MyDugsiStart learning

Surah Al-Qasas in Nepali: translation and audio

Surah 28 · القصص · The Stories · 88 verses

Surah Al-Qasas verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Al-Qasas word by word in English.

Verse 1

طسٓمٓ

Transliteration tta-seen-meem

Nepali १) ता–सीन–मीम ।

Verse 2

تِلْكَ ءَايَـٰتُ ٱلْكِتَـٰبِ ٱلْمُبِينِ

Transliteration til'ka āyātu l-kitābi l-mubīni

Nepali २) यी स्पष्ट किताबका आयतहरू हुन् ।

Verse 3

نَتْلُوا۟ عَلَيْكَ مِن نَّبَإِ مُوسَىٰ وَفِرْعَوْنَ بِٱلْحَقِّ لِقَوْمٍ يُؤْمِنُونَ

Transliteration natlū ʿalayka min naba-i mūsā wafir'ʿawna bil-ḥaqi liqawmin yu'minūna

Nepali ३) (हे मुहम्मद !) हामीले तपाई समक्ष मूसा र फिरऔनका सत्य घटनाहरू मोमिनहरूको लागि वर्णन गर्दछौं ।

Verse 4

إِنَّ فِرْعَوْنَ عَلَا فِى ٱلْأَرْضِ وَجَعَلَ أَهْلَهَا شِيَعًا يَسْتَضْعِفُ طَآئِفَةً مِّنْهُمْ يُذَبِّحُ أَبْنَآءَهُمْ وَيَسْتَحْىِۦ نِسَآءَهُمْ ۚ إِنَّهُۥ كَانَ مِنَ ٱلْمُفْسِدِينَ

Transliteration inna fir'ʿawna ʿalā fī l-arḍi wajaʿala ahlahā shiyaʿan yastaḍʿifu ṭāifatan min'hum yudhabbiḥu abnāahum wayastaḥyī nisāahum innahu kāna mina l-muf'sidīna

Nepali ४) निःसन्देह फिरऔनले धरतीमा अट्टेरिपना गर्दै आएको थियो र त्यहाँका मानिसहरूलाई अनेक समूहमा विभाजन गरी एउटा समूहलाई कमजोर पारिसकेको थियो । त्यसले उनीहरूका छोराहरूलाई मारिदिन्थ्यो र उनीहरूका छोरीहरूलाई जीवित रहन दिन्थ्यो निश्चय नै त्यो उपद्रव गर्नेहरूमध्येको थियो ।

Verse 5

وَنُرِيدُ أَن نَّمُنَّ عَلَى ٱلَّذِينَ ٱسْتُضْعِفُوا۟ فِى ٱلْأَرْضِ وَنَجْعَلَهُمْ أَئِمَّةً وَنَجْعَلَهُمُ ٱلْوَٰرِثِينَ

Transliteration wanurīdu an namunna ʿalā alladhīna us'tuḍ'ʿifū fī l-arḍi wanajʿalahum a-immatan wanajʿalahumu l-wārithīna

Nepali ५) र हामीले चाहयौं कि तिनीहरूमाथि उपकार गरौं, जसलाई धरतीमा अति कमजोर गरिएको थियो र उनीहरूलाई नै (धरतीको) नायक र उत्तराधिकारी बनाऔं ।

Verse 6

وَنُمَكِّنَ لَهُمْ فِى ٱلْأَرْضِ وَنُرِىَ فِرْعَوْنَ وَهَـٰمَـٰنَ وَجُنُودَهُمَا مِنْهُم مَّا كَانُوا۟ يَحْذَرُونَ

Transliteration wanumakkina lahum fī l-arḍi wanuriya fir'ʿawna wahāmāna wajunūdahumā min'hum mā kānū yaḥdharūna

Nepali ६) र यो पनि कि हामीले धरतीमा उनीहरूलाई सत्ताधिकार प्रदान गरौं र उनीहरूबाट फिरऔन र हामान र उनीहरूको सेनाहरूलाई ती कुरा देखाऔं, जसबाट उनीहरू डराइरहेका छन् ।

Verse 7

وَأَوْحَيْنَآ إِلَىٰٓ أُمِّ مُوسَىٰٓ أَنْ أَرْضِعِيهِ ۖ فَإِذَا خِفْتِ عَلَيْهِ فَأَلْقِيهِ فِى ٱلْيَمِّ وَلَا تَخَافِى وَلَا تَحْزَنِىٓ ۖ إِنَّا رَآدُّوهُ إِلَيْكِ وَجَاعِلُوهُ مِنَ ٱلْمُرْسَلِينَ

Transliteration wa-awḥaynā ilā ummi mūsā an arḍiʿīhi fa-idhā khif'ti ʿalayhi fa-alqīhi fī l-yami walā takhāfī walā taḥzanī innā rāddūhu ilayki wajāʿilūhu mina l-mur'salīna

Nepali ७) हामीले ‘‘मूसा’’ (अलैहिस्सलाम) की आमालाई संकेत गर्यौं कि उसलाई दूध खुवाउँदै गर अनि यदि तिमीलाई उसको विषयमा कुनै भय हुन्छ भने उसलाई नदीमा हालिदिनु र तिमीले कुनै भय नमान्नु न त चिन्ता गर्नु । हामीले उसलाई तिम्रो पासमा फर्काइदिनेछौं र उसलाई पैैगम्बर बनाउनेवाला छौं ।

Verse 8

فَٱلْتَقَطَهُۥٓ ءَالُ فِرْعَوْنَ لِيَكُونَ لَهُمْ عَدُوًّا وَحَزَنًا ۗ إِنَّ فِرْعَوْنَ وَهَـٰمَـٰنَ وَجُنُودَهُمَا كَانُوا۟ خَـٰطِـِٔينَ

Transliteration fal-taqaṭahu ālu fir'ʿawna liyakūna lahum ʿaduwwan waḥazanan inna fir'ʿawna wahāmāna wajunūdahumā kānū khāṭiīna

Nepali ८) अन्ततः फिरऔनका मानिसहरूले त्यस बच्चालाई उठाइहाले, र परिणाम स्वरूप त्यो उनीहरूको शत्रु र उनीहरूको निम्ति दुःखको कारण बन्यो । निश्चय फिरऔन र हामान र उनीहरूका सेना गम्भीर अपराधी नै थिए ।

Verse 9

وَقَالَتِ ٱمْرَأَتُ فِرْعَوْنَ قُرَّتُ عَيْنٍ لِّى وَلَكَ ۖ لَا تَقْتُلُوهُ عَسَىٰٓ أَن يَنفَعَنَآ أَوْ نَتَّخِذَهُۥ وَلَدًا وَهُمْ لَا يَشْعُرُونَ

Transliteration waqālati im'ra-atu fir'ʿawna qurratu ʿaynin lī walaka lā taqtulūhu ʿasā an yanfaʿanā aw nattakhidhahu waladan wahum lā yashʿurūna

Nepali ९) र फिरऔनकी श्रीमतीले भनीः कि यो मेरो र तिम्रो दुवैको आँखाको शीतलता हो, यसको हत्या नगर्नु, धेरै सम्भव छ कि यसले हामीलाई फाइदा पुर्याउँछ, अथवा हामीले यसलाई आफ्नो छोरा बनाइहालौं, र उनीहरू अनभिज्ञ नै थिए ।

Verse 10

وَأَصْبَحَ فُؤَادُ أُمِّ مُوسَىٰ فَـٰرِغًا ۖ إِن كَادَتْ لَتُبْدِى بِهِۦ لَوْلَآ أَن رَّبَطْنَا عَلَىٰ قَلْبِهَا لِتَكُونَ مِنَ ٱلْمُؤْمِنِينَ

Transliteration wa-aṣbaḥa fuādu ummi mūsā fārighan in kādat latub'dī bihi lawlā an rabaṭnā ʿalā qalbihā litakūna mina l-mu'minīna

Nepali १०) र मूसाकी आमाको हृदय बेचैन भइहाल्यो । यदि हामीले उसको हृदयलाई शान्त्वना प्रदान नगरिदिएको भए तिनले सम्भवतः यस घटनालाई प्रकट गरिदिन्थिइन् । उद्देश्य यो थियो कि उनी मोमिन्हरूमध्येबाट रहुन् ।

Verse 11

وَقَالَتْ لِأُخْتِهِۦ قُصِّيهِ ۖ فَبَصُرَتْ بِهِۦ عَن جُنُبٍ وَهُمْ لَا يَشْعُرُونَ

Transliteration waqālat li-ukh'tihi quṣṣīhi fabaṣurat bihi ʿan junubin wahum lā yashʿurūna

Nepali ११) मूसाको आमाले उसकी (मूसाकी) बहिनीसित भनिन् कि तिमी उसको पछि–पछि लाग । अतः तिनले उनलाई टाढैबाट हेरिराखिन् र फिरऔनको मानिसहरूलाई यसको जानकारी नै भएन ।

Verse 12

۞ وَحَرَّمْنَا عَلَيْهِ ٱلْمَرَاضِعَ مِن قَبْلُ فَقَالَتْ هَلْ أَدُلُّكُمْ عَلَىٰٓ أَهْلِ بَيْتٍ يَكْفُلُونَهُۥ لَكُمْ وَهُمْ لَهُۥ نَـٰصِحُونَ

Transliteration waḥarramnā ʿalayhi l-marāḍiʿa min qablu faqālat hal adullukum ʿalā ahli baytin yakfulūnahu lakum wahum lahu nāṣiḥūna

Nepali १२) हामीले उनीहरू पुग्नुभन्दा अघि नै उसको निम्ति धाइआमाको दूध हराम (वर्जित) गरिदिएका थियौं अतः तिनले भनिन् कि के तिमीलाई यस्तो घरको ठेगाना बताउँ जसले कि तिम्रो निम्ति यस बालकको पालनपोषण गर्न सकोस् र यसको शुभचिन्तक पनि होस् ।

Verse 13

فَرَدَدْنَـٰهُ إِلَىٰٓ أُمِّهِۦ كَىْ تَقَرَّ عَيْنُهَا وَلَا تَحْزَنَ وَلِتَعْلَمَ أَنَّ وَعْدَ ٱللَّهِ حَقٌّ وَلَـٰكِنَّ أَكْثَرَهُمْ لَا يَعْلَمُونَ

Transliteration faradadnāhu ilā ummihi kay taqarra ʿaynuhā walā taḥzana walitaʿlama anna waʿda l-lahi ḥaqqun walākinna aktharahum lā yaʿlamūna

Nepali १३) यसप्रकार हामीले उसलाई उसकी आमातिर फर्काएर ल्यायौं, ताकि तिनका आँखाहरू शीतल होउन् र तिनी शोकाकुल नहोउन् र ताकि तिनले जानिहालुन् कि अल्लाहको वाचा सत्य छ, तर उनीहरूमध्ये अधिकांशले बुझ्दैनन् ।

Verse 14

وَلَمَّا بَلَغَ أَشُدَّهُۥ وَٱسْتَوَىٰٓ ءَاتَيْنَـٰهُ حُكْمًا وَعِلْمًا ۚ وَكَذَٰلِكَ نَجْزِى ٱلْمُحْسِنِينَ

Transliteration walammā balagha ashuddahu wa-is'tawā ātaynāhu ḥuk'man waʿil'man wakadhālika najzī l-muḥ'sinīna

Nepali १४) र जब मूसा तन्नेरी भए र पूर्णरूपले व्यस्कता प्राप्त गरिसके, तब हामीले उनलाई निर्णयशक्ति र ज्ञान प्रदान गर्यौं । सुकर्म गर्नेहरूलाई हामीले यस्तै प्रकारले पुरस्कृत गर्दछौं ।

Verse 15

وَدَخَلَ ٱلْمَدِينَةَ عَلَىٰ حِينِ غَفْلَةٍ مِّنْ أَهْلِهَا فَوَجَدَ فِيهَا رَجُلَيْنِ يَقْتَتِلَانِ هَـٰذَا مِن شِيعَتِهِۦ وَهَـٰذَا مِنْ عَدُوِّهِۦ ۖ فَٱسْتَغَـٰثَهُ ٱلَّذِى مِن شِيعَتِهِۦ عَلَى ٱلَّذِى مِنْ عَدُوِّهِۦ فَوَكَزَهُۥ مُوسَىٰ فَقَضَىٰ عَلَيْهِ ۖ قَالَ هَـٰذَا مِنْ عَمَلِ ٱلشَّيْطَـٰنِ ۖ إِنَّهُۥ عَدُوٌّ مُّضِلٌّ مُّبِينٌ

Transliteration wadakhala l-madīnata ʿalā ḥīni ghaflatin min ahlihā fawajada fīhā rajulayni yaqtatilāni hādhā min shīʿatihi wahādhā min ʿaduwwihi fa-is'taghāthahu alladhī min shīʿatihi ʿalā alladhī min ʿaduwwihi fawakazahu mūsā faqaḍā ʿalayhi qāla hādhā min ʿamali l-shayṭāni innahu ʿaduwwun muḍillun mubīnun

Nepali १५) र मूसा नगरमा यस्तो बेला प्रवेश गरे जबकि त्यहाँका मानसिहरू सचेत थिएनन् । त्यहाँ उनले देखे कि दुईजना मानिसहरू झगडा गरिरहेका थिए । एउटा त मूसाको जतिमध्येको थियो र अर्काे उनको दुश्मनमध्येको थियो । जुन व्यक्ति उनको जातिको थियो, त्यसले अर्काे व्यक्तिको मुकाबिलामा, जो मूसाको शत्रुमध्ये थियो, सहायता माँग्यो, तब उनले (मूसाले) उसलाई मुड्कीले प्रहार गरे र उसलाई मारिहाले । ‘‘मुसा’’ भन्नथालेः कि यो शैतानको कारवाही हो । निश्चय नै शैतान त स्पष्ट शत्रु र पथभ्रष्ट गर्नेवाला छ ।

Verse 16

قَالَ رَبِّ إِنِّى ظَلَمْتُ نَفْسِى فَٱغْفِرْ لِى فَغَفَرَ لَهُۥٓ ۚ إِنَّهُۥ هُوَ ٱلْغَفُورُ ٱلرَّحِيمُ

Transliteration qāla rabbi innī ẓalamtu nafsī fa-igh'fir lī faghafara lahu innahu huwa l-ghafūru l-raḥīmu

Nepali १६) उनले प्रार्थना गरे कि हे पालनकर्ता ! मैले स्वयं आफूमाथि अत्याचार गरें, अतः तिमीले मलाई क्षमा गरिदेऊ । तसर्थ अल्लाहले क्षमा गरिदियो । निश्चय नै अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।

Verse 17

قَالَ رَبِّ بِمَآ أَنْعَمْتَ عَلَىَّ فَلَنْ أَكُونَ ظَهِيرًا لِّلْمُجْرِمِينَ

Transliteration qāla rabbi bimā anʿamta ʿalayya falan akūna ẓahīran lil'muj'rimīna

Nepali १७) उनले भन्न थालेः कि हे मेरो स्वामी जसरी तिमीले ममाथि अनुकम्पा गरेका छौ, म कहिल्यै पनि कुनै अपराधीको सहायता गर्नेछैन ।

Verse 18

فَأَصْبَحَ فِى ٱلْمَدِينَةِ خَآئِفًا يَتَرَقَّبُ فَإِذَا ٱلَّذِى ٱسْتَنصَرَهُۥ بِٱلْأَمْسِ يَسْتَصْرِخُهُۥ ۚ قَالَ لَهُۥ مُوسَىٰٓ إِنَّكَ لَغَوِىٌّ مُّبِينٌ

Transliteration fa-aṣbaḥa fī l-madīnati khāifan yataraqqabu fa-idhā alladhī is'tanṣarahu bil-amsi yastaṣrikhuhu qāla lahu mūsā innaka laghawiyyun mubīnun

Nepali १८) अनि भोलिपल्ट बिहानै शहरमा डराउँदै खबर लिन प्रवेश गरे, एक्कासी हेर्नु भयो कि त्यही व्यक्ति जसले उनीसित सहायता चाहेको थियो, उनलाई पुकारिराखेको छ । मूसाले ऊसित भने कि तिमी त प्रत्यक्षरूपले मार्गविचलित छौ ।

Verse 19

فَلَمَّآ أَنْ أَرَادَ أَن يَبْطِشَ بِٱلَّذِى هُوَ عَدُوٌّ لَّهُمَا قَالَ يَـٰمُوسَىٰٓ أَتُرِيدُ أَن تَقْتُلَنِى كَمَا قَتَلْتَ نَفْسًۢا بِٱلْأَمْسِ ۖ إِن تُرِيدُ إِلَّآ أَن تَكُونَ جَبَّارًا فِى ٱلْأَرْضِ وَمَا تُرِيدُ أَن تَكُونَ مِنَ ٱلْمُصْلِحِينَ

Transliteration falammā an arāda an yabṭisha bi-alladhī huwa ʿaduwwun lahumā qāla yāmūsā aturīdu an taqtulanī kamā qatalta nafsan bil-amsi in turīdu illā an takūna jabbāran fī l-arḍi wamā turīdu an takūna mina l-muṣ'liḥīna

Nepali १९) फेरि जब मूसाले इच्छा गरे, कि त्यो व्यक्तिलाई, जुन कि उनी दुवैको शत्रु थियो, समातिहालुन्, तब त्यसले भन्न थाल्यो कि जुनप्रकारले हिजो तिमीले एउटा व्यक्तिलाई मारिहालेका थियौ, त्यसैप्रकार मलाई पनि मार्न चाहन्छौ । धरतीमा क्रूर अत्याचारी हुन चाहन्छौ र तिमी यो चाहँदैनौ कि सुधार गर्नेवाला बन ।

Verse 20

وَجَآءَ رَجُلٌ مِّنْ أَقْصَا ٱلْمَدِينَةِ يَسْعَىٰ قَالَ يَـٰمُوسَىٰٓ إِنَّ ٱلْمَلَأَ يَأْتَمِرُونَ بِكَ لِيَقْتُلُوكَ فَٱخْرُجْ إِنِّى لَكَ مِنَ ٱلنَّـٰصِحِينَ

Transliteration wajāa rajulun min aqṣā l-madīnati yasʿā qāla yāmūsā inna l-mala-a yatamirūna bika liyaqtulūka fa-ukh'ruj innī laka mina l-nāṣiḥīna

Nepali २०) (त्यसपश्चात) एउटा मानिस नगरको पल्लो छेउबाट दगुर्दै आयो र भन्यो कि हे मूसा नगरका प्रमुखहरू तिम्रो हत्याको विषयमा परामर्श गरिराखेका छन् । अतः तिमी छिटै भागिहाल, म तिम्रो हितैषी हूँ ।

Verse 21

فَخَرَجَ مِنْهَا خَآئِفًا يَتَرَقَّبُ ۖ قَالَ رَبِّ نَجِّنِى مِنَ ٱلْقَوْمِ ٱلظَّـٰلِمِينَ

Transliteration fakharaja min'hā khāifan yataraqqabu qāla rabbi najjinī mina l-qawmi l-ẓālimīna

Nepali २१) अनि मूसा त्यहाँबाट डराइ–डराइ निस्किहाले र प्रार्थना गर्नथालेः कि हे मेरो पालनहार ! मलाई अत्याचारीहरूबाट छुटकरा प्रदान गर ।

Verse 22

وَلَمَّا تَوَجَّهَ تِلْقَآءَ مَدْيَنَ قَالَ عَسَىٰ رَبِّىٓ أَن يَهْدِيَنِى سَوَآءَ ٱلسَّبِيلِ

Transliteration walammā tawajjaha til'qāa madyana qāla ʿasā rabbī an yahdiyanī sawāa l-sabīli

Nepali २२) र जब ‘‘मदयनतिर’’ ध्यान दिए तब भन्नथालेः कि आशा छ कि मेरो पालनकर्ताले मलाई सोझो बाटो देखाउनेछ ।

Verse 23

وَلَمَّا وَرَدَ مَآءَ مَدْيَنَ وَجَدَ عَلَيْهِ أُمَّةً مِّنَ ٱلنَّاسِ يَسْقُونَ وَوَجَدَ مِن دُونِهِمُ ٱمْرَأَتَيْنِ تَذُودَانِ ۖ قَالَ مَا خَطْبُكُمَا ۖ قَالَتَا لَا نَسْقِى حَتَّىٰ يُصْدِرَ ٱلرِّعَآءُ ۖ وَأَبُونَا شَيْخٌ كَبِيرٌ

Transliteration walammā warada māa madyana wajada ʿalayhi ummatan mina l-nāsi yasqūna wawajada min dūnihimu im'ra-atayni tadhūdāni qāla mā khaṭbukumā qālatā lā nasqī ḥattā yuṣ'dira l-riʿāu wa-abūnā shaykhun kabīrun

Nepali २३) जब ‘‘मदयनको’’ पानी भएको ठाउँमा पुगे त देखे, कि त्यहाँ मानिसहरू एकत्रित भएका छन् र (चौपायाहरूलाई) पानी खुवाइराखेका छन् ? र उनीहरूबाट पर एकातिर दुईवटा स्त्रीहरू आफ्ना चौपायाहरूलाई रोकेर उभेका छिन् । ‘‘मूसाले’’ सोधे तिम्रो के समस्या छ ? उनीहरूले भनिन् कि, हामी त्यसबेलासम्म पानी खुवाउन सक्दैनौं, जबसम्म यी गोठालाहरू आफ्ना जनावरहरू लग्दैनन् र हाम्रो बाबु धेरै उमेरको निकै वृद्ध छन् ।

Verse 24

فَسَقَىٰ لَهُمَا ثُمَّ تَوَلَّىٰٓ إِلَى ٱلظِّلِّ فَقَالَ رَبِّ إِنِّى لِمَآ أَنزَلْتَ إِلَىَّ مِنْ خَيْرٍ فَقِيرٌ

Transliteration fasaqā lahumā thumma tawallā ilā l-ẓili faqāla rabbi innī limā anzalta ilayya min khayrin faqīrun

Nepali २४) तब ‘‘मूसाले’’ स्वयम् उनीहरूको लागि पानी खुवाइदिए, अनि छायाँतिर गइहाले र भन्नथालेः कि हे पालनकर्ता ! तिमीले मेरो लागि जे जति कृपा प्रदान गर्दछौ मलाई त्यसको आवश्यकता छ ।

Verse 25

فَجَآءَتْهُ إِحْدَىٰهُمَا تَمْشِى عَلَى ٱسْتِحْيَآءٍ قَالَتْ إِنَّ أَبِى يَدْعُوكَ لِيَجْزِيَكَ أَجْرَ مَا سَقَيْتَ لَنَا ۚ فَلَمَّا جَآءَهُۥ وَقَصَّ عَلَيْهِ ٱلْقَصَصَ قَالَ لَا تَخَفْ ۖ نَجَوْتَ مِنَ ٱلْقَوْمِ ٱلظَّـٰلِمِينَ

Transliteration fajāathu iḥ'dāhumā tamshī ʿalā is'tiḥ'yāin qālat inna abī yadʿūka liyajziyaka ajra mā saqayta lanā falammā jāahu waqaṣṣa ʿalayhi l-qaṣaṣa qāla lā takhaf najawta mina l-qawmi l-ẓālimīna

Nepali २५) यतिकैमा ती दुवैमध्ये एउटी स्त्री लाज मान्दै ‘‘मूसाको’’ पासमा आई (र) भन्नथाली कि तपाईलाई मेरो पिताले बोलाउनुहुन्छ ताकि तपाईले जुन हाम्रो चौपायाहरूलाई पानी खुवाउनु भएको छ, त्यसको पारिश्रमिक देउन् । जब उनी उनको पासमा आए र उनीसित (आफ्नो) बृतान्त बर्णन गरे, त उनले भने, कि कुनै भय नमान । तिमीले अत्याचारीहरूबाट छुटकारा पाइसकेका छौ ।

Verse 26

قَالَتْ إِحْدَىٰهُمَا يَـٰٓأَبَتِ ٱسْتَـْٔجِرْهُ ۖ إِنَّ خَيْرَ مَنِ ٱسْتَـْٔجَرْتَ ٱلْقَوِىُّ ٱلْأَمِينُ

Transliteration qālat iḥ'dāhumā yāabati is'tajir'hu inna khayra mani is'tajarta l-qawiyu l-amīnu

Nepali २६) यी दुवैमध्ये एउटी स्त्रीले भनीः कि बुबा ! यिनलाई नोकरको रूपमा राखिहाल्नुस् । किन भने जसलाई तपाईं नोकरको रूपमा राख्नुहुुन्छ, राम्रो त्यही हो जो बलवान् र विश्वसनीय होस् ।

Verse 27

قَالَ إِنِّىٓ أُرِيدُ أَنْ أُنكِحَكَ إِحْدَى ٱبْنَتَىَّ هَـٰتَيْنِ عَلَىٰٓ أَن تَأْجُرَنِى ثَمَـٰنِىَ حِجَجٍ ۖ فَإِنْ أَتْمَمْتَ عَشْرًا فَمِنْ عِندِكَ ۖ وَمَآ أُرِيدُ أَنْ أَشُقَّ عَلَيْكَ ۚ سَتَجِدُنِىٓ إِن شَآءَ ٱللَّهُ مِنَ ٱلصَّـٰلِحِينَ

Transliteration qāla innī urīdu an unkiḥaka iḥ'dā ib'natayya hātayni ʿalā an tajuranī thamāniya ḥijajin fa-in atmamta ʿashran famin ʿindika wamā urīdu an ashuqqa ʿalayka satajidunī in shāa l-lahu mina l-ṣāliḥīna

Nepali २७) बृद्ध पुरुषले (मूसासित) भन्योः कि म चाहन्छु आफ्ना यी दुई छोरीहरूमध्ये एउटीसित तपाईको विहे गरिदेऊँ, यस शर्तमा कि तपाई आठ बर्षसम्म मेरो यहाँ कामकाज गर्नुस् र यदि दशसालसम्म काम पूरा गर्नुहुन्छ भने त्यो तपाईको तर्फबाट मलाई हो, म तपाईलाई धेरै कष्टमा पार्न चाहन्न, अल्लाहको इच्छा भए मलाई तपाई असल मानिसहरूमध्येको पाउनुहुनेछ ।

Verse 28

قَالَ ذَٰلِكَ بَيْنِى وَبَيْنَكَ ۖ أَيَّمَا ٱلْأَجَلَيْنِ قَضَيْتُ فَلَا عُدْوَٰنَ عَلَىَّ ۖ وَٱللَّهُ عَلَىٰ مَا نَقُولُ وَكِيلٌ

Transliteration qāla dhālika baynī wabaynaka ayyamā l-ajalayni qaḍaytu falā ʿud'wāna ʿalayya wal-lahu ʿalā mā naqūlu wakīlun

Nepali २८) मूसाले भने कि त्यसो भए यो कुरा मेरो र तपाईंको बीचमा निश्चित भइहाल्यो । मैले जुन पनि अवधि पूरा गरेमा, ममाथि कुनै अन्याय नहोस् । र हामीले जुन सम्झौता गर्दैछौं, अल्लाह त्यसको साक्षी छ र उही सबैको योजनाकार हो ।

Verse 29

۞ فَلَمَّا قَضَىٰ مُوسَى ٱلْأَجَلَ وَسَارَ بِأَهْلِهِۦٓ ءَانَسَ مِن جَانِبِ ٱلطُّورِ نَارًا قَالَ لِأَهْلِهِ ٱمْكُثُوٓا۟ إِنِّىٓ ءَانَسْتُ نَارًا لَّعَلِّىٓ ءَاتِيكُم مِّنْهَا بِخَبَرٍ أَوْ جَذْوَةٍ مِّنَ ٱلنَّارِ لَعَلَّكُمْ تَصْطَلُونَ

Transliteration falammā qaḍā mūsā l-ajala wasāra bi-ahlihi ānasa min jānibi l-ṭūri nāran qāla li-ahlihi um'kuthū innī ānastu nāran laʿallī ātīkum min'hā bikhabarin aw jadhwatin mina l-nāri laʿallakum taṣṭalūna

Nepali २९) अनि जब ‘‘मूसाले’’ आफ्नो अवधि पूरा गरे र आफ्नो घरवालालाई लिएर हिंडे त तूर पर्वततिरबाट आगो देखियो, अनि आफ्नो स्त्रीसित भने कि तिमी पर्ख मैले आगो देखेको छु, शायद म त्यहाँबाट केही खबर लिएर आऊँ वा आगोको डल्लो लिएर आऊँ ताकि तिमी आगो ताप ।

Verse 30

فَلَمَّآ أَتَىٰهَا نُودِىَ مِن شَـٰطِئِ ٱلْوَادِ ٱلْأَيْمَنِ فِى ٱلْبُقْعَةِ ٱلْمُبَـٰرَكَةِ مِنَ ٱلشَّجَرَةِ أَن يَـٰمُوسَىٰٓ إِنِّىٓ أَنَا ٱللَّهُ رَبُّ ٱلْعَـٰلَمِينَ

Transliteration falammā atāhā nūdiya min shāṭi-i l-wādi l-aymani fī l-buq'ʿati l-mubārakati mina l-shajarati an yāmūsā innī anā l-lahu rabbu l-ʿālamīna

Nepali ३०) अनि जब त्यहाँ पुगे, त यस शुभ मैदानको दायाँ किनारको एउटा वृक्षबाट आवाज आयोः कि हे मूसा ! म नै अल्लाह हूँ, सम्पूर्ण जगतको पालनकर्ता ।

Verse 31

وَأَنْ أَلْقِ عَصَاكَ ۖ فَلَمَّا رَءَاهَا تَهْتَزُّ كَأَنَّهَا جَآنٌّ وَلَّىٰ مُدْبِرًا وَلَمْ يُعَقِّبْ ۚ يَـٰمُوسَىٰٓ أَقْبِلْ وَلَا تَخَفْ ۖ إِنَّكَ مِنَ ٱلْـَٔامِنِينَ

Transliteration wa-an alqi ʿaṣāka falammā raāhā tahtazzu ka-annahā jānnun wallā mud'biran walam yuʿaqqib yāmūsā aqbil walā takhaf innaka mina l-āminīna

Nepali ३१) र (यो पनि अवाज आयो कि) आफ्नो लट्ठी फ्याँकिहाल जब देखेकि त्यो चलिराखेको छ, मानौं सर्प होस् तब पिठ्युँ फर्काई हिंडिदिए र पछि फर्केर पनि हेरेनन् । (हामीले भन्यौं कि) हे ‘‘मूसा’’ अगाडि़ आऊ र भय नगर निःसन्देह तिमी अमनमा छौ ।

Verse 32

ٱسْلُكْ يَدَكَ فِى جَيْبِكَ تَخْرُجْ بَيْضَآءَ مِنْ غَيْرِ سُوٓءٍ وَٱضْمُمْ إِلَيْكَ جَنَاحَكَ مِنَ ٱلرَّهْبِ ۖ فَذَٰنِكَ بُرْهَـٰنَانِ مِن رَّبِّكَ إِلَىٰ فِرْعَوْنَ وَمَلَإِي۟هِۦٓ ۚ إِنَّهُمْ كَانُوا۟ قَوْمًا فَـٰسِقِينَ

Transliteration us'luk yadaka fī jaybika takhruj bayḍāa min ghayri sūin wa-uḍ'mum ilayka janāḥaka mina l-rahbi fadhānika bur'hānāni min rabbika ilā fir'ʿawna wamala-ihi innahum kānū qawman fāsiqīna

Nepali ३२) र (यी पनि कि) आफ्नो हात बगलमा लग अनि बिना कुनै रोग चम्किलो रूपमा निस्कन्छ । र भयको बेला आफ्नो हातलाई आफूतिर खुम्च्याउनु । यी दुई निशानीहरू तिम्रो पालनकर्ताको तर्फबाट तिम्रो लागि हुन् । ‘‘फिरऔन’’ र उसका दरबारियाहरूको पासमा जाऊ । निश्चय नै उनीहरू धेरै अवज्ञाकारी मानिसहरू हुन् ।

Verse 33

قَالَ رَبِّ إِنِّى قَتَلْتُ مِنْهُمْ نَفْسًا فَأَخَافُ أَن يَقْتُلُونِ

Transliteration qāla rabbi innī qataltu min'hum nafsan fa-akhāfu an yaqtulūni

Nepali ३३) मूसाले भनेः हे पालनकर्ता ! उनीहरूको एउटा व्यक्तिको मैले हत्या गरिदिएको थिएँ, तसर्थ मलाई डर लाग्दछ कि उनीहरूले पनि मलाई मारिदिने छन् ।

Verse 34

وَأَخِى هَـٰرُونُ هُوَ أَفْصَحُ مِنِّى لِسَانًا فَأَرْسِلْهُ مَعِىَ رِدْءًا يُصَدِّقُنِىٓ ۖ إِنِّىٓ أَخَافُ أَن يُكَذِّبُونِ

Transliteration wa-akhī hārūnu huwa afṣaḥu minnī lisānan fa-arsil'hu maʿiya rid'an yuṣaddiqunī innī akhāfu an yukadhibūni

Nepali ३४) र ‘‘हारून’’ मेरो भाइको भाषा मभन्दा धेरै स्पष्ट छ । तसर्थ उसलाई पनि मेरो साथमा मेरो मद्दत गर्न पठाइदेऊ ताकि त्यसले मलाई सच्चा मानोस् । मलाई भय छ कि उनीहरूले मलाई असत्य भन्नेछन् ।

Verse 35

قَالَ سَنَشُدُّ عَضُدَكَ بِأَخِيكَ وَنَجْعَلُ لَكُمَا سُلْطَـٰنًا فَلَا يَصِلُونَ إِلَيْكُمَا ۚ بِـَٔايَـٰتِنَآ أَنتُمَا وَمَنِ ٱتَّبَعَكُمَا ٱلْغَـٰلِبُونَ

Transliteration qāla sanashuddu ʿaḍudaka bi-akhīka wanajʿalu lakumā sul'ṭānan falā yaṣilūna ilaykumā biāyātinā antumā wamani ittabaʿakumā l-ghālibūna

Nepali ३५) (अल्लाहले) भन्योः हामीले तिम्रो भाइको साथै तिम्रो हातलाई बलियो पार्नेछौं र तिमी दुवैलाई शक्ति प्रदान गर्नेछौं, हाम्रो निशनीहरूको कारणले उनीहरू तिमीसम्म पुग्न सक्ने छैनन् । तिमी र तिम्रा अनुयायीहरू नै अधिपत्य पाउनेछौ ।

Verse 36

فَلَمَّا جَآءَهُم مُّوسَىٰ بِـَٔايَـٰتِنَا بَيِّنَـٰتٍ قَالُوا۟ مَا هَـٰذَآ إِلَّا سِحْرٌ مُّفْتَرًى وَمَا سَمِعْنَا بِهَـٰذَا فِىٓ ءَابَآئِنَا ٱلْأَوَّلِينَ

Transliteration falammā jāahum mūsā biāyātinā bayyinātin qālū mā hādhā illā siḥ'run muf'taran wamā samiʿ'nā bihādhā fī ābāinā l-awalīna

Nepali ३६) यसरी जब ‘‘मूसा’’ उनको पासमा हाम्रा स्पष्ट निशानीहरू लिएर गए, तब उनीहरू भन्नथाले कि यो त बनावटी जादू हो, र यी (कुराहरू) हामीले आफ्नो बाबुबाजेको समयमा पनि कहिल्यै सुनेनौं ।

Verse 37

وَقَالَ مُوسَىٰ رَبِّىٓ أَعْلَمُ بِمَن جَآءَ بِٱلْهُدَىٰ مِنْ عِندِهِۦ وَمَن تَكُونُ لَهُۥ عَـٰقِبَةُ ٱلدَّارِ ۖ إِنَّهُۥ لَا يُفْلِحُ ٱلظَّـٰلِمُونَ

Transliteration waqāla mūsā rabbī aʿlamu biman jāa bil-hudā min ʿindihi waman takūnu lahu ʿāqibatu l-dāri innahu lā yuf'liḥu l-ẓālimūna

Nepali ३७) मूसाले भने कि मेरो पालनहारले त्यस व्यक्तिलाई राम्ररी जान्दछ जसले उसकहाँबाट मार्गदर्शन लिएर आएको छ र जसको लागि अन्तिम दिन राम्रो परिणाम हुनेछ । निश्चय नै अत्याचारीहरूको भलो हुनेछैन ।

Verse 38

وَقَالَ فِرْعَوْنُ يَـٰٓأَيُّهَا ٱلْمَلَأُ مَا عَلِمْتُ لَكُم مِّنْ إِلَـٰهٍ غَيْرِى فَأَوْقِدْ لِى يَـٰهَـٰمَـٰنُ عَلَى ٱلطِّينِ فَٱجْعَل لِّى صَرْحًا لَّعَلِّىٓ أَطَّلِعُ إِلَىٰٓ إِلَـٰهِ مُوسَىٰ وَإِنِّى لَأَظُنُّهُۥ مِنَ ٱلْكَـٰذِبِينَ

Transliteration waqāla fir'ʿawnu yāayyuhā l-mala-u mā ʿalim'tu lakum min ilāhin ghayrī fa-awqid lī yāhāmānu ʿalā l-ṭīni fa-ij'ʿal lī ṣarḥan laʿallī aṭṭaliʿu ilā ilāhi mūsā wa-innī la-aẓunnuhu mina l-kādhibīna

Nepali ३८) फिरऔनले भन्यो हे दरबारीयाहरू ! म त तिम्रो लागि आफू बाहेक कसैलाई रब (पालनकर्ता) जान्दिन, तसर्थ हे हामान ! मेरो निम्ति माटोलाई आगोबाट पोलेर त्यसबाट एउटा महल बनाऊ, ताकि म (त्यसबाट) मूसाको पालनकर्तातिर हेर्न सकूँ र म त यसलाई असत्य नै ठान्दैछु ।

Verse 39

وَٱسْتَكْبَرَ هُوَ وَجُنُودُهُۥ فِى ٱلْأَرْضِ بِغَيْرِ ٱلْحَقِّ وَظَنُّوٓا۟ أَنَّهُمْ إِلَيْنَا لَا يُرْجَعُونَ

Transliteration wa-is'takbara huwa wajunūduhu fī l-arḍi bighayri l-ḥaqi waẓannū annahum ilaynā lā yur'jaʿūna

Nepali ३९) उसले र उसको सेनाहरूले धरतीमा अनावश्यक घमण्ड गरे, र ठाने कि उनीहरूलाई हामीतिर फर्कनु छैन ।

Verse 40

فَأَخَذْنَـٰهُ وَجُنُودَهُۥ فَنَبَذْنَـٰهُمْ فِى ٱلْيَمِّ ۖ فَٱنظُرْ كَيْفَ كَانَ عَـٰقِبَةُ ٱلظَّـٰلِمِينَ

Transliteration fa-akhadhnāhu wajunūdahu fanabadhnāhum fī l-yami fa-unẓur kayfa kāna ʿāqibatu l-ẓālimīna

Nepali ४०) अन्ततः हामीले उसलाई र उसको सेनाहरूलाई समातिहाल्यौं र उनीहरूलाई गहिरो पानीमा फ्याँकिदियौं । अब हेरिहाल कि अत्याचारीहरूको कस्तो परिणाम भयो ।

Verse 41

وَجَعَلْنَـٰهُمْ أَئِمَّةً يَدْعُونَ إِلَى ٱلنَّارِ ۖ وَيَوْمَ ٱلْقِيَـٰمَةِ لَا يُنصَرُونَ

Transliteration wajaʿalnāhum a-immatan yadʿūna ilā l-nāri wayawma l-qiyāmati lā yunṣarūna

Nepali ४१) र हामीले उनीहरूलाई आगोतिर आह्वान गर्ने अगुवा बनाइदियौं र कियामतको दिन उनीहरूलाई कुनै सहायता प्राप्त हुनेछैन ।

Verse 42

وَأَتْبَعْنَـٰهُمْ فِى هَـٰذِهِ ٱلدُّنْيَا لَعْنَةً ۖ وَيَوْمَ ٱلْقِيَـٰمَةِ هُم مِّنَ ٱلْمَقْبُوحِينَ

Transliteration wa-atbaʿnāhum fī hādhihi l-dun'yā laʿnatan wayawma l-qiyāmati hum mina l-maqbūḥīna

Nepali ४२) र हामीले यस संसारमा पनि उनको पछाडि़ एउटा अभिशाप लगाइदियौँ र कियामतको दिन पनि उनी तिरस्कृत हुनेछन् ।

Verse 43

وَلَقَدْ ءَاتَيْنَا مُوسَى ٱلْكِتَـٰبَ مِنۢ بَعْدِ مَآ أَهْلَكْنَا ٱلْقُرُونَ ٱلْأُولَىٰ بَصَآئِرَ لِلنَّاسِ وَهُدًى وَرَحْمَةً لَّعَلَّهُمْ يَتَذَكَّرُونَ

Transliteration walaqad ātaynā mūsā l-kitāba min baʿdi mā ahlaknā l-qurūna l-ūlā baṣāira lilnnāsi wahudan waraḥmatan laʿallahum yatadhakkarūna

Nepali ४३) र पहिलाका जातिहरूलाई नष्ट गरिसकेपछि हामीले ‘‘मूसालाई’’ यस्तो किताब (तौरेत) प्रदान गर्यौं, जुन मानिसहरूको निम्ति मार्गदर्शन र दयास्वरूप भएर आएको थियो । ताकि तिनीहरूले शिक्षा प्राप्त गरुन् ।

Verse 44

وَمَا كُنتَ بِجَانِبِ ٱلْغَرْبِىِّ إِذْ قَضَيْنَآ إِلَىٰ مُوسَى ٱلْأَمْرَ وَمَا كُنتَ مِنَ ٱلشَّـٰهِدِينَ

Transliteration wamā kunta bijānibi l-gharbiyi idh qaḍaynā ilā mūsā l-amra wamā kunta mina l-shāhidīna

Nepali ४४) र जब हामीले ‘‘मूसातिर’’ (धर्मका) आदेश पठायौँ, तब तिमी (हे मुहम्मद) पश्चिमतिर थिएनौँ र नत तिमी देख्नेहरूमध्येको थियौ ।

Verse 45

وَلَـٰكِنَّآ أَنشَأْنَا قُرُونًا فَتَطَاوَلَ عَلَيْهِمُ ٱلْعُمُرُ ۚ وَمَا كُنتَ ثَاوِيًا فِىٓ أَهْلِ مَدْيَنَ تَتْلُوا۟ عَلَيْهِمْ ءَايَـٰتِنَا وَلَـٰكِنَّا كُنَّا مُرْسِلِينَ

Transliteration walākinnā anshanā qurūnan fataṭāwala ʿalayhimu l-ʿumuru wamā kunta thāwiyan fī ahli madyana tatlū ʿalayhim āyātinā walākinnā kunnā mur'silīna

Nepali ४५) तर हामीले (मूसापछि) कैयन् समूदायहरूको सृष्टि गर्यौं र उनीमाथि धेरै समय बित्यो । र न तिमी ‘‘मदयनवालाहरू’’ मध्येबाट थियौ कि तिनीहरूको समक्ष हाम्रो आयतहरू पढेर सुनाऔ । अपितु हामीले नै त पैगम्बरहरू पठाउनेवाला हौं ।

Verse 46

وَمَا كُنتَ بِجَانِبِ ٱلطُّورِ إِذْ نَادَيْنَا وَلَـٰكِن رَّحْمَةً مِّن رَّبِّكَ لِتُنذِرَ قَوْمًا مَّآ أَتَىٰهُم مِّن نَّذِيرٍ مِّن قَبْلِكَ لَعَلَّهُمْ يَتَذَكَّرُونَ

Transliteration wamā kunta bijānibi l-ṭūri idh nādaynā walākin raḥmatan min rabbika litundhira qawman mā atāhum min nadhīrin min qablika laʿallahum yatadhakkarūna

Nepali ४६) र नत तिमी तूरपर्वतको पासमा उपस्थित थियौ, जब हामीले आवाज दियौं । किन्तु यो तिम्रो पालनहारको तर्फबाट एउटा दयालुता हो, ताकि तिमीले त्यस्ता मानिसहरूलाई सचेत गरिहाल, जसको पासमा तिमीभन्दा अगाडि़को कोही सचेत गर्नेवाला आएन, आश्चर्य छैन कि उनीहरूले उपदेश हासिल गरुन् ।

Verse 47

وَلَوْلَآ أَن تُصِيبَهُم مُّصِيبَةٌۢ بِمَا قَدَّمَتْ أَيْدِيهِمْ فَيَقُولُوا۟ رَبَّنَا لَوْلَآ أَرْسَلْتَ إِلَيْنَا رَسُولًا فَنَتَّبِعَ ءَايَـٰتِكَ وَنَكُونَ مِنَ ٱلْمُؤْمِنِينَ

Transliteration walawlā an tuṣībahum muṣībatun bimā qaddamat aydīhim fayaqūlū rabbanā lawlā arsalta ilaynā rasūlan fanattabiʿa āyātika wanakūna mina l-mu'minīna

Nepali ४७) यदि उनीहरूले आफ्नै हातबाट आफ्नो अगाडीका कर्मलाई पठाएको कारण कुनै विपत्तिमा पर्ने कुरा नभएको भए उनीहरूले भन्ने थिए कि, हे पालनकर्ता ! तिमीले हामीतिर कुनै पैगम्बर किन पठाएनौ ? ताकि हामी तिम्रा आयतहरूको अनुशरण गथ्र्यौं र ईमानवालामध्ये हुन्थ्यौँ ।

Verse 48

فَلَمَّا جَآءَهُمُ ٱلْحَقُّ مِنْ عِندِنَا قَالُوا۟ لَوْلَآ أُوتِىَ مِثْلَ مَآ أُوتِىَ مُوسَىٰٓ ۚ أَوَلَمْ يَكْفُرُوا۟ بِمَآ أُوتِىَ مُوسَىٰ مِن قَبْلُ ۖ قَالُوا۟ سِحْرَانِ تَظَـٰهَرَا وَقَالُوٓا۟ إِنَّا بِكُلٍّ كَـٰفِرُونَ

Transliteration falammā jāahumu l-ḥaqu min ʿindinā qālū lawlā ūtiya mith'la mā ūtiya mūsā awalam yakfurū bimā ūtiya mūsā min qablu qālū siḥ'rāni taẓāharā waqālū innā bikullin kāfirūna

Nepali ४८) अनि जब उनीहरूको पासमा हामीकहाँबाट सत्य आइपुग्यो त उनीहरू भन्न थालेः कि जुन कुरो मूसालाई प्राप्त भएको थियो, त्यस्तो किन प्राप्त भएन ? त के जुन अघि मूसालाई दिइएको थियो, उनीहरूले त्यसमा कुफ्र गरेनन् ? स्पष्ट भनेका थिए कि यी दुवै जादूगर हुन् जुन एक अर्काको सहायता गर्दछन् र हामी त यिनीलाई इन्कार गर्दछौँ ।

Verse 49

قُلْ فَأْتُوا۟ بِكِتَـٰبٍ مِّنْ عِندِ ٱللَّهِ هُوَ أَهْدَىٰ مِنْهُمَآ أَتَّبِعْهُ إِن كُنتُمْ صَـٰدِقِينَ

Transliteration qul fatū bikitābin min ʿindi l-lahi huwa ahdā min'humā attabiʿ'hu in kuntum ṣādiqīna

Nepali ४९) भनिदिनुस्ः कि यदि तिमी साँचो हौ भने तिमीले पनि अल्लाहको तर्फबाट कुनै यस्तो किताब ल्याऊ, जुन यी दुवैभन्दा बढी मार्गदर्शन गर्नेवाला होस्, ताकि म पनि उसैको अनुयायी बनूँ ।

Verse 50

فَإِن لَّمْ يَسْتَجِيبُوا۟ لَكَ فَٱعْلَمْ أَنَّمَا يَتَّبِعُونَ أَهْوَآءَهُمْ ۚ وَمَنْ أَضَلُّ مِمَّنِ ٱتَّبَعَ هَوَىٰهُ بِغَيْرِ هُدًى مِّنَ ٱللَّهِ ۚ إِنَّ ٱللَّهَ لَا يَهْدِى ٱلْقَوْمَ ٱلظَّـٰلِمِينَ

Transliteration fa-in lam yastajībū laka fa-iʿ'lam annamā yattabiʿūna ahwāahum waman aḍallu mimmani ittabaʿa hawāhu bighayri hudan mina l-lahi inna l-laha lā yahdī l-qawma l-ẓālimīna

Nepali ५०) अनि यदि यिनीहरूले तिम्रो कुरा स्वीकार गर्दैनन् भने तिमीले यो विश्वास गर कि यिनीहरू मात्र आफ्ना इच्छाहरूको अनुशरण गर्दैछन् र उसभन्दा धेरै मार्गविचलित को हुन्सक्छ ? जसले अल्लाहको मार्गदर्शन छोडेर आफ्नो इच्छाकोपछि हिंडेको छ । निःसन्देह अल्लाहले अत्याचारीहरूलाई मार्गदर्शन गर्दैन ।

Verse 51

۞ وَلَقَدْ وَصَّلْنَا لَهُمُ ٱلْقَوْلَ لَعَلَّهُمْ يَتَذَكَّرُونَ

Transliteration walaqad waṣṣalnā lahumu l-qawla laʿallahum yatadhakkarūna

Nepali ५१) र हामीले एकपछि अर्काे निरन्तररूपले उनीहरूको मार्गदर्शनको लागि आफ्ना कुराहरू (वाणी) पठाउँदै गरेका हौं, ताकि शिक्षा हासिल गरुन् ।

Verse 52

ٱلَّذِينَ ءَاتَيْنَـٰهُمُ ٱلْكِتَـٰبَ مِن قَبْلِهِۦ هُم بِهِۦ يُؤْمِنُونَ

Transliteration alladhīna ātaynāhumu l-kitāba min qablihi hum bihi yu'minūna

Nepali ५२) जुन मानिसहरूलाई हामीले यसभन्दा अगाडि़ किताब प्रदान गरेका थियौं, उनीहरूले त यसमाथि पनि विश्वास गर्दछन् ।

Verse 53

وَإِذَا يُتْلَىٰ عَلَيْهِمْ قَالُوٓا۟ ءَامَنَّا بِهِۦٓ إِنَّهُ ٱلْحَقُّ مِن رَّبِّنَآ إِنَّا كُنَّا مِن قَبْلِهِۦ مُسْلِمِينَ

Transliteration wa-idhā yut'lā ʿalayhim qālū āmannā bihi innahu l-ḥaqu min rabbinā innā kunnā min qablihi mus'limīna

Nepali ५३) र जब यसका आयतहरू उनीहरूलाई पढेर सुनाइन्छ तब भन्दछन्ः कि हामीले यसमा आस्था राख्दछौं । निश्चय नै यो सत्य छ, हाम्रो पालनकर्ताको तर्फबाट हो । हामी त यसभन्दा अगाडि़देखि नै आज्ञाकारी हौं ।

Verse 54

أُو۟لَـٰٓئِكَ يُؤْتَوْنَ أَجْرَهُم مَّرَّتَيْنِ بِمَا صَبَرُوا۟ وَيَدْرَءُونَ بِٱلْحَسَنَةِ ٱلسَّيِّئَةَ وَمِمَّا رَزَقْنَـٰهُمْ يُنفِقُونَ

Transliteration ulāika yu'tawna ajrahum marratayni bimā ṣabarū wayadraūna bil-ḥasanati l-sayi-ata wamimmā razaqnāhum yunfiqūna

Nepali ५४) यी मानिसलाई यिनीहरूले गरेको संयमको दुईगुणा प्रतिफल दिइनेछ । किनभने यिनीहरूले असल कर्मबाट नराम्रो कुरालाई हटाउँदै गर्दछन् र जुन हामीले उनीहरूलाई दिएका छौं, त्यसबाट दान गर्ने गर्दछन् ।

Verse 55

وَإِذَا سَمِعُوا۟ ٱللَّغْوَ أَعْرَضُوا۟ عَنْهُ وَقَالُوا۟ لَنَآ أَعْمَـٰلُنَا وَلَكُمْ أَعْمَـٰلُكُمْ سَلَـٰمٌ عَلَيْكُمْ لَا نَبْتَغِى ٱلْجَـٰهِلِينَ

Transliteration wa-idhā samiʿū l-laghwa aʿraḍū ʿanhu waqālū lanā aʿmālunā walakum aʿmālukum salāmun ʿalaykum lā nabtaghī l-jāhilīna

Nepali ५५) र जब उनीहरूले व्यर्थको कुरा सुन्दछन् तब त्यसबाट अलग भइहाल्छन् र भन्दछन् कि हाम्रो निम्ति हाम्रा कर्महरू छन् र तिम्रा निम्ति तिम्रा कर्महरू छन् । तिमीलाई सलाम (शान्ति) होस्, हामीले अज्ञानहरूसंग विवाद गर्न चाहँदैनौं ।

Verse 56

إِنَّكَ لَا تَهْدِى مَنْ أَحْبَبْتَ وَلَـٰكِنَّ ٱللَّهَ يَهْدِى مَن يَشَآءُ ۚ وَهُوَ أَعْلَمُ بِٱلْمُهْتَدِينَ

Transliteration innaka lā tahdī man aḥbabta walākinna l-laha yahdī man yashāu wahuwa aʿlamu bil-muh'tadīna

Nepali ५६) (हे मुहम्मद !) तपाई आफूले चाहेको व्यक्तिलाई मार्गदर्शन गर्न सक्दैनौ तर अल्लाहले जसलाई चाहन्छ, मार्गदर्शन गर्दछ, र उसले मार्गदर्शन पाउनेहरूलाई राम्ररी जान्दछ ।

Verse 57

وَقَالُوٓا۟ إِن نَّتَّبِعِ ٱلْهُدَىٰ مَعَكَ نُتَخَطَّفْ مِنْ أَرْضِنَآ ۚ أَوَلَمْ نُمَكِّن لَّهُمْ حَرَمًا ءَامِنًا يُجْبَىٰٓ إِلَيْهِ ثَمَرَٰتُ كُلِّ شَىْءٍ رِّزْقًا مِّن لَّدُنَّا وَلَـٰكِنَّ أَكْثَرَهُمْ لَا يَعْلَمُونَ

Transliteration waqālū in nattabiʿi l-hudā maʿaka nutakhaṭṭaf min arḍinā awalam numakkin lahum ḥaraman āminan yuj'bā ilayhi thamarātu kulli shayin riz'qan min ladunnā walākinna aktharahum lā yaʿlamūna

Nepali ५७) उनीहरूले भन्दछन्ः कि यदि हामी तपाईको साथमा यस मार्गदर्शनको अनुशरण गर्दछौं भने आफ्नो भू–भागबाट अपहरित गरिहालिनेछौं । के खतराहरूबाट सुरक्षित शन्तिपूर्ण हरम (मक्का) मा हामीले उनीहरूलाई शरण दिएनौं, जहाँ हरेक प्रकारको जीविका पुर्याइन्छ र यो जीविका हाम्रो तर्फबाट हो, तर उनीहरूमध्ये धेरैले बुझ्दैनन् ।

Verse 58

وَكَمْ أَهْلَكْنَا مِن قَرْيَةٍۭ بَطِرَتْ مَعِيشَتَهَا ۖ فَتِلْكَ مَسَـٰكِنُهُمْ لَمْ تُسْكَن مِّنۢ بَعْدِهِمْ إِلَّا قَلِيلًا ۖ وَكُنَّا نَحْنُ ٱلْوَٰرِثِينَ

Transliteration wakam ahlaknā min qaryatin baṭirat maʿīshatahā fatil'ka masākinuhum lam tus'kan min baʿdihim illā qalīlan wakunnā naḥnu l-wārithīna

Nepali ५८) र हामीले धेरै त्यस्ता बस्तीहरूलाई नष्ट गरिहाल्यौं, जसले आफ्नो मौज मस्तीमा घमण्ड गर्न लागेका थिए । यी तिनीहरूका बस्ने घर हुन् जो उनी पश्चात् अति थोरै आबाद हुनसके र अन्ततः हामी नै हौं सबैको स्वामी ।

Verse 59

وَمَا كَانَ رَبُّكَ مُهْلِكَ ٱلْقُرَىٰ حَتَّىٰ يَبْعَثَ فِىٓ أُمِّهَا رَسُولًا يَتْلُوا۟ عَلَيْهِمْ ءَايَـٰتِنَا ۚ وَمَا كُنَّا مُهْلِكِى ٱلْقُرَىٰٓ إِلَّا وَأَهْلُهَا ظَـٰلِمُونَ

Transliteration wamā kāna rabbuka muh'lika l-qurā ḥattā yabʿatha fī ummihā rasūlan yatlū ʿalayhim āyātinā wamā kunnā muh'likī l-qurā illā wa-ahluhā ẓālimūna

Nepali ५९) र तपाईको पालनकर्ताले कुनै बस्तीलाई नष्ट गर्दैन जबसम्मकि उनको कुनै ठूलो बस्तीमा कुनै संदेष्टा नपठाइहालोस्, जसले उनीहरूलाई हाम्रा आयतहरू पढेर सुनाओस् र हामीले बस्तीहरूलाई त्यसै बेला नष्ट गर्दछौं, जबकि त्यहाँका बासिन्दाहरू अत्याचारी नै भइहालुन् ।

Verse 60

وَمَآ أُوتِيتُم مِّن شَىْءٍ فَمَتَـٰعُ ٱلْحَيَوٰةِ ٱلدُّنْيَا وَزِينَتُهَا ۚ وَمَا عِندَ ٱللَّهِ خَيْرٌ وَأَبْقَىٰٓ ۚ أَفَلَا تَعْقِلُونَ

Transliteration wamā ūtītum min shayin famatāʿu l-ḥayati l-dun'yā wazīnatuhā wamā ʿinda l-lahi khayrun wa-abqā afalā taʿqilūna

Nepali ६०) र तिमीलाई जे जति प्रदान गरिएको छ त्यो त सांसारिक जीवनको सामग्री र त्यसको शोभा मात्र हो । र जे जति अल्लाहको पासमा छ त्यो उत्तम र दीर्घकालसम्म रहनेवाला छ । के तिमीले बुझ्दैनौ ?

Verse 61

أَفَمَن وَعَدْنَـٰهُ وَعْدًا حَسَنًا فَهُوَ لَـٰقِيهِ كَمَن مَّتَّعْنَـٰهُ مَتَـٰعَ ٱلْحَيَوٰةِ ٱلدُّنْيَا ثُمَّ هُوَ يَوْمَ ٱلْقِيَـٰمَةِ مِنَ ٱلْمُحْضَرِينَ

Transliteration afaman waʿadnāhu waʿdan ḥasanan fahuwa lāqīhi kaman mattaʿnāhu matāʿa l-ḥayati l-dun'yā thumma huwa yawma l-qiyāmati mina l-muḥ'ḍarīna

Nepali ६१) के त्यो व्यक्ति जोसँग हामीले राम्रो वाचा गरेका छौं र त्यसलाई उसले प्राप्त पनि गर्नेवाला छ, त्यस मानिस सरह हुनसक्छ जसलाई हामीले मात्र सांसारिक जीवनका सामग्री प्रदान गरेका छौं ? अनि त्यो कियामतको दिन (समातिएर) पेश गरिनेछ ।

Verse 62

وَيَوْمَ يُنَادِيهِمْ فَيَقُولُ أَيْنَ شُرَكَآءِىَ ٱلَّذِينَ كُنتُمْ تَزْعُمُونَ

Transliteration wayawma yunādīhim fayaqūlu ayna shurakāiya alladhīna kuntum tazʿumūna

Nepali ६२) र जुन दिन अल्लाहले उनीहरूलाई बोलाएर सोध्नेछ, कि तिमीहरू आफूले ठानेको मेरा साझेदारहरू कहाँ छन् ?

Verse 63

قَالَ ٱلَّذِينَ حَقَّ عَلَيْهِمُ ٱلْقَوْلُ رَبَّنَا هَـٰٓؤُلَآءِ ٱلَّذِينَ أَغْوَيْنَآ أَغْوَيْنَـٰهُمْ كَمَا غَوَيْنَا ۖ تَبَرَّأْنَآ إِلَيْكَ ۖ مَا كَانُوٓا۟ إِيَّانَا يَعْبُدُونَ

Transliteration qāla alladhīna ḥaqqa ʿalayhimu l-qawlu rabbanā hāulāi alladhīna aghwaynā aghwaynāhum kamā ghawaynā tabarranā ilayka mā kānū iyyānā yaʿbudūna

Nepali ६३) जुन मानिसहरूमाथि आदेश प्रमाणित भइसकेको हुनेछ, उनीहरूले जवाफ दिने छन्ः कि हे हाम्रो पालनकर्ता ! यी तीनै हुन्, जसलाई हामीले मार्गविचलित गरेका थियौं । हामी त्यस्तै उनीहरूलाई पथविचलित गरेका थिएँ जसरी हामी आफै पथभ्रष्ट थियौं । हामीले तिम्रो सम्मुख आफ्नो कुरा स्पष्ट गरिदियौं, कि यिनीहरूसित हाम्रो कुनै सम्बन्ध छैन र यिनीहरूले हामीलाई पूजा गर्दैनथे ।

Verse 64

وَقِيلَ ٱدْعُوا۟ شُرَكَآءَكُمْ فَدَعَوْهُمْ فَلَمْ يَسْتَجِيبُوا۟ لَهُمْ وَرَأَوُا۟ ٱلْعَذَابَ ۚ لَوْ أَنَّهُمْ كَانُوا۟ يَهْتَدُونَ

Transliteration waqīla id'ʿū shurakāakum fadaʿawhum falam yastajībū lahum wara-awū l-ʿadhāba law annahum kānū yahtadūna

Nepali ६४) र भनिनेछः कि आफ्ना साझेदारहरूलाई बोलाऊ, उनीहरूले तिनीहरूलाई बोलाउनेछन् तर तिनीहरूले उनीहरूको कुनै उत्तर दिने छैनन् र सबै सजाय देख्नेछन्, यिनीहरूले मार्गदर्शन प्राप्त भएको भए कति राम्रो हुने थियो ।

Verse 65

وَيَوْمَ يُنَادِيهِمْ فَيَقُولُ مَاذَآ أَجَبْتُمُ ٱلْمُرْسَلِينَ

Transliteration wayawma yunādīhim fayaqūlu mādhā ajabtumu l-mur'salīna

Nepali ६५) र जुन दिन उनीहरूलाई बोलाएर सोध्नेछः कि तिमीहरूले पैगम्बरहरूलाई के जवाफ दियौ ?

Verse 66

فَعَمِيَتْ عَلَيْهِمُ ٱلْأَنۢبَآءُ يَوْمَئِذٍ فَهُمْ لَا يَتَسَآءَلُونَ

Transliteration faʿamiyat ʿalayhimu l-anbāu yawma-idhin fahum lā yatasāalūna

Nepali ६६) त्यस दिन उनीहरूले कुनैतर्क गर्नसक्ने छैनन्, अनि उनीहरू आपसमा पनि सोधपूछ गर्ने छैनन् ।

Verse 67

فَأَمَّا مَن تَابَ وَءَامَنَ وَعَمِلَ صَـٰلِحًا فَعَسَىٰٓ أَن يَكُونَ مِنَ ٱلْمُفْلِحِينَ

Transliteration fa-ammā man tāba waāmana waʿamila ṣāliḥan faʿasā an yakūna mina l-muf'liḥīna

Nepali ६७) हो, जसले तौबा गरिहाल्यो र ईमान ल्यायो र असल कर्म गर्यो त निश्चित छ कि त्यो मुक्ति पाउनेहरूमध्येको हुनेछ ।

Verse 68

وَرَبُّكَ يَخْلُقُ مَا يَشَآءُ وَيَخْتَارُ ۗ مَا كَانَ لَهُمُ ٱلْخِيَرَةُ ۚ سُبْحَـٰنَ ٱللَّهِ وَتَعَـٰلَىٰ عَمَّا يُشْرِكُونَ

Transliteration warabbuka yakhluqu mā yashāu wayakhtāru mā kāna lahumu l-khiyaratu sub'ḥāna l-lahi wataʿālā ʿammā yush'rikūna

Nepali ६८) र तपाईको पालनकर्ताले जे चाहन्छ, सृष्टि गर्दछ र जसलाई चाहन्छ रोज्दछ । उनीहरूमध्ये कसैलाई कुनै अधिकार प्राप्त छैन । अल्लाहकै लागि पवित्रता छ, ऊ ती सबैभन्दा महान र उच्च छ, जसलाई उनीहरूले साझेदार मान्दछन् ।

Verse 69

وَرَبُّكَ يَعْلَمُ مَا تُكِنُّ صُدُورُهُمْ وَمَا يُعْلِنُونَ

Transliteration warabbuka yaʿlamu mā tukinnu ṣudūruhum wamā yuʿ'linūna

Nepali ६९) तपाईको पालनकर्ताले त्यो सबै जान्दछ, जुन उनीहरूका मनमा लुकेका हुन्छन् र जे जति उनीहरूले बाहिर व्यक्त गर्दछन्

Verse 70

وَهُوَ ٱللَّهُ لَآ إِلَـٰهَ إِلَّا هُوَ ۖ لَهُ ٱلْحَمْدُ فِى ٱلْأُولَىٰ وَٱلْـَٔاخِرَةِ ۖ وَلَهُ ٱلْحُكْمُ وَإِلَيْهِ تُرْجَعُونَ

Transliteration wahuwa l-lahu lā ilāha illā huwa lahu l-ḥamdu fī l-ūlā wal-ākhirati walahu l-ḥuk'mu wa-ilayhi tur'jaʿūna

Nepali ७०) उही अल्लाह हो, उसबाहेक कोही पूजाको योग्य छैन । यस संसार र परलोकमा सम्पूर्ण प्रशंसा उसैको लागि छ । र उही सर्वाधिपति हो र उसैतिर तिमीहरू फर्केर जानेछौ ।

Verse 71

قُلْ أَرَءَيْتُمْ إِن جَعَلَ ٱللَّهُ عَلَيْكُمُ ٱلَّيْلَ سَرْمَدًا إِلَىٰ يَوْمِ ٱلْقِيَـٰمَةِ مَنْ إِلَـٰهٌ غَيْرُ ٱللَّهِ يَأْتِيكُم بِضِيَآءٍ ۖ أَفَلَا تَسْمَعُونَ

Transliteration qul ara-aytum in jaʿala l-lahu ʿalaykumu al-layla sarmadan ilā yawmi l-qiyāmati man ilāhun ghayru l-lahi yatīkum biḍiyāin afalā tasmaʿūna

Nepali ७१) भन्नुस्ः कि तिमीले विचार त गर कि यदि अल्लाहले कियामतको दिनसम्म सधैंको लागि तिमीलाई अँध्यारो गरिदियो भने अल्लाह बाहेक अर्को कोही पूजनीय छ, जसले तिमीलाई दिनको प्रकाश ल्याइदिनेछ, के तिमी सुन्दैनौ ?

Verse 72

قُلْ أَرَءَيْتُمْ إِن جَعَلَ ٱللَّهُ عَلَيْكُمُ ٱلنَّهَارَ سَرْمَدًا إِلَىٰ يَوْمِ ٱلْقِيَـٰمَةِ مَنْ إِلَـٰهٌ غَيْرُ ٱللَّهِ يَأْتِيكُم بِلَيْلٍ تَسْكُنُونَ فِيهِ ۖ أَفَلَا تُبْصِرُونَ

Transliteration qul ara-aytum in jaʿala l-lahu ʿalaykumu l-nahāra sarmadan ilā yawmi l-qiyāmati man ilāhun ghayru l-lahi yatīkum bilaylin taskunūna fīhi afalā tub'ṣirūna

Nepali ७२) भन्नुस्ः कि के तिमीले विचार गर्यौ ? यदि अल्लाहले कियामतको दिनसम्म सधैंको निम्ति तिम्रो लागि दिन गरिदिएको भए के अल्लाह बाहेक अर्को कोही पूजनीय छ जसले तिम्रो निम्ति रात ल्याइदेओस्, जसमा तिमीले विश्राम प्राप्त गर्दछौ ? के तिमी देख्दैनौं ?

Verse 73

وَمِن رَّحْمَتِهِۦ جَعَلَ لَكُمُ ٱلَّيْلَ وَٱلنَّهَارَ لِتَسْكُنُوا۟ فِيهِ وَلِتَبْتَغُوا۟ مِن فَضْلِهِۦ وَلَعَلَّكُمْ تَشْكُرُونَ

Transliteration wamin raḥmatihi jaʿala lakumu al-layla wal-nahāra litaskunū fīhi walitabtaghū min faḍlihi walaʿallakum tashkurūna

Nepali ७३) उसैले त आफ्नो दयालुताले तिम्रो निम्ति रात र दिन बनायो, ताकि तिमीले रातमा विश्राम प्राप्त गर र दिनमा उसले दिएको रोजी (जीविका) खोज, ताकि तिमीले कृतज्ञता व्यक्त गर ।

Verse 74

وَيَوْمَ يُنَادِيهِمْ فَيَقُولُ أَيْنَ شُرَكَآءِىَ ٱلَّذِينَ كُنتُمْ تَزْعُمُونَ

Transliteration wayawma yunādīhim fayaqūlu ayna shurakāiya alladhīna kuntum tazʿumūna

Nepali ७४) र जुन दिन उसले तिनीहरूलाई बोलाएर सोध्नेछः कि मेरो ती साझेदारहरू, जसको बारेमा तिमीले दावी गथ्र्यौ, कहाँ छन् ?

Verse 75

وَنَزَعْنَا مِن كُلِّ أُمَّةٍ شَهِيدًا فَقُلْنَا هَاتُوا۟ بُرْهَـٰنَكُمْ فَعَلِمُوٓا۟ أَنَّ ٱلْحَقَّ لِلَّهِ وَضَلَّ عَنْهُم مَّا كَانُوا۟ يَفْتَرُونَ

Transliteration wanazaʿnā min kulli ummatin shahīdan faqul'nā hātū bur'hānakum faʿalimū anna l-ḥaqa lillahi waḍalla ʿanhum mā kānū yaftarūna

Nepali ७५) र हामीले प्रत्येक समुदायहरूबाट एउटा साक्षी निकाल्नेछौं र भन्नेछौं कि आफ्नो प्रमाण प्रस्तुत गर त्यतिखेर उनीहरूले थाहा पाइहाल्नेछन् कि सत्य कुरा अल्लाहकै लागि हो र जे जति उनीहरूले झूठो कुरा रच्दथे, ती सबै उनीहरूबाट हराइहाल्नेछ ।’’

Verse 76

۞ إِنَّ قَـٰرُونَ كَانَ مِن قَوْمِ مُوسَىٰ فَبَغَىٰ عَلَيْهِمْ ۖ وَءَاتَيْنَـٰهُ مِنَ ٱلْكُنُوزِ مَآ إِنَّ مَفَاتِحَهُۥ لَتَنُوٓأُ بِٱلْعُصْبَةِ أُو۟لِى ٱلْقُوَّةِ إِذْ قَالَ لَهُۥ قَوْمُهُۥ لَا تَفْرَحْ ۖ إِنَّ ٱللَّهَ لَا يُحِبُّ ٱلْفَرِحِينَ

Transliteration inna qārūna kāna min qawmi mūsā fabaghā ʿalayhim waātaynāhu mina l-kunūzi mā inna mafātiḥahu latanūu bil-ʿuṣ'bati ulī l-quwati idh qāla lahu qawmuhu lā tafraḥ inna l-laha lā yuḥibbu l-fariḥīna

Nepali ७६) निश्चय नै ‘‘कारून’’ मुसाको कौममध्येको थियो, तर उसले उनको विरुद्ध अत्याचार गर्न थालेको थियो । र हामीले उसलाई यति खजाना दिएका थियौं कि त्यसको साँचोहरू अनेक वलशालीहरूका लागि पनि उचाल्न गाह्रो थियो । एकचोटी जब उससित उसको समूहका मानिसले भने कि उन्मत नहोऊ किनभने अल्लाहले उन्मादीहरूलाई रुचाउँदैनन् ।

Verse 77

وَٱبْتَغِ فِيمَآ ءَاتَىٰكَ ٱللَّهُ ٱلدَّارَ ٱلْـَٔاخِرَةَ ۖ وَلَا تَنسَ نَصِيبَكَ مِنَ ٱلدُّنْيَا ۖ وَأَحْسِن كَمَآ أَحْسَنَ ٱللَّهُ إِلَيْكَ ۖ وَلَا تَبْغِ ٱلْفَسَادَ فِى ٱلْأَرْضِ ۖ إِنَّ ٱللَّهَ لَا يُحِبُّ ٱلْمُفْسِدِينَ

Transliteration wa-ib'taghi fīmā ātāka l-lahu l-dāra l-ākhirata walā tansa naṣībaka mina l-dun'yā wa-aḥsin kamā aḥsana l-lahu ilayka walā tabghi l-fasāda fī l-arḍi inna l-laha lā yuḥibbu l-muf'sidīna

Nepali ७७) र जुन (सम्पत्ति) तिमीलाई अल्लाहले प्रदान गरेको छ, त्यसबाट आखिरतको घरको निर्माण गर र संसारिक भाग पनि नबिर्स, र जस्तो कि अल्लाहले तिमीलाई भलो गरेको छ तिमी पनि राम्रो व्यवहार गर र धरतीमा उपद्रव नचाह किनभने अल्लाह उपद्रवीहरूलाई मनपराउँदैन ।

Verse 78

قَالَ إِنَّمَآ أُوتِيتُهُۥ عَلَىٰ عِلْمٍ عِندِىٓ ۚ أَوَلَمْ يَعْلَمْ أَنَّ ٱللَّهَ قَدْ أَهْلَكَ مِن قَبْلِهِۦ مِنَ ٱلْقُرُونِ مَنْ هُوَ أَشَدُّ مِنْهُ قُوَّةً وَأَكْثَرُ جَمْعًا ۚ وَلَا يُسْـَٔلُ عَن ذُنُوبِهِمُ ٱلْمُجْرِمُونَ

Transliteration qāla innamā ūtītuhu ʿalā ʿil'min ʿindī awalam yaʿlam anna l-laha qad ahlaka min qablihi mina l-qurūni man huwa ashaddu min'hu quwwatan wa-aktharu jamʿan walā yus'alu ʿan dhunūbihimu l-muj'rimūna

Nepali ७८) उसले भन्योः मलाई त यी सबै मेरो आफ्नो व्यक्तिगत ज्ञानको कारण प्राप्त भएको छ । के उसलाई थाहा छैन, कि अल्लाहले उसभन्दा अगाडि कैयन् बस्तीहरूलाई नष्ट गरिसकेको छ, जो शक्तिमा उसभन्दा बढी र उसभन्दा अधिक धन सम्पतिवाला थिए ? र अपराधीहरूसित त उनको अपराधहरूको बारेमा यस्तो बेला सोधपूछ गरिदैन ।

Verse 79

فَخَرَجَ عَلَىٰ قَوْمِهِۦ فِى زِينَتِهِۦ ۖ قَالَ ٱلَّذِينَ يُرِيدُونَ ٱلْحَيَوٰةَ ٱلدُّنْيَا يَـٰلَيْتَ لَنَا مِثْلَ مَآ أُوتِىَ قَـٰرُونُ إِنَّهُۥ لَذُو حَظٍّ عَظِيمٍ

Transliteration fakharaja ʿalā qawmihi fī zīnatihi qāla alladhīna yurīdūna l-ḥayata l-dun'yā yālayta lanā mith'la mā ūtiya qārūnu innahu ladhū ḥaẓẓin ʿaẓīmin

Nepali ७९) अनि कारून आफ्नो कौमको अगाडि पूरै सजधजको साथ निस्क्यो, त सांसारिक जीवन रुचाउनेहरूले भन्नथालेः कि ‘‘कारूनले’’ पाएको जस्तो हामीले पनि पाएको भए राम्रो हुने थियो, यो त बडो भाग्यमानी रहेछ ।

Verse 80

وَقَالَ ٱلَّذِينَ أُوتُوا۟ ٱلْعِلْمَ وَيْلَكُمْ ثَوَابُ ٱللَّهِ خَيْرٌ لِّمَنْ ءَامَنَ وَعَمِلَ صَـٰلِحًا وَلَا يُلَقَّىٰهَآ إِلَّا ٱلصَّـٰبِرُونَ

Transliteration waqāla alladhīna ūtū l-ʿil'ma waylakum thawābu l-lahi khayrun liman āmana waʿamila ṣāliḥan walā yulaqqāhā illā l-ṣābirūna

Nepali ८०) तर ज्ञानीहरूले तिनीहरूलाई सम्झाउनथाले कि असल मानिसहरूको निम्ति, जसले ईमान ल्याए र असल कर्म गरे अल्लाहकहाँ जुन प्रतिफल छ, त्यो नै राम्रो छ । यो कुरा धैर्यवान्हरूको हृदयमा मात्र स्थापित हुने गर्दछ ।

Verse 81

فَخَسَفْنَا بِهِۦ وَبِدَارِهِ ٱلْأَرْضَ فَمَا كَانَ لَهُۥ مِن فِئَةٍ يَنصُرُونَهُۥ مِن دُونِ ٱللَّهِ وَمَا كَانَ مِنَ ٱلْمُنتَصِرِينَ

Transliteration fakhasafnā bihi wabidārihi l-arḍa famā kāna lahu min fi-atin yanṣurūnahu min dūni l-lahi wamā kāna mina l-muntaṣirīna

Nepali ८१) अन्ततः हामीले उसको महलसंगै उसलाई धरतीमा धँसाइदियौं अनि अल्लाह बाहेक कुनै समुदाय उसको मद्दतको लागि तयार हुन सकेन र नत उसले आफ्नो रक्षा आफै गर्न सक्यो ।

Verse 82

وَأَصْبَحَ ٱلَّذِينَ تَمَنَّوْا۟ مَكَانَهُۥ بِٱلْأَمْسِ يَقُولُونَ وَيْكَأَنَّ ٱللَّهَ يَبْسُطُ ٱلرِّزْقَ لِمَن يَشَآءُ مِنْ عِبَادِهِۦ وَيَقْدِرُ ۖ لَوْلَآ أَن مَّنَّ ٱللَّهُ عَلَيْنَا لَخَسَفَ بِنَا ۖ وَيْكَأَنَّهُۥ لَا يُفْلِحُ ٱلْكَـٰفِرُونَ

Transliteration wa-aṣbaḥa alladhīna tamannaw makānahu bil-amsi yaqūlūna wayka-anna l-laha yabsuṭu l-riz'qa liman yashāu min ʿibādihi wayaqdiru lawlā an manna l-lahu ʿalaynā lakhasafa binā wayka-annahu lā yuf'liḥu l-kāfirūna

Nepali ८२) र जुन मानिसहरूले, हिजो उसको स्थान पाउने कामना गरिराखेका थिए, आज भन्न थाले कि के तिमीलाई थाहा छैन, कि अल्लाहले नै आफ्नो भक्तहरूमध्ये जसलाई जीविका प्रशस्त दिन चाहन्छ दिन्छ र जसलाई चाहन्छ सीमित गरिदिन्छ । यदि अल्लाहले हामीमाथि उपकार नगरेको भए त हामीलाई पनि धँसाइदिने थियो । के तिमीलाई थाहा छैन, कि कृतध्नहरू कहिल्यै सफल हुँदैनन् ।

Verse 83

تِلْكَ ٱلدَّارُ ٱلْـَٔاخِرَةُ نَجْعَلُهَا لِلَّذِينَ لَا يُرِيدُونَ عُلُوًّا فِى ٱلْأَرْضِ وَلَا فَسَادًا ۚ وَٱلْعَـٰقِبَةُ لِلْمُتَّقِينَ

Transliteration til'ka l-dāru l-ākhiratu najʿaluhā lilladhīna lā yurīdūna ʿuluwwan fī l-arḍi walā fasādan wal-ʿāqibatu lil'muttaqīna

Nepali ८३) त्यो आखिरतको राम्रो घर हामीले ती मानिसहरूको निम्ति तयार गरेका छौं, जसले धरतीमा आफूलाई ठूलो देखाउने काम तथा उपद्रव र घमण्ड गर्दैनन् संयमीहरूको लागि अत्यन्त राम्रो परिणाम छ ।

Verse 84

مَن جَآءَ بِٱلْحَسَنَةِ فَلَهُۥ خَيْرٌ مِّنْهَا ۖ وَمَن جَآءَ بِٱلسَّيِّئَةِ فَلَا يُجْزَى ٱلَّذِينَ عَمِلُوا۟ ٱلسَّيِّـَٔاتِ إِلَّا مَا كَانُوا۟ يَعْمَلُونَ

Transliteration man jāa bil-ḥasanati falahu khayrun min'hā waman jāa bil-sayi-ati falā yuj'zā alladhīna ʿamilū l-sayiāti illā mā kānū yaʿmalūna

Nepali ८४) जुन मानिसले सत्कर्म लिएर आउँनेछ त्यसले त्यसभन्दा उत्तम प्राप्त गर्नेछ र जसले कुकर्म लिएर आउँनेछ त दुष्कर्म गर्नेहरूलाई त त्यसैको बदला प्राप्त हुनेछ, जुन तिनीहरूले गर्नेगर्दथे ।

Verse 85

إِنَّ ٱلَّذِى فَرَضَ عَلَيْكَ ٱلْقُرْءَانَ لَرَآدُّكَ إِلَىٰ مَعَادٍ ۚ قُل رَّبِّىٓ أَعْلَمُ مَن جَآءَ بِٱلْهُدَىٰ وَمَنْ هُوَ فِى ضَلَـٰلٍ مُّبِينٍ

Transliteration inna alladhī faraḍa ʿalayka l-qur'āna larādduka ilā maʿādin qul rabbī aʿlamu man jāa bil-hudā waman huwa fī ḍalālin mubīnin

Nepali ८५) (हे पैगम्बर सल्लल्लाहो अलैहे वसल्लम !) जुन अल्लाहले तपाईमाथि ‘‘कुरआन’’ अवतरित गरेको छ, उसले तपाईलाई पुनः पहिलेको स्थानतिर फर्काउनेवाला छ । भनिदिनुस् कि मेरो पालनकर्ताले त्यसलाई पनि राम्ररी जान्दछ, जसले मार्गदर्शन प्राप्त गरेको छ र उसलाई पनि जो स्पष्टरूपले मार्गविचलित छ ।

Verse 86

وَمَا كُنتَ تَرْجُوٓا۟ أَن يُلْقَىٰٓ إِلَيْكَ ٱلْكِتَـٰبُ إِلَّا رَحْمَةً مِّن رَّبِّكَ ۖ فَلَا تَكُونَنَّ ظَهِيرًا لِّلْكَـٰفِرِينَ

Transliteration wamā kunta tarjū an yul'qā ilayka l-kitābu illā raḥmatan min rabbika falā takūnanna ẓahīran lil'kāfirīna

Nepali ८६) तपाईले त कहिले सोच्नु भएको थिएन, कि तपाईतिर किताब अवतरित गरिनेछ । तर यो तपाईको पालनकर्ताको दयालुताको कारण अवतरित भयो, अतः तपाईले कहिले पनि इन्कार गर्नेहरूको पृष्ठपोषक नबन्नु ।

Verse 87

وَلَا يَصُدُّنَّكَ عَنْ ءَايَـٰتِ ٱللَّهِ بَعْدَ إِذْ أُنزِلَتْ إِلَيْكَ ۖ وَٱدْعُ إِلَىٰ رَبِّكَ ۖ وَلَا تَكُونَنَّ مِنَ ٱلْمُشْرِكِينَ

Transliteration walā yaṣuddunnaka ʿan āyāti l-lahi baʿda idh unzilat ilayka wa-ud'ʿu ilā rabbika walā takūnanna mina l-mush'rikīna

Nepali ८७) हेरिराख्नुस् यी काफिरले अल्लाहको आयतबाट तपाईलाई रोकी नदेऊन्, यस पश्चात जबकि यो तपाईमाथि अवतरित भइसकेको छ । र आफ्नो पालनकर्तातिर बोलाउदै गर्नुस् र बहुदेववादीहरूमा कहिल्यै शम्मिलित नहुनु ।

Verse 88

وَلَا تَدْعُ مَعَ ٱللَّهِ إِلَـٰهًا ءَاخَرَ ۘ لَآ إِلَـٰهَ إِلَّا هُوَ ۚ كُلُّ شَىْءٍ هَالِكٌ إِلَّا وَجْهَهُۥ ۚ لَهُ ٱلْحُكْمُ وَإِلَيْهِ تُرْجَعُونَ

Transliteration walā tadʿu maʿa l-lahi ilāhan ākhara lā ilāha illā huwa kullu shayin hālikun illā wajhahu lahu l-ḥuk'mu wa-ilayhi tur'jaʿūna

Nepali ८८) र अल्लाहसँग कुनै अरु पुज्यलाई नपुकार्नु, उसबाहेक कोही सत्य पुज्य छैन । उसको अनुहार बाहेक हरेक कुरा नाशवान् छ । आदेशको अधिकार उसैलाई छ र उसैतिर तिमी सबैलाई फर्केर जानुछ ।

Read Surah Al-Qasas in another language

All languages

All 114 surahs in Nepali: the Qur’an in Nepali.

Learn it in MyDugsi

Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.