MyDugsiStart learning

Surah Al-Hadid in Nepali: translation and audio

Surah 57 · الحديد · The Iron · 29 verses

Surah Al-Hadid verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Al-Hadid word by word in English.

Verse 1

سَبَّحَ لِلَّهِ مَا فِى ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ ۖ وَهُوَ ٱلْعَزِيزُ ٱلْحَكِيمُ

Transliteration sabbaḥa lillahi mā fī l-samāwāti wal-arḍi wahuwa l-ʿazīzu l-ḥakīmu

Nepali १) आकाशहरू र धरतीमा जे छ सबैले अल्लाहकै गुणगान गर्दैछन् र ऊ अधिपत्यशाली ठूलो तत्वदर्शी छ ।

Verse 2

لَهُۥ مُلْكُ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ ۖ يُحْىِۦ وَيُمِيتُ ۖ وَهُوَ عَلَىٰ كُلِّ شَىْءٍ قَدِيرٌ

Transliteration lahu mul'ku l-samāwāti wal-arḍi yuḥ'yī wayumītu wahuwa ʿalā kulli shayin qadīrun

Nepali २) आकाशहरू र धरतीको सत्ता उसैको हो, उसैले जीवन दिन्छ र मृत्यु पनि र ऊ प्रत्येक कुरामा सामथ्र्य सम्पन्न छ ।

Verse 3

هُوَ ٱلْأَوَّلُ وَٱلْـَٔاخِرُ وَٱلظَّـٰهِرُ وَٱلْبَاطِنُ ۖ وَهُوَ بِكُلِّ شَىْءٍ عَلِيمٌ

Transliteration huwa l-awalu wal-ākhiru wal-ẓāhiru wal-bāṭinu wahuwa bikulli shayin ʿalīmun

Nepali ३) उही पहिला हो र अन्तिम पनि । व्यक्त हो र अव्यक्त पनि । र ऊ हरेक कुरा राम्ररी जान्दछ ।

Verse 4

هُوَ ٱلَّذِى خَلَقَ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضَ فِى سِتَّةِ أَيَّامٍ ثُمَّ ٱسْتَوَىٰ عَلَى ٱلْعَرْشِ ۚ يَعْلَمُ مَا يَلِجُ فِى ٱلْأَرْضِ وَمَا يَخْرُجُ مِنْهَا وَمَا يَنزِلُ مِنَ ٱلسَّمَآءِ وَمَا يَعْرُجُ فِيهَا ۖ وَهُوَ مَعَكُمْ أَيْنَ مَا كُنتُمْ ۚ وَٱللَّهُ بِمَا تَعْمَلُونَ بَصِيرٌ

Transliteration huwa alladhī khalaqa l-samāwāti wal-arḍa fī sittati ayyāmin thumma is'tawā ʿalā l-ʿarshi yaʿlamu mā yaliju fī l-arḍi wamā yakhruju min'hā wamā yanzilu mina l-samāi wamā yaʿruju fīhā wahuwa maʿakum ayna mā kuntum wal-lahu bimā taʿmalūna baṣīrun

Nepali ४) उही हो जसले आकाशहरू र पृथ्वीलाई छः (६) दिनमा सृष्टि गर्यो अनि सिंहासनमाथि उच्च भयो । ऊ जान्दछ जे जति धरतीमा प्रवेश गर्दछ र जे–जति उसबाट निस्कन्छ, र जे–जति आकाशबाट अवतरित हुन्छ र जे–जति उसमा चढ्दछ । र तिमी जहाँसुकै भए पनि ऊ तिम्रो साथमा छ र अल्लाह देख्दछ, जे–जति तिमीले गर्दछौ ।

Verse 5

لَّهُۥ مُلْكُ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ ۚ وَإِلَى ٱللَّهِ تُرْجَعُ ٱلْأُمُورُ

Transliteration lahu mul'ku l-samāwāti wal-arḍi wa-ilā l-lahi tur'jaʿu l-umūru

Nepali ५) आकाशहरू र धरतीको सत्ता उसैको हो र अल्लाहतिर नै सबै कुरा फर्काइन्छन् ।

Verse 6

يُولِجُ ٱلَّيْلَ فِى ٱلنَّهَارِ وَيُولِجُ ٱلنَّهَارَ فِى ٱلَّيْلِ ۚ وَهُوَ عَلِيمٌۢ بِذَاتِ ٱلصُّدُورِ

Transliteration yūliju al-layla fī l-nahāri wayūliju l-nahāra fī al-layli wahuwa ʿalīmun bidhāti l-ṣudūri

Nepali ६) उसैले रातलाई दिनमा प्रविष्ट गराउँदछ र दिनलाई रातमा प्रविष्ट गराउँदछ । ऊ छातीमा लुकेका कुराहरू पनि जान्दछ ।

Verse 7

ءَامِنُوا۟ بِٱللَّهِ وَرَسُولِهِۦ وَأَنفِقُوا۟ مِمَّا جَعَلَكُم مُّسْتَخْلَفِينَ فِيهِ ۖ فَٱلَّذِينَ ءَامَنُوا۟ مِنكُمْ وَأَنفَقُوا۟ لَهُمْ أَجْرٌ كَبِيرٌ

Transliteration āminū bil-lahi warasūlihi wa-anfiqū mimmā jaʿalakum mus'takhlafīna fīhi fa-alladhīna āmanū minkum wa-anfaqū lahum ajrun kabīrun

Nepali ७) (तसर्थ) अल्लाह र उसको रसूलमाथि ईमान ल्याऊ र जुन मालसामानमा उसले तिमीलाई अरुहरूको उत्तराधिकारी बनाएको छ त्यसमध्येबाट खर्च गर । त तिमीहरूमध्ये जसले ईमान ल्याए र खर्च (दान) गरिरहे उनीहरूको निम्ति ठूलो प्रतिफल छ ।

Verse 8

وَمَا لَكُمْ لَا تُؤْمِنُونَ بِٱللَّهِ ۙ وَٱلرَّسُولُ يَدْعُوكُمْ لِتُؤْمِنُوا۟ بِرَبِّكُمْ وَقَدْ أَخَذَ مِيثَـٰقَكُمْ إِن كُنتُم مُّؤْمِنِينَ

Transliteration wamā lakum lā tu'minūna bil-lahi wal-rasūlu yadʿūkum litu'minū birabbikum waqad akhadha mīthāqakum in kuntum mu'minīna

Nepali ८) तिमीहरू अल्लाहमाथि ईमान किन ल्याउँदैनौ, जब कि पैगम्बरहरूले तिमीलाई तिम्रो रब (प्रतिपालक) माथि ईमान ल्याउन आमन्त्रण गरिराखेका छन् । र यदि तिमी ईमानवाला हौ भने उसले तिमीसित दृढ वचन पनि लिइसकेको छ ।

Verse 9

هُوَ ٱلَّذِى يُنَزِّلُ عَلَىٰ عَبْدِهِۦٓ ءَايَـٰتٍۭ بَيِّنَـٰتٍ لِّيُخْرِجَكُم مِّنَ ٱلظُّلُمَـٰتِ إِلَى ٱلنُّورِ ۚ وَإِنَّ ٱللَّهَ بِكُمْ لَرَءُوفٌ رَّحِيمٌ

Transliteration huwa alladhī yunazzilu ʿalā ʿabdihi āyātin bayyinātin liyukh'rijakum mina l-ẓulumāti ilā l-nūri wa-inna l-laha bikum laraūfun raḥīmun

Nepali ९) उही अल्लाह हो जसले आफ्नो भक्तहरूमाथि स्पष्ट आयतहरू उतारिराखेको छ ताकि उसले तिमीलाई अन्धकारहरूबाट प्रकाशतिर ल्याओस् । वास्तविकता यो छ कि अल्लाह तिमीमाथि अत्यन्त करुणामय र दयावान छ ।

Verse 10

وَمَا لَكُمْ أَلَّا تُنفِقُوا۟ فِى سَبِيلِ ٱللَّهِ وَلِلَّهِ مِيرَٰثُ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ ۚ لَا يَسْتَوِى مِنكُم مَّنْ أَنفَقَ مِن قَبْلِ ٱلْفَتْحِ وَقَـٰتَلَ ۚ أُو۟لَـٰٓئِكَ أَعْظَمُ دَرَجَةً مِّنَ ٱلَّذِينَ أَنفَقُوا۟ مِنۢ بَعْدُ وَقَـٰتَلُوا۟ ۚ وَكُلًّا وَعَدَ ٱللَّهُ ٱلْحُسْنَىٰ ۚ وَٱللَّهُ بِمَا تَعْمَلُونَ خَبِيرٌ

Transliteration wamā lakum allā tunfiqū fī sabīli l-lahi walillahi mīrāthu l-samāwāti wal-arḍi lā yastawī minkum man anfaqa min qabli l-fatḥi waqātala ulāika aʿẓamu darajatan mina alladhīna anfaqū min baʿdu waqātalū wakullan waʿada l-lahu l-ḥus'nā wal-lahu bimā taʿmalūna khabīrun

Nepali १०) तिमीलाई के भएको छ कि अल्लाहको बाटोमा खर्च गर्दैनौ ? जब कि आकाशहरू र जमिनको स्वामित्व अल्लाहकै निम्ति छ, तिमीहरूमध्ये जुन व्यक्तिले (मक्काको) विजयभन्दा पहिला खर्च गर्यो र लडाई गर्यो उनीहरू अरुको समान हुन सक्दैनन् । उनीहरूको दर्जा ती मानिसहरूभन्दा बढी छ, जसले पछि खर्च गरे र धर्म युद्ध गरे । हो अल्लाहले सबैलाई भलाईको वचन त दिएको छ र जुन काम तिमीले गर्दछौ अल्लाह त्यसलाई जान्दछ ।

Verse 11

مَّن ذَا ٱلَّذِى يُقْرِضُ ٱللَّهَ قَرْضًا حَسَنًا فَيُضَـٰعِفَهُۥ لَهُۥ وَلَهُۥٓ أَجْرٌ كَرِيمٌ

Transliteration man dhā alladhī yuq'riḍu l-laha qarḍan ḥasanan fayuḍāʿifahu lahu walahu ajrun karīmun

Nepali ११) को छ जसले अल्लाहलाई राम्रो ऋण देओस्, कि उसले त्यसलाई उसको निम्ति धेरै गुणा बढाउँदै गरुन् । र उसको निम्ति सम्मानित प्रतिफल छ ।

Verse 12

يَوْمَ تَرَى ٱلْمُؤْمِنِينَ وَٱلْمُؤْمِنَـٰتِ يَسْعَىٰ نُورُهُم بَيْنَ أَيْدِيهِمْ وَبِأَيْمَـٰنِهِم بُشْرَىٰكُمُ ٱلْيَوْمَ جَنَّـٰتٌ تَجْرِى مِن تَحْتِهَا ٱلْأَنْهَـٰرُ خَـٰلِدِينَ فِيهَا ۚ ذَٰلِكَ هُوَ ٱلْفَوْزُ ٱلْعَظِيمُ

Transliteration yawma tarā l-mu'minīna wal-mu'mināti yasʿā nūruhum bayna aydīhim wabi-aymānihim bush'rākumu l-yawma jannātun tajrī min taḥtihā l-anhāru khālidīna fīhā dhālika huwa l-fawzu l-ʿaẓīmu

Nepali १२) कयामतको दिन तिमीले मोमिन पुरुषहरूलाई र मोमिन स्त्रीहरूलाई उनको प्रकाश उनीहरूको अगाडि अगाडि र दायाँतिर हिंडिराखेको देख्नेछौ । (उनीसित भनिने छ कि) तिमीलाई शुभसमाचार छ आज तिम्रो निम्ति यस्ता बगैंचाहरूको, जसका धरातलमा नहरहरू बगिराखेका छन्, तिनीहरूमा सदैंव रहनेछौं यही ठूलो सफलता हो ।

Verse 13

يَوْمَ يَقُولُ ٱلْمُنَـٰفِقُونَ وَٱلْمُنَـٰفِقَـٰتُ لِلَّذِينَ ءَامَنُوا۟ ٱنظُرُونَا نَقْتَبِسْ مِن نُّورِكُمْ قِيلَ ٱرْجِعُوا۟ وَرَآءَكُمْ فَٱلْتَمِسُوا۟ نُورًا فَضُرِبَ بَيْنَهُم بِسُورٍ لَّهُۥ بَابٌۢ بَاطِنُهُۥ فِيهِ ٱلرَّحْمَةُ وَظَـٰهِرُهُۥ مِن قِبَلِهِ ٱلْعَذَابُ

Transliteration yawma yaqūlu l-munāfiqūna wal-munāfiqātu lilladhīna āmanū unẓurūnā naqtabis min nūrikum qīla ir'jiʿū warāakum fal-tamisū nūran faḍuriba baynahum bisūrin lahu bābun bāṭinuhu fīhi l-raḥmatu waẓāhiruhu min qibalihi l-ʿadhābu

Nepali १३) त्यसदिन कपटी पुरुष र स्त्रीहरू मोमिनहरूसित भन्नेछन् कि हाम्रो प्रतीक्षा त गर कि हामीले पनि तिम्रो प्रकाशबाट केही प्रकाश हासिल गरौं त उनीहरूसित भनिने छ कि तिमी पछाडि फर्केर जाऊ, (त्यहाँ) अरु प्रकाश खोज, अनि उनीहरूको बीचमा एउटा पर्खाल उभ्याइने छ, जसमा ढोका पनि हुनेछ उसको भित्री भागमा (अल्लाहको) कृपा हुनेछ र बाहिर सजाय हुनेछ ।

Verse 14

يُنَادُونَهُمْ أَلَمْ نَكُن مَّعَكُمْ ۖ قَالُوا۟ بَلَىٰ وَلَـٰكِنَّكُمْ فَتَنتُمْ أَنفُسَكُمْ وَتَرَبَّصْتُمْ وَٱرْتَبْتُمْ وَغَرَّتْكُمُ ٱلْأَمَانِىُّ حَتَّىٰ جَآءَ أَمْرُ ٱللَّهِ وَغَرَّكُم بِٱللَّهِ ٱلْغَرُورُ

Transliteration yunādūnahum alam nakun maʿakum qālū balā walākinnakum fatantum anfusakum watarabbaṣtum wa-ir'tabtum wagharratkumu l-amāniyu ḥattā jāa amru l-lahi wagharrakum bil-lahi l-gharūru

Nepali १४) यिनीहरूले (कपटाचारीहरूले मोमिनहरूसित) कराएर भन्नेछन् कि के हामी तिम्रो साथमा थिएनौं, उनीहरूले भन्नेछन् किन थिएनौ, तर तिमीले स्वयं आफूले नै आफूलाई विचलनमा पार्यौ र प्रतीक्षा गरिराख्यौ र सन्देहमा परिरह्यौ र तिम्रा व्यर्थका कामनाहरूले तिमीलाई धोकामा राखे, यहाँसम्म कि अल्लाहको फैसला आइहाल्यो र तिमीलाई अल्लाहको बारेमा धोका दिनेले धोकामै राखिराख्यो ।

Verse 15

فَٱلْيَوْمَ لَا يُؤْخَذُ مِنكُمْ فِدْيَةٌ وَلَا مِنَ ٱلَّذِينَ كَفَرُوا۟ ۚ مَأْوَىٰكُمُ ٱلنَّارُ ۖ هِىَ مَوْلَىٰكُمْ ۖ وَبِئْسَ ٱلْمَصِيرُ

Transliteration fal-yawma lā yu'khadhu minkum fid'yatun walā mina alladhīna kafarū mawākumu l-nāru hiya mawlākum wabi'sa l-maṣīru

Nepali १५) तसर्थ आज नत तिमीबाट कुनै फिदिया (बदला) स्वीकार गरिनेछ र न काफिरहरूबाट । तिमी सबैको ठेगाना नर्क हो त्यो नै तिमीहरूको साथी हो र त्यो नराम्रो ठेगाना हो ।

Verse 16

۞ أَلَمْ يَأْنِ لِلَّذِينَ ءَامَنُوٓا۟ أَن تَخْشَعَ قُلُوبُهُمْ لِذِكْرِ ٱللَّهِ وَمَا نَزَلَ مِنَ ٱلْحَقِّ وَلَا يَكُونُوا۟ كَٱلَّذِينَ أُوتُوا۟ ٱلْكِتَـٰبَ مِن قَبْلُ فَطَالَ عَلَيْهِمُ ٱلْأَمَدُ فَقَسَتْ قُلُوبُهُمْ ۖ وَكَثِيرٌ مِّنْهُمْ فَـٰسِقُونَ

Transliteration alam yani lilladhīna āmanū an takhshaʿa qulūbuhum lidhik'ri l-lahi wamā nazala mina l-ḥaqi walā yakūnū ka-alladhīna ūtū l-kitāba min qablu faṭāla ʿalayhimu l-amadu faqasat qulūbuhum wakathīrun min'hum fāsiqūna

Nepali १६) के मोमिनहरूको निम्ति अहिले पनि यस्तो समय अएको छैन कि उनीहरूका हृदय अल्लाहको लागि र जुन सत्य अवतरित भयो त्यसको लागि नर्म (कोमल) होस् ? र उनीहरू जस्ता नभइहालोस् जसलाई उनीभन्दा अगाडि किताब प्रदान गरेको थियो । अनि त्यस पश्चात लामो कालखण्ड बीत्यो । अनी उनीहरूका हृदय कठोर भइहाले र उनीहरूमध्ये अधिकांश अवज्ञाकारी छन् ।

Verse 17

ٱعْلَمُوٓا۟ أَنَّ ٱللَّهَ يُحْىِ ٱلْأَرْضَ بَعْدَ مَوْتِهَا ۚ قَدْ بَيَّنَّا لَكُمُ ٱلْـَٔايَـٰتِ لَعَلَّكُمْ تَعْقِلُونَ

Transliteration iʿ'lamū anna l-laha yuḥ'yī l-arḍa baʿda mawtihā qad bayyannā lakumu l-āyāti laʿallakum taʿqilūna

Nepali १७) जानिराख कि अल्लाह नै धरतीलाई उसको मृत्यु पश्चात जीवन प्रदान गर्दछ । हामीले तिम्रो निम्ति हाम्रा आयतहरूलाई स्पष्टरूपले वर्णन गरिदिएका छौं, ताकि तिमी बुझ ।

Verse 18

إِنَّ ٱلْمُصَّدِّقِينَ وَٱلْمُصَّدِّقَـٰتِ وَأَقْرَضُوا۟ ٱللَّهَ قَرْضًا حَسَنًا يُضَـٰعَفُ لَهُمْ وَلَهُمْ أَجْرٌ كَرِيمٌ

Transliteration inna l-muṣadiqīna wal-muṣadiqāti wa-aqraḍū l-laha qarḍan ḥasanan yuḍāʿafu lahum walahum ajrun karīmun

Nepali १८) निःसंदेह खैरात (दान) गर्नेवाला, पुरुषहरू र स्त्रीहरू र जसले अल्लाहलाई राम्रो ऋण दिन्छन्, त्यसलाई उनको निम्ति कैयौं गुणा प्रदान गरिनेछ र उनीहरूको निम्ति सम्मानित प्रतिफल छ ।

Verse 19

وَٱلَّذِينَ ءَامَنُوا۟ بِٱللَّهِ وَرُسُلِهِۦٓ أُو۟لَـٰٓئِكَ هُمُ ٱلصِّدِّيقُونَ ۖ وَٱلشُّهَدَآءُ عِندَ رَبِّهِمْ لَهُمْ أَجْرُهُمْ وَنُورُهُمْ ۖ وَٱلَّذِينَ كَفَرُوا۟ وَكَذَّبُوا۟ بِـَٔايَـٰتِنَآ أُو۟لَـٰٓئِكَ أَصْحَـٰبُ ٱلْجَحِيمِ

Transliteration wa-alladhīna āmanū bil-lahi warusulihi ulāika humu l-ṣidīqūna wal-shuhadāu ʿinda rabbihim lahum ajruhum wanūruhum wa-alladhīna kafarū wakadhabū biāyātinā ulāika aṣḥābu l-jaḥīmi

Nepali १९) र जुन मानिसहरू अल्लाह र उसका पैगम्बरहरूमाथि ईमान ल्याए उनीहरू आफ्नो पालनकर्ताको समीपमा साँचो र शहीद छन् । उनीहरूको निम्ति उनीहरूको प्रतिफल र प्रकाश छ र जसले कुफ्र गरे र हाम्रा आयतहरूलाई असत्य ठहराए तिनीहरू नर्कीय हुन् ।

Verse 20

ٱعْلَمُوٓا۟ أَنَّمَا ٱلْحَيَوٰةُ ٱلدُّنْيَا لَعِبٌ وَلَهْوٌ وَزِينَةٌ وَتَفَاخُرٌۢ بَيْنَكُمْ وَتَكَاثُرٌ فِى ٱلْأَمْوَٰلِ وَٱلْأَوْلَـٰدِ ۖ كَمَثَلِ غَيْثٍ أَعْجَبَ ٱلْكُفَّارَ نَبَاتُهُۥ ثُمَّ يَهِيجُ فَتَرَىٰهُ مُصْفَرًّا ثُمَّ يَكُونُ حُطَـٰمًا ۖ وَفِى ٱلْـَٔاخِرَةِ عَذَابٌ شَدِيدٌ وَمَغْفِرَةٌ مِّنَ ٱللَّهِ وَرِضْوَٰنٌ ۚ وَمَا ٱلْحَيَوٰةُ ٱلدُّنْيَآ إِلَّا مَتَـٰعُ ٱلْغُرُورِ

Transliteration iʿ'lamū annamā l-ḥayatu l-dun'yā laʿibun walahwun wazīnatun watafākhurun baynakum watakāthurun fī l-amwāli wal-awlādi kamathali ghaythin aʿjaba l-kufāra nabātuhu thumma yahīju fatarāhu muṣ'farran thumma yakūnu ḥuṭāman wafī l-ākhirati ʿadhābun shadīdun wamaghfiratun mina l-lahi wariḍ'wānun wamā l-ḥayatu l-dun'yā illā matāʿu l-ghurūri

Nepali २०) जानिराख कि संसारको जीवन एउटा खेल र तमाशा र सजावट हो र तिम्रो आपसमा एक अर्कामाथि घमण्ड दर्शाउने र मात्र धन र सन्तानको कुरामा परस्पर एक अर्काभन्दा बढी भएको प्रदर्शित गर्नु हो । जस्तो वर्षा र त्यसद्वारा उब्जनी किसानलाई राम्रो लाग्दछ । अनि त्यो जब पाकिहाल्छ, अनि तिमीले देख्छौ कि पहेंलो भइहाल्यो । अनि त्यसपछि त्यो चूर–चूर भइहाल्छ । र कयामतमा कठोर यातना पनि छ र अल्लाहको क्षमा र प्रसन्नता पनि छ । र सांसारिक जीवन त मात्र धोकाको सुखसामग्री बाहेक केही होइन ।

Verse 21

سَابِقُوٓا۟ إِلَىٰ مَغْفِرَةٍ مِّن رَّبِّكُمْ وَجَنَّةٍ عَرْضُهَا كَعَرْضِ ٱلسَّمَآءِ وَٱلْأَرْضِ أُعِدَّتْ لِلَّذِينَ ءَامَنُوا۟ بِٱللَّهِ وَرُسُلِهِۦ ۚ ذَٰلِكَ فَضْلُ ٱللَّهِ يُؤْتِيهِ مَن يَشَآءُ ۚ وَٱللَّهُ ذُو ٱلْفَضْلِ ٱلْعَظِيمِ

Transliteration sābiqū ilā maghfiratin min rabbikum wajannatin ʿarḍuhā kaʿarḍi l-samāi wal-arḍi uʿiddat lilladhīna āmanū bil-lahi warusulihi dhālika faḍlu l-lahi yu'tīhi man yashāu wal-lahu dhū l-faḍli l-ʿaẓīmi

Nepali २१) (आऊ) आफ्नो पालनकर्ताको क्षमा र त्यस स्वर्गतिर अग्रसर होऊ जसको आकार आकाश र धरती बराबर छ, जुन ती मानिसहरूको निम्ति तयार गरिएको छ जसले अल्लाह र उसका रसुलहरूमाथि ईमान राख्दछन् । यो अल्लाहको उदार अनुग्रह हो, जसलाई चाहन्छ प्रदान गर्छ । र अल्लाह धेरै उदार ठूलो अनुग्रहको स्वामी हो ।

Verse 22

مَآ أَصَابَ مِن مُّصِيبَةٍ فِى ٱلْأَرْضِ وَلَا فِىٓ أَنفُسِكُمْ إِلَّا فِى كِتَـٰبٍ مِّن قَبْلِ أَن نَّبْرَأَهَآ ۚ إِنَّ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرٌ

Transliteration mā aṣāba min muṣībatin fī l-arḍi walā fī anfusikum illā fī kitābin min qabli an nabra-ahā inna dhālika ʿalā l-lahi yasīrun

Nepali २२) जुनसुकै मुसीबत (दुःख संकट) धरतीमा आउँछ या तिमीमाथि त्यसलाई मैले पठाउनुभन्दा पहिला एउटा किताबमा अंकित हुन्छ । यो काम अल्लाहको निम्ति सजिलो छ ।

Verse 23

لِّكَيْلَا تَأْسَوْا۟ عَلَىٰ مَا فَاتَكُمْ وَلَا تَفْرَحُوا۟ بِمَآ ءَاتَىٰكُمْ ۗ وَٱللَّهُ لَا يُحِبُّ كُلَّ مُخْتَالٍ فَخُورٍ

Transliteration likaylā tasaw ʿalā mā fātakum walā tafraḥū bimā ātākum wal-lahu lā yuḥibbu kulla mukh'tālin fakhūrin

Nepali २३) ताकि तिमीले त्यसकुराबाट अफशोच नगर जुन कि तिमीबाट गुज्रिसकेको छ, र न त्यस कुरामाथि अभिमान गर जुन उसले तिमीलाई प्रदान गरेको छ । अल्लाहलाई कुनै घमण्डी र आत्मप्रशंशकहरू मन पराउँदैनन् ।

Verse 24

ٱلَّذِينَ يَبْخَلُونَ وَيَأْمُرُونَ ٱلنَّاسَ بِٱلْبُخْلِ ۗ وَمَن يَتَوَلَّ فَإِنَّ ٱللَّهَ هُوَ ٱلْغَنِىُّ ٱلْحَمِيدُ

Transliteration alladhīna yabkhalūna wayamurūna l-nāsa bil-bukh'li waman yatawalla fa-inna l-laha huwa l-ghaniyu l-ḥamīdu

Nepali २४) जो स्वयं कञ्जूसी गर्दछन् र अरुहरूलाई पनि कञ्जूसी गर्न प्रेरित गर्दछन् र (सुनिराख) जो कोही पनि विमुख होस्, अल्लाह त निस्पृह प्रशंसनीय छ ।

Verse 25

لَقَدْ أَرْسَلْنَا رُسُلَنَا بِٱلْبَيِّنَـٰتِ وَأَنزَلْنَا مَعَهُمُ ٱلْكِتَـٰبَ وَٱلْمِيزَانَ لِيَقُومَ ٱلنَّاسُ بِٱلْقِسْطِ ۖ وَأَنزَلْنَا ٱلْحَدِيدَ فِيهِ بَأْسٌ شَدِيدٌ وَمَنَـٰفِعُ لِلنَّاسِ وَلِيَعْلَمَ ٱللَّهُ مَن يَنصُرُهُۥ وَرُسُلَهُۥ بِٱلْغَيْبِ ۚ إِنَّ ٱللَّهَ قَوِىٌّ عَزِيزٌ

Transliteration laqad arsalnā rusulanā bil-bayināti wa-anzalnā maʿahumu l-kitāba wal-mīzāna liyaqūma l-nāsu bil-qis'ṭi wa-anzalnā l-ḥadīda fīhi basun shadīdun wamanāfiʿu lilnnāsi waliyaʿlama l-lahu man yanṣuruhu warusulahu bil-ghaybi inna l-laha qawiyyun ʿazīzun

Nepali २५) निश्चय नै हामीले आफ्ना पैगम्बरहरूलाई स्पष्ट निशानीहरू दिएर पठायौं र उनीहरूमाथि किताब र तुला अवतरित गर्यौं ताकि मानिसहरू न्यायमा दृढ रहुन् र फलाम पनि उतार्यौं । त्यसमा ठूलो खतरा छ र निकै बलियो छ र मानिसहरूका लागि अरु पनि फाइदाहरू छन्, र यस कारण पनि कि अल्लाह थाहा पाइहालोस् कि को परोक्षमा रहँदै उसको र उसका रसूलहरूको सहायता गर्दछ । निश्चय नै अल्लाह शक्तिशाली र अधिपत्यशाली छ ।

Verse 26

وَلَقَدْ أَرْسَلْنَا نُوحًا وَإِبْرَٰهِيمَ وَجَعَلْنَا فِى ذُرِّيَّتِهِمَا ٱلنُّبُوَّةَ وَٱلْكِتَـٰبَ ۖ فَمِنْهُم مُّهْتَدٍ ۖ وَكَثِيرٌ مِّنْهُمْ فَـٰسِقُونَ

Transliteration walaqad arsalnā nūḥan wa-ib'rāhīma wajaʿalnā fī dhurriyyatihimā l-nubuwata wal-kitāba famin'hum muh'tadin wakathīrun min'hum fāsiqūna

Nepali २६) र हामीले ‘‘नूह’’ र ‘‘इब्राहीमलाई’’ संदेष्टा बनाएर पठायौं र उनीहरूको सन्ततिमा पैगम्बरी र किताबलाई (अल्लाह बाट अवतरित हुने) जारी राख्यौं अनि उनीहरूमध्ये केही त सत्मार्ग अपनाए, किन्तु उनीहरूमध्ये धेरै त अवज्ञाकारी नै रहे ।

Verse 27

ثُمَّ قَفَّيْنَا عَلَىٰٓ ءَاثَـٰرِهِم بِرُسُلِنَا وَقَفَّيْنَا بِعِيسَى ٱبْنِ مَرْيَمَ وَءَاتَيْنَـٰهُ ٱلْإِنجِيلَ وَجَعَلْنَا فِى قُلُوبِ ٱلَّذِينَ ٱتَّبَعُوهُ رَأْفَةً وَرَحْمَةً وَرَهْبَانِيَّةً ٱبْتَدَعُوهَا مَا كَتَبْنَـٰهَا عَلَيْهِمْ إِلَّا ٱبْتِغَآءَ رِضْوَٰنِ ٱللَّهِ فَمَا رَعَوْهَا حَقَّ رِعَايَتِهَا ۖ فَـَٔاتَيْنَا ٱلَّذِينَ ءَامَنُوا۟ مِنْهُمْ أَجْرَهُمْ ۖ وَكَثِيرٌ مِّنْهُمْ فَـٰسِقُونَ

Transliteration thumma qaffaynā ʿalā āthārihim birusulinā waqaffaynā biʿīsā ib'ni maryama waātaynāhu l-injīla wajaʿalnā fī qulūbi alladhīna ittabaʿūhu rafatan waraḥmatan warahbāniyyatan ib'tadaʿūhā mā katabnāhā ʿalayhim illā ib'tighāa riḍ'wāni l-lahi famā raʿawhā ḥaqqa riʿāyatihā faātaynā alladhīna āmanū min'hum ajrahum wakathīrun min'hum fāsiqūna

Nepali २७) अनि उनीहरूपछि पनि हामीले एकपछि अर्को रसूल पठाउँदै गर्यौं र उनीपछि ‘‘मरियमको’’ छोरा ‘‘ईसालाई’’ पठायौं र उनलाई ‘‘इन्जील’’ प्रदान गर्यौं र उनको अनुशरण गर्नेहरूको हृदयमा हामीले करुणा र दया सृजना गर्यौं । रह्यो सन्यासको कुरा त उनीहरूले स्वयं बनाएका थिए हामीले त्यसलाई उनीहरूको निम्ति अनिवार्य गरेका थिएनौं यदि अनिवार्य गरेका थियौं त केवल अल्लाहको प्रसन्नताको चाहना । अनि उनीहरूले त्यसको निर्वाह गर्न सकेनन् । अतः ती मानिसहरूलाई जो तिनीहरूमध्ये ईमान ल्याएका थिए, उनीहरूलाई उनको प्रतिफल हामीले प्रदान गर्यौं । तर उनीहरूमध्ये धेरै अवज्ञाकारी नै छन् ।

Verse 28

يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوا۟ ٱتَّقُوا۟ ٱللَّهَ وَءَامِنُوا۟ بِرَسُولِهِۦ يُؤْتِكُمْ كِفْلَيْنِ مِن رَّحْمَتِهِۦ وَيَجْعَل لَّكُمْ نُورًا تَمْشُونَ بِهِۦ وَيَغْفِرْ لَكُمْ ۚ وَٱللَّهُ غَفُورٌ رَّحِيمٌ

Transliteration yāayyuhā alladhīna āmanū ittaqū l-laha waāminū birasūlihi yu'tikum kif'layni min raḥmatihi wayajʿal lakum nūran tamshūna bihi wayaghfir lakum wal-lahu ghafūrun raḥīmun

Nepali २८) हे मोमिनहरू ! अल्लाहसित डर र उसको रसुलहरूमाथि ईमान ल्याऊ । अल्लाहले तिमीलाई आफ्नो दयाको दुईगुणा भाग प्रदान गर्नेछ र तिम्रो निम्ति एउटा प्रकाश दिनेछ, जसको प्रकाशमा तिमी हिंड्नेछौ र तिम्रो पाप पनि क्षमा गरिदिनेछ । अल्लाह बडो क्षमाशील र अत्यन्त दयावान छ ।

Verse 29

لِّئَلَّا يَعْلَمَ أَهْلُ ٱلْكِتَـٰبِ أَلَّا يَقْدِرُونَ عَلَىٰ شَىْءٍ مِّن فَضْلِ ٱللَّهِ ۙ وَأَنَّ ٱلْفَضْلَ بِيَدِ ٱللَّهِ يُؤْتِيهِ مَن يَشَآءُ ۚ وَٱللَّهُ ذُو ٱلْفَضْلِ ٱلْعَظِيمِ

Transliteration li-allā yaʿlama ahlu l-kitābi allā yaqdirūna ʿalā shayin min faḍli l-lahi wa-anna l-faḍla biyadi l-lahi yu'tīhi man yashāu wal-lahu dhū l-faḍli l-ʿaẓīmi

Nepali २९) यो यसकारण कि किताब मान्नेहरूले जानिहालुन् कि उनीहरूलाई अल्लाहको अनुग्रहको कुनै भागमाथि केही पनि अधिकार प्राप्त छैन र यो कि सम्पूर्ण अनुग्रह अल्लाहकै हातमा छ, जसलाई चाहन्छ, प्रदान गर्दछ र अल्लाह ठूलो अनुग्रहको स्वामी छ ।

Read Surah Al-Hadid in another language

All languages

All 114 surahs in Nepali: the Qur’an in Nepali.

Learn it in MyDugsi

Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.