MyDugsiStart learning

Surah Nuh in Nepali: translation and audio

Surah 71 · نوح · Noah · 28 verses

Surah Nuh verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah Nuh word by word in English.

Verse 1

إِنَّآ أَرْسَلْنَا نُوحًا إِلَىٰ قَوْمِهِۦٓ أَنْ أَنذِرْ قَوْمَكَ مِن قَبْلِ أَن يَأْتِيَهُمْ عَذَابٌ أَلِيمٌ

Transliteration innā arsalnā nūḥan ilā qawmihi an andhir qawmaka min qabli an yatiyahum ʿadhābun alīmun

Nepali १) हामीले ‘‘नूह (अलैहिस्सलाम) लाई’’ निश्चितरूपले उनको कौमतिर पठायौं कि आफ्नो कौमका मानिसहरूलाई डराऊ र सावधान गरिदेऊ, यसभन्दा पहिला कि उनीहरूमाथि कुनै दुःखद यातना आओस् ।

Verse 2

قَالَ يَـٰقَوْمِ إِنِّى لَكُمْ نَذِيرٌ مُّبِينٌ

Transliteration qāla yāqawmi innī lakum nadhīrun mubīnun

Nepali २) उनले भने ‘‘हे मेरो कौमका मानिसहरू ! म तिम्रो निम्ति एउटा स्पष्ट सचेतकर्ता हूँ,

Verse 3

أَنِ ٱعْبُدُوا۟ ٱللَّهَ وَٱتَّقُوهُ وَأَطِيعُونِ

Transliteration ani uʿ'budū l-laha wa-ittaqūhu wa-aṭīʿūni

Nepali ३) कि ! अल्लाहको उपासना गर र उसित डर र मेरो भनाई मान ।

Verse 4

يَغْفِرْ لَكُم مِّن ذُنُوبِكُمْ وَيُؤَخِّرْكُمْ إِلَىٰٓ أَجَلٍ مُّسَمًّى ۚ إِنَّ أَجَلَ ٱللَّهِ إِذَا جَآءَ لَا يُؤَخَّرُ ۖ لَوْ كُنتُمْ تَعْلَمُونَ

Transliteration yaghfir lakum min dhunūbikum wayu-akhir'kum ilā ajalin musamman inna ajala l-lahi idhā jāa lā yu-akharu law kuntum taʿlamūna

Nepali ४) तब उसले तिम्रो पाप क्षमा गरिदिनेछ र निश्चित समयसम्म तिमीलाई मोहलत प्रदान गर्नेछ । निःसंदेह जब अल्लाहले निर्धारण गरेको समय आइपुग्छ तब विलम्ब हुँदैन, काश तिमीले जान्नेभएको भए ।

Verse 5

قَالَ رَبِّ إِنِّى دَعَوْتُ قَوْمِى لَيْلًا وَنَهَارًا

Transliteration qāla rabbi innī daʿawtu qawmī laylan wanahāran

Nepali ५) नूहले भने कि, हे मेरो पालनकर्ता ! मैले आफ्नो जातिबन्धुलाई रातदिन तिम्रोतर्फ बोलाउने गरे,

Verse 6

فَلَمْ يَزِدْهُمْ دُعَآءِىٓ إِلَّا فِرَارًا

Transliteration falam yazid'hum duʿāī illā firāran

Nepali ६) तर मेरो पुकारबाट उनीहरू झन् टाढिदै गए ।

Verse 7

وَإِنِّى كُلَّمَا دَعَوْتُهُمْ لِتَغْفِرَ لَهُمْ جَعَلُوٓا۟ أَصَـٰبِعَهُمْ فِىٓ ءَاذَانِهِمْ وَٱسْتَغْشَوْا۟ ثِيَابَهُمْ وَأَصَرُّوا۟ وَٱسْتَكْبَرُوا۟ ٱسْتِكْبَارًا

Transliteration wa-innī kullamā daʿawtuhum litaghfira lahum jaʿalū aṣābiʿahum fī ādhānihim wa-is'taghshaw thiyābahum wa-aṣarrū wa-is'takbarū is'tik'bāran

Nepali ७) जहिलेपनि मैले उनीहरूलाई तिम्रो क्षमातर्फ बोलाएँ, उनीहरूले आफ्ना कानलाई औलाले थुने र कपडाले आफूलाई छोपिहाले र अटेरी भएर घमण्ड गरे ।

Verse 8

ثُمَّ إِنِّى دَعَوْتُهُمْ جِهَارًا

Transliteration thumma innī daʿawtuhum jihāran

Nepali ८) अनि मैले उनलाई ठूलो स्वरले बोलाएँ ।

Verse 9

ثُمَّ إِنِّىٓ أَعْلَنتُ لَهُمْ وَأَسْرَرْتُ لَهُمْ إِسْرَارًا

Transliteration thumma innī aʿlantu lahum wa-asrartu lahum is'rāran

Nepali ९) अनि निःसंदेह मैले उनीहरूसित खुल्ला तौरले पनि कुरो गरें र उनीहरूसित गोप्यरूपले पनि कुरा गरें ।

Verse 10

فَقُلْتُ ٱسْتَغْفِرُوا۟ رَبَّكُمْ إِنَّهُۥ كَانَ غَفَّارًا

Transliteration faqul'tu is'taghfirū rabbakum innahu kāna ghaffāran

Nepali १०) र मैले भने किः आफ्नो पालनकर्तासित आफ्ना पापबाट मुक्ति गराऊ र क्षमा माँग । निश्चय नै ऊ ठूलो क्षमादाता हो ।

Verse 11

يُرْسِلِ ٱلسَّمَآءَ عَلَيْكُم مِّدْرَارًا

Transliteration yur'sili l-samāa ʿalaykum mid'rāran

Nepali ११) उसले तिमीमाथि निकै वर्षाउनेवाला बादल पठाउने छ ।

Verse 12

وَيُمْدِدْكُم بِأَمْوَٰلٍ وَبَنِينَ وَيَجْعَل لَّكُمْ جَنَّـٰتٍ وَيَجْعَل لَّكُمْ أَنْهَـٰرًا

Transliteration wayum'did'kum bi-amwālin wabanīna wayajʿal lakum jannātin wayajʿal lakum anhāran

Nepali १२) र उसले सम्पत्ति र सन्तानमा तिमीलाई बढोत्तरी प्रदान गर्नेछ, र तिम्रो निम्ति बगैंचाहरू पैदा गर्नेछ र तिम्रो निम्ति नहरहरू प्रवाहित गर्नेछ ।

Verse 13

مَّا لَكُمْ لَا تَرْجُونَ لِلَّهِ وَقَارًا

Transliteration mā lakum lā tarjūna lillahi waqāran

Nepali १३) तिमीलाई के भएको छ कि तिमीले अल्लाहको सर्वश्रेष्ठतामाथि ईमान राख्दैनौ ?

Verse 14

وَقَدْ خَلَقَكُمْ أَطْوَارًا

Transliteration waqad khalaqakum aṭwāran

Nepali १४) जबकि उसले तिमीलाई विभिन्न अवस्थाहरूबाट गुजार्दै सृष्टि गरेको छ ।

Verse 15

أَلَمْ تَرَوْا۟ كَيْفَ خَلَقَ ٱللَّهُ سَبْعَ سَمَـٰوَٰتٍ طِبَاقًا

Transliteration alam taraw kayfa khalaqa l-lahu sabʿa samāwātin ṭibāqan

Nepali १५) के तिमीले देखेनौ कि अल्लाहले कसरी एउटामाथि अर्को गरी सातवटा आकाशहरू बनाएको छ ?

Verse 16

وَجَعَلَ ٱلْقَمَرَ فِيهِنَّ نُورًا وَجَعَلَ ٱلشَّمْسَ سِرَاجًا

Transliteration wajaʿala l-qamara fīhinna nūran wajaʿala l-shamsa sirājan

Nepali १६) र उनीहरूमा चन्द्रलाई जगमगाउँदो बनाएको छ, र सूर्यलाई प्रकाशयुक्त दीप बनाएको छ ?

Verse 17

وَٱللَّهُ أَنۢبَتَكُم مِّنَ ٱلْأَرْضِ نَبَاتًا

Transliteration wal-lahu anbatakum mina l-arḍi nabātan

Nepali १७) र अल्लाहले नै तिमीलाई धरतीबाट सृष्टि गरेको छ,

Verse 18

ثُمَّ يُعِيدُكُمْ فِيهَا وَيُخْرِجُكُمْ إِخْرَاجًا

Transliteration thumma yuʿīdukum fīhā wayukh'rijukum ikh'rājan

Nepali १८) अनि त्यसैमा तिमीलाई फर्काउनेछ र तिमीलाई निकालि उभ्याउनेछ ।

Verse 19

وَٱللَّهُ جَعَلَ لَكُمُ ٱلْأَرْضَ بِسَاطًا

Transliteration wal-lahu jaʿala lakumu l-arḍa bisāṭan

Nepali १९) र अल्लाहले नै धरतीलाई तिम्रो निम्ती फर्श (ओछ्यान) बनायो ।

Verse 20

لِّتَسْلُكُوا۟ مِنْهَا سُبُلًا فِجَاجًا

Transliteration litaslukū min'hā subulan fijājan

Nepali २०) ताकि उसका ठूला–ठूला विस्तृत मार्गमा हिंड ।

Verse 21

قَالَ نُوحٌ رَّبِّ إِنَّهُمْ عَصَوْنِى وَٱتَّبَعُوا۟ مَن لَّمْ يَزِدْهُ مَالُهُۥ وَوَلَدُهُۥٓ إِلَّا خَسَارًا

Transliteration qāla nūḥun rabbi innahum ʿaṣawnī wa-ittabaʿū man lam yazid'hu māluhu wawaladuhu illā khasāran

Nepali २१) नूहले भनेः कि ‘मेरो पालनकर्ता उनीहरूले मेरो अवज्ञा गरे, र उसको अनुशरण गरे जसको धन र जसको सन्तानले उनको घाटामै नै वृद्धि गर्यो ।

Verse 22

وَمَكَرُوا۟ مَكْرًا كُبَّارًا

Transliteration wamakarū makran kubbāran

Nepali २२) र उनीहरूले धेरै ठूलो षड्यन्त्र गरे,

Verse 23

وَقَالُوا۟ لَا تَذَرُنَّ ءَالِهَتَكُمْ وَلَا تَذَرُنَّ وَدًّا وَلَا سُوَاعًا وَلَا يَغُوثَ وَيَعُوقَ وَنَسْرًا

Transliteration waqālū lā tadharunna ālihatakum walā tadharunna waddan walā suwāʿan walā yaghūtha wayaʿūqa wanasran

Nepali २३) र उनीहरूले भन्नथाले कि आफ्ना पूज्यहरूलाई कदापि नछाड्नु र खासगरी ‘‘वद्द’’ र ‘‘सुवाअ्’’ र ‘‘यगूस’’ र यअूक र नस्रलाई कदापि परित्याग नगर्नु ।

Verse 24

وَقَدْ أَضَلُّوا۟ كَثِيرًا ۖ وَلَا تَزِدِ ٱلظَّـٰلِمِينَ إِلَّا ضَلَـٰلًا

Transliteration waqad aḍallū kathīran walā tazidi l-ẓālimīna illā ḍalālan

Nepali २४) र उनीहरूले धेरै मानिसहरूलाई पथविचलित गरिदिएका छन्, (हे पालनकर्ता) तिमीले उनीहरूलाई अझै बढी पथभ्रष्ट गरिदेऊ ।

Verse 25

مِّمَّا خَطِيٓـَٔـٰتِهِمْ أُغْرِقُوا۟ فَأُدْخِلُوا۟ نَارًا فَلَمْ يَجِدُوا۟ لَهُم مِّن دُونِ ٱللَّهِ أَنصَارًا

Transliteration mimmā khaṭīātihim ugh'riqū fa-ud'khilū nāran falam yajidū lahum min dūni l-lahi anṣāran

Nepali २५) अन्ततः उनीहरू आफ्ना पापहरूको कारणले (जलप्रलयमा) डुबाइए, अनि नर्कमा हालिए, र उनीहरूले अल्लाह बाहेक कसैलाई आफ्नो मद्दतगर्ने पाएनन् ।

Verse 26

وَقَالَ نُوحٌ رَّبِّ لَا تَذَرْ عَلَى ٱلْأَرْضِ مِنَ ٱلْكَـٰفِرِينَ دَيَّارًا

Transliteration waqāla nūḥun rabbi lā tadhar ʿalā l-arḍi mina l-kāfirīna dayyāran

Nepali २६) र नूहले प्रार्थना गरे कि हे मेरो पालनकर्ता धरतीमा बसिरहेको कुनै काफिरलाई राम्रो अवस्थामा नछाड ।

Verse 27

إِنَّكَ إِن تَذَرْهُمْ يُضِلُّوا۟ عِبَادَكَ وَلَا يَلِدُوٓا۟ إِلَّا فَاجِرًا كَفَّارًا

Transliteration innaka in tadharhum yuḍillū ʿibādaka walā yalidū illā fājiran kaffāran

Nepali २७) यदि तिमीले उनीहरूलाई छाडदिनेछौ भने निश्चय नै तिम्रा अरु दासहरूलाई पनि पथभ्रष्ट गरिदिनेछन्, र उनीहरूले दुराचारी र ठूलो काफिरहरूलाई नै जन्म दिनेछन् ।

Verse 28

رَّبِّ ٱغْفِرْ لِى وَلِوَٰلِدَىَّ وَلِمَن دَخَلَ بَيْتِىَ مُؤْمِنًا وَلِلْمُؤْمِنِينَ وَٱلْمُؤْمِنَـٰتِ وَلَا تَزِدِ ٱلظَّـٰلِمِينَ إِلَّا تَبَارًۢا

Transliteration rabbi igh'fir lī waliwālidayya waliman dakhala baytiya mu'minan walil'mu'minīna wal-mu'mināti walā tazidi l-ẓālimīna illā tabāran

Nepali २८) हे मेरो पालनकर्ताः मलाई र मेरो आमा बाबुलाई र जो पनि ईमानवाला भएर मेरो घरमा आए र तमाम ईमानवाला पुरुषहरू र ईमान भएकी स्त्रीहरूलाई क्षमा गरिदेऊ र अत्याचारीहरूको निम्ति अझै विनाशमा वृद्धि गर ।

Read Surah Nuh in another language

All languages

All 114 surahs in Nepali: the Qur’an in Nepali.

Learn it in MyDugsi

Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.