Surah Al-Hashr in Nepali: translation and audio
Surah 59 · الحشر · The Exile · 24 verses
Surah Al-Hashr verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Al-Hashr word by word in English.
Verse 1
سَبَّحَ لِلَّهِ مَا فِى ٱلسَّمَـٰوَٰتِ وَمَا فِى ٱلْأَرْضِ ۖ وَهُوَ ٱلْعَزِيزُ ٱلْحَكِيمُ
Transliteration sabbaḥa lillahi mā fī l-samāwāti wamā fī l-arḍi wahuwa l-ʿazīzu l-ḥakīmu
Nepali १) जे जति आकाशहरूमा छन् र जेजति धरतीमा छन्, सबैले अल्लाहको पवित्रताको वर्णन गर्दछन् र ऊ अधिपत्यशाली तत्वदर्शी छ ।
Verse 2
هُوَ ٱلَّذِىٓ أَخْرَجَ ٱلَّذِينَ كَفَرُوا۟ مِنْ أَهْلِ ٱلْكِتَـٰبِ مِن دِيَـٰرِهِمْ لِأَوَّلِ ٱلْحَشْرِ ۚ مَا ظَنَنتُمْ أَن يَخْرُجُوا۟ ۖ وَظَنُّوٓا۟ أَنَّهُم مَّانِعَتُهُمْ حُصُونُهُم مِّنَ ٱللَّهِ فَأَتَىٰهُمُ ٱللَّهُ مِنْ حَيْثُ لَمْ يَحْتَسِبُوا۟ ۖ وَقَذَفَ فِى قُلُوبِهِمُ ٱلرُّعْبَ ۚ يُخْرِبُونَ بُيُوتَهُم بِأَيْدِيهِمْ وَأَيْدِى ٱلْمُؤْمِنِينَ فَٱعْتَبِرُوا۟ يَـٰٓأُو۟لِى ٱلْأَبْصَـٰرِ
Transliteration huwa alladhī akhraja alladhīna kafarū min ahli l-kitābi min diyārihim li-awwali l-ḥashri mā ẓanantum an yakhrujū waẓannū annahum māniʿatuhum ḥuṣūnuhum mina l-lahi fa-atāhumu l-lahu min ḥaythu lam yaḥtasibū waqadhafa fī qulūbihimu l-ruʿ'ba yukh'ribūna buyūtahum bi-aydīhim wa-aydī l-mu'minīna fa-iʿ'tabirū yāulī l-abṣāri
Nepali २) उही हो, जसले किताबवालाहरूमध्येबाट ती मानिसहरूलाई जसले इन्कार गरे उनीहरूको घरबाट पहिलो भेलाद्वार नै बाहिर निकालिदियो । तिमीलाई अनुमान पनि थिएन कि उनीहरू निस्कने छन् र उनीहरूले ठान्थे कि उनका गढीहरू अल्लाहबाट उनीहरूलाई बचाइहाल्ने छन् तर अल्लाहको क्रोध उनीहरूलाई यस्तो ठाउँबाट आइलाग्यो जसको उनीहरूलाई कल्पना पनि थिएन र उसले उनीहरूको हृदयमा अल्लाहको आतंक फैलाइदियो कि उनीहरू आफ्ना घरहरूलाई स्वयम् आफ्नै हातले र मोमिनहरूको हातबाट उजार्न थाले । अतः हे आँखाले देख्नेवालाहरू ! शिक्षा ग्रहण गर ।
Verse 3
وَلَوْلَآ أَن كَتَبَ ٱللَّهُ عَلَيْهِمُ ٱلْجَلَآءَ لَعَذَّبَهُمْ فِى ٱلدُّنْيَا ۖ وَلَهُمْ فِى ٱلْـَٔاخِرَةِ عَذَابُ ٱلنَّارِ
Transliteration walawlā an kataba l-lahu ʿalayhimu l-jalāa laʿadhabahum fī l-dun'yā walahum fī l-ākhirati ʿadhābu l-nāri
Nepali ३) र यदि अल्लाहले उनीहरूको निम्ति देशनिकाला नलेखिदिएको भए संसारमै पनि उसले उनीहरूलाई अवश्य यातना दिन्थ्यो र परलोकमा त उनीहरूको निम्ति आगोको यातना छँदैछ ।
Verse 4
ذَٰلِكَ بِأَنَّهُمْ شَآقُّوا۟ ٱللَّهَ وَرَسُولَهُۥ ۖ وَمَن يُشَآقِّ ٱللَّهَ فَإِنَّ ٱللَّهَ شَدِيدُ ٱلْعِقَابِ
Transliteration dhālika bi-annahum shāqqū l-laha warasūlahu waman yushāqqi l-laha fa-inna l-laha shadīdu l-ʿiqābi
Nepali ४) यो यसकारण कि उनीहरूले अल्लाह र उसको रसूलको बिरोध गरे । र जो कोहिले पनि अल्लाहको विरोध गर्नेछ त निश्चय नै अल्लाहको यातना साह्रै कठोर छ ।
Verse 5
مَا قَطَعْتُم مِّن لِّينَةٍ أَوْ تَرَكْتُمُوهَا قَآئِمَةً عَلَىٰٓ أُصُولِهَا فَبِإِذْنِ ٱللَّهِ وَلِيُخْزِىَ ٱلْفَـٰسِقِينَ
Transliteration mā qaṭaʿtum min līnatin aw taraktumūhā qāimatan ʿalā uṣūlihā fabi-idh'ni l-lahi waliyukh'ziya l-fāsiqīna
Nepali ५) (मोमिनहरू !) खजूरको वृक्ष जुन तिमीले काटिहाल्यौ वा जतिलाई आफ्नो जराहरूमा उभिरहन दियौ, यो सबै अल्लाहको आदेशबाट थियो र उद्देश्य यो थियो कि उसले अवज्ञाकारीहरूलाई अपमानित गरोस् ।
Verse 6
وَمَآ أَفَآءَ ٱللَّهُ عَلَىٰ رَسُولِهِۦ مِنْهُمْ فَمَآ أَوْجَفْتُمْ عَلَيْهِ مِنْ خَيْلٍ وَلَا رِكَابٍ وَلَـٰكِنَّ ٱللَّهَ يُسَلِّطُ رُسُلَهُۥ عَلَىٰ مَن يَشَآءُ ۚ وَٱللَّهُ عَلَىٰ كُلِّ شَىْءٍ قَدِيرٌ
Transliteration wamā afāa l-lahu ʿalā rasūlihi min'hum famā awjaftum ʿalayhi min khaylin walā rikābin walākinna l-laha yusalliṭu rusulahu ʿalā man yashāu wal-lahu ʿalā kulli shayin qadīrun
Nepali ६) र उनको जुन (माल) अल्लाहले आफ्नो पैगम्बरलाई उनीहरूसित युद्ध बिना दिलाएको छ, (त्यसमा तिम्रो कुनै हक छैन,) किनभने यसको निम्ति तिमीले न घोडाहरू दगुरायौ न ऊँट । तर अल्लाहले आफ्नो रसूलहरूलाई जसमाथि चाहन्छ, अधिपत्य प्रदान गरिदिन्छ । अल्लाहलाई त प्रत्येक कुराको सामथ्र्य छ ।
Verse 7
مَّآ أَفَآءَ ٱللَّهُ عَلَىٰ رَسُولِهِۦ مِنْ أَهْلِ ٱلْقُرَىٰ فَلِلَّهِ وَلِلرَّسُولِ وَلِذِى ٱلْقُرْبَىٰ وَٱلْيَتَـٰمَىٰ وَٱلْمَسَـٰكِينِ وَٱبْنِ ٱلسَّبِيلِ كَىْ لَا يَكُونَ دُولَةًۢ بَيْنَ ٱلْأَغْنِيَآءِ مِنكُمْ ۚ وَمَآ ءَاتَىٰكُمُ ٱلرَّسُولُ فَخُذُوهُ وَمَا نَهَىٰكُمْ عَنْهُ فَٱنتَهُوا۟ ۚ وَٱتَّقُوا۟ ٱللَّهَ ۖ إِنَّ ٱللَّهَ شَدِيدُ ٱلْعِقَابِ
Transliteration mā afāa l-lahu ʿalā rasūlihi min ahli l-qurā falillahi walilrrasūli walidhī l-qur'bā wal-yatāmā wal-masākīni wa-ib'ni l-sabīli kay lā yakūna dūlatan bayna l-aghniyāi minkum wamā ātākumu l-rasūlu fakhudhūhu wamā nahākum ʿanhu fa-intahū wa-ittaqū l-laha inna l-laha shadīdu l-ʿiqābi
Nepali ७) जुन माल सम्पत्ति अल्लाहले आफ्नो पैगम्बरलाई कुनै लडाई वा युद्ध बेगर नगरबासीहरूबाट दिलाएको छ । त्यो अल्लाह र पैगम्बर र पैगम्बरका नजिकका नातावालाहरू र अनाथहरू र निमुखाहरू र बटुवाहरूको निम्ति हो, ताकि तिमीहरूमध्ये जो धनवान छन्, उनीहरूकै हातमा घुम्दै नरहीरहोस्, जे–जति कुरा तिमीलाई पैगम्बरले दिन्छन्, त्यो लिइहाल र जुन कुरोबाट मनाही गर्छन्, त्यसबाट पन्छिनु र अल्लाहसित डर्नेगर, निःसन्देह अल्लाह कष्टप्रद सजाय दिनेवाला छ ।
Verse 8
لِلْفُقَرَآءِ ٱلْمُهَـٰجِرِينَ ٱلَّذِينَ أُخْرِجُوا۟ مِن دِيَـٰرِهِمْ وَأَمْوَٰلِهِمْ يَبْتَغُونَ فَضْلًا مِّنَ ٱللَّهِ وَرِضْوَٰنًا وَيَنصُرُونَ ٱللَّهَ وَرَسُولَهُۥٓ ۚ أُو۟لَـٰٓئِكَ هُمُ ٱلصَّـٰدِقُونَ
Transliteration lil'fuqarāi l-muhājirīna alladhīna ukh'rijū min diyārihim wa-amwālihim yabtaghūna faḍlan mina l-lahi wariḍ'wānan wayanṣurūna l-laha warasūlahu ulāika humu l-ṣādiqūna
Nepali ८) र ती गरिब आफ्नो घरबार छोड्ने वालाहरूका (मुहाजिर) निम्ति पनि जसलाई आफ्ना घरहरू र सम्पत्तिहरूबाट निकाला गरिदिइएको छ । तिनीहरू अल्लाहको अनुकम्पा र उसको प्रसन्नताको इच्छुक छन् र अल्लाह तथा उसको रसूलको मद्दत गर्छन् । यी मानिसहरू नै साँचै ईमानवाला छन् ।
Verse 9
وَٱلَّذِينَ تَبَوَّءُو ٱلدَّارَ وَٱلْإِيمَـٰنَ مِن قَبْلِهِمْ يُحِبُّونَ مَنْ هَاجَرَ إِلَيْهِمْ وَلَا يَجِدُونَ فِى صُدُورِهِمْ حَاجَةً مِّمَّآ أُوتُوا۟ وَيُؤْثِرُونَ عَلَىٰٓ أَنفُسِهِمْ وَلَوْ كَانَ بِهِمْ خَصَاصَةٌ ۚ وَمَن يُوقَ شُحَّ نَفْسِهِۦ فَأُو۟لَـٰٓئِكَ هُمُ ٱلْمُفْلِحُونَ
Transliteration wa-alladhīna tabawwaū l-dāra wal-īmāna min qablihim yuḥibbūna man hājara ilayhim walā yajidūna fī ṣudūrihim ḥājatan mimmā ūtū wayu'thirūna ʿalā anfusihim walaw kāna bihim khaṣāṣatun waman yūqa shuḥḥa nafsihi fa-ulāika humu l-muf'liḥūna
Nepali ९) र उनीहरूको लागि जसले ‘‘मुहाजिरहरू’’ (प्रवासीहरु) भन्दा पहिला मदीनामा बसिराखे र ईमानमा उनीहरूभन्दा पहिला स्थान बनाएका छन् । र जो हिजरत (प्रवास) गरेर आउँनेहरूसित प्रेम गर्दछन् र जे जति आप्रवासीहरूलाई दिइन्छ, त्यसबाट आफ्नो हृदयमा केही छट्पटी पाउँदैनन्, बरु उनलाई आफूहरूभन्दा बढि प्राथमिकता दिन्छन्, चाहे उनीहरूलाई स्वयं त्यसको आवश्यकता किन नहोस् र जो व्यक्ति आफ्नो मनको लोभ र कञ्जूसीबाट बचाइयो यस्ता मानिसहरू नै सफल छन् ।
Verse 10
وَٱلَّذِينَ جَآءُو مِنۢ بَعْدِهِمْ يَقُولُونَ رَبَّنَا ٱغْفِرْ لَنَا وَلِإِخْوَٰنِنَا ٱلَّذِينَ سَبَقُونَا بِٱلْإِيمَـٰنِ وَلَا تَجْعَلْ فِى قُلُوبِنَا غِلًّا لِّلَّذِينَ ءَامَنُوا۟ رَبَّنَآ إِنَّكَ رَءُوفٌ رَّحِيمٌ
Transliteration wa-alladhīna jāū min baʿdihim yaqūlūna rabbanā igh'fir lanā wali-ikh'wāninā alladhīna sabaqūnā bil-īmāni walā tajʿal fī qulūbinā ghillan lilladhīna āmanū rabbanā innaka raūfun raḥīmun
Nepali १०) र यस सम्पत्तिमा उनको पनि (भाग छ) जो उनका पछि आएछन् । उनीहरूले भन्नेछन् कि हे हाम्रो पालनकर्ता ! हामीलाई क्षमा गरिदेऊ र हाम्रा ती दाजुभाइहरूलाई पनि जो हामीभन्दा पहिला ईमान ल्याए, र हाम्रा हृदयमा ईमानवालाहरूको निम्ति कुनै विद्धेश र शत्रुता नराख । हे हाम्रो पालनकर्ता ! तिमी निश्चय नै बडो करुणामय अत्यन्त दयावान छौ ।
Verse 11
۞ أَلَمْ تَرَ إِلَى ٱلَّذِينَ نَافَقُوا۟ يَقُولُونَ لِإِخْوَٰنِهِمُ ٱلَّذِينَ كَفَرُوا۟ مِنْ أَهْلِ ٱلْكِتَـٰبِ لَئِنْ أُخْرِجْتُمْ لَنَخْرُجَنَّ مَعَكُمْ وَلَا نُطِيعُ فِيكُمْ أَحَدًا أَبَدًا وَإِن قُوتِلْتُمْ لَنَنصُرَنَّكُمْ وَٱللَّهُ يَشْهَدُ إِنَّهُمْ لَكَـٰذِبُونَ
Transliteration alam tara ilā alladhīna nāfaqū yaqūlūna li-ikh'wānihimu alladhīna kafarū min ahli l-kitābi la-in ukh'rij'tum lanakhrujanna maʿakum walā nuṭīʿu fīkum aḥadan abadan wa-in qūtil'tum lananṣurannakum wal-lahu yashhadu innahum lakādhibūna
Nepali ११) के तिमीले ती मुनाफिकहरू (कपटी) लाई देखेनौ, जसले आफ्ना काफिर भाइहरूसित जो किताबवाला छन् भन्ने गर्दछन्, कि यदि तिमीलाई देशनिकाला गरियो भने, निश्चय नै हामी पनि तिम्रो साथमा निस्केर जानेछौं, र तिम्रो बारेमा कहिल्यै कसैको भनाई मान्ने छैनौं, र यदि तिमीसँग लडाई भयो भने तिम्रो सहायता गर्नेछौं, तर अल्लाह साक्षी छ, कि यिनीहरू झूठा छन् ।
Verse 12
لَئِنْ أُخْرِجُوا۟ لَا يَخْرُجُونَ مَعَهُمْ وَلَئِن قُوتِلُوا۟ لَا يَنصُرُونَهُمْ وَلَئِن نَّصَرُوهُمْ لَيُوَلُّنَّ ٱلْأَدْبَـٰرَ ثُمَّ لَا يُنصَرُونَ
Transliteration la-in ukh'rijū lā yakhrujūna maʿahum wala-in qūtilū lā yanṣurūnahum wala-in naṣarūhum layuwallunna l-adbāra thumma lā yunṣarūna
Nepali १२) यदि उनीहरू निकालिए भने यिनीहरू उनको साथमा निस्कने छैनन् र यदि उनीहरूसँग युद्ध भयो भने त उनको सहायता गर्ने छैनन् र यदि सहायता गर्न आउँछन् भने पिठ्यू फर्काइ भागिहाल्ने छन्, अनि उनीहरूलाई कतैबाट पनि सहायता प्राप्त हुनेछैन ।
Verse 13
لَأَنتُمْ أَشَدُّ رَهْبَةً فِى صُدُورِهِم مِّنَ ٱللَّهِ ۚ ذَٰلِكَ بِأَنَّهُمْ قَوْمٌ لَّا يَفْقَهُونَ
Transliteration la-antum ashaddu rahbatan fī ṣudūrihim mina l-lahi dhālika bi-annahum qawmun lā yafqahūna
Nepali १३) (मुसलमानहरू !) तिम्रो भय ती मानिसहरूको हृदयमा अल्लाहभन्दा पनि बढी छ, यो यस कारण छ कि यिनीहरूले बुझ्दैनन् ।
Verse 14
لَا يُقَـٰتِلُونَكُمْ جَمِيعًا إِلَّا فِى قُرًى مُّحَصَّنَةٍ أَوْ مِن وَرَآءِ جُدُرٍۭ ۚ بَأْسُهُم بَيْنَهُمْ شَدِيدٌ ۚ تَحْسَبُهُمْ جَمِيعًا وَقُلُوبُهُمْ شَتَّىٰ ۚ ذَٰلِكَ بِأَنَّهُمْ قَوْمٌ لَّا يَعْقِلُونَ
Transliteration lā yuqātilūnakum jamīʿan illā fī quran muḥaṣṣanatin aw min warāi judurin basuhum baynahum shadīdun taḥsabuhum jamīʿan waqulūbuhum shattā dhālika bi-annahum qawmun lā yaʿqilūna
Nepali १४) यी सबै मिलेर पनि तिमीसित आमुन्ने–सामुन्ने लड्न सक्दैनन् । तर बस्तीहरूका गढहरूमा शरण लिएर वा पर्खालहरूको पछाडि (लुकेर) रहुन् । उनको आपसमा नै ठूलो लडाई छ । यद्यपि तिमीले यिनीहरूलाई संगठित ठान्दछौ तर उनका हृदय फाटेका (विभाजित) छन् । यो यसकारण कि उनीहरू बुद्धिहीन छन् ।
Verse 15
كَمَثَلِ ٱلَّذِينَ مِن قَبْلِهِمْ قَرِيبًا ۖ ذَاقُوا۟ وَبَالَ أَمْرِهِمْ وَلَهُمْ عَذَابٌ أَلِيمٌ
Transliteration kamathali alladhīna min qablihim qarīban dhāqū wabāla amrihim walahum ʿadhābun alīmun
Nepali १५) उनीहरूको अवस्था ती मानिसहरूको जस्तो छ, जुन उनीभन्दा केही पहिला आफ्ना कर्महरूको यातनाको स्वाद चाखिसकेका छन् र अहिले उनीहरूको निम्ति कष्टदायक यातना तयार छ ।
Verse 16
كَمَثَلِ ٱلشَّيْطَـٰنِ إِذْ قَالَ لِلْإِنسَـٰنِ ٱكْفُرْ فَلَمَّا كَفَرَ قَالَ إِنِّى بَرِىٓءٌ مِّنكَ إِنِّىٓ أَخَافُ ٱللَّهَ رَبَّ ٱلْعَـٰلَمِينَ
Transliteration kamathali l-shayṭāni idh qāla lil'insāni uk'fur falammā kafara qāla innī barīon minka innī akhāfu l-laha rabba l-ʿālamīna
Nepali १६) (मुनाफिकहरूको) उदाहरण शैतानको जस्तो छ, उसले मानिससँग भन्यो कुफ्र गर । त जब त्यो काफिर भइहाल्यो तब भन्न थाल्यो कि मलाई तिमीसित कुनै सरोकार छैन । मलाई त सारा संसारको पालनकर्तासित डर लाग्छ ।
Verse 17
فَكَانَ عَـٰقِبَتَهُمَآ أَنَّهُمَا فِى ٱلنَّارِ خَـٰلِدَيْنِ فِيهَا ۚ وَذَٰلِكَ جَزَٰٓؤُا۟ ٱلظَّـٰلِمِينَ
Transliteration fakāna ʿāqibatahumā annahumā fī l-nāri khālidayni fīhā wadhālika jazāu l-ẓālimīna
Nepali १७) तसर्थ दुवैको परिणाम यो भयो कि दुवै नर्कमा गए । सधैं त्यसमा रहनेछन् र अन्यायीहरूको यही दण्ड हो ।
Verse 18
يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوا۟ ٱتَّقُوا۟ ٱللَّهَ وَلْتَنظُرْ نَفْسٌ مَّا قَدَّمَتْ لِغَدٍ ۖ وَٱتَّقُوا۟ ٱللَّهَ ۚ إِنَّ ٱللَّهَ خَبِيرٌۢ بِمَا تَعْمَلُونَ
Transliteration yāayyuhā alladhīna āmanū ittaqū l-laha waltanẓur nafsun mā qaddamat lighadin wa-ittaqū l-laha inna l-laha khabīrun bimā taʿmalūna
Nepali १८) हे ईमानवालाहरू ! अल्लाहसित डर र प्रत्येक व्यक्तिले हेर्नुपर्छ कि उसले भोलि कयामतको दिनको निम्ति के कस्तो कर्म पठाएको छ र सधैं अल्लाहसित डर मानिराख निःसन्देह अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापबाट अवगत छ ।
Verse 19
وَلَا تَكُونُوا۟ كَٱلَّذِينَ نَسُوا۟ ٱللَّهَ فَأَنسَىٰهُمْ أَنفُسَهُمْ ۚ أُو۟لَـٰٓئِكَ هُمُ ٱلْفَـٰسِقُونَ
Transliteration walā takūnū ka-alladhīna nasū l-laha fa-ansāhum anfusahum ulāika humu l-fāsiqūna
Nepali १९) र तिमी ती मानिसहरू जस्तो नहुनु, जसले अल्लाहलाई बिर्सिदिए, तब अल्लाहले उनीहरूलाई यस्तो गरिदियो कि स्वयं आफूलाई नै बिर्सिहाले । यिनीहरू अवज्ञाकारी हुन् ।
Verse 20
لَا يَسْتَوِىٓ أَصْحَـٰبُ ٱلنَّارِ وَأَصْحَـٰبُ ٱلْجَنَّةِ ۚ أَصْحَـٰبُ ٱلْجَنَّةِ هُمُ ٱلْفَآئِزُونَ
Transliteration lā yastawī aṣḥābu l-nāri wa-aṣḥābu l-janati aṣḥābu l-janati humu l-fāizūna
Nepali २०) नर्कवाला र स्वर्गवालाहरू समान छैनन् । स्वर्गवाला त सफलता प्राप्त गर्नेवाला हुन् (र नर्कवालाहरू असफल हुन) ।
Verse 21
لَوْ أَنزَلْنَا هَـٰذَا ٱلْقُرْءَانَ عَلَىٰ جَبَلٍ لَّرَأَيْتَهُۥ خَـٰشِعًا مُّتَصَدِّعًا مِّنْ خَشْيَةِ ٱللَّهِ ۚ وَتِلْكَ ٱلْأَمْثَـٰلُ نَضْرِبُهَا لِلنَّاسِ لَعَلَّهُمْ يَتَفَكَّرُونَ
Transliteration law anzalnā hādhā l-qur'āna ʿalā jabalin lara-aytahu khāshiʿan mutaṣaddiʿan min khashyati l-lahi watil'ka l-amthālu naḍribuhā lilnnāsi laʿallahum yatafakkarūna
Nepali २१) यदि हामीले यस कुरआनलाई कुनै पहाडमाथि अवतरित गरेको भए, तिमीले त्यसलाई अल्लाहको भयले चूरा–चूरा भइराखेको देख्नेथ्यौ र यी उदाहरणहरू हामीले मानिसहरूको निम्ति वर्णन गर्दछौं ताकि उनीहरूले गम्भीरतापूर्वक विचार गरुन् ।
Verse 22
هُوَ ٱللَّهُ ٱلَّذِى لَآ إِلَـٰهَ إِلَّا هُوَ ۖ عَـٰلِمُ ٱلْغَيْبِ وَٱلشَّهَـٰدَةِ ۖ هُوَ ٱلرَّحْمَـٰنُ ٱلرَّحِيمُ
Transliteration huwa l-lahu alladhī lā ilāha illā huwa ʿālimu l-ghaybi wal-shahādati huwa l-raḥmānu l-raḥīmu
Nepali २२) उही अल्लाह हो, जस बाहेक अरु कोही सत्य पूज्य छैन, अदृश्य र प्रकटको ज्ञाता, बडो कृपाशील, अत्यन्त दयावान छ ।
Verse 23
هُوَ ٱللَّهُ ٱلَّذِى لَآ إِلَـٰهَ إِلَّا هُوَ ٱلْمَلِكُ ٱلْقُدُّوسُ ٱلسَّلَـٰمُ ٱلْمُؤْمِنُ ٱلْمُهَيْمِنُ ٱلْعَزِيزُ ٱلْجَبَّارُ ٱلْمُتَكَبِّرُ ۚ سُبْحَـٰنَ ٱللَّهِ عَمَّا يُشْرِكُونَ
Transliteration huwa l-lahu alladhī lā ilāha illā huwa l-maliku l-qudūsu l-salāmu l-mu'minu l-muhayminu l-ʿazīzu l-jabāru l-mutakabiru sub'ḥāna l-lahi ʿammā yush'rikūna
Nepali २३) त्यही अल्लाह हो, जस बाहेक कोही सत्य पूजाको योग्य छैन । त्यो सम्राट हो, अत्यन्त पवित्र सबै दुर्गुणबाट मुक्त, शान्तिदाता, संरक्षक, अधिपत्यवाला र शक्तिशाली र महानतायुक्त पवित्र छ अल्लाह त्यस शीर्कबाट जुन उनीहरूले गर्दछन् ।
Verse 24
هُوَ ٱللَّهُ ٱلْخَـٰلِقُ ٱلْبَارِئُ ٱلْمُصَوِّرُ ۖ لَهُ ٱلْأَسْمَآءُ ٱلْحُسْنَىٰ ۚ يُسَبِّحُ لَهُۥ مَا فِى ٱلسَّمَـٰوَٰتِ وَٱلْأَرْضِ ۖ وَهُوَ ٱلْعَزِيزُ ٱلْحَكِيمُ
Transliteration huwa l-lahu l-khāliqu l-bāri-u l-muṣawiru lahu l-asmāu l-ḥus'nā yusabbiḥu lahu mā fī l-samāwāti wal-arḍi wahuwa l-ʿazīzu l-ḥakīmu
Nepali २४) उही अल्लाह हो, जो सृष्टिकर्ता र अस्तित्व दाता हो, रूप दिनेवाला हो उसैका सबै राम्रा नामहरू हुन् । जुनसुकै कुरा चाहे त्यो आकाशहरू वा धरतीमा छ, उसैको गुणगान गरिराखेको छ । र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
Read Surah Al-Hashr in another language
- English (word by word)
- Albanian
- Amazigh
- Amharic
- Assamese
- Azerbaijani
- Bambara
- Bangla
- Bosnian
- Bulgarian
- Chechen
- Chinese
- Czech
- Dari
- Dhivehi
- Dutch
- Finnish
- French
- German
- Gujarati
- Hausa
- Hebrew
- Hindi
- Indonesian
- Italian
- Japanese
- Kannada
- Kazakh
- Khmer
- Kinyarwanda
- Korean
- Kurdish
- Luganda
- Malay
- Malayalam
- Maranao
- Marathi
- Norwegian
- Oromo
- Pashto
- Persian
- Polish
- Portuguese
- Romanian
- Russian
- Sindhi
- Sinhala
- Somali
- Spanish
- Swahili
- Swedish
- Tagalog
- Tajik
- Tamil
- Tatar
- Telugu
- Thai
- Turkish
- Ukrainian
- Urdu
- Uyghur
- Uzbek
- Vietnamese
- Yao
- Yoruba
All 114 surahs in Nepali: the Qur’an in Nepali.
Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.