MyDugsiStart learning

Surah At-Talaq in Nepali: translation and audio

Surah 65 · الطلاق · The Divorce · 12 verses

Surah At-Talaq verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah At-Talaq word by word in English.

Verse 1

يَـٰٓأَيُّهَا ٱلنَّبِىُّ إِذَا طَلَّقْتُمُ ٱلنِّسَآءَ فَطَلِّقُوهُنَّ لِعِدَّتِهِنَّ وَأَحْصُوا۟ ٱلْعِدَّةَ ۖ وَٱتَّقُوا۟ ٱللَّهَ رَبَّكُمْ ۖ لَا تُخْرِجُوهُنَّ مِنۢ بُيُوتِهِنَّ وَلَا يَخْرُجْنَ إِلَّآ أَن يَأْتِينَ بِفَـٰحِشَةٍ مُّبَيِّنَةٍ ۚ وَتِلْكَ حُدُودُ ٱللَّهِ ۚ وَمَن يَتَعَدَّ حُدُودَ ٱللَّهِ فَقَدْ ظَلَمَ نَفْسَهُۥ ۚ لَا تَدْرِى لَعَلَّ ٱللَّهَ يُحْدِثُ بَعْدَ ذَٰلِكَ أَمْرًا

Transliteration yāayyuhā l-nabiyu idhā ṭallaqtumu l-nisāa faṭalliqūhunna liʿiddatihinna wa-aḥṣū l-ʿidata wa-ittaqū l-laha rabbakum lā tukh'rijūhunna min buyūtihinna walā yakhruj'na illā an yatīna bifāḥishatin mubayyinatin watil'ka ḥudūdu l-lahi waman yataʿadda ḥudūda l-lahi faqad ẓalama nafsahu lā tadrī laʿalla l-laha yuḥ'dithu baʿda dhālika amran

Nepali १) हे पैगम्बर ! (आफ्नो अनुयायीहरूलाई भनिदिनुस्) जब तिमीले आफ्नो स्वास्नीहरूलाई तलाक दिन चाहन्छौ त उनीहरूको इद्दतको प्रारम्भमा तलाक देऊ, र इद्दतलाई गन्ने गर, र अल्लाहसित, जो तिम्रो पालनकर्ता हो, डर । उनीहरूलाई उनीहरूको घरहरूबाट ननिकाल र न उनीहरू स्वयं निस्कुन् । हो, यदि तिनीहरूले खुल्ला व्यभिचार गरिन् त कुरा बेग्लै छ । र यी अल्लाहद्धारा निर्धारित सीमाहरू हुन् । र जो अल्लाहका सीमाहरूभन्दा अगाडि बढ्नेछ, त्यसले आफूमाथि नै अत्याचार गर्नेछ । तिमीलाई थाहा छैन, कदाचित यस पश्चात अल्लाहले कुनै नयाँ अवस्थाको सृजना गरिदेओस् ।

Verse 2

فَإِذَا بَلَغْنَ أَجَلَهُنَّ فَأَمْسِكُوهُنَّ بِمَعْرُوفٍ أَوْ فَارِقُوهُنَّ بِمَعْرُوفٍ وَأَشْهِدُوا۟ ذَوَىْ عَدْلٍ مِّنكُمْ وَأَقِيمُوا۟ ٱلشَّهَـٰدَةَ لِلَّهِ ۚ ذَٰلِكُمْ يُوعَظُ بِهِۦ مَن كَانَ يُؤْمِنُ بِٱللَّهِ وَٱلْيَوْمِ ٱلْـَٔاخِرِ ۚ وَمَن يَتَّقِ ٱللَّهَ يَجْعَل لَّهُۥ مَخْرَجًا

Transliteration fa-idhā balaghna ajalahunna fa-amsikūhunna bimaʿrūfin aw fāriqūhunna bimaʿrūfin wa-ashhidū dhaway ʿadlin minkum wa-aqīmū l-shahādata lillahi dhālikum yūʿaẓu bihi man kāna yu'minu bil-lahi wal-yawmi l-ākhiri waman yattaqi l-laha yajʿal lahu makhrajan

Nepali २) अनि जब उनीहरू(स्त्रीहरू) आफ्ना निर्धारित इद्दतको नजिक पुग्छिन् भने उनीहरूलाई नियमानुसार आफ्नो निकाहमा रहन देऊ वा दस्तूरको मुताबिक अलग गरिदेऊ, र आफूमध्येबाट दुईजना न्यायप्रिय मानिसहरूलाई साक्षी बनाइहाल र अल्लाहको प्रसन्नता निम्ति ठीक–ठीक गवाही देऊ । यी कुराहरूबाट त्यस व्यक्तिलाई उपदेश गरिन्छ, जसले अल्लाह र परलोकको (आखिरतको) दिनमाथि ईमान राख्दछ । र जो अल्लाहसित डर मान्दछ, अल्लाह उसको लागि उम्कने बाटो सृजना गरिदिनेछ ।

Verse 3

وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ ۚ وَمَن يَتَوَكَّلْ عَلَى ٱللَّهِ فَهُوَ حَسْبُهُۥٓ ۚ إِنَّ ٱللَّهَ بَـٰلِغُ أَمْرِهِۦ ۚ قَدْ جَعَلَ ٱللَّهُ لِكُلِّ شَىْءٍ قَدْرًا

Transliteration wayarzuq'hu min ḥaythu lā yaḥtasibu waman yatawakkal ʿalā l-lahi fahuwa ḥasbuhu inna l-laha bālighu amrihi qad jaʿala l-lahu likulli shayin qadran

Nepali ३) र उसलाई यस्तो ठाउँबाट जीविका दिन्छ, जसको उसलाई कल्पना पनि छैन, र जसले अल्लाहमाथि भरोसा गर्दछ, त्यो उसको निम्ति पर्याप्त छ, निश्चय नै अल्लाहले आफ्नो काम पूरा गरेर नै छाड्नेछ । अल्लाहले हरेक कुराको एउटा अनुमान गरिराखेको छ ।

Verse 4

وَٱلَّـٰٓـِٔى يَئِسْنَ مِنَ ٱلْمَحِيضِ مِن نِّسَآئِكُمْ إِنِ ٱرْتَبْتُمْ فَعِدَّتُهُنَّ ثَلَـٰثَةُ أَشْهُرٍ وَٱلَّـٰٓـِٔى لَمْ يَحِضْنَ ۚ وَأُو۟لَـٰتُ ٱلْأَحْمَالِ أَجَلُهُنَّ أَن يَضَعْنَ حَمْلَهُنَّ ۚ وَمَن يَتَّقِ ٱللَّهَ يَجْعَل لَّهُۥ مِنْ أَمْرِهِۦ يُسْرًا

Transliteration wa-allāī ya-is'na mina l-maḥīḍi min nisāikum ini ir'tabtum faʿiddatuhunna thalāthatu ashhurin wa-allāī lam yaḥiḍ'na wa-ulātu l-aḥmāli ajaluhunna an yaḍaʿna ḥamlahunna waman yattaqi l-laha yajʿal lahu min amrihi yus'ran

Nepali ४) तिम्रो (तलाक दिइएका) स्त्रीहरू जो मासिकधर्मबाट निराश भइसकेका छिन्, यदि तिमीलाई शंका छ भने उनीहरूको इदद्त तीन महिना छ, र जसलाई अझै मासिकधर्म आउन थालेको छैन उनीहरूको पनि यहि नै इद्दत हो र गर्भवती महिलाहरूको इद्दत उनीहरूको शिशु–प्रसवसम्म छ । जो कोही पनि अल्लाहसित डर मान्ने छ, अल्लाह उसको सबैकाम सजिलो गरिदिनेछ ।

Verse 5

ذَٰلِكَ أَمْرُ ٱللَّهِ أَنزَلَهُۥٓ إِلَيْكُمْ ۚ وَمَن يَتَّقِ ٱللَّهَ يُكَفِّرْ عَنْهُ سَيِّـَٔاتِهِۦ وَيُعْظِمْ لَهُۥٓ أَجْرًا

Transliteration dhālika amru l-lahi anzalahu ilaykum waman yattaqi l-laha yukaffir ʿanhu sayyiātihi wayuʿ'ẓim lahu ajran

Nepali ५) यो अल्लाहको आदेश हो, जुनकि उसले तिमीतिर अवतरित गरेको छ । जो कोही अल्लाहसित डर्नेछ, उसबाट अल्लाहले उसका पापहरू हटाइदिनेछ र उसलाई ठूलो प्रतिफल प्रदान गर्नेछ ।

Verse 6

أَسْكِنُوهُنَّ مِنْ حَيْثُ سَكَنتُم مِّن وُجْدِكُمْ وَلَا تُضَآرُّوهُنَّ لِتُضَيِّقُوا۟ عَلَيْهِنَّ ۚ وَإِن كُنَّ أُو۟لَـٰتِ حَمْلٍ فَأَنفِقُوا۟ عَلَيْهِنَّ حَتَّىٰ يَضَعْنَ حَمْلَهُنَّ ۚ فَإِنْ أَرْضَعْنَ لَكُمْ فَـَٔاتُوهُنَّ أُجُورَهُنَّ ۖ وَأْتَمِرُوا۟ بَيْنَكُم بِمَعْرُوفٍ ۖ وَإِن تَعَاسَرْتُمْ فَسَتُرْضِعُ لَهُۥٓ أُخْرَىٰ

Transliteration askinūhunna min ḥaythu sakantum min wuj'dikum walā tuḍārrūhunna lituḍayyiqū ʿalayhinna wa-in kunna ulāti ḥamlin fa-anfiqū ʿalayhinna ḥattā yaḍaʿna ḥamlahunna fa-in arḍaʿna lakum faātūhunna ujūrahunna watamirū baynakum bimaʿrūfin wa-in taʿāsartum fasatur'ḍiʿu lahu ukh'rā

Nepali ६) तिनीहरूलाई (इद्दतको अवस्थामा) तिमीले आफ्नो हैसियत अनुसार त्यसै ठाउँमा राख, जहाँ तिमी बस्छौ, उनीहरूलाई कष्ट दिनुको निम्ति उनीहरूलाई हानि नपुर्याऊ । यदि उनीहरू गर्भवती छिन् भने उनीहरूमाथि खर्च गरिराख, जबसम्म कि उनीहरूको शिशुप्रसव नभइहालोस् । अनि यदि तिम्रो भनाई मानेर उनले नै दूध खुवाउँछिन् भने उनीहरूलाई उनको पारिश्रमिक देऊ, र आपसमा राम्रो तरिकाले परस्पर कुराकानीद्वारा कुनै कुरा निश्चित गरिहाल । र यदि तिमीलाई यसमा कुनै कठिनाई हुन्छ भने कुनै अर्कोले उसको निम्ति दूध खुवाइदिनेछे ।

Verse 7

لِيُنفِقْ ذُو سَعَةٍ مِّن سَعَتِهِۦ ۖ وَمَن قُدِرَ عَلَيْهِ رِزْقُهُۥ فَلْيُنفِقْ مِمَّآ ءَاتَىٰهُ ٱللَّهُ ۚ لَا يُكَلِّفُ ٱللَّهُ نَفْسًا إِلَّا مَآ ءَاتَىٰهَا ۚ سَيَجْعَلُ ٱللَّهُ بَعْدَ عُسْرٍ يُسْرًا

Transliteration liyunfiq dhū saʿatin min saʿatihi waman qudira ʿalayhi riz'quhu falyunfiq mimmā ātāhu l-lahu lā yukallifu l-lahu nafsan illā mā ātāhā sayajʿalu l-lahu baʿda ʿus'rin yus'ran

Nepali ७) सामथ्र्यवानले आफ्नो क्षमता अनुसार खर्च गर्नुपर्छ र जसको जीविकामा कमी छ, उसलाई चाहिन्छ कि जति अल्लाहले उसलाई प्रदान गरेको छ, त्यस अनुसार खर्च गरोस् । जे–जति प्रदान गरेको छ, त्यसभन्दा बढी अल्लाहले कुनै व्यक्तिमाथि जिम्मेवारीको बोझ राख्दैन । शीघ्र नै अल्लाहले कठिनाई पश्चात सुगमताको सृष्टि गरिदिनेछ ।

Verse 8

وَكَأَيِّن مِّن قَرْيَةٍ عَتَتْ عَنْ أَمْرِ رَبِّهَا وَرُسُلِهِۦ فَحَاسَبْنَـٰهَا حِسَابًا شَدِيدًا وَعَذَّبْنَـٰهَا عَذَابًا نُّكْرًا

Transliteration waka-ayyin min qaryatin ʿatat ʿan amri rabbihā warusulihi faḥāsabnāhā ḥisāban shadīdan waʿadhabnāhā ʿadhāban nuk'ran

Nepali ८) र कैयन् यस्ता बस्तीहरू छन् जसका बासिन्दाहरूले आफ्नो पालनकर्ता र उसको रसूलहरूको आदेशबाट अटेरिपना गरे, तब हामीले पनि उनीहरूसँग गम्भीर हिसाब गर्यौं र उनीहरूलाई अदृश्य निकृष्ट सजाय दियौं ।

Verse 9

فَذَاقَتْ وَبَالَ أَمْرِهَا وَكَانَ عَـٰقِبَةُ أَمْرِهَا خُسْرًا

Transliteration fadhāqat wabāla amrihā wakāna ʿāqibatu amrihā khus'ran

Nepali ९) अतः उनीहरूले आफ्ना कर्महरूको लागि दण्डको स्वाद चाखिहाले र उनीहरूको लागि परिणाम घाटा नै रह्यो ।

Verse 10

أَعَدَّ ٱللَّهُ لَهُمْ عَذَابًا شَدِيدًا ۖ فَٱتَّقُوا۟ ٱللَّهَ يَـٰٓأُو۟لِى ٱلْأَلْبَـٰبِ ٱلَّذِينَ ءَامَنُوا۟ ۚ قَدْ أَنزَلَ ٱللَّهُ إِلَيْكُمْ ذِكْرًا

Transliteration aʿadda l-lahu lahum ʿadhāban shadīdan fa-ittaqū l-laha yāulī l-albābi alladhīna āmanū qad anzala l-lahu ilaykum dhik'ran

Nepali १०) अल्लाहले उनीहरूको निम्ति कठोर यातना तयार गरेको छ, तसर्थ हे बुद्धिवाला ईमानवालाहरू अल्लाहसित डर । अल्लाहले तिमीतिर उपदेश पठाइसकेको छ ।

Verse 11

رَّسُولًا يَتْلُوا۟ عَلَيْكُمْ ءَايَـٰتِ ٱللَّهِ مُبَيِّنَـٰتٍ لِّيُخْرِجَ ٱلَّذِينَ ءَامَنُوا۟ وَعَمِلُوا۟ ٱلصَّـٰلِحَـٰتِ مِنَ ٱلظُّلُمَـٰتِ إِلَى ٱلنُّورِ ۚ وَمَن يُؤْمِنۢ بِٱللَّهِ وَيَعْمَلْ صَـٰلِحًا يُدْخِلْهُ جَنَّـٰتٍ تَجْرِى مِن تَحْتِهَا ٱلْأَنْهَـٰرُ خَـٰلِدِينَ فِيهَآ أَبَدًا ۖ قَدْ أَحْسَنَ ٱللَّهُ لَهُۥ رِزْقًا

Transliteration rasūlan yatlū ʿalaykum āyāti l-lahi mubayyinātin liyukh'rija alladhīna āmanū waʿamilū l-ṣāliḥāti mina l-ẓulumāti ilā l-nūri waman yu'min bil-lahi wayaʿmal ṣāliḥan yud'khil'hu jannātin tajrī min taḥtihā l-anhāru khālidīna fīhā abadan qad aḥsana l-lahu lahu riz'qan

Nepali ११) अर्थात पैगम्बर जसले तिम्रो सामु अल्लाहका स्पष्ट आयतहरू पढेर सुनाउँछन्, ताकि जसले ईमान ल्याउँछन् र असल कर्म गर्दछन् उनीहरूलाई अँध्यारोबाट निकाली उज्यालोतिर ल्याओस् र जुन व्यक्तिले अल्लाहमाथि ईमान ल्याउँछ र असल कर्म गर्नेछ उनीहरूलाई अल्लाहले स्वर्गका यस्ता बागहरूमा प्रविष्ट गर्नेछ, जसमुनि नहरहरू बगिराखेका छन्, सधैं त्यसमा रहनेछन् । निःसंदेह अल्लाहले उनीहरूको निम्ति उत्तम जीविका प्रदान गरिराखेको छ ।

Verse 12

ٱللَّهُ ٱلَّذِى خَلَقَ سَبْعَ سَمَـٰوَٰتٍ وَمِنَ ٱلْأَرْضِ مِثْلَهُنَّ يَتَنَزَّلُ ٱلْأَمْرُ بَيْنَهُنَّ لِتَعْلَمُوٓا۟ أَنَّ ٱللَّهَ عَلَىٰ كُلِّ شَىْءٍ قَدِيرٌ وَأَنَّ ٱللَّهَ قَدْ أَحَاطَ بِكُلِّ شَىْءٍ عِلْمًۢا

Transliteration al-lahu alladhī khalaqa sabʿa samāwātin wamina l-arḍi mith'lahunna yatanazzalu l-amru baynahunna litaʿlamū anna l-laha ʿalā kulli shayin qadīrun wa-anna l-laha qad aḥāṭa bikulli shayin ʿil'man

Nepali १२) अल्लाह नै त हो जसले सात आकाशहरू सृष्टि गर्यो र उनीहरूकै सादृश्य धरती पनि, उसको आदेश उनको बीचमा अवतरित हुन्छन्, ताकि तिमीहरूले जानिहाल कि अल्लाह हरेक कुरामा सामथ्र्य सम्पन्न छ, र यो कि अल्लाहले सबै कुरालाई आफ्नो ज्ञानको घेरामा लिइराखेको छ ।

Read Surah At-Talaq in another language

All languages

All 114 surahs in Nepali: the Qur’an in Nepali.

Learn it in MyDugsi

Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.