Surah Maryam in Nepali: translation and audio
Surah 19 · مريم · Mary · 98 verses
Surah Maryam verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Maryam word by word in English.
Verse 1
كٓهيعٓصٓ
Transliteration kaf-ha-ya-ain-sad
Nepali १) काफ–हा–या–ऐन–स्वाद ।
Verse 2
ذِكْرُ رَحْمَتِ رَبِّكَ عَبْدَهُۥ زَكَرِيَّآ
Transliteration dhik'ru raḥmati rabbika ʿabdahu zakariyyā
Nepali २) यो हो तिम्रो पालनकर्ताको त्यस कृपाको चर्चा जुन उसले आफ्नो सेवक ‘‘जकरीया’’ माथि गरेको थियो ।
Verse 3
إِذْ نَادَىٰ رَبَّهُۥ نِدَآءً خَفِيًّا
Transliteration idh nādā rabbahu nidāan khafiyyan
Nepali ३) जब उनले आफ्नो पालनकर्तासँग गोप्यरूपले प्रार्थना गर्नुभएको थियो ।
Verse 4
قَالَ رَبِّ إِنِّى وَهَنَ ٱلْعَظْمُ مِنِّى وَٱشْتَعَلَ ٱلرَّأْسُ شَيْبًا وَلَمْ أَكُنۢ بِدُعَآئِكَ رَبِّ شَقِيًّا
Transliteration qāla rabbi innī wahana l-ʿaẓmu minnī wa-ish'taʿala l-rasu shayban walam akun biduʿāika rabbi shaqiyyan
Nepali ४) कि हे मेरो पालनकर्ता मेरा हड्डीहरू कमजोर भइसकेका छन् र टाउकोका कपालहरू सेता भई टल्कन थालेका छन् तर म तिमीसँग याचना गरेपछि कहिल्यै वञ्चित भएको छैन ।
Verse 5
وَإِنِّى خِفْتُ ٱلْمَوَٰلِىَ مِن وَرَآءِى وَكَانَتِ ٱمْرَأَتِى عَاقِرًا فَهَبْ لِى مِن لَّدُنكَ وَلِيًّا
Transliteration wa-innī khif'tu l-mawāliya min warāī wakānati im'ra-atī ʿāqiran fahab lī min ladunka waliyyan
Nepali ५) मलाई आफ्नो मृत्यु पश्चात मेरो आफन्त र नजिकका मानिसहरूको बारेमा भय छ र मेरी स्वास्नी पनि बाँझो छे, तसर्थ मलाई आफ्नो तर्फबाट एउटा उत्तराधिकारी प्रदान गर ।
Verse 6
يَرِثُنِى وَيَرِثُ مِنْ ءَالِ يَعْقُوبَ ۖ وَٱجْعَلْهُ رَبِّ رَضِيًّا
Transliteration yarithunī wayarithu min āli yaʿqūba wa-ij'ʿalhu rabbi raḍiyyan
Nepali ६) जो मेरो पनि उत्तराधिकारी होस् र ‘‘यअ्कूबको’’ सन्ततिको पनि उत्तराधिकारी होस्, र हे मेरो पालनकर्ता तिमीले त्यसलाई आफ्नो प्रिय भक्त बनाऊ ।
Verse 7
يَـٰزَكَرِيَّآ إِنَّا نُبَشِّرُكَ بِغُلَـٰمٍ ٱسْمُهُۥ يَحْيَىٰ لَمْ نَجْعَل لَّهُۥ مِن قَبْلُ سَمِيًّا
Transliteration yāzakariyyā innā nubashiruka bighulāmin us'muhu yaḥyā lam najʿal lahu min qablu samiyyan
Nepali ७) हे जकरीया हामीले तिमीलाई एउटा पुत्र प्राप्तिको शुभसन्देश दिन्छौं, जसको नाम ‘‘यह्या’’ हो । यसभन्दा अगाडि हामीले यो नाम भएको कुनै व्यक्तिको सृष्टि गरेका छैनौं ।
Verse 8
قَالَ رَبِّ أَنَّىٰ يَكُونُ لِى غُلَـٰمٌ وَكَانَتِ ٱمْرَأَتِى عَاقِرًا وَقَدْ بَلَغْتُ مِنَ ٱلْكِبَرِ عِتِيًّا
Transliteration qāla rabbi annā yakūnu lī ghulāmun wakānati im'ra-atī ʿāqiran waqad balaghtu mina l-kibari ʿitiyyan
Nepali ८) उनले (जकरिया अलैहिस्सलामले) भने, पालनकर्ता मकहाँ कसरी पुत्र जन्मने छ, जब कि मेरी स्वास्नी बाँझो छे र म वृद्धावस्थाको अन्तिम चरणमा पुगिसकेको छु ।
Verse 9
قَالَ كَذَٰلِكَ قَالَ رَبُّكَ هُوَ عَلَىَّ هَيِّنٌ وَقَدْ خَلَقْتُكَ مِن قَبْلُ وَلَمْ تَكُ شَيْـًٔا
Transliteration qāla kadhālika qāla rabbuka huwa ʿalayya hayyinun waqad khalaqtuka min qablu walam taku shayan
Nepali ९) आदेश भयो कि यस्तै (हुनेछ) तिम्रो पालनकर्ताको आदेश भएको छ, मेरो लागि यो कुरो एकदम सजिलो छ र मैले अघि तिम्रो पनि सृष्टि गरिसकेको छु जब तिमी केही पनि थिएनौं
Verse 10
قَالَ رَبِّ ٱجْعَل لِّىٓ ءَايَةً ۚ قَالَ ءَايَتُكَ أَلَّا تُكَلِّمَ ٱلنَّاسَ ثَلَـٰثَ لَيَالٍ سَوِيًّا
Transliteration qāla rabbi ij'ʿal lī āyatan qāla āyatuka allā tukallima l-nāsa thalātha layālin sawiyyan
Nepali १०) भन्न थाले कि मेरो पालनकर्ता मेरो निम्ति कुनै प्रतीक निर्धारित गर । आदेश भयो कि तिम्रो लागि प्रतीक यो छ कि तिमी लाटो न भएपनि कुनै मानिससँग तीन दिनसम्म नबोल्नु ।
Verse 11
فَخَرَجَ عَلَىٰ قَوْمِهِۦ مِنَ ٱلْمِحْرَابِ فَأَوْحَىٰٓ إِلَيْهِمْ أَن سَبِّحُوا۟ بُكْرَةً وَعَشِيًّا
Transliteration fakharaja ʿalā qawmihi mina l-miḥ'rābi fa-awḥā ilayhim an sabbiḥū buk'ratan waʿashiyyan
Nepali ११) तसर्थ जकरीया आफ्नो कोठाबाट निस्की आफ्नो समुदायको पासमा आएर संकेतले भने कि प्रातः र साँझ अल्लाहको गुणगान गर ।
Verse 12
يَـٰيَحْيَىٰ خُذِ ٱلْكِتَـٰبَ بِقُوَّةٍ ۖ وَءَاتَيْنَـٰهُ ٱلْحُكْمَ صَبِيًّا
Transliteration yāyaḥyā khudhi l-kitāba biquwwatin waātaynāhu l-ḥuk'ma ṣabiyyan
Nepali १२) ‘‘हे यह्या मेरो किताबलाई बलियो तरिकाले समातिराख’’ र हामीले यसलाई बाल्यकालदेखि नै ज्ञान (बुद्धिमत्ता) प्रदान गर्यौं ।
Verse 13
وَحَنَانًا مِّن لَّدُنَّا وَزَكَوٰةً ۖ وَكَانَ تَقِيًّا
Transliteration waḥanānan min ladunnā wazakatan wakāna taqiyyan
Nepali १३) र आफ्नो तर्फबाट सबै दया र पवित्रता पनि प्रदान गर्यौं, त्यो निष्ठावान मानिस थियो ।
Verse 14
وَبَرًّۢا بِوَٰلِدَيْهِ وَلَمْ يَكُن جَبَّارًا عَصِيًّا
Transliteration wabarran biwālidayhi walam yakun jabbāran ʿaṣiyyan
Nepali १४) र आफ्नो माता–पितासँग असल व्यवहार गर्ने मानिस थियो । ऊ अट्टेरी र अवज्ञाकारी थिएन ।
Verse 15
وَسَلَـٰمٌ عَلَيْهِ يَوْمَ وُلِدَ وَيَوْمَ يَمُوتُ وَيَوْمَ يُبْعَثُ حَيًّا
Transliteration wasalāmun ʿalayhi yawma wulida wayawma yamūtu wayawma yub'ʿathu ḥayyan
Nepali १५) र जुन दिन उसले जन्म लियो र जुन दिन उसको मृत्यु हुनेछ र जुन दिन पुनर्जीवित गरी उठाइनेछ, उनीमाथि शान्ति (सलाम) होस् ।
Verse 16
وَٱذْكُرْ فِى ٱلْكِتَـٰبِ مَرْيَمَ إِذِ ٱنتَبَذَتْ مِنْ أَهْلِهَا مَكَانًا شَرْقِيًّا
Transliteration wa-udh'kur fī l-kitābi maryama idhi intabadhat min ahlihā makānan sharqiyyan
Nepali १६) यस किताबमा मरियमको कथा पनि वर्णन गर, जब कि तिनी आफ्नो परिवारबाट अलग्गिएर पूर्वतिर लागिन् ।
Verse 17
فَٱتَّخَذَتْ مِن دُونِهِمْ حِجَابًا فَأَرْسَلْنَآ إِلَيْهَا رُوحَنَا فَتَمَثَّلَ لَهَا بَشَرًا سَوِيًّا
Transliteration fa-ittakhadhat min dūnihim ḥijāban fa-arsalnā ilayhā rūḥanā fatamathala lahā basharan sawiyyan
Nepali १७) र तिनीहरूबाट अदृश्य हुन एउटा आवरण (पर्दा) हालिन्, त्यस बेला हामीले तिनको समीपमा आफ्नो रूह (जिब्राईल) लाई पठायौं अनि उनी तिनको अगाडि पूर्णरूपमा मानिस बनी प्रकट भए ।
Verse 18
قَالَتْ إِنِّىٓ أَعُوذُ بِٱلرَّحْمَـٰنِ مِنكَ إِن كُنتَ تَقِيًّا
Transliteration qālat innī aʿūdhu bil-raḥmāni minka in kunta taqiyyan
Nepali १८) (मरियमले) भनिन् कि यदि तिमी आत्मसंयमी हौ भने म तिमीबाट रहमानको शरण चाहन्छु ।
Verse 19
قَالَ إِنَّمَآ أَنَا۠ رَسُولُ رَبِّكِ لِأَهَبَ لَكِ غُلَـٰمًا زَكِيًّا
Transliteration qāla innamā anā rasūlu rabbiki li-ahaba laki ghulāman zakiyyan
Nepali १९) उनले भने कि म तिम्रो पालनकर्ताबाट पठाइएको (स्वर्गदूत) हूँ, तिमीलाई एउटा पवित्र पुत्र दिन आएको हूँ ।
Verse 20
قَالَتْ أَنَّىٰ يَكُونُ لِى غُلَـٰمٌ وَلَمْ يَمْسَسْنِى بَشَرٌ وَلَمْ أَكُ بَغِيًّا
Transliteration qālat annā yakūnu lī ghulāmun walam yamsasnī basharun walam aku baghiyyan
Nepali २०) भन्न थालिन् कि मबाट पुत्र कसरी जन्मन सक्छ ? मलाई त अहिलेसम्म कुनै मानिसले स्पर्श गरेको छैन र म चरित्रहीन पनि होइन ।
Verse 21
قَالَ كَذَٰلِكِ قَالَ رَبُّكِ هُوَ عَلَىَّ هَيِّنٌ ۖ وَلِنَجْعَلَهُۥٓ ءَايَةً لِّلنَّاسِ وَرَحْمَةً مِّنَّا ۚ وَكَانَ أَمْرًا مَّقْضِيًّا
Transliteration qāla kadhāliki qāla rabbuki huwa ʿalayya hayyinun walinajʿalahu āyatan lilnnāsi waraḥmatan minnā wakāna amran maqḍiyyan
Nepali २१) उनले भने कि कुरा त यही नै हो तर तिम्रो पालनकर्ताको आदेश छ कि यो मेरो लागि सजिलो छ । र हामीले त यसलाई मानिसहरूको निम्ति एउटा निशानी बनाउने छौं र आफ्नो विशेष वरदान, र यो त एउटा निश्चित कुरो हो ।
Verse 22
۞ فَحَمَلَتْهُ فَٱنتَبَذَتْ بِهِۦ مَكَانًا قَصِيًّا
Transliteration faḥamalathu fa-intabadhat bihi makānan qaṣiyyan
Nepali २२) अनि तिनी गर्भवती भइहालिन् र यस कारण एउटा टाढा ठाउँतिर लागिन् ।
Verse 23
فَأَجَآءَهَا ٱلْمَخَاضُ إِلَىٰ جِذْعِ ٱلنَّخْلَةِ قَالَتْ يَـٰلَيْتَنِى مِتُّ قَبْلَ هَـٰذَا وَكُنتُ نَسْيًا مَّنسِيًّا
Transliteration fa-ajāahā l-makhāḍu ilā jidh'ʿi l-nakhlati qālat yālaytanī mittu qabla hādhā wakuntu nasyan mansiyyan
Nepali २३) त्यसपछि प्रसवपीडाले तिनलाई एउटा खजूरको हाँगामुनि ल्यायो । भन्न थालिन् कि काश म यसभन्दा अगाडि नै मरिसकेको भए र मानिसको सम्झना र विस्मृत भइहालेको भए राम्रो हुने थियो ।
Verse 24
فَنَادَىٰهَا مِن تَحْتِهَآ أَلَّا تَحْزَنِى قَدْ جَعَلَ رَبُّكِ تَحْتَكِ سَرِيًّا
Transliteration fanādāhā min taḥtihā allā taḥzanī qad jaʿala rabbuki taḥtaki sariyyan
Nepali २४) त्यतिखेर मुनिबाट फरिश्ताले (स्वर्गदूतले) तिनलाई आवाज दियो कि चिन्तित नहोऊ । तिम्रो पालनकर्ताले तिम्रो खुट्टा मुनिबाट एउटा पानीको मूल बगाइदिएको छ ।
Verse 25
وَهُزِّىٓ إِلَيْكِ بِجِذْعِ ٱلنَّخْلَةِ تُسَـٰقِطْ عَلَيْكِ رُطَبًا جَنِيًّا
Transliteration wahuzzī ilayki bijidh'ʿi l-nakhlati tusāqiṭ ʿalayki ruṭaban janiyyan
Nepali २५) र त्यस खजूरको हाँगोलाई आफूतिर हल्लाऊ, यसले तिम्रो अगाडि खजूरको ताजा फल खसालिदिन्छ ।
Verse 26
فَكُلِى وَٱشْرَبِى وَقَرِّى عَيْنًا ۖ فَإِمَّا تَرَيِنَّ مِنَ ٱلْبَشَرِ أَحَدًا فَقُولِىٓ إِنِّى نَذَرْتُ لِلرَّحْمَـٰنِ صَوْمًا فَلَنْ أُكَلِّمَ ٱلْيَوْمَ إِنسِيًّا
Transliteration fakulī wa-ish'rabī waqarrī ʿaynan fa-immā tarayinna mina l-bashari aḥadan faqūlī innī nadhartu lilrraḥmāni ṣawman falan ukallima l-yawma insiyyan
Nepali २६) अब निश्चिन्त भई खाऊ पिऊ र आँखालाई शीतल पार (अर्थात नवजात शिशुलाई आफ्ना आँखाले हेरेर सन्तुष्टि प्राप्त गर) । यदि कुनै मानिस देखिन्छ भने, भनिदिनु कि मैले अल्लाह, अत्यन्त दयालुको नाममा व्रतको भाकल गरेको छु । तसर्थ म आज कोहीसित बोल्दिन ।
Verse 27
فَأَتَتْ بِهِۦ قَوْمَهَا تَحْمِلُهُۥ ۖ قَالُوا۟ يَـٰمَرْيَمُ لَقَدْ جِئْتِ شَيْـًٔا فَرِيًّا
Transliteration fa-atat bihi qawmahā taḥmiluhu qālū yāmaryamu laqad ji'ti shayan fariyyan
Nepali २७) अब तिनी हजरत ‘‘ईसा’’ (अलैहिस्सलाम) लाई लिई आफ्नो समुदायतिर आइन् । तिनीहरूले भन्न थाले मरियम यो त तिमीले साह्रै नराम्रो काम गरिस् ।
Verse 28
يَـٰٓأُخْتَ هَـٰرُونَ مَا كَانَ أَبُوكِ ٱمْرَأَ سَوْءٍ وَمَا كَانَتْ أُمُّكِ بَغِيًّا
Transliteration yāukh'ta hārūna mā kāna abūki im'ra-a sawin wamā kānat ummuki baghiyyan
Nepali २८) हे हारूनकी बहिनी नत तिम्रो बाबु नराम्रो थियो नत तिम्री आमा नै चरित्रहीन थिइन् ।
Verse 29
فَأَشَارَتْ إِلَيْهِ ۖ قَالُوا۟ كَيْفَ نُكَلِّمُ مَن كَانَ فِى ٱلْمَهْدِ صَبِيًّا
Transliteration fa-ashārat ilayhi qālū kayfa nukallimu man kāna fī l-mahdi ṣabiyyan
Nepali २९) त्यसपछि मरियमले आफ्नो बालकतिर संकेत गरिन् । तिनीहरूले भने कि लौ हामीले काँखको बच्चासँग कसरी कुरा गर्न सक्तछौं ?
Verse 30
قَالَ إِنِّى عَبْدُ ٱللَّهِ ءَاتَىٰنِىَ ٱلْكِتَـٰبَ وَجَعَلَنِى نَبِيًّا
Transliteration qāla innī ʿabdu l-lahi ātāniya l-kitāba wajaʿalanī nabiyyan
Nepali ३०) बच्चाले तुरुन्त बोल्यो कि म अल्लाहको सेवक हूँ, उसले मलाई ग्रन्थ प्रदान गरेको छ र मलाई आफ्नो संदेष्टा बनाएको छ ।
Verse 31
وَجَعَلَنِى مُبَارَكًا أَيْنَ مَا كُنتُ وَأَوْصَـٰنِى بِٱلصَّلَوٰةِ وَٱلزَّكَوٰةِ مَا دُمْتُ حَيًّا
Transliteration wajaʿalanī mubārakan ayna mā kuntu wa-awṣānī bil-ṣalati wal-zakati mā dum'tu ḥayyan
Nepali ३१) र म जहाँ छु (र जुन अवस्थामा छु) उसले मलाई वरदानप्राप्त बनाएको छ र जबसम्म म जीवित छु मलाई नमाज र दान (जकात) को आदेश गरेको छ ।
Verse 32
وَبَرًّۢا بِوَٰلِدَتِى وَلَمْ يَجْعَلْنِى جَبَّارًا شَقِيًّا
Transliteration wabarran biwālidatī walam yajʿalnī jabbāran shaqiyyan
Nepali ३२) र उसले मलाई आफ्नी आमाको सेवा गर्नेवाला बनाएको छ र मलाई अटेरी र अभागा बनाएको होइन ।
Verse 33
وَٱلسَّلَـٰمُ عَلَىَّ يَوْمَ وُلِدتُّ وَيَوْمَ أَمُوتُ وَيَوْمَ أُبْعَثُ حَيًّا
Transliteration wal-salāmu ʿalayya yawma wulidttu wayawma amūtu wayawma ub'ʿathu ḥayyan
Nepali ३३) र जुन दिन मैले जन्म लिएँ र जुन दिन म मर्नेछु, र जुन दिन जीवित भई उठाइने छु, ममाथि शान्ति नै शान्ति छ ।
Verse 34
ذَٰلِكَ عِيسَى ٱبْنُ مَرْيَمَ ۚ قَوْلَ ٱلْحَقِّ ٱلَّذِى فِيهِ يَمْتَرُونَ
Transliteration dhālika ʿīsā ub'nu maryama qawla l-ḥaqi alladhī fīhi yamtarūna
Nepali ३४) यो हो वास्तविक कथाघटना ईसा पुत्र मरियमको यही नै त्यो साँचो कुरो हो जसमाथि मानिसहरूले शंका उपशंका गर्दछन् ।
Verse 35
مَا كَانَ لِلَّهِ أَن يَتَّخِذَ مِن وَلَدٍ ۖ سُبْحَـٰنَهُۥٓ ۚ إِذَا قَضَىٰٓ أَمْرًا فَإِنَّمَا يَقُولُ لَهُۥ كُن فَيَكُونُ
Transliteration mā kāna lillahi an yattakhidha min waladin sub'ḥānahu idhā qaḍā amran fa-innamā yaqūlu lahu kun fayakūnu
Nepali ३५) अल्लाहको गौरवलाई यो सुहाउँदैन कि उसको आफ्नो सन्तान होस् । ऊ त एकदम पवित्र छ । जब कुनै कुराको इच्छा गर्दछ, तब त्यसलाई यति मात्र भन्दछ कि भइहाल, अनि त्यो भइहाल्छ ।
Verse 36
وَإِنَّ ٱللَّهَ رَبِّى وَرَبُّكُمْ فَٱعْبُدُوهُ ۚ هَـٰذَا صِرَٰطٌ مُّسْتَقِيمٌ
Transliteration wa-inna l-laha rabbī warabbukum fa-uʿ'budūhu hādhā ṣirāṭun mus'taqīmun
Nepali ३६) अल्लाह नै मेरो र तिमी सबैको पालनकर्ता हो, तसर्थ तिमीहरू उसैको पूजा गर । यही नै सोझो मार्ग हो ।
Verse 37
فَٱخْتَلَفَ ٱلْأَحْزَابُ مِنۢ بَيْنِهِمْ ۖ فَوَيْلٌ لِّلَّذِينَ كَفَرُوا۟ مِن مَّشْهَدِ يَوْمٍ عَظِيمٍ
Transliteration fa-ikh'talafa l-aḥzābu min baynihim fawaylun lilladhīna kafarū min mashhadi yawmin ʿaẓīmin
Nepali ३७) अनि यी समुदायहरूले आपसमा मतभेदका कुरा गर्नथाले । तसर्थ काफिरहरूलाई एउटा ठूलो भयङ्कर दिन आउनाको कारणले खराबी, (धिक्कार) छ ।
Verse 38
أَسْمِعْ بِهِمْ وَأَبْصِرْ يَوْمَ يَأْتُونَنَا ۖ لَـٰكِنِ ٱلظَّـٰلِمُونَ ٱلْيَوْمَ فِى ضَلَـٰلٍ مُّبِينٍ
Transliteration asmiʿ bihim wa-abṣir yawma yatūnanā lākini l-ẓālimūna l-yawma fī ḍalālin mubīnin
Nepali ३८) तिनीहरू जुन दिन हाम्रो सामु आउँनेछन् । राम्ररी सुन्ने र देख्नेवाला हुनेछन्, तर अत्याचारीहरू आज खुल्लारूपले मार्गविचलित छन् ।
Verse 39
وَأَنذِرْهُمْ يَوْمَ ٱلْحَسْرَةِ إِذْ قُضِىَ ٱلْأَمْرُ وَهُمْ فِى غَفْلَةٍ وَهُمْ لَا يُؤْمِنُونَ
Transliteration wa-andhir'hum yawma l-ḥasrati idh quḍiya l-amru wahum fī ghaflatin wahum lā yu'minūna
Nepali ३९) तपाईले तिनीहरूलाई त्यस दुःख र पश्चतापको भयबाट खबरदार गरिदिनुस् जब कुराको टुङ्गो लाग्ने छ र तिनीहरू लापरवाहीमा नै रहीरहने छन् र तिनीहरू ईमान ल्याउने छैनन् ।
Verse 40
إِنَّا نَحْنُ نَرِثُ ٱلْأَرْضَ وَمَنْ عَلَيْهَا وَإِلَيْنَا يُرْجَعُونَ
Transliteration innā naḥnu narithu l-arḍa waman ʿalayhā wa-ilaynā yur'jaʿūna
Nepali ४०) हामी नै पृथ्वी र त्यसमा बस्नेहरू सबैको वारिस हुनेछौं र सबै मानिसहरू हामीतिर नै फर्काएर ल्याइने छन् ।
Verse 41
وَٱذْكُرْ فِى ٱلْكِتَـٰبِ إِبْرَٰهِيمَ ۚ إِنَّهُۥ كَانَ صِدِّيقًا نَّبِيًّا
Transliteration wa-udh'kur fī l-kitābi ib'rāhīma innahu kāna ṣiddīqan nabiyyan
Nepali ४१) यस किताबमा इब्राहीम (अलैहिस्सलाम) को घटना बयान गर । निःसन्देह उनी एउटा सत्यनिष्ठ पैगम्बर थिए ।
Verse 42
إِذْ قَالَ لِأَبِيهِ يَـٰٓأَبَتِ لِمَ تَعْبُدُ مَا لَا يَسْمَعُ وَلَا يُبْصِرُ وَلَا يُغْنِى عَنكَ شَيْـًٔا
Transliteration idh qāla li-abīhi yāabati lima taʿbudu mā lā yasmaʿu walā yub'ṣiru walā yugh'nī ʿanka shayan
Nepali ४२) जब उनले आफ्नो पितासित भने बुबा तपाईले यस्ता कुराहरूको पूजा किन गर्नुहुन्छ, जसले कि न सुन्दछन्, न देख्दछन् ? र न त तपाईको कुनै फाइदा पुर्याउन सक्तछन् ?
Verse 43
يَـٰٓأَبَتِ إِنِّى قَدْ جَآءَنِى مِنَ ٱلْعِلْمِ مَا لَمْ يَأْتِكَ فَٱتَّبِعْنِىٓ أَهْدِكَ صِرَٰطًا سَوِيًّا
Transliteration yāabati innī qad jāanī mina l-ʿil'mi mā lam yatika fa-ittabiʿ'nī ahdika ṣirāṭan sawiyyan
Nepali ४३) मेरो बुवा तपाई हेर्नुस् मलाई यस्तो ज्ञान प्राप्त भएको छ जुन तपाईलाई भएको छैन तसर्थ तपाईले मेरो कुरा मान्नुस्, मैले तपाईलाई एकदम सोझो मार्गमा हिंडाउने छु
Verse 44
يَـٰٓأَبَتِ لَا تَعْبُدِ ٱلشَّيْطَـٰنَ ۖ إِنَّ ٱلشَّيْطَـٰنَ كَانَ لِلرَّحْمَـٰنِ عَصِيًّا
Transliteration yāabati lā taʿbudi l-shayṭāna inna l-shayṭāna kāna lilrraḥmāni ʿaṣiyyan
Nepali ४४) पिताज्यू शैतानको पूजा नगर्नुस् । निःसन्देह शैतान त दयालु अल्लाहको आज्ञाको उल्लघंनकारी हो ।
Verse 45
يَـٰٓأَبَتِ إِنِّىٓ أَخَافُ أَن يَمَسَّكَ عَذَابٌ مِّنَ ٱلرَّحْمَـٰنِ فَتَكُونَ لِلشَّيْطَـٰنِ وَلِيًّا
Transliteration yāabati innī akhāfu an yamassaka ʿadhābun mina l-raḥmāni fatakūna lilshayṭāni waliyyan
Nepali ४५) पिताज्यू मलाई डर लाग्छ कि यस्तो नहोस् कि अल्लाहको सजाय तपाईमाथि आइलागोस् र त्यसपछि तपाई शैतानको साथी भइहाल्नुहोस् ।
Verse 46
قَالَ أَرَاغِبٌ أَنتَ عَنْ ءَالِهَتِى يَـٰٓإِبْرَٰهِيمُ ۖ لَئِن لَّمْ تَنتَهِ لَأَرْجُمَنَّكَ ۖ وَٱهْجُرْنِى مَلِيًّا
Transliteration qāla arāghibun anta ʿan ālihatī yāib'rāhīmu la-in lam tantahi la-arjumannaka wa-uh'jur'nī maliyyan
Nepali ४६) उसले जवाफ दियो कि हे इब्राहीम के तिमी हाम्रा देवताहरूबाट विमुख भइराखेका छौ, यदि तिमीले आफ्नो बाटो त्यागेनौं भने मैले तिमीलाई ढुङ्गाले हानि मारिदिनेछु, गइहाल, मबाट एउटा लामो अवधिसम्म अलग्गै बस ।
Verse 47
قَالَ سَلَـٰمٌ عَلَيْكَ ۖ سَأَسْتَغْفِرُ لَكَ رَبِّىٓ ۖ إِنَّهُۥ كَانَ بِى حَفِيًّا
Transliteration qāla salāmun ʿalayka sa-astaghfiru laka rabbī innahu kāna bī ḥafiyyan
Nepali ४७) (इब्राहीमले) भने ठीक छ ‘‘सलामुन् अलैकुम’’ तिमीमाथि शान्ति होस् म त आफ्नो पालनकर्तासँग तपाईको छुटकराको निम्ति प्रार्थना गरिरहने छु । ऊ ममाथि अत्यन्त दयावान छ ।
Verse 48
وَأَعْتَزِلُكُمْ وَمَا تَدْعُونَ مِن دُونِ ٱللَّهِ وَأَدْعُوا۟ رَبِّى عَسَىٰٓ أَلَّآ أَكُونَ بِدُعَآءِ رَبِّى شَقِيًّا
Transliteration wa-aʿtazilukum wamā tadʿūna min dūni l-lahi wa-adʿū rabbī ʿasā allā akūna biduʿāi rabbī shaqiyyan
Nepali ४८) म त तपाईहरू र जस–जसलाई तपाईले अल्लाह बाहेक पुकार्नु हुन्छ, सबैलाई त्यागिराखेको छु र म मात्र आफ्नो पालनकर्तालाई पुकार्दछु । मलाई विश्वास छ म आफ्नो पालनकर्तासित प्रार्थना गरेपछि वञ्चित रहनेछैन ।
Verse 49
فَلَمَّا ٱعْتَزَلَهُمْ وَمَا يَعْبُدُونَ مِن دُونِ ٱللَّهِ وَهَبْنَا لَهُۥٓ إِسْحَـٰقَ وَيَعْقُوبَ ۖ وَكُلًّا جَعَلْنَا نَبِيًّا
Transliteration falammā iʿ'tazalahum wamā yaʿbudūna min dūni l-lahi wahabnā lahu is'ḥāqa wayaʿqūba wakullan jaʿalnā nabiyyan
Nepali ४९) जब इब्राहीम उनीहरू र उनीहरूले पूजा गर्दै आएका अल्लाह बाहेकका अरुलाई छाँडेर अलग्ग भइहाले तब हामीले उनलाई ‘‘इस्हाक’’ र ‘‘यअ्कूब’’ प्रदान गर्यौं र दुवैलाई नबी (संदेष्टा) बनायौं ।
Verse 50
وَوَهَبْنَا لَهُم مِّن رَّحْمَتِنَا وَجَعَلْنَا لَهُمْ لِسَانَ صِدْقٍ عَلِيًّا
Transliteration wawahabnā lahum min raḥmatinā wajaʿalnā lahum lisāna ṣid'qin ʿaliyyan
Nepali ५०) र उनीहरूलाई आफ्नो कृपाले धेरै कुराहरू प्रदान गर्यौं, र हामीले उनको सत्य वचनलाई उच्च सम्मान प्रदान गर्यौं ।
Verse 51
وَٱذْكُرْ فِى ٱلْكِتَـٰبِ مُوسَىٰٓ ۚ إِنَّهُۥ كَانَ مُخْلَصًا وَكَانَ رَسُولًا نَّبِيًّا
Transliteration wa-udh'kur fī l-kitābi mūsā innahu kāna mukh'laṣan wakāna rasūlan nabiyyan
Nepali ५१) यस किताबमा मूसा (अलैहिस्सलाम) को पनि चर्चा गर्नुस् । जो छानिएर पठाइएका रसूल र नबी (संदेष्टा) थिए ।
Verse 52
وَنَـٰدَيْنَـٰهُ مِن جَانِبِ ٱلطُّورِ ٱلْأَيْمَنِ وَقَرَّبْنَـٰهُ نَجِيًّا
Transliteration wanādaynāhu min jānibi l-ṭūri l-aymani waqarrabnāhu najiyyan
Nepali ५२) हामीले उहाँलाई तूर पर्वतको दाहिनेतिरबाट पुकार्यौं र कुरा गर्नुको निम्ति उनलाई नजिक बोलायौं ।
Verse 53
وَوَهَبْنَا لَهُۥ مِن رَّحْمَتِنَآ أَخَاهُ هَـٰرُونَ نَبِيًّا
Transliteration wawahabnā lahu min raḥmatinā akhāhu hārūna nabiyyan
Nepali ५३) र आफ्नो विशेष कृपाबाट उनलाई र उनको भाइ हारूनलाई संदेष्टा र पैगम्बरको (जिम्मेवारी) प्रदान गर्यौं ।
Verse 54
وَٱذْكُرْ فِى ٱلْكِتَـٰبِ إِسْمَـٰعِيلَ ۚ إِنَّهُۥ كَانَ صَادِقَ ٱلْوَعْدِ وَكَانَ رَسُولًا نَّبِيًّا
Transliteration wa-udh'kur fī l-kitābi is'māʿīla innahu kāna ṣādiqa l-waʿdi wakāna rasūlan nabiyyan
Nepali ५४) यस किताबमा इस्माईल (अलैहिस्सलाम)को पनि चर्चा गर्नुस् । उनी आफ्नो वचनको एकदम पक्का र हामीबाट पठाइएका रसूल र नबी (संदेष्टा) थिए ।
Verse 55
وَكَانَ يَأْمُرُ أَهْلَهُۥ بِٱلصَّلَوٰةِ وَٱلزَّكَوٰةِ وَكَانَ عِندَ رَبِّهِۦ مَرْضِيًّا
Transliteration wakāna yamuru ahlahu bil-ṣalati wal-zakati wakāna ʿinda rabbihi marḍiyyan
Nepali ५५) उनले आफ्नो घरका मानिसहरूलाई सधै नमाज र जकातको निर्देशन गर्दथे र आफ्नो पालनकर्ताको दृष्टिमा मनपराइएका र मर्यादित पनि थिए ।
Verse 56
وَٱذْكُرْ فِى ٱلْكِتَـٰبِ إِدْرِيسَ ۚ إِنَّهُۥ كَانَ صِدِّيقًا نَّبِيًّا
Transliteration wa-udh'kur fī l-kitābi id'rīsa innahu kāna ṣiddīqan nabiyyan
Nepali ५६) र यस किताबमा ‘‘इदरिस (अलैहिस्सलाम) को’’ पनि चर्चा गर्नुस् । उनी पनि अत्यन्त असल आचरणको नबी थिए ।
Verse 57
وَرَفَعْنَـٰهُ مَكَانًا عَلِيًّا
Transliteration warafaʿnāhu makānan ʿaliyyan
Nepali ५७) हामीले उनलाई उच्च ठाउँमा उठायौं ।
Verse 58
أُو۟لَـٰٓئِكَ ٱلَّذِينَ أَنْعَمَ ٱللَّهُ عَلَيْهِم مِّنَ ٱلنَّبِيِّـۧنَ مِن ذُرِّيَّةِ ءَادَمَ وَمِمَّنْ حَمَلْنَا مَعَ نُوحٍ وَمِن ذُرِّيَّةِ إِبْرَٰهِيمَ وَإِسْرَٰٓءِيلَ وَمِمَّنْ هَدَيْنَا وَٱجْتَبَيْنَآ ۚ إِذَا تُتْلَىٰ عَلَيْهِمْ ءَايَـٰتُ ٱلرَّحْمَـٰنِ خَرُّوا۟ سُجَّدًا وَبُكِيًّا ۩
Transliteration ulāika alladhīna anʿama l-lahu ʿalayhim mina l-nabiyīna min dhurriyyati ādama wamimman ḥamalnā maʿa nūḥin wamin dhurriyyati ib'rāhīma wa-is'rāīla wamimman hadaynā wa-ij'tabaynā idhā tut'lā ʿalayhim āyātu l-raḥmāni kharrū sujjadan wabukiyyan
Nepali ५८) यिनै ती नबीहरू हुन् जसलाई अल्लाहले आफ्नो कृपा र पुरस्कार प्रदान गर्यो जो आदमका सन्ततिमध्येबाट र ती मानिसहरूको जातिबाट हुन् जसलाई हामीले नूह (अलैहिस्सलाम) को साथमा डुङ्गामा सवार गरायौं र ‘‘इब्राहीम’’ र ‘‘यअ्कूबका’’ सन्ततिहरूमध्येबाट र ती मानिसहरूमध्येबाट हुन् जसलाई हामीले मार्गदर्शन गर्यौं, जब उनको अगाडि हाम्रा आयतहरू पढिन्थे त यिनीहरू ढोग्दथे र रोइरहन्थे र गिड्गिडाएर ढलिहाल्थे ।
Verse 59
۞ فَخَلَفَ مِنۢ بَعْدِهِمْ خَلْفٌ أَضَاعُوا۟ ٱلصَّلَوٰةَ وَٱتَّبَعُوا۟ ٱلشَّهَوَٰتِ ۖ فَسَوْفَ يَلْقَوْنَ غَيًّا
Transliteration fakhalafa min baʿdihim khalfun aḍāʿū l-ṣalata wa-ittabaʿū l-shahawāti fasawfa yalqawna ghayyan
Nepali ५९) अनि उनीहरूपछि उनका केही यस्ता सन्तान आए जसले नमाज छोडिहाले र कामवासनाको पूर्तिमा लागिहाले त्यसकारण छिट्टै तिनीहरूको क्षति तिनीहरूको सामुन्ने आउनेछ ।
Verse 60
إِلَّا مَن تَابَ وَءَامَنَ وَعَمِلَ صَـٰلِحًا فَأُو۟لَـٰٓئِكَ يَدْخُلُونَ ٱلْجَنَّةَ وَلَا يُظْلَمُونَ شَيْـًٔا
Transliteration illā man tāba waāmana waʿamila ṣāliḥan fa-ulāika yadkhulūna l-janata walā yuẓ'lamūna shayan
Nepali ६०) तर हो, जसले प्रायश्चित गरे र ईमान ल्याए र सत्कर्म गरे, तिनीहरू बहिश्त (स्वर्ग) मा प्रवेश पाउनेछन् र तिनीहरूको केही पनि हानि नोक्सानी गरिने छैन ।
Verse 61
جَنَّـٰتِ عَدْنٍ ٱلَّتِى وَعَدَ ٱلرَّحْمَـٰنُ عِبَادَهُۥ بِٱلْغَيْبِ ۚ إِنَّهُۥ كَانَ وَعْدُهُۥ مَأْتِيًّا
Transliteration jannāti ʿadnin allatī waʿada l-raḥmānu ʿibādahu bil-ghaybi innahu kāna waʿduhu matiyyan
Nepali ६१) सधैंको स्वर्गमा जसको बारेमा अल्लाहले आफ्ना भक्तहरूलाई परोक्षमा वचन दिएको छ । निःसन्देह उसको वचन पूरा हुनेछ ।
Verse 62
لَّا يَسْمَعُونَ فِيهَا لَغْوًا إِلَّا سَلَـٰمًا ۖ وَلَهُمْ رِزْقُهُمْ فِيهَا بُكْرَةً وَعَشِيًّا
Transliteration lā yasmaʿūna fīhā laghwan illā salāman walahum riz'quhum fīhā buk'ratan waʿashiyyan
Nepali ६२) तिनीहरूले त्यसमा कुनै अनर्गल कुरा सुन्ने छैनन्, मात्र शान्तिको कुरा सुन्नेछन् र तिनीहरूको निम्ति विहान–बेलुकी जीविका (खाना) तयार रहनेछ ।
Verse 63
تِلْكَ ٱلْجَنَّةُ ٱلَّتِى نُورِثُ مِنْ عِبَادِنَا مَن كَانَ تَقِيًّا
Transliteration til'ka l-janatu allatī nūrithu min ʿibādinā man kāna taqiyyan
Nepali ६३) यो हो त्यो जन्नत (स्वर्ग) जसको वारिस हामीले आफ्ना भक्तहरूमध्ये त्यस्तालाई बनाउँछौं, जो आत्मसंयमी हुन्छन् ।
Verse 64
وَمَا نَتَنَزَّلُ إِلَّا بِأَمْرِ رَبِّكَ ۖ لَهُۥ مَا بَيْنَ أَيْدِينَا وَمَا خَلْفَنَا وَمَا بَيْنَ ذَٰلِكَ ۚ وَمَا كَانَ رَبُّكَ نَسِيًّا
Transliteration wamā natanazzalu illā bi-amri rabbika lahu mā bayna aydīnā wamā khalfanā wamā bayna dhālika wamā kāna rabbuka nasiyyan
Nepali ६४) हामी तिम्रो पालनकर्ताको आज्ञा नभई अवतरित हुन सक्दैनौं, जेजति हाम्रो अगाडि छ र जेजति हाम्रो पछाडि छ र जे जति त्यसको मध्यमा छ सबै उसैको हो र तिम्रो पालनकर्ता बिर्सनेवाला छैन ।
Verse 65
رَّبُّ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ وَمَا بَيْنَهُمَا فَٱعْبُدْهُ وَٱصْطَبِرْ لِعِبَـٰدَتِهِۦ ۚ هَلْ تَعْلَمُ لَهُۥ سَمِيًّا
Transliteration rabbu l-samāwāti wal-arḍi wamā baynahumā fa-uʿ'bud'hu wa-iṣ'ṭabir liʿibādatihi hal taʿlamu lahu samiyyan
Nepali ६५) आकाश र धरती र जे दुईटैको माँझमा छ सबैको मालिक उही हो, तिमी उसैको पूजा गर र उसैको आराधनामा दृढ रह, के तिम्रो जानकारीमा उस जस्तो नाम (र क्षमता) वाला छ? (कदापि छैन ।)
Verse 66
وَيَقُولُ ٱلْإِنسَـٰنُ أَءِذَا مَا مِتُّ لَسَوْفَ أُخْرَجُ حَيًّا
Transliteration wayaqūlu l-insānu a-idhā mā mittu lasawfa ukh'raju ḥayyan
Nepali ६६) मानिसले भन्दछ कि के जब म मरिहाल्छु, त फेरि जीवित गराई बाहिर निकालिने छु ?
Verse 67
أَوَلَا يَذْكُرُ ٱلْإِنسَـٰنُ أَنَّا خَلَقْنَـٰهُ مِن قَبْلُ وَلَمْ يَكُ شَيْـًٔا
Transliteration awalā yadhkuru l-insānu annā khalaqnāhu min qablu walam yaku shayan
Nepali ६७) के यो मानिस यति पनि स्मरण गर्दैन कि हामीले उसलाई पहिले पनि सृष्टि गरेका थियौं जबकि ऊ केही पनि थिएन ।
Verse 68
فَوَرَبِّكَ لَنَحْشُرَنَّهُمْ وَٱلشَّيَـٰطِينَ ثُمَّ لَنُحْضِرَنَّهُمْ حَوْلَ جَهَنَّمَ جِثِيًّا
Transliteration fawarabbika lanaḥshurannahum wal-shayāṭīna thumma lanuḥ'ḍirannahum ḥawla jahannama jithiyyan
Nepali ६८) तिम्रो पालनकर्ताको शपथ हामीले तिनीहरूलाई र शैतानलाई एकत्रित पार्नेछौं र यी सबैलाई जहन्नमको छेउमा उपस्थित गराउने छौं (तिनीहरूले) घुँडा टेकिराखेका हुनेछन् ।
Verse 69
ثُمَّ لَنَنزِعَنَّ مِن كُلِّ شِيعَةٍ أَيُّهُمْ أَشَدُّ عَلَى ٱلرَّحْمَـٰنِ عِتِيًّا
Transliteration thumma lananziʿanna min kulli shīʿatin ayyuhum ashaddu ʿalā l-raḥmāni ʿitiyyan
Nepali ६९) अनि प्रत्येक समूहबाट हामीले त्यस्तालाई निकालेर उभ्याउने छौं, जसले जाहिर हुन्छ कि उनीहरूमध्येको अल्लाहको आदेशको गम्भीर अवज्ञा गर्दथे ।
Verse 70
ثُمَّ لَنَحْنُ أَعْلَمُ بِٱلَّذِينَ هُمْ أَوْلَىٰ بِهَا صِلِيًّا
Transliteration thumma lanaḥnu aʿlamu bi-alladhīna hum awlā bihā ṣiliyyan
Nepali ७०) फेरि हामी तिनीहरूलाई राम्ररी जान्दछौं जो नर्कमा प्रवेशको सजाय भोग्नेवाला छन् ।
Verse 71
وَإِن مِّنكُمْ إِلَّا وَارِدُهَا ۚ كَانَ عَلَىٰ رَبِّكَ حَتْمًا مَّقْضِيًّا
Transliteration wa-in minkum illā wāriduhā kāna ʿalā rabbika ḥatman maqḍiyyan
Nepali ७१) तिमीमध्ये हरेक अवश्य नै त्यहाँ पुग्नेवाला छ, यो तिम्रो पालनकर्ताको निश्चितरूपले पूरा हुने आदेश हो ।
Verse 72
ثُمَّ نُنَجِّى ٱلَّذِينَ ٱتَّقَوا۟ وَّنَذَرُ ٱلظَّـٰلِمِينَ فِيهَا جِثِيًّا
Transliteration thumma nunajjī alladhīna ittaqaw wanadharu l-ẓālimīna fīhā jithiyyan
Nepali ७२) अनि हामीले आत्मसंयमीहरूलाई बचाउने छौं र अवज्ञकारीहरूलाई त्यहीं घुँडाटेकेको अवस्थामा छाडिदिनेछौं ।
Verse 73
وَإِذَا تُتْلَىٰ عَلَيْهِمْ ءَايَـٰتُنَا بَيِّنَـٰتٍ قَالَ ٱلَّذِينَ كَفَرُوا۟ لِلَّذِينَ ءَامَنُوٓا۟ أَىُّ ٱلْفَرِيقَيْنِ خَيْرٌ مَّقَامًا وَأَحْسَنُ نَدِيًّا
Transliteration wa-idhā tut'lā ʿalayhim āyātunā bayyinātin qāla alladhīna kafarū lilladhīna āmanū ayyu l-farīqayni khayrun maqāman wa-aḥsanu nadiyyan
Nepali ७३) जब तिमीहरूको अगाडि हाम्रा स्पष्ट आयतहरूको पाठ गरिन्छ त काफिरहरूले मुसलमानहरूसित भन्दछन् कि भन हाम्रा र तिम्रा समूहहरूमध्ये कुन चाहिँ उच्च स्थानप्राप्त छ ? र कसको भेला शानदार छ ?
Verse 74
وَكَمْ أَهْلَكْنَا قَبْلَهُم مِّن قَرْنٍ هُمْ أَحْسَنُ أَثَـٰثًا وَرِءْيًا
Transliteration wakam ahlaknā qablahum min qarnin hum aḥsanu athāthan wari'yan
Nepali ७४) हामीले त तिनीहरू भन्दाअगाडिका कैयौं समूहहरूको नाश गरिसकेका छौं । जो साधन सम्पन्नतामा र नाममा उनीहरूभन्दा धेरै बढी थिए ।
Verse 75
قُلْ مَن كَانَ فِى ٱلضَّلَـٰلَةِ فَلْيَمْدُدْ لَهُ ٱلرَّحْمَـٰنُ مَدًّا ۚ حَتَّىٰٓ إِذَا رَأَوْا۟ مَا يُوعَدُونَ إِمَّا ٱلْعَذَابَ وَإِمَّا ٱلسَّاعَةَ فَسَيَعْلَمُونَ مَنْ هُوَ شَرٌّ مَّكَانًا وَأَضْعَفُ جُندًا
Transliteration qul man kāna fī l-ḍalālati falyamdud lahu l-raḥmānu maddan ḥattā idhā ra-aw mā yūʿadūna immā l-ʿadhāba wa-immā l-sāʿata fasayaʿlamūna man huwa sharrun makānan wa-aḍʿafu jundan
Nepali ७५) भनिदिनुस्ः कि जुन मानिस मार्गविचलनमा छ, रहमान त्यसलाई बिस्तारै लामो छूट दिइराखेको हुन्छ, जबसम्म कि तिनीहरूले ती कुराहरू देख्दैनन्, जसको वचन दिइन्छ अर्थात सजाय वा प्रलय (कियामत) । त्यतिखेर उनीहरूलाई राम्ररी थाहा हुनेछ कि को निम्न श्रेणीको छ र कुन चाहिँ कमजोर समूहको छ ।
Verse 76
وَيَزِيدُ ٱللَّهُ ٱلَّذِينَ ٱهْتَدَوْا۟ هُدًى ۗ وَٱلْبَـٰقِيَـٰتُ ٱلصَّـٰلِحَـٰتُ خَيْرٌ عِندَ رَبِّكَ ثَوَابًا وَخَيْرٌ مَّرَدًّا
Transliteration wayazīdu l-lahu alladhīna ih'tadaw hudan wal-bāqiyātu l-ṣāliḥātu khayrun ʿinda rabbika thawāban wakhayrun maraddan
Nepali ७६) र जसले मार्ग पाइहालेका छन्, अल्लाहले तिनीहरूको मार्गदर्शनमा अभिवृद्धि गर्दछ र शेष रहने असल कर्महरू तिम्रो पालनकर्ताकहाँको पुरस्कार र अन्तिम परिणामको दृष्टिकोणले उत्तम छन् ।
Verse 77
أَفَرَءَيْتَ ٱلَّذِى كَفَرَ بِـَٔايَـٰتِنَا وَقَالَ لَأُوتَيَنَّ مَالًا وَوَلَدًا
Transliteration afara-ayta alladhī kafara biāyātinā waqāla laūtayanna mālan wawaladan
Nepali ७७) के तिमीले त्यस व्यक्तिलाई पनि देखेका छौं जसले हाम्रा आयतहरूलाई इन्कार गर्यो र भन्न थाल्यो कि (यदि म पुनर्जीवित भएँ) त मलाई यही सम्पत्ति र सन्तान (त्यहाँ) अवश्य प्राप्त हुनेछन् ।
Verse 78
أَطَّلَعَ ٱلْغَيْبَ أَمِ ٱتَّخَذَ عِندَ ٱلرَّحْمَـٰنِ عَهْدًا
Transliteration aṭṭalaʿa l-ghayba ami ittakhadha ʿinda l-raḥmāni ʿahdan
Nepali ७८) के उसले अदृश्यको समाचार पाइसकेको छ, वा अल्लाहकहाँबाट वाचा प्राप्त गरिसकेको छ ?
Verse 79
كَلَّا ۚ سَنَكْتُبُ مَا يَقُولُ وَنَمُدُّ لَهُۥ مِنَ ٱلْعَذَابِ مَدًّا
Transliteration kallā sanaktubu mā yaqūlu wanamuddu lahu mina l-ʿadhābi maddan
Nepali ७९) कदापि होइन यसले जे भन्दैछ हामीले त्यसलाई अवश्य लेख्दै जानेछौं र उसको लागि बिस्तारै सजायमा वृद्धि गर्दै जानेछौं ।
Verse 80
وَنَرِثُهُۥ مَا يَقُولُ وَيَأْتِينَا فَرْدًا
Transliteration wanarithuhu mā yaqūlu wayatīnā fardan
Nepali ८०) उसले जुन कुराहरूबारे भनिराखेको छ, ती सबै हामीले पछि लिइहाल्ने छौं र त्यो एक्लै हाम्रो सामु उपस्थित हुनेछ ।
Verse 81
وَٱتَّخَذُوا۟ مِن دُونِ ٱللَّهِ ءَالِهَةً لِّيَكُونُوا۟ لَهُمْ عِزًّا
Transliteration wa-ittakhadhū min dūni l-lahi ālihatan liyakūnū lahum ʿizzan
Nepali ८१) उनीहरूले अल्लाह बाहेक आफ्ना केही अन्य पूज्य बनाइराखेका छन्, ताकि तिनीहरू उनीहरूको निम्ति सम्मानको कारण बनुन् ।
Verse 82
كَلَّا ۚ سَيَكْفُرُونَ بِعِبَادَتِهِمْ وَيَكُونُونَ عَلَيْهِمْ ضِدًّا
Transliteration kallā sayakfurūna biʿibādatihim wayakūnūna ʿalayhim ḍiddan
Nepali ८२) तर यस्तो कदापि हुनेछैन, ती झूठा पूज्यहरू उनीहरूको पूजाबाट इन्कार गर्नेछन्, र उल्टै उनका शत्रु भइहाल्ने छन् ।
Verse 83
أَلَمْ تَرَ أَنَّآ أَرْسَلْنَا ٱلشَّيَـٰطِينَ عَلَى ٱلْكَـٰفِرِينَ تَؤُزُّهُمْ أَزًّا
Transliteration alam tara annā arsalnā l-shayāṭīna ʿalā l-kāfirīna ta-uzzuhum azzan
Nepali ८३) के तिमीले देखेनौ कि हामीले काफिरहरूको पासमा शैतानहरूलाई पठाउँछौं, जसले तिनीहरूलाई निकै उचाल्ने गर्दछन् ।
Verse 84
فَلَا تَعْجَلْ عَلَيْهِمْ ۖ إِنَّمَا نَعُدُّ لَهُمْ عَدًّا
Transliteration falā taʿjal ʿalayhim innamā naʿuddu lahum ʿaddan
Nepali ८४) तिमीले तिनीहरूको बारेमा हतार नगर । हामीले त स्वयं तिनीहरूको निम्ति दिनको गणना गरिराखेका छौं ।
Verse 85
يَوْمَ نَحْشُرُ ٱلْمُتَّقِينَ إِلَى ٱلرَّحْمَـٰنِ وَفْدًا
Transliteration yawma naḥshuru l-mutaqīna ilā l-raḥmāni wafdan
Nepali ८५) (त्यस दिनलाई स्मरण गर) जब हामीले परहेजगराहरूलाई रहमानको समक्ष अतिथिको रूपमा एकत्रित गर्नेछौं ।
Verse 86
وَنَسُوقُ ٱلْمُجْرِمِينَ إِلَىٰ جَهَنَّمَ وِرْدًا
Transliteration wanasūqu l-muj'rimīna ilā jahannama wir'dan
Nepali ८६) र अपराधिहरूलाई निकै तिर्खाएको अवस्थामा नर्कतिर धपाउँदै लग्नेछौं ।
Verse 87
لَّا يَمْلِكُونَ ٱلشَّفَـٰعَةَ إِلَّا مَنِ ٱتَّخَذَ عِندَ ٱلرَّحْمَـٰنِ عَهْدًا
Transliteration lā yamlikūna l-shafāʿata illā mani ittakhadha ʿinda l-raḥmāni ʿahdan
Nepali ८७) कसैलाई उनीहरूको सिफारिशगर्ने अधिकार प्राप्त हुनेछैन । तर हो त्यो व्यक्ति यातनाबाट सुरक्षित रहनेछ जसले रहमानकहाँबाट अनुमोदन प्राप्त गरिसकेको छ ।
Verse 88
وَقَالُوا۟ ٱتَّخَذَ ٱلرَّحْمَـٰنُ وَلَدًا
Transliteration waqālū ittakhadha l-raḥmānu waladan
Nepali ८८) उनीहरूले भन्दछन्ः रहमानले (अल्लाहले) आफ्नो सन्तान बनाएको छ ।
Verse 89
لَّقَدْ جِئْتُمْ شَيْـًٔا إِدًّا
Transliteration laqad ji'tum shayan iddan
Nepali ८९) निःसन्देह अत्यन्त गम्भीर कुरा हो जुन कि तिमीहरूले (मन गढन्तरूपमा) रचेर ल्याएका छौ ।
Verse 90
تَكَادُ ٱلسَّمَـٰوَٰتُ يَتَفَطَّرْنَ مِنْهُ وَتَنشَقُّ ٱلْأَرْضُ وَتَخِرُّ ٱلْجِبَالُ هَدًّا
Transliteration takādu l-samāwātu yatafaṭṭarna min'hu watanshaqqu l-arḍu watakhirru l-jibālu haddan
Nepali ९०) निकट छ यस कुराबाट आकाशमा विष्फोट भइहालोस् र धरती टुक्रा–टुक्रा भइहालोस् र पहाडहरू क्षतविक्षत भई खसिहालोस् ।
Verse 91
أَن دَعَوْا۟ لِلرَّحْمَـٰنِ وَلَدًا
Transliteration an daʿaw lilrraḥmāni waladan
Nepali ९१) किनभने तिनीहरूले रहमानको (अल्लाहको) सन्तानको दावी गरे ।
Verse 92
وَمَا يَنۢبَغِى لِلرَّحْمَـٰنِ أَن يَتَّخِذَ وَلَدًا
Transliteration wamā yanbaghī lilrraḥmāni an yattakhidha waladan
Nepali ९२) यो कुरा अल्लाहको प्रतिष्ठाको प्रतिकूल छ कि उसले कसैलाई आफ्नो सन्तान बनाओस् ।
Verse 93
إِن كُلُّ مَن فِى ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ إِلَّآ ءَاتِى ٱلرَّحْمَـٰنِ عَبْدًا
Transliteration in kullu man fī l-samāwāti wal-arḍi illā ātī l-raḥmāni ʿabdan
Nepali ९३) आकाशहरू र धरतीमा जो पनि छन् सबै अल्लाहका दासका रूपमा आउनेवाला छन् ।
Verse 94
لَّقَدْ أَحْصَىٰهُمْ وَعَدَّهُمْ عَدًّا
Transliteration laqad aḥṣāhum waʿaddahum ʿaddan
Nepali ९४) त्यसले तिनीहरूको आँकलन गरिसकेको छ र तिनीहरूको राम्ररी गणना गरिसकेको छ ।
Verse 95
وَكُلُّهُمْ ءَاتِيهِ يَوْمَ ٱلْقِيَـٰمَةِ فَرْدًا
Transliteration wakulluhum ātīhi yawma l-qiyāmati fardan
Nepali ९५) तिनीहरू सबका सब कियामतको दिन एक्लै त्यस (रहमान) को सामु उपस्थित हुनेछन् ।
Verse 96
إِنَّ ٱلَّذِينَ ءَامَنُوا۟ وَعَمِلُوا۟ ٱلصَّـٰلِحَـٰتِ سَيَجْعَلُ لَهُمُ ٱلرَّحْمَـٰنُ وُدًّا
Transliteration inna alladhīna āmanū waʿamilū l-ṣāliḥāti sayajʿalu lahumu l-raḥmānu wuddan
Nepali ९६) निःसन्देह जसले ईमान ल्याएका छन् र असल कर्म गरे, शीघ्र नै अल्लाहले तिनीहरूको निम्ति प्रेम उत्पन्न गरिदिने छ ।
Verse 97
فَإِنَّمَا يَسَّرْنَـٰهُ بِلِسَانِكَ لِتُبَشِّرَ بِهِ ٱلْمُتَّقِينَ وَتُنذِرَ بِهِۦ قَوْمًا لُّدًّا
Transliteration fa-innamā yassarnāhu bilisānika litubashira bihi l-mutaqīna watundhira bihi qawman luddan
Nepali ९७) हामीले यस कुरआनलाई तपाईको भाषामा निकै सरल बनाइदिएका छौं, ताकि यसबाट तपाईले डर मान्नेहरूलाई शुभसूचना दिनुस् र झगडा गर्नेहरूलाई यसबाट डराउनुस् ।
Verse 98
وَكَمْ أَهْلَكْنَا قَبْلَهُم مِّن قَرْنٍ هَلْ تُحِسُّ مِنْهُم مِّنْ أَحَدٍ أَوْ تَسْمَعُ لَهُمْ رِكْزًۢا
Transliteration wakam ahlaknā qablahum min qarnin hal tuḥissu min'hum min aḥadin aw tasmaʿu lahum rik'zan
Nepali ९८) हामीले उनीहरूभन्दा अघिका धेरै समुदायहरूलाई नष्ट गरिसकेका छौं । के तिनीहरूमध्ये कुनै एकको बारेमा तिमी चाल पाउँछौ अथवा तिनीहरूको आवाज तिम्रो कानहरूले सुन्दछन् ?
Read Surah Maryam in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.