Surah Ar-Ra'd in Nepali: translation and audio
Surah 13 · الرعد · The Thunder · 43 verses
Surah Ar-Ra'd verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Ar-Ra'd word by word in English.
Verse 1
الٓمٓر ۚ تِلْكَ ءَايَـٰتُ ٱلْكِتَـٰبِ ۗ وَٱلَّذِىٓ أُنزِلَ إِلَيْكَ مِن رَّبِّكَ ٱلْحَقُّ وَلَـٰكِنَّ أَكْثَرَ ٱلنَّاسِ لَا يُؤْمِنُونَ
Transliteration alif-lam-meem-ra til'ka āyātu l-kitābi wa-alladhī unzila ilayka min rabbika l-ḥaqu walākinna akthara l-nāsi lā yu'minūna
Nepali १) अलिफ, लाम, मिम, रा, यी कुरआनका आयत हुन्, र जुनसुकै तपाईतर्फ तपाईको पालनहारबाट उतारिएकोछ, सबै सत्य हुन् । तापनि अधिकांश व्यक्तिहरू ईमान ल्याउदैनन् ।
Verse 2
ٱللَّهُ ٱلَّذِى رَفَعَ ٱلسَّمَـٰوَٰتِ بِغَيْرِ عَمَدٍ تَرَوْنَهَا ۖ ثُمَّ ٱسْتَوَىٰ عَلَى ٱلْعَرْشِ ۖ وَسَخَّرَ ٱلشَّمْسَ وَٱلْقَمَرَ ۖ كُلٌّ يَجْرِى لِأَجَلٍ مُّسَمًّى ۚ يُدَبِّرُ ٱلْأَمْرَ يُفَصِّلُ ٱلْـَٔايَـٰتِ لَعَلَّكُم بِلِقَآءِ رَبِّكُمْ تُوقِنُونَ
Transliteration al-lahu alladhī rafaʿa l-samāwāti bighayri ʿamadin tarawnahā thumma is'tawā ʿalā l-ʿarshi wasakhara l-shamsa wal-qamara kullun yajrī li-ajalin musamman yudabbiru l-amra yufaṣṣilu l-āyāti laʿallakum biliqāi rabbikum tūqinūna
Nepali २) अल्लाह त्यो नै हो जसले आकाशहरूलाई बिना खम्बा ठड्याइदिएको छ, जसलाई तिमी देखिरहेका छौ, फेरि ऊ अर्श (सिंहासन) माथि उच्च भयो । उसैले सूर्य र चन्द्रलाई आफ्नो अधीनमा राखी राखेको छ । हरेक निश्चित प्रक्रियामा गतिशील छन्, उसैले सबै कार्यको उपाय गर्छ । उसले आफ्ना प्रमाण–प्रतीकहरू स्पष्टरूपमा बयान गरिरहेको छ, कि तिमी आफ्नो पालनहारसँगको भेटलाई विश्वास गरिहाल ।
Verse 3
وَهُوَ ٱلَّذِى مَدَّ ٱلْأَرْضَ وَجَعَلَ فِيهَا رَوَٰسِىَ وَأَنْهَـٰرًا ۖ وَمِن كُلِّ ٱلثَّمَرَٰتِ جَعَلَ فِيهَا زَوْجَيْنِ ٱثْنَيْنِ ۖ يُغْشِى ٱلَّيْلَ ٱلنَّهَارَ ۚ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَـٰتٍ لِّقَوْمٍ يَتَفَكَّرُونَ
Transliteration wahuwa alladhī madda l-arḍa wajaʿala fīhā rawāsiya wa-anhāran wamin kulli l-thamarāti jaʿala fīhā zawjayni ith'nayni yugh'shī al-layla l-nahāra inna fī dhālika laāyātin liqawmin yatafakkarūna
Nepali ३) उसैले धर्ती फैलाएर ओछ्याई दिएको छ, र त्यसमा पहाड़ र खोलाहरू निर्माण गरिदिएको छ, र त्यसमा किसिम किसिमका फल–फूलहरूका जोडा–जोडा दोहोरो–दोहोरो उत्पन्न गरिदिएको छ । उसैले रातलाई दिनबाट छिपाइदिन्छ, निःसंन्देह सोच्ने, बुझ्नेहरूका लागि यसमा धेरै (प्रतीक) चिन्हहरू छन् ।
Verse 4
وَفِى ٱلْأَرْضِ قِطَعٌ مُّتَجَـٰوِرَٰتٌ وَجَنَّـٰتٌ مِّنْ أَعْنَـٰبٍ وَزَرْعٌ وَنَخِيلٌ صِنْوَانٌ وَغَيْرُ صِنْوَانٍ يُسْقَىٰ بِمَآءٍ وَٰحِدٍ وَنُفَضِّلُ بَعْضَهَا عَلَىٰ بَعْضٍ فِى ٱلْأُكُلِ ۚ إِنَّ فِى ذَٰلِكَ لَـَٔايَـٰتٍ لِّقَوْمٍ يَعْقِلُونَ
Transliteration wafī l-arḍi qiṭaʿun mutajāwirātun wajannātun min aʿnābin wazarʿun wanakhīlun ṣin'wānun waghayru ṣin'wānin yus'qā bimāin wāḥidin wanufaḍḍilu baʿḍahā ʿalā baʿḍin fī l-ukuli inna fī dhālika laāyātin liqawmin yaʿqilūna
Nepali ४) र पृथ्वीमा भिन्न–भिन्न प्रकारका टुक्रा एक अर्कासंग मिल्दाजुल्दा छन् । र अंगूरका बगैचाहरू छन्, र खेतहरू छन्, र खजूरका बोटहरू छन, हाङ्गा भएका र कुनै यस्ता छन् जसमा कुनै हाङ्गा छैनन्, सबैलाई एउटै पानी पिलाइन्छ, तैपनि म एउटालाई अर्को फलमाथि उच्चता प्रदान गर्दछु । यसमा वुद्धिमानहरूका लागि धेरै चिन्हहरू छन् ।
Verse 5
۞ وَإِن تَعْجَبْ فَعَجَبٌ قَوْلُهُمْ أَءِذَا كُنَّا تُرَٰبًا أَءِنَّا لَفِى خَلْقٍ جَدِيدٍ ۗ أُو۟لَـٰٓئِكَ ٱلَّذِينَ كَفَرُوا۟ بِرَبِّهِمْ ۖ وَأُو۟لَـٰٓئِكَ ٱلْأَغْلَـٰلُ فِىٓ أَعْنَاقِهِمْ ۖ وَأُو۟لَـٰٓئِكَ أَصْحَـٰبُ ٱلنَّارِ ۖ هُمْ فِيهَا خَـٰلِدُونَ
Transliteration wa-in taʿjab faʿajabun qawluhum a-idhā kunnā turāban a-innā lafī khalqin jadīdin ulāika alladhīna kafarū birabbihim wa-ulāika l-aghlālu fī aʿnāqihim wa-ulāika aṣḥābu l-nāri hum fīhā khālidūna
Nepali ५) यदि तिमीलाई आश्चर्य लाग्छ भने वास्तवमा उनको यो भनाई अजीब छ कि जब हामी माटो भइहाल्छौं तब के हामी नयाँ जन्ममा हुनेछौं । यिनीहरू नै हुन् जसले आफ्नो पालनहारमाथि कुफ्र गरेका छन् , यही नै हुन जसका घाँटीहरूमा पापी पट्टा हुनेछन् र यही नै हुन् जो नर्क (जन्नहम) मा रहनेवाला हुन्, जो यसमा संधै संधैका लागि रहनेछन् ।
Verse 6
وَيَسْتَعْجِلُونَكَ بِٱلسَّيِّئَةِ قَبْلَ ٱلْحَسَنَةِ وَقَدْ خَلَتْ مِن قَبْلِهِمُ ٱلْمَثُلَـٰتُ ۗ وَإِنَّ رَبَّكَ لَذُو مَغْفِرَةٍ لِّلنَّاسِ عَلَىٰ ظُلْمِهِمْ ۖ وَإِنَّ رَبَّكَ لَشَدِيدُ ٱلْعِقَابِ
Transliteration wayastaʿjilūnaka bil-sayi-ati qabla l-ḥasanati waqad khalat min qablihimu l-mathulātu wa-inna rabbaka ladhū maghfiratin lilnnāsi ʿalā ẓul'mihim wa-inna rabbaka lashadīdu l-ʿiqābi
Nepali ६) र जो तिमीबाट (दण्डको प्राप्तिमा) छिटो गरिरहेका छन् राहतभन्दा अगावै नै, जब कि उहाँभन्दा अगाडि धेरै शिक्षाप्रद उदाहरण आइसकेको छ । र तिम्रो पालनहार मुक्ति दिनेवाला छ, मान्छेहरूको नचांहिदो अपराधमा पनि र यो पनि निश्चित कुरो छ, कि तिम्रो पालनकर्ता भयंकर दण्ड दिनेवाला छ ।
Verse 7
وَيَقُولُ ٱلَّذِينَ كَفَرُوا۟ لَوْلَآ أُنزِلَ عَلَيْهِ ءَايَةٌ مِّن رَّبِّهِۦٓ ۗ إِنَّمَآ أَنتَ مُنذِرٌ ۖ وَلِكُلِّ قَوْمٍ هَادٍ
Transliteration wayaqūlu alladhīna kafarū lawlā unzila ʿalayhi āyatun min rabbihi innamā anta mundhirun walikulli qawmin hādin
Nepali ७) र काफिरहरू भन्दछन्ः कि उनीमाथि उनको पालनकर्ताको तर्फबाट कुनै चमत्कार किन उतारिएना कुरो यो छः कि तपाई त मात्र सावधान गर्नेेवाला हुनुहुन्छ, र हरेक कौमको लागि (एउटा) मार्गदर्शक छ ।
Verse 8
ٱللَّهُ يَعْلَمُ مَا تَحْمِلُ كُلُّ أُنثَىٰ وَمَا تَغِيضُ ٱلْأَرْحَامُ وَمَا تَزْدَادُ ۖ وَكُلُّ شَىْءٍ عِندَهُۥ بِمِقْدَارٍ
Transliteration al-lahu yaʿlamu mā taḥmilu kullu unthā wamā taghīḍu l-arḥāmu wamā tazdādu wakullu shayin ʿindahu bimiq'dārin
Nepali ८) अल्लाह राम्ररी जान्दछ जे स्त्रीको गर्भमा रहन्छ र भूडीको ठूलो सानो आकार पनि, र हर वस्तु उसनिर एउटा निश्चित रूपमा छ ।
Verse 9
عَـٰلِمُ ٱلْغَيْبِ وَٱلشَّهَـٰدَةِ ٱلْكَبِيرُ ٱلْمُتَعَالِ
Transliteration ʿālimu l-ghaybi wal-shahādati l-kabīru l-mutaʿāli
Nepali ९) त्यो प्रत्यक्ष तथा परोक्षको ज्ञाता हो । (सबै भन्दा) महान र (सबैभन्दा) उच्चतम छ ।
Verse 10
سَوَآءٌ مِّنكُم مَّنْ أَسَرَّ ٱلْقَوْلَ وَمَن جَهَرَ بِهِۦ وَمَنْ هُوَ مُسْتَخْفٍۭ بِٱلَّيْلِ وَسَارِبٌۢ بِٱلنَّهَارِ
Transliteration sawāon minkum man asarra l-qawla waman jahara bihi waman huwa mus'takhfin bi-al-layli wasāribun bil-nahāri
Nepali १०) तिमीमध्ये कसैले आफ्नो कुरोलाई लुकाएर भनोस् अथवा ठूलो स्वरमा भनोस् र जुन रात्रीमा लुकेको छ र जुन दिउँसोमा भइरहेको छ, सबै अल्लाहको लागि एकैनास छन् ।
Verse 11
لَهُۥ مُعَقِّبَـٰتٌ مِّنۢ بَيْنِ يَدَيْهِ وَمِنْ خَلْفِهِۦ يَحْفَظُونَهُۥ مِنْ أَمْرِ ٱللَّهِ ۗ إِنَّ ٱللَّهَ لَا يُغَيِّرُ مَا بِقَوْمٍ حَتَّىٰ يُغَيِّرُوا۟ مَا بِأَنفُسِهِمْ ۗ وَإِذَآ أَرَادَ ٱللَّهُ بِقَوْمٍ سُوٓءًا فَلَا مَرَدَّ لَهُۥ ۚ وَمَا لَهُم مِّن دُونِهِۦ مِن وَالٍ
Transliteration lahu muʿaqqibātun min bayni yadayhi wamin khalfihi yaḥfaẓūnahu min amri l-lahi inna l-laha lā yughayyiru mā biqawmin ḥattā yughayyirū mā bi-anfusihim wa-idhā arāda l-lahu biqawmin sūan falā maradda lahu wamā lahum min dūnihi min wālin
Nepali ११) उसका चौकीदारहरू मान्छेको अगाडि–पाछाडि नियुक्त छन्, जो अल्लाहको हुकुम अनुसार त्यसको चौकसी गर्दछन् । कुनै समुदायको अवस्था अल्लाह बदल्दैन जबसम्म कि त्यसले स्वयं उसलाई न बदलोस् जो उसका हृदयमा छन्, र अल्लाह जब कुनै समुदायलाई दण्डित गर्ने योजना बनाउँछ, त त्यो परिवर्तन हुँदैन । र उसबाहेक कोही पनि उसको योजनाकार छैन ।
Verse 12
هُوَ ٱلَّذِى يُرِيكُمُ ٱلْبَرْقَ خَوْفًا وَطَمَعًا وَيُنشِئُ ٱلسَّحَابَ ٱلثِّقَالَ
Transliteration huwa alladhī yurīkumu l-barqa khawfan waṭamaʿan wayunshi-u l-saḥāba l-thiqāla
Nepali १२) त्यो अल्लाह नै हो जसले तिमीलाई चट्याङ्गको चमक भयभीत गर्न र आशा दिलाउनको लागि देखाउँछ, र भारी बादलहरूलाई उठाउँछ ।
Verse 13
وَيُسَبِّحُ ٱلرَّعْدُ بِحَمْدِهِۦ وَٱلْمَلَـٰٓئِكَةُ مِنْ خِيفَتِهِۦ وَيُرْسِلُ ٱلصَّوَٰعِقَ فَيُصِيبُ بِهَا مَن يَشَآءُ وَهُمْ يُجَـٰدِلُونَ فِى ٱللَّهِ وَهُوَ شَدِيدُ ٱلْمِحَالِ
Transliteration wayusabbiḥu l-raʿdu biḥamdihi wal-malāikatu min khīfatihi wayur'silu l-ṣawāʿiqa fayuṣību bihā man yashāu wahum yujādilūna fī l-lahi wahuwa shadīdu l-miḥāli
Nepali १३) बिजुलीको गर्जना उसको पवित्रताको प्रशंसा गर्दछ, र फरिश्ताहरू पनि उसको भयबाट (त्यसै गर्दैछन्) । उही चट्याङ्ग पठाउँछ, र जसमाथि चाहन्छ त्यसमाथि खसाल्छ । जब कि तिनीहरू (बहुदेववादी) अल्लाह वापत झैं–झगडा गरिरहेका छन्, र अल्लाह कठोर शक्तिवाला छ ।
Verse 14
لَهُۥ دَعْوَةُ ٱلْحَقِّ ۖ وَٱلَّذِينَ يَدْعُونَ مِن دُونِهِۦ لَا يَسْتَجِيبُونَ لَهُم بِشَىْءٍ إِلَّا كَبَـٰسِطِ كَفَّيْهِ إِلَى ٱلْمَآءِ لِيَبْلُغَ فَاهُ وَمَا هُوَ بِبَـٰلِغِهِۦ ۚ وَمَا دُعَآءُ ٱلْكَـٰفِرِينَ إِلَّا فِى ضَلَـٰلٍ
Transliteration lahu daʿwatu l-ḥaqi wa-alladhīna yadʿūna min dūnihi lā yastajībūna lahum bishayin illā kabāsiṭi kaffayhi ilā l-māi liyablugha fāhu wamā huwa bibālighihi wamā duʿāu l-kāfirīna illā fī ḍalālin
Nepali १४) उसैलाई पुकार्नु वास्तविक सत्य छ । जुन मानिस अरुलाई उसको बदलामा पुकार्छन् तिनीहरू उनीलाई केही पनि उत्तर दिदैनन्, बरु यो उस्तै छ जस्तो कुनै व्यक्ति आफ्नो दुवै हात पानीतर्फ फैलाएको छ कि उसको मुखमा परिजाओस् जबकि त्यो पानी उसको मुखमा जाँदैन । र काफिरहरूको गुहार सबै खेर जान्छ ।
Verse 15
وَلِلَّهِ يَسْجُدُ مَن فِى ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ طَوْعًا وَكَرْهًا وَظِلَـٰلُهُم بِٱلْغُدُوِّ وَٱلْـَٔاصَالِ ۩
Transliteration walillahi yasjudu man fī l-samāwāti wal-arḍi ṭawʿan wakarhan waẓilāluhum bil-ghuduwi wal-āṣāli
Nepali १५) अल्लाहको लागि नै पृथ्वी र आकाशका सबै प्राणीहरू खुशी र बेखुशी नतमस्तक हुन्छन् र उनका छायाँहरूले पनि विहान वेलुका ।
Verse 16
قُلْ مَن رَّبُّ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ قُلِ ٱللَّهُ ۚ قُلْ أَفَٱتَّخَذْتُم مِّن دُونِهِۦٓ أَوْلِيَآءَ لَا يَمْلِكُونَ لِأَنفُسِهِمْ نَفْعًا وَلَا ضَرًّا ۚ قُلْ هَلْ يَسْتَوِى ٱلْأَعْمَىٰ وَٱلْبَصِيرُ أَمْ هَلْ تَسْتَوِى ٱلظُّلُمَـٰتُ وَٱلنُّورُ ۗ أَمْ جَعَلُوا۟ لِلَّهِ شُرَكَآءَ خَلَقُوا۟ كَخَلْقِهِۦ فَتَشَـٰبَهَ ٱلْخَلْقُ عَلَيْهِمْ ۚ قُلِ ٱللَّهُ خَـٰلِقُ كُلِّ شَىْءٍ وَهُوَ ٱلْوَٰحِدُ ٱلْقَهَّـٰرُ
Transliteration qul man rabbu l-samāwāti wal-arḍi quli l-lahu qul afa-ittakhadhtum min dūnihi awliyāa lā yamlikūna li-anfusihim nafʿan walā ḍarran qul hal yastawī l-aʿmā wal-baṣīru am hal tastawī l-ẓulumātu wal-nūru am jaʿalū lillahi shurakāa khalaqū kakhalqihi fatashābaha l-khalqu ʿalayhim quli l-lahu khāliqu kulli shayin wahuwa l-wāḥidu l-qahāru
Nepali १६) तपाईं सोध्नुस्ः ‘‘कि आकाशहरू र पृथ्वीको पालनकर्ता को हो ?’’। भनिदिनुस् ! ‘‘अल्लाह’’ । सोध्नुस्ः ! ‘‘के तिमी फेरि पनि उसबाहेक अरुलाई सहयोगी बनाइरहेका छौ ? जो स्वयं आफ्नो जीव ज्यानको राम्रो नराम्रोबारे कुनै अख्तियारी राख्दैनन्’’ । सोधः ‘‘के अन्धो र आँखावाला बराबर हुन सक्छन् ? के अन्धकार र प्रकाश समान हुन सक्छन् ? के जसलाई उनी अल्लाहको साझेदार ठहर्याइरहेका छन, उनले पनि अल्लाह जस्तै प्राणीहरू निर्माण गरेका छन्, जसले उनको दृष्टिमा निर्माणको फर्क शंकाको घेरा भित्र आइसकेको छ’’, भनिदिनुस्ः ‘‘मात्र अल्लाह नै सबै प्राणीहरूको जन्मदाता हो त्यो एक मात्र एक्लो छ र विशाल शक्तिशाली छ ।’’
Verse 17
أَنزَلَ مِنَ ٱلسَّمَآءِ مَآءً فَسَالَتْ أَوْدِيَةٌۢ بِقَدَرِهَا فَٱحْتَمَلَ ٱلسَّيْلُ زَبَدًا رَّابِيًا ۚ وَمِمَّا يُوقِدُونَ عَلَيْهِ فِى ٱلنَّارِ ٱبْتِغَآءَ حِلْيَةٍ أَوْ مَتَـٰعٍ زَبَدٌ مِّثْلُهُۥ ۚ كَذَٰلِكَ يَضْرِبُ ٱللَّهُ ٱلْحَقَّ وَٱلْبَـٰطِلَ ۚ فَأَمَّا ٱلزَّبَدُ فَيَذْهَبُ جُفَآءً ۖ وَأَمَّا مَا يَنفَعُ ٱلنَّاسَ فَيَمْكُثُ فِى ٱلْأَرْضِ ۚ كَذَٰلِكَ يَضْرِبُ ٱللَّهُ ٱلْأَمْثَالَ
Transliteration anzala mina l-samāi māan fasālat awdiyatun biqadarihā fa-iḥ'tamala l-saylu zabadan rābiyan wamimmā yūqidūna ʿalayhi fī l-nāri ib'tighāa ḥil'yatin aw matāʿin zabadun mith'luhu kadhālika yaḍribu l-lahu l-ḥaqa wal-bāṭila fa-ammā l-zabadu fayadhhabu jufāan wa-ammā mā yanfaʿu l-nāsa fayamkuthu fī l-arḍi kadhālika yaḍribu l-lahu l-amthāla
Nepali १७) उसैले आकाशबाट पानी वर्सायो फेरि आफ्नो–आफ्नो क्षमता अनुसार खोलाहरू बग्न थाले, फेरि पानीको भेलले माथि चढेको कूडालाई बगाएर लग्यो । र यस्तै फींज त्यस धातुमा पनि उठीहाल्छ जुन आगोमा हालेर खारिए पछि आभूषण वा अर्काे (सजावटका) समान बन्दछन् । यस्तै किसिमले अल्लाह सत्य–असत्यको उदाहरण प्रस्तुत गर्दछ, । अब फीज त व्यर्थ भएर बगी हाल्छ, परन्तु जुन मान्छेलाई फाइदा पुर्याउने वस्तु छ, त्यो पृथ्वीमा अडी रहन्छ । अल्लाह यस्तै उदाहरणको वर्णन गर्दछ ।
Verse 18
لِلَّذِينَ ٱسْتَجَابُوا۟ لِرَبِّهِمُ ٱلْحُسْنَىٰ ۚ وَٱلَّذِينَ لَمْ يَسْتَجِيبُوا۟ لَهُۥ لَوْ أَنَّ لَهُم مَّا فِى ٱلْأَرْضِ جَمِيعًا وَمِثْلَهُۥ مَعَهُۥ لَٱفْتَدَوْا۟ بِهِۦٓ ۚ أُو۟لَـٰٓئِكَ لَهُمْ سُوٓءُ ٱلْحِسَابِ وَمَأْوَىٰهُمْ جَهَنَّمُ ۖ وَبِئْسَ ٱلْمِهَادُ
Transliteration lilladhīna is'tajābū lirabbihimu l-ḥus'nā wa-alladhīna lam yastajībū lahu law anna lahum mā fī l-arḍi jamīʿan wamith'lahu maʿahu la-if'tadaw bihi ulāika lahum sūu l-ḥisābi wamawāhum jahannamu wabi'sa l-mihādu
Nepali १८) जुन मान्छेहरूले आफ्ना पालनहारको आदेशलाई पालन गरे तिनीहरूका लागि भलो हुनेछ, र जुन मान्छेहरूले उनको आदेशलाई अवहेलना गरे, यदि उनीहरूका लागि पृथ्वीमा रहेको सबै थोक र त्यति नै अरुभए पनि त्यो सबै आफ्नो मुक्तिको सट्टामा दिन तैयार हुन्छन् । तिनीहरूका लागि नर्क ठेगाना छ, र जुन ज्यादै नराम्रो ठाउँ हो ।
Verse 19
۞ أَفَمَن يَعْلَمُ أَنَّمَآ أُنزِلَ إِلَيْكَ مِن رَّبِّكَ ٱلْحَقُّ كَمَنْ هُوَ أَعْمَىٰٓ ۚ إِنَّمَا يَتَذَكَّرُ أُو۟لُوا۟ ٱلْأَلْبَـٰبِ
Transliteration afaman yaʿlamu annamā unzila ilayka min rabbika l-ḥaqu kaman huwa aʿmā innamā yatadhakkaru ulū l-albābi
Nepali १९) के त्यो व्यक्ति जसले यो ज्ञान राख्दछ कि तपाईतिर तपाइको पालनकर्ताबाट जे उतारिएको छ त्यो सत्य छ, त्यस व्यक्ति जस्तो हुन सक्छ जुन अन्धो छ । उपदेश तिनैले स्वीकार गर्न सक्छन् जो ज्ञानी समझ्दार छन् ।
Verse 20
ٱلَّذِينَ يُوفُونَ بِعَهْدِ ٱللَّهِ وَلَا يَنقُضُونَ ٱلْمِيثَـٰقَ
Transliteration alladhīna yūfūna biʿahdi l-lahi walā yanquḍūna l-mīthāqa
Nepali २०) जो अल्लाहको वाचालाई पूरा गर्दछन् र प्रतिज्ञा भंग गर्दैनन् ।
Verse 21
وَٱلَّذِينَ يَصِلُونَ مَآ أَمَرَ ٱللَّهُ بِهِۦٓ أَن يُوصَلَ وَيَخْشَوْنَ رَبَّهُمْ وَيَخَافُونَ سُوٓءَ ٱلْحِسَابِ
Transliteration wa-alladhīna yaṣilūna mā amara l-lahu bihi an yūṣala wayakhshawna rabbahum wayakhāfūna sūa l-ḥisābi
Nepali २१) र अल्लाहले जुन कुरोलाई जोड्ने आदेश दिएको छ उसलाई जोड्छन्, र उनी आफ्नो पालनहारबाट डराउँछन्, र कठिन हिसाबको भय राख्छन् ।
Verse 22
وَٱلَّذِينَ صَبَرُوا۟ ٱبْتِغَآءَ وَجْهِ رَبِّهِمْ وَأَقَامُوا۟ ٱلصَّلَوٰةَ وَأَنفَقُوا۟ مِمَّا رَزَقْنَـٰهُمْ سِرًّا وَعَلَانِيَةً وَيَدْرَءُونَ بِٱلْحَسَنَةِ ٱلسَّيِّئَةَ أُو۟لَـٰٓئِكَ لَهُمْ عُقْبَى ٱلدَّارِ
Transliteration wa-alladhīna ṣabarū ib'tighāa wajhi rabbihim wa-aqāmū l-ṣalata wa-anfaqū mimmā razaqnāhum sirran waʿalāniyatan wayadraūna bil-ḥasanati l-sayi-ata ulāika lahum ʿuq'bā l-dāri
Nepali २२) र उनी आफ्नो पालनहारको सहमतिको चाहनाको पूर्तिका लागि धैर्य गर्छन, र नमाजलाई सदैव कायम राख्छन्, र जुन कुरो मैले दिइराखेको छु, त्यसलाई देखाई वा लुकाई खर्च गर्छन, र कुभलोलाई भलाईबाट फाल्छन् उनकैलागि अन्तिमका घर छन् ।
Verse 23
جَنَّـٰتُ عَدْنٍ يَدْخُلُونَهَا وَمَن صَلَحَ مِنْ ءَابَآئِهِمْ وَأَزْوَٰجِهِمْ وَذُرِّيَّـٰتِهِمْ ۖ وَٱلْمَلَـٰٓئِكَةُ يَدْخُلُونَ عَلَيْهِم مِّن كُلِّ بَابٍ
Transliteration jannātu ʿadnin yadkhulūnahā waman ṣalaḥa min ābāihim wa-azwājihim wadhurriyyātihim wal-malāikatu yadkhulūna ʿalayhim min kulli bābin
Nepali २३) सधैं रहनका लागि फूलबारी, जहाँ उनी स्वयं जान्छन, र उनका पुर्खा र पत्नीहरू र सन्तानहरूमध्येबाट जुन पुण्यआत्मा होलान्, र उनको नजिक फरिश्ताहरू प्रत्येक दैलोबाट आउनेछन् ।
Verse 24
سَلَـٰمٌ عَلَيْكُم بِمَا صَبَرْتُمْ ۚ فَنِعْمَ عُقْبَى ٱلدَّارِ
Transliteration salāmun ʿalaykum bimā ṣabartum faniʿ'ma ʿuq'bā l-dāri
Nepali २४) भन्ने छनः कि तिमीमाथि सलामती होस्’’ जो तिमीहरूले धैर्य गर्नुभो र कति राम्रो प्रतिफल छ त्यो अन्तिम घर ।
Verse 25
وَٱلَّذِينَ يَنقُضُونَ عَهْدَ ٱللَّهِ مِنۢ بَعْدِ مِيثَـٰقِهِۦ وَيَقْطَعُونَ مَآ أَمَرَ ٱللَّهُ بِهِۦٓ أَن يُوصَلَ وَيُفْسِدُونَ فِى ٱلْأَرْضِ ۙ أُو۟لَـٰٓئِكَ لَهُمُ ٱللَّعْنَةُ وَلَهُمْ سُوٓءُ ٱلدَّارِ
Transliteration wa-alladhīna yanquḍūna ʿahda l-lahi min baʿdi mīthāqihi wayaqṭaʿūna mā amara l-lahu bihi an yūṣala wayuf'sidūna fī l-arḍi ulāika lahumu l-laʿnatu walahum sūu l-dāri
Nepali २५) र जसले अल्लाहको वाचा र आदेशलाई त्यसको बलियोपनापछि भंग गर्दछन् र जुन वस्तुलाई जोड्नको लागि अल्लाहले आदेश दिएको छ उसलाई तोड्छन् र पृथ्वीमा झैं झगडा फैलाउँछन्, उनका लागि तिरस्कारहरू छन् र उनका लागि खराब घर छ ।
Verse 26
ٱللَّهُ يَبْسُطُ ٱلرِّزْقَ لِمَن يَشَآءُ وَيَقْدِرُ ۚ وَفَرِحُوا۟ بِٱلْحَيَوٰةِ ٱلدُّنْيَا وَمَا ٱلْحَيَوٰةُ ٱلدُّنْيَا فِى ٱلْـَٔاخِرَةِ إِلَّا مَتَـٰعٌ
Transliteration al-lahu yabsuṭu l-riz'qa liman yashāu wayaqdiru wafariḥū bil-ḥayati l-dun'yā wamā l-ḥayatu l-dun'yā fī l-ākhirati illā matāʿun
Nepali २६) अल्लाहले जसको रोजी चाहन्छ बढाउँछ र जसको चाहन्छ घटाइदिन्छ । यिनी त सांसरिक जीवनमा मस्त भइहाले । अतः दुनियाँ त अन्तिम प्रतिफलको तुलनामा अत्यन्तै तुच्छ छ ।
Verse 27
وَيَقُولُ ٱلَّذِينَ كَفَرُوا۟ لَوْلَآ أُنزِلَ عَلَيْهِ ءَايَةٌ مِّن رَّبِّهِۦ ۗ قُلْ إِنَّ ٱللَّهَ يُضِلُّ مَن يَشَآءُ وَيَهْدِىٓ إِلَيْهِ مَنْ أَنَابَ
Transliteration wayaqūlu alladhīna kafarū lawlā unzila ʿalayhi āyatun min rabbihi qul inna l-laha yuḍillu man yashāu wayahdī ilayhi man anāba
Nepali २७) काफिर भन्दछन्ः कि उनिमाथि उनिको पालनकर्ताबाट कुनै चिन्ह किन उतारिएन ? जवाफ दिनुस्ः कि जसलाई अल्लाह बहकाउन चाहन्छ बहकाइदिन्छ, र जुन मानिस उसतर्फ झुके तिनलाई बाटो देखाइदिन्छ ।
Verse 28
ٱلَّذِينَ ءَامَنُوا۟ وَتَطْمَئِنُّ قُلُوبُهُم بِذِكْرِ ٱللَّهِ ۗ أَلَا بِذِكْرِ ٱللَّهِ تَطْمَئِنُّ ٱلْقُلُوبُ
Transliteration alladhīna āmanū wataṭma-innu qulūbuhum bidhik'ri l-lahi alā bidhik'ri l-lahi taṭma-innu l-qulūbu
Nepali २८) जुन मानिसहरूले ईमान ल्याए उनको हृदयमा अल्लाहको चर्चाबाट शान्तिको अनुभूति हुन्छ । सम्झिराख अल्लाहको चर्चाबाटै आत्मालाई शान्ति प्राप्त हुन्छ ।
Verse 29
ٱلَّذِينَ ءَامَنُوا۟ وَعَمِلُوا۟ ٱلصَّـٰلِحَـٰتِ طُوبَىٰ لَهُمْ وَحُسْنُ مَـَٔابٍ
Transliteration alladhīna āmanū waʿamilū l-ṣāliḥāti ṭūbā lahum waḥus'nu maābin
Nepali २९) जुन मानिसहरूले ईमान ल्याए र जसले असल काम गरे उनको लागि सम्पन्नता छ र अति सुन्दर ठेगाना पनि ।
Verse 30
كَذَٰلِكَ أَرْسَلْنَـٰكَ فِىٓ أُمَّةٍ قَدْ خَلَتْ مِن قَبْلِهَآ أُمَمٌ لِّتَتْلُوَا۟ عَلَيْهِمُ ٱلَّذِىٓ أَوْحَيْنَآ إِلَيْكَ وَهُمْ يَكْفُرُونَ بِٱلرَّحْمَـٰنِ ۚ قُلْ هُوَ رَبِّى لَآ إِلَـٰهَ إِلَّا هُوَ عَلَيْهِ تَوَكَّلْتُ وَإِلَيْهِ مَتَابِ
Transliteration kadhālika arsalnāka fī ummatin qad khalat min qablihā umamun litatluwā ʿalayhimu alladhī awḥaynā ilayka wahum yakfurūna bil-raḥmāni qul huwa rabbī lā ilāha illā huwa ʿalayhi tawakkaltu wa-ilayhi matābi
Nepali ३०) (हे मुहम्मद) यस्तै मैले तपाईलाई यस समुदायमा पठाएको छु, जसभन्दा अगाडि धेरै समुदायहरू गुज्रिसकेका छन् । तपाईले उनीहरूलाई हाम्रो तर्फबाट जो तपाईंमाथि वह्य उतारिएको छ पढेर सुनाउनुस् । यिनी रहमानका मुन्किर हुन् । तपाई भनिदिनुस् कि मेरो पालनकर्ता त उही हो र उसको सट्टा वास्तवमा कोही पनि उपासना योग्य छैन । उसैमाथि मेरो भरोसा छ, र उसैतर्फ मैले फर्किनु छ ।
Verse 31
وَلَوْ أَنَّ قُرْءَانًا سُيِّرَتْ بِهِ ٱلْجِبَالُ أَوْ قُطِّعَتْ بِهِ ٱلْأَرْضُ أَوْ كُلِّمَ بِهِ ٱلْمَوْتَىٰ ۗ بَل لِّلَّهِ ٱلْأَمْرُ جَمِيعًا ۗ أَفَلَمْ يَا۟يْـَٔسِ ٱلَّذِينَ ءَامَنُوٓا۟ أَن لَّوْ يَشَآءُ ٱللَّهُ لَهَدَى ٱلنَّاسَ جَمِيعًا ۗ وَلَا يَزَالُ ٱلَّذِينَ كَفَرُوا۟ تُصِيبُهُم بِمَا صَنَعُوا۟ قَارِعَةٌ أَوْ تَحُلُّ قَرِيبًا مِّن دَارِهِمْ حَتَّىٰ يَأْتِىَ وَعْدُ ٱللَّهِ ۚ إِنَّ ٱللَّهَ لَا يُخْلِفُ ٱلْمِيعَادَ
Transliteration walaw anna qur'ānan suyyirat bihi l-jibālu aw quṭṭiʿat bihi l-arḍu aw kullima bihi l-mawtā bal lillahi l-amru jamīʿan afalam yāy'asi alladhīna āmanū an law yashāu l-lahu lahadā l-nāsa jamīʿan walā yazālu alladhīna kafarū tuṣībuhum bimā ṣanaʿū qāriʿatun aw taḥullu qarīban min dārihim ḥattā yatiya waʿdu l-lahi inna l-laha lā yukh'lifu l-mīʿāda
Nepali ३१) र यदि कुरआनको माध्यमले पहाड़लाई चलाइदिए हुन्थ्यो, अथवा पृथ्वी टुक्रा–टुक्रा गरिदिएको भए वा मृतहरूसंग कुरो गराइदिएको भए । (तापनि ईमान ल्याउँदैन्थे) सबै कार्य अल्लाहको हातमा छ । तब के ईमानवालाहरूलाई यस कुरामा सन्तुष्ट छैनन् कि ? यदि अल्लाह चाहन्थ्यो भने समस्त मान्छेहरूलाई सही बाटो देखाउने थियो । कुफ्फारलाई त उनको दुष्टयाईको बदलामा सधै कुनै न कुनै कडा दण्ड पुगिरहनेछ अथवा उनका घरहरूको नजिक पुगिरहनेछ, यहाँसम्म कि अल्लाहको वाचा उनको नजिक आई नपुगोस् । निःसन्देह अल्लाह आफ्नो वाचाको विरुद्ध जाँदैन ।
Verse 32
وَلَقَدِ ٱسْتُهْزِئَ بِرُسُلٍ مِّن قَبْلِكَ فَأَمْلَيْتُ لِلَّذِينَ كَفَرُوا۟ ثُمَّ أَخَذْتُهُمْ ۖ فَكَيْفَ كَانَ عِقَابِ
Transliteration walaqadi us'tuh'zi-a birusulin min qablika fa-amlaytu lilladhīna kafarū thumma akhadhtuhum fakayfa kāna ʿiqābi
Nepali ३२) निःसन्देह तपाईभन्दा पहिलेका पैगम्बरहरूको उपहास गरिएको थियो, र मैले पनि काफिरहरूलाई प्रश्रय दिएको थिएँ, अनि उनीहरूलाई समातिएको थियो । (हेर) दण्ड कस्तो रह्यो ?
Verse 33
أَفَمَنْ هُوَ قَآئِمٌ عَلَىٰ كُلِّ نَفْسٍۭ بِمَا كَسَبَتْ ۗ وَجَعَلُوا۟ لِلَّهِ شُرَكَآءَ قُلْ سَمُّوهُمْ ۚ أَمْ تُنَبِّـُٔونَهُۥ بِمَا لَا يَعْلَمُ فِى ٱلْأَرْضِ أَم بِظَـٰهِرٍ مِّنَ ٱلْقَوْلِ ۗ بَلْ زُيِّنَ لِلَّذِينَ كَفَرُوا۟ مَكْرُهُمْ وَصُدُّوا۟ عَنِ ٱلسَّبِيلِ ۗ وَمَن يُضْلِلِ ٱللَّهُ فَمَا لَهُۥ مِنْ هَادٍ
Transliteration afaman huwa qāimun ʿalā kulli nafsin bimā kasabat wajaʿalū lillahi shurakāa qul sammūhum am tunabbiūnahu bimā lā yaʿlamu fī l-arḍi am biẓāhirin mina l-qawli bal zuyyina lilladhīna kafarū makruhum waṣuddū ʿani l-sabīli waman yuḍ'lili l-lahu famā lahu min hādin
Nepali ३३) के त्यो (अल्लाह) जसले प्रत्येक व्यक्तिमाथि उसले गरेको कार्यहरूको, निरीक्षण गर्नेवाला छ, तापनि उनीहरूले अल्लाहको साझेदार ठहराउँछन् । भनिदिनु होस्ः ‘‘उनीहरूको नाम त बताऊ । के तिमी अल्लाहलाई त्यो कुरो सुनाउँदछौ जो त्यो जमिनमा जानेकै छैन । अथवा मात्र सतही–सारहिन कुरो गर्दछौ ? । कुरो यो छः कि कुफ्र गर्नेहरूलाई उनको धोखाहरूलाई सुहाँउदो बनाइदिइएको छ, र उनी असल बाटोबाट रोकिदिइएका छन् । र जसलाई अल्लाहले मार्ग विचलित गर्दछ उसकोलागि मार्गदर्शक कोही पनि छैन ।
Verse 34
لَّهُمْ عَذَابٌ فِى ٱلْحَيَوٰةِ ٱلدُّنْيَا ۖ وَلَعَذَابُ ٱلْـَٔاخِرَةِ أَشَقُّ ۖ وَمَا لَهُم مِّنَ ٱللَّهِ مِن وَاقٍ
Transliteration lahum ʿadhābun fī l-ḥayati l-dun'yā walaʿadhābu l-ākhirati ashaqqu wamā lahum mina l-lahi min wāqin
Nepali ३४) उनको लागि संसारिक जिन्दगीमा पनि सजाय छ, र आखिरतको सजाय त अत्यन्त कडा छ । उनीलाई अल्लाहको क्रोधबाट बचाउनेवाला कोही पनि छैन ।
Verse 35
۞ مَّثَلُ ٱلْجَنَّةِ ٱلَّتِى وُعِدَ ٱلْمُتَّقُونَ ۖ تَجْرِى مِن تَحْتِهَا ٱلْأَنْهَـٰرُ ۖ أُكُلُهَا دَآئِمٌ وَظِلُّهَا ۚ تِلْكَ عُقْبَى ٱلَّذِينَ ٱتَّقَوا۟ ۖ وَّعُقْبَى ٱلْكَـٰفِرِينَ ٱلنَّارُ
Transliteration mathalu l-janati allatī wuʿida l-mutaqūna tajrī min taḥtihā l-anhāru ukuluhā dāimun waẓilluhā til'ka ʿuq'bā alladhīna ittaqaw waʿuq'bā l-kāfirīna l-nāru
Nepali ३५) त्यस जन्नत (स्वर्ग) जसको वाचा संयमीहरूलाई दिइएको छ । विशेषता यो हो कि त्यसको तलबाट नहरहरू बगीरहेका छन् । उसका मिष्ठान (फलहरू) सधै रहनेवाला छन् र त्यसको छायाँ पनि । यो नतिजा (परिणाम) छ, सहनशीलहरूको र काफिरहरूको नतीजा नर्क छ ।
Verse 36
وَٱلَّذِينَ ءَاتَيْنَـٰهُمُ ٱلْكِتَـٰبَ يَفْرَحُونَ بِمَآ أُنزِلَ إِلَيْكَ ۖ وَمِنَ ٱلْأَحْزَابِ مَن يُنكِرُ بَعْضَهُۥ ۚ قُلْ إِنَّمَآ أُمِرْتُ أَنْ أَعْبُدَ ٱللَّهَ وَلَآ أُشْرِكَ بِهِۦٓ ۚ إِلَيْهِ أَدْعُوا۟ وَإِلَيْهِ مَـَٔابِ
Transliteration wa-alladhīna ātaynāhumu l-kitāba yafraḥūna bimā unzila ilayka wamina l-aḥzābi man yunkiru baʿḍahu qul innamā umir'tu an aʿbuda l-laha walā ush'rika bihi ilayhi adʿū wa-ilayhi maābi
Nepali ३६) जसलाई हामीले पुस्तक दिएका छौं, त्योमध्ये केही तपार्इंमाथि जे उतारिएको छ उसबाट प्रसन्न हुन्छन्, र अर्को समुदाय उसको केही कुराको विपरीत छन् । तपाई घोषणा गरिदिनुस् किः मलाई त यही नै हुकुम दिइएको छ, कि म अल्लाहको इबादत गरूँ र उसको साझेदार न बनाऊँ । मैले त उसैतर्फ बोलाइरहेको छु, र उसैतर्फ मलाई फर्किनुछ ।
Verse 37
وَكَذَٰلِكَ أَنزَلْنَـٰهُ حُكْمًا عَرَبِيًّا ۚ وَلَئِنِ ٱتَّبَعْتَ أَهْوَآءَهُم بَعْدَ مَا جَآءَكَ مِنَ ٱلْعِلْمِ مَا لَكَ مِنَ ٱللَّهِ مِن وَلِىٍّ وَلَا وَاقٍ
Transliteration wakadhālika anzalnāhu ḥuk'man ʿarabiyyan wala-ini ittabaʿta ahwāahum baʿdamā jāaka mina l-ʿil'mi mā laka mina l-lahi min waliyyin walā wāqin
Nepali ३७) यस्तै मैले यस ‘‘कुरआनलाई’’ अरबी भाषामा आदेश उत्तारेको छुँ । यदि तपाईले ज्ञान आइसकेपछि उनको इच्छाहरूको परीपूर्ति गर्नु भयो तब अल्लाहको (सजाय) बाट तपाईंलाई न कोही सहयोगी भेटिनेछ र नत कोही बचाउनेवाला ।
Verse 38
وَلَقَدْ أَرْسَلْنَا رُسُلًا مِّن قَبْلِكَ وَجَعَلْنَا لَهُمْ أَزْوَٰجًا وَذُرِّيَّةً ۚ وَمَا كَانَ لِرَسُولٍ أَن يَأْتِىَ بِـَٔايَةٍ إِلَّا بِإِذْنِ ٱللَّهِ ۗ لِكُلِّ أَجَلٍ كِتَابٌ
Transliteration walaqad arsalnā rusulan min qablika wajaʿalnā lahum azwājan wadhurriyyatan wamā kāna lirasūlin an yatiya biāyatin illā bi-idh'ni l-lahi likulli ajalin kitābun
Nepali ३८) हामीले तपाईभन्दा पहिला पनि धेरै पैगम्बरहरू पठाइसकेका छौं । र हामीले उनीसबैलाई बाल बच्चावाला बनाएका थियौं । कुनै रसूलबाट हुन सक्दैन्थ्यो कि कुनै निशानी बिना अल्लाहको इजाजत लिएर आओस् । हरेक निश्चित वचनको एउटा लिखत छ ।
Verse 39
يَمْحُوا۟ ٱللَّهُ مَا يَشَآءُ وَيُثْبِتُ ۖ وَعِندَهُۥٓ أُمُّ ٱلْكِتَـٰبِ
Transliteration yamḥū l-lahu mā yashāu wayuth'bitu waʿindahu ummu l-kitābi
Nepali ३९) अल्लाहले जो चाहन्छ मेटाइदिन्छ र जो चाहन्छ ठीकठाक राख्दछ, र ‘‘लौहे महफूज’’ (मूल किताब) उसैको साथमा छ ।
Verse 40
وَإِن مَّا نُرِيَنَّكَ بَعْضَ ٱلَّذِى نَعِدُهُمْ أَوْ نَتَوَفَّيَنَّكَ فَإِنَّمَا عَلَيْكَ ٱلْبَلَـٰغُ وَعَلَيْنَا ٱلْحِسَابُ
Transliteration wa-in mā nuriyannaka baʿḍa alladhī naʿiduhum aw natawaffayannaka fa-innamā ʿalayka l-balāghu waʿalaynā l-ḥisābu
Nepali ४०) उनीसंग गरीएका वाचाहरूमध्ये यदि तपाईंलाई हामीले कुनै देखाइदिएँ अथवा तपाईलाई मृत्यु नै दिएं, त तपाईंमाथि त मात्र पुर्याइदिनु नै छ, (सत्य–असत्य) छुट्याउने त हाम्रो जिम्मामै छ ।
Verse 41
أَوَلَمْ يَرَوْا۟ أَنَّا نَأْتِى ٱلْأَرْضَ نَنقُصُهَا مِنْ أَطْرَافِهَا ۚ وَٱللَّهُ يَحْكُمُ لَا مُعَقِّبَ لِحُكْمِهِۦ ۚ وَهُوَ سَرِيعُ ٱلْحِسَابِ
Transliteration awalam yaraw annā natī l-arḍa nanquṣuhā min aṭrāfihā wal-lahu yaḥkumu lā muʿaqqiba liḥuk'mihi wahuwa sarīʿu l-ḥisābi
Nepali ४१) के उनीहरूले देख्दैनन् ? ‘‘कि हामी पृथ्वीलाई उसको छेउबाट घटाउँदै आइरहेका छौं, अल्लाहले आदेश गर्दछ, कोही उसको आदेशहरूलाई पछाडि गर्नेवाला छैन, उसले छिटै हिसाब लिनेवाला छ ।
Verse 42
وَقَدْ مَكَرَ ٱلَّذِينَ مِن قَبْلِهِمْ فَلِلَّهِ ٱلْمَكْرُ جَمِيعًا ۖ يَعْلَمُ مَا تَكْسِبُ كُلُّ نَفْسٍ ۗ وَسَيَعْلَمُ ٱلْكُفَّـٰرُ لِمَنْ عُقْبَى ٱلدَّارِ
Transliteration waqad makara alladhīna min qablihim falillahi l-makru jamīʿan yaʿlamu mā taksibu kullu nafsin wasayaʿlamu l-kufāru liman ʿuq'bā l-dāri
Nepali ४२) उनीभन्दा पहिलाका मन्छेहरूले पनि आफ्नो ढाट्ने कुकृत्यलाई कम गरेका थिएनन्, परन्तु समस्त उपायहरू अल्लाहकै हुन्, जुन व्यक्ति जे पनि गरिरहेको छ, अल्लाहको दृष्टिमा छ, काफिरहरूलाई अहिले थाहा भइहाल्छ कि परलोकको पारितोषिक कसको लागि छ ।
Verse 43
وَيَقُولُ ٱلَّذِينَ كَفَرُوا۟ لَسْتَ مُرْسَلًا ۚ قُلْ كَفَىٰ بِٱللَّهِ شَهِيدًۢا بَيْنِى وَبَيْنَكُمْ وَمَنْ عِندَهُۥ عِلْمُ ٱلْكِتَـٰبِ
Transliteration wayaqūlu alladhīna kafarū lasta mur'salan qul kafā bil-lahi shahīdan baynī wabaynakum waman ʿindahu ʿil'mu l-kitābi
Nepali ४३) यी काफिरहरू भन्दछनः कि तपाई अल्लाहको रसूल होइन, तपाई जवाफ दिनुस् कि ममा र तिमीमा अल्लाह गवाही दिनेवाला पर्याप्त छ । र ऊ पनि जससंग पुस्तकको ज्ञान छ ।
Read Surah Ar-Ra'd in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.