنَا۠ عَجُوزٌ وَهَـٰذَا بَعْلِى شَيْخًا ۖ إِنَّ هَـٰذَا لَشَىْءٌ عَجِيبٌ

Transliteration qālat yāwaylatā a-alidu wa-anā ʿajūzun wahādhā baʿlī shaykhan inna hādhā lashayon ʿajībun

Nepali ७२) तिनले भनिन्ः मलाई अफसोचको कुरा छ ! के मैले बच्चा जन्म दिनेछु ? म त बृद्धा हूँ र यिनी मेरो पति पनि बृद्ध छन् । यो त साह्रै आश्चर्य लाग्दो कुरा हो ।

Verse 73

قَالُوٓا۟ أَتَعْجَبِينَ مِنْ أَمْرِ ٱللَّهِ ۖ رَحْمَتُ ٱللَّهِ وَبَرَكَـٰتُهُۥ عَلَيْكُمْ أَهْلَ ٱلْبَيْتِ ۚ إِنَّهُۥ حَمِيدٌ مَّجِيدٌ

Transliteration qālū ataʿjabīna min amri l-lahi raḥmatu l-lahi wabarakātuhu ʿalaykum ahla l-bayti innahu ḥamīdun majīdun

Nepali ७३) तिनीहरूले भनेः, ‘‘के तिमीलाई अल्लाहको इच्छामा आश्चर्य लाग्दछ ?’’ हे यस घरका मानिसहरू ! तिमीमाथि अल्लाहको कृपा र उसका वरदानहरू छन् । त्यो प्रशंसाको योग्य र गौरवपूर्ण छ ।

Verse 74

فَلَمَّا ذَهَبَ عَنْ إِبْرَٰهِيمَ ٱلرَّوْعُ وَجَآءَتْهُ ٱلْبُشْرَىٰ يُجَـٰدِلُنَا فِى قَوْمِ لُوطٍ

Transliteration falammā dhahaba ʿan ib'rāhīma l-rawʿu wajāathu l-bush'rā yujādilunā fī qawmi lūṭin

Nepali ७४) जब इब्राहीमको हृदयबाट डर समाप्त भयो र उनलाई शुभसन्देश पनि प्राप्त भइहाल्यो त ‘‘लूतको’’ कौमको बारेमा हामीसित कुराकानी गर्नथाले ।

Verse 75

إِنَّ إِبْرَٰهِيمَ لَحَلِيمٌ أَوَّٰهٌ مُّنِيبٌ

Transliteration inna ib'rāhīma laḥalīmun awwāhun munībun

Nepali ७५) निःसन्देह इब्राहीम निकै धैर्यधारी, दयावान र (अल्लाहतर्फ) अति झुक्नेवाला थिए ।

Verse 76

يَـٰٓإِبْرَٰهِيمُ أَعْرِضْ عَنْ هَـٰذَآ ۖ إِنَّهُۥ قَدْ جَآءَ أَمْرُ رَبِّكَ ۖ وَإِنَّهُمْ ءَاتِيهِمْ عَذَابٌ غَيْرُ مَرْدُودٍ

Transliteration yāib'rāhīmu aʿriḍ ʿan hādhā innahu qad jāa amru rabbika wa-innahum ātīhim ʿadhābun ghayru mardūdin

Nepali ७६) हे इब्राहीम यस कुरामा नलाग । तिम्रो पालनकर्ताको आदेश आइपुगेको छ । र निःसन्देह तिनीहरूमाथि नहट्ने दण्ड आउनेछ ।

Verse 77

وَلَمَّا جَآءَتْ رُسُلُنَا لُوطًا سِىٓءَ بِهِمْ وَضَاقَ بِهِمْ ذَرْعًا وَقَالَ هَـٰذَا يَوْمٌ عَصِيبٌ

Transliteration walammā jāat rusulunā lūṭan sīa bihim waḍāqa bihim dharʿan waqāla hādhā yawmun ʿaṣībun

Nepali ७७) जब हाम्रा फरिश्ताहरू (स्वर्गदूतहरू) ‘‘लूतको’’ छेउमा पुगे त उनी त्यसबाट धेरै दुःखी भए र मनैमनमा असजिलो मान्दै भन्न थाले कि आजको दिन बडो गाह्रो दिन छ ।

Verse 78

وَجَآءَهُۥ قَوْمُهُۥ يُهْرَعُونَ إِلَيْهِ وَمِن قَبْلُ كَانُوا۟ يَعْمَلُونَ ٱلسَّيِّـَٔاتِ ۚ قَالَ يَـٰقَوْمِ هَـٰٓؤُلَآءِ بَنَاتِى هُنَّ أَطْهَرُ لَكُمْ ۖ فَٱتَّقُوا۟ ٱللَّهَ وَلَا تُخْزُونِ فِى ضَيْفِىٓ ۖ أَلَيْسَ مِنكُمْ رَجُلٌ رَّشِيدٌ

Transliteration wajāahu qawmuhu yuh'raʿūna ilayhi wamin qablu kānū yaʿmalūna l-sayiāti qāla yāqawmi hāulāi banātī hunna aṭharu lakum fa-ittaqū l-laha walā tukh'zūni fī ḍayfī alaysa minkum rajulun rashīdun

Nepali ७८) र लूतको कौमका मानिसहरू उनीतर्फ दौडेर आए । र यिनीहरू अघि देखिनै अश्लीलकर्म गर्ने गर्थे । लूतले भनेः ‘‘कि हे मेरो कौमका मानिसहरू यी मेरो छोरीहरू हुन् जो तिम्रा निम्ति पवित्र छिन्, तसर्थ अल्लाहसित डर र मेरा पाहुनाहरूको बारेमा मलाई अपमानित नगर । के तिमीहरूमध्ये कोही पनि भलो मान्छे छैन ?

Verse 79

قَالُوا۟ لَقَدْ عَلِمْتَ مَا لَنَا فِى بَنَاتِكَ مِنْ حَقٍّ وَإِنَّكَ لَتَعْلَمُ مَا نُرِيدُ

Transliteration qālū laqad ʿalim'ta mā lanā fī banātika min ḥaqqin wa-innaka lataʿlamu mā nurīdu

Nepali ७९) तिनीहरूले भनेः, ‘‘तिमीलाई राम्ररी थाहा छ कि हामीलाई तिम्रो छोरीहरूको कुनै हक–अधिकार छैन, र जुन हाम्रो वास्तविक उद्देश्य छ त्यससित तिमी राम्ररी अवगत छौ ।’’

Verse 80

قَالَ لَوْ أَنَّ لِى بِكُمْ قُوَّةً أَوْ ءَاوِىٓ إِلَىٰ رُكْنٍ شَدِيدٍ

Transliteration qāla law anna lī bikum quwwatan aw āwī ilā ruk'nin shadīdin

Nepali ८०) लूतले भनेः काश ! ममा तिमीसँग मुकाबिला गर्ने शक्ति भइदिए अथवा मैले कुनै बलियोको शरणमा भइदिएको भए (राम्रो हुने थियो) ।

Verse 81

قَالُوا۟ يَـٰلُوطُ إِنَّا رُسُلُ رَبِّكَ لَن يَصِلُوٓا۟ إِلَيْكَ ۖ فَأَسْرِ بِأَهْلِكَ بِقِطْعٍ مِّنَ ٱلَّيْلِ وَلَا يَلْتَفِتْ مِنكُمْ أَحَدٌ إِلَّا ٱمْرَأَتَكَ ۖ إِنَّهُۥ مُصِيبُهَا مَآ أَصَابَهُمْ ۚ إِنَّ مَوْعِدَهُمُ ٱلصُّبْحُ ۚ أَلَيْسَ ٱلصُّبْحُ بِقَرِيبٍ

Transliteration qālū yālūṭu innā rusulu rabbika lan yaṣilū ilayka fa-asri bi-ahlika biqiṭ'ʿin mina al-layli walā yaltafit minkum aḥadun illā im'ra-ataka innahu muṣībuhā mā aṣābahum inna mawʿidahumu l-ṣub'ḥu alaysa l-ṣub'ḥu biqarībin

Nepali ८१) अब फरिश्ताहरूले भनेः ‘‘हे लूत ! हामी तिम्रो पालनकर्ताले पठाएका फरिश्ताहरू हौं । यी मानिसहरू कहिल्यै पनि तिम्रो समीपमा पुग्न सक्ने छैनन्, तसर्थ रातको केही भाग बाँकी रहँदा तिम्रो स्वास्नी बाहेक, आफ्ना घरवालालाई लिएर बाहिर निस्किहाल, र तिमीमध्ये कुनै पनि व्यक्तिले, पछाडितिर नहेर्नु । किन भने यसलाई पनि त्यही आउनेवाला छ जो यी सबैसम्म पुग्ने छ । यिनको (अजाबको) निर्धारित समय प्रातः हो र के प्रातः नजिक छैन ?’’

Verse 82

فَلَمَّا جَآءَ أَمْرُنَا جَعَلْنَا عَـٰلِيَهَا سَافِلَهَا وَأَمْطَرْنَا عَلَيْهَا حِجَارَةً مِّن سِجِّيلٍ مَّنضُودٍ

Transliteration falammā jāa amrunā jaʿalnā ʿāliyahā sāfilahā wa-amṭarnā ʿalayhā ḥijāratan min sijjīlin manḍūdin

Nepali ८२) तसर्थ जब हाम्रो आदेश आयो, त हामीले त्यस बस्तीलाई, माथिको भाग तल गरिदियौ, र तिनीहरूमाथि पत्र–पत्र गरी ढुङ्गा बर्सायौं ।

Verse 83

مُّسَوَّمَةً عِندَ رَبِّكَ ۖ وَمَا هِىَ مِنَ ٱلظَّـٰلِمِينَ بِبَعِيدٍ

Transliteration musawwamatan ʿinda rabbika wamā hiya mina l-ẓālimīna bibaʿīdin

Nepali ८३) ती सबै ढुङ्गामाथि तिम्रो पालनकर्ताको तर्फबाट निशान लगाइएको थियो र त्यो (शहर मक्काको) अत्याचारीहरूबाट केही टाढा पनि छैन ।

Verse 84

۞ وَإِلَىٰ مَدْيَنَ أَخَاهُمْ شُعَيْبًا ۚ قَالَ يَـٰقَوْمِ ٱعْبُدُوا۟ ٱللَّهَ مَا لَكُم مِّنْ إِلَـٰهٍ غَيْرُهُۥ ۖ وَلَا تَنقُصُوا۟ ٱلْمِكْيَالَ وَٱلْمِيزَانَ ۚ إِنِّىٓ أَرَىٰكُم بِخَيْرٍ وَإِنِّىٓ أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ مُّحِيطٍ

Transliteration wa-ilā madyana akhāhum shuʿayban qāla yāqawmi uʿ'budū l-laha mā lakum min ilāhin ghayruhu walā tanquṣū l-mik'yāla wal-mīzāna innī arākum bikhayrin wa-innī akhāfu ʿalaykum ʿadhāba yawmin muḥīṭin

Nepali ८४) र मदयनतिर उनको भाइ ‘‘शुऐबलाई’’ पठायौं, त उनले भनेः ‘‘हे मेरो समुदाय ! अल्लाहकै उपासना गर, उस बाहेक अरु कोही सत्य पूजनीय छैन । र नाप तौलमा पनि कमी नगर । मैले त तिमीलाई समृद्ध देख्दछु र मलाई तिम्रो बारेमा एउटा यस्तो दिनको सजायको भय छ जुन तिमीलाई आएर घेरिहाल्छ ।’’

Verse 85

وَيَـٰقَوْمِ أَوْفُوا۟ ٱلْمِكْيَالَ وَٱلْمِيزَانَ بِٱلْقِسْطِ ۖ وَلَا تَبْخَسُوا۟ ٱلنَّاسَ أَشْيَآءَهُمْ وَلَا تَعْثَوْا۟ فِى ٱلْأَرْضِ مُفْسِدِينَ

Transliteration wayāqawmi awfū l-mik'yāla wal-mīzāna bil-qis'ṭi walā tabkhasū l-nāsa ashyāahum walā taʿthaw fī l-arḍi muf'sidīna

Nepali ८५) र हे मेरो कौम ! नाप र तौल न्यायपूर्णरूपले गर्दैगर र मानिसहरूलाई तिनीहरूको कुराहरूमा कमी नगर र पृथ्वीमा उपद्रव र उत्पात नमचाऊ ।

Verse 86

بَقِيَّتُ ٱللَّهِ خَيْرٌ لَّكُمْ إِن كُنتُم مُّؤْمِنِينَ ۚ وَمَآ أَنَا۠ عَلَيْكُم بِحَفِيظٍ

Transliteration baqiyyatu l-lahi khayrun lakum in kuntum mu'minīna wamā anā ʿalaykum biḥafīẓin

Nepali ८६) अल्लाहद्धारा हलाल भनिएको जे छ तिम्रो लागि धेरै राम्रो छ, यदि तिमी ईमानवाला हौ । र म तिमीमाथि संरक्षक होइन ।

Verse 87

قَالُوا۟ يَـٰشُعَيْبُ أَصَلَوٰتُكَ تَأْمُرُكَ أَن نَّتْرُكَ مَا يَعْبُدُ ءَابَآؤُنَآ أَوْ أَن نَّفْعَلَ فِىٓ أَمْوَٰلِنَا مَا نَشَـٰٓؤُا۟ ۖ إِنَّكَ لَأَنتَ ٱلْحَلِيمُ ٱلرَّشِيدُ

Transliteration qālū yāshuʿaybu aṣalatuka tamuruka an natruka mā yaʿbudu ābāunā aw an nafʿala fī amwālinā mā nashāu innaka la-anta l-ḥalīmu l-rashīdu

Nepali ८७) तिनीहरूले जवाफ दिए हे शुऐब ! ‘‘के तिम्रो नमाजले तिमीलाई यो आदेश दिन्छ कि जसलाई हाम्रा पूर्वजहरूले पूज्दै आएका छन्, हामीले तिनलाई छडिदिऔं, र आफ्नो सम्पत्तिबाट जुन काम हामी लिन चाहन्छौ त्यो गर्न पनि छडिदिऔं, । तिमी त साह्रै कोमल हृदयका र सत्यनिष्ठ मानिस हौ ।’’

Verse 88

قَالَ يَـٰقَوْمِ أَرَءَيْتُمْ إِن كُنتُ عَلَىٰ بَيِّنَةٍ مِّن رَّبِّى وَرَزَقَنِى مِنْهُ رِزْقًا حَسَنًا ۚ وَمَآ أُرِيدُ أَنْ أُخَالِفَكُمْ إِلَىٰ مَآ أَنْهَىٰكُمْ عَنْهُ ۚ إِنْ أُرِيدُ إِلَّا ٱلْإِصْلَـٰحَ مَا ٱسْتَطَعْتُ ۚ وَمَا تَوْفِيقِىٓ إِلَّا بِٱللَّهِ ۚ عَلَيْهِ تَوَكَّلْتُ وَإِلَيْهِ أُنِيبُ

Transliteration qāla yāqawmi ara-aytum in kuntu ʿalā bayyinatin min rabbī warazaqanī min'hu riz'qan ḥasanan wamā urīdu an ukhālifakum ilā mā anhākum ʿanhu in urīdu illā l-iṣ'lāḥa mā is'taṭaʿtu wamā tawfīqī illā bil-lahi ʿalayhi tawakkaltu wa-ilayhi unību

Nepali ८८) उनले भनेः ‘‘कि हे मेरो कौम ! हेर, त यदि मसँग आफ्नो पालनकर्ताबाट स्पष्ट प्रमाण प्राप्त छ भने, र उसले मलाई आफ्नो तर्फबाट पवित्र जीविका दिएको छ । र म चाहन्न कि जुन कुरोबाट तिमीलाई मनाही गर्छु स्वयम् मैले नै त्यो गर्न थालूँ । मत जहाँसम्म हुनसक्छ (तिम्रो) सुधार चाहन्छु । र मेरो क्षमता अल्लाहकै कृपाले छ, म उसैमाथि भरोसा राख्दछु र उसैतिर प्रवृत्त हुन्छु ।’’

Verse 89

وَيَـٰقَوْمِ لَا يَجْرِمَنَّكُمْ شِقَاقِىٓ أَن يُصِيبَكُم مِّثْلُ مَآ أَصَابَ قَوْمَ نُوحٍ أَوْ قَوْمَ هُودٍ أَوْ قَوْمَ صَـٰلِحٍ ۚ وَمَا قَوْمُ لُوطٍ مِّنكُم بِبَعِيدٍ

Transliteration wayāqawmi lā yajrimannakum shiqāqī an yuṣībakum mith'lu mā aṣāba qawma nūḥin aw qawma hūdin aw qawma ṣāliḥin wamā qawmu lūṭin minkum bibaʿīdin

Nepali ८९) र हे मेरो कौमका मानिसहरू ! कतै मेरो विरोध तिमीलाई त्यस्तो सजायको हकदार नबनाओस् जुन नूहको कौम वा हूदको कौम वा सालेहको कौमलाई भएको थियो । र लूतको कौम त तिमीबाट केही टाढा छैन ।

Verse 90

وَٱسْتَغْفِرُوا۟ رَبَّكُمْ ثُمَّ تُوبُوٓا۟ إِلَيْهِ ۚ إِنَّ رَبِّى رَحِيمٌ وَدُودٌ

Transliteration wa-is'taghfirū rabbakum thumma tūbū ilayhi inna rabbī raḥīmun wadūdun

Nepali ९०) तिमी आफ्नो पालनकर्तासित क्षमा माँग र उसको अगाडि प्रायश्चित गर । निश्चितरूपमा मेरो पालनकर्ता दयावान (र) माया गर्नेवाला छ ।

Verse 91

قَالُوا۟ يَـٰشُعَيْبُ مَا نَفْقَهُ كَثِيرًا مِّمَّا تَقُولُ وَإِنَّا لَنَرَىٰكَ فِينَا ضَعِيفًا ۖ وَلَوْلَا رَهْطُكَ لَرَجَمْنَـٰكَ ۖ وَمَآ أَنتَ عَلَيْنَا بِعَزِيزٍ

Transliteration qālū yāshuʿaybu mā nafqahu kathīran mimmā taqūlu wa-innā lanarāka fīnā ḍaʿīfan walawlā rahṭuka larajamnāka wamā anta ʿalaynā biʿazīzin

Nepali ९१) तिनीहरूले भनेः हे शुऐब ! तिम्रा धेरै जसो कुराहरू हामीले बुझ्दैनौं र हामीले देख्दछौ तिमी धेरै कमजोर पनि छौ, र यदि तिम्रो खानदानको ख्याल नभएको भए हामीले तिमीलाई ढुङ्गा हानेर नष्ट पारिदिन्थ्यौं, र तिमीलाई हामीविरुद्घ शक्ति पनि छैन ।

Verse 92

قَالَ يَـٰقَوْمِ أَرَهْطِىٓ أَعَزُّ عَلَيْكُم مِّنَ ٱللَّهِ وَٱتَّخَذْتُمُوهُ وَرَآءَكُمْ ظِهْرِيًّا ۖ إِنَّ رَبِّى بِمَا تَعْمَلُونَ مُحِيطٌ

Transliteration qāla yāqawmi arahṭī aʿazzu ʿalaykum mina l-lahi wa-ittakhadhtumūhu warāakum ẓih'riyyan inna rabbī bimā taʿmalūna muḥīṭun

Nepali ९२) उनले भनेः कि ‘‘हे मेरो कौमका मानिसहरू ! के मेरो दाजुभाइहरूको सम्मान तिम्रो लागि अल्लाहभन्दा धेरै छ, र यसकारण तिमीले उसलाई आफ्नो पछाडि राखेका छौ । निःसन्देह मेरो पालनकर्ताले त तिम्रा सम्पूर्ण क्रियाकलापलाई घेरेको छ ।’’

Verse 93

وَيَـٰقَوْمِ ٱعْمَلُوا۟ عَلَىٰ مَكَانَتِكُمْ إِنِّى عَـٰمِلٌ ۖ سَوْفَ تَعْلَمُونَ مَن يَأْتِيهِ عَذَابٌ يُخْزِيهِ وَمَنْ هُوَ كَـٰذِبٌ ۖ وَٱرْتَقِبُوٓا۟ إِنِّى مَعَكُمْ رَقِيبٌ

Transliteration wayāqawmi iʿ'malū ʿalā makānatikum innī ʿāmilun sawfa taʿlamūna man yatīhi ʿadhābun yukh'zīhi waman huwa kādhibun wa-ir'taqibū innī maʿakum raqībun

Nepali ९३) र हे मेरो कौमका मानिसहरू तिमी आफ्नो ठाउँमा काम गर्दै जाऊ, म (आफ्नो ठाउँमा) गर्दै जान्छु । तिमीलाई छिट्टै थाहा भइहाल्नेछ कि तिरस्कारपूर्ण सजाय कसमाथि आउँछ र झूठा को छ ? तिमी प्रतीक्षा गर, म पनि तिम्रो साथमा प्रतीक्षा गर्छु ।

Verse 94

وَلَمَّا جَآءَ أَمْرُنَا نَجَّيْنَا شُعَيْبًا وَٱلَّذِينَ ءَامَنُوا۟ مَعَهُۥ بِرَحْمَةٍ مِّنَّا وَأَخَذَتِ ٱلَّذِينَ ظَلَمُوا۟ ٱلصَّيْحَةُ فَأَصْبَحُوا۟ فِى دِيَـٰرِهِمْ جَـٰثِمِينَ

Transliteration walammā jāa amrunā najjaynā shuʿayban wa-alladhīna āmanū maʿahu biraḥmatin minnā wa-akhadhati alladhīna ẓalamū l-ṣayḥatu fa-aṣbaḥū fī diyārihim jāthimīna

Nepali ९४) र जब हाम्रो सजाय आईपुग्यो, त हामीले ‘‘शुऐबलाई’’ र ती मानिसहरू जसले उनको साथमा ईमान लाएका थिए, आफ्नो कृपाले बचाइहाल्यौं र जो अत्याचारी थिए तिनलाई प्रचन्ड विस्फोटनले आफ्नो चपेटामा लिइहाल्यो, जसलेगर्दा तिनीहरू आफ्नो घरमा लम्पसार परिहाले ।

Verse 95

كَأَن لَّمْ يَغْنَوْا۟ فِيهَآ ۗ أَلَا بُعْدًا لِّمَدْيَنَ كَمَا بَعِدَتْ ثَمُودُ

Transliteration ka-an lam yaghnaw fīhā alā buʿ'dan limadyana kamā baʿidat thamūdu

Nepali ९५) यस्तो कि त्यसमा कहिल्यै बसेकै थिएनन् । जानिराखः कि ‘‘मदयन’’ माथि त्यस्तै तिरस्कार छ, जुन प्रकारको तिरस्कार ‘‘समूद’’ माथि थियो ।

Verse 96

وَلَقَدْ أَرْسَلْنَا مُوسَىٰ بِـَٔايَـٰتِنَا وَسُلْطَـٰنٍ مُّبِينٍ

Transliteration walaqad arsalnā mūsā biāyātinā wasul'ṭānin mubīnin

Nepali ९६) र निःसन्देह हामीले मूसालाई आफ्ना निशानीहरू र स्पष्ट प्रमाण दिएर पठाएका थियौं ।

Verse 97

إِلَىٰ فِرْعَوْنَ وَمَلَإِي۟هِۦ فَٱتَّبَعُوٓا۟ أَمْرَ فِرْعَوْنَ ۖ وَمَآ أَمْرُ فِرْعَوْنَ بِرَشِيدٍ

Transliteration ilā fir'ʿawna wamala-ihi fa-ittabaʿū amra fir'ʿawna wamā amru fir'ʿawna birashīdin

Nepali ९७) फिरऔन र उसका नायकहरूतिर, तर तिनीहरूले फिरऔनकै आदेशलाई माने, र फिरऔनको कुनै आदेश ठीक थिएन ।

Verse 98

يَقْدُمُ قَوْمَهُۥ يَوْمَ ٱلْقِيَـٰمَةِ فَأَوْرَدَهُمُ ٱلنَّارَ ۖ وَبِئْسَ ٱلْوِرْدُ ٱلْمَوْرُودُ

Transliteration yaqdumu qawmahu yawma l-qiyāmati fa-awradahumu l-nāra wabi'sa l-wir'du l-mawrūdu

Nepali ९८) उसले कियामतको दिन आफ्नो कौमको अघि–अघि हिंडेर तिनीहरूलाई नर्कमा लग्नेछ, र जुन ठाउँमा तिनीहरू लगिनेछन् त्यो अत्यन्तै नराम्रो छ ।

Verse 99

وَأُتْبِعُوا۟ فِى هَـٰذِهِۦ لَعْنَةً وَيَوْمَ ٱلْقِيَـٰمَةِ ۚ بِئْسَ ٱلرِّفْدُ ٱلْمَرْفُودُ

Transliteration wa-ut'biʿū fī hādhihi laʿnatan wayawma l-qiyāmati bi'sa l-rif'du l-marfūdu

Nepali ९९) यिनीहरूलाई त यस संसारमा पनि तिरस्कार छ, र कियामतको दिन पनि । उनलाई नराम्रो पुरस्कार प्राप्त हुनेछ ।

Verse 100

ذَٰلِكَ مِنْ أَنۢبَآءِ ٱلْقُرَىٰ نَقُصُّهُۥ عَلَيْكَ ۖ مِنْهَا قَآئِمٌ وَحَصِيدٌ

Transliteration dhālika min anbāi l-qurā naquṣṣuhu ʿalayka min'hā qāimun waḥaṣīdun

Nepali १००) यी (पुराना) बस्तीहरूका संक्षिप्त वर्णनहरू हुन्, जुन हामीले तिमीसित वर्णन गर्दछौं यीमध्ये केही बाँकी छन् र केही तहस–नहस भइहाले ।

Verse 101

وَمَا ظَلَمْنَـٰهُمْ وَلَـٰكِن ظَلَمُوٓا۟ أَنفُسَهُمْ ۖ فَمَآ أَغْنَتْ عَنْهُمْ ءَالِهَتُهُمُ ٱلَّتِى يَدْعُونَ مِن دُونِ ٱللَّهِ مِن شَىْءٍ لَّمَّا جَآءَ أَمْرُ رَبِّكَ ۖ وَمَا زَادُوهُمْ غَيْرَ تَتْبِيبٍ

Transliteration wamā ẓalamnāhum walākin ẓalamū anfusahum famā aghnat ʿanhum ālihatuhumu allatī yadʿūna min dūni l-lahi min shayin lammā jāa amru rabbika wamā zādūhum ghayra tatbībin

Nepali १०१) र हामीले तिनीहरूमाथि कुनै अत्याचार गरेका होइनौं बरु तिनीहरूले आफै आफूमाथि अत्याचार गरेका हुन्, जब तिम्रो पालनकर्ताको आदेश आइपुग्यो त जुन देवताहरूलाई तिनीहरूले अल्लाह बाहेक पुकार्दथे तिनीहरू उनीहरूको कुनै पनि काम आएनन् । अपितु उनीहरूको नोक्सानी नै बढाइदिए ।

Verse 102

وَكَذَٰلِكَ أَخْذُ رَبِّكَ إِذَآ أَخَذَ ٱلْقُرَىٰ وَهِىَ ظَـٰلِمَةٌ ۚ إِنَّ أَخْذَهُۥٓ أَلِيمٌ شَدِيدٌ

Transliteration wakadhālika akhdhu rabbika idhā akhadha l-qurā wahiya ẓālimatun inna akhdhahu alīmun shadīdun

Nepali १०२) तिम्रो पालनकर्ताले जब उल्लंघन गर्ने बस्तीहरूलाई समात्छ त उसको पकड यसै प्रकारको हुन्छ । निःसन्देह उसको पकड कष्टदायक (र) कठोर छ ।

Verse 103

إِنَّ فِى ذَٰلِكَ لَـَٔايَةً لِّمَنْ خَافَ عَذَابَ ٱلْـَٔاخِرَةِ ۚ ذَٰلِكَ يَوْمٌ مَّجْمُوعٌ لَّهُ ٱلنَّاسُ وَذَٰلِكَ يَوْمٌ مَّشْهُودٌ

Transliteration inna fī dhālika laāyatan liman khāfa ʿadhāba l-ākhirati dhālika yawmun majmūʿun lahu l-nāsu wadhālika yawmun mashhūdun

Nepali १०३) निःसन्देह यसमा ती व्यक्तिहरूको निम्ति, जो कि आखिरतको दिन सजायसित डराउँछन् एउटा पाठ छ । यो त्यो दिन हुनेछ जसमा सबै मानिसहरू एकत्रित गरिनेछन् र यहि त्यो दिन हुनेछ जसमा सबै (हिसाब–किताबको लागि) उपस्थित गरिनेछन् ।

Verse 104

وَمَا نُؤَخِّرُهُۥٓ إِلَّا لِأَجَلٍ مَّعْدُودٍ

Transliteration wamā nu-akhiruhu illā li-ajalin maʿdūdin

Nepali १०४) र हामीले त्यसलाई ल्याउनमा निर्धारित समयसम्म विलम्ब गरिराखेका छौ ।

Verse 105

يَوْمَ يَأْتِ لَا تَكَلَّمُ نَفْسٌ إِلَّا بِإِذْنِهِۦ ۚ فَمِنْهُمْ شَقِىٌّ وَسَعِيدٌ

Transliteration yawma yati lā takallamu nafsun illā bi-idh'nihi famin'hum shaqiyyun wasaʿīdun

Nepali १०५) जुन समय त्यो दिन आउनेछ, कुनै व्यक्ति अल्लाहको आदेशबिना बोल्न पनि सक्ने छैन । अनि तिनीहरूमा केही अभागी हुनेछन् र केही भाग्यवान ।

Verse 106

فَأَمَّا ٱلَّذِينَ شَقُوا۟ فَفِى ٱلنَّارِ لَهُمْ فِيهَا زَفِيرٌ وَشَهِيقٌ

Transliteration fa-ammā alladhīna shaqū fafī l-nāri lahum fīhā zafīrun washahīqun

Nepali १०६) त जो अभागी हुनेछन् तिनीहरू नर्कमा हालिनेछन् त्यसमा उनीहरू विलाप गर्नेछन् र कराउन्छन् ।

Verse 107

خَـٰلِدِينَ فِيهَا مَا دَامَتِ ٱلسَّمَـٰوَٰتُ وَٱلْأَرْضُ إِلَّا مَا شَآءَ رَبُّكَ ۚ إِنَّ رَبَّكَ فَعَّالٌ لِّمَا يُرِيدُ

Transliteration khālidīna fīhā mā dāmati l-samāwātu wal-arḍu illā mā shāa rabbuka inna rabbaka faʿʿālun limā yurīdu

Nepali १०७) (र) जबसम्म आकाश र पृथ्वी छन् तिनीहरू सधैं त्यसमा रहनेछन् तर जति तिम्रो पालनकर्ताले चाहन्छ त्यति बाहेक । निःसन्देह तिम्रो पालनकर्ताले जे चाहन्छ त्यो गरिहाल्छ ।

Verse 108

۞ وَأَمَّا ٱلَّذِينَ سُعِدُوا۟ فَفِى ٱلْجَنَّةِ خَـٰلِدِينَ فِيهَا مَا دَامَتِ ٱلسَّمَـٰوَٰتُ وَٱلْأَرْضُ إِلَّا مَا شَآءَ رَبُّكَ ۖ عَطَآءً غَيْرَ مَجْذُوذٍ

Transliteration wa-ammā alladhīna suʿidū fafī l-janati khālidīna fīhā mā dāmati l-samāwātu wal-arḍu illā mā shāa rabbuka ʿaṭāan ghayra majdhūdhin

Nepali १०८) र जो वरदानप्राप्त हुनेछन्, तिनीहरू स्वर्गमा हुनेछन् जबसम्म आकाश र पृथ्वी छन् सधैं यसैमा रहनेछन्, तर जति तिम्रो पालनकर्ताको इच्छा हुन्छ । यो पुरस्कार हो जुनकि कहिल्यै समाप्त हुनेछैन ।

Verse 109

فَلَا تَكُ فِى مِرْيَةٍ مِّمَّا يَعْبُدُ هَـٰٓؤُلَآءِ ۚ مَا يَعْبُدُونَ إِلَّا كَمَا يَعْبُدُ ءَابَآؤُهُم مِّن قَبْلُ ۚ وَإِنَّا لَمُوَفُّوهُمْ نَصِيبَهُمْ غَيْرَ مَنقُوصٍ

Transliteration falā taku fī mir'yatin mimmā yaʿbudu hāulāi mā yaʿbudūna illā kamā yaʿbudu ābāuhum min qablu wa-innā lamuwaffūhum naṣībahum ghayra manqūṣin

Nepali १०९) यसर्थ तपाई यस्ता कुराहरूबाट कुनै शंकामा नपर्नुस यी मानिसहरू जसको पूजा गर्दछन्, यिनीहरूले यसै प्रकारले पूजा गर्दछन्, जुन प्रकारले पहिला यिनका पूर्वजहरूले गर्दै आएका छन् । र हामी तिनीहरूलाई तिनीहरूको भाग पूर्णरूपले केही नघटाई नबढाई दिनेवाला छौं ।

Verse 110

وَلَقَدْ ءَاتَيْنَا مُوسَى ٱلْكِتَـٰبَ فَٱخْتُلِفَ فِيهِ ۚ وَلَوْلَا كَلِمَةٌ سَبَقَتْ مِن رَّبِّكَ لَقُضِىَ بَيْنَهُمْ ۚ وَإِنَّهُمْ لَفِى شَكٍّ مِّنْهُ مُرِيبٍ

Transliteration walaqad ātaynā mūsā l-kitāba fa-ukh'tulifa fīhi walawlā kalimatun sabaqat min rabbika laquḍiya baynahum wa-innahum lafī shakkin min'hu murībin

Nepali ११०) र निःसन्देह हामीले मूसालाई किताब प्रदान गर्यौं, तब त्यसमा विवाद गरियो र यदि तिम्रो पालनकर्ताको तर्फबाट एउटा कुरा अघिनै नभइसकेको भए तिनीहरूको बीचमा नै निर्णय गरिहालिन्थ्यो र तिनीहरू त यसमा ठूलो शंकामा परेका छन् ।

Verse 111

وَإِنَّ كُلًّا لَّمَّا لَيُوَفِّيَنَّهُمْ رَبُّكَ أَعْمَـٰلَهُمْ ۚ إِنَّهُۥ بِمَا يَعْمَلُونَ خَبِيرٌ

Transliteration wa-inna kullan lammā layuwaffiyannahum rabbuka aʿmālahum innahu bimā yaʿmalūna khabīrun

Nepali १११) निःसन्देह प्रत्येकले जब उनको सामु जानेछ तब तपाईको पालनकर्ताले सबैलाई तिनीहरूको क्रियाकलापको पूरा–पूरा प्रतिफल दिनेछ । निःसन्देह जुन क्रियाकलाप यिनले गर्दछन् ऊ त्यसलाई जान्दछ ।

Verse 112

فَٱسْتَقِمْ كَمَآ أُمِرْتَ وَمَن تَابَ مَعَكَ وَلَا تَطْغَوْا۟ ۚ إِنَّهُۥ بِمَا تَعْمَلُونَ بَصِيرٌ

Transliteration fa-is'taqim kamā umir'ta waman tāba maʿaka walā taṭghaw innahu bimā taʿmalūna baṣīrun

Nepali ११२) तसर्थ (हे पैगम्बर !) तपाईलाई जस्तो आदेश दिइएकोछ तपाई र तपाईको साथ प्रायश्चित गरिसकेका मानिसहरूले दृढ रहनु, र सीमाभन्दा अगाडि नजाऊ, उसले तिम्रा सारा क्रियाकलाप देखिराखेको छ ।

Verse 113

وَلَا تَرْكَنُوٓا۟ إِلَى ٱلَّذِينَ ظَلَمُوا۟ فَتَمَسَّكُمُ ٱلنَّارُ وَمَا لَكُم مِّن دُونِ ٱللَّهِ مِنْ أَوْلِيَآءَ ثُمَّ لَا تُنصَرُونَ

Transliteration walā tarkanū ilā alladhīna ẓalamū fatamassakumu l-nāru wamā lakum min dūni l-lahi min awliyāa thumma lā tunṣarūna

Nepali ११३) हेर जो अत्याचारीहरू छन् उनीहरूतिर कदापि प्रवृत्त नहोऊ, नत्र नर्कको आगोले तिमीलाई पनि समातिहाल्छ, र अल्लाह बाहेक तिम्रो कोही संरक्षक छैन र कोहीबाट मद्दत प्राप्त हुनसक्ने छैन ।

Verse 114

وَأَقِمِ ٱلصَّلَوٰةَ طَرَفَىِ ٱلنَّهَارِ وَزُلَفًا مِّنَ ٱلَّيْلِ ۚ إِنَّ ٱلْحَسَنَـٰتِ يُذْهِبْنَ ٱلسَّيِّـَٔاتِ ۚ ذَٰلِكَ ذِكْرَىٰ لِلذَّٰكِرِينَ

Transliteration wa-aqimi l-ṣalata ṭarafayi l-nahāri wazulafan mina al-layli inna l-ḥasanāti yudh'hib'na l-sayiāti dhālika dhik'rā lildhākirīna

Nepali ११४) दिनको दुवै भागमा (प्रातः र सन्ध्या) नमाज पढ्ने गर, र रातीको केही बेलामा पनि । निःसन्देह सत्कर्महरूले गुनाहहरूलाई खतम पारिदिन्छन् । यो तिनीहरूको निम्ति पाठ हो जो पाठ स्वीकार गर्नेवाला छन् ।

Verse 115

وَٱصْبِرْ فَإِنَّ ٱللَّهَ لَا يُضِيعُ أَجْرَ ٱلْمُحْسِنِينَ

Transliteration wa-iṣ'bir fa-inna l-laha lā yuḍīʿu ajra l-muḥ'sinīna

Nepali ११५) तपाईले धैर्यधारण गरिराख्नुस् निश्चय नै अल्लाह सत्कर्मीहरूको प्रतिफल खेर फाल्दैन ।

Verse 116

فَلَوْلَا كَانَ مِنَ ٱلْقُرُونِ مِن قَبْلِكُمْ أُو۟لُوا۟ بَقِيَّةٍ يَنْهَوْنَ عَنِ ٱلْفَسَادِ فِى ٱلْأَرْضِ إِلَّا قَلِيلًا مِّمَّنْ أَنجَيْنَا مِنْهُمْ ۗ وَٱتَّبَعَ ٱلَّذِينَ ظَلَمُوا۟ مَآ أُتْرِفُوا۟ فِيهِ وَكَانُوا۟ مُجْرِمِينَ

Transliteration falawlā kāna mina l-qurūni min qablikum ulū baqiyyatin yanhawna ʿani l-fasādi fī l-arḍi illā qalīlan mimman anjaynā min'hum wa-ittabaʿa alladhīna ẓalamū mā ut'rifū fīhi wakānū muj'rimīna

Nepali ११६) तसर्थ जुन कौम तिमीभन्दा अघि बितिसकेका छन्, तिनीहरूमा यस्ता बुद्धिमानी किन भएनन्, जसले कि मुलुकमा उपद्रव हुनबाट रोक्दथे, हो, केही (थिए), जसलाई हामीले तिनीहरूमध्येबाट बचायौं र जो अत्याचारी थिए, यिनै कुराको पछाडि लागिरहे, जसमा कि तिनीहरूलाई आनन्द र विलासिता दिइएको थियो, र तिनीहरू अपराधी थिए ।

Verse 117

وَمَا كَانَ رَبُّكَ لِيُهْلِكَ ٱلْقُرَىٰ بِظُلْمٍ وَأَهْلُهَا مُصْلِحُونَ

Transliteration wamā kāna rabbuka liyuh'lika l-qurā biẓul'min wa-ahluhā muṣ'liḥūna

Nepali ११७) र तिम्रो पालनकर्ता यस्तो छैन कि, कुनै बस्तीलाई अकारण नष्ट गरिहालोस्, जब कि त्यहाँका बासिन्दाहरू सुकर्ममा लागिरहुन् ।

Verse 118

وَلَوْ شَآءَ رَبُّكَ لَجَعَلَ ٱلنَّاسَ أُمَّةً وَٰحِدَةً ۖ وَلَا يَزَالُونَ مُخْتَلِفِينَ

Transliteration walaw shāa rabbuka lajaʿala l-nāsa ummatan wāḥidatan walā yazālūna mukh'talifīna

Nepali ११८) यदि तिम्रो पालनकर्ताले चाहेको भए थुप्रै मानिसहरूलाई एउटै बाटोमा एउटै समूह बनाउने थियो तर तिनीहरूले सँधै विवाद गरिराख्ने नै छन् ।

Verse 119

إِلَّا مَن رَّحِمَ رَبُّكَ ۚ وَلِذَٰلِكَ خَلَقَهُمْ ۗ وَتَمَّتْ كَلِمَةُ رَبِّكَ لَأَمْلَأَنَّ جَهَنَّمَ مِنَ ٱلْجِنَّةِ وَٱلنَّاسِ أَجْمَعِينَ

Transliteration illā man raḥima rabbuka walidhālika khalaqahum watammat kalimatu rabbika la-amla-anna jahannama mina l-jinati wal-nāsi ajmaʿīna

Nepali ११९) तर ती बाहेक जसमाथि तपाईको पालनकर्ताले कृपा गरोस् र यसैले उसले यिनीहरूलाई सृष्टि गरेको छ, र तिम्रो पालनकर्ताको यो वचन पूरा भइसकेको छ, कि म नर्कलाई जिन्न र मानिसहरूबाट भरिदिनेछु ।

Verse 120

وَكُلًّا نَّقُصُّ عَلَيْكَ مِنْ أَنۢبَآءِ ٱلرُّسُلِ مَا نُثَبِّتُ بِهِۦ فُؤَادَكَ ۚ وَجَآءَكَ فِى هَـٰذِهِ ٱلْحَقُّ وَمَوْعِظَةٌ وَذِكْرَىٰ لِلْمُؤْمِنِينَ

Transliteration wakullan naquṣṣu ʿalayka min anbāi l-rusuli mā nuthabbitu bihi fuādaka wajāaka fī hādhihi l-ḥaqu wamawʿiẓatun wadhik'rā lil'mu'minīna

Nepali १२०) हे (मुहम्मद !) पैगम्बरहरूका ती सबै कुराहरू हामीले तपाई सामु तपाईको मनको शाँतिको लागि वर्णन गर्दछौं, तपाईसम्म यो सूरः (अंश) मा पनि सत्य पुगिसक्यो जुन मोमिनहरूको निम्ति उपदेश र पाठ हो ।

Verse 121

وَقُل لِّلَّذِينَ لَا يُؤْمِنُونَ ٱعْمَلُوا۟ عَلَىٰ مَكَانَتِكُمْ إِنَّا عَـٰمِلُونَ

Transliteration waqul lilladhīna lā yu'minūna iʿ'malū ʿalā makānatikum innā ʿāmilūna

Nepali १२१) र जुन मानिसहरूले ईमान ल्याएका छैनन्, तिनीहरूलाई भनिदिनुस् कि तिमी आफ्नो ठाउँमा कर्म गर्दै जाऊ, हामी आफ्नो ठाउँमा गर्ने गर्दछौं ।

Verse 122

وَٱنتَظِرُوٓا۟ إِنَّا مُنتَظِرُونَ

Transliteration wa-intaẓirū innā muntaẓirūna

Nepali १२२) र तिमी पनि प्रतीक्षा गर, हामी पनि प्रतीक्षा गर्दछौं ।

Verse 123

وَلِلَّهِ غَيْبُ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ وَإِلَيْهِ يُرْجَعُ ٱلْأَمْرُ كُلُّهُۥ فَٱعْبُدْهُ وَتَوَكَّلْ عَلَيْهِ ۚ وَمَا رَبُّكَ بِغَـٰفِلٍ عَمَّا تَعْمَلُونَ

Transliteration walillahi ghaybu l-samāwāti wal-arḍi wa-ilayhi yur'jaʿu l-amru kulluhu fa-uʿ'bud'hu watawakkal ʿalayhi wamā rabbuka bighāfilin ʿammā taʿmalūna

Nepali १२३) आकाशहरू र पृथ्वीमा अदृश्य कुराहरूको ज्ञान अल्लाहलाई नै छ, र थुप्रै कुराहरू उसैतिर निर्णयको लागि फर्कन्छन् तसर्थ उसैको पूजा गर, र उसैमाथि भरोसा राख, र जे जति तिमीले गरिराखेका छौ तिम्रो पालनकर्ता त्यसबाट अनभिज्ञ छैन ।

Read Surah Hud in another language

All languages

All 114 surahs in Nepali: the Qur’an in Nepali.

Learn it in MyDugsi

Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.