MyDugsiStart learning

Surah As-Saf in Nepali: translation and audio

Surah 61 · الصف · The Ranks · 14 verses

Surah As-Saf verse by verse: the Arabic with a recitation you can repeat, the transliteration, and the Nepali translation by Ahl Al-Hadith Central Society of Nepal. For the meaning of every word, see Surah As-Saf word by word in English.

Verse 1

سَبَّحَ لِلَّهِ مَا فِى ٱلسَّمَـٰوَٰتِ وَمَا فِى ٱلْأَرْضِ ۖ وَهُوَ ٱلْعَزِيزُ ٱلْحَكِيمُ

Transliteration sabbaḥa lillahi mā fī l-samāwāti wamā fī l-arḍi wahuwa l-ʿazīzu l-ḥakīmu

Nepali १) आकाश र धरतीमा भएका सबैले अल्लाहको गुणगान गर्छन् र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।

Verse 2

يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوا۟ لِمَ تَقُولُونَ مَا لَا تَفْعَلُونَ

Transliteration yāayyuhā alladhīna āmanū lima taqūlūna mā lā tafʿalūna

Nepali २) हे मोमिनहरू ! तिमीले यस्ता कुरा किन भन्ने गर्दछौ जो गर्दैनौ ?

Verse 3

كَبُرَ مَقْتًا عِندَ ٱللَّهِ أَن تَقُولُوا۟ مَا لَا تَفْعَلُونَ

Transliteration kabura maqtan ʿinda l-lahi an taqūlū mā lā tafʿalūna

Nepali ३) तिमी जुन गर्दैनौ त्यो भन्नु अल्लाहलाई धेरै अप्रिय छ ।

Verse 4

إِنَّ ٱللَّهَ يُحِبُّ ٱلَّذِينَ يُقَـٰتِلُونَ فِى سَبِيلِهِۦ صَفًّا كَأَنَّهُم بُنْيَـٰنٌ مَّرْصُوصٌ

Transliteration inna l-laha yuḥibbu alladhīna yuqātilūna fī sabīlihi ṣaffan ka-annahum bun'yānun marṣūṣun

Nepali ४) निःसन्देह अल्लाहले तिनीहरूसंग प्रेम गर्नुहुन्छ जुन मानिसहरूले अल्लाहको मार्गमा स्थिर भई लड्छन् कि मानौं सीसा भरिएको बलियो ठोस पर्खाल हुन् ।

Verse 5

وَإِذْ قَالَ مُوسَىٰ لِقَوْمِهِۦ يَـٰقَوْمِ لِمَ تُؤْذُونَنِى وَقَد تَّعْلَمُونَ أَنِّى رَسُولُ ٱللَّهِ إِلَيْكُمْ ۖ فَلَمَّا زَاغُوٓا۟ أَزَاغَ ٱللَّهُ قُلُوبَهُمْ ۚ وَٱللَّهُ لَا يَهْدِى ٱلْقَوْمَ ٱلْفَـٰسِقِينَ

Transliteration wa-idh qāla mūsā liqawmihi yāqawmi lima tu'dhūnanī waqad taʿlamūna annī rasūlu l-lahi ilaykum falammā zāghū azāgha l-lahu qulūbahum wal-lahu lā yahdī l-qawma l-fāsiqīna

Nepali ५) र स्मरण गर जब ‘‘मूसा(अलैहिस्सलाम)ले’’ आफ्नो कौमसित भने कि हे मेरो समुदायका मानिसहरू तिमीले मलाई किन दुःख दिन्छौ, जब कि तिमी जान्दछौ कि म तिम्रो लागि अल्लाहले पठाएको रसूल हूँ, अनि जब उनीहरूले बाङ्गोपना अपनाए त अल्लाहले पनि उनको हृदयलाई बढी बाङ्गो बनाइदियो । र अल्लाहले अवज्ञाकारीहरूलाई सोझो मार्ग देखाउँदैन ।

Verse 6

وَإِذْ قَالَ عِيسَى ٱبْنُ مَرْيَمَ يَـٰبَنِىٓ إِسْرَٰٓءِيلَ إِنِّى رَسُولُ ٱللَّهِ إِلَيْكُم مُّصَدِّقًا لِّمَا بَيْنَ يَدَىَّ مِنَ ٱلتَّوْرَىٰةِ وَمُبَشِّرًۢا بِرَسُولٍ يَأْتِى مِنۢ بَعْدِى ٱسْمُهُۥٓ أَحْمَدُ ۖ فَلَمَّا جَآءَهُم بِٱلْبَيِّنَـٰتِ قَالُوا۟ هَـٰذَا سِحْرٌ مُّبِينٌ

Transliteration wa-idh qāla ʿīsā ub'nu maryama yābanī is'rāīla innī rasūlu l-lahi ilaykum muṣaddiqan limā bayna yadayya mina l-tawrāti wamubashiran birasūlin yatī min baʿdī us'muhu aḥmadu falammā jāahum bil-bayināti qālū hādhā siḥ'run mubīnun

Nepali ६) र जब मरियमको छोरा ईसा(अलैहिस्सलाम)ले भनेः कि हे मेरो कौम बनी इस्राईल ! म तिमी सबैको लागि अल्लाहबाट पठाइएको रसूल हूँ । मभन्दा पहिलेको किताब तौरातको म प्रमाणित गर्नेवाला छु र मपछि आउने एउटा संदेष्टा जसको नाम अहमद हुनेछ, उनको शुभागमनको शुभसन्देश सुनाउँछु । अनि जब उनी तिनीहरूको पासमा स्पष्ट निशानीहरू लिएर आए, तब तिनीहरूले भन्न थाले कि यो त स्पष्ट जादू हो ।

Verse 7

وَمَنْ أَظْلَمُ مِمَّنِ ٱفْتَرَىٰ عَلَى ٱللَّهِ ٱلْكَذِبَ وَهُوَ يُدْعَىٰٓ إِلَى ٱلْإِسْلَـٰمِ ۚ وَٱللَّهُ لَا يَهْدِى ٱلْقَوْمَ ٱلظَّـٰلِمِينَ

Transliteration waman aẓlamu mimmani if'tarā ʿalā l-lahi l-kadhiba wahuwa yud'ʿā ilā l-is'lāmi wal-lahu lā yahdī l-qawma l-ẓālimīna

Nepali ७) अब त्यस व्यक्तिभन्दा बढी अत्याचारी को होला जसले अल्लाहमाथि मनगढन्ते दोषारोपण गर्दछ, जबकि उसलाई इस्लामतिर बोलाइदै छ ? अल्लाहले अत्याचारीहरूलाई सिधा मार्ग देखाउँदैन ।

Verse 8

يُرِيدُونَ لِيُطْفِـُٔوا۟ نُورَ ٱللَّهِ بِأَفْوَٰهِهِمْ وَٱللَّهُ مُتِمُّ نُورِهِۦ وَلَوْ كَرِهَ ٱلْكَـٰفِرُونَ

Transliteration yurīdūna liyuṭ'fiū nūra l-lahi bi-afwāhihim wal-lahu mutimmu nūrihi walaw kariha l-kāfirūna

Nepali ८) उनीहरूले चाहन्छन्ः कि अल्लाहको प्रकाशलाई आफ्नो मूखले निभाइदेउन् । किन्तु अल्लाहले आफ्नो प्रकाशलाई पूर्ण गर्नेवाला छ, यद्यपि इन्कार गर्नेहरूलाई अप्रिय नै किन नलागोस् ।

Verse 9

هُوَ ٱلَّذِىٓ أَرْسَلَ رَسُولَهُۥ بِٱلْهُدَىٰ وَدِينِ ٱلْحَقِّ لِيُظْهِرَهُۥ عَلَى ٱلدِّينِ كُلِّهِۦ وَلَوْ كَرِهَ ٱلْمُشْرِكُونَ

Transliteration huwa alladhī arsala rasūlahu bil-hudā wadīni l-ḥaqi liyuẓ'hirahu ʿalā l-dīni kullihi walaw kariha l-mush'rikūna

Nepali ९) उही त हो, जसले आफ्नो रसूललाई मार्गदर्शन र सत्यधर्मको साथ पठायो ताकि त्यसलाई अरु धर्महरूमाथि अधिपत्य प्रदान गरोस्, चाहे मुश्रिकहरूलाई अप्रिय नै किन नलागोस् ।

Verse 10

يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوا۟ هَلْ أَدُلُّكُمْ عَلَىٰ تِجَـٰرَةٍ تُنجِيكُم مِّنْ عَذَابٍ أَلِيمٍ

Transliteration yāayyuhā alladhīna āmanū hal adullukum ʿalā tijāratin tunjīkum min ʿadhābin alīmin

Nepali १०) हे ईमानवालाहरू ! के मैले तिमीहरूलाई यस्तो व्यापार बताऊँ जसले तिमीलाई दुःखद यातनाबाट बचाइहालोस् ।

Verse 11

تُؤْمِنُونَ بِٱللَّهِ وَرَسُولِهِۦ وَتُجَـٰهِدُونَ فِى سَبِيلِ ٱللَّهِ بِأَمْوَٰلِكُمْ وَأَنفُسِكُمْ ۚ ذَٰلِكُمْ خَيْرٌ لَّكُمْ إِن كُنتُمْ تَعْلَمُونَ

Transliteration tu'minūna bil-lahi warasūlihi watujāhidūna fī sabīli l-lahi bi-amwālikum wa-anfusikum dhālikum khayrun lakum in kuntum taʿlamūna

Nepali ११) अल्लाहमाथि र उसको रसूलमाथि आस्था राख र अल्लाहको बाटोमा आफ्नो सम्पत्ति र ज्यानले जेहाद (धर्मयुद्ध) गर, यो तिम्रो हकमा राम्रो छ यदि तिमीमा ज्ञान छ ।

Verse 12

يَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ وَيُدْخِلْكُمْ جَنَّـٰتٍ تَجْرِى مِن تَحْتِهَا ٱلْأَنْهَـٰرُ وَمَسَـٰكِنَ طَيِّبَةً فِى جَنَّـٰتِ عَدْنٍ ۚ ذَٰلِكَ ٱلْفَوْزُ ٱلْعَظِيمُ

Transliteration yaghfir lakum dhunūbakum wayud'khil'kum jannātin tajrī min taḥtihā l-anhāru wamasākina ṭayyibatan fī jannāti ʿadnin dhālika l-fawzu l-ʿaẓīmu

Nepali १२) अल्लाहले तिम्रा पापहरूलाई माफ गरिदिनेछ र तिमीलाई स्वर्गका बगैंचाहरू जसमुनि नहरहरू बगिराखेका छन्, र सफा घरमा जुन सधैंका स्वर्गमा छन्, प्रविष्ट गराउनेछ । यो ठूलो सफलता हो ।

Verse 13

وَأُخْرَىٰ تُحِبُّونَهَا ۖ نَصْرٌ مِّنَ ٱللَّهِ وَفَتْحٌ قَرِيبٌ ۗ وَبَشِّرِ ٱلْمُؤْمِنِينَ

Transliteration wa-ukh'rā tuḥibbūnahā naṣrun mina l-lahi wafatḥun qarībun wabashiri l-mu'minīna

Nepali १३) र एउटा अर्को पुरस्कार पनि दिनेछ जसलाई तिमीले रुचाउँछौ त्यो अल्लाहको तर्फबाट सहायता र शीघ्र विजयप्राप्ति हुनेछ मोमिनहरूलाई (यसको) शुभसन्देश सुनाइदेऊ ।

Verse 14

يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوا۟ كُونُوٓا۟ أَنصَارَ ٱللَّهِ كَمَا قَالَ عِيسَى ٱبْنُ مَرْيَمَ لِلْحَوَارِيِّـۧنَ مَنْ أَنصَارِىٓ إِلَى ٱللَّهِ ۖ قَالَ ٱلْحَوَارِيُّونَ نَحْنُ أَنصَارُ ٱللَّهِ ۖ فَـَٔامَنَت طَّآئِفَةٌ مِّنۢ بَنِىٓ إِسْرَٰٓءِيلَ وَكَفَرَت طَّآئِفَةٌ ۖ فَأَيَّدْنَا ٱلَّذِينَ ءَامَنُوا۟ عَلَىٰ عَدُوِّهِمْ فَأَصْبَحُوا۟ ظَـٰهِرِينَ

Transliteration yāayyuhā alladhīna āmanū kūnū anṣāra l-lahi kamā qāla ʿīsā ub'nu maryama lil'ḥawāriyyīna man anṣārī ilā l-lahi qāla l-ḥawāriyūna naḥnu anṣāru l-lahi faāmanat ṭāifatun min banī is'rāīla wakafarat ṭāifatun fa-ayyadnā alladhīna āmanū ʿalā ʿaduwwihim fa-aṣbaḥū ẓāhirīna

Nepali १४) हे मोमिनहरू ! तिमी अल्लाहको मद्दत गर्ने भइहाल जस्तो कि ईसा बिन मरियमले हवारीहरूसित भनेका थिएः कि को छ जसले अल्लाहको बाटोमा मेरो सहायता गर्नेछ ? हवारीहरूले भनेः कि हामी अल्लाहको बाटोमा मद्दतदिने हौं त बनी इस्राईलमध्ये एउटा समूहले त ईमान ल्यायो र एउटा समूह काफिर रह्यो । अन्ततः हामीले ईमानवालाहरूलाई उनीहरूको शत्रुहरूको मुकाबिलामा मद्दत गर्यौं त उनीहरूलाई वर्चस्व प्राप्त भइहाल्यो ।

Read Surah As-Saf in another language

All languages

All 114 surahs in Nepali: the Qur’an in Nepali.

Learn it in MyDugsi

Nepali translation: Ahl Al-Hadith Central Society of Nepal, from Quran.com. Transliteration: Quran.com. Recitation: Mishary Alafasy, from EveryAyah.com. MyDugsi is a learning aid, not a replacement for a qualified teacher.