MyDugsiStart learning

Surah Al-Kahf in Nepali: translation and audio

Surah 18 · الكهف · The Cave · 110 verses

Surah Al-Kahf verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Al-Kahf word by word in English.

Verse 1

ٱلْحَمْدُ لِلَّهِ ٱلَّذِىٓ أَنزَلَ عَلَىٰ عَبْدِهِ ٱلْكِتَـٰبَ وَلَمْ يَجْعَل لَّهُۥ عِوَجَا ۜ

Transliteration al-ḥamdu lillahi alladhī anzala ʿalā ʿabdihi l-kitāba walam yajʿal lahu ʿiwajā

Nepali १) सबै प्रशंसाहरू अल्लाहका लागि नै छन्, जसले आफ्नो भक्त (मुहम्मद) माथि किताब उतार्यो र यसमा कुनै प्रकारको कमि बाँकी राखेको छैन ।

Verse 2

قَيِّمًا لِّيُنذِرَ بَأْسًا شَدِيدًا مِّن لَّدُنْهُ وَيُبَشِّرَ ٱلْمُؤْمِنِينَ ٱلَّذِينَ يَعْمَلُونَ ٱلصَّـٰلِحَـٰتِ أَنَّ لَهُمْ أَجْرًا حَسَنًا

Transliteration qayyiman liyundhira basan shadīdan min ladun'hu wayubashira l-mu'minīna alladhīna yaʿmalūna l-ṣāliḥāti anna lahum ajran ḥasanan

Nepali २) अपितु हर प्रकारले ठीक ठाक राख्यो जसबाट आफनो गम्भीर सजायबाट सावधान गरोस् र मोमिनहरूलाई जो असल काम गर्दछन्, शुभसन्देश सुनाओस्, कि तिनीहरूको निम्ति राम्रो पुरस्कार (बहिश्त) छ ।

Verse 3

مَّـٰكِثِينَ فِيهِ أَبَدًا

Transliteration mākithīna fīhi abadan

Nepali ३) जसमा तिनीहरू सँधै बास गर्नेछन् ।

Verse 4

وَيُنذِرَ ٱلَّذِينَ قَالُوا۟ ٱتَّخَذَ ٱللَّهُ وَلَدًا

Transliteration wayundhira alladhīna qālū ittakhadha l-lahu waladan

Nepali ४) र तिनीहरूलाई पनि डराओस् जसले भन्दछन् कि अल्लाहले सन्तान धारण गरेको छ ।

Verse 5

مَّا لَهُم بِهِۦ مِنْ عِلْمٍ وَلَا لِـَٔابَآئِهِمْ ۚ كَبُرَتْ كَلِمَةً تَخْرُجُ مِنْ أَفْوَٰهِهِمْ ۚ إِن يَقُولُونَ إِلَّا كَذِبًا

Transliteration mā lahum bihi min ʿil'min walā liābāihim kaburat kalimatan takhruju min afwāhihim in yaqūlūna illā kadhiban

Nepali ५) वास्तवमा तिनीहरूलाई यस कुराको नकेही ज्ञान छ र नत तिनका बाबुबाजेलाई नै थाहा थियो, यो साह्रै नराम्रो आरोप हो, जुन उनीहरूको मुखबाट निस्कन्छ र यिनीहरूले जे जति भन्दछन्, मात्र असत्य हो ।

Verse 6

فَلَعَلَّكَ بَـٰخِعٌ نَّفْسَكَ عَلَىٰٓ ءَاثَـٰرِهِمْ إِن لَّمْ يُؤْمِنُوا۟ بِهَـٰذَا ٱلْحَدِيثِ أَسَفًا

Transliteration falaʿallaka bākhiʿun nafsaka ʿalā āthārihim in lam yu'minū bihādhā l-ḥadīthi asafan

Nepali ६) (हे पैगम्बर !) यदि यिनीहरूले यस सन्देशमाथि विश्वास गर्दैनन् भने के तपाई उनीहरूको पछाडि दुःखी भई शायद (कदाचित) आफूलाई समाप्त गरिहाल्ने छौ ?

Verse 7

إِنَّا جَعَلْنَا مَا عَلَى ٱلْأَرْضِ زِينَةً لَّهَا لِنَبْلُوَهُمْ أَيُّهُمْ أَحْسَنُ عَمَلًا

Transliteration innā jaʿalnā mā ʿalā l-arḍi zīnatan lahā linabluwahum ayyuhum aḥsanu ʿamalan

Nepali ७) जुन कुरो धर्तीमा छ, हामीले त्यसलाई धर्तीको निम्ति शोभाको कुरो बनाएका छौं, ताकि मानिसहरूको परीक्षा गर्न सकौं, कि तिनीहरूमध्ये को राम्रो कर्म गर्नेवाला छ ।

Verse 8

وَإِنَّا لَجَـٰعِلُونَ مَا عَلَيْهَا صَعِيدًا جُرُزًا

Transliteration wa-innā lajāʿilūna mā ʿalayhā ṣaʿīdan juruzan

Nepali ८) र यसमाथि जो जति छ हामीले उनीलाई सफा गरी मैदान बनाउनेवाला छौं ।

Verse 9

أَمْ حَسِبْتَ أَنَّ أَصْحَـٰبَ ٱلْكَهْفِ وَٱلرَّقِيمِ كَانُوا۟ مِنْ ءَايَـٰتِنَا عَجَبًا

Transliteration am ḥasib'ta anna aṣḥāba l-kahfi wal-raqīmi kānū min āyātinā ʿajaban

Nepali ९) के तिमीले ठान्दछौ कि गुफा र शिलालेखहरू हाम्रा ठूला निशानीहरूमध्ये कुनै धेरै अनोठो निशानी थियो ? ।

Verse 10

إِذْ أَوَى ٱلْفِتْيَةُ إِلَى ٱلْكَهْفِ فَقَالُوا۟ رَبَّنَآ ءَاتِنَا مِن لَّدُنكَ رَحْمَةً وَهَيِّئْ لَنَا مِنْ أَمْرِنَا رَشَدًا

Transliteration idh awā l-fit'yatu ilā l-kahfi faqālū rabbanā ātinā min ladunka raḥmatan wahayyi lanā min amrinā rashadan

Nepali १०) जब केही युवकहरूले गुफामा शरण लिए अनि प्रार्थना गर्नथालेः कि हे हाम्रो पालनकर्ता हामीमाथि आफ्नो तर्फबाट दया गर, र हाम्रो काममा हाम्रो लागि बाटो देखाइदेऊ ।

Verse 11

فَضَرَبْنَا عَلَىٰٓ ءَاذَانِهِمْ فِى ٱلْكَهْفِ سِنِينَ عَدَدًا

Transliteration faḍarabnā ʿalā ādhānihim fī l-kahfi sinīna ʿadadan

Nepali ११) अनि हामीले गुफामा कैयौं वर्षसम्म तिनीहरूका कानमाथि आवरणहरूले (सुनाईबाट) बन्चित राख्यौं ।

Verse 12

ثُمَّ بَعَثْنَـٰهُمْ لِنَعْلَمَ أَىُّ ٱلْحِزْبَيْنِ أَحْصَىٰ لِمَا لَبِثُوٓا۟ أَمَدًا

Transliteration thumma baʿathnāhum linaʿlama ayyu l-ḥiz'bayni aḥṣā limā labithū amadan

Nepali १२) अनि हामीले तिनीहरूलाई बिउँझायौं ताकि पत्ता लगाऔं जुन अवधिमा उनीहरू गुफामा रहे दुवै समूहहरूमध्ये त्यस अवधिबारे कसलाई राम्ररी थाहा छ ?

Verse 13

نَّحْنُ نَقُصُّ عَلَيْكَ نَبَأَهُم بِٱلْحَقِّ ۚ إِنَّهُمْ فِتْيَةٌ ءَامَنُوا۟ بِرَبِّهِمْ وَزِدْنَـٰهُمْ هُدًى

Transliteration naḥnu naquṣṣu ʿalayka naba-ahum bil-ḥaqi innahum fit'yatun āmanū birabbihim wazid'nāhum hudan

Nepali १३) हामीले तिनीहरूको सत्य घटनाको वर्णन तिमीहरू समक्ष गर्दछौं । यी गिन्तीका केही युवकहरूले आफ्नो पालनकर्तामाथि ईमान ल्याएका थिए र हामीले तिनीहरूको ईमानलाई सुदृढ गरेका थियौं ।

Verse 14

وَرَبَطْنَا عَلَىٰ قُلُوبِهِمْ إِذْ قَامُوا۟ فَقَالُوا۟ رَبُّنَا رَبُّ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ لَن نَّدْعُوَا۟ مِن دُونِهِۦٓ إِلَـٰهًا ۖ لَّقَدْ قُلْنَآ إِذًا شَطَطًا

Transliteration warabaṭnā ʿalā qulūbihim idh qāmū faqālū rabbunā rabbu l-samāwāti wal-arḍi lan nadʿuwā min dūnihi ilāhan laqad qul'nā idhan shaṭaṭan

Nepali १४) हामीले तिनीहरूको हृदयलाई बलियो बनायौं जब तिनीहरू उभिए र भन्न थालेः कि हाम्रो पालनकर्ता तिमी उही हौ जो आकाशहरू र धर्तीको स्वामी हौ, हामीले उस बाहेक अन्य कसैलाई पुकार्नु असंभव छ । यदि यस्तो गर्यौं भने हामीले धेरै गलत कुरा गर्यौं ।

Verse 15

هَـٰٓؤُلَآءِ قَوْمُنَا ٱتَّخَذُوا۟ مِن دُونِهِۦٓ ءَالِهَةً ۖ لَّوْلَا يَأْتُونَ عَلَيْهِم بِسُلْطَـٰنٍۭ بَيِّنٍ ۖ فَمَنْ أَظْلَمُ مِمَّنِ ٱفْتَرَىٰ عَلَى ٱللَّهِ كَذِبًا

Transliteration hāulāi qawmunā ittakhadhū min dūnihi ālihatan lawlā yatūna ʿalayhim bisul'ṭānin bayyinin faman aẓlamu mimmani if'tarā ʿalā l-lahi kadhiban

Nepali १५) यो हो हाम्रो समुदाय जसले उस बाहेक अरुलाई पूजायोग्य बनाएका छन्, यिनीहरूले तिनीहरू पूजनीय भएको कुनै स्पष्ट प्रमाण किन पेश गर्दैनन्, त्यसभन्दा अत्याचारी को होला जो अल्लाहमाथि झूठो कुरा गर्दछ ?

Verse 16

وَإِذِ ٱعْتَزَلْتُمُوهُمْ وَمَا يَعْبُدُونَ إِلَّا ٱللَّهَ فَأْوُۥٓا۟ إِلَى ٱلْكَهْفِ يَنشُرْ لَكُمْ رَبُّكُم مِّن رَّحْمَتِهِۦ وَيُهَيِّئْ لَكُم مِّنْ أَمْرِكُم مِّرْفَقًا

Transliteration wa-idhi iʿ'tazaltumūhum wamā yaʿbudūna illā l-laha fawū ilā l-kahfi yanshur lakum rabbukum min raḥmatihi wayuhayyi lakum min amrikum mir'faqan

Nepali १६) जब तिमी यीनीहरूसँग र जसलाई यिनीहरूले अल्लाह बाहेक पूज्य मान्दछन्, तिनीहरूसँग कुनै सम्बन्ध राख्दैनौं भने आफू कुनै गुफामा गएर बस । तिम्रो पालनकर्ताले तिमीमाथि प्रशस्त दया गर्नेछ र तिम्रो लागि तिम्रो काममा सहुलियत उपलब्ध गर्नेछ ।

Verse 17

۞ وَتَرَى ٱلشَّمْسَ إِذَا طَلَعَت تَّزَٰوَرُ عَن كَهْفِهِمْ ذَاتَ ٱلْيَمِينِ وَإِذَا غَرَبَت تَّقْرِضُهُمْ ذَاتَ ٱلشِّمَالِ وَهُمْ فِى فَجْوَةٍ مِّنْهُ ۚ ذَٰلِكَ مِنْ ءَايَـٰتِ ٱللَّهِ ۗ مَن يَهْدِ ٱللَّهُ فَهُوَ ٱلْمُهْتَدِ ۖ وَمَن يُضْلِلْ فَلَن تَجِدَ لَهُۥ وَلِيًّا مُّرْشِدًا

Transliteration watarā l-shamsa idhā ṭalaʿat tazāwaru ʿan kahfihim dhāta l-yamīni wa-idhā gharabat taqriḍuhum dhāta l-shimāli wahum fī fajwatin min'hu dhālika min āyāti l-lahi man yahdi l-lahu fahuwa l-muh'tadi waman yuḍ'lil falan tajida lahu waliyyan mur'shidan

Nepali १७) तपाईले हेर्नुहुनेछ कि सूर्य उदाउने बेला तिनीहरूको गुफादेखि दाहिनेतिर झुकिन्छ, र जब अस्ताउँछ तब तिनीहरूबाट देब्रेतिर झुकिन्छ, र तिनीहरू यस गुफाको विस्तृत ठाउँमा थिए । यो अल्लाहका निशानीहरू मध्येको हो, जसलाई अल्लाहले मार्गनिर्देशन गर्यो, ऊ सही मार्गमा लाग्यो र जसलाई उसले विचलित गर्यो त उसको निम्ति तपाईले न कोही पथ प्रदर्शक र न कोही मित्र पाउने छौ ।

Verse 18

وَتَحْسَبُهُمْ أَيْقَاظًا وَهُمْ رُقُودٌ ۚ وَنُقَلِّبُهُمْ ذَاتَ ٱلْيَمِينِ وَذَاتَ ٱلشِّمَالِ ۖ وَكَلْبُهُم بَـٰسِطٌ ذِرَاعَيْهِ بِٱلْوَصِيدِ ۚ لَوِ ٱطَّلَعْتَ عَلَيْهِمْ لَوَلَّيْتَ مِنْهُمْ فِرَارًا وَلَمُلِئْتَ مِنْهُمْ رُعْبًا

Transliteration wataḥsabuhum ayqāẓan wahum ruqūdun wanuqallibuhum dhāta l-yamīni wadhāta l-shimāli wakalbuhum bāsiṭun dhirāʿayhi bil-waṣīdi lawi iṭṭalaʿta ʿalayhim lawallayta min'hum firāran walamuli'ta min'hum ruʿ'ban

Nepali १८) तपाई ठान्नुहुन्छ कि तिनीहरू बिउँझिराखेका छन्, तर तिनीहरू निदाइराखेका हुन्थे स्वयम् हामीले तिनीहरूलाई दायाँ र बाँया कोल्टे फर्काउने गर्दथ्यौं र तिनीहरूको ‘‘कुकुर’’ पनि दैलोमा अगाडिको खुट्टा फैलाएर बसेको थियो यदि तपाईले तिनीहरूलाई चियाएर हेरेको भए पिठ्युँ फर्काएर भाग्नु पथ्र्यो र तिनीहरूको डरले तपाईमा भयको सृजना हुने थियो ।

Verse 19

وَكَذَٰلِكَ بَعَثْنَـٰهُمْ لِيَتَسَآءَلُوا۟ بَيْنَهُمْ ۚ قَالَ قَآئِلٌ مِّنْهُمْ كَمْ لَبِثْتُمْ ۖ قَالُوا۟ لَبِثْنَا يَوْمًا أَوْ بَعْضَ يَوْمٍ ۚ قَالُوا۟ رَبُّكُمْ أَعْلَمُ بِمَا لَبِثْتُمْ فَٱبْعَثُوٓا۟ أَحَدَكُم بِوَرِقِكُمْ هَـٰذِهِۦٓ إِلَى ٱلْمَدِينَةِ فَلْيَنظُرْ أَيُّهَآ أَزْكَىٰ طَعَامًا فَلْيَأْتِكُم بِرِزْقٍ مِّنْهُ وَلْيَتَلَطَّفْ وَلَا يُشْعِرَنَّ بِكُمْ أَحَدًا

Transliteration wakadhālika baʿathnāhum liyatasāalū baynahum qāla qāilun min'hum kam labith'tum qālū labith'nā yawman aw baʿḍa yawmin qālū rabbukum aʿlamu bimā labith'tum fa-ib'ʿathū aḥadakum biwariqikum hādhihi ilā l-madīnati falyanẓur ayyuhā azkā ṭaʿāman falyatikum biriz'qin min'hu walyatalaṭṭaf walā yush'ʿiranna bikum aḥadan

Nepali १९) र यस्तै प्रकारले हामीले तिनीहरूलाई ब्यूँझाएर उठायौं कि आपसमा एक अर्कासँग पूछताछ गरुन् । तिनीहरूमध्ये एउटाले भन्यो कि तिमी यहाँ कति बेरसम्म बस्यौ ? तिनीहरूले जवाफ दिए कि एकदिन वा यसभन्दा पनि कम, तिनीहरूले भने कि जुन अवधिसम्म तिमी यहाँ बस्यो त्यो तिम्रो पालनकर्तालाई नै राम्ररी थाहा छ । अब तिमीले आफूमध्ये कसैलाई यो चाँदीको रूपैयाँ दिएर शहर पठाऊ, उसले राम्रोसँग पत्ता लगाओस्, कि शहरमा पवित्र र राम्रो खाना कुन चाहिँ छ, अनि त्यसैमध्येबाट तिम्रो लागि खाना ल्याओस् र उसले धेरै सतर्क भएर आउने जाने गरोस् र तिम्रो खबर कसैलाई थाहा नहोस् ।

Verse 20

إِنَّهُمْ إِن يَظْهَرُوا۟ عَلَيْكُمْ يَرْجُمُوكُمْ أَوْ يُعِيدُوكُمْ فِى مِلَّتِهِمْ وَلَن تُفْلِحُوٓا۟ إِذًا أَبَدًا

Transliteration innahum in yaẓharū ʿalaykum yarjumūkum aw yuʿīdūkum fī millatihim walan tuf'liḥū idhan abadan

Nepali २०) यदि यी काफिरहरू तिमीमाथि अधिपत्य पाउँछन् भने तिमीलाई ढुङ्गा हानि–हानि मारिहाल्नेछन् अथवा फेरि आफ्नो धर्ममा शम्मिलित गरिहाल्नेछन्, र त्यस अवस्थामा तिमी कहिल्यै पनि सफलता पाउनेछैनौ ।

Verse 21

وَكَذَٰلِكَ أَعْثَرْنَا عَلَيْهِمْ لِيَعْلَمُوٓا۟ أَنَّ وَعْدَ ٱللَّهِ حَقٌّ وَأَنَّ ٱلسَّاعَةَ لَا رَيْبَ فِيهَآ إِذْ يَتَنَـٰزَعُونَ بَيْنَهُمْ أَمْرَهُمْ ۖ فَقَالُوا۟ ٱبْنُوا۟ عَلَيْهِم بُنْيَـٰنًا ۖ رَّبُّهُمْ أَعْلَمُ بِهِمْ ۚ قَالَ ٱلَّذِينَ غَلَبُوا۟ عَلَىٰٓ أَمْرِهِمْ لَنَتَّخِذَنَّ عَلَيْهِم مَّسْجِدًا

Transliteration wakadhālika aʿtharnā ʿalayhim liyaʿlamū anna waʿda l-lahi ḥaqqun wa-anna l-sāʿata lā rayba fīhā idh yatanāzaʿūna baynahum amrahum faqālū ib'nū ʿalayhim bun'yānan rabbuhum aʿlamu bihim qāla alladhīna ghalabū ʿalā amrihim lanattakhidhanna ʿalayhim masjidan

Nepali २१) यस्तै किसिमले हामीले मानिसहरूलाई तिनीहरूको हालबाट खबरदार गरेका छौं ताकि तिनीहरूले थाहा पाउन्, कि अल्लाहको वचन पूरै सत्य छ, र कियामतको दिनमा कुनै शंका छैन, त्यसबेला जब मानिसहरूले तिनको सम्बन्धमा आपसमा विवाद गरिरहेका थिए त केहीले भन्न थाले कि तिनीहरूको गुफामाथि एउटा भवन बनाइहाल । तिनीहरूको पालनकर्ता नै तिनीहरूको हाल राम्ररी जान्दछ । जुन मानिसहरूले तिनीहरूमाथि वर्चस्व पाए, भन्न थाले कि हामीले तिनीहरूको स्थानमाथि मस्जिदको निर्माण गर्नेछौं ।

Verse 22

سَيَقُولُونَ ثَلَـٰثَةٌ رَّابِعُهُمْ كَلْبُهُمْ وَيَقُولُونَ خَمْسَةٌ سَادِسُهُمْ كَلْبُهُمْ رَجْمًۢا بِٱلْغَيْبِ ۖ وَيَقُولُونَ سَبْعَةٌ وَثَامِنُهُمْ كَلْبُهُمْ ۚ قُل رَّبِّىٓ أَعْلَمُ بِعِدَّتِهِم مَّا يَعْلَمُهُمْ إِلَّا قَلِيلٌ ۗ فَلَا تُمَارِ فِيهِمْ إِلَّا مِرَآءً ظَـٰهِرًا وَلَا تَسْتَفْتِ فِيهِم مِّنْهُمْ أَحَدًا

Transliteration sayaqūlūna thalāthatun rābiʿuhum kalbuhum wayaqūlūna khamsatun sādisuhum kalbuhum rajman bil-ghaybi wayaqūlūna sabʿatun wathāminuhum kalbuhum qul rabbī aʿlamu biʿiddatihim mā yaʿlamuhum illā qalīlun falā tumāri fīhim illā mirāan ẓāhiran walā tastafti fīhim min'hum aḥadan

Nepali २२) केही मानिसहरूले अड्कलबाजि गर्नेछन् कि तिनीहरू तीन थिए र चौथो तिनीहरूको कुकुर थियो, र केहिले भन्नेछन् कि तिनीहरू पाँच थिए र छठाें उनको कुकुर थियो । गोप्य कुरामा यो अड्कलबाजी गर्दछन् । केहिले भन्ने छन् कि तिनीहरू सात थिए र आठौं उनको कुकुर थियो । तपाई भनिदिनुस् कि मेरो पालनकर्तालाई तिनीहरूको गन्ती राम्ररी थाहा छ । तिनीहरूलाई थोरैले मात्र जान्दछन्, तसर्थ तपाईले उनीहरूको सम्बन्धमा जुन स्पष्ट छ त्यो कुरोबाहेक अरु कुनैतर्क नगर्नुस् र तिनीहरूको सम्बन्धमा तिनीहरूमध्ये कसैसँग केही सोधपूछ नगर्नुस् ।

Verse 23

وَلَا تَقُولَنَّ لِشَا۟ىْءٍ إِنِّى فَاعِلٌ ذَٰلِكَ غَدًا

Transliteration walā taqūlanna lishāy'in innī fāʿilun dhālika ghadan

Nepali २३) र कुनै कामको बारेमा यो कदापि नभन्नुः कि म यसलाई भोलि गरिदिनेछु ।

Verse 24

إِلَّآ أَن يَشَآءَ ٱللَّهُ ۚ وَٱذْكُر رَّبَّكَ إِذَا نَسِيتَ وَقُلْ عَسَىٰٓ أَن يَهْدِيَنِ رَبِّى لِأَقْرَبَ مِنْ هَـٰذَا رَشَدًا

Transliteration illā an yashāa l-lahu wa-udh'kur rabbaka idhā nasīta waqul ʿasā an yahdiyani rabbī li-aqraba min hādhā rashadan

Nepali २४) तर इन्शा अल्लाह भनेर मात्र, (यदि अल्लाहले चाह्यो भने गरिदिनेछु) । र जब अल्लाहको नाम लिन बिर्सन्छौ भने याद आएपछि नाम लिइहाल, र भन्दै गर कि आशा छ कि मेरो पालनकर्ताले मलाई यसभन्दा पनि बढी मार्गनिर्देशन गर्नेछ ।

Verse 25

وَلَبِثُوا۟ فِى كَهْفِهِمْ ثَلَـٰثَ مِا۟ئَةٍ سِنِينَ وَٱزْدَادُوا۟ تِسْعًا

Transliteration walabithū fī kahfihim thalātha mi-atin sinīna wa-iz'dādū tis'ʿan

Nepali २५) तिनीहरूले आफ्नो गुफामा तीनसय वर्ष रहे र त्यसमा नौ वर्ष बृद्धि गरे ।

Verse 26

قُلِ ٱللَّهُ أَعْلَمُ بِمَا لَبِثُوا۟ ۖ لَهُۥ غَيْبُ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ ۖ أَبْصِرْ بِهِۦ وَأَسْمِعْ ۚ مَا لَهُم مِّن دُونِهِۦ مِن وَلِىٍّ وَلَا يُشْرِكُ فِى حُكْمِهِۦٓ أَحَدًا

Transliteration quli l-lahu aʿlamu bimā labithū lahu ghaybu l-samāwāti wal-arḍi abṣir bihi wa-asmiʿ mā lahum min dūnihi min waliyyin walā yush'riku fī ḥuk'mihi aḥadan

Nepali २६) तपाई भनिदिनुस् कि जुन अवधिसम्म तिनीहरू बसे त्यसलाई अल्लाह राम्ररी जान्दछ । उसैलाई आकाशहरू र जमिनका अदृश्य कुराहरू थाहा छ । ऊ कति राम्रो देख्नेवाला र कति राम्रो सुन्नेवाला छ । अल्लाह बाहेक तिनीहरूको अन्य कोही मद्दत गर्नेवाला छैन, अल्लाह आफ्नो निर्देशनमा अन्य कसैलाई भागीदार बनाउँदैन ।

Verse 27

وَٱتْلُ مَآ أُوحِىَ إِلَيْكَ مِن كِتَابِ رَبِّكَ ۖ لَا مُبَدِّلَ لِكَلِمَـٰتِهِۦ وَلَن تَجِدَ مِن دُونِهِۦ مُلْتَحَدًا

Transliteration wa-ut'lu mā ūḥiya ilayka min kitābi rabbika lā mubaddila likalimātihi walan tajida min dūnihi mul'taḥadan

Nepali २७) तिमीहरूतर्फ जुन तिम्रो पालनकर्ताको किताब पठाइएको छ त्यसलाई पढ्ने गर, त्यसको कुरालाई कसैले परिवर्तन गर्न सक्दैन, र त्यस बाहेक तिमीले कदापि अरु केही शरण लिने ठाउँ पाउनेछैनौ ।

Verse 28

وَٱصْبِرْ نَفْسَكَ مَعَ ٱلَّذِينَ يَدْعُونَ رَبَّهُم بِٱلْغَدَوٰةِ وَٱلْعَشِىِّ يُرِيدُونَ وَجْهَهُۥ ۖ وَلَا تَعْدُ عَيْنَاكَ عَنْهُمْ تُرِيدُ زِينَةَ ٱلْحَيَوٰةِ ٱلدُّنْيَا ۖ وَلَا تُطِعْ مَنْ أَغْفَلْنَا قَلْبَهُۥ عَن ذِكْرِنَا وَٱتَّبَعَ هَوَىٰهُ وَكَانَ أَمْرُهُۥ فُرُطًا

Transliteration wa-iṣ'bir nafsaka maʿa alladhīna yadʿūna rabbahum bil-ghadati wal-ʿashiyi yurīdūna wajhahu walā taʿdu ʿaynāka ʿanhum turīdu zīnata l-ḥayati l-dun'yā walā tuṭiʿ man aghfalnā qalbahu ʿan dhik'rinā wa-ittabaʿa hawāhu wakāna amruhu furuṭan

Nepali २८) र जुन मानिसहरूले विहान र साँझ आफ्नो पालनकर्तालाई पुकार्दछन् र उसैको प्रसन्नता चाहन्छन् तिनीहरूको साथमा आफूलाई राख्ने गर, खबरदार तिम्रा आँखाहरू तिनीहरूबाट अन्यत्र नजाउन्, ताकि संसारिक जीवनको वैभवको इच्छा गर्न थाल, र हेर जुन मानिसको हृदयलाई हामीले आफ्नो स्मरणबाट बेवास्ता गरिदिएका छौं, र त्यो आफ्नो इच्छाको पूर्तितिर लाग्छ, र त्यसको कामले सीमा नाघिसकेको छ, त्यसको भनाई नमान्नु ।

Verse 29

وَقُلِ ٱلْحَقُّ مِن رَّبِّكُمْ ۖ فَمَن شَآءَ فَلْيُؤْمِن وَمَن شَآءَ فَلْيَكْفُرْ ۚ إِنَّآ أَعْتَدْنَا لِلظَّـٰلِمِينَ نَارًا أَحَاطَ بِهِمْ سُرَادِقُهَا ۚ وَإِن يَسْتَغِيثُوا۟ يُغَاثُوا۟ بِمَآءٍ كَٱلْمُهْلِ يَشْوِى ٱلْوُجُوهَ ۚ بِئْسَ ٱلشَّرَابُ وَسَآءَتْ مُرْتَفَقًا

Transliteration waquli l-ḥaqu min rabbikum faman shāa falyu'min waman shāa falyakfur innā aʿtadnā lilẓẓālimīna nāran aḥāṭa bihim surādiquhā wa-in yastaghīthū yughāthū bimāin kal-muh'li yashwī l-wujūha bi'sa l-sharābu wasāat mur'tafaqan

Nepali २९) र घोषणा गर्नुस् कि यो कुरआन तिम्रो पालनकर्ताको तर्फबाट सम्पूर्ण सत्य छ, तसर्थ जसले चाहन्छ ईमान ल्याओस् र जो चाहन्छ काफिर रहोस् हामीले अत्याचारीहरूको निम्ति (नर्कको) त्यो आगो तयार गरेका छौं, जसको पर्खाल र ज्वालाहरूले त्यसलाई घेरिराख्ने छन् । र यदि तिनीहरूले मद्दतको याचना गर्नेछन् भने यस्तो पानीबाट मद्दत गरिनेछ जुन कि उम्लेको तेल जस्तै अति गरम हुनेछ, र जसले अनुहारलाई पोलिदिनेछ । त्यो अत्यन्त नराम्रो पानी र अत्यन्त नराम्रा बस्ने ठाउँ पनि हो ।

Verse 30

إِنَّ ٱلَّذِينَ ءَامَنُوا۟ وَعَمِلُوا۟ ٱلصَّـٰلِحَـٰتِ إِنَّا لَا نُضِيعُ أَجْرَ مَنْ أَحْسَنَ عَمَلًا

Transliteration inna alladhīna āmanū waʿamilū l-ṣāliḥāti innā lā nuḍīʿu ajra man aḥsana ʿamalan

Nepali ३०) निश्चितरूपले जसले ईमान ल्याए र असल कर्म पनि गरे, भने हामीले सत्कर्म गर्नेहरूको पुरस्कार खेर जान दिंदैनौं ।

Verse 31

أُو۟لَـٰٓئِكَ لَهُمْ جَنَّـٰتُ عَدْنٍ تَجْرِى مِن تَحْتِهِمُ ٱلْأَنْهَـٰرُ يُحَلَّوْنَ فِيهَا مِنْ أَسَاوِرَ مِن ذَهَبٍ وَيَلْبَسُونَ ثِيَابًا خُضْرًا مِّن سُندُسٍ وَإِسْتَبْرَقٍ مُّتَّكِـِٔينَ فِيهَا عَلَى ٱلْأَرَآئِكِ ۚ نِعْمَ ٱلثَّوَابُ وَحَسُنَتْ مُرْتَفَقًا

Transliteration ulāika lahum jannātu ʿadnin tajrī min taḥtihimu l-anhāru yuḥallawna fīhā min asāwira min dhahabin wayalbasūna thiyāban khuḍ'ran min sundusin wa-is'tabraqin muttakiīna fīhā ʿalā l-arāiki niʿ'ma l-thawābu waḥasunat mur'tafaqan

Nepali ३१) यस्ता मानिसहरूको निम्ति सधैंं बास गर्नको लागि स्वर्गका बगैंचा छन्, जसमा तिनीहरूमुनि नहरहरू बगिरहने छन् । तिनीहरूलाई त्यहाँ सुनका कंगन पहिराइनेछ । र तिनीहरूले राम्रो रेशमका बाक्लो हरिया लुगा लगाउनेछन् । त्यहाँ आसनहरूमाथि तकिया लगाएर बस्नेछन् । आहा कति राम्रो पुरस्कार छ र कति राम्रो बासस्थान पनि ।

Verse 32

۞ وَٱضْرِبْ لَهُم مَّثَلًا رَّجُلَيْنِ جَعَلْنَا لِأَحَدِهِمَا جَنَّتَيْنِ مِنْ أَعْنَـٰبٍ وَحَفَفْنَـٰهُمَا بِنَخْلٍ وَجَعَلْنَا بَيْنَهُمَا زَرْعًا

Transliteration wa-iḍ'rib lahum mathalan rajulayni jaʿalnā li-aḥadihimā jannatayni min aʿnābin waḥafafnāhumā binakhlin wajaʿalnā baynahumā zarʿan

Nepali ३२) र तिनीहरूलाई ती दुईजना मानिसहरूको कथा पनि सुनाइदिनुस्, जसमध्ये एउटालाई हामीले अंगूरका दुईटा बगैंचा प्रदान गरेका थियौं र तिनीहरूका चारैतिर हामीले खजूरका रुखहरूबाट घेरिराखेका थियौं, र दुवैको माझमा खेती लगाइराखेका थियौं ।

Verse 33

كِلْتَا ٱلْجَنَّتَيْنِ ءَاتَتْ أُكُلَهَا وَلَمْ تَظْلِم مِّنْهُ شَيْـًٔا ۚ وَفَجَّرْنَا خِلَـٰلَهُمَا نَهَرًا

Transliteration kil'tā l-janatayni ātat ukulahā walam taẓlim min'hu shayan wafajjarnā khilālahumā naharan

Nepali ३३) दुवै बगैंचाले (राम्रा) फल दिए र तिनको पैदावारमा कुनै प्रकारको कमी भएन, र दुवैको माझबाट हामीले एउटा नहर बगाएका थियौं ।

Verse 34

وَكَانَ لَهُۥ ثَمَرٌ فَقَالَ لِصَـٰحِبِهِۦ وَهُوَ يُحَاوِرُهُۥٓ أَنَا۠ أَكْثَرُ مِنكَ مَالًا وَأَعَزُّ نَفَرًا

Transliteration wakāna lahu thamarun faqāla liṣāḥibihi wahuwa yuḥāwiruhu anā aktharu minka mālan wa-aʿazzu nafaran

Nepali ३४) (भनाईको) तात्पर्य यो छ कि तिनीहरूको पासमा मेवाहरू थिए, अनि एकदिन जबकि उसले आफ्नो मित्रसँग कुरै कुरामा भन्न थाल्यो कि म तिमीभन्दा धेरै धनी छु, र मर्यादा र शक्तिको दृष्टिले पनि बढी छु ।

Verse 35

وَدَخَلَ جَنَّتَهُۥ وَهُوَ ظَالِمٌ لِّنَفْسِهِۦ قَالَ مَآ أَظُنُّ أَن تَبِيدَ هَـٰذِهِۦٓ أَبَدًا

Transliteration wadakhala jannatahu wahuwa ẓālimun linafsihi qāla mā aẓunnu an tabīda hādhihi abadan

Nepali ३५) र (घमण्डले) ऊ आफ्नो बगैँचामा गयो र आफनो हकमा अत्याचार गर्दै भन्न थाल्यो कि मलाई लाग्दैन, कि यो बगैंचा कहिले पनि नष्ट हुनेछ ।

Verse 36

وَمَآ أَظُنُّ ٱلسَّاعَةَ قَآئِمَةً وَلَئِن رُّدِدتُّ إِلَىٰ رَبِّى لَأَجِدَنَّ خَيْرًا مِّنْهَا مُنقَلَبًا

Transliteration wamā aẓunnu l-sāʿata qāimatan wala-in rudidttu ilā rabbī la-ajidanna khayran min'hā munqalaban

Nepali ३६) र न यो सम्झन्छुः कि कियामत हुनेछ, र यदि म आफ्नो पालनकर्तातिर फर्काइए पनि अवश्य राम्रो ठाउँ पाउनेछु ।

Verse 37

قَالَ لَهُۥ صَاحِبُهُۥ وَهُوَ يُحَاوِرُهُۥٓ أَكَفَرْتَ بِٱلَّذِى خَلَقَكَ مِن تُرَابٍ ثُمَّ مِن نُّطْفَةٍ ثُمَّ سَوَّىٰكَ رَجُلًا

Transliteration qāla lahu ṣāḥibuhu wahuwa yuḥāwiruhu akafarta bi-alladhī khalaqaka min turābin thumma min nuṭ'fatin thumma sawwāka rajulan

Nepali ३७) अनि उसको मित्रले उसँग कुराकानी गर्दै भन्यो कि के तिमीले उस अल्लाहसँग कुफ्र गर्दछौ, जसले तिमीलाई माटोले सृष्टि गर्यो अनि पानीको थोपाबाट, फेरि तिमीलाई पूरा मान्छे बनायो ।

Verse 38

لَّـٰكِنَّا۠ هُوَ ٱللَّهُ رَبِّى وَلَآ أُشْرِكُ بِرَبِّىٓ أَحَدًا

Transliteration lākinnā huwa l-lahu rabbī walā ush'riku birabbī aḥadan

Nepali ३८) तर मेरो त यो आस्था छः कि उही अल्लाह नै मेरो पालनकर्ता हो र म आफ्नो पालनकर्तासँग अरु कसैलाई साझेदार ठहराउने छैन ।

Verse 39

وَلَوْلَآ إِذْ دَخَلْتَ جَنَّتَكَ قُلْتَ مَا شَآءَ ٱللَّهُ لَا قُوَّةَ إِلَّا بِٱللَّهِ ۚ إِن تَرَنِ أَنَا۠ أَقَلَّ مِنكَ مَالًا وَوَلَدًا

Transliteration walawlā idh dakhalta jannataka qul'ta mā shāa l-lahu lā quwwata illā bil-lahi in tarani anā aqalla minka mālan wawaladan

Nepali ३९) जब तिमी आफ्नो बगैंचामा प्रवेश गर्यौ, त तिमीले किन भनेनौ कि अल्लाहले चाहेको हुनेवाला छ (अरु) कुनै शक्ति होइन, बरु अल्लाहको मद्दतबाट, यदि तिमीले मलाई सम्पत्ति र सन्तानमा आफूभन्दा कम देखिरहेका छौ ।

Verse 40

فَعَسَىٰ رَبِّىٓ أَن يُؤْتِيَنِ خَيْرًا مِّن جَنَّتِكَ وَيُرْسِلَ عَلَيْهَا حُسْبَانًا مِّنَ ٱلسَّمَآءِ فَتُصْبِحَ صَعِيدًا زَلَقًا

Transliteration faʿasā rabbī an yu'tiyani khayran min jannatika wayur'sila ʿalayhā ḥus'bānan mina l-samāi fatuṣ'biḥa ṣaʿīdan zalaqan

Nepali ४०) सम्भव छ कि मेरो पालनकर्ताले मलाई तिम्रो बगैंचाभन्दा राम्रो प्रदान गरोस् र तिम्रो बगैंचामाथि आकाशबाट प्रकोप पठाइदेओस्, अनि यो एउटा गैरआबाद मैदानको रूपमा परिणत भइहालोस् ।

Verse 41

أَوْ يُصْبِحَ مَآؤُهَا غَوْرًا فَلَن تَسْتَطِيعَ لَهُۥ طَلَبًا

Transliteration aw yuṣ'biḥa māuhā ghawran falan tastaṭīʿa lahu ṭalaban

Nepali ४१) अथवा यसको पानी धेरै तल गइहालोस् र तिमीले त्यसलाई खोजेर ल्याउन नसक ।

Verse 42

وَأُحِيطَ بِثَمَرِهِۦ فَأَصْبَحَ يُقَلِّبُ كَفَّيْهِ عَلَىٰ مَآ أَنفَقَ فِيهَا وَهِىَ خَاوِيَةٌ عَلَىٰ عُرُوشِهَا وَيَقُولُ يَـٰلَيْتَنِى لَمْ أُشْرِكْ بِرَبِّىٓ أَحَدًا

Transliteration wa-uḥīṭa bithamarihi fa-aṣbaḥa yuqallibu kaffayhi ʿalā mā anfaqa fīhā wahiya khāwiyatun ʿalā ʿurūshihā wayaqūlu yālaytanī lam ush'rik birabbī aḥadan

Nepali ४२) र यसका सबै फलहरूलाई (विनाशले) घेरिहाल्यो, र त्यसले जुन खर्च आफ्नो सम्पत्तिमाथि गरेको थियो, त्यसमा दुःख र अफशोचले हात मल्न थाल्यो र त्यो बगैचा त उलटपलट भइसकेको थियो र उसले भन्न थाल्यो कि काश मैले आफ्नो पालनकर्तासँग अरु कसैलाई साझेदार नठहराएको भए ।

Verse 43

وَلَمْ تَكُن لَّهُۥ فِئَةٌ يَنصُرُونَهُۥ مِن دُونِ ٱللَّهِ وَمَا كَانَ مُنتَصِرًا

Transliteration walam takun lahu fi-atun yanṣurūnahu min dūni l-lahi wamā kāna muntaṣiran

Nepali ४३) (तर) अल्लाह बाहेक कुनै समूह उसको सहायता गर्ने भएन र नउसले आफ्नो उद्धार आफै गर्न सक्यो ।

Verse 44

هُنَالِكَ ٱلْوَلَـٰيَةُ لِلَّهِ ٱلْحَقِّ ۚ هُوَ خَيْرٌ ثَوَابًا وَخَيْرٌ عُقْبًا

Transliteration hunālika l-walāyatu lillahi l-ḥaqi huwa khayrun thawāban wakhayrun ʿuq'ban

Nepali ४४) यहाँबाट प्रमाणित भयो, कि अख्तियारी सबै अल्लाहकै हो, पुरस्कार दिने सबभन्दा ठूलो उही छ र सफलता दिने सबभन्दा ठूलो पनि उही हो ।

Verse 45

وَٱضْرِبْ لَهُم مَّثَلَ ٱلْحَيَوٰةِ ٱلدُّنْيَا كَمَآءٍ أَنزَلْنَـٰهُ مِنَ ٱلسَّمَآءِ فَٱخْتَلَطَ بِهِۦ نَبَاتُ ٱلْأَرْضِ فَأَصْبَحَ هَشِيمًا تَذْرُوهُ ٱلرِّيَـٰحُ ۗ وَكَانَ ٱللَّهُ عَلَىٰ كُلِّ شَىْءٍ مُّقْتَدِرًا

Transliteration wa-iḍ'rib lahum mathala l-ḥayati l-dun'yā kamāin anzalnāhu mina l-samāi fa-ikh'talaṭa bihi nabātu l-arḍi fa-aṣbaḥa hashīman tadhrūhu l-riyāḥu wakāna l-lahu ʿalā kulli shayin muq'tadiran

Nepali ४५) यिनीहरू समक्ष संसारको जिन्दगीको उदाहरण पनि वर्णन गर्नुस् (त्यो यस्तो छ) जस्तै पानी जसलाई हामी आकाशबाट वर्षायौं त यसबाट पृथ्वीको वनस्पति उम्रयो फेरि टुटफुट भएर घना भई परस्पर गुथिहाले तर त्यसलाई हावाले उडाइदिन्छ अल्लाह नै हरेक कुरोमाथि सामथ्र्यवान छ ।

Verse 46

ٱلْمَالُ وَٱلْبَنُونَ زِينَةُ ٱلْحَيَوٰةِ ٱلدُّنْيَا ۖ وَٱلْبَـٰقِيَـٰتُ ٱلصَّـٰلِحَـٰتُ خَيْرٌ عِندَ رَبِّكَ ثَوَابًا وَخَيْرٌ أَمَلًا

Transliteration al-mālu wal-banūna zīnatu l-ḥayati l-dun'yā wal-bāqiyātu l-ṣāliḥātu khayrun ʿinda rabbika thawāban wakhayrun amalan

Nepali ४६) धन–सम्पति र सन्तान त सांसारिक जीवनको शोभा र मर्यादा हुन् र सत्कर्म जो बाँकी रहीरनेछन्, तिनीहरू पुण्यको दृष्टिले तिम्रो पालनकर्ताकहाँ धेरै राम्रो र आशाको दृष्टिले निकै उत्तम छन् ।

Verse 47

وَيَوْمَ نُسَيِّرُ ٱلْجِبَالَ وَتَرَى ٱلْأَرْضَ بَارِزَةً وَحَشَرْنَـٰهُمْ فَلَمْ نُغَادِرْ مِنْهُمْ أَحَدًا

Transliteration wayawma nusayyiru l-jibāla watarā l-arḍa bārizatan waḥasharnāhum falam nughādir min'hum aḥadan

Nepali ४७) र जुन दिन हामीले पहाडहरूलाई चलाउनेछौं र तिमीले धर्तीलाई समथर फाँटको रूपमा देख्नेछौ, र ती सबै मानिसहरूलाई हामीले एकत्रित गर्नेछौं त तिनीहरूमध्ये एकजनालाई पनि बाँकी छाड्ने छैनौं ।

Verse 48

وَعُرِضُوا۟ عَلَىٰ رَبِّكَ صَفًّا لَّقَدْ جِئْتُمُونَا كَمَا خَلَقْنَـٰكُمْ أَوَّلَ مَرَّةٍۭ ۚ بَلْ زَعَمْتُمْ أَلَّن نَّجْعَلَ لَكُم مَّوْعِدًا

Transliteration waʿuriḍū ʿalā rabbika ṣaffan laqad ji'tumūnā kamā khalaqnākum awwala marratin bal zaʿamtum allan najʿala lakum mawʿidan

Nepali ४८) र सबै तिम्रो पालनकर्ताको अगाडि पंक्तिवद्ध रूपमा ल्याइनेछन्, निश्चितरूपले तिमीहरू हामी समक्ष उस्तै आयौ जुन प्रकारले हामीले तिमीलाई पहिलोपल्ट सृष्टि गरेका थियौं, तर तिमीले त भन्नठानेथ्यौ कि हामीले तिम्रो निम्ति (कियामतको) कुनै समय निर्धारित गर्नेछैनौं ।

Verse 49

وَوُضِعَ ٱلْكِتَـٰبُ فَتَرَى ٱلْمُجْرِمِينَ مُشْفِقِينَ مِمَّا فِيهِ وَيَقُولُونَ يَـٰوَيْلَتَنَا مَالِ هَـٰذَا ٱلْكِتَـٰبِ لَا يُغَادِرُ صَغِيرَةً وَلَا كَبِيرَةً إِلَّآ أَحْصَىٰهَا ۚ وَوَجَدُوا۟ مَا عَمِلُوا۟ حَاضِرًا ۗ وَلَا يَظْلِمُ رَبُّكَ أَحَدًا

Transliteration wawuḍiʿa l-kitābu fatarā l-muj'rimīna mush'fiqīna mimmā fīhi wayaqūlūna yāwaylatanā māli hādhā l-kitābi lā yughādiru ṣaghīratan walā kabīratan illā aḥṣāhā wawajadū mā ʿamilū ḥāḍiran walā yaẓlimu rabbuka aḥadan

Nepali ४९) र कर्मपत्र माझमा राखिनेछ, तब तिमीले त्यसबाट पापीहरूलाई भयभीत भएको देख्नेछौ र तिनीहरूले भन्नेछन् कस्तो अफशोच यो कस्तो किताब हो कि न सानो कुरोलाई छोडे्छ न ठूलोलाई, र जो कर्म गरेका हुन्छन् सबैलाई त्यसमा पाउनेछन्, र तिम्रो पालनकर्ताले कसैमाथि अन्याय वा अत्याचार गर्नेछैन ।

Verse 50

وَإِذْ قُلْنَا لِلْمَلَـٰٓئِكَةِ ٱسْجُدُوا۟ لِـَٔادَمَ فَسَجَدُوٓا۟ إِلَّآ إِبْلِيسَ كَانَ مِنَ ٱلْجِنِّ فَفَسَقَ عَنْ أَمْرِ رَبِّهِۦٓ ۗ أَفَتَتَّخِذُونَهُۥ وَذُرِّيَّتَهُۥٓ أَوْلِيَآءَ مِن دُونِى وَهُمْ لَكُمْ عَدُوٌّۢ ۚ بِئْسَ لِلظَّـٰلِمِينَ بَدَلًا

Transliteration wa-idh qul'nā lil'malāikati us'judū liādama fasajadū illā ib'līsa kāna mina l-jini fafasaqa ʿan amri rabbihi afatattakhidhūnahu wadhurriyyatahu awliyāa min dūnī wahum lakum ʿaduwwun bi'sa lilẓẓālimīna badalan

Nepali ५०) र जब हामीले फरिश्ताहरूलाई आदेश गर्यौं कि आदमलाई ढोग, त सबैले ढोगे तर इब्लीसले ढोगेन । त्यो जिन्नहरूमध्येको थियो, र त्यसले आफ्नो पालनकर्ताको आदेशको उल्लंघन गर्यो । के फेरि पनि तिमीले त्यसलाई र त्यसको सन्तानलाई म बाहेक मित्र बनाउँछौ, जबकि तिनीहरू तिम्रा शत्रु हुन् । यस्ता अत्याचारीहरूको निम्ति नराम्रो प्रतिफल छ ।

Verse 51

۞ مَّآ أَشْهَدتُّهُمْ خَلْقَ ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ وَلَا خَلْقَ أَنفُسِهِمْ وَمَا كُنتُ مُتَّخِذَ ٱلْمُضِلِّينَ عَضُدًا

Transliteration mā ashhadttuhum khalqa l-samāwāti wal-arḍi walā khalqa anfusihim wamā kuntu muttakhidha l-muḍilīna ʿaḍudan

Nepali ५१) मैले उनीहरूलाई नत आकाशहरू र न पृथ्वीको सृष्टि गर्ने बेलामा बोलाएको थिएँ र न स्वयं तिनीहरूको सृष्टि गर्नेबेलामा, र म मार्गबाट विचलित गराउनेहरूलाई आफ्नो मद्दतगार बनाउँनेवाला पनि थिएन ।

Verse 52

وَيَوْمَ يَقُولُ نَادُوا۟ شُرَكَآءِىَ ٱلَّذِينَ زَعَمْتُمْ فَدَعَوْهُمْ فَلَمْ يَسْتَجِيبُوا۟ لَهُمْ وَجَعَلْنَا بَيْنَهُم مَّوْبِقًا

Transliteration wayawma yaqūlu nādū shurakāiya alladhīna zaʿamtum fadaʿawhum falam yastajībū lahum wajaʿalnā baynahum mawbiqan

Nepali ५२) र जुनदिन अल्लाहले आदेश गर्नेछ । कि (अब) तिम्रो विचारमा भएको मेरा साझेदारहरूलाई बोलाऊ, अनि तिनीहरूले उनलाई बोलाउने छन्, तर तिनीहरूमध्ये कसैले कुनै जवाफ दिनेछैन, र हामीले उनीहरूको बीचमा बर्बादीको माध्यम बनाइदिनेछौं ।

Verse 53

وَرَءَا ٱلْمُجْرِمُونَ ٱلنَّارَ فَظَنُّوٓا۟ أَنَّهُم مُّوَاقِعُوهَا وَلَمْ يَجِدُوا۟ عَنْهَا مَصْرِفًا

Transliteration waraā l-muj'rimūna l-nāra faẓannū annahum muwāqiʿūhā walam yajidū ʿanhā maṣrifan

Nepali ५३) र पापीहरूले नर्कलाई देखेर बुझिहाल्नेछन् कि तिनीहरू त्यसमा हालिनेवाला छन् तर त्यसबाट मुक्त हुने कुनै बाटो पाउने छैनन् ।

Verse 54

وَلَقَدْ صَرَّفْنَا فِى هَـٰذَا ٱلْقُرْءَانِ لِلنَّاسِ مِن كُلِّ مَثَلٍ ۚ وَكَانَ ٱلْإِنسَـٰنُ أَكْثَرَ شَىْءٍ جَدَلًا

Transliteration walaqad ṣarrafnā fī hādhā l-qur'āni lilnnāsi min kulli mathalin wakāna l-insānu akthara shayin jadalan

Nepali ५४) हामीले यस ‘‘कुरआनमा’’ मानिसहरूको लागि विभिन्न प्रकारका उदाहरणहरू वर्णन गरेका छौं, तर मानिस सबभन्दा बढी झगडालु छ ।

Verse 55

وَمَا مَنَعَ ٱلنَّاسَ أَن يُؤْمِنُوٓا۟ إِذْ جَآءَهُمُ ٱلْهُدَىٰ وَيَسْتَغْفِرُوا۟ رَبَّهُمْ إِلَّآ أَن تَأْتِيَهُمْ سُنَّةُ ٱلْأَوَّلِينَ أَوْ يَأْتِيَهُمُ ٱلْعَذَابُ قُبُلًا

Transliteration wamā manaʿa l-nāsa an yu'minū idh jāahumu l-hudā wayastaghfirū rabbahum illā an tatiyahum sunnatu l-awalīna aw yatiyahumu l-ʿadhābu qubulan

Nepali ५५) मानिसहरूसम्म मार्गदर्शन आइसकेपछि तिनीहरूलाई ईमान ल्याउनुबाट र आफ्नो पालनकर्ताबाट क्षमायाचना गर्नुबाट यस कुराले मात्र रोकेको थियो कि अघिका मानिसहरूको जस्तो कुराहरू उनको सामु पनि आओस् वा उनको अगाडि खुल्लारूपमा सजाय आइहालोस् ।

Verse 56

وَمَا نُرْسِلُ ٱلْمُرْسَلِينَ إِلَّا مُبَشِّرِينَ وَمُنذِرِينَ ۚ وَيُجَـٰدِلُ ٱلَّذِينَ كَفَرُوا۟ بِٱلْبَـٰطِلِ لِيُدْحِضُوا۟ بِهِ ٱلْحَقَّ ۖ وَٱتَّخَذُوٓا۟ ءَايَـٰتِى وَمَآ أُنذِرُوا۟ هُزُوًا

Transliteration wamā nur'silu l-mur'salīna illā mubashirīna wamundhirīna wayujādilu alladhīna kafarū bil-bāṭili liyud'ḥiḍū bihi l-ḥaqa wa-ittakhadhū āyātī wamā undhirū huzuwan

Nepali ५६) हामीले त आफ्ना रसूलहरूलाई मात्र यसकारण पठाउँछौं, कि तिनीहरूले शुभसन्देश सुनाउन् र डराउन्, तर काफिरहरूले असत्यको सहारा लिई झगडा गर्दछन्, र चाहन्छन् कि त्यसबाट सत्यलाई डगमगाइदिउन्, तिनीहरूले मेरा आयतहरूलाई र जुन कुराले डराइन्छ त्यसलाई उपहास बनाइहालेका छन् ।

Verse 57

وَمَنْ أَظْلَمُ مِمَّن ذُكِّرَ بِـَٔايَـٰتِ رَبِّهِۦ فَأَعْرَضَ عَنْهَا وَنَسِىَ مَا قَدَّمَتْ يَدَاهُ ۚ إِنَّا جَعَلْنَا عَلَىٰ قُلُوبِهِمْ أَكِنَّةً أَن يَفْقَهُوهُ وَفِىٓ ءَاذَانِهِمْ وَقْرًا ۖ وَإِن تَدْعُهُمْ إِلَى ٱلْهُدَىٰ فَلَن يَهْتَدُوٓا۟ إِذًا أَبَدًا

Transliteration waman aẓlamu mimman dhukkira biāyāti rabbihi fa-aʿraḍa ʿanhā wanasiya mā qaddamat yadāhu innā jaʿalnā ʿalā qulūbihim akinnatan an yafqahūhu wafī ādhānihim waqran wa-in tadʿuhum ilā l-hudā falan yahtadū idhan abadan

Nepali ५७) त्यसभन्दा ठूलो अत्याचारीको छ, जसलाई उसको पालनकर्ताका कलाम (शब्दहरू) बाट उपदेश गरिन्छ, तैपनि त्यो विमुख भइरहोस्, र जुन कर्महरू उसले अगाडि पठाइसकेको छ, त्यसलाई बिर्सिदेओस् । निःसन्देह हामीले तिनीहरूको हृदयमाथि आवरण हालिदिएका छौं, ताकि यसलाई बुझ्न नसकुन् र कानहरूमा बोझ (पैदा गरिदिएका छौं कि सुन्न नसकुन्) र यद्यपि तपाईले उनीहरूलाई राम्रो बाटोतिर बोलाउँछौ तैपनि तिनी कहिल्यै सही बाटोमा आउने छैनन् ।

Verse 58

وَرَبُّكَ ٱلْغَفُورُ ذُو ٱلرَّحْمَةِ ۖ لَوْ يُؤَاخِذُهُم بِمَا كَسَبُوا۟ لَعَجَّلَ لَهُمُ ٱلْعَذَابَ ۚ بَل لَّهُم مَّوْعِدٌ لَّن يَجِدُوا۟ مِن دُونِهِۦ مَوْئِلًا

Transliteration warabbuka l-ghafūru dhū l-raḥmati law yuākhidhuhum bimā kasabū laʿajjala lahumu l-ʿadhāba bal lahum mawʿidun lan yajidū min dūnihi mawilan

Nepali ५८) र तिम्रो पालनकर्ता ठूलो क्षमादाता र दयावान छ । यदि उसले उनीहरूको क्रियाकलापको लागि सजायको निम्ति तिनीहरूलाई समात्न थाल्ने हो भने तिनीहरूमाथि तुरुन्तै सजाय पठाउन सक्छ तर तिनीहरूको निम्ति एउटा समय (निर्धारित) छ जसबाट तिनीहरू कहिल्यै फुत्कन पाउनेछैनन् ।

Verse 59

وَتِلْكَ ٱلْقُرَىٰٓ أَهْلَكْنَـٰهُمْ لَمَّا ظَلَمُوا۟ وَجَعَلْنَا لِمَهْلِكِهِم مَّوْعِدًا

Transliteration watil'ka l-qurā ahlaknāhum lammā ẓalamū wajaʿalnā limahlikihim mawʿidan

Nepali ५९) यी ती बस्तीहरू हुन्, जसलाई तिनीहरूको अत्याचारको कारण हामीले नष्ट गरिहाल्यौं, र तिनीहरूको विध्वसंको निम्ति पनि हामीले एउटा समय निश्चित गरेका थियौं ।

Verse 60

وَإِذْ قَالَ مُوسَىٰ لِفَتَىٰهُ لَآ أَبْرَحُ حَتَّىٰٓ أَبْلُغَ مَجْمَعَ ٱلْبَحْرَيْنِ أَوْ أَمْضِىَ حُقُبًا

Transliteration wa-idh qāla mūsā lifatāhu lā abraḥu ḥattā ablugha majmaʿa l-baḥrayni aw amḍiya ḥuquban

Nepali ६०) जब मूसाले आफ्नो युवकसित भने कि म त दुई समुद्रको दोभानमा नपुगुञ्जेल हिंडि नै राख्नेछु, चाहे कैयौ वर्षसम्म किन चल्न नपरोस् ।

Verse 61

فَلَمَّا بَلَغَا مَجْمَعَ بَيْنِهِمَا نَسِيَا حُوتَهُمَا فَٱتَّخَذَ سَبِيلَهُۥ فِى ٱلْبَحْرِ سَرَبًا

Transliteration falammā balaghā majmaʿa baynihimā nasiyā ḥūtahumā fa-ittakhadha sabīlahu fī l-baḥri saraban

Nepali ६१) जब उनी दुवै समुद्रको संगममा पुगे त त्यहाँ आफ्नो माछा बिर्सिहाले, जसले समुद्रमा सुरुँग जस्तो आफ्नो बाटो बनाइहाल्यो

Verse 62

فَلَمَّا جَاوَزَا قَالَ لِفَتَىٰهُ ءَاتِنَا غَدَآءَنَا لَقَدْ لَقِينَا مِن سَفَرِنَا هَـٰذَا نَصَبًا

Transliteration falammā jāwazā qāla lifatāhu ātinā ghadāanā laqad laqīnā min safarinā hādhā naṣaban

Nepali ६२) जब यी दुवै त्यहाँबाट अगाडि बढे तब मूसाले आफ्नो युवकसित भने कि हाम्रो भोजन ल्याऊ, यस यात्राबाट हामीलाई बडो कष्ट उठाउनु परेको छ ।

Verse 63

قَالَ أَرَءَيْتَ إِذْ أَوَيْنَآ إِلَى ٱلصَّخْرَةِ فَإِنِّى نَسِيتُ ٱلْحُوتَ وَمَآ أَنسَىٰنِيهُ إِلَّا ٱلشَّيْطَـٰنُ أَنْ أَذْكُرَهُۥ ۚ وَٱتَّخَذَ سَبِيلَهُۥ فِى ٱلْبَحْرِ عَجَبًا

Transliteration qāla ara-ayta idh awaynā ilā l-ṣakhrati fa-innī nasītu l-ḥūta wamā ansānīhu illā l-shayṭānu an adhkurahu wa-ittakhadha sabīlahu fī l-baḥri ʿajaban

Nepali ६३) उसले जवाफ दियो कि के तपाईले हेर्नुभएन ? जब हामी ढुङ्गामा अडेस लिई विश्राम गरिराखेका थियौं त्यहीं नै मैले माछा बिर्सिहालेको थिएँ । वास्तवमा मलाई (तपाईसित) त्यसको चर्चा गर्नुबाट शैतानले बिर्साइदियो । त्यसले अनौठो तरिकाले समुद्रमा आफ्नो बाटो बनाइहाल्यो ।

Verse 64

قَالَ ذَٰلِكَ مَا كُنَّا نَبْغِ ۚ فَٱرْتَدَّا عَلَىٰٓ ءَاثَارِهِمَا قَصَصًا

Transliteration qāla dhālika mā kunnā nabghi fa-ir'taddā ʿalā āthārihimā qaṣaṣan

Nepali ६४) मूसाले भने यही थियो जसको तलाशमा हामी थियौं । यसर्थ त्यहींबाट आफ्नो खुट्टाका चिन्हहरू हेर्दै फर्किहाले ।

Verse 65

فَوَجَدَا عَبْدًا مِّنْ عِبَادِنَآ ءَاتَيْنَـٰهُ رَحْمَةً مِّنْ عِندِنَا وَعَلَّمْنَـٰهُ مِن لَّدُنَّا عِلْمًا

Transliteration fawajadā ʿabdan min ʿibādinā ātaynāhu raḥmatan min ʿindinā waʿallamnāhu min ladunnā ʿil'man

Nepali ६५) यसरी उनले हाम्रा भक्तहरूमध्ये एउटा भक्त भेट्टाए, जसलाई हामीले आफूकहाँबाट विशेष दया प्रदान गरेका थियौं र आफ्नो तर्फबाट उसलाई विशेष ज्ञान प्रदान गरेका थियौं ।

Verse 66

قَالَ لَهُۥ مُوسَىٰ هَلْ أَتَّبِعُكَ عَلَىٰٓ أَن تُعَلِّمَنِ مِمَّا عُلِّمْتَ رُشْدًا

Transliteration qāla lahu mūsā hal attabiʿuka ʿalā an tuʿallimani mimmā ʿullim'ta rush'dan

Nepali ६६) मूसाले उससित (खिज्रसित) भनेः कि जुन असल ज्ञान तपाईलाई सिकाइएको छ, यदि तपाईले त्यसबाट मलाई सिखाउनुहुन्छ भने म तपाईको सेवा गरिरहन्छु ।

Verse 67

قَالَ إِنَّكَ لَن تَسْتَطِيعَ مَعِىَ صَبْرًا

Transliteration qāla innaka lan tastaṭīʿa maʿiya ṣabran

Nepali ६७) उसले (खिज्रले) भने कि तिमी मेरो साथमा रहेर कदापि धैर्य गर्न सक्दैनौ ।

Verse 68

وَكَيْفَ تَصْبِرُ عَلَىٰ مَا لَمْ تُحِطْ بِهِۦ خُبْرًا

Transliteration wakayfa taṣbiru ʿalā mā lam tuḥiṭ bihi khub'ran

Nepali ६८) र जुन कुराको तिमीलाई ज्ञान नै छैन, त्यसको हकमा धैर्य पनि कसरी गर्न सक्दछौ ।

Verse 69

قَالَ سَتَجِدُنِىٓ إِن شَآءَ ٱللَّهُ صَابِرًا وَلَآ أَعْصِى لَكَ أَمْرًا

Transliteration qāla satajidunī in shāa l-lahu ṣābiran walā aʿṣī laka amran

Nepali ६९) मूसाले भने अल्लाहले चाह्यो भने, तपाईले मलाई धैर्यवान पाउनुहुनेछ र कुनै कुरामा मैले तपाईको आज्ञा उल्लघंन गर्नेछैन ।

Verse 70

قَالَ فَإِنِ ٱتَّبَعْتَنِى فَلَا تَسْـَٔلْنِى عَن شَىْءٍ حَتَّىٰٓ أُحْدِثَ لَكَ مِنْهُ ذِكْرًا

Transliteration qāla fa-ini ittabaʿtanī falā tasalnī ʿan shayin ḥattā uḥ'ditha laka min'hu dhik'ran

Nepali ७०) उसले (खिज्रले) भनेः यदि तिमी मेरो साथमा रहनै चाहन्छौ भने शर्त यो छ कि, मसित कुनै कुराको बारेमा प्रश्न नसोध्नु जबसम्म कि मैले स्वयं त्यसको चर्चा तिमीसित नगरूँ ।

Verse 71

فَٱنطَلَقَا حَتَّىٰٓ إِذَا رَكِبَا فِى ٱلسَّفِينَةِ خَرَقَهَا ۖ قَالَ أَخَرَقْتَهَا لِتُغْرِقَ أَهْلَهَا لَقَدْ جِئْتَ شَيْـًٔا إِمْرًا

Transliteration fa-inṭalaqā ḥattā idhā rakibā fī l-safīnati kharaqahā qāla akharaqtahā litugh'riqa ahlahā laqad ji'ta shayan im'ran

Nepali ७१) अनि दुवै हिँडे, जब एउटा डुङ्गामा सवार भए, तब उसले (खिज्रले) डुङ्गाको पटरी तोडिदिए (प्वाल पारिदिए) । मूसाले भनेः के तपाईले त्यसलाई यसकारणले तोड्नुभएको छ कि सवारहरूलाई डुबाइहाल्नुहोस् । यो त तपाईले बडो खतरनाक कुरा गर्नुभो ।

Verse 72

قَالَ أَلَمْ أَقُلْ إِنَّكَ لَن تَسْتَطِيعَ مَعِىَ صَبْرًا

Transliteration qāla alam aqul innaka lan tastaṭīʿa maʿiya ṣabran

Nepali ७२) उहाँले (खिज्रले) भने, के मैले पहिला नै तिमीलाई भनेको थिएन, कि तिमीले मेरो साथमा कदापि धैर्य धारण गर्न सक्दैनौ ।

Verse 73

قَالَ لَا تُؤَاخِذْنِى بِمَا نَسِيتُ وَلَا تُرْهِقْنِى مِنْ أَمْرِى عُسْرًا

Transliteration qāla lā tuākhidh'nī bimā nasītu walā tur'hiq'nī min amrī ʿus'ran

Nepali ७३) मूसाले भने कि जुन त्रुटि मबाट भएको छ, त्यसबापत मलाई नसमात्नुहोस्, र मेरो कुरामा मलाई संकटमा नपार्नुहोस् ।

Verse 74

فَٱنطَلَقَا حَتَّىٰٓ إِذَا لَقِيَا غُلَـٰمًا فَقَتَلَهُۥ قَالَ أَقَتَلْتَ نَفْسًا زَكِيَّةًۢ بِغَيْرِ نَفْسٍ لَّقَدْ جِئْتَ شَيْـًٔا نُّكْرًا

Transliteration fa-inṭalaqā ḥattā idhā laqiyā ghulāman faqatalahu qāla aqatalta nafsan zakiyyatan bighayri nafsin laqad ji'ta shayan nuk'ran

Nepali ७४) फेरि दुवै अगाडि बढे, अनि एउटा केटो भेट्टाए, तब (खिज्रले) उसलाई मारिदिनुभयो । मूसाले भने कि तपाईले एउटा निर्दोष मानिस किन मारिहाल्नुभो जब कि त्यसले कसैको ज्यान लिएको थिएन । तपाईले एकदमै नराम्रो काम गर्नुभयो ।

Verse 75

۞ قَالَ أَلَمْ أَقُل لَّكَ إِنَّكَ لَن تَسْتَطِيعَ مَعِىَ صَبْرًا

Transliteration qāla alam aqul laka innaka lan tastaṭīʿa maʿiya ṣabran

Nepali ७५) उनले भने के मैले तिमीलाई भनेको थिएन कि तिमी मेरो साथमा रहेर धैर्य राख्नसक्दैनौ ?

Verse 76

قَالَ إِن سَأَلْتُكَ عَن شَىْءٍۭ بَعْدَهَا فَلَا تُصَـٰحِبْنِى ۖ قَدْ بَلَغْتَ مِن لَّدُنِّى عُذْرًا

Transliteration qāla in sa-altuka ʿan shayin baʿdahā falā tuṣāḥib'nī qad balaghta min ladunnī ʿudh'ran

Nepali ७६) मूसाले भने कि यदि म यसपछि तपाईसित कुनै कुराबारे प्रश्न गरें भने तपाईले मलाई आफ्नो साथमा नराख्नुहोला, निश्चय नै तपाई मतिरबाट क्षमायाचनाको सीमासम्म पुगिसक्नुभो ।

Verse 77

فَٱنطَلَقَا حَتَّىٰٓ إِذَآ أَتَيَآ أَهْلَ قَرْيَةٍ ٱسْتَطْعَمَآ أَهْلَهَا فَأَبَوْا۟ أَن يُضَيِّفُوهُمَا فَوَجَدَا فِيهَا جِدَارًا يُرِيدُ أَن يَنقَضَّ فَأَقَامَهُۥ ۖ قَالَ لَوْ شِئْتَ لَتَّخَذْتَ عَلَيْهِ أَجْرًا

Transliteration fa-inṭalaqā ḥattā idhā atayā ahla qaryatin is'taṭʿamā ahlahā fa-abaw an yuḍayyifūhumā fawajadā fīhā jidāran yurīdu an yanqaḍḍa fa-aqāmahu qāla law shi'ta lattakhadhta ʿalayhi ajran

Nepali ७७) फेरि दुवै अगाडि हिंडे, अनि एक गाउँका मानिसहरूछेउ पुगी तिनीहरूसित खाना माँग्नु भयो तर तिनीहरूले उनीहरूको अतिथि सत्कार गर्नुबाट स्पष्टरूपमा इन्कार गरिदिए, अनि उनीहरूले त्यहाँ एउटा भित्तालाई देखे जुन ढल्न लागेको थियो, तब उसले त्यसलाई ठीक पारिदिए । (मूसाले) भने कि यदि तपाईले चाहेको भए तिनीहरूसँग त्यसको मजदूरी लिनसक्नु हुन्थ्यो ।

Verse 78

قَالَ هَـٰذَا فِرَاقُ بَيْنِى وَبَيْنِكَ ۚ سَأُنَبِّئُكَ بِتَأْوِيلِ مَا لَمْ تَسْتَطِع عَّلَيْهِ صَبْرًا

Transliteration qāla hādhā firāqu baynī wabaynika sa-unabbi-uka bitawīli mā lam tastaṭiʿ ʿalayhi ṣabran

Nepali ७८) उनले भने कि अब यो बिछोड हो तिम्रो र मेरो बीचमा, अब म तिमीलाई ती कुराहरूको वास्तविकता बताउँछु जसबारे तिमीले धैर्य गर्न सकेका थिएनौ ।

Verse 79

أَمَّا ٱلسَّفِينَةُ فَكَانَتْ لِمَسَـٰكِينَ يَعْمَلُونَ فِى ٱلْبَحْرِ فَأَرَدتُّ أَنْ أَعِيبَهَا وَكَانَ وَرَآءَهُم مَّلِكٌ يَأْخُذُ كُلَّ سَفِينَةٍ غَصْبًا

Transliteration ammā l-safīnatu fakānat limasākīna yaʿmalūna fī l-baḥri fa-aradttu an aʿībahā wakāna warāahum malikun yakhudhu kulla safīnatin ghaṣban

Nepali ७९) त्यो जुन डुङ्गा थियो, त्यो (केही) गरिबहरूको(दरिद्रहरूको) थियो, जसले समुद्रमा डुङ्गा सञ्चालन गरी परिश्रमले जीविका चलाउँदथे, मैले त्यसमा केही तोडफोड गरें किन भने तिनीहरूको अगाडि एउटा राजा थियो जसले प्रत्येक (राम्रो) डुङ्गालाई जबरजस्ती आफ्नो अधीनमा पार्दथ्यो ।

Verse 80

وَأَمَّا ٱلْغُلَـٰمُ فَكَانَ أَبَوَاهُ مُؤْمِنَيْنِ فَخَشِينَآ أَن يُرْهِقَهُمَا طُغْيَـٰنًا وَكُفْرًا

Transliteration wa-ammā l-ghulāmu fakāna abawāhu mu'minayni fakhashīnā an yur'hiqahumā ṭugh'yānan wakuf'ran

Nepali ८०) र त्यो जुन केटो थियो त्यसको आमा बाबु दुवै मोमिन थिए, हामीलाई डर लाग्यो कि त्यसले आफ्नो हठपूर्ण विद्रोह र कुफ्रबाट, उनीहरूलाई हैरान नपारोस् ।

Verse 81

فَأَرَدْنَآ أَن يُبْدِلَهُمَا رَبُّهُمَا خَيْرًا مِّنْهُ زَكَوٰةً وَأَقْرَبَ رُحْمًا

Transliteration fa-aradnā an yub'dilahumā rabbuhumā khayran min'hu zakatan wa-aqraba ruḥ'man

Nepali ८१) तसर्थ हामीले चाह्यौं कि उनीहरूलाई त्यसको सट्टामा उनीहरूको पालनकर्ताले त्योभन्दा पवित्र आचरणको र त्यसभन्दा बढी मायागर्ने छोरा प्रदान गरोस् ।

Verse 82

وَأَمَّا ٱلْجِدَارُ فَكَانَ لِغُلَـٰمَيْنِ يَتِيمَيْنِ فِى ٱلْمَدِينَةِ وَكَانَ تَحْتَهُۥ كَنزٌ لَّهُمَا وَكَانَ أَبُوهُمَا صَـٰلِحًا فَأَرَادَ رَبُّكَ أَن يَبْلُغَآ أَشُدَّهُمَا وَيَسْتَخْرِجَا كَنزَهُمَا رَحْمَةً مِّن رَّبِّكَ ۚ وَمَا فَعَلْتُهُۥ عَنْ أَمْرِى ۚ ذَٰلِكَ تَأْوِيلُ مَا لَمْ تَسْطِع عَّلَيْهِ صَبْرًا

Transliteration wa-ammā l-jidāru fakāna lighulāmayni yatīmayni fī l-madīnati wakāna taḥtahu kanzun lahumā wakāna abūhumā ṣāliḥan fa-arāda rabbuka an yablughā ashuddahumā wayastakhrijā kanzahumā raḥmatan min rabbika wamā faʿaltuhu ʿan amrī dhālika tawīlu mā lam tasṭiʿ ʿalayhi ṣabran

Nepali ८२) भित्ताको भेद यो हो कि यस शहरमा दुईवटा अनाथ बालकहरू छन् जसका खजाना यस भित्तामुनि गाडिएका छन्, र तिनीहरूको बाबु बडो असल मानिस थियो । तसर्थ तिम्रो पालनकर्ताको इच्छा थियो कि दुवै अनाथहरूले आफ्नो तन्नेरी अवस्थामा आएर आफ्नो यो सम्पत्ति तिम्रो पालनकर्ताको कृपा र दयाले झिकुन् । मैले आफ्नो स्वेच्छाले त्यो काम गरेको होइन । यो थियो यी घटनाहरूको वास्तविक तथ्य जसबारे तपाईले धैर्य गर्न सक्नुभएन ।

Verse 83

وَيَسْـَٔلُونَكَ عَن ذِى ٱلْقَرْنَيْنِ ۖ قُلْ سَأَتْلُوا۟ عَلَيْكُم مِّنْهُ ذِكْرًا

Transliteration wayasalūnaka ʿan dhī l-qarnayni qul sa-atlū ʿalaykum min'hu dhik'ran

Nepali ८३) तपाईसित यिनीहरूले ‘‘जुलकरनैनको’’ बारेमा सोधिराखेका छन् । तपाईले भनिदिनुस्ः कि मैले तिनको बारेमा अलिकति पढेर सुनाउँदछु ।

Verse 84

إِنَّا مَكَّنَّا لَهُۥ فِى ٱلْأَرْضِ وَءَاتَيْنَـٰهُ مِن كُلِّ شَىْءٍ سَبَبًا

Transliteration innā makkannā lahu fī l-arḍi waātaynāhu min kulli shayin sababan

Nepali ८४) हामीले तिनलाई धरतीमा ठूलो शक्ति प्रदान गरेका थियौं र हामीले उनलाई हरेक सामग्रीको साधन दिएका थियौं ।

Verse 85

فَأَتْبَعَ سَبَبًا

Transliteration fa-atbaʿa sababan

Nepali ८५) ऊ एउटा बाटोमा लाग्यो ।

Verse 86

حَتَّىٰٓ إِذَا بَلَغَ مَغْرِبَ ٱلشَّمْسِ وَجَدَهَا تَغْرُبُ فِى عَيْنٍ حَمِئَةٍ وَوَجَدَ عِندَهَا قَوْمًا ۗ قُلْنَا يَـٰذَا ٱلْقَرْنَيْنِ إِمَّآ أَن تُعَذِّبَ وَإِمَّآ أَن تَتَّخِذَ فِيهِمْ حُسْنًا

Transliteration ḥattā idhā balagha maghriba l-shamsi wajadahā taghrubu fī ʿaynin ḥami-atin wawajada ʿindahā qawman qul'nā yādhā l-qarnayni immā an tuʿadhiba wa-immā an tattakhidha fīhim ḥus'nan

Nepali ८६) यहाँसम्म कि सूर्य अस्ताउने ठाउँमा पुग्यो र त्यसलाई एउटा धमिलो पानीको झरनाको मुहानमा अस्ताइराखेको पायो र त्यस झरनाको समीपमा मानिसहरूको एउटा समूह पनि फेला पार्यो । हामीले भन्यौं कि हे जुलकरनैन तिमीले चाहे तिनीहरूलाई कष्ट पुर्याऊ अथवा तिनीहरूसित राम्रो व्यवहार गर । (यी दुवै कुराहरूमा तिमी अधिकार प्राप्त छौ) ।

Verse 87

قَالَ أَمَّا مَن ظَلَمَ فَسَوْفَ نُعَذِّبُهُۥ ثُمَّ يُرَدُّ إِلَىٰ رَبِّهِۦ فَيُعَذِّبُهُۥ عَذَابًا نُّكْرًا

Transliteration qāla ammā man ẓalama fasawfa nuʿadhibuhu thumma yuraddu ilā rabbihi fayuʿadhibuhu ʿadhāban nuk'ran

Nepali ८७) उनले भने कि जसले अत्याचार गर्दछ त्यसलाई त हामीले पनि सजाय दिनेछौं, अनि आफ्नो पालनकर्तातिर फर्काइने छ र जसले उसलाई कठोर सजाय दिनेछ ।

Verse 88

وَأَمَّا مَنْ ءَامَنَ وَعَمِلَ صَـٰلِحًا فَلَهُۥ جَزَآءً ٱلْحُسْنَىٰ ۖ وَسَنَقُولُ لَهُۥ مِنْ أَمْرِنَا يُسْرًا

Transliteration wa-ammā man āmana waʿamila ṣāliḥan falahu jazāan l-ḥus'nā wasanaqūlu lahu min amrinā yus'ran

Nepali ८८) हो जसले ईमान ल्याए र असल कर्म गरे, त्यसको लागि धेरै राम्रो पुरस्कार छ र हामीले आफ्नो मामिलामा त्यसमाथि कुनै प्रकारको कठोरता गर्ने छैनौं, र हामी आफ्नो आदेशमा सहुलियत प्रदान गर्नेछौं ।

Verse 89

ثُمَّ أَتْبَعَ سَبَبًا

Transliteration thumma atbaʿa sababan

Nepali ८९) अनि त्यो अर्कै बाटोतिर लाग्यो ।

Verse 90

حَتَّىٰٓ إِذَا بَلَغَ مَطْلِعَ ٱلشَّمْسِ وَجَدَهَا تَطْلُعُ عَلَىٰ قَوْمٍ لَّمْ نَجْعَل لَّهُم مِّن دُونِهَا سِتْرًا

Transliteration ḥattā idhā balagha maṭliʿa l-shamsi wajadahā taṭluʿu ʿalā qawmin lam najʿal lahum min dūnihā sit'ran

Nepali ९०) अनि अन्ततः जब सूर्य उदाउने ठाउँमा पुग्यो, त देख्यो कि त्यो मानिसको यस्तो समूहमाथि उदाइराखेको छ, जसका लागि हामीले त्यसबाट अरु कुनै ओट बनाएका छैनौं ।

Verse 91

كَذَٰلِكَ وَقَدْ أَحَطْنَا بِمَا لَدَيْهِ خُبْرًا

Transliteration kadhālika waqad aḥaṭnā bimā ladayhi khub'ran

Nepali ९१) घटना यस्तै छ र जे जति उसको सम्बन्धमा छ, हामीलाई सबैको जानकारी छ ।

Verse 92

ثُمَّ أَتْبَعَ سَبَبًا

Transliteration thumma atbaʿa sababan

Nepali ९२) अनि ऊ अर्कै यात्रातिर लाग्यो ।

Verse 93

حَتَّىٰٓ إِذَا بَلَغَ بَيْنَ ٱلسَّدَّيْنِ وَجَدَ مِن دُونِهِمَا قَوْمًا لَّا يَكَادُونَ يَفْقَهُونَ قَوْلًا

Transliteration ḥattā idhā balagha bayna l-sadayni wajada min dūnihimā qawman lā yakādūna yafqahūna qawlan

Nepali ९३) अनि दुईटा पर्खालहरूको बीचमा पुग्यो, त देख्यो कि त्यसको अर्कोपट्टि केही मानिसहरू छन् जसले केही कुरा बुझ्न सक्तैनन् ।

Verse 94

قَالُوا۟ يَـٰذَا ٱلْقَرْنَيْنِ إِنَّ يَأْجُوجَ وَمَأْجُوجَ مُفْسِدُونَ فِى ٱلْأَرْضِ فَهَلْ نَجْعَلُ لَكَ خَرْجًا عَلَىٰٓ أَن تَجْعَلَ بَيْنَنَا وَبَيْنَهُمْ سَدًّا

Transliteration qālū yādhā l-qarnayni inna yajūja wamajūja muf'sidūna fī l-arḍi fahal najʿalu laka kharjan ʿalā an tajʿala baynanā wabaynahum saddan

Nepali ९४) तिनीहरूले भने हे जुल्करनैन । याजूज र माजूज यस पृथ्वीमा निकै उपद्रव गरिराखेका छन् । के हामीले तपाईको लागि केही खर्चको व्यवस्था मिलाइदिऔं, कि तपाईले हाम्रो र तिनीहरूको बीचमा एउटा पर्खाल बनाइदिनु हुन्छ ?

Verse 95

قَالَ مَا مَكَّنِّى فِيهِ رَبِّى خَيْرٌ فَأَعِينُونِى بِقُوَّةٍ أَجْعَلْ بَيْنَكُمْ وَبَيْنَهُمْ رَدْمًا

Transliteration qāla mā makkannī fīhi rabbī khayrun fa-aʿīnūnī biquwwatin ajʿal baynakum wabaynahum radman

Nepali ९५) (जुलकरनैनले) भने कि मेरो पालनकर्ताले मलाई सामथ्र्यको रूपमा जे प्रदान गरेको छ, त्यही नै प्रशस्त छ, तिमीले मात्र आफ्नो शक्ति सामग्रीबाट मेरो मद्दत गर ताकि म तिमीहरू र उनीहरूको बीचमा एउटा बलियो पर्खाल खड़ा गरूँ ।

Verse 96

ءَاتُونِى زُبَرَ ٱلْحَدِيدِ ۖ حَتَّىٰٓ إِذَا سَاوَىٰ بَيْنَ ٱلصَّدَفَيْنِ قَالَ ٱنفُخُوا۟ ۖ حَتَّىٰٓ إِذَا جَعَلَهُۥ نَارًا قَالَ ءَاتُونِىٓ أُفْرِغْ عَلَيْهِ قِطْرًا

Transliteration ātūnī zubara l-ḥadīdi ḥattā idhā sāwā bayna l-ṣadafayni qāla unfukhū ḥattā idhā jaʿalahu nāran qāla ātūnī uf'righ ʿalayhi qiṭ'ran

Nepali ९६) तिमीले फलामको पाता ल्याइदेऊ । दुवै पहाडको बीचको ठाउँमा पर्खाल बनाइसकेपछि आदेश गरे कि आगोलाइ तीव्र पार, जसबाट ती फलामका पाताहरू पूर्णरूपले आगोको रूपमा परिणित भए, त्यसपछि भने कि मेरो पासमा ल्याऊ त्यसमाथि पग्लेको ताम्बा हालिदिऊँ ।

Verse 97

فَمَا ٱسْطَـٰعُوٓا۟ أَن يَظْهَرُوهُ وَمَا ٱسْتَطَـٰعُوا۟ لَهُۥ نَقْبًا

Transliteration famā is'ṭāʿū an yaẓharūhu wamā is'taṭāʿū lahu naqban

Nepali ९७) अनि त्यसपछि तिनीहरूमा न त्यस पर्खालमाथि चढ्ने क्षमता थियो नत त्यसमा कुनै प्रकारको प्वाल पार्न सक्दथे ।

Verse 98

قَالَ هَـٰذَا رَحْمَةٌ مِّن رَّبِّى ۖ فَإِذَا جَآءَ وَعْدُ رَبِّى جَعَلَهُۥ دَكَّآءَ ۖ وَكَانَ وَعْدُ رَبِّى حَقًّا

Transliteration qāla hādhā raḥmatun min rabbī fa-idhā jāa waʿdu rabbī jaʿalahu dakkāa wakāna waʿdu rabbī ḥaqqan

Nepali ९८) भने कि यो मेरो पालनकर्ताको कृपा हो । जब मेरो पालनकर्ताको वचन आउँछ तब त्यसले यसलाई ध्वस्त पारिदिने छ । र मेरो पालनकर्ताको वचन सत्य र यथार्थ छ ।

Verse 99

۞ وَتَرَكْنَا بَعْضَهُمْ يَوْمَئِذٍ يَمُوجُ فِى بَعْضٍ ۖ وَنُفِخَ فِى ٱلصُّورِ فَجَمَعْنَـٰهُمْ جَمْعًا

Transliteration wataraknā baʿḍahum yawma-idhin yamūju fī baʿḍin wanufikha fī l-ṣūri fajamaʿnāhum jamʿan

Nepali ९९) त्यस दिन हामीले तिनीहरूलाई एकआपसमा आक्रमण गर्न छाडी दिनेछौं र सूर (तुरही) फूँकिनेछ, अनि हामीले सबैलाई एकत्रित गरी एक ठाउँमा जम्मा गरिहाल्ने छौं ।

Verse 100

وَعَرَضْنَا جَهَنَّمَ يَوْمَئِذٍ لِّلْكَـٰفِرِينَ عَرْضًا

Transliteration waʿaraḍnā jahannama yawma-idhin lil'kāfirīna ʿarḍan

Nepali १००) त्यस दिन हामीले नर्कलाई काफिरहरूको अगाडि ल्याइदिने छौं ।

Verse 101

ٱلَّذِينَ كَانَتْ أَعْيُنُهُمْ فِى غِطَآءٍ عَن ذِكْرِى وَكَانُوا۟ لَا يَسْتَطِيعُونَ سَمْعًا

Transliteration alladhīna kānat aʿyunuhum fī ghiṭāin ʿan dhik'rī wakānū lā yastaṭīʿūna samʿan

Nepali १०१) जसका आँखाहरू मेरो स्मरणबाट ओझलमा थिए, जो कि सुन्न पनि सक्तैनथे ।

Verse 102

أَفَحَسِبَ ٱلَّذِينَ كَفَرُوٓا۟ أَن يَتَّخِذُوا۟ عِبَادِى مِن دُونِىٓ أَوْلِيَآءَ ۚ إِنَّآ أَعْتَدْنَا جَهَنَّمَ لِلْكَـٰفِرِينَ نُزُلًا

Transliteration afaḥasiba alladhīna kafarū an yattakhidhū ʿibādī min dūnī awliyāa innā aʿtadnā jahannama lil'kāfirīna nuzulan

Nepali १०२) के काफिरहरूले यो ठानिराखेका छन्? कि म बाहेक, तिनीहरूले मेरा भक्तहरूलाई आफ्नो समर्थक बनाइहाल्ने छन् ? (सुनिराख) हामीले त यी कुफ्फारहरूको आतिथ्यको निम्ति नर्कलाई तयार गरिसकेका छौं ।

Verse 103

قُلْ هَلْ نُنَبِّئُكُم بِٱلْأَخْسَرِينَ أَعْمَـٰلًا

Transliteration qul hal nunabbi-ukum bil-akhsarīna aʿmālan

Nepali १०३) भनिदिनुस् किः म तिमीलाई बताइदिन्छु कि कर्महरूको दृष्टिले सबैभन्दा बढी घाटामा को छन् ?

Verse 104

ٱلَّذِينَ ضَلَّ سَعْيُهُمْ فِى ٱلْحَيَوٰةِ ٱلدُّنْيَا وَهُمْ يَحْسَبُونَ أَنَّهُمْ يُحْسِنُونَ صُنْعًا

Transliteration alladhīna ḍalla saʿyuhum fī l-ḥayati l-dun'yā wahum yaḥsabūna annahum yuḥ'sinūna ṣun'ʿan

Nepali १०४) तिनीहरू हुन् जसका सांसारिक जीवनका सम्पूर्ण प्रयासहरू खेर गइहाले र तिनीहरूले यो ठानिराखेछन् कि तिनीहरूले धेरै असल काम गरिराखेका छन् ।

Verse 105

أُو۟لَـٰٓئِكَ ٱلَّذِينَ كَفَرُوا۟ بِـَٔايَـٰتِ رَبِّهِمْ وَلِقَآئِهِۦ فَحَبِطَتْ أَعْمَـٰلُهُمْ فَلَا نُقِيمُ لَهُمْ يَوْمَ ٱلْقِيَـٰمَةِ وَزْنًا

Transliteration ulāika alladhīna kafarū biāyāti rabbihim waliqāihi faḥabiṭat aʿmāluhum falā nuqīmu lahum yawma l-qiyāmati waznan

Nepali १०५) यी तिनै मानिसहरू हुन्, जसले कि आफ्नो पालनकर्ताका आयतहरू र उसको साक्षात्कारलाई इन्कार गरे, तसर्थ तिनीहरूका कर्महरू खेर गइहाले, अतः कियामतको दिन हामीले तिनीहरूलाई कुनै वजन दिने छैनौं ।

Verse 106

ذَٰلِكَ جَزَآؤُهُمْ جَهَنَّمُ بِمَا كَفَرُوا۟ وَٱتَّخَذُوٓا۟ ءَايَـٰتِى وَرُسُلِى هُزُوًا

Transliteration dhālika jazāuhum jahannamu bimā kafarū wa-ittakhadhū āyātī warusulī huzuwan

Nepali १०६) त्यही नर्क तिनीहरूको प्रतिफल हो किनभने तिनीहरूले कुफ्र गरे र हाम्रा आयत र पैगम्बरहरूको उपहास गरे ।

Verse 107

إِنَّ ٱلَّذِينَ ءَامَنُوا۟ وَعَمِلُوا۟ ٱلصَّـٰلِحَـٰتِ كَانَتْ لَهُمْ جَنَّـٰتُ ٱلْفِرْدَوْسِ نُزُلًا

Transliteration inna alladhīna āmanū waʿamilū l-ṣāliḥāti kānat lahum jannātu l-fir'dawsi nuzulan

Nepali १०७) निःसन्देह जसले ईमान ल्याए र असल कर्महरू गरे निःसन्देह तिनीहरूको आतिथ्यसत्कार स्वर्गका बगैंचाहरूमा हुनेछ ।

Verse 108

خَـٰلِدِينَ فِيهَا لَا يَبْغُونَ عَنْهَا حِوَلًا

Transliteration khālidīna fīhā lā yabghūna ʿanhā ḥiwalan

Nepali १०८) तिनीहरू सधैं त्यसमा रहनेछन्, र उनीहरू त्यहाँबाट बासस्थान परिवर्तन गर्न कहिले पनि चाहने छैनन् ।

Verse 109

قُل لَّوْ كَانَ ٱلْبَحْرُ مِدَادًا لِّكَلِمَـٰتِ رَبِّى لَنَفِدَ ٱلْبَحْرُ قَبْلَ أَن تَنفَدَ كَلِمَـٰتُ رَبِّى وَلَوْ جِئْنَا بِمِثْلِهِۦ مَدَدًا

Transliteration qul law kāna l-baḥru midādan likalimāti rabbī lanafida l-baḥru qabla an tanfada kalimātu rabbī walaw ji'nā bimith'lihi madadan

Nepali १०९) भनिदिनुस् कि यदि मेरो पालनकर्ताका कुराहरू लेख्नको निम्ति समुद्र मसी बनिहालोस् तै पनि मेरो पालनकर्ताका कुराहरू सिद्धिनुभन्दा अगाडि नै त्यो सुकिसक्ने छ, यद्यपि त्यो जस्तै अर्को समुद्र पनि हामीले त्यसको सहयोगमा किन नल्याऔं ।

Verse 110

قُلْ إِنَّمَآ أَنَا۠ بَشَرٌ مِّثْلُكُمْ يُوحَىٰٓ إِلَىَّ أَنَّمَآ إِلَـٰهُكُمْ إِلَـٰهٌ وَٰحِدٌ ۖ فَمَن كَانَ يَرْجُوا۟ لِقَآءَ رَبِّهِۦ فَلْيَعْمَلْ عَمَلًا صَـٰلِحًا وَلَا يُشْرِكْ بِعِبَادَةِ رَبِّهِۦٓ أَحَدًۢا

Transliteration qul innamā anā basharun mith'lukum yūḥā ilayya annamā ilāhukum ilāhun wāḥidun faman kāna yarjū liqāa rabbihi falyaʿmal ʿamalan ṣāliḥan walā yush'rik biʿibādati rabbihi aḥadan

Nepali ११०) तपाई भनिदिनुस् कि म त तिमीहरू जस्तै एउटा मानिस हूँ तर हो, मतिर ‘‘वह्य’’ अवतरित गरिन्छ कि सबैको पूजा योग्य त्यही एउटै पूजनीय छ । अनि जुन मानिसले आफ्नो आराध्यसँग साक्षात्कारको आशा राख्दछ त्यसलाई आवश्यक छ कि असल कर्म गरोस् र आफ्नो पालनकर्ताको पूजामा अरु कसैलाई साझेदार नबनोओस्

Read Surah Al-Kahf in another language

All languages

All 114 surahs in Nepali: the Qur’an in Nepali.

Learn it in MyDugsi

Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.